Menu

Today Date

मंगलवार एकै दिन चारजनाको निधन

Author
News Feed |
September 12, 2023
Featured

काठमाडौं, २६ भदौ । संविधानसभाका अध्यक्ष एंव प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाड्ढो निधन भएको छ।

ह्दयघातका कारण मंगलवार राति करिब २ बजे उनको निधन भएको हो । बालुवाटरस्थित निवासमा ह्दयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।

अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको चिकित्सकले बताएका छन।

प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन

मधेश प्रदेशकी सांसद बिन्दु कुमारी यादवको निधन भएको छ ।

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्यसमेत रहेकी प्रदेश सांसद यादव क्यान्सर रोगका कारण उनको आज बिहान निधन भएको हो ।

उनी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । जसपाबाट उनी समानुपातिक प्रदेश सांसद थिइन् ।

उनी मधेशी जनअधिकार फोरम नेपाल पार्टीको स्थापना कालदेखि सो पार्टीमा क्रियाशिल रहदै आएकी थिइन ।

जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना र मधेशी जनताको अधिकार स्थापित गराउन पार्टीले गरेका हरेक संघर्षमा वहाँले दिनुभएका आफ्ना उल्लेखनीय योगदानको स्मरण गर्दै शोक बक्तव्य जारी गर्नु भएको छ ।

एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्यको ह्दयाघातबाट निधन

नेकपा एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । रौतहट निवासी विश्वकर्माको मंगलवार बिहान ह्दयाघातबाट निधन भएको हो । उनको शव श्रद्धाञ्जलीको लागि मंगलवार केही बेर पार्टी कार्यालय आलोकनगर राखिने भएको छ ।

साहित्यकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ । केही दिनदेखि निमोनियाबाट पीडित पराजुलीको आज बिहान बी एन्ड बी अस्पतालमा निधन भएको हो ।  निमोनिया उपचारका लागि हिजो राति बी एन्ड बी हस्पिटलको इमर्जेन्सीमा भर्ना गरिएको थियो । 

FEELING WHAT ?

Article $type=triple-post$count=9

समाचार $type=triple-post$count=3

Contact Form

Name

Email *

Message *