-->
neelambads

 OUR CLIENT

marquee image
marquee image
marquee image
marquee image
marquee image
marquee image
marquee image
marquee image
marquee image
marquee image
marquee image
marquee image
How much  charge ?
  • Static website
  • Plateform- Github
  • 1 Domain Name +DNS +SSL
  • 1GB Storage
  • 10 to 5 Pm Support
  • Nrs. 3000

    per Year
  • Pro Dynamic Site
  • Platform- Blogger
  • 1 Domain Name +DNS +SSL
  • 15GB Storage
  • Endless Support
  • Nrs. 5000

    per Year
  • Premium Dynamic Site
  • Platform-wordpress
  • 1 Domain Name +DNS +SSL
  • Unlimited Storage or cloud storage 25 GB
  • Endless Support
  • Nrs. 7000 to 15000

    per Year

Contact Us


 SEND INSTANT MESSAGE

$type=slider$snippet=hide$cate=0

मादी हत्या प्रकरणः प्रहरीद्वारा सूक्ष्म अध्ययन र अनुसन्धान गर्दै


किमाथाङ्का, २२ भदौ (रासस) ः

सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्याको घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अध्ययन तथा अनुसन्धान सुरु गरेको छ ।

सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीमबहादुर दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर सुक्ष्म अध्ययन तथा अनुसन्धान सुरु गरेको हो ।

सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको खबर जानकारी हुने बित्तिकै स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घर वरिपरि विभिन्न स्थानमा छरपस्ट भेटेका थिए । 

घटनाको प्रकृति हेर्दा जिल्ला प्रहरीले मात्र घटनाको पर्याप्त अनुसन्धान हुन नसक्ने भएपछि सङ्घीय प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको विज्ञ टोलीलाई बोलाइएको थियो । उक्त टोलीले घटनास्थलको सुक्ष्म अध्ययन गरिसकेपछि शव परीक्षणका लागि मङ्गलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । 

घटनाको थप अध्ययनका लागि तालिम प्राप्त कुकुरसहितको विज्ञ र प्रहरी टोली अभियुक्त पत्ता नलागेसम्म घटनास्थलमा नै रहने जनाइएको छ । घटनालाई थप अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायतको टोली घटनास्थल आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । 

८५ वर्षीय बौद्धमान कार्कीको परिवारमा उक्त नरसंहार भएको हो । घरमा रहेका ७ जनामध्ये उनी मात्रै सकुशल छन् । अरू ६ जनाको भने हत्या गरिएको अवस्थामा यत्रतत्र शवहरू भेटिएका छन् । प्रहरीका अनुसार बौद्धमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीया दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो । 

एउटै परिवारका ६ जनाको हत्या भएपछि पुरै गाउँ शोकमा डुबेको वडाध्यक्ष खेमनाथ कटुवालले बताउनुभयो । "सिङ्गो गाउँमा सन्नाटा छाएको छ । कसैले पनि यस्तो दर्दनाक घटना कसरी भयो होला भनेर सोच्नसम्म सकिरहेका छैन्" उहाँले भन्नुभयो, "घटना देखेका र सुनेका छिमेकीहरू कसैको घरमा चुल्हो बलेको छैन ।" घटनाको अनुसन्धानमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले पनि प्रहरीलाई सहयोग गरिरहेको वडाध्यक्ष कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हत्या बिहान वा राति नै गरिएको हो भन्ने यकिन हुन बाँकी छ । वृद्ध अवस्थाका बौद्धमानले पनि घटनाका बारेमा आफूले थाहा नपाएको बताउनुभएको छ । मृतक सबैको शव घरबाट लगभग सय मिटरको आसपासमा भेटिएको थियो ।  प्रहरी र स्थानीयवासीका अनुसार तेजबहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो । 

घटना राति भयो की बिहान अझै अन्योल 

यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्योल रहेको छ । स्थानीयवासी बौद्धमानका अनुसार सपरिवार बेलुका ६÷७ बजेतिर खाना खाएर सुतेका थियौं । बिहान एक्कासि यस्तो देखियो अचम्मैमा परेँ । घटनामा परेकाको शवको अवस्थालाई हेर्ने हो भने तेजबहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य पाँच जनाले चप्पल, स्याण्डल लगाएका थिए । सो बमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्नसक्ने स्थिति छैन । 

यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेका चप्पल, जुत्ता नलगाएको हुनुपर्ने हो । घटना बिहानैको हो भने पनि भागदौड गर्दा जुत्ता, चप्पल उनीहरुले कसरी लगाउन भ्याए ? हत्या गरिएका ६ जनाको नै टाउँकोमा सामान्य चोट र रगत जमेको पाइएको छ । विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएअनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको भनिए पनि त्यस्तो नभएको पाइएको हो । उनीहरुको शव घोप्टिएको अवस्थामा रहेको थियो । 

COMMENTS

neelambads
Name

ad,6,anmol bachan,14,bizarre,8,blogger,14,business,29,correction,1,funny,1,hindi,20,internation,5,international,354,main news,8,movie,5,nepali fonts,1,Nepali News,154,news,4407,News And Updates,7,news देशसञ्चार,9,online update editor,1,online update news editing,1,pagemaker text edit,1,photo,16,preeti to unicode,2,Preeti to Unicode Automatic,1,preeti-unicode,1,recent,1,RSS Edit,1,RSS News Editor,1,software,7,sports,20,trending,13,unicode to himalb,1,unicode to krutidev010 converter,1,unicode to preeti,1,web design,14,wordpress,4,
ltr
item
The Designers7: मादी हत्या प्रकरणः प्रहरीद्वारा सूक्ष्म अध्ययन र अनुसन्धान गर्दै
मादी हत्या प्रकरणः प्रहरीद्वारा सूक्ष्म अध्ययन र अनुसन्धान गर्दै
The Designers7
https://thedesigners7.blogspot.com/2021/09/blog-post_81.html
https://thedesigners7.blogspot.com/
https://thedesigners7.blogspot.com/
https://thedesigners7.blogspot.com/2021/09/blog-post_81.html
true
3492683606714069657
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy