गौर नगरपालिकाको वारूणयन्त्र दुर्घटना, चालकसहित ५ घाइते

रौतहट, १३ वैशाख । गौर नगरपालिकाको वारूण यन्त्र दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । गौर–४ गढवा स्थित कुखुरा फर्ममा भएको आगलागी नियन्त्रण गर्न गएको ना.१ ग. ७८८ नम्बरको वारूणयन्त्र गए राति साढे १२ बजे दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते रहेका चालक करिम अन्सारी तथा सुरक्षाकर्मीहरू प्रेम केसरी, किशुन्द्र साहको जिल्ला अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाएको प्रहरीले जनाएको छ।  उनीहरूलाई ढाड, छाती, टाउको तथा हातखुट्टामा गम्भीर चोट लागेको जिल्ला अस्पताल गौरले जनाएको छ। सामान्य घाइते रहेका सुरक्षाकर्मी शिवशङ्करर पटेल, नथुनी पासवानको गौर अस्पतालमा उपचार भइरहेको  छ ।
अग्नि नियन्त्रक टोली घटनास्थलतर्पm जाने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटको अनुमान छ । घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशङ्करर यादवले बताए ।
यसैबीच गौर नगरप्रमुख शम्भु साहले वारूणयन्त्र दुर्घटनामा परी घाइते भएका चालकसहित कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै व्यहोर्ने बताएका छन् । 

Virus-free.www.avast.com

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प