Menu

Today Date

सीए टपर विनय खड्का बने खल्तीको सीईओ

Author
News Feed |
November 12, 2021

काठमाडौं । सन् २०१७ ब्याचका चार्टर्ड अकाउन्टेन्ट (सीए) टपर विनय खड्का डिजिटल वालेट खल्तीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । यसअघि एनआईसी एसिया बैंकमा डिजिटल मार्केटिङ प्रमुख उनी खल्तीको नेतृत्वमा आएका हुन् ।

खड्काले साढे दुई वर्षजति एनआईसी एसियाको डिजिटल मार्केटिङ हेडको रुपमा काम गरेका थिए । त्यस अघि खल्तीकै प्रतिस्पर्धी कम्पनी ईसेवामा समेत काम गरिसकेको अनुभव उनको छ ।

यद्यपि सीएको अध्ययन पुरा गरिसकेपछि उनको करियर भने करिब पाँच वर्ष अघि एनआईसी एसिया बैंकबाटै भएको हो । तत्कालीन समयमा खड्का बीपीआर (बिजनेस प्रोसेस) रणनीतिको क्षेत्रमा काम गर्नेगरी बैंकिङ क्षेत्रमा जोडिएका थिए ।

प्रयोगकर्ता मैत्री डिजिटल वालेटको रुपमा आफ्नो परिचय स्थापित गरेको खल्ती पछिल्लो समय व्यवसायिक रुपमा भने त्यति सशक्त रुपमा अगाडि बढ्न सकिरहेको थिएन ।  बैंकिङ तथा फिनटेक (वित्तीय प्रविधि) को क्षेत्रमा सुरुदेखि रुची राख्ने नव नियुक्त सीईओ खड्का व्यवसायिक तथा रणनीतिक रुपमा खल्तीलाई नयाँ उचाइ दिनु आफ्नो मूख्य लक्ष्य रहेको बताउँछन् ।

‘प्रयोगकर्ता नै हाम्रो मुख्य प्राथमिकतामा हुन्,’ उनले टेकपानासँग भने, ‘व्यवसायिक रुपमा कम्पनीको आन्तरिक व्यवस्थापनसँगै प्रयोगकर्ताको अपेक्षा कसरी पुरा गर्न सकिन्छ भन्ने दिशामा मेरो ध्यान रहनेछ ।’ पछिल्लो समय बजारमा नयाँ नयाँ भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट कम्पनीको प्रवेश भइरहेको छ ।

जसले गर्दा यस क्षेत्रमा चर्को प्रतिस्पर्धाको स्थिति बनेको छ । यस्तोमा प्रयोगकर्तालाई ‘हाई भ्यालु’ (उच्च मूल्य), सुरक्षित अनि सहज भुक्तानीको रुपमा खल्तीलाई स्थापित गर्दै लैजाने खड्काले बताए ।

उनले अगाडि भने, ‘यसलाई विशुद्ध वालेटको रुपमा मात्रै भन्दा पनि इनोभेसन (नवप्रवर्तन) का नयाँ नयाँ प्लेटफर्म आउन सक्छन् । जसको माध्यमबाट अहिलेको युटिलिटी पेमेन्टको दायरा बढाएर अन्य किसिमका वित्तीय सेवा समेत दिन सकिन्छ ।’ नयाँ सीईओको प्रवेशसँगै खल्तीले बजारमा आक्रामक रणनीतिका साथ आफ्नो उपस्थिति बढाउने अपेक्षा गरिएको छ ।

The post सीए टपर विनय खड्का बने खल्तीको सीईओ appeared first on Tech News Nepal.



https://ift.tt/eA8V8J

FEELING WHAT ?

Article $type=triple-post$count=9

समाचार $type=triple-post$count=3

Contact Form

Name

Email *

Message *