भारतबाट तस्करी गरी ल्याइएको गहुं, सखर र विभिन्न सामान नियन्त्रण

वीरगंज, २२   मंसिर ।
पर्सा प्रहरीले भारतबाट तस्करी गरी ल्याइएको सखर, गहुं र विभिन्न सामान बरामद गरी आज आज बिहान वीरगंज भन्सारमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली ल्याउदै गरेका सखर र गहुँ लोड रहेको ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।
बुधवार दिउँसो भन्सार छली गँहु तथा सखर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिप्रका, पर्साबाट खटिएको संयुक्त टोलीले छिपहरमाई गाउँपालिका वडा नं.२ टिउकी सडकखण्डबाट ना.२ त ४०३६ नम्बर ट्याक्टरमा लोड रहेको २३० क्वीन्टल गहुँ, अर्काे टेलरमा लोड गरिएको ८० क्वीन्टल सखर तथा थप अर्को टेलरमा लोड गरिएको १५ लाख बराबरको विभिन्न सामान बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामान आज बिहान वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प