अमलेखगंजबाट दुई सय ग्राम हेरोइनसहित भारतीय नागरिक पक्राउ

वीरगंज, १४ वैशाख । लागू औषध खैरो हिरोइन सहित एकजना भारतीयलाई इलाका प्रहरी कार्यालय अमलेखगंजले पक्राउ गरेको जनाएको छ ।
बिहीवार बिहान १० बजेको समयमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजले वीरगंजबाट हेटौडातर्फ जादै गरेको ना.१.ज.२०८६ न.को टाटा सुमो रोकी चेकजाँच गर्ने क्रममा सुमोमा सवार भारत, गोरखपुर खजुरी ग्राम पंचायत बस्ने वर्ष ६० को संतोष कुमार त्रिपाठीलाईलाई लागूऔषध हिरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनले आफ्नो दुबै खुट्टामा २–२ पोका गरी ४ पोका लागू औषध खैरो हिरोइन २०० (दुर्ई सय) ग्राम इलास्टिकले बाँधी लुकाएर लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Virus-free.www.avast.com

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प