Posts

Showing posts with the label Nepali News

सामुदायिक वनको पाँच बिघामा वृक्षरोपण

लहान, १७ भदौ (रासस) : राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान २०७८ अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला देवी सामुदायिक वनको पाँच बिघा क्षेत्रफलमा कर्मचारीले वृक्षरोपण गरेका छन् । वृक्षरोपण गरी वन क्षेत्रको विस्तार गर्ने उद्देश्यका साथ बुधबार एकै दिन सामुदायिक वनको पाँच बिघा क्षेत्रफल जग्गामा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा उक्त सामुदायिक वनमा आँप, जामुन, मसला, खयर र साललगायतका जातका बिरुवा रोपेको प्रमुख दासले बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको नेतृत्वमा गरिएको वृक्षरोपणमा डिभिजन वन कार्यालयका प्रमुख, विभिन्न सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो । –––

एक करोड ९२ लाख मात्रा खोप लगाइयो

Image
काठमाडौँ, १७ भदौ (रासस) ः नेपालमा कोरोना भाइरसविरुद्ध एक करोड ९२ लाख मात्रा खोप लगाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हाल्नुभएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार बुधबारसम्ममा एक करोड ९२ लाख १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन् ।  मन्त्रालयको तथ्याङ्कअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप मात्रा लगाएका छन् । हालसम्म नेपालमा भोरोसेल, 'जे एण्ड जे' कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्वीडिस् अस्ट्राजेनेका खोप भित्र्याइएको छ । यस्तै मन्त्रालयले आगामी असोज मसान्तसम्म ३० प्रतिशत नागरिकलाई खोप लगाउने योजनाअनुसार खोप लागाउने अभियान देशभर तीव्र रुपमा अघि बढाएको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले नेपालले १० ...

तटबन्ध कार्यालय कर्मचारीविहीनः सेवाग्राही मर्कामा

जलेश्वर, १७ भदौ (रासस) ः महोत्तरीको जलेश्वरस्थित जनताको तटबन्ध फिल्ड कार्यालय–२ कर्मचारीविहीन बनेको छ ।  कर्मचारीको अभावमा कार्यालयको काम कारवाही प्रभावित भएको छ । कार्यालयमा प्रमुख, तीन इञ्जिनीयर, तीन सव इञ्जिनीयर, एक लेखापाल र चार जना कार्यालय सहयोगी कार्यरत छन् । गत असारपछि कार्यालय प्रमुख र अन्य कर्मचारी आएका छैनन् ।  कार्यालय प्रमुख राजेन्द्रप्रसाद देव प्रायः काठमाडौँमै बस्नुहुन्छ भने उहाँको अनुपस्थितिमा अनिवार्य रुपमा कार्यालयमा हुनुपर्ने सूचना अधिकारी इञ्जिनीयर सुशील चौधरी पनि गत असारपछि आफ्नो घर जनकपुरमै बसिरहनुभएको बताइएको छ ।  सो कार्यालय अहिले तीन जना कार्यालय सहयोगीको भरमा सञ्चालनमा छन् । जिल्लामा बाढी आएपछि सो कार्यालयमा कार्यरत कर्मचारीको खोजीनीति सुरु भएको छ । विगत १० दिनमा महोत्तरी जिल्लाको रातो नदीमा ठूलो बाढी आएर सो कार्यालयले निर्माण गरेको तटबन्ध भत्काएर जिल्लाको बलवा नगरपालिका–४ को तिलगढ, रौजा र वडा नं ११ अधियानपुर गाउँका एक हजार बढी घर डुबानमा परेर लाखौंको क्षति भएको छ भने सयौं बिघा धानखेती नष्ट भएको छ ।  अख्तियारप्राप्त कर्मचारी नहुँदा सेवाग्राहीको काम गर्न समस्या...

एन्ड्रोइड एप सपोर्ट बिनै सार्वजनिक हुँदै विण्डोज ११

Image
काठमाडौं । माइक्रोसफ्टले अक्टोबर ५ देखि आधिकारिक रुपमा प्रयोगकर्ताका लागि विण्डोज ११ उपलब्ध गराउने घोषणा गरेको छ । यसपाली विण्डोज ११ को बढी चर्चा हुनुका पछाडि एन्ड्रोइड एप सपोर्ट पनि हो । तर यो सुविधा उपयोग गर्न प्रयोगकर्ताले केही समय अझै कुर्नुपर्ने भएको छ । माइक्रोसफ्टले हालै एक सूचना जारी गर्दै तत्काल एन्ड्रोइड एप सपोर्टको सुविधा नहुने जानकारी दिएको छ । तर अन्य सुविधा भने सोही दिनदेखि उपलब्ध हुनेछ । विण्डोज ११ मा नयाँ यूआई, नयाँ स्टार्ट मेन्यु, स्न्याप लेआउटका साथै गेमिङसँग सम्बन्धित परिस्कृत फिचर समावेश गरिएको छ । कम्पनीले गुगलसँग नभई अमेजन एप स्टाेरसँग साझेदारी गरेर एन्ड्राेइड एप सपाेर्टकाे सुविधा ल्याउन लागेको हो । एन्ड्रोइड एपको पनि व्यवस्थापन र प्रयाेग गर्ने धेरै तरिका विण्डाेज एपजस्तै हुने जनाइएकाे छ । कम्पनीका अनुसार आफूलाई मनपर्ने एपहरु लोकल्ली इन्स्टल गर्न र स्टार्ट मेन्यु वा टास्कबारमा इन्टिग्रेट गरेर प्रयोग गर्न सकिनेछ । अर्काे कुरा विण्डाेज ११ मा तपाईंकाे मनपर्ने एपहरु सबैको पहुँच भने पाउनुहुने छैन । अमेजन स्टोरले अहिले ४ लाख ६० हजार एपहरु मात्र प्रदान गर्छ । तर गुगलले भ...

नारायणी अस्पताल अक्सीजन प्लान्टको उद्घाटन

Image
वीगन्ज, १६ भदौ ।  पर्सा क्षेत्र नम्बर २ का सांसद विमल प्रसाद श्रीवास्तव र वीरगंज महानगरपालिकाको नगर प्रमुख बिजयकुमार सरावगीले संयुक्त रूपमा वीरगंजको नारायाणी अस्पतालको अक्सिजन उत्पादन प्लान्टको उदघाटन गरेका छन् ।  सांसद श्रीवास्तवको 'स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम' अन्तर्गतको संसदीय विकास कोषबाट १५० करोड र वीरगंज महानगरपालिकाको ५० लाखको लागतमा अक्सिजन उत्पादन प्लाण्ट निर्माण सम्पन्न भएको हो ।  पहिलो लहर र दोश्रो लहरको कोरोना संक्रमणबाट उच्च जोखिममा परेको वीरगंजमा संभावित तेश्रो लहरको जोखिमलाई मध्यनजर गर्दै नारायणी अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गरिएको हो । वीरगंज महानगरपालिकाका नगर प्रमुख सरावगीको पिता समेत रहनु भएका उद्योगी एवं समाजसेवी स्वर्गीय चिरन्जीवीलाल सरावगीको स्मृतिमा उक्त अक्सिजन प्लाण्ट स्थापना गरिएको छ । अक्सिजन प्लान्ट स्थापनाको उदघाटन भएपछि अब नारायणी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ । कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तवले पर्सेली नागरिक तथा अन्य विभिन्न स्थानबाट आउने नागरिकहरूको ज्यान जोगाउँनकै लागि आपूmले...

करेन्ट लागेर एक जनाको मृत्यु

Image
वीरगंज,१६ भदौ । बारामा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिकाको ४ गङानगरमा मंगलवार साँझ ६ बजे करेन्ट लागेर स्थानीय ४८ वर्षीय तेजालाल प्रसाद यादवको मृत्यु भएको हो । आफ्नै धान खेतमा काम गरिरहेको बेला सिंचाइ गर्ने पानीमोटरको तार पानीमा लत्रिएर करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई इलाका प्रहरी कार्यलय सिम्रौनगढले घटनास्थलको मुचुल्का गरी पोष्टमार्टमको लागि कलैया अस्पताल पठाएको छ । घटना विषयमा थप अनुसन्धान इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दपिक सुवेदीले बताए ।

अमेरिकन पेस्तोल सहित दुई जना पक्राउ

Image
बारा । बाराको सिम्रौनगढबाट प्रहरीले अमेरिकन पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नपा४ गंगानगर बस्ने बर्ष ३५ को राजेश प्रसाद यादब र ऐ।ऐ।बस्ने हिरा महतोको छोरा बर्ष २० को जितेन्द्र प्रसाद कुशवाहा रहेका छन् । गोप्य सूचनाको आधारमा मंगलबार दिउँसो ४ बजेको समयमा २ नं प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं।६ स्थित बिधायक होटेलमा छापामारी उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथमा लुकाई छिपाई राखेको अवस्थामा मेड ईन अमेरिकाको नं ७७७७० लेखिएको म्याग्जिन सहित पेस्तोल थान(१ र एक्स्ट्रा म्याग्जिन थान १ थान फेला पारेको हो । उनीहरुलाइ पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले प्रेस विज्ञप्ती मार्फत जनाएका छन । त्यसैगरी प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्राएको रू १६,०६,७५३ बराबरको औषधी, मल, खसी लगायतका मालसामान तथा मोटरसाइकल समेत फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाएको जिल्ला प्रहरी ...

उपमहानगरको गेटमा फोहोर जम्मा

Image
सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले लामो समयदेखि नगरको फोहर नउठाएर दुर्गन्ध फैलिएपछि स्थानीय युवाहरुले बिरोध स्वरुप फोहर उपमहानगरको गेटमा फोहोर जम्मा गर्न थालेका छन् । युवाहरुले उमपहानगरपालिकालाई बजारको फोहोर उपहार पठाएर बिरोध कार्यक्रम शुरु गरेको भएपनि उपमहानगरपालिकाले ठेकदार खटाउने र फोहर उठाउने तर्फ मौन रहदै आएको छ । लामो समयदेखि फोहोरे व्यवस्थापन नहुदा नगरमा दुर्गन्ध फैलनुको साथै बिभिन्न रोगको प्रकोप हुने खतरा रहेको छ । सडकको फोहोर नउठेपछि नगर क्षेत्र नै दुर्गन्धित बनेको होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले बताए । 'फोहोर व्यवस्थान गरेर नगरलाई सफासुग्घर राख्नु पर्छ,' उनले भने, 'सडकको फोहोरले नगर कुरुप बनेको छ ।' नगरलाई सुन्दर र सफा बनाउन फोहोर व्यवस्थापन गर्न सम्बन्धित निकायसंग उनले आग्रह समेत गरे । सिमरा र औराहाका युवाहरुले सिमरा बजारको फोहोर उपमहानगरपालिकाको गेटमा थुपारेका हुन् । किशन ढकाल र अजित खतिवडाको नेतृत्वमा रहेको युवाहरु टोलिले एकाबिहानै सिमराको फोहोर संकलन गरी उपमहानगरपालिकाको गेटमा थुपारेको हो । हामीले जति भन्दा पनि उपमहानगरले ...

प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने

 धनुषा  भदौ १५, २०७८  नेकपा एमालेबाट विद्रोह गरी गठित नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी गर्ने भएको हो । प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद देखिएका छन् । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ । नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा आफ्नो पार्टी सहभागी हुने रातोपाटीलाई बताए । उनले भने, 'बुधबार वा बिहीबारसम्ममा हाम्रो पार्टीमा सामेल हुने सांसदहरुको सनाखत कार्य सम्पन्न हुनेछ । त्यसपछि संसदीय दलको नेता चयन गरेर सरकारमा सहभागिताका विषयमा छलफल हुन्छ ।' प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार छ । गठबन्धनका तर्फबाट प्रदेश सरकारमा हाल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सामेल भइसकेका छन् । केन्द्रमा बनेको गठबन्धनकै आधारमा प्रदेश १ मा पनि नेकपा एकीकृत समाजवादीलाई समेत सत्ता साझेदार बनाउन लागिएको हो...

जितपुरसिमरा उपमहानगरपालिका कार्यालयबाहिर फोहोर थुपारेर विरोध

Image
१५ भदौ, वीरगञ्ज । जीतपुर सिमरा बजार क्षेत्रमा फोहोर नउठाएको विरोधमा स्थानीय युवाले उपमहानगरपालिका कार्यालयमा फोहोर उपहार पठाएका छन् । जीतपुर सिमरा बजार क्षेत्रमा लामो समयदेखि फोहोर व्यवस्थापन गर्ने बिषयमा उपमहानरपालिकाले चासो नदेखाएको भन्दै सांकेतिक विरोध स्वरुप युवाले बजारको फोहोर उपमहानगरपालिका कार्यालयमा पठाएका हुन् । बजारमा दुर्गन्ध बढेको भन्दै युवाले उपमहानगरपालिकाको गेटमा फोहोर थुपारेका छन् । 'हामीले जति भन्दा पनि उपमहानगरले सुनेन्, बाध्य भएर हामीले आज उपमहानगरपालिकालाई बजारको फोहोर उपहार पठायौं' स्थानीय युवक किसन ढकालले बताए । उपमहानगरपालिकालाई पटक-पटक फोहोर व्यवस्थापनको लागि ध्यानाकर्षण गराएपनि बेवास्ता गरेकाले उपमहानगरपालिका कार्यालयमै फोहोर थुपारेको उनको भनाइ छ । स्थानीय युवाले तत्काल फोहोर व्यवस्थापनको पहल नगरे हरेक दिन उपमहानगरपालिका कार्यालयबाहिर थुपार्ने चेतावनी दिएका छन् ।

‘डिसमिस’ फैसलाले अर्बौँको सरकारी सम्पत्ति व्यक्तिको नाममा‘

Image
वीरगन्ज । पर्सा जिल्ला अदालतले डिसमिसको फैसला गरेपछि वीरगन्जको छपकैया चोकमा रहेको सार्वजनिक ऐतिहासिक  छपकैया पोखरीको ४ बिगाहा जग्गा व्यक्तिको नाममा गएको छ । अर्बौँको सरकारी सम्पत्ति अदालतको फैसलाबाट व्यक्तिको नाममा गएपछि सर्वसाधारण निराश बनेका छन् ।   मुद्दामा तारिख धाइरहेको व्यक्तिले त्यो तारिख गुजार्‍यो वा उसको निधन भयो भने सार्वजनिक सरोकारको घनत्व नबुझी हचुवामै 'डिसमिस' को फैसला गर्न मिल्छ ? पर्सा जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालले करिब ७ महिना अघि ८ पुस ०७७ मा गरेको एउटा फैसलाले यस्तै प्रश्न उठाएको छ ।  पर्सास्थित वीरगञ्ज उपमहानगरपालिका वडा नं. २ निवासी जफरुल हुसेन अन्सारीले २७ फागुन ०७३ मा 'नापी बदर फिल्डबुक उतार बदर तथा हाल साबिक निर्णय बदर गरेर दर्ता बदर गरी नेपाल सरकारको नाउँमा दर्ता गरी सार्वजनिक कायम गरी पाउँ' भन्दै जिल्ला अदालत पर्सामा रिट दायर गरेका थिए ।  वीरगन्जकै प्रमोद विक्रम शाहले छपकैया पोखरीको सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाएको दाबीसहित अन्सारीले रिट दायर गरेका थिए । छपकैया पोखरीको सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाएको काण्ड निकै चर्चि...

बारामा फस्टायाे माछापालन, वर्षेनी २० हजार मेट्रिक टन माछा उत्पादन

Image
१५ भाद्र २०७८, मंगलवार वीरगन्ज (पर्सा) । केही वर्षयतादेखि बारा जिल्लाका कृषकहरु माछा उत्पादन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । माछा उत्पादनका लागि चाहिने अनुकुल वातावरण रहेको कारण बारा जिल्लाको १६ वटा स्थानीय तहमध्ये १४ वटा स्थानीय तहमा उत्साहपूर्ण तरिकाले कृषकहरुले माछा उत्पादन तर्फ आकर्षित भएका छन् । माछा उत्पादनका लागि लागेको लगानीमा भन्दा ५० प्रतिशत मुनाफा हुने गरेपछि बारा जिल्लाका अधिकाँश कृषकहरु माछा उत्पादनतर्फ उन्मुख भएका हुन् । बारा जिल्लामा अहिले २० हजार हेक्टरमा माछा उत्पादन हुने गरेको छ भने वर्षेनी २० हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । बारा जिल्लाको कोल्हभी नगरपालिका, पचरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका, बारागढी गाउँपालिका, फेँटा गाउँपालिका, करैयामाई गाउँपालिका सहित १४ वटा स्थानीय तहमा उत्पाहजनक रुपमा माछा उत्पादन हुने गरेको छ । यहाँसम्म कि कोल्हभी नगरपालिका वडा नं. ५ बोधुवन गाउँपालिका 'मत्स्य गाउँ' नै भनेर नामाकरण गरिएको छ । उक्त गाउँमा घरै पिच्छेका नागरिकले आफ्नो पोखरी खनेर माछा उत्पादनमा लागेका छन् । त्यस गाउँमा 'एक घर एक पोखरी' माछा पालन अभ...

वडाध्यक्षद्धारा महिलामाथि बलात्कार गरेको आरोप

जनकपुर,१५ भदाै । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ नोकैल्वाकी ३० वर्षीया एक महिलामाथि बलात्कार प्रयास भएको छ । गएको भदौ ५ गते राती करिब २ बजेको समयमा घरमा कोही पनि ब्यक्ति नरहेको मौका छोपेर घरभित्र प्रवेश गरि एक्लै सुतिरहेको अवस्थामा सोहि वडाका वडाध्यक्षले श्यामकुमार यादवले बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएएकी छन् । घरमा कोहि नभएको र आफु सुतिरहेको अवस्थामा घरमा पसी शरीरको संबेदनशिल अंगहरुमा हातपात गरि बलात्कार प्रयास गरेको पीडितले बताएकी छन् । आफु जोडले चिच्याउँदा छिमेकहरु आएपछि वडाध्यक्ष भागेको ती महिलाको आरोप छ । वडाध्यक्ष यादवछिमेक रहेकाले यसअघि पनि उनले पटकपटक आफु माथि र्दुव्यवहार गरेको पीडित महिलाको गुनासो छ ।फरार भएको वडाध्यक्ष यादव घटनाको दिनदेखि नै सम्पर्क विहीन रहेको गाउँलेहरुले बताएका छन् । आइतवार पीडित महिलाले वडाध्यक्ष यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन दर्ता गराएकी छन् । उता वडाध्यक्षका भाइ जस्विन्दर यादवको भने राजनीतिक निहुँ र गाउँमै भएको पुरानो झगडाको रिसिवीको बदला लिन गाउँकै केही व्यक्तिहरुले बलात्कारको नाउँमा फसाएर बदनाम गर्न खोजेको आरोप लगाएका छ...

ट्याकरको ठक्करबाट एकको मृत्यु

बीरगन्ज,१५ भदौ – एलपिजी ग्याँस बोकेको ट्याकरको ठक्करबाट बीरगन्जमा एक जना साइलक यात्रीको मृत्यु भएको छ । बीरगन्ज महानगरपालिका वडा नं. २५  को ड्राइपोर्ट बहुअरी चौकमा एलपिजी ग्याँस बोकेको ट्याकरले साइकलमा सवार पर्साको बहुरमाई नगरपालिका वडा नं. २ निवासी छोटेलाल साहको अन्दाजी ३० बर्षिय छोरा लालबाबु साह तेलीलाई ठक्कर दिदां उनको घटना स्थलमै मृत्यु भएको हाम्रा सहकर्मीले जनाएका छन् । बहुदरमाईबाट बीरगन्ज आउँने क्रममा ड्राइपोर्ट बहुअरी चौकमा ट्याकरले पछाडीबाट साहलाई ठक्कर दिएको स्थानिय प्रत्यदर्शीहरुको भनाई छ । ठक्कर दिने एनएल ०१ एबी ४३७३ नम्बरको एलपीजी ग्याँसको बोकेको ट्याकर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्र महिनापछि सीमानाकाबाट आवतजावत

जलेश्वर, १५ भदौ (रासस) ः महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ । कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ । गत शुक्रबार, शनिबार र आइतबार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करिब सय  जनाले सीमानाकामा धर्ना बसेपछि सो नाका भएर सोमबारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताउनुभयो । सो नाकाबाट मालवाहक ट्रक, टिप्परलगायत साधनहरु बन्दाबन्दीको बेला पनि निर्बाध रुपमा आवातजावत गरेका थिए । तर पैदल यात्रुलाई भने रोकिएको थियो । भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरु पाँच सय मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल–भारत आउजाउ गरिरहेका थिए । मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन् । सो नाकाबाट पैदल आवागमन सुरु भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन । मालवाहक गाडीहरु पहिलेझैँ आउजाउ गरिरहेका छन् ।  –––

अब झुत्रा नोटबाट ब्रिकेट !

Image
काठमाडौँ, १५ भदौ (रासस)ः नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ ।  चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो । सो देशको एक कम्पनीसँग सन् २०२० भएको सम्झौताअनुसार आठ मेशिन ल्याउने सहमतिअनुसार हालै आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाडौँ, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागमा प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार सो मेशिनबाट काठमाडौँमा ब्रिकेट उत्पादन गर्न सुरु भइसकेको छ भने आजै नेपालगञ्जबाट पनि थालनी गरिनेछ र छिट्टै अन्य दुई स्थानबाट पनि उत्पादन हुनेछ । "आगामी असोजसम्म बाँकी चारवटा मेशिन पनि झिकाई जनकपुर, पोखरा, भैरहवा र धनगढीबाट उत्पादन सुरु हुनेछ", उहाँँले भन्नुभयो । पहिलोपटक जलाइएका च...

मौसममा सुधार

काठमाडौँ, १५ भदौ (रासस) ः विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसममा सुधार भएको छ ।  नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका मौसमविद् सविना शाक्यका अनुसार अब केही दिन मनसुन कमजोर रहने भएकाले निरन्तरको भारी वर्षाको सम्भावना छैन । "बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका बिहानपख मौसम सफा हुने तथा मध्याह्नतिर बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ," उहाँले भन्नुभयो ।  हाल देशभर सामान्य बदली  रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही  स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।  बुधबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्...

सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिई रु १५ लाख रुपैयाँ फिरौती माग्ने कार्यालय सहयोगीलाई बारा प्रहरीले पक्राउ

Image
बारा । सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिई रु १५ लाख रुपैयाँ फिरौती माग्ने कार्यालय सहयोगीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गाउँपालिकामा कार्यरत ३२ वर्षीय कार्यालय सहयोगी मुकेश यादव रहेका छन् । उनी सोही गाउँपालिका वडा नं.४ हर्दिया निवासी हुन् । विगत केही समय देखि उनले नेपाली नम्बरको मोबाइल प्रयोग गरी प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवलाई धम्की दिई रकम माग्ने गरेका थिए ।   गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जिल्ला प्रहरी कार्यालयमा नम्बर सहित उजुरी गरेको थिए । पछि प्रहरीले उक्त नेपाली नम्बर बन्द गराएको थियो । नेपाली नम्बर बन्द भए पनि फिरौती माग्ने व्यक्तिले भारतीय नम्बरको प्रयोग गरी फेरी पनि धम्की दिँदै आएका थिए ।  जिल्ला प्रहरी कार्यालय बाराबाट गएको प्रहरीको टोलीले फिरौती माग्ने कार्यालय सहयोगी यादवलाई आज  पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।  फिरौती रकम माग्ने कार्यालय सहयोगी यादवलाई नियन्त्रणमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउँनुभयो ।  ...

विषाक्त मदिरा सेवनबाट एकै गाउँमा आठको मृत्यु

Image
सर्लाही, २ असार  विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ ।  नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिनुभयो ।  मृत्यु हुनेमा पडरियाका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास तथा भारत उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसाद रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदूर हुन् । मदिरा सेवन गरेका थप तीन जना स्थानीयवासी बिरामी परेका छन् । उनीहरु उपचारपछि निको भएर घर फर्किएको गाउँपालिकाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताउनुभयो । जिल्ला अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले मदिरा सेवनबाट सबैको मृ...

कोविड से उबर चुके लोगों पर 12 महीनों तक काम कर सकती है कोविशील्‍ड की एक ही खुराक- शोध में हुआ खुलासा

Image
भारत में कोरोना वैक्‍सीन की कमी के मद्देनजर एशियन इंस्टिट्यूट ऑफ गेस्‍ट्रोएंट्रोलॉजी (एआईजी) अस्‍पताल के प्रमुख डॉक्‍टर डी नागेश्‍वर रेड्डी ने कहा है कि ये जरूरी है कि वैक्‍सीन का इस्‍तेमाल पूरी सावधानी और समझदारी से किया जाए। उन्‍होंने एआईजी में हुई रिसर्च हवाले से बताया है कि जो लोग कोविड-19 से ठीक हो चुके हैं उनके लिए 12 महीनों तक कोविशील्‍ड की एक ही खुराक लेना काफी है। एआईजी द्वारा किया गया ये शोध इंटरनेशनल जनरल ऑफ इंफेक्शियस डिजीज में पब्लिश हुआ है। डॉक्‍टर रेड्डी ने इसकी जानकारी साझा करते हुए बताया है कि इस शोध में उन्‍होंने अस्‍पताल के स्‍टाफ को दो अलग-अलग ग्रुपों में बांटकर उन्‍हें वैक्‍सीन की खुराक दी थी। इनमें से एक ग्रुप में वो लोग शामिल थे जो कोरोना वायरस से संक्रमित नहीं हुए थे और दूसरे ग्रुप में वो लोग शामिल थे जो पहले इससे संक्रमित हो चुके थे। आपको बता दें कि वैक्‍सीन की खुराक को लेकर अब तक कई तरह के शोध सामने आ चुके हैं। इन सभी शोध का अंतरराष्‍ट्रीय स्‍तर पर मूल्‍यांकन और विश्‍लेषण भी किया जाता है। कुछ समय पहले एक रिपोर्ट में बताया गया था कि कोवैक्‍सीन की तुलना में कोवि...