Menu

Today Date

वीरगञ्जको मुस्लिम समुदायसँग भेटेर राजेशमानले दिए ईदको शुभकामना

Author
News Feed |
May 03, 2022
Featured

वीरगञ्ज २० वैशाख । वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले ईस्लाम धर्मावलम्बीहरुको ठूलो पर्व ईदको अवसरमा विभिन्न स्थान पुगेर शुभकामना आदानप्रदान गरेका गरेका छन् ।

जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको लागि वीरगञ्ज महानगरपालिकामा मेयर पदका साझा उम्मेदवार सिंहले महानगरपालिकाको विभिन्न वडामा पुगेर रमदान (रमजान) महिना सकिएको खुसियाली मनाइने ईदको अवसरमा स्थानीयहरुसँग भेटघाट गरी शुभकामान साटासाट गरेका हुन् ।

सिंह वीरगञ्ज महानगरपालिकामा वडा नम्बर १४ पिपरा, वडा नम्बर १७ अलौं, वडा नम्बर २४ रामगढवा, वडा नम्बर २२ जगरनाथपुरमा पुगेर स्थानीयहरुसँग भेटघात गर्दै शुभकामना साटासाट गरेको जसपाका नेता सुरज गुप्ताले जानकारी दिए ।

ईद पर्वले समाजमा प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै सिंहले सबै जातीय, धार्मिक तथा वर्गीय समुदायले एकअर्कासँग मिलेर एकअर्काको पर्वमा खुसियाली मनाउनु पर्ने सुझाव दिए । 

FEELING WHAT ?

Article $type=triple-post$count=9

समाचार $type=triple-post$count=3

Contact Form

Name

Email *

Message *