Posts

Image
 

भदौरे बर्षाले आकाशे धानखेतीलाई राहत

महोत्तरी, १० भदौ (रासस) ः यही भदौको सुरुआतदेखि परेको वर्षात्ले धानखेतीलाई राहत मिलेको छ । आकाशे पानीको भर परेका किसान सिमसिम पानी परेपछि औधी खुशी  भएका हुन् ।   "भदौ लागेयता समय–समयमा पानी परेको छ, धानका बोट लहलहाएका छन्", भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सरदारले भन्नुभयो, "सन्तुलित बर्खाको पानी त आकाशे पानीका भरको धानखेतीलाई अमृतजस्तै हुन्छ ।" भदौ लागिकन दुईपटक यस भेगमा परेको पानीले धानका बोट गाँजिन र पोटाउन राम्रो सहयोग पुगेको उहाँले जानकारी दिनुभयो । जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ ९कुलो, नहर०को प्रबन्ध छ । पछिल्ला केही वर्षयता वैकल्पिक सिँचाइ ९इनार, बोरिङ० को सुविधा बढ्दै गए पनि यो प्रबन्धमा अनुकूल वर्षा नहुँदा पानीका मुहान सुक्ने गर्छन् । यो सुविधाको निरन्तरताका लागि अनुकूल वर्षा आवश्यक पर्ने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका कृषिविज्ञ बताउँछन् । जिल्लामा करिब ५० हजार हेक्टरको हाराहारीमा धानखेती हुँदै आएको केन्द्रकोे तथ्याङ्कले देखाउँछ । यसपालि गत असार मध्ययता भएको अतिवृष्टिले  जिल्लामा ४० हजार हेक्टरमा धानख...

सडकमै चालकको आँखा र रक्तचाप जाँच

लहान, १० भदौ (रासस) ः राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सडकमै सवारी चालकको आँखा र रक्तचाप जाँच्न थालेको छ । सप्तरी जिल्ला ट्राफिक कार्यालय र रुपनीस्थित प्रदेश २को प्रहरी अस्पतालले संयुक्तरूपमा पूर्व–पश्चिम राजमार्गमा चल्ने निजी तथा सार्वजनिक सवारी साधानका चालकको सडकमै आँखा र रक्तचाप जाँच गर्न थालेका हुन्  ।  यही भदौ ७ गतेदेखि शिविर राखी १६८ चालकको आँखा र रक्तचाप जाँच गरिएको अस्पतालका प्रहरी निरीक्षक डा धर्मप्रताप भरखेरले जानकारी दिनुभयो । जाँच गरिएकामध्ये थोरैमा मात्र आँखा सम्बन्धी समस्या देखिएको उहाँको भनाइ थियो । यस्तै १० प्रतिशतमा मात्र उच्च रक्तचाप देखिएको र तीमध्ये पाँच प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ । लामो दूरीका सवारी चालकमा  बाटोमै निदाउने, स्वास्थ्य बिग्रिनेजस्ता समस्या देखिएकाले उनीहरूलाई थप उपचार गराउन सुझाव  दिइएको थियो ।   दुर्घटनाका विविध कारणमध्ये चालकका आँखाको दृष्टि कमजोर र अन्य स्वास्थ्य समस्याका कारण पनि रहेकोे जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक कैलाशबहादुर भट्टराईले जानकारी दिनुभयो । 'सामुदायिक प्रहरी सा...

सि र पुटिनबीच अफगानिस्तानबारे फोन वार्ता

बेइजिङ, १० भदौ (रासस÷सिन्हवा) ः चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उहाँहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गर्नुभएको थियो ।   हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उहाँहरुबीचमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति सिले अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताको चीनले सधैँ सम्मान गर्ने बताउनुभएको थियो । साथै उहाँले यस विषयमा आगामी दिनमा पनि चीनले अफगानिस्तानमा रचनात्मकरुपमा सहयोग गर्ने बताउनुभएको थियो । हाल अफगानिस्तानमा देखिएको समस्याको समाधान रचनात्मकरुपले गर्नका लागि चीनले सहयोग पु¥याउने उहाँले उल्लेख गर्नु भएको थियो ।  यसका लागि रुससहित विभिन्न देशलगायत अन्तरराष्ट्रिय समुदायसँग आवश्यक छलफल र परामर्श गरेर अफगानिस्तानको समस्या समाधानका लागि चीनले सहयोग गर्ने उहाँको भनाइ थियो । साथै अफगानिस्तानमा हाल देखिएको असहज परिस्थितिमा अफगानिस्तान र त्यहाँका नागरिकलाई सहयोग गर्न रुस पनि तयार रहेको राष्ट्रपति पुटिनले बताउनुभएको थियो । उता अमेरिकी राष्ट्रपत...

एसिडपीडित आरती साहलाई प्रदेश सरकारको ५ लाख सहयोग

Image
१० भदौ, जनकपुरधाम । आफ्नै पतिबाट एसिडपीडित बनेकी जनकपुरधामकी आरती साहलाई प्रदेश सरकारले रु. ५ लाख सहयोग उपलब्ध गराएको छ । बिहीबार साहलाई मुख्यमन्त्री लालबाबु राउतले ५ लाखको चेक हस्तान्तरण गरेका छन् । २९ साउनमा बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले साहलाई रु ५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ४ मा कोठा भाडामा लिएर बस्दै आएकी २१ बर्षीया आरतीलाई उनकै पति २४ बर्षीय संजिबले २९ कात्तिकको बिहान ८ बजेर ३० मिनेटमा कोठामै आएर एसिड प्रहार गरेका थिए । एसिडले उनको शरीरको झण्डै आधा भाग जलेको छ भने एउटा आँखाले देख्न समस्या भएको छ । संजिबले पत्नीसहित ३ बर्षीया छोरी रियाको शरीरमा पनि एसिड फ्यालेका थिए । आर्थिक अभावकै कारण हालसम्म आफ्नो उपचार हुन नसकेको आरतीले गुनासो गर्दै आएकी थिइन् । आरतीमाथि एसिड फ्याँक्ने उनका श्रीमान्लाई धनुषा जिल्ला अदालतले दोषी ठहर गरेको छ भने बेच्ने नागेन्द्र साहलाई सफाई दिएको छ । बेच्नेलाई सफाई दिएपछि आरती जिल्ला अदालतमै गएर यसको बिरोध गर्न खोज्दा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर छाडेको थियो ।

सरकारले छिट्टै पूर्णता पाउने : उपेन्द्र यादव

Image
 विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक हप्ताभित्र सरकारले पुर्णता पाउने बताउनुभयो । सो पार्टीद्वारा विराटनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो पार्टीको सहभागितामा   गठबन्धनको सरकाले केही दिन भित्रै पुर्णता पाउन लागेको प्रस्ट पार्नुभयो । उहाँले मन्त्रालयका विषयमा सहमति नभए पनि सरकार सहभागी हुने विषयमा भने सहमति भइसकेको उल्लेख गर्नुभयो ।  अध्यक्ष यादवले सरकार सञ्चालनका लागी गठबन्धनको पक्षमा अत्यधिक वहुमत पुगेकाले गठबन्धन बाहिरका दल सरकारमा सहभागी हुने सम्भावना नरहेको वताउनुभयो ।  गठबन्धनको सरकार आगामी निर्वाचन समेत गराउने उहाँको भनाई थियो । सरकार सञ्चालनका  लागी लोकतान्त्रिक शक्ति बिच उच्च स्तरीय राजनीतिक संयन्त्र बनाएर अघि बढ्न सके लोकतन्त्र संस्थागत हुने र सरकारलाई काम गर्न थप मद्दत पुग्ने उहाँको भनाई थियो ।

भारी वर्षा, आधा दर्जन नदीमा बाढी

महोत्तरी । विगत दुई दिनदेखि महोत्तरीमा भारी वर्षा भएपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । बुधबार बिहानदेखि नै लगातारको भारी वर्षासँगै जिल्लाका रातो, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् । वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आएको छ भने जिल्लाका धेरैजसो ठाउँमा बाढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन् । नदीमा आएको बाढीपछि जिल्लाका नदी छेउछाउका दुई दर्जन बढी गाउँका बासिन्दा त्रसित भएका छन् । उनीहरु बाढीका बेला हुनसक्ने क्षतिविरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् । वर्षायाममा महोत्तरीका धेरैजसो भाग डुबानमा पर्ने गरेका तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई मध्य नजर गर्दै स्थानीयवासीले नदीमा आएको बाढीलाई देखेर सुरक्षाका व्यवस्थाको जोहो गर्न थालेका छन् । विभिन्न नदीमा आएको बाढीको खबरले जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसहित (जिल्ला दैविक प्रकोप उद्धार समिति) लगायत विभिन्न जिम्मेवार निकाय पनि उच्चरुपमा सतर्क भएको जनाइएको छ ।