काठमाडौँ । आउँदो बिहीबारदेखि पब्जी मोबाइलको अर्को दक्षिण एसियाली प्रतिस्पर्धा हुँदैछ । ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनसिप’ नाममा चार दिनसम्म सञ्चालन हुने याे प्रतियाेगितामा कूल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यसअन्तर्गत प्रतियोगितामा पब्जी मोबाइल प्रो लिगको साउथ एसिया स्प्रिङमा शीर्ष १० भित्र पर्न सफल टिम र र पीएमपीएल पाकिस्तानमा शीर्ष ६ भित्र रहेका टिमले प्रतिस्पर्धा गर्ने जनाइएकाे छ ।
केही समयअगाडि सम्पन्न भएको पीएमपीएल दक्षिण एसियामा नेपाली टिम डेडआइज र टीटुके ई-स्पोर्टसले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए ।
त्यस्तै ज्यानमारा ई-स्पोर्टस, स्काइलाइट गेमिङ, डीआरएस गेमिङ र हाई भोल्टेज क्रमशः पाँचौ, छैटौं, आठौं र नवौं स्थानमा रहेका थिए ।
पीएमपीएल दक्षिण एसियामा शीर्ष १० भित्र परेका ६ नेपाली टिम स्काइलाइट गेमिङ, डीआरएस गेमिङ, हाइ भोल्टेज, डेडआइज गाइज, टीटुके ई-स्पोर्टस र ज्यानमारा ई-स्पोर्टसले यो प्रतियोगिता खेल्दैछन् ।
प्रतियाेगिताकाे कूल पुरस्कार राशि एक लाख ५० हजार अमेरिकी डलर (एक कराेड ८६ हजार रूपैयाँ बढी) रहेको छ ।
from Tech News Nepal https://ift.tt/gMvEGe4
via IFTTT
COMMENTS