वीउवासंघद्वारा चारजना उद्यमीहरू सम्मानित

वीरगंज १५ बैशाख । वीरगंज उद्योग वाणिज्य संघले चारजना उद्यमीहरूलाई सम्मान गरेको छ । संघले आफ्नो सभाकक्षमा आयोजना गरेको सम्मान कार्यक्रममा उद...

वीरगंज १५ बैशाख ।
वीरगंज उद्योग वाणिज्य संघले चारजना उद्यमीहरूलाई सम्मान गरेको छ । संघले आफ्नो सभाकक्षमा आयोजना गरेको सम्मान कार्यक्रममा उद्योगपति एवम् समाजसेवी मुरलीधर रूँगटा, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष एवम् वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोककुमार टेमानी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ता, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोककुमार वैधलाई सम्मान–पत्रद्वारा सम्मानित गरिएको हो ।
मुरलीधर रूँगटा, डा. सुबोधकुमार गुप्ता र अशोककुमार वैधलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको र अशोककुमार टेमानी नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा उहाँहरूलाई संघल सम्मान गरेको हो ।
स्वागत मन्तव्यका क्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले यस क्षेत्रका उद्योगी व्यवसायीहरूलाई नेपाल सरकारबाट सम्मान पाएकोमा वीरगंज उद्योग वाणिज्य संघ लगायत यस क्षेत्रका सम्पूर्ण निजी क्षेत्र समेत गौरवान्वित हुन पुगेको बताउनुभयो ।
सम्मान ग्रहण गर्दै नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले मधेश प्रदेश उद्योग वाणिज्य संघको भूमिकाका वारे स्पष्ट पार्दै मधेश प्रदेश सरकारसँग सहकार्य गर्ने र निजी क्षेत्रका साझा समस्याको सम्बोधनका लागि पहल गर्ने बताउनुभयो । उहाँले वीरगंजले बोकेको सम्भावना र अवसरलाई मधेश आन्दोलन पश्चात् ओझेलमा पार्न खोजिएकोले यसलाई समय सापेक्ष गतिशिील र जीवन्त बताउनुपर्ने बताउनुभयो ।
त्यस्तै वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोककुमार वैधले वीरगंज उद्योग वाणिज्य संघको महŒव र यसको कार्यक्षेत्र दिनप्रतिदिन विस्तार भइरहेकोले नेतृत्व वर्गले गम्भीरतापूर्वक वर्तमानको आवश्यकता र भविष्यका लागि खेल्नुपर्ने भूमिकाको पहिचान गर्नु आवश्यक रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ताले संघसँग आबद्ध रहेर नै आफ्नो क्षमताको विकास हुनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको बताउनुभयो । डा. गुप्ताले संघमा आबद्ध पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई सम्बोधन गर्दै संघमा दिनु भएको समय खेर नजाने बताउनुभयो ।
संघका पूर्व कार्यसमिति सदस्य  र उद्योगपति एवम् समाजसेवी मुरलीधर रूँगटाले उद्योग व्यापारका साथै सामाजिक क्षेत्रको विकासमा पनि सँगसँगै अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका उपाध्यक्ष माधव राजपाल, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष अनोज रूँगटा लगायतका संघका कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संघका महासचिव आशीषकुमार लाठले गर्नु भएको थियो ।
 

Virus-free.www.avast.com

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content