Menu

Today Date

मोटरसाइकल चोरी गरी भाग्ने क्रममा एकजना पक्राउ

Author
News Feed |
February 02, 2022
Featured

वीरगंज, १९ माघ । 
जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको जनाएको छ । 
माघ १८ गते राति साढे १० बजेतिर वीरगंज महानगरपालिका वडा नं.१५ भिष्वा चोकबाट बारा फेटा गाउँँपालिका वडा नं.३ बस्ने वर्ष ३१ को नरेश प्रसाद साहको प्रदेश २–०३–०१२ प ५८६ नम्बरको कालो रंगको मोटरसाइकल चोरी गरी भाग्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.२ बस्ने वर्ष २० को मोहमद अलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 
अलीले मोटरसाइकलको लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरी चौकी भिष्वाडाडाँबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जनाएको छ । 
 

 

FEELING WHAT ?

Article $type=triple-post$count=9

समाचार $type=triple-post$count=3

Contact Form

Name

Email *

Message *