Menu

Today Date

निउ ब्राण्डका दुई नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा

Author
News Feed |
April 23, 2022

काठमाडौँ  । नेपाली बजारमा निउ ब्राण्डका दुई विद्युतीय स्कुटर सार्वजनिक भएकाे छ । निउ नेपालका लागि आधिकारिक बिक्रेता इको इन्फिनिटी प्राइभेट लिमिटेडले एमक्यूआई जीटी (MQi GT) र यूक्यूआई जीटी (UQi GT) माेडलका स्कुटर भित्र्याएकाे हाे ।

१२ सय वाटको मोटर राखिएको मोडल यूक्यूआई जीटी स्कुटरमा ४८ भोल्टको ब्याट्री छ । फुल चार्ज गर्न सात घण्टा लाग्ने यो स्कुटरले अधिकतम ७० देखि ८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

त्यस्तै, निउ एमक्यूआई जीटी विद्युतीय स्कुटरमा तीन हजार वाट क्षमताको मोटर जडान गरिएको छ ।

४८ भोल्टको दुईवटा ब्याट्री प्याकका साथ आउने यो स्कुटरले एकपटक पूर्णरुपमा चार्ज गर्दा अधिकतम ९० देखि १३० किलोमिटर रेन्ज प्रदान गर्दछ ।

४५ किलोमिटर प्रति घण्टाको स्पिडमा गुड्ने निउ यूक्यूआई जीटीको मूल्य नेपाली बजारमा दुई लाख ४५ हजार रुपैयाँ पर्ने छ  । त्यस्तै ८० किलोमिटर प्रतिघण्टाको स्पिडमा गुड्ने एमक्यूआई जीटीको मूल्य चार लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।

The post निउ ब्राण्डका दुई नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/X6eudyg
via IFTTT

FEELING WHAT ?

Article $type=triple-post$count=9

समाचार $type=triple-post$count=3

Contact Form

Name

Email *

Message *