कलैया, २४ भदाै । महागढीमाई फाउण्डेशन नेपाले एक जना मुटु र मृगौला राेग पिडितको उपचारमा आर्थीक सहयोग गरेको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ निवासी ७१ वर्षीय रामएकवाल चौरसियाको उपचारमा टेवा पुग्ने अभिप्रायले फाउडेशनका पदाधिकारी र मलेशियाको एफ एण्ड बि न्युट्रेशन कम्पनीमा कार्यरत नेपाली युवाहरुको सहयोगमा ४० हजार रुपैयाँ आर्थीक सहयोग प्रदान गरिएको हो ।
फाउण्डेशनका बिदेश बिभाग प्रमुख शिवजी यादव, बिदेश बिभाग सचीव शम्भु प्रसाद कुशवाहा, सिकेन्द्र जैसवाल, राजिव गुप्ता, श्याम बाबू चौरासिया, सुरेन्द्र यादव लगायत लगायत अन्य युवाहरुको सहयोगबाट संकलित ४० हजार रुपैयाँ र २ बोरा चामल सहयोग हस्तान्तरण गरिएको हो ।
महागढीमाई नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष बिरेन्द्र प्रसाद चौरसिया, वडा नम्बर ६ का सचिव महेन्द्र प्रसाद चौरसिया, नगरपालिकाको स्वास्थ्य शाखा अधिकृत मनोज चौरासिया लगायतको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको फाउण्डेसनका संरकक्ष सुनिल प्रसाद कुशवाहाले जानकारी दिए ।
COMMENTS