Menu

Today Date

गुगल सर्चमा नयाँ अपडेट आउँदै, अब अनावश्यक रिजल्ट नदेखाउने

Author
News Feed |
August 20, 2022

काठमाडौं । गुगलले आफ्नो सर्च इन्जिनमा ठूलो अपडेट दिँदै छ । यसले प्रयोगकर्ताको सर्च अनुभवलाई नै परिवर्तन गरिदिने प्रयोगकर्ताको विश्वास छ ।

एक ब्लगपोस्ट सार्वजनिक गर्दै कम्पनीले श्रङ्खलाबद्ध रुपमा नयाँ फिचरहरू सार्वजनिक गरेको जानकारी दिएको छ । यी परिवर्तनपछि प्रयोगकर्ताले सर्च इन्जिनको प्रयोगमा थप गुणस्तरीय परिवर्तन देख्ने कम्पनीले जनाएको छ ।

नयाँ अपडेटसँगै कम्पनीले सर्च गर्दा नक्कली अथवा कपी गरिएको सामग्रीलाई भन्दा ओरिजिनल सामग्रीलाई बढी प्राथमिकता दिने बताएको छ ।

त्यसैगरी कुनै वस्तुको समिक्षा सर्च गर्दा आउने रिजल्टमा विज्ञहरूले गरेका विश्लेषणलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

हुन त हरेक वर्ष कम्पनीले आफ्नो सर्च इन्जिनमा केही न केही नयाँ फिचरहरू थप गरेर नयाँ अपडेट दिइरहेको हुन्छ ।

अब आउने अपडेट भने विशेषगरी प्रयोगकर्ताको सर्च गर्ने अनुभवमा केन्द्रित हुने कम्पनीको भनाइ छ । यसमा शपिङ, मनोरञ्जन, प्रविधि लगायतका कुरा बढी प्राथमिकतामा पर्ने कम्पनीले जनाएको छ ।

सामान्यतया प्रयोगकर्ताले कुनै कुरा सर्च गर्दा आवश्यकताभन्दा बढी वा अनावश्क परिणामहरू प्राप्त हुने गर्छन् । यही कुरालाई सम्बोधन गर्दै कम्पनीले प्रयोगकर्ताले के खोजेको हो, ठ्याक्कै त्यही नै उपलब्ध हुने गरी सर्च इन्जिनमा काम गरिरहेको हो ।



from Tech News Nepal https://ift.tt/YwMHudv
via IFTTT

FEELING WHAT ?

Article $type=triple-post$count=9

समाचार $type=triple-post$count=3

Contact Form

Name

Email *

Message *