Posts

Showing posts with the label खेलकुद

धन्सारपुलमा बस दुर्घटना हुंदा एकजनाको मृत्यु, १५ जना घाइते

Image
बारा, २६ भदौ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बारा, निजगढ नपा–८ धन्सारपुलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।  आज बिहान मलङगवाबाट नारायणघाट जादै गरेको म.प्र.०३–००१ ख ९३९६ नम्बरको बस दुर्घटना हुँदा सर्लाही हेमपुर न.पा.४ कबिलासी बस्ने वर्ष ५३ को रामकेवल रायको मृत्यु भएको छ भने बस चालक मलङगवा न.पा. ९ बस्ने वर्ष ३५ को मनोज चौधरी, सहचालकस– महोत्तरी खयरमारा न.पा.६ बस्ने वर्ष ३५ को सुमन तोलाङगी, कन्डकटर सर्लाही मलङगवा न.पा.९ बस्ने वर्ष ४० को शिवजी राउत, चितवन पठार गा.पा.१० बस्ने वर्ष ३२ की नेत्र कुमारी भुजेल, दाङ तुल्सिपुर गा.पा.१० बस्ने वर्ष २८ को बिजय गिरी, मकवानपुर भिफेदी गा.पा.२ बस्ने ७८को कृष्ण प्रसाद पाख्रिन, वर्ष ७७ की थुलीमाँया पाख्रिन, रौतहत चन्द्रपुर न.पा.१ बस्ने अ.वर्ष २८ को प्रबिन लुङगेली, रौतहत चन्द्रपुर न.पा.१ बस्ने वर्ष ५० की लिलामाँया लुङगेली, सर्लाही लालबन्दी न.पा.६ बस्ने वर्ष ३६ की मिना बि.क., .रौहतह चन्द्रपुर न.पा.६ बस्ने अ.वर्ष ६५ की पम्फा थापा, धनुषा सिङगेश्वर न.पा.७ महेन्द्रनगर बस्ने वर्ष ५५ को कृष्ण ढुङ्गेल, सर्लाही नवलपुर बस्ने वर्ष ३५...

भरियामार्फत मलद्वारमा लुकाएर एक किलो सुन तस्करी

Image
मंगलबार, २६ भदौ २०८०, २० : १०, काठमाडौँ । दुबईबाट आएका बाबुलाल दोङ सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ परे । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्रेर चेकजाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको अवस्थामा करिब १ किलो सुन फेला परेको छ । काभ्रेको खानीखोला गाउँपालिका–३ घर भएका बाबुलालको साथबाट ९ सय ६० ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए । २८ वर्षीय बाबुलालले अहिलेसम्म ५ पटक दुबई गएर सुन ल्याएको बयान दिएका छन् । प्रहरीसँग उनले भनेका छन्–'करिब ५ किलो ल्याएको छु ।' बाबुलाललाई काभ्रेको रोशी गाउँपालिका–३ घट्टेखोला घर भएका जगत लामाको समूहले सुन तस्करी गर्न 'भरिया'को रुपमा परिचालन गरेको खुलेको छ । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार जगत लामाको समूहले ६ जना युवाहरूलाई प्रयोग गरेर दुबईबाट सुन ल्याउँछन् । ३३ वर्षीय जगतलाई प्रहरीले मंगलबार काठमाडौँको ढल्कुबाट पक्राउ गरेको छ । तस्करीमा संलग्न आरोपमा काभ्रेको महाभारत गाउँपालिका–३ घर भएका ३६ वर्षीय मिङमा दोर्जे स्याङतानलाई पनि प्रहरीले पक्राउ गरेको छ । बरामद सुनसह...

मंगलवार एकै दिन चारजनाको निधन

Image
काठमाडौं, २६ भदौ । संविधानसभाका अध्यक्ष एंव प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाड्ढो निधन भएको छ। ह्दयघातका कारण मंगलवार राति करिब २ बजे उनको निधन भएको हो । बालुवाटरस्थित निवासमा ह्दयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको चिकित्सकले बताएका छन। प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन मधेश प्रदेशकी सांसद बिन्दु कुमारी यादवको निधन भएको छ । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्यसमेत रहेकी प्रदेश सांसद यादव क्यान्सर रोगका कारण उनको आज बिहान निधन भएको हो । उनी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । जसपाबाट उनी समानुपातिक प्रदेश सांसद थिइन् । उनी मधेशी जनअधिकार फोरम नेपाल पार्टीको स्थापना कालदेखि सो पार्टीमा क्रियाशिल रहदै आएकी थिइन । जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना र मधेशी जनताको अधिकार स्थापित गराउन पार्टीले गरेका हरेक संघर्षमा वहाँले दिनुभएका आफ्ना उल्लेखनीय योगदानको स्मरण गर्दै शोक बक्तव्य जारी गर्नु भएको छ । एकीकृत समाज...

तस्करीको ८ सय किलो काजु बरामद

Image
वीरगंज, २५ भदौं । सशस्त्र प्रहरीले भन्सार छलीको  सात लाख मूल्य बराबरको ८ सय किलो काजु बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगंज महानगरपालिका–१० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको बजरंग टोलस्थित एक गोदाममा छापा मारेर ८ क्वीन्टल काजु बरामद गरेको हो । सूचनाको आधारमा सोमवार सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह र वीरगंज भन्सार कार्यालयका अधिकृत दीपेन्द्र शर्मा पौडेलको नृर्ततवमा खटिएको टोलीले बजरंग टोलस्थित मगनी राउतको घरमा रहेको गोदाममा भण्डारण गरी राखिएको काजु बरामद गरेको हो । राउतको घरमा गोदाम बनाई भण्डारण गरि राखिएको भन्सार छलीको काजु बरामद गरिएको सिंहले जानकारी दिए । बरामद काजुको अनुमानित बजारमूल्य ७ लाख २० हजार रुपियाँँ रहेकोपनि उनले बताए । बरामद काजु आवश्यक कारबाईका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको र काजु धनीको वारेमा अनुसन्धान भइरहेको सिंहले जानकारी दिए ।

रौतहटमा झुन्डिएको अवस्थामा दम्पत्ती भेटियो

Image
रौतहट, २४ भदौ । रौतहटर श्रीमान श्रीमती झुन्डिएको अवस्थामा मृत फेला परेका छन। जिल्लाको बौधिमाइ नगरपालिका–२ इनर्वा टोल बस्ने रामदिनेश पटेल र उनकी श्रीमती गीता कुमारी पटेल झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। दुबैजना आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा शनिवार साँझ फेला परेको रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी उमाशंकर गुप्ताले जानकारी दिए। दुबै जनाको शवलाई नियन्त्रणमा लिइ पोस्टमाटमको लागि जिल्ला अस्पताल, गौरमा पठाइएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको गुप्ताले बताए।

औषधी व्यवसायी संघमा देशभरका ३२ हजार भन्दा बढी व्यवसायी आबद्ध

Image
वीरगंज,२२ भदौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले औषधी व्यवसायी संघमा देशभरका ३२ हजार भन्दा बढी व्यवसायी आबद्ध रहेको बताएका छन् ।  शुक्रवार वीरगंजमा नेपाल औषधी व्यवसायी संघको १४ औं अधिवेशन तथा स्वर्ण जयन्ति महोत्सवलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले सो कुरा बताएका हुन् । उनले भने, दूरराजका वस्तीसम्म औषधीको सेवा अझ प्रभावकारी रूपमा उपलब्ध गराउन व्यवसायीहरुलाई आग्रह गर्छु । कोभिड महामारीका बेला सबै जना घरभित्रै बसेका बेलापनि नागरिक ज्यान जोगाउन औषधी व्यवसायीहरूले २४ सै घण्टा पसल खोलेर सेवा दिएकोमा त्यसको प्रशंसा गर्दै उपराष्ट्रपति यादवले भने,' औषधी व्यवसायीहरूले यो जिम्मेवारीलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु । हजारौंलाई रोजगारीपनि दिएकोमा उनले प्रशंसा गर्दै देशको अर्थतन्त्रमा औषधी कारोवारीको महŒवपूर्ण भूमीका रहेको बताए । मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन आर्थिक विकासको आवश्यकता रहेको भन्दै उनले भने,' यसमा औषधी व्यवसायी र उनिहरू आबद्ध संघले अझ थप योगदान दिने अपेक्षा गरेको छु । औषधी व्यवसायी र उनिहरू आबद्ध संघका विद्यमान समस्यालाई गम्भरिताका साथ लिएर स...

मधेस प्रदेशको कुनैपनि व्यक्ति निरक्षर नरहने

Image
वीरगंज, २२ भदौं । मधेस प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेश प्रसाद यादवले मधेस प्रदेशको कुनैपनि व्यक्ति निरक्षर नरहने बताएका छन्।  शुक्रवार वीरगंजस्थित मधेस विश्वविद्यालयको प्रथम वार्षिकोत्सवमा बोल्दै मन्त्री यादवले मधेस प्रदेशको शिक्षा प्रणाली अहिले जर्जर अवस्थामा रहेको बताएका हुन् । मधेस विश्वविद्यालयको सहकुलपतिसमेत रहेका यादवले जर्जर अवस्थामा रहेको मधेसको शिक्षा प्रणालीलाई सुधार गर्दै माथि उकास्न मधेस विश्वविद्यालयको भूमीका अहम हुने विश्वास आफुले लिएको बताए । उनले शिक्षा नै समाज निर्माणको मेरूदण्ड भएकाले शिक्षाको विकासलाई मधेस सरकारले मुख्य प्राथमिकता दिएकोपनि जनाए । मधेस प्रदेश सरकारसंग सिमित श्रोत साधन भएपनि सिमित श्रोतसाधनकै भरपुर उपयोग गरेर छोटो अवधीमै मधेस विश्वविद्यालय यो अवस्थामा आइपुग्नु गौरवको विषय भएको बताए । मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले स्थापनाको एकवर्षमै विश्वविद्यालयमा कक्षा सञ्चालनको अवस्थामा पुगेको जानकारी गराए । शुरूमा कानुन र जनप्रशासनको पठनपाठन सञ्चालन गर्न लागिएको उनले बताए । उनले भने,' अबकोे एक दुर्ई हप्ताभित्रै कक्षा सञ्चालन गर्दै...

४८ एसपी र १२० डीएसपीको एकै पटक सरुवा

Image
१६ भदौ, काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरू र १२० जना नायव प्रहरी उपरीक्षा (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो । कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण नक्साल सरुवा भएको छ भने बाराका एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखामा सरुवा गरिएको छ । यस्तै, दाङका प्रमुख वीरबहादु ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखामा, रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा पठाइएको छ । नुवाकोटका रमेश पण्डितलाई प्रदेश कार्यालयको अपराध अनुसन्धान शाखा भैरहवा, डोटीका राजेन्द्रप्रसाद धमलालाई प्रहरी प्रधान कार्यालयको कानून शाखा सरुवा गरिएको छ । पूर्वी नवलपरासीका एसपी भुवनेश्वर तिवारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगंज, पश्चिम नवलपरासीका एसपी विनोद सिलवाललाई कोशी प्रदेश प्रहरी कार्यालय, कपिलवस्तुका प्रेमबहादुर बस्नेतलाई नेपाल प्रहरी...

२०८० भदौ १६ गते शनिबारको राशिफल

Image
 आजको राशिफल बि.सं. २०८० भदौ १६ गते शनिबार ई.सं.२०२३ सेप्टेम्बर ०२ नेपाल सम्बत ११४३ गुंलागा तृतिया, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ कृष्ण तृतिया, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शूल योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ५: ४३ बजे, सूर्यास्त साँझ ६: २३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १८ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) – कार्यालयमा कामको चाप बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न काममा खट्ने अनुकूलता मिल्दैन । सहयोगी कर्मचारी र हाकिम रुष्ट हुने दिन हो । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित हुनुपर्छ भन्ने धारणा राख्नु राम्रो हुन्छ । आजको दिन...

भारतमा प्रति सिलिन्डर २ सयले घट्यो ग्यासको मूल्य

Image
नयाँ दिल्ली । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डरको मूल्यप्रति सिलिन्डर २ सय भारु घटाएको छ ।  बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए ।  अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिन्डर ९०३ भारतीय रुपियाँमा उपलब्ध हुनेछ । यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ ।

खाना पकाउने ग्यासको मूल्यमा रु २३५, पेट्रोलमा रु ४ र डिजेलमा रु ३ बढयो

Image
काठमाडौं, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पाेरेशनबाट बिहीवार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो। निगममले आजै रातिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपियाँँ डिजेल– मट्टितेलको प्रतिलिटर ३ रुपियाँँले मूल्य वृद्धि गरेको हो । यस्तै, खानामा पकाउने एलपि ग्याँसमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २३५ रुपियाँँले वृद्धि गरेको जनाएको छ । इण्डियन आयल कर्पाेरेशनले पेट्रोल र डिजेलमा क्रमशः ३ रुपियाँँ १७ पैसा र २ रुपियाँँ ४८ पैसाले बढेर आएको थियो। यस्तै, खाना पकाउने ग्याँसको मूल्यमा पनि प्रतिसिलिण्डर १८६ रुपियाँँ ४५ पैसाले वृद्धि भई आएको थियो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि दर सहित समायोजन गरि कायम गरिएको जनाएको छ ।

२०८० भदौ १५ गते शुक्रबारको राशिफल

Image
आजको राशिफल बि.सं. २०८० भदौ १५ गते शुक्रबार ई.सं.२०२३ सेप्टेम्बर ०१ नेपाल सम्बत ११४३ गुंलागा द्वितीया, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ कृष्ण द्वितीया, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, धृति योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ५: ४२ बजे, सूर्यास्त साँझ ६: २४ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १७ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज रोपाई जात्रा रहेको छ ।  मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) – दौडधूप गर्नुपर्ने काम, ढुवानीरयातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अप...

गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी

Image
ह्यानोभर, १४ भदौ (रासस/एएफपी) ः जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई बैधानिक बनाउने तयारी भएको हो । निर्धारित परिमाणमा गाँजा किन्न र राख्न पाइने मस्यौदा कानुनलाई सरकारले अनुमोदन गरेको छ ।  संसद्ले पनि उक्त कानुनलाई अनुमोदन गर्ने विश्वासका साथ गाँजा सेवन गर्नेहरू क्लबमा आबद्ध हुन थालेका छन् । गँजेडीका "क्यानाबिस सोशल क्लब" धमाधम खुलेका छन् । एउटा क्लबमा पाँच सयभन्दा बढी सदस्य बन्न नपाइने प्रावधान लागू गरिएको छ । सरकारी नियमअनुसार एक जनाले तीन वटा गाँजाका विरूवा लगाउन पाउनेछ भने सोशल क्लबबाट दैनिक २५ ग्राम र एक महिनामा अधिकतमा ५० ग्राम गाँजा किन्न पाइनेछ । देशभर यस्ता क्लबको सङ्ख्या एक सय नाघेको छ ।  आफ्नो पूरा नाम उल्लेख गर्न नचाहने तर आफूलाई हेनरी विकरका रूपमा एएफपीसमक्ष आफनो पहिचान सार्वजनिक गरेका सोशल क्लबका संस्थापक ५८ वर्षीय पूर्वविद्युत् इन्जिनियरले क्बलमा आबद्ध हुन आठ सय जनाले आवेदन गरेका बताए । उनले ५७ जनाको आवेदनमात्र स्वीकृत गरिएको जानकारी दिँदै उनीहरूसँग व्यक्तिगत छलफल नगरी क्लबको सदस्यता नदिने ...

अवैधरूपमा वीरगंजमा सञ्चालित तीनवटा विद्यालयमा महानगरको सिलबन्दी

Image
वीरगंज, १३ भदौ । वीरगंज महानगरपालिकाभित्र अवैधरूपले सञ्चालित तीनवटा विद्यालय तथा कलेज बन्द गराएको छ ।  आज तीन वटा विद्यालयमा सिलबन्दी गरेको महानगरले जनाएको छ । वीरगंज–१३ स्थित वीरगञ्ज स्कुल अफ ल, वीरगञ्ज ११ स्थित ईम्पेरियल कलेज र वीरगञ्ज ५ रेशमकोठीस्थित बिजी बिज किड्स प्रि प्राइमर स्कुलमा सिलबन्दी गरेको हो । अनुमतिविना नै सञ्चालनमा रहेको फेला परेपछि महानगरपालिकाले उनीहरूलाई कारबाई गरेको नगरप्रमुख राजेशमान सिंहले बताए । उनले अनुमति नलिई अवैध रूपले संचालनमा रहेका विद्यालयलाई कारबाई गर्न निर्देशन दिएसँगै महानगरपालिका अन्र्तगतको नियमन समितिले विद्यालयमा सिलबन्दी गरेको बताए । वीरगंजका प्रशासन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकार, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, वडा नं. १३ का हिरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईँ, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव, नगरप्रमुख सिंहका प्रमुख जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागीतामा विद्यालयमा सिलबन्दी गरिएको थियो । 

लामिछानेको अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा ५० औं खेल पूरा

Image
१३ भदौ, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा ५० औं खेल पूरा गरेका छन् । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा एसिया कपमा पाकिस्तानविरुद्ध खेल्दै उनले एकदिवसीयमा ५० औं खेल पूरा गरेका हुन् । सन्दीपले ४९ ओडीआई खेलमा ३६७ रन बनाउनुको साथै १ सय ११ विकेट लिएका छन् । सन्दीपले २०१८ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । सन्दीप रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीपछि ५० औं ओडीआई खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । सन्दीप ओडीआई इतिहासमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट लिने खेलाडी पनि हुन् । उनले गत वैशाखमा अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तिमान तोडेका थिए । सन्दीपले २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए । नेपाललाई एसिया कपमा पुर्‍याउन र ओडीआई मान्यता निरन्तरता गराउन उनको योगदान महत्वपूर्ण थियो । नेपालबाट सर्वाधिक धेरै ओडीआई खेल कप्तान रोहित पौडेलले ५२ र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५० खेल खेलेका छन् । स्रोतः अनलाइन खबर

पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

Image
१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

करेन्ट लागेर बालिकाको मृत्यु

Image
वीरगंज, ९ भदौ । करेन्ट लागेर पकाहामैनपुर गाउँपालिका–१ धोरेमा शनिवार बिहान एकजनाको बालिकाको मृत्यु भएको छ । इसाम मियाँँको ६ वर्षीय छोरी साहुल मियाँँको मृत्यु भएको प्रहरी चौकी धोरेका असई श्रीप्रसाद यादवले बताए । विद्युत विस्तार गरिएको पोलमा एक्कासी विद्युत प्रवाह भएपछि पोलमा टासिएर बालिका मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । विद्युत प्राधिकरण पोखरीया शाखा प्रमुख जगरनाथ झाले करेन्ट लागेर बालकको मृत्यु भएको घटनामा प्राधिकरणको कमजोरी नभएको बताएका छन् । उनले तीन दीन देखि लगातार भएको वर्षाले 'वर्षाैँदेखिको रहेको पोलमा नजिक रहेको बासले धक्का दिदाँ राति मात्र इनसुलेटर फुटेको र हामीलाई जानकारी पाउन साथ तुरून्तै काम गरिरहेको बताए । उनले बासले लडेर रातिमा इनसुलेटर टुटेको र नाङ्गो तार पोलमा टासिदा पोल विद्युत प्रवाह भएको बेला ति बालिकाले नजिक रहेको वारीमा आम्बा टिप्न पुगेका थिईन अम्बा टिपी सकेपछि घर फर्किने बेला नाली पार गर्दा उनले ढलेर पोल समातेका कारण उनको दुःखद् घटना हुन पुग्यो ।

क्रिकेटका माध्यमबाट मधेसको मान सम्मान बढयो– मन्त्री यादव

Image
बारा, ९ भदौ । मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्ण यादवले मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने बताउनुभएको छ ।  मधेस प्रदेश क्रिकेट सङ्घको दोस्रो साधारणसभा तथा प्रदेश अधिवेशनको आज बारा सदरमुकाम कलैयामा उद्घाटन गर्दै मन्त्री यादवले क्रिकेट मैदानका लागि जग्गा उपलब्ध भइसकेकाले चाँडै नै निर्माण प्रक्रिया थाल्ने बताउनुभयो । मधेसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन भइरहेको उल्लेख गर्दै उहाँले क्रिकेटका माध्यमबाट मधेसको मान सम्मान बढेको बताउनुभयो ।  "मधेसलाई क्रिकेटको हब बनाउन तथा खेलाडीको हौसला बढाउने काममा प्रदेश सरकार पूर्णरूपमा प्रतिबद्ध छ", मन्त्री यादवले भन्नुभयो–"खेलाडी देशको गहना भएकाले उनीहरूको संरक्षण तथा संवद्र्धनका लागि प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन ।"  नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले मधेस प्रदेशबाट उत्पादन भएका खेलाडीले नेपाली क्रिकेटको महत्व बढेको प्रष्ट पार्नुभयो । "काठमाडाँैबाहेक अन्य ठाँउमा सुविधा सम्पन्न खेल मैदान नहुँदा खेलाडीले आफ्नो क्षमता निखार्न सकिरहेका छ...

कलेज बसको ठक्करबाट एक जनाको मृत्यु

Image
जनकपुरधाम, ७ भदौ । जनकपुरधामस्थित मिट क्याम्पसको बसको ठक्करबाट एकजना पुरूषको मृत्यु भएको छ । जनकपुरधाम जलेश्वर सडकखण्ड अन्तर्गत जलेश्वर नगरपालिका–९ परकौली चोकस्थित दामोदर स्कुल अगाडी भएको दुर्घटनामा सोही ठाउँ बस्ने वर्ष ३५ का सन्तोष यादवको मृत्यु भएको हो । बिहान साढे ११ बजेको समयमा जलेश्वरबाट जनकपुरधाम जाँदै गरेको ज८प ९२६७ नम्बरको मोटरसाइकललाई बा२क १५३६ नम्बरको कलेजको बसले ठक्कर दिँदा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन् । घाइते भएका यादवको जलेश्वरस्थित प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए । ठक्कर दिएको बस प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकको खोजी कार्य तीव्र बनाइएको छ ।

update: चुरियामाईमा भारतीय तिर्थयात्री चढेको बस दुर्घटना, सात जनाको मृत्यु, मृतकमध्ये ६ जना भारतीय

Image
सिमराः पथलैया-हेटौडा सडकखण्ड अन्तर्गत चुरियामाईमा भारतीय तिर्थयात्री चढेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाईते भएका छन् । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश ३-००१ ख ७९९४ नम्बरको बस विहिबार बिहान करिब १ बजे चुरियामाईमा दुर्घटना भएको हो । तिव्र गतिका कारण भएको दुर्घटनामा मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेका छन् । मृतकमध्ये ६ जना भारतीय र एक जना नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा महोत्तरी लोहरपट्टीका ४१ वर्षीय बिजयलाल पण्डित रहेका छन् भने अन्यको नाम खुलेको छैन । दुर्घटनामा घाईते भएका १७ जनाको हेटौडास्थित अस्पतालमा उपचार भईरहेको छ । घाइते हुनेमा भारत राजस्थानका घनश्याम चतुर्वेदी, माया देवी, अनिल कुमार, चारावती चुतर्वेदी, श्यामलाल माली, हरवारी माली, चौथी देवी, सुरेश चक्रवर्ती, रामप्रसाद, धरम सिंह, इन्दु धानुक, रामकुमार चतुर्वेदी, १६ वर्षीया गर्बिदा चतुर्वेदी र ९ वर्षीया क्रितिका चतुर्वेदी रहेका छन् । यसैगरी महोत्तरी जलेश्वरका बिहारी मुखिया, धनुषा मौवा गाँउपालिका १८ का घुरन मण्डल, महोत्तरी लोहारपट्टी ५ का जसबेन्दर...