bigpost old

election2

election

नतिजा लोड हुँदैछ...

nepali date post page

------------- magone theme

postpage template

header

Games युनिकोड मिति रूपान्तरण
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN

labelpost21

लोड हुँदैछ...

labelpost20

लोड हुँदैछ...

labelpost19

लोड हुँदैछ...
लोड हुँदैछ...

labelpost18

labelpost17

लोड हुँदैछ...

labelpost17

लोड हुँदैछ...

labelpost16

labelpost15

labelpost15

labelpost-14

लोड हुँदैछ...

wether

Birgunj --°C Loading...

labelpost7

लोड हुँदैछ...

labelpost6

लोड हुँदैछ...

labelpost5

लोड हुँदैछ...

labelpost4

मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...

labelpost3

लोड हुँदैछ...

youtube5

 जनआवाज नेपाल अनलाइन टिभी

Loading 9 latest videos...

के तपाईं आफ्नो छुट्टै खाले मौलिक वेबसाइट, न्यूज पोर्टल, व्यावसायिक वेबसाइट, ई कमर्श वेबसाइट बनाउन चाहनुहुन्छ ? हामी बनाउँछौं भीडभन्दा अलग वेबसाइट । विस्तृत जानकारीको लागि भिजिट गर्नुहोला: https://Neelamb.com, मोबाइल नं.+977-9814272487 (CALL)

youtube-3

भिडियो लोड हुँदैछ...

youtube2

भिडियोहरू लोड हुँदैछन्...

youtube

Loading videos...

तपाईंले यो समाचार पढ्न छुटाउनुभयो

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
हेडलाइन्स
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

three column

समाचार
लोड हुँदैछ...
विचार
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

two column news

News

Loading...

Main

Loading...

listpost

लोड हुँदैछ...

नयाँ समाचार

नयाँ समाचार
लोड हुँदैछ...

new news

लोड हुँदैछ...

breaking news

BREAKING NEWS
Loading latest news...

big post

लोड हुँदैछ...
News
Loading...
Breaking News
लोड हुँदैछ...

two column

समाचार
लोड हुँदैछ...
लेख/रचना
लोड हुँदैछ...

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

वीरगंज, ३ असोज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा वडा नम्बर ५ मसिहानी निवासी ४० वर्षीया कान्ति देवी मुखिया बिनको घरमा घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीका अनुसार मंगलवार साँझ ५ बजेको समयमा घाँटी रेटिएको अवस्थामा बिनको शव उनकै घरमा भेटिएको हो । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको भेटिएको केसीले बताए।

बिनका दुर्ई जना छोरा र तिन छोरी छन् । यद्यपि छोरीहरूको विवाह भइसकेको छ भने कामको सिलसिलामा एक जना छोरा विदेश र अर्का छोरा हेटौँडा बस्दै आएका छन् । घरमा बिन एक्लै बस्दै आएको  केसीले जानकारी दिए ।

मृतक बिनलाई मंगलवार  दिउँसो वरिपरि नदेखेपछि उनलाई खोज्दै घर पुगेकी छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी टोली पुगेको थियो ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो । शव पोस्टमार्टमका लागि  वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको केसीले बताए ।

प्रहरीले घटनास्थलमा बिनको टाउकोमा प्रहार गर्न प्रयोग भएको हुनसक्ने एउटा बाँसको भाटा पनि बरामद गरेको छ । शÍाको आधारमा केही व्यक्तिमाथि प्रहरीले निगरानी पनि बढाएको केसीले बताए ।

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प

वीरगंज, ३१ भदौ । हेटौंडाको सञ्चो अस्पतालका २ जना डाक्टरलाई कुटपिट गर्नेलाई कानुनी दायरामा नल्याइएको विरोधमा आज मधेस प्रदेशसहित देशरभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

नेपाल चिकित्सक संघको आहवानमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको हो ।

चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ–आज (भदौ ३१ गते) देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिनेछ ।

सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीलाई यही भदौ २७ गते अस्पतालभित्रै पसेर बिरामीका आफन्तहरूले कुटपिट गरेको थियो। यही कुटपिटको विरोधमा संघले स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेक सेवा ठप्प पारेको हो ।

संघले विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो ।

केन्द्रीय संघबाट आहवान भएका कारणले मधेश प्रदेशको सबै जिल्लामा रहेका सरकारी तथा प्राइभेट अस्पतालको आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको नेपाल चिकित्सक संघको केन्द्रीय उपाध्यक्ष नीरज सिंह बतए । 'यति गर्दा पनि संघको माग पूरा नभए,संघले फेरि थप आन्दोलनको घोषणा गर्नेछ,'उनले भने ।

मधेश प्रदेशका जनकपुर, वीरगंज, राजविराज, कलैया, गौर,सिराहा, मलंगवासहित सबै जिल्लाका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प छन् ।

वीरगंजमा पनि मनाइयो राष्ट्रिय बाल दिवस

वीरगंज, २९ भदौं । वीरगंज महानगरपालिकाको आयोजनामा शुक्रवार बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी नाराका साथ ५९ औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।

वीरगंजमा विद्यार्थीहरुको सहभागितामा निकालिएको ¥याली नगर परिक्रमापछि घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा उपमेयर इम्तियाज आलम लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, महानगरपालिकाको बालबालिका समितिकी संयोजक कनिका कौशीक लगायतकोपनि सहभागीता थिए ।

भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बढे

सर्लाही, २९ भदौ : सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका छन् ।

निरन्तर एक साता परेर पानीले मौसम परिवर्तन भएपछि जिल्लाभर भाइरल ज्वरोको सङ्क्रमण तीव्ररूपमा फैलिएको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानकारी दिनुभयो ।

हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल फिभर (सरुवा ज्वरो)को सङ्क्रमण देखिएको लालबन्दी मोडल अस्पतालका प्रमुख डा आलोककुमार कुशवाहको भनाइ छ । उहाँका अनुसार त्यस्ता बिरामीमा घाँटी दुख्ने, कमजोरी महसुस हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखिने गरेको छ ।

लालबन्दी, नवलपुर, हरिवन, बागमतीलगायत स्थानका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरो सङ्क्रमण भएका बिरामी उपचारका लागि पुग्ने गरेका लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ठाउँको तुलनामा लालबन्दी, नवलपुर र हरिवनका निजी स्वास्थ्य संस्थाका साथै सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढी देखिएको छ ।

जिल्लाभर डेङ्गु सङ्क्रमित पनि बढिरहेका छन् भने भाइरल फिभरको विवरण आउन बाँकी रहेको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर डेङ्गुका ६१ जना सङ्क्रमित रहेका छन् ।

डेङ्गु तथा भाइरल ज्वरोबाट बच्न घर वरपर लामखुट्टे बस्न नपाउने गरी सरसफाइ गर्न, सङ्क्रमित भएका व्यक्ति अन्य व्यक्तिसँग सम्पर्कमा नराखी टाढै बसेर आराम गर्न, पोषिलो खानेकुरा प्रशस्त खान, चर्को घाम लागेको बेला सकेसम्म घरभित्रै बस्न र स्वास्थ्य सावधानीका अन्य उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।
---

सुन प्रकरणको अनुसन्धान नरोकिने

काठमाडौँ २८ भदौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ ।

सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राख्ने जानकारी दिनुभयो । बुधबार सिआइबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालत जाँदै छ तर सात कम्पनीबाट ३६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद भएको छ । बाँकी सुन तस्करले गन्तव्यमा पु¥याइएसकेकाले त्यसमा थप संलग्नको खोजीका लागि सिआइबीले जारी राखेको जानकारी दिएको छ ।

नयाँ तथ्य फेला पारेपछि पुरक प्रतिवेदनका रुपमा बुझाउने सुन प्रकरणको अनुसन्धानको नेतृत्व गरेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताउनुभयो । उहाँका अनुसार तस्करले सञ्चाल तयार पारेर सुन तस्करी भएको फेला परेको छ । काठमाडौँको टोखा र लाजिम्पाटमा सुन गाल्ने काम भएको पनि प्रहरीले फेला पारेको छ ।

उक्त प्रकरणमा आरोपीमाथि भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गरिएको छ ।

अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभन्नि सात कम्पनीबाट ३६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको छ । अहिलेको मूल्यमा रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ को सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ । अहिलेसम्म ३२ जना पक्राउ परेका छन्  पक्राउ पर्नेमा २३ नेपाली र नौ  विदेशी नागरिक छन् । १८ जना फरार रहेका छन् ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसैको अनुसन्धानका क्रममा थप छ  कम्पनीबाट यस्तै अटो पार्टमा हालेर सुन तस्करी भएको पाइएको छ । विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । सुन हङकङबाट ल्याएर भारत निर्यात गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

सुन प्रकरणः तीन सय ६२ किलो सुन तस्करी भएको खुल्यो

काठमाडौँ २७ भदौ ः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरुमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ ।

उक्त प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएकोे सिआइबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

आज आयोजित पत्रकार सम्मेलन उहाँले अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहहरुले विभन्नि सातवटा कम्पनीबाट तीन सय ६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको पनि जानकारी दिनुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यका अनुसार त्यसलाई हिसाब गर्दा अहिलेको मूल्यमा रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ बराबरको सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ।

उक्त अटनामा अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेकामा १८ जना फरार रहेका उहाँको भनाइ थियोे ।

सुन तस्करीबारे ४२ जनाको टोलीबाट अनुसन्धान

उक्त प्रकरणमा प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ । सिआइबी प्रमुख बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताउनुभयो । उहाँका अनुसार अनुसन्धानका साथै विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छ । त्यसपछि अपरेसनल टोलीले विभिन्न ठाउँमा पक्राउ तथा बरामद गर्ने, लोकेसन भेरिफाई गर्नेलगायत काम गरेको, अर्काे डकुमेन्टेसन टोलीले अभियोजनलगायत कामलाई कानुनसम्मत बनाएको र  आन्तरिक तथा बाह्य समन्वयको टोलीले समेत सहयोग पु¥याएको सिआइबी प्रमुख बज्राचार्यले जानकारी दिनुभयो ।

उक्त सुन प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरुले सुरुमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको बताउनुभयो । विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर  बाँकी अनुसन्धान जारी रहने उहाँले उहाँको भनाइ थियो । तहगतरुपमा मान्छे तयार पारेर तस्करी गरेको पनि पाइएको चर्चा गर्दै संयोजक थापाले ती कम्पनीले अटो पार्टमा सुन ल्याएको, हङकङमा रहेको कार्गाे कम्पनीले सुन पठाएको र लाजिम्पाट  तथा टोखामा लगेर गाल्ने गरिएको तथ्य पनि फेला परेको बताउनुभयो ।

भन्सारको भौतिक मूल्याङ्कन र जाँचपासका सबै प्रक्रियामा जोखिम व्यवस्थापन शाखाले मनिटरिङ गर्ने गर्दछ  तर त्यहाँ संलग्न कर्मचारीहरु पनि अनुसन्धानको दायरमा रहेका छन् । सिआइबीले अब केही बेरमा उक्त रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिललाई बुझाउने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेर  १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेकोे थियो । उक्त सुन अहिले राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।

नारायणी अस्पतालमा १४–१५ किशोरीलाई पाठेघर क्यान्सरविरूद्धको ‘एचपिभी’ खोप सेवा शुरु

काठमाडौँ, २७ भदौ ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको 'एचपिभी'का खोप उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज आयोजित कार्यक्रममा 'एचपिभी'का खोपको शुभारम्भ गर्दै उहाँले  निकट भविष्यमा सबै उमेर समूहका किशोरीलाई खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले गाभीले सन् २०२४ बाट खोपको पर्याप्त मात्रा सहयोग गर्ने प्रतिबद्धता आएको जानकारी दिनुभयो । "सीमित स्रोत र साधनका बाबजुत हामीले एचपिभी खोप लगाउन सुरु गरेका छौँ", उहाँले भन्नुभयो, "उमेर समूहलाई ध्यानमा राखेर दिने खोप, यो खोप ७७ जिल्लाका सबै महिला÷किशोरीले पाउनुपर्छ । निकट भविष्यमा नेपालका सबै उमेर समूहका किशोरीहरुले यो खोप पाउनुपर्ने हुन्छ, त्यसका लागि मन्त्रालय दृढताका साथ अघि बढ्छ ।"

मन्त्री बस्नेतले 'एचपिभी' खोप अस्पताललाई हस्तान्तरणपछि छजना किशोरीले खोप लगाउनुभयो । मन्त्रालयका सचिव डा रोशन पोखरेलले खोपको मात्र कम भएता पनि यसको समानुपातिक वितरण हुने जानकारी दिनुभयो  "बागमती प्रदेशमा प्रसूति गृह अस्पतालबाट सञ्चालन भएको छ । खोपको मात्रा सीमित भए पनि आवश्यक सबैलाई पु¥याउने मन्त्रालयको कोसिस हो", उहाँले भन्नुभयो ।

मन्त्रालयका अर्का सचिव देवकुमारी गुरागार्इंले विश्व स्वास्थ्य सङ्गठनमा गरेको प्रतिबद्धताअनुसार रोगको उन्मूलनका लागि पनि खोप अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, "२० हजार खोप छ त्यसले नौ हजार जनालाई मात्र पुग्ने देखिन्छ । अन्तरराष्ट्रिय प्रतिबद्धताका अनुसार पनि हामीले अर्को पटक धेरै मात्रामा खोप भित्र्याएर धेरैभन्दा धेरै किशोरीलाई खोप उपलब्ध गराउनुपर्ने हुन्छ ।"

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्राले पहिलो मात्राका लागि उमेर खुलेको आधिकारिक प्रमाण पुग्ने कागजात लिएर खोप लगाउन पाइने जानकारी दिँदै अभिभावक, विद्यालय र अस्पताललाई सहजीकरण गर्न आग्रह गर्नुभयो ।

परिवार कल्याण महाशाखाको निर्देशक डा विवेककुमार लालले देशभरका छवटा सङ्घीय अस्पताल र सुदूरपश्चिम प्रदेशका लागि डडेल्धुरा अस्पतालबाट सुर्खेत किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप 'एचपिभी' दिइएको हो । तर कोशी प्रदेशले बिहीबारदेखि खोप कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

उक्त खोप १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि  खोप 'डेमोस्ट्रेसन'का रूपमा दिइन थालिएको हो । उक्त खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइँदै छ ।

आज मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेबाट खोप लगाउन सुरु भएको हो । यस्तै, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप लगाइने छ । खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुने छ ।

यसअघि सरकारले सन् २०१६÷१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । 'ह्युमन प्यापिलोमा भाइरस'ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ । नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ । सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउनका लागि २० हजार मात्रा खोप चीनबाट ल्याएको थियो । आज पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा खोप दिइनेछ ।  

एचपिभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिङ्गटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्दछन् । खोप एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन आग्रह गरिएको छ ।

धन्सारपुलमा बस दुर्घटना हुंदा एकजनाको मृत्यु, १५ जना घाइते

बारा, २६ भदौ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बारा, निजगढ नपा–८ धन्सारपुलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । 

आज बिहान मलङगवाबाट नारायणघाट जादै गरेको म.प्र.०३–००१ ख ९३९६ नम्बरको बस दुर्घटना हुँदा सर्लाही हेमपुर न.पा.४ कबिलासी बस्ने वर्ष ५३ को रामकेवल रायको मृत्यु भएको छ भने बस चालक मलङगवा न.पा. ९ बस्ने वर्ष ३५ को मनोज चौधरी, सहचालकस– महोत्तरी खयरमारा न.पा.६ बस्ने वर्ष ३५ को सुमन तोलाङगी, कन्डकटर सर्लाही मलङगवा न.पा.९ बस्ने वर्ष ४० को शिवजी राउत, चितवन पठार गा.पा.१० बस्ने वर्ष ३२ की नेत्र कुमारी भुजेल, दाङ तुल्सिपुर गा.पा.१० बस्ने वर्ष २८ को बिजय गिरी, मकवानपुर भिफेदी गा.पा.२ बस्ने ७८को कृष्ण प्रसाद पाख्रिन, वर्ष ७७ की थुलीमाँया पाख्रिन, रौतहत चन्द्रपुर न.पा.१ बस्ने अ.वर्ष २८ को प्रबिन लुङगेली, रौतहत चन्द्रपुर न.पा.१ बस्ने वर्ष ५० की लिलामाँया लुङगेली, सर्लाही लालबन्दी न.पा.६ बस्ने वर्ष ३६ की मिना बि.क., .रौहतह चन्द्रपुर न.पा.६ बस्ने अ.वर्ष ६५ की पम्फा थापा, धनुषा सिङगेश्वर न.पा.७ महेन्द्रनगर बस्ने वर्ष ५५ को कृष्ण ढुङ्गेल, सर्लाही नवलपुर बस्ने वर्ष ३५ की राधिका उप्रेती, रौतहत चन्द्रपुर न.पा. ७ बस्ने अ.वर्ष ३३ को डुकेन्द्र कोईराला, सर्लाही लालबन्दी न.पा.४ बस्ने वर्ष ३१ को ओजेस कुमार चौधरी, सर्लाही लालबन्दी न.पा.४ बस्ने वर्ष २७ को संगम चौधरी, सर्लाही हरिपुर न.पा.१ बस्ने वर्ष ३५ को चित्र बहादुर बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाराका सुचना अधिकारी एवं प्र.ना.उ. दधिराम न्यौपानेले जानकारी गराएका छन् । 

भरियामार्फत मलद्वारमा लुकाएर एक किलो सुन तस्करी

मंगलबार, २६ भदौ २०८०, २० : १०, काठमाडौँ । दुबईबाट आएका बाबुलाल दोङ सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ परे । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्रेर चेकजाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको अवस्थामा करिब १ किलो सुन फेला परेको छ ।

काभ्रेको खानीखोला गाउँपालिका–३ घर भएका बाबुलालको साथबाट ९ सय ६० ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए ।

२८ वर्षीय बाबुलालले अहिलेसम्म ५ पटक दुबई गएर सुन ल्याएको बयान दिएका छन् । प्रहरीसँग उनले भनेका छन्–'करिब ५ किलो ल्याएको छु ।'

बाबुलाललाई काभ्रेको रोशी गाउँपालिका–३ घट्टेखोला घर भएका जगत लामाको समूहले सुन तस्करी गर्न 'भरिया'को रुपमा परिचालन गरेको खुलेको छ । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार जगत लामाको समूहले ६ जना युवाहरूलाई प्रयोग गरेर दुबईबाट सुन ल्याउँछन् । ३३ वर्षीय जगतलाई प्रहरीले मंगलबार काठमाडौँको ढल्कुबाट पक्राउ गरेको छ ।

तस्करीमा संलग्न आरोपमा काभ्रेको महाभारत गाउँपालिका–३ घर भएका ३६ वर्षीय मिङमा दोर्जे स्याङतानलाई पनि प्रहरीले पक्राउ गरेको छ । बरामद सुनसहित ३ जना आरोपितलाई कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको एसपी ढुंगेलले जानकारी दिए ।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुनबारे अनुसन्धान जारी रहँदा दुबईबाट सो समूहले लगातार सुन ल्याइरहेको भेटिएको छ ।

जगत लामाको समूहले सुन लिन जाने युवाहरूलाई आवत–जावत खर्च ब्यहोरेर ५० हजार नगद दिएर 'भरिया'को रुपमा प्रयोग गर्ने गर्छन् । ती भरियाले मलद्वारमा लुकाएर सुन ल्याउँछन् । जगत समूहले सुन लिन पठाएका ४ जना दुबईमा छन् ।

तस्करीमा संलग्नहरु क्रेटा गाडी चढेर हिँड्थे । प्रहरीले बागमती प्रदेश–०१–०२७ च ९९६० नम्बरको गाडी बरामद गरेको छ ।

मंगलवार एकै दिन चारजनाको निधन

काठमाडौं, २६ भदौ । संविधानसभाका अध्यक्ष एंव प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाड्ढो निधन भएको छ।

ह्दयघातका कारण मंगलवार राति करिब २ बजे उनको निधन भएको हो । बालुवाटरस्थित निवासमा ह्दयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।

अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको चिकित्सकले बताएका छन।

प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन

मधेश प्रदेशकी सांसद बिन्दु कुमारी यादवको निधन भएको छ ।

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्यसमेत रहेकी प्रदेश सांसद यादव क्यान्सर रोगका कारण उनको आज बिहान निधन भएको हो ।

उनी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । जसपाबाट उनी समानुपातिक प्रदेश सांसद थिइन् ।

उनी मधेशी जनअधिकार फोरम नेपाल पार्टीको स्थापना कालदेखि सो पार्टीमा क्रियाशिल रहदै आएकी थिइन ।

जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना र मधेशी जनताको अधिकार स्थापित गराउन पार्टीले गरेका हरेक संघर्षमा वहाँले दिनुभएका आफ्ना उल्लेखनीय योगदानको स्मरण गर्दै शोक बक्तव्य जारी गर्नु भएको छ ।

एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्यको ह्दयाघातबाट निधन

नेकपा एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । रौतहट निवासी विश्वकर्माको मंगलवार बिहान ह्दयाघातबाट निधन भएको हो । उनको शव श्रद्धाञ्जलीको लागि मंगलवार केही बेर पार्टी कार्यालय आलोकनगर राखिने भएको छ ।

साहित्यकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ । केही दिनदेखि निमोनियाबाट पीडित पराजुलीको आज बिहान बी एन्ड बी अस्पतालमा निधन भएको हो ।  निमोनिया उपचारका लागि हिजो राति बी एन्ड बी हस्पिटलको इमर्जेन्सीमा भर्ना गरिएको थियो । 

तस्करीको ८ सय किलो काजु बरामद

वीरगंज, २५ भदौं । सशस्त्र प्रहरीले भन्सार छलीको  सात लाख मूल्य बराबरको ८ सय किलो काजु बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगंज महानगरपालिका–१० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको बजरंग टोलस्थित एक गोदाममा छापा मारेर ८ क्वीन्टल काजु बरामद गरेको हो ।

सूचनाको आधारमा सोमवार सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह र वीरगंज भन्सार कार्यालयका अधिकृत दीपेन्द्र शर्मा पौडेलको नृर्ततवमा खटिएको टोलीले बजरंग टोलस्थित मगनी राउतको घरमा रहेको गोदाममा भण्डारण गरी राखिएको काजु बरामद गरेको हो ।

राउतको घरमा गोदाम बनाई भण्डारण गरि राखिएको भन्सार छलीको काजु बरामद गरिएको सिंहले जानकारी दिए । बरामद काजुको अनुमानित बजारमूल्य ७ लाख २० हजार रुपियाँँ रहेकोपनि उनले बताए । बरामद काजु आवश्यक कारबाईका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको र काजु धनीको वारेमा अनुसन्धान भइरहेको सिंहले जानकारी दिए ।

रौतहटमा झुन्डिएको अवस्थामा दम्पत्ती भेटियो

रौतहट, २४ भदौ । रौतहटर श्रीमान श्रीमती झुन्डिएको अवस्थामा मृत फेला परेका छन।

जिल्लाको बौधिमाइ नगरपालिका–२ इनर्वा टोल बस्ने रामदिनेश पटेल र उनकी श्रीमती गीता कुमारी पटेल झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

दुबैजना आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा शनिवार साँझ फेला परेको रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी उमाशंकर गुप्ताले जानकारी दिए।

दुबै जनाको शवलाई नियन्त्रणमा लिइ पोस्टमाटमको लागि जिल्ला अस्पताल, गौरमा पठाइएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको गुप्ताले बताए।

औषधी व्यवसायी संघमा देशभरका ३२ हजार भन्दा बढी व्यवसायी आबद्ध

वीरगंज,२२ भदौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले औषधी व्यवसायी संघमा देशभरका ३२ हजार भन्दा बढी व्यवसायी आबद्ध रहेको बताएका छन् । 

शुक्रवार वीरगंजमा नेपाल औषधी व्यवसायी संघको १४ औं अधिवेशन तथा स्वर्ण जयन्ति महोत्सवलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले सो कुरा बताएका हुन् । उनले भने, दूरराजका वस्तीसम्म औषधीको सेवा अझ प्रभावकारी रूपमा उपलब्ध गराउन व्यवसायीहरुलाई आग्रह गर्छु ।

कोभिड महामारीका बेला सबै जना घरभित्रै बसेका बेलापनि नागरिक ज्यान जोगाउन औषधी व्यवसायीहरूले २४ सै घण्टा पसल खोलेर सेवा दिएकोमा त्यसको प्रशंसा गर्दै उपराष्ट्रपति यादवले भने,' औषधी व्यवसायीहरूले यो जिम्मेवारीलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

हजारौंलाई रोजगारीपनि दिएकोमा उनले प्रशंसा गर्दै देशको अर्थतन्त्रमा औषधी कारोवारीको महŒवपूर्ण भूमीका रहेको बताए । मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन आर्थिक विकासको आवश्यकता रहेको भन्दै उनले भने,' यसमा औषधी व्यवसायी र उनिहरू आबद्ध संघले अझ थप योगदान दिने अपेक्षा गरेको छु ।

औषधी व्यवसायी र उनिहरू आबद्ध संघका विद्यमान समस्यालाई गम्भरिताका साथ लिएर समाधानका लागि स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागको ध्यानाकर्षणपनि उनले गराए ।

संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको अध्यक्षता तथा उपराष्ट्रपति यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमलाई औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, मधेस प्रदेशका वनमन्त्री रमेश कुर्मी, उर्जामन्त्री सिंहासन साह कलवार, उद्योग, वाणिज्इ तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारी, प्रदेशसभा सदस्यद्वय श्याम पटेल र प्रमोद जयसवाल लगायतले पनि सम्बोधन गरे ।
 

मधेस प्रदेशको कुनैपनि व्यक्ति निरक्षर नरहने

वीरगंज, २२ भदौं । मधेस प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेश प्रसाद यादवले मधेस प्रदेशको कुनैपनि व्यक्ति निरक्षर नरहने बताएका छन्। 

शुक्रवार वीरगंजस्थित मधेस विश्वविद्यालयको प्रथम वार्षिकोत्सवमा बोल्दै मन्त्री यादवले मधेस प्रदेशको शिक्षा प्रणाली अहिले जर्जर अवस्थामा रहेको बताएका हुन् ।

मधेस विश्वविद्यालयको सहकुलपतिसमेत रहेका यादवले जर्जर अवस्थामा रहेको मधेसको शिक्षा प्रणालीलाई सुधार गर्दै माथि उकास्न मधेस विश्वविद्यालयको भूमीका अहम हुने विश्वास आफुले लिएको बताए ।

उनले शिक्षा नै समाज निर्माणको मेरूदण्ड भएकाले शिक्षाको विकासलाई मधेस सरकारले मुख्य प्राथमिकता दिएकोपनि जनाए ।

मधेस प्रदेश सरकारसंग सिमित श्रोत साधन भएपनि सिमित श्रोतसाधनकै भरपुर उपयोग गरेर छोटो अवधीमै मधेस विश्वविद्यालय यो अवस्थामा आइपुग्नु गौरवको विषय भएको बताए ।

मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले स्थापनाको एकवर्षमै विश्वविद्यालयमा कक्षा सञ्चालनको अवस्थामा पुगेको जानकारी गराए । शुरूमा कानुन र जनप्रशासनको पठनपाठन सञ्चालन गर्न लागिएको उनले बताए । उनले भने,' अबकोे एक दुर्ई हप्ताभित्रै कक्षा सञ्चालन गर्दैछौ ।उनले अबको ५ वर्षभित्रमा मधेस विश्वविद्यालयलाई देशकै एउटा प्रतिष्ठीत र उत्कृष्ट विश्वविद्यालयका रूपमा स्थापित गर्ने उद्घोषपनि गरे ।

शाक्यको अध्यक्षता तथा मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई मधेस सरकारका उर्जामन्त्री सिंहासन साह कलवार, वनमन्त्री रमेश कुर्मी, मधेसका पूर्व मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सभा सदस्यद्वय श्याम पटेल र प्रमोद जयसवाल, प्राध्यापक डाक्टर उपेन्द्र कोइराला, प्राध्यापक डाक्टर युवराज संग्रौला लगायतलेपनि सम्बोधन गरेका थिए ।

४८ एसपी र १२० डीएसपीको एकै पटक सरुवा

१६ भदौ, काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरू र १२० जना नायव प्रहरी उपरीक्षा (डीएसपी)हरूको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो ।

कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण नक्साल सरुवा भएको छ भने बाराका एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखामा सरुवा गरिएको छ ।

यस्तै, दाङका प्रमुख वीरबहादु ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखामा, रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा पठाइएको छ ।

नुवाकोटका रमेश पण्डितलाई प्रदेश कार्यालयको अपराध अनुसन्धान शाखा भैरहवा, डोटीका राजेन्द्रप्रसाद धमलालाई प्रहरी प्रधान कार्यालयको कानून शाखा सरुवा गरिएको छ ।

पूर्वी नवलपरासीका एसपी भुवनेश्वर तिवारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगंज, पश्चिम नवलपरासीका एसपी विनोद सिलवाललाई कोशी प्रदेश प्रहरी कार्यालय, कपिलवस्तुका प्रेमबहादुर बस्नेतलाई नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर पठाइएको छ ।

सुनसरीका प्रभुप्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगंज, भक्तपुरका प्रजित केसीलाई प्रदेश कार्यालय वीरगंज, उदयपुरका ज्ञानेद्र फुयाललाई मानव बेचबिखन अनुसन्धान व्यूरोमा सरुवा गरिएको छ ।

सरुवा भएका एसपीहरू

सरुवा भएका डीएसपीहरू


२०८० भदौ १६ गते शनिबारको राशिफल

 आजको राशिफल बि.सं. २०८० भदौ १६ गते शनिबार ई.सं.२०२३ सेप्टेम्बर ०२ नेपाल सम्बत ११४३ गुंलागा तृतिया, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ कृष्ण तृतिया, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शूल योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ५: ४३ बजे, सूर्यास्त साँझ ६: २३ बजे हुनेछ ।

आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १८ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) –

कार्यालयमा कामको चाप बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न काममा खट्ने अनुकूलता मिल्दैन । सहयोगी कर्मचारी र हाकिम रुष्ट हुने दिन हो । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित हुनुपर्छ भन्ने धारणा राख्नु राम्रो हुन्छ । आजको दिन मानसिक तनाव र चिन्ता बढ्ने समय हो । शत्रु र प्रतिस्पद्र्धीको गतिविधिप्रति ध्यानकेन्द्रित हुनसक्छ । 

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) –

जोखिम मोलेर गरेको कुनै कामबाट लाभ पाउन सकिने छ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका कतिपय विषयवस्तुलाई समेत पुनः प्राप्त गर्न सकिने छ । कामधन्दामा सहजताको अनुभूति हुनेछ, घरपरिवारमा पनि समझदारी रहने छ । अझ साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नसक्छ । आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) –

लामो समयदेखि गर्न नभ्याएको कुनै काम टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, तर अरुको आश नगरी आफ्नो काममा आफैं खट्नुपर्ने परिस्थिति देखिन्छ । बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन हो । हाकिम वा नेतृत्व पङ्क्तिका विशिष्ट व्यक्तित्वको सहयोग जुटाउन सकिन्छ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुन्छ । 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) –

गरिआएको कामधन्दा र पेसामा उन्नति हुने र सम्मान पाउने समय हो । ज्ञान र सीप बढाउने मनसाय बन्नसक्छ, त्यस्तै ठूलाबडा र विद्वान्हरूका साथमा घुलमिल हुने अवसर मिल्नेछ । साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ । घरपरिवारका सदस्यहरुसँग पूर्ण समय हर्षोल्लासका साथमा बित्नेछ । पतिपत्नी एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिल्नेछ । 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) –

बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला, तपाईंको भावनाको कदर हुनेछैन । अहङ्कार, अडान र आडम्बर कमजोरी बन्नसक्छन्, त्यसैले तिनलाई त्यागेर आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । यन्त्र वा उपकरणको प्रयोगमा सावधानी अपनाउनु ठीक हुन्छ । विवाद वा लफडामा पछि हटेको बेस हुन्छ, कुनै समस्या परेमा सिनियर कर्मचारीको सहयोग लिनु होला । 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पा ) –

रूचि र इच्छाअनुसार अधिकतम समय बिताउन मनलाग्छ, जस्तै चुनौती देखिए पनि चलाखीपन र बुद्धिकौशलका माध्यमबाट समस्यालाई हल गर्ने सामथ्र्य प्राप्त हुनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ, तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) –

खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । आफ्नो काममा मात्र ध्यानकेन्द्रित गर्ने दिन हो । अर्काको काम वा विषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने समय छ । परिश्रम र आरामको सन्तुलनमा ध्यान दिनु आवश्यक छ, एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, सचेत बन्नु होला । 

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) –

आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । कामबाट फुर्सद निकालेर सङ्केत र हाउभाउको प्रयोग गरी कतै घुमघाममा निस्कने वा किनमेलमा जाने अनुकूलता मिल्नेछ । बुद्धिको सही प्रयोग गरी प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ, तर कल्पना र भावनामा मन रुमल्लिन सक्छ । सचेतताका साथमा काममा लागी पर्नु ठीक हुन्छ । 

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) –

परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । थोरै परिश्रम र सानो लगानी भए पनि प्रशस्त लाभ उठाउन सकिने समय छ, विलासिताका सामाग्री एवं कुनै भौतिक उपकरणको खरिद हुनेछ, घरपरिवारबाट शुभ समाचार प्राप्त हुनेछ । हाँकेरताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) –

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय हो । बरु दाजुभाइ वा माइतीपक्षको सरसहयोग जुटाउन सक्नुहुन्छ । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने समय छ, दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) –

बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्नेछन् । बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, तथापि मस्तिष्क अत्यन्त क्रियाशील रहने दिन हो । 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) –

व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूर्ण व्यक्तित्व र विद्वान्हरू सम्पर्कमा रहनेछन् । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ ।  

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)साभारः खरीबोट

भारतमा प्रति सिलिन्डर २ सयले घट्यो ग्यासको मूल्य

नयाँ दिल्ली । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डरको मूल्यप्रति सिलिन्डर २ सय भारु घटाएको छ । 

बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए । 

अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिन्डर ९०३ भारतीय रुपियाँमा उपलब्ध हुनेछ । यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ ।

खाना पकाउने ग्यासको मूल्यमा रु २३५, पेट्रोलमा रु ४ र डिजेलमा रु ३ बढयो

काठमाडौं, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पाेरेशनबाट बिहीवार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो।

निगममले आजै रातिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपियाँँ डिजेल– मट्टितेलको प्रतिलिटर ३ रुपियाँँले मूल्य वृद्धि गरेको हो ।

यस्तै, खानामा पकाउने एलपि ग्याँसमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २३५ रुपियाँँले वृद्धि गरेको जनाएको छ ।

इण्डियन आयल कर्पाेरेशनले पेट्रोल र डिजेलमा क्रमशः ३ रुपियाँँ १७ पैसा र २ रुपियाँँ ४८ पैसाले बढेर आएको थियो।

यस्तै, खाना पकाउने ग्याँसको मूल्यमा पनि प्रतिसिलिण्डर १८६ रुपियाँँ ४५ पैसाले वृद्धि भई आएको थियो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि दर सहित समायोजन गरि कायम गरिएको जनाएको छ ।

२०८० भदौ १५ गते शुक्रबारको राशिफल

आजको राशिफल बि.सं. २०८० भदौ १५ गते शुक्रबार ई.सं.२०२३ सेप्टेम्बर ०१ नेपाल सम्बत ११४३ गुंलागा द्वितीया, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ कृष्ण द्वितीया, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, धृति योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ५: ४२ बजे, सूर्यास्त साँझ ६: २४ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १७ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज रोपाई जात्रा रहेको छ । 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) –

दौडधूप गर्नुपर्ने काम, ढुवानीरयातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) –

काममा सहजता महसुस गर्नुका साथै व्यापार र व्यवसायबाट सन्तुष्टि मिल्नेछ । साथीभाइको सुझाव पनि मार्गदर्शक बन्नसक्छ, तर प्रतिद्वन्द्वी र शत्रुहरूको क्रियाकलापप्रति सजग र सतर्क रहने प्रयास गर्नुपर्छ । अलि बढी दौडधूप गर्नुपरे पनि सम्भावनाका बाटाहरू पहिल्याउन सकिने समय छ । बुद्धिको उपयोगले सेवाग्राहीलाई सन्तुष्ट बनाउन सक्नुहुन्छ । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पद्र्धीहरू आफैं तर्किएर हिँड्नेछन् । 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) –

कारोबार वा कार्यक्षेत्रको काममा यात्रामा जानुपर्ने परिस्थिति देखिन्छ, तर मन मिल्ने साथी वा आत्मीय जनको स्वास्थ्यगत समस्याले चिन्ता बढाउन सक्छ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पद्र्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) –

महत्त्वाकाङ्क्षा राख्नाले लक्ष्य पहिल्याउन सजिलो हुनेछ, कुनै योजना छन् भने अझ धेरै मिहिनेत गर्नुहोस्, सफलता मिल्नेछ । मनमा सलबलाएको कुनै राम्रो योजनाको कार्यान्वयन गर्न सकिने छ । दिनदुःखी र बृद्धबृद्धाको सहयोग गर्दा भाग्य बढ्ने दिन हो । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) –

मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनसक्छ, तर मनको कुरो साथीले नबुझिदिंदा वैचारिक मतभेद हुनसक्छ । भाग्यमा भन्दा पनि आफ्नै बुद्धि र श्रममा भरपर्ने समय हो, नचिताएको स्रोतबाट अचानक धनलाभ हुनसक्छ । उता प्रियजनसँग टाढा हुँदा मनमा खिन्नता भने बढ्नसक्ने दिन हो । सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ, उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ । 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) –

आपसी सम्बन्धमा चिसोपन देखिने छ । जीवनको कुनै विशेष निणर्य लिनु छ भने स्थगित गर्नु ठीक हुन्छ, कि त दोहोर्याएर परीक्षण गरेरमात्र थाल्नु होला । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग गरी थप आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो । 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) –

प्रयास, प्रतिस्पद्र्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो । शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । आपसी समन्वय र भेटघाटको राम्रो दिन छ, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) –

सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । अध्ययनका विषयवस्तुप्रति गम्भीर बन्ने समय आएको छ । पढाइमा लगाव बढाउनुहोस्, सोचेको रिजल्ट पाउन सकिने छ । 

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) –

बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । निणर्यात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) –

आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचाररविमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो । पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । आफन्तहरूसित सुसम्बन्ध हुने र सहयोग पाइने समय हो । आम्दानीको अवसरमा बृद्धि हुने तथा पारिवारिक वातावरणसमेत सौहाद्र्रपूर्ण रहने देखिन्छ । 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) –

समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । धनको कारोबारमा जोखिम र रिस्क भएको दिन हो, नयाँ कारोबार वा व्यवसाय फाप्दैन, अनि कुनै करार वा समझौता गर्नुछ भने राम्ररी पढ्नु बेस हुन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) –

मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, हिजोअस्तिका तुलनामा केही न केही धनार्जनको अवसर मिल्नसक्छ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)

गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी

ह्यानोभर, १४ भदौ (रासस/एएफपी) ः जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई बैधानिक बनाउने तयारी भएको हो । निर्धारित परिमाणमा गाँजा किन्न र राख्न पाइने मस्यौदा कानुनलाई सरकारले अनुमोदन गरेको छ । 

संसद्ले पनि उक्त कानुनलाई अनुमोदन गर्ने विश्वासका साथ गाँजा सेवन गर्नेहरू क्लबमा आबद्ध हुन थालेका छन् । गँजेडीका "क्यानाबिस सोशल क्लब" धमाधम खुलेका छन् । एउटा क्लबमा पाँच सयभन्दा बढी सदस्य बन्न नपाइने प्रावधान लागू गरिएको छ । सरकारी नियमअनुसार एक जनाले तीन वटा गाँजाका विरूवा लगाउन पाउनेछ भने सोशल क्लबबाट दैनिक २५ ग्राम र एक महिनामा अधिकतमा ५० ग्राम गाँजा किन्न पाइनेछ । देशभर यस्ता क्लबको सङ्ख्या एक सय नाघेको छ । 

आफ्नो पूरा नाम उल्लेख गर्न नचाहने तर आफूलाई हेनरी विकरका रूपमा एएफपीसमक्ष आफनो पहिचान सार्वजनिक गरेका सोशल क्लबका संस्थापक ५८ वर्षीय पूर्वविद्युत् इन्जिनियरले क्बलमा आबद्ध हुन आठ सय जनाले आवेदन गरेका बताए । उनले ५७ जनाको आवेदनमात्र स्वीकृत गरिएको जानकारी दिँदै उनीहरूसँग व्यक्तिगत छलफल नगरी क्लबको सदस्यता नदिने बताएका छन् । सरकारले गाँजा, हेरोइन र मनोद्दिपक पदार्थलाई लागूपदार्थको एउटै वर्गमा सूचीबद्ध गरेकाले कानुनी झमेलामा नफस्न उनले आवेदकहरूको आशय र उद्देश्य स्पष्ट नभई समूहमा सामेल नगर्ने बताए । 

हेनरीको क्लबले १८ देखि २१ वर्ष समूहक सदस्यलाई एक महिनामा अधिकतम ३० ग्राम गाँजा उपलव्ध गराउने नीति लिएको छ । हाललाई क्लबको सदस्य बन्न २० युरो तिर्नुपर्छ भने हरेक महिना मासिकरूपमा पाँच युरो बुझाउनुपर्नेछ । एक ग्राम गाँजाको मोल पाँचदेखि १५ युरोसम्म निर्धारण गर्नुपर्ने उनले बताए । अठार वर्षमुनिका मानिसलाई सदस्यता दिइदैन । 

गाँजालाई वैधानिकता दिने सरकारी योजनाको चिकित्सक तथा कानुन कार्यान्वयन निकायका अधिकारीले विरोध गरेका छन् । विपक्षी दलका नेताले प्रस्तावको खुलेर निन्दा गरेका छन् । लागू औषध दुरूपयोगलाई प्रोत्साहन गर्ने प्रस्तावित विधेयक देशका निम्ति अनुपयुक्त भएको उनीहरूको तर्क छ । 

यसैबीच, अमेरिकी स्वास्थ्य र मानव सेवा विभागले ड्रग इन्फोर्समेन्ट एजेन्सी (डिर्ईए)लाई गाँजासम्बन्धी सङ्घीय कानुन उदार बनाउन आह्वान गरेको छ । अमेरिकाका ५० मध्ये ४० राज्यले कुनै न कुनै रूपमा यसको प्रयोगलाई वैधानिक बनाउने कानुन पारित गरे पनि सङ्घीयतहमा यो अवैध मानिन्छ । स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) ले डिर्ईएसमक्ष आफनो राय पेश गरिसकेको छ । गत वर्ष राष्ट्रपति जो बिडेनले महान्यायाधिवक्ता तथा स्वास्थ्यमन्त्रीलाई कम जोखिमयुक्त औषधिको रूपमा गाँजालाई सूचीबद्ध गर्न सकिनेनसकिने भन्नेबारेमा समीक्षा गर्न निर्देशन दिनुभएको थियो ।