हुण्डी कारोबार गरेको आरोपमा ३ जना पर्साबाट पक्राउ

वीरगंज, ६ वैशाख । वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्ज म.न.पा.वडा नं.८ स्थित सडकखण्डबाट दुर्ई जनालाई ५ लाख ५० हजारसहित पक्राउ गरेको जनाएको छ ।
बारा परवानीपुर गा.पा.वडा नं.३ लिपनीमाल बस्ने वर्ष ३४ को कृष्ण प्रसाद सोनारले भिरेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली एक लाख साठ्ठी हजार र वर्ष ३९ को सुनिल साह कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको रू.तीन लाख नब्वे हजार गरी जम्मा रू.पाँच लाख पचास हजार बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी आज बिहान ११ः०० बजे वीरगञ्ज म.न.पा.वडा नं.११ स्थित सडकखण्डमा प्रदेश ३–०३–००१ प १२३३ नम्बरको मोटरसाइकललाई चेकजांच गर्ने क्रममा जितपुर सिमरा उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ३२ को छठु महत्तोको हेल्मेट तथा मोसाको वायाँ तर्फको भागमा फल्स बनाई लुकाइ छिपाई राखिएको श्रोत नखुलेको रू.चौध लाखसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
पक्राउ परेका तीनैजनालाई ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति प्रदान गरी अनुसन्धान तथा कारबाई भइरहेको जिप्रका, पर्साले जनाएको छ । 

Virus-free.www.avast.com

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प