Posts

Showing posts from April, 2022

स्प्यारो भ्वाइस सेवा सुरू, एकैपटक हजारौंलाई भ्वाइस म्यासेज पठाउन सकिने

काठमाडौं । स्प्यारो एसएमएसले भ्वाइस ब्रोडकास्टिङ सेवा स्प्यारो भ्वाइस सुरु गरेको छ । स्प्यारो भ्वाइस सेवा एउटा ब्रोडकास्ट प्लेटफर्म हो, जहाँ कम्पनी तथा विभिन्न संस्थाले समाचार, सूचना, सार्वजनिक सेवा घोषणा वा अन्य सम्बन्धित भ्वाइस सन्देश एकैपटकमा ठूलो संख्यामा मानिसहरूलाई प्रसारण गर्न सक्छन् । यो सेवा बल्क एसएमएस प्रणालीको परिष्कृत संस्करण भएको कम्पनीले जनाएको छ । संस्थाहरूले भ्वाइस सेवा मार्फत सर्वेक्षणहरू पनि चलाउन सक्ने जनाइएको छ । स्प्यारो भ्वाइसले व्यक्ति वा संस्थालाई आफ्नो सन्देश अडियो ढाँचामा एकैपटक फोन कलमार्फत ठूलो संख्यामा मानिसहरूलाई प्रसारण गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ । विभिन्न समूहका व्यक्ति तथा व्यवसायहरूले अब यो स्वचालित विधिबाट लक्षित समूहमा आफ्ना सन्देश वा सूचना सजिलै पुर्‍याउनसक्ने कम्पनीले जनाएकाे छ । The post स्प्यारो भ्वाइस सेवा सुरू, एकैपटक हजारौंलाई भ्वाइस म्यासेज पठाउन सकिने appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/OfpcKtG via IFTTT

पावर बटन नछोइकनै स्मार्टफोन रिस्टार्ट गर्ने तरिका

काठमाडौं । कतिपय अवस्थामा हाम्रो स्मार्टफोनको पावर बटनले काम गरेको हुँदैन । त्यस्तो बेला फोन रिस्टार्ट गर्नपर्‍यो भने हामी अनेक उपाय अपनाउँछौं । आज हामी त्यस्तो उपाय बताउँदैछौं, जसको माध्यमबाट पावर बटन प्रयोग नगरी तपाईंले फोन रिस्टार्ट गर्न सक्नुहुन्छ । एन्ड्रोइड डिभाइसमा त्यस्ता विभिन्न विधि छन्, जसका माध्यमबाट पावर बटन प्रयोग नगरी फोन रिस्टार्ट गर्न सकिन्छ । कन्ट्राेल प्यानलकाे प्रयाेग तपाईंले आफ्नो फोनमा रहेको कन्ट्रोल प्यानलबाट सहजै फोन रिस्टार्ट गर्न सक्नुहुन्छ । त्यसका लागि सबैभन्दा पहिले कन्ट्रोल प्यानललाई स्क्रोल डाउन गर्नुहोस् । त्यसमा वाई-फाई, ब्लुटुथ, डेटा आदिका अप्सन हुन्छन् । यदि त्यस पेजमा फोन रिस्टार्टको अप्सन देखिएन भने त्यसलाई एक्सपान्ड गर्नुहोस् । एन्ड्रोइड फोन अनुसार पावर अफ वा रिस्टार्ट गर्ने अप्सन तल वा माथि हुनसक्छ । हामीले प्रयोग गरिरहेको स्मार्टफोन (सामसङ ग्यालेक्सी एम६२) मा रिस्टार्टको अप्सन कन्ट्रोल प्यानलको माथिपट्टि रहेको छ ।   चार्जमा राखेर पावर अन गर्ने तरिका कतिपय यस्ता फोन छन्, जो चार्जमा राख्दा स्टार्ट हुन्छन् । फोनको पावर बटनले काम नगर्दा त्...

यसपालीको निर्वाचनमा प्रत्येक मतगणना स्थलमा सीसी क्यामेरा राखिने

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि मतगणनास्थलमा अनिवार्य रुपमा सीसी क्यामेरा राखिने भएको छ । निर्वाचन आयोगले सबै स्थानीय तहका मतगणना स्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ । यसका लागि आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत सीसी क्यामेरा उपयोगी हुने आयोगको विश्वास छ । गत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनःमतदानसमेत भएको थियो । The post यसपालीको निर्वाचनमा प्रत्येक मतगणना स्थलमा सीसी क्यामेरा राखिने appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/oX2KmPk via IFTTT

सिक्सजीको प्रोटोटाइप तयार पार्दै दक्षिण कोरिया

काठमाडौं । विश्वभरका मोबाइल सेवाप्रदायकहरू अहिले फाइभजी सार्वजनिक गर्ने र त्यसको विस्तारमा केन्द्रित हुने होडमा छन् । नेपालमा पनि फाइभजी नेटवर्कको परीक्षण तयारी भइरहेको छ । फाइभजी ‘कम्प्याटिबल’ स्मार्टफोन एकपछि अर्को गर्दै सस्तो हुँदैछन् । यसरी अर्को पुस्ता (नेक्स्ट जेनेरेसन) को वायरलेस प्रविधि तीव्र रुपमा परिपक्व भइरहेको बेला त्याे भन्दा पनि नयाँ पुस्ताकाे वायरलेस प्रविधि ‘सिक्सजी’ को चर्चा सुरु भइसकेको छ । यसअघि भएका केही अनुसन्धान एवं परीक्षणमा सिक्सजीमा १ टीबीपीएसको उच्च गतिको डेटा ट्रान्स्फर भएको पाइएको छ । फाइभजीको तुलनामा सिक्सजीले ५० गुणा उच्च गतिको डेटा रेट प्रदान गर्ने र १० गुणा लेटेन्सी घटाउने लक्ष्य राखिएको छ । यसैबीच दक्षिण कोरियाली सरकारले मोबाइल नेटवर्कको नयाँ युग सिक्सजीमा प्रमुख खेलाडी बन्ने सुरसार गरेको छ । सिक्सजीलाई भविष्यको आर्थिक वृद्धिको महत्वपूर्ण माध्यमका रुपमा लिँदै काेरियाली सरकारले नन-मेमोरी चिप, फ्युचर कार, बायोटेक एवं स्वास्थ्य सेवामा यसकाे प्रयाेगबारे कार्यक्रम ल्याउने जनाएको छ । २०२६ सम्म सिक्सजीको प्रोटोटाइप तयार पार्ने र २०२० को दशकको अन्त्य वा २०...

अर्को हप्तादेखि देशभर इन्टरनेट बन्द हुनसक्ने चेतावनी

काठमाडौं । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले यस वर्षको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आईसीटी डे) बहिस्कार गर्ने भएका छन् । इन्टरनेट सेवा प्रदायक सघं, नेपाल (आईस्पान) को हालै बसेको कार्यकारी समितिको बैठकले वैशाख १९ गते मनाउन लागिएकाे आईसीटी डे बहिष्कार गर्ने निर्णय गरेको हाे । ‘हामीले यस वर्षको आईसीटी डेसँग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय गरेका छौँ,’ आईस्पानको विज्ञप्तिमा भनिएको छ, ‘हामी यस दिवसमा आयोजक नबन्ने, सहभागी नहुने, प्रायोजक नबन्ने र दिवससँग सम्बन्धित सबै किसिमका सहयोगहरु बन्द गर्ने दुःखद निर्णय गर्न बाध्य भएका छौं ।’ विगतदेखि हालसम्मका कुनैपनि सरकारले सूचना र सञ्चार प्रविधिका लागि आवश्यक वातावरण नबनाई इन्टरनेटमा भएका समस्या समाधान गर्नुको साटो दिवसका नाममा कार्यक्रमको नाममा देखावटी काममात्रै गररेकाले यस दिवसलाई सकारात्मक रुपमा नलिएको आईस्पानले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेट, सिफ्फी लगायत अपस्ट्रिम प्राेभाइडरकम्पनीलाई भुक्तानीको लागी विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रुपमा बन्द गरेकाले ती कम्पनीलाई विगत ६ मह...

क्रिप्टो कारोबार नियमन गर्न ब्राजिलमा नयाँ कानून

काठमाडौं । ब्राजिल सरकारले देशमा क्रिप्टोकरेन्सी बजारलाई नियमन गर्न क्रिप्टोकरेन्सी विनियमावली जारी गरेको छ । क्रिप्टोकरेन्सी बजारमा हुनसक्ने गैरकानूनी गतिविधलाई नियन्त्रण गर्न र क्रिप्टो कारोबारलाई नियमन गर्दै उपभोक्ताको संरक्षण गर्न सो विनियमावली जारी गरिएको हो । विनियमावली अनुसार क्रिप्टोकरेन्सीको कारोबार ब्राजिलियन सेन्ट्रल बैंक र सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले निगरानी तथा नियमन गर्नेछन् । विनियमावलीमा उपभोक्ता संरक्षण लगायत क्रिप्टो कारोबारसँग जोडिएको गैरकानूनी काम, क्रिप्टो एक्सचेन्ज, वित्तीय आतंक तथा हात हतियारको संलग्नताको नियन्त्रणलाई पनि सम्बोधन गरेको छ । यो विनियमावलीले नन-फन्जिबल टोकन (एनएफटी) लाई भने समावेश गरेको छैन । यद्यपि सरकारले यसलाई छुट्टै प्रस्ताव राखेर सम्बोधन गर्ने अनुमान गरिएको छ । विश्वमा क्रिप्टोकरेन्सीलाई सुरुवाती चरणमा नै स्वीकारेर वैधानिकता दिने देशहरूमा ब्राजिल र इन्डोनेसिया पर्छन् ।  योसँगै ब्राजिलले चाँडै नै आफ्नै डिजिटल मुद्रा लागू गर्ने तयारी पनि गरिरहेको छ । The post क्रिप्टो कारोबार नियमन गर्न ब्राजिलमा नयाँ कानून appeared first on Te...

३० घण्टामै मस्कको ट्वीटले पायो ४३ लाख लाइक, सर्वाधिक लाइक पाउनेमा दोस्रो

काठमाडौं । एलन मस्कले ट्वीटरको पूर्ण स्वामित्व खरिद गरी सकेपछि गत अप्रिल २८ मा कोकाकोला किन्ने भनी गरिएको ट्वीटले ४.३ मिलियन लाइक पाएको छ ।  करिब ३० घण्टाको अवधिमा प्राप्त ४.३ मिलियन लाइक ट्वीटरमा हालसम्मकै सर्वाधिक लाइक हुने ट्वीट मध्यको दोस्रो हो । सो ट्वीटमा उनी आफूले अब कोकाकोला किन्ने र त्यसमा कोकिन मिसाउने विचार व्यक्त गरेका थिए । यद्यपि यो एक व्यङ्ग मात्र थियो । यसलाई अन्य व्यक्तिहरूले पनि मजाककै रूपमा हेरेका छन् भने केहीले आफ्नै धारणा बनाएका छन् । यसअघि ४.१ मिलियन लाइकका साथ सर्वाधिक लाइक पाउने  ट्वीट मध्यको दोस्रोमा  बाराक ओबामाको ट्वीट रहेको थियो । ओबामाको उक्त ट्वीटलाई पछि पार्दै एलन मस्कको ट्वीट दोस्रोमा उक्लिएको हो । ट्वीटरमा हालसम्मकै सर्वाधिक लाइक पाउने ट्वीट चाडविक बोसम्यान (Chadwick Boseman) का परिवारले उनको मृत्युको खबर राखेको पोस्ट थियो । चाडविकका परिवारले उनको ट्वीटर ह्यान्डलबाट उनकै मृत्युको खबर अगस्ट २९, २०२० मा पोस्ट गरेका थिए । उक्त ट्वीटले ‍७‍‍.२ मिलियन लाइक पाएको छ । तीस घन्टाको अवधीमा ४‍‍.३ मिलियन लाइक पुगेको ट्वीट केही समयपछि सर्वाधिक लाइक ...

अब क्यूआर कोडबाटै ट्राफिक जरिवाना  तिर्न सकिने

काठमाडौं: काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘क्यूआर कोड (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था बिहीबार देखि लागू गरेको छ । यो सँगै अब ट्राफिक कारबाहीमा परेका सवारी चालकले काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा तत्काल क्युआर कोड मार्फत जरिवाना तिर्न सक्नेछन् । कुमारी बैंकको सहकार्यमा ट्राफिक प्रहरीले उपत्यका भित्र “क्यू आर स्क्यान, पे फाइन एण्ड विथड्र डकुमेन्ट (QR Scan, Pay Fine & Withdraw Document)” व्यवस्था लागू गरेको हो । नयाँ व्यवस्था लागू भएसँगै जरिवाना तिर्नेले आफ्नो डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसन मार्फत मनिटरको स्क्रिनमा देखिएको क्यूआर कोड स्क्यान गरी जरिवाना रकम भुक्तानी गरेर तुरुन्तै आफ्नो कागजपत्र लिन सक्नेछन् । त्यसका लागि ट्राफिक प्रहरीसँगै डिस्प्ले सहितको मनिटर हुनेछ । कारबाहीमा परेकालाई सोही मनिटरमा ट्राफिक भायोलेशन रेर्कड सिस्टम (TVRS) बाट जेनरेट भएको क्यूआर कोड डिस्प्ले गरिन्छ । सोही क्यूआर कोड डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसन मार्फत स्क्यान गरेर ट्राफिक जरिवाना रकम भुक्तानी गर्न सकिन्छ । भुक्तानी गरेसँगै तत्कालै आफ्नो कागजपत...

इन्फोडेभलपर्स : स्वदेशी सफ्टवेयर निर्माणमा परिचित नाम

Image
काठमाडौं । नेपालको सूचना प्रविधि उद्योगमा ‘इन्फोडेभलपर्स’ ब्राण्ड पक्कै नयाँ होइन । स्वदेशी सफ्टवेयरको प्रसङ्ग आउनासाथ धेरैले यो कम्पनीको नाम लिन्छन् । १९ वर्षदेखि सफ्टवेयर निर्माण क्षेत्रमा क्रियाशील इन्फोडेभलपर्सले विशेषगरी लघुवित्त तथा सहकारी संस्थाका लागि कोर बैंकिङ सिस्टम निर्माण गर्दै आएको छ । साथै कम्पनीले वित्तीय संस्थाका लागि मोबाइल बैंकिङ सोलुसन्स, ट्याब्लेट बैंकिङ, मर्चेन्ट बैंकिङ, क्लाउडमा आधारित वित्तीय सेवा डटकम, एटीएम सेवासमेत ल्याएको छ । त्यस्तै विभिन्न सरकारी परियोजनामा काम गरी सरकारी कार्यालयलाई डिजिटल रुपान्तरण गर्ने अभियानमा समेत सरिक छ । आईएसओ ९००१ः२०१५ प्रमाणित आईसीटी कम्पनीका रुपमा इन्फोडेभलपर्सले भारत, भुटान र अमेरिकामा पनि व्यवसाय विस्तार गरेको छ । कम्पनी सुरुवातको रोचक कहानी धेरैजसो आईटी कम्पनीको सुरुवात एउटा कोठा र कम्प्युटरबाट हुने गरेको पाइन्छ । आजको इन्फोडेभलपर्सको सुरुवाती कहानी पनि उस्तै छ । २०५९ असार २१ मा सफ्टवेयर कम्पनीका रुपमा यसको यात्रा सुरु भयो । कम्पनीका संस्थापक हुन्, उमेश रघुवंशी । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत हुँदा उनले आफ्नै कोठामा य...

विज्ञापनमा खण्डन आएपछि सामसङले माग्यो माफी

Image
काठमाडौं । विज्ञापनमा रातको दुई बजे एक्लै कुदिरहेकी महिलालाई देखाएको भन्दै खण्डन आएपछि सामसङले माफी मागेको छ । सुरक्षा अभियन्ताहरूको विभिन्न समुहले सामसङको विज्ञापन अस्वभाविक भएको भन्दै खण्डन गरेका थिए । उनीहरूले रातको दुई बजे त्यो पनि एक्लै कुदिरहेकी महिला देखाउँदा असुरक्षा बढ्ने दावी गरेका थिए । यसअघि गएको जनवरीमा रातको समय बाटोमा कुदिरहेकी महिलाको आयरल्याण्डमा हत्या भएको थियो । त्यही घटनालाई लिएर सामङले रातमा कुद्न प्रोत्साहन गरेको आरोप महिला सुरक्षा समुहले लगाएका थिए । त्यसरी विज्ञापनको विषयमा खण्डन आएसँगै कम्पनीले माफी मागेको हो । ‘हामी यो विषयमा माफी चाहन्छौ,’ सामसङले भनेको छ, ‘हामीले सकारात्मक सोचका साथ विज्ञापन बनाएका थियौं । हामीले व्यक्तिको व्यक्तित्व र जुनसुकै समयमा व्यायाम गर्ने पाउने स्वतन्त्रतालाई दर्साउन खोजेका हौं ।’   The post विज्ञापनमा खण्डन आएपछि सामसङले माग्यो माफी appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/W30nr8M via IFTTT

अब आफ्नो व्यक्तिगत जानकारी गुगल सर्चबाट हटाउन पाइने, थाहा पाइराख्नुहोस् यसको तरिका

काठमाडौं । गुगलले सर्च रिजल्टबाट व्यक्तिगत पहिचान खुल्ने सूचना हटाउन सकिने विकल्पलाई विस्तार गर्ने भएको छ । यदि तपाईँ गुगल सर्च रिजल्टमा देखिनेगरी सूचिकृत भएको आफ्नो फोन नम्बर, ई-मेल अकाउन्ट त्यसबाट हटाउन चाहनुहुन्छ भने अब त्यसका लागि अनुरोध गर्न पाउनु हुनेछ । त्यसो त गुगलले वर्षौँ पहिले देखि सर्च रिजल्टमा देखिने व्यक्तिगत सूचना हटाउने अनुरोधलाई स्वीकार गर्दै आएको छ । जसमा आर्थिक ठगीमा प्रयोग हुन सक्ने बैंक अकाउन्ट डिटेल तथा क्रेडिट कार्ड नम्बर रहेका छन् । तर  आफ्नो व्यक्तिगत सूचना इन्टरनेटबाट हटाइदिन भन्दै मानिसहरूबाट माग बढ्दै गएपछि अब नयाँ नीतिले त्यसलाई समेत सम्बोधन गर्ने भएको हो ।  ‘व्यक्तिगत सम्पर्क सूचना अनलाइनमा उपलब्ध हुने कुराले समस्या पैदा गर्न सक्छ र यो नचाहिँदो किसिमको सिधा सम्पर्क अथवा भौतिक जोखिम लगायतका हानिकारक तवरमा प्रयोग हुनसक्छ । सँगसँगै मानिसहरूले यस किसिमका सूचना सर्चबाट हटाउन सकिने उपायको लागि सुझाव समेत प्राप्त भएका छन्,’ गुगलले आफ्नो ब्लग पोस्ट मा लेखेको छ । व्यक्तिगत जानकारी हटाउने प्रक्रियाले कसरी काम गर्छ  ? गुगलले सहयोगी तथा उपयोगी सूचना...

ड्राइभिङ लाइसेन्सका सबै आवेदकको परीक्षा यही बैशाखभित्रै सम्पन्न गरिँदै, कहाँ सम्पर्क गर्ने ? 

काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयहरूबाट सवारी चालक अनुमतिपत्रका लागि परीक्षा आवेदन दिएका सेवाग्राहीको परीक्षा तालिका संसोधन गरिएको छ। जसअनुसार यसअघि अनलाइन आवेदन दिएका सबै सेवाग्राहीको परीक्षा यही बैशाख मसान्तभित्र सम्पन्न गर्ने गरी कार्यतालिका मिलाइएको छ । तर यस अघि नै पूर्व कार्यतालिकामा परी छु भएका आवेदकले समेत परीक्षामा सहभागी हुन सक्ने गरी व्यवस्थापन गरिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफूले निवेदन दिएको कार्यालयको सूचना पाटी, वेबसाइट र फेसबुक पेज हेरी आफ्नो तोकिएको समय र दिनमा सेवा लिन तथा छुट भएका सेवाग्राहीले कार्यालयमा सम्पर्क गरी आफ्नो परीक्षा कार्य तालिका लिई सहभागी हुन सक्ने बताएको छ ।  यस्ता छन् यातायात कार्यालयका वेबसाइटः  १. एकान्तकुना लाइसेन्स डट बागमती डट जीओभी डट एनपी   २. चाबहिल लाइसेन्स डट बागमती डट जीओभी डट एनपी   ३. ठुलोभर्‍याङ लाइसेन्स डट बागमती डट जीओभी डट एनपी   ४. जगाती लाइसेन्स डट बागमती डट जीओभी डट एनपी   ५. हेटौँडा यातायात डट बागमती डट जीओभ...

असारमा राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन आयोजना हुने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आगामी असारमा नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन आयोजना गर्ने भएको छ । ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन’ नाराका साय सम्मेलन आयोजना गर्न लागिएको हो । नास्टका अनुसार असार ७ देखि ९ गतेसम्म सम्मेलन आयोजना हुनेछ । त्यसका लागि ‘एब्स्ट्र्याक्ट’ पठाउने अन्तिम मिति जेठ १६ गतेसम्म तय गरिएको छ । सम्मेलन सम्बन्धी विस्तृत जानकारीका लागि सम्मेलन सचिवालय, प्रवर्द्धन तथा प्रचार महाशाखामा सम्पर्क राख्न सकिनेछ । The post असारमा राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन आयोजना हुने appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/LdtoqiO via IFTTT

यस्तो छ मोबाइलको फ्ल्याश लाइट अझ चम्किलो बनाउने तरिका 

काठमाडौं । स्मार्टफोनको विकाससँगै सुरुवाती समयमा फ्ल्याश लाइट फोटो खिच्नका लागि मात्र प्रयोग गरिन्थ्यो । वा भनौँ फ्ल्याश लाइटलाई त्यसैका लागि मात्र निर्माण गरिएको थियो । फोनको बिल्ट इन सेटिङमा एलईडी फ्ल्याश लाइटको कुनै सेटिङ नहुने भएकाले प्रयोगकर्ताले त्यसलाई प्रयोग गर्न थर्ड पार्टी एपको सहारा लिने गर्थे  । अहिले पनि प्रयोगकर्ताहरू फ्ल्याश लाइटका लागि फोनमा उपलब्ध नभएका तर थर्ड पार्टी एपले उपलब्ध गराउने फिचर प्रयोग गर्न अन्य एप डाउनलोड गर्ने गर्छन् । आज हामी तपाईँको स्मार्टफोनमा रहेको त्यही फ्ल्याश लाइटको उज्यालोपन कसरी बढाउने भन्ने विषयमा चर्चा गर्दैछौँ । सबैभन्दा पहिला फ्ल्याश लाइटको ब्राइटनेस बढाउन वा घटाउन किन आवश्यक छ बन्ने विषयमा चर्चा गरौँ । कतिपय अवस्थामा हामीले लामो समयसम्म फ्ल्याश लाइट प्रयोग गरिरहँदा त्यसले आँखामा असर पुर्‍याइरहेको हुन्छ भने कतिपय अवस्थामा त्यसले फोनको ब्याट्री तीब्र रूपमा खर्च गरिरहेको हुन्छ । यस्तो अवस्थामा हामीलाई फ्ल्याश लाइटको ब्राइटनेस घटाउनु पर्ने हुन्छ । त्यस्तै कतिपय अवस्थामा हामीलाई फ्ल्याश लाइटको ब्राइटनेस बढाउनु पर्ने पनि हुन्छ । त्यसैले ...

ट्वीटर राजनीतिक रूपमा तटस्थ रहने एलन मस्कको घोषणा

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटर खरिद गर्ने तयारीमा रहेका एलन मस्कले ट्वीटर राजनीतिक रुपमा तटस्थ रहने घोषणा गरेका छन् । सबैको विश्वास प्राप्त गर्न ट्वीटर राजनीतिक रुपमा तटस्थ हुनैपर्ने भन्दै उनले ट्वीट गरेका हुन् । ‘यसको प्रभाव स्वरूप अति दक्षिणपन्थी र अति बामपन्थी दुवैलाई दुःखी तुल्याउन सक्छ,’ उनले भनेका छन् । राजनीतिक तवरमै ट्वीटरले पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रतिबन्ध लगाएको थियो भने चीन समर्थित हजारौँ अकाउन्ट निलम्बन गरेको थियो । For Twitter to deserve public trust, it must be politically neutral, which effectively means upsetting the far right and the far left equally — Elon Musk (@elonmusk) April 27, 2022 ट्वीटरको यस किसिमको रवैया आगामी दिनमा परिवर्तन हुने सङ्केत मस्कले गरेका हुन् । यस अघि नै ट्वीटरको ९.२ प्रतिशत शेयर खरिद गरेका मस्कले ४४ अर्ब अमेरिकी डलरमा सम्पूर्ण रुपमा कम्पनी नै खरिद गर्ने प्रस्ताव अघि सारेका  थिए । हालै ट्वीटरको बोर्डले मस्कको प्रस्ताव स्वीकार गर्ने निर्णय लिइसकेको छ । यससँगै अब ट्वीटर सम्पूर्ण रुपमा एलन मस्कको स्वामित्वमा जानेछ ...

सीटीओ खोज्दै इन्फोडेभलपर्स, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नेपालको प्रतिष्ठित आईटी कम्पनी इन्फोडेभलपर्स प्रालिले प्रमुख प्राविधिक अधिकृत (सीटीओ) का लागि आवेदन माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धामार्फत आफ्नो प्राविधिक टिमको नेतृत्व चयन गर्ने भएको हो । ‘हामी अनुभवी, बहुमुखी, लगनशील र रणनीतिक किसिमको सीटीओको खोजीमा छौँ,’ कम्पनीले भनेको छ, ‘जसले हाम्रो कम्पनीको सम्पूर्ण प्राविधिक पक्षहरूमा नेतृत्व दिन सकोस् र नयाँ उचाईमा पुर्‍याउन सकोस् ।’ यदि तपाईँ यसका लागि योग्य हुनुहुन्छ भने यहाँ क्लिक गरी वेबसाइटमार्फत अथवा यहाँ क्लिक गरी ई-मेलमार्फत आफ्नो रेजुमे पठाउन सक्नुहुनेछ । सीटीओमा आवेदन दिन आईटी अपरेसन तथा व्यवस्थापनमा कम्तिमा आठ वर्षको अनुभव र सीटीओ तथा समान किसिमको पदमा दुई देखि तीन वर्ष काम गरेको हुनुपर्नेछ । साथै कम्प्युटर इन्जिनियरिङ अथवा कम्प्युटर साइन्समा स्नातकोत्तर तह उत्तीर्ण गरेको समेत हुनुपर्ने कम्पनीले जनाएको छ ।  The post सीटीओ खोज्दै इन्फोडेभलपर्स, यसरी दिनुहोस् आवेदन appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/diUIF4x via IFTTT

न्यून आय भएका युवतीहरूलाई डिजिटल सीप सम्बन्धी तालिम

काठमाडौं । कोड रशको आयोजनामा न्यून आय भएका युवतीहरूलाई सञ्चालित डिजिटल सीप सम्बन्धी तालिम सम्पन्न भएको छ । काठमाडौं उपत्यकाका युवतीहरूका लागि ‘शि क्यान डिजिटल’ नाम दिइएको शून्य देखि आधारभूत तहको चार महिने तालिम बुधबार सम्पन्न भएको हो । कोड रश, नेपाल ग्रामीण महिला सञ्जाल र महिलाहरूको वर्ल्ड वाइड वेब (डब्लू फोर) को संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । डिजिटल परिवेशमा महिलाहरूको सीप तथा क्षमता विकास गरी उनीहरूलाई सक्षम तुल्याउँदै प्रोत्साहन गर्नु ‘शि क्यान डिजिटल’ कार्यक्रमको उद्देश्य रहेको छ । तालिम कार्यक्रममा १८ वर्षदेखि २५ वर्ष उमेर समूहका २० जना युवतीहरूको सहभागिता रहेको थियो । सरकारी तथा सामुदायिक विद्यालयमा उच्च माध्यामिक तह उत्तीर्ण गरेका र स्नातक तह पढ्दै गरेका ती युवतीहरूमा अधिकांश कम्प्युटरमा असाक्षर रहेका थिए । त्यसैले उक्त तालिम कार्यक्रम कम्प्युटरको आधारभूत परिचयबाट आरम्भ गरिएको थियो । यसरी चार महिनाको अवधिमा तालिममा सहभागी युवतीहरूलाई कम्प्युटिङ उपकरणको आधारभूत परिचय, कम्प्युटर सम्बन्धी शब्दावली, इन्टरनेट सहित कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर, सामाजिक सञ...

राइड शेयरिङ : अफलाइन यात्राले निम्त्याउँदै छ जोखिम

काठमाडौं । पछिल्लो समय काठमाडाैं उपत्यकामा राइड सेवा सामान्य बनेकाे छ । आफ्नो सवारी नहुने वा सार्वजनिक यात्राको विकल्पमा राइड शेयरिङलाई धेरैले रुचाएका छन् । सवारी नहुनेले सुविधा पाउने र हुनेले राइडर बनेर आम्दानी गर्नसक्ने यस्ताे व्यावसायिक मोडल आर्थिक उपार्जनको विकल्प पनि बनेको छ । पठाओ नेपालकी बजार प्रबन्धक एवं प्रवक्ता सुरक्षा हमालका अनुसार पठाओमा मात्रै पछिल्लो समय दैनिक ८० हजारको हाराहारीमा राइड भइरहेको छ । यसको अर्थ हो, दैनिक ८० हजार ग्राहक पठाओमार्फत एक ठाउँबाट अर्को स्थानमा जाने गर्छन् । राइड शेयरिङ एपको लोकप्रियताको यो एउटा उदाहरणमात्रै हाे । नेपाली बजारमा पठाओजस्तै अन्य राइड शेयरिङ सेवा प्रदायक पनि छन् । सबैले दिने सेवालाई मिलाउने हो भने दैनिक लाखौं एक अर्कोसँग यात्रा शेयर गरिरहेका छन् । यात्रा शेयर त एउटा पाटो भयो । त्योभन्दा पनि महत्त्वपूर्ण पक्ष रोजगारी र अवसर हो । ‘राइडरले एक महिनाको अवधिमा एक लाखसम्म पनि आम्दानी गर्ने गरेका छन्,’ हमाल भन्छिन्, ‘जोसँग बाइक छ र रोजगारी छैन, त्यस्ता व्यक्तिका लागि यो एउटा उत्तम अवसर हो ।’ रोजगारी भएर पनि पार्ट टाइम गर्छु भन्नेले समेत दै...

कस्ता प्रयोगकर्ताले पाउँछन् टेलिकमको ई-सिम ?

Image
काठमाडौं । केही महिनादेखि नेपालमा पनि चर्चामा रहेको ई-सिम चाँडै नै नेपाल टेलिकमले प्रचलनमा ल्याउने भएको छ । विश्वका केही देशमा ईसिमको प्रयोग सुरु भइसकेको छ । विभिन्न मोबाइल उत्पादक कम्पनीले ई-सिम पनि सपोर्ट गर्ने डिभाइस बजारमा निरन्तर ल्याइरहेका छन् । एप्पल त ई-सिमलाई नै लक्षित गर्दै आईफोन उत्पादन गर्ने तयारीमा छ । त्यस्तै सार्वजनिक हुन लागेको एन्ड्रोइड १३ मा मल्टिपल इनेबल्ड प्रोफाइल (एमईपी) फिचर उपलब्ध हुने भएको छ । यसअन्तर्गत एउटै ई-सिममा दुई फरक नेटवर्क (कम्पनी) को सेवा लिन सकिन्छ । यसरी मोबाइल उत्पादकसँगै अपरेटिङ सिस्टम र टेलिकम सेवा प्रदायकले ईसिम सुविधा दिन थालेका छन् । हालै नेपालमा पहिलो पटक ईसिम सेवा उपलब्ध गराउन नेपाल टेलिकमले मोन्टी युके ग्लोबलबीच सम्झौता गरेको छ । मोन्टी युके ग्लोबलले टेलिकमका ग्राहकहरुलाई ई-सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ । कस्ता प्रयोगकर्ताले पाउँछन् ई-सिम ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई-सिम सपोर्ट गर्...

पोल भाडामा किचलो : कहिले होला अन्त्य ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधबार पुनः सूचना जारी गर्दै विद्युत पोलमा टाँगिएका अप्टिकल फाइबर तान्नका लागि सम्झौता नगर्ने र भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको बिजुलीको लाइन जुनसुकै बेला काट्नसक्ने चेतावनी दिएको छ । केही सेवा प्रदायकले आंशिक क्षेत्रको मात्र पोल भाडा सम्झौता गरेको र केही सेवा प्रदायकले सम्झौता नै नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको भन्दै प्राधिकरणले यस्तो सूचना जारी गरेको हो । ‘त्यस्ता सेवा प्रदायक संस्थाहरूले २०७९ वैशाख मसान्तभित्र विद्युत प्राधिकरणको सम्बन्धित क्षेत्रको प्रादेशिक कार्यालयमा सम्पर्क गरी नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न र हालसम्म बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्न पुनः यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणले भनेको छ । साथै नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न/नगराउन समेत आग्रह गरिएको छ । प्राधिकरणले नियमानुसार सम्झौता नगर्ने सेवा प्रदायक संस्थाहरूको सम्बन्धित क्षेत्रका कार्यालयको विद्युत लाइन जुनसुकै समयमा काट्नसक्ने र यसबाट निस्कने परिणामको जिम्मेवार सम्बन्धित सेवा प्रदायक संस्था नै हुने चेतावनी दिएको छ । प्...

फोनपेको सीईओमा दिवस सापकोटा, को हुन् उनी ?

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) कम्पनी फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागु हुनेगरि सापकोटालाई सीइओको जिम्मेवारी दिएको हो । सापकोटा यस अघि फोनपेमै असिस्टेन्ट सीईओको रुपमा कार्यरत थिए । फोनपेमा प्रमुख प्राविधिक अधिकृतको रुपमा काम सुरु गरेका सापकोटा त्यसअघि नेपाल क्लियरिङ हाउसमा आबद्ध रहेका थिए । एभरेस्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आईटी क्षेत्रमा १५ वर्ष भन्दा लामो समय काम गरेको अनुभव छ ।  आईटीदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ । फोनपे नेटवर्कमा आबद्ध बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवाप्रदायकका मोबाइल एपबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक रकम स्थानान्तरण, हब पेमेन्ट लगायतका कारोबार पनि गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ...

नयाँ नामका साथ सार्वजनिक हुँदै रेड्मी नोट १२ सिरिज

काठमाडौं । गत वर्ष साओमीले रेड्मी नोट ११ प्रो चिनियाँ बजारमा सार्वजनिक गरेको थियो । याे स्मार्टफाेन र पुरानो मोडल रेडमी नोट १० मा तात्वकि फरक नहुँदा धेरै प्रयोगकर्ता अन्याैलमा परेका थिए । यस्तोमा नयाँ सिरिजमा प्रयोगतर्काले धेरै कुरा अपेक्षा गर्नु स्वभाविक पनि हो । यस्तोमा कम्पनीले रेड्मी नोट १२ सिरिजको नाम नै परिवर्तन गरी नयाँ भर्सनमा उपलब्ध गराउने तयारी गरेकाे छ । कम्पनीका जनरल म्यानेजर लु विबिङले सामाजिक सञ्जाल विबोमा पोस्ट गर्दै नयाँ स्मार्टफोनको बारेमा जनाउ दिएका छन् । ‘गत वर्षदेखि हामीले एक वर्षमा दुई फरक जेनरेसनको मान्यतालाई आत्मासाथ गरेका छौं,’ उनले पोस्टमा भनेका छन्, ‘जसमा एउटा जेनरेशनले पर्फमेन्स र अर्कोले एक्सपिरियन्सलाई फोकस गरेको छ ।’ त्यो हिसाबले कम्पनीले गत वर्ष सार्वजनिक गरेको नोट ११ प्रो अनुभवमा केन्द्रित थियो भने नोट १० प्रो पर्फमेन्समा केन्द्रित डिभाइस थयो । त्यो हिसाबले रेड्मी नोट ११ प्रो फाइभजी धेरैका लागि अन्याैल सिर्जना गर्ने खालको डिभाइस बनेको उनले बताएका छन् । ग्राहकले नोट ११ प्रोलाई पर्फमेन्समा आधारित नोट १० प्रोसँग दाँज्दा ग्राहक अन्योलमा परेका हुन् । ग्र...

पाँच दलीय गठबन्धनद्वारा वीरगंजमा एकबद्ध भएर निर्वाचनमा होमिने निर्णय

Image
वीरगंज, १४ वैशाख  । सत्तारूढ पाँच दलीय गठबन्धनका दलहरूबिच मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्जमा कसरी एकबद्ध भएर निर्वाचनमा होमिने भन्ने विषयमा आज छलफल भएको छ ।  नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतिŒवमा बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ ।  बैठकले नेपाली काङग्रेसका नेता श्याम कुमार पोखरेलको संयोजकत्वमा वीरगञ्ज महानगरपालिका स्थानीय तह निर्वाचन परिचालन उपसमिति गठन गरेको छ ।  समितिको सदस्यहरूमा नेपाली काङग्रेसका नेता प्रकाश कुमार उपाध्याय, नेकपा माओवादी केन्द्रका सुरेन्द्र गुप्ता, जनता समाजवादी पार्टी बाट मधेस प्रदेशका प्रदेश सभा सदस्य जन्नत अन्सारी, जसपाका युवा नेता मुकेश द्विवेदी र नेकपा एकिकृत समाजवादी पार्टीबाट वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरी रहनुभएको छ  । यस्तै, बैठकले पर्साका १३ स्थानीय तहमा गठबन्धनको अवस्था अध्ययन तथा विश्लेषणका लागि नेपाली कांग्रेस पर्साका नेता रामनारायण कुर्मीको संयोजकत्वमा जिल्ला स्तरीय उपसमिति गठन गरेको छ । उक्त समितिको सदस्यमा नेपाली काङ्ग्रेसबाट अशोक गुप्ता, जसपाबाट तबरेज अहमद, जनार्दन यादव, ललन द्विवेदी, नेकपा माओवाद...

राइडर, क्याप्टेन, फुडम्यानलाई सम्मान गर्दै पठाओ

काठमाडौं । पठाओले उत्कृष्ट राइडर, क्याप्टेन, फुडम्यान र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ । २०७८ सालका उत्कृष्ट सेवा प्रदायकलाई आउँदो वैशाख १८ गते सम्मान गर्ने तयारी भएको पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले बताइन् । ‘पठाओको यात्रामा हाम्रा राइडर, क्याप्‍टेन र फुडम्यान साथीहरुले सधैं हामीलाई हाम्रो परिवारझैं साथ दिनुहुनु भएको छ’ हमाल थप्छिन् ‘उहाँहरुको योगदानको कदर गर्दै यो कार्यक्रम आयोजना गरेका हौं ।’ सबै कामलाई सम्मान गरौं, एउटै नजरले हेरौं र सोचमा सकारात्मक परिवर्तन ल्‍याउँ भन्‍ने आशाका साथ कार्यक्रम आयोजना गरिएको हमालको भनाइ छ । यस कार्यक्रमलाई आगमी वर्षहरुमा पनि निरन्तरता दिने उनले जानकारी दिइन् । २५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड शेयरिङमार्फत पठाओ नेपालले सेवा सुरू गरेको थियो । ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा सुरु गरेको पठाओले राइड सेयरिङ सुरू गरेको २५ सेप्टेम्बर २०२० देखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै ‘पठाओ फुड’ सञ्चालनमा ल्याएको छ । The post राइडर, क्याप्टेन, फुडम्यानलाई सम्मान गर्दै पठाओ appeared first on Tech News Nepal . from T...

विद्युतीय गाडीको आयात नरोकिने

काठमाडौं । विद्युतीय गाडीको आयात नरोकिने भएको छ । सरकारले विदेशी मुद्रा संचितिमा चाप परेको भन्दै अन्य सवारीसाधनको आयातमा रोक लगाए पनि विद्युतीय सवारी साधन आयात भने खुला छोडेको हो । मङ्गलबार प्रकाशित राजपत्र अनुसार असार मसान्त सम्मका लागि जिप, कार र भ्यानहरू आयात गर्न पाइने छैन । तर त्यस अन्तर्गत विद्युतीय सवारीको एचएस कोड भने समावेश गरिएको छैन । यस बाहेक ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल, ३२ इन्चभन्दा माथिका रङ्गिन टेलिभिजन, २५० सीसीमाथिका मोटरसाइकल, सबै प्रकारका खेलौना, खेल्ने तास, हिरा, चुरोट तथा सुर्तिजन्य वस्तु, सबै प्रकारका तयारी मदिरा, कुरकुरे, कुरमुरे, लेज  जस्ता उत्पादनको आयातमा समेत रोक लागेको छ ।  The post विद्युतीय गाडीको आयात नरोकिने appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/wOxcXRG via IFTTT

बिआरआई सम्झौताविरुद्ध वीरगंजमा प्रदर्शन

Image
वीरगंज, १४ वैशाख । राष्ट्रिय एकता अभियानले  पर्सामा राष्ट्रघाती बीआरआई सम्झौताविरूद्ध प्रदर्शन गरेको छ । अभियान निकट राष्ट्रिय विद्यार्थीले आज वीरगंज स्थित माइस्थान चौकमा राष्ट्रघाती राष्ट्रघाती बीआरआई सम्झौता खारेजीको माग गर्दै दर्शन गरेको हो । विद्यार्थी परिषदका केंद्रीय संयोजक विवेक कुशवाहा को नेतृत्वमा भएको बिरोध प्रदर्शनमा राष्ट्रघाती बीआरआई सम्झौता सार्वजनिक गर, चिनिया विस्तारवाद बन्द गर, पोखरा बिमानस्थलमा भएको भष्टाचार छानबिन गर, रेलको बहानामा सैन्य विस्तार बन्द गर, अघोषित नकाबन्दी खुल्ला गर, नेपाली विद्यार्थीहरूको पठन पाठन सुचारू गर र मीचिएको नेपाली भूमि फिर्ता गर जस्ता नारा लगाइएको थियो ।विद्यार्थीहरूले चीनविरूद्ध नारा लगाउँँदै चिनियाँ राष्ट्रपति सी चिङपिड्ढो पुतला समेत दहन गरेका छन् । सन् २०१३ देखि नै चर्चा चल्दै आएको भए पनि नेपालले आधिकारिक रूपमा बीआरआईलाई अँगालेको चाहिँ सन् २०१७ को मे १२ मा मात्र हो। हाल बीआरआई अन्तर्गत नेपालले रेल, सडक, ऊर्जा गरी आठ दशवटा परियोजनामा चिनियाँ लगानी भित्र्याउन खोजिरहेको भनिए पनि आधिकारिक रूपमा तिनको पहिचान भइसकेको छैन।

बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

Image
बीरगन्ज,१४ वैशाख । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै गएराति ट्रक र जीप ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षिय अजय सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति पौने १० बजे लु।२ ख १९४२ नम्बरको ट्रक र ना।५ च २८७३ नम्बरको जीप ठोक्किएका थिए । दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी चौकी पथलैयाले जानकारी दिएको छ ।

लिथियम आयन ब्याट्री प्रविधिले यसरी जोगाउन सक्छ हाम्रो विश्व

काठमाडौं । पृथ्वीको तापमान थप बढ्न नदिन अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नयाँ लक्ष्य तय भइरहेका छन् । तमाम देशको यो सङ्घर्षबीच लिथियम आयन ब्याट्री एक नयाँ आशा बनेर आएको छ । सन् २०१९ मा लिथियम-आयन ब्याट्रीलाई रसायन शास्त्रको नोबेल पुरस्कार प्राप्त भएको थियो । यसलाई विश्वको जीवाश्म इन्धनबाट मुक्तिको औजारको रुपमा हेरियो । सन् १९९१ मा आफ्नो व्यवसायिक सुरुवात भएको प्रविधिका लागि यो खराब प्रदर्शन होइन । लिथियम आयन ब्याट्री सन् १९९१ मा पहिलो पटक एउटा क्यामकार्डरभित्र प्रयोग गरिएको थियो । त्यस समय यो क्यामेरालाई एउटा ठूलो क्रान्तिकारी उपलब्धि मानिएको थियो । तर यसको एकदमै हलुका तौल, शक्तिशाली र रिचार्ज गर्न सकिने ब्याट्री ‘गेम चेन्जर’ थियो । त्यसपछि चाँडै नै लिथियम-आयन ब्याट्रीको प्रयोग कयौँ चिजमा हुन थाल्यो । ठूला पावर यन्त्रदेखि लिएर दाँत माझ्ने ब्रससम्ममा यसलाई राख्न थालियो । यी ब्याट्रीका कारण स्मार्टफोनदेखि इलेक्ट्रिक कारको अस्तित्व सम्भव भएको हो । अब यो ब्याट्रीले हाम्रो मोबाइल जिन्दगीलाई राम्रोसँग अगाडि बढाइरहेको छ । आज यिनलाई जलवायुको हिरोको संज्ञा दिन थालिएको छ ।  लिथियम ब्याट्...

३२ इन्चभन्दा ठूला टेलिभिजन नेपाल आयातमा सरकारको रोक

काठमाडौं । विदेशी मुद्रा सञ्चिती घट्दै गएपछि सरकारले विभिन्न वस्तुहरूको आयातमा प्रतिबन्ध लगाइरहेको छ । त्यसैक्रममा टेलिभिजन पनि आयात बन्देज लगाइएको सूचीमा परेको छ । बैशाख १३ गरे राजपत्रमार्फत सरकारले ३२ इन्चभन्दा माथिका रङ्गिन टेलिभिजनको आयातमा बन्देज लगाइएको उल्लेख गरेको हो । राजपत्रमा प्रकाशित मितिदेखि तोकिएको भन्दा ठूला टेलिभिजन आयातकर्ताले असार मसान्तसम्म ल्याउन पाउने छैनन् । साथै सरकारले ६०० अमेरिकी डलर अर्थात करिब ७३ हजार रुपैयाँमाथिका महँगा फोन आयातमा समेत रोक लगाएको छ । टेलिभिजनबाहेक कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, कार तथा भ्यान, २५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात पनि सरकारले प्रतिबन्ध लगाएको छ । त्यस्तै तास, हिरा, तयारी मदिरा, चुरोट तथा सूर्तीजन्य पदार्थहरुको पनि असारसम्म आयात बन्देज लगाएको राजपत्रमा उल्लेख छ । The post ३२ इन्चभन्दा ठूला टेलिभिजन नेपाल आयातमा सरकारको रोक appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/UtoaJ6D via IFTTT

अब ७३ हजार माथिका मोबाइल ल्याउन नपाइने, आईफोन लगायतका महँगा फोनको आयात ठप्प

काठमाडौं । सरकारले ७३ हजार रुपैयाँ ६ सय डलर) माथिका मोबाइल सेटको आयातमा बन्देज लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मङ्गलबार राजपत्रमा सूचना प्रकाशित गर्दै मोबाइल आयातमा बन्देज लगाएको हो । अत्यधिक आयातका कारण नेपालसँग सञ्चित रहेको विदेशी मुद्रामा चाप परेपछि सरकारले कतिपय वस्तुहरूको आयातमा बन्देज लगाएको छ । त्यसै अनुसार महङ्गा मोबाइलको आयात मा पनि रोक लगाइएको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालका लागि यस्तो बन्देज असार मसान्तसम्मका लागि मात्र लागू हुनेछ । तोकिएको मूल्यभन्दा कमका मोबाइल आयात भने रोकिने छैन । मङ्गलबारदेखि नै यो नियम लागू हुने भएकोले अबदेखि ६ सय डलरभन्दा बढी मूल्यका मोबाइल आयातको लागि बैंकहरूले प्रतीतपत्र खोल्न पाउने छैनन् । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामै नेपालले ३४ अर्ब रुपैयाँभन्दा बढीका मोबाइल आयात गरिसकेको छ । नेपालले धेरै आयात गर्ने वस्तुहरूमध्ये मोबाइल पाचौँ स्थानमा पर्छ । The post अब ७३ हजार माथिका मोबाइल ल्याउन नपाइने, आईफोन लगायतका महँगा फोनको आयात ठप्प appeared first on Tech News Nepal . ...

इन्टरनेटको तार होइन, अब भाडा नतिरे बिजुलीकै लाइन काटिदिने प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत पोलमा टाँगिएका अप्टिकल फाइबर तान्नका लागि सम्झौता नगर्ने र भाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको बिजुलीको लाइन जुनसुकै बेला काट्न सक्ने चेतावनी दिएको छ । केही सेवाप्रदायकले आंशिक क्षेत्रको मात्र पोल भाडा सम्झौता गरेको तथा केही सेवाप्रदायकहरूले सम्झौता नै नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको भन्दै प्राधिकरणले यस्तो सूचना जारी गरेको हो । ‘त्यस्ता सेवाप्रदायक संस्थाहरूले २०७९ वैशाख मसान्तभित्र विद्युत प्राधिकरणको सम्बन्धित क्षेत्रको प्रादेशिक कार्यालयमा सम्पर्क गरी नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न र हालसम्म बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्नु हुन् पुनः यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणले भनेको छ । साथै नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न नगराउन यस अघि नै पटक पटक सूचित गरिसकिएको भन्दै प्राधिकरणले नियमानुसार सम्झौता नगर्ने सेवाप्रदायक संस्थाहरूको सम्बन्धित क्षेत्रको कार्यालयको विद्युत लाइन नेपाल विद्युत प्राधिकरण विद्युत वितरण नियमावली अनुसार जुनसुकै समयमा काट्न सकिने र यसबाट निस्कने परिणामको जिम्मेवार सम्बन्धित...

छिपहरमाई गापा अध्यक्ष पदमा कांग्रेस नेता सिंहले मनोनयन दर्ता गरे

Image
पर्सा, १३ वैशाख । छिपहरमाई गाउँपालिकाको अध्यक्ष्Fमा नेपाली कांग्रेस पार्टीका नेता नविन सिंहको उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा  नेपाली कांग्रेसका लिलावति देवी कानुले उम्मेदवारी दर्ता गराएकी छिन् । छिपहरमाई गा.पा.को जमंगलापूरबाट नेपाली कांग्रेस पूर्व जिल्ला सचिव किशोरी साह कानु, नेपाली कांग्रेस पर्सा प्रवक्ता रमेश पांडेय, नेपाली कांग्रेस गा.पा. सभापति धूरेन्द्र साह कानु, जिल्ला सदस्य मुक्ति पासवान,जिल्ला सदस्य सुरेन्द्र यादवलगायत हजारौँको उपस्थितिमा सिँह छिपहरमाई गाउँंपालिकाको कार्यालयमा स्थापित निर्वाचन केन्द्रसम्म पुगेका हुन् । ब्यानर एवम् रूख चिन्ह र रूखको झन्डा सहित हजारौ नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसबाट सिँहको मनोनयन दर्ता गर्न उपस्थित थिए । बाजागाजासहित मनोनयन दर्ता गराउन पुगेका सिँहले जनताको उत्साहजनक उपस्थितिले आफु पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् । प्रतिगमनविरूद्धको विजयी हाँसिल गरेर देखाउने पर्सा प्रवक्ता रमेश पांडेयको दावी छ । जिल्ला समितिको निर्णयअनुसार पवित्र भएको हुँदा यसमा कसैले घात नगर्ने र जनताको भलाई तथा छिपहरमाई गाउँंपालिकाको बिकासका ला...

डिशहोम रिचार्ज गर्ने भाग्यशाली ग्राहकले पाए एक-एक लाख नगद

काठमाडौं । डीटीएच सेवा प्रदायक डिशहोमले सञ्चालन गरेको १ वर्षमा २४ महिना योजना अन्तर्गत भाग्यशाली दुई ग्राहकले एक-एक लाख नगद जितेका छन् । यो योजना अनुसार डिशहोम रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म डिशहोम डीटीएच सेवा उपभोग गर्न पाउनेछन् । साथै हरेक हप्ता लक्की ड्रमार्फत् एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् । यसै योजना अन्तर्गत वैशाख ५ र वैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकले एक–एक लाख रूपैयाँ जित्न सफल भएका छन् । डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकहाँ गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको एक बर्षको रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएकाे छ । The post डिशहोम रिचार्ज गर्ने भाग्यशाली ग्राहकले पाए एक-एक लाख नगद appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/NDneaoq via IFTTT

जहाजसम्बन्धी व्यवहारिक ज्ञान दिन एभियसन म्युजियममा विज्ञान प्रदर्शनी

काठमाडौं । एभियसन म्युजियम (उड्ययन संग्रहालय) ले नेपाली विद्यार्थीलाई लक्षित गर्दै विज्ञान प्रदर्शनी सुरू गरेको छ । प्रदर्शनीमा विद्यार्थीलाई उड्ययन प्रविधिको व्यवहारिक पक्षबारे ज्ञान दिइने एभियसन म्युजियमका संस्थापक तथा पाइलट क्याप्टेन वेद उप्रेतीले बताए । आफूले पढेको विज्ञानका विभिन्न सिद्धान्तहरू व्यवहारिक रूपमा कसरी काम लाग्छन् भन्ने कुरा बुझाउन प्रदर्शनी गरिएको उनको भनाइ छ । यसबाट धेरैलाई गाह्रो लागेको विज्ञान र गणित विषयतर्फ विद्यार्थीको रूचि बढाउन सकिने उनको विश्वास छ । प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति नन्दकिशोर पुनले एभियसन म्युजियमको विचार रोचक र महत्वपूर्ण लागेको बताए । ‘महङ्गा बिग्रेका सामाग्रीलाई यसरी संग्रहालयमा अध्ययन र प्रदर्शनीका लागि प्रयोग गर्नाले समाजलाई फाइदा भएको छ,’ उनले भने । मानव इतिहासको सबैभन्दा ठूलो उपलब्धि बनेको उड्ययन प्रविधिमा नेपालीले नवीनतम शैलीले काम गर्न एभिएसन म्युजियम सञ्चालन गर्नु उदाहरणीय कार्य भएको बताउँदै उनले नेपाली विद्यार्थीलाई एभियसनको क्षेत्रमा प्रवेश गर्न सहज हुने भनाइ व्यक्त गरे । एभियसन म्युजियमको विज्ञान प्रदर्शनीमा कक्...

के तपाईँ पसल व्यवसाय गर्नुहुन्छ ? उपयोगी हुनसक्छ नेपालमै बनेको यो सफ्टवेयर  

काठमाडौं । ई-कमर्स वेबसाइटका रूपमा सञ्चालन भइरहेका ‘ पसल ’ नामक स्टार्टअप कम्पनीले स्टक म्यानेजमेन्ट सिस्टम विकास गरेको छ । पाँच वर्षअघि स्थापना भएको कम्पनीले पसल तथा सानाठूला व्यवसाय व्यवस्थापन गर्न याे सफ्टवेयर तयार पारेको हाे ।  पसलमा कति सामान बिक्री भयो, कति उधारोमा गयो र नगद कति उठ्यो भन्ने कुराको जानकारी परम्परागत हिसाबले राख्ने गरिन्छ । त्यसलाई डिजिटल रूपमा कसरी लैजान सकिन्छ भन्ने उद्देश्यका साथ पसल नामक स्टक म्यानेजमेन्ट सिस्टम विकास गरिएको कम्पनीका संस्थापक तथा सीईओ सविन श्रेष्ठले बताए ।  कुनै पनि व्यवसायीले पसलको याे सफ्टवेयर प्रयोग गरेको खण्डमा विभिन्न किसिमका सहजता पाउन सक्छन् । यसबाट प्रयोगकर्ताले आफ्नो व्यवसाय (किराना, हार्डवेयर, फेन्सी, इलेक्ट्रोनिक पसल) मा आवश्यक सम्पूर्ण काम वैज्ञानिक तरिकाले व्यवस्थापन गर्न सक्छन् । यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो व्यवसायको दैनिक वा मासिक रिपोर्ट राख्न सक्छन् । साथै स्टक एनालाइसिस, बिजनेस समरी, स्क्यान गरी इन्ट्री गरेको बिल सर्च गर्ने आदि सुविधा पनि यसमा छन् ।  जसले गर्दा प्रयोगकर्ताले आफ्नो व्यवसायमा हुने विभिन्...

ज्याक डोर्सी भन्छन्ः एलन मस्क ट्वीटरको भविष्यका लागि एक्लो समाधान हुन्

Image
काठमाडौं । ट्वीटरका सहसंस्थापक तथा ब्लक हेड ज्याक डोर्सीले एलन मस्कलाई कम्पनीको नयाँ मालिकको रुपमा स्पष्ट रुपमा आफ्नो समर्थन व्यक्त गरेका छन् । ट्वीटर र मस्कबीचको ४४ अर्ब डलरको डिल पश्चात आफ्नो पहिलो सार्वजनिक अभिव्यक्तिको रुपमा डोर्सीले भनेका छन्, ‘मलाई विश्वास छ, एलन एक्लो समाधान हुन् ।’ डोर्सीले लेखेका छन्, ‘मस्क र वर्तमान सीईओ पराग अग्रवाल कम्पनीलाई असम्भव अवस्थाबाट बाहिर निकालिरहेका थिए’ र ‘र कम्पनी सही दिशामा’ थियो । ट्वीटरको संरचना कस्तो बन्यो भन्ने विषयमा डोर्सीले आफूमा पश्चाताप रहेको सङ्केत समेत गरेका छन् । I love Twitter. Twitter is the closest thing we have to a global consciousness. — jack (@jack) April 26, 2022 ‘त्यो सोच र सेवा सबै कुरा मेरो लागि अर्थपूर्ण छ, त्यो दुवै कुरा जोगाउनका लागि जे गर्नु परेपनि म तयार छु,’ उनले लेखेका छन् । ‘ट्वीटर कम्पनी मेरा लागि सधैँ एक मात्र मुद्दा र ठूलो पश्चातापको विषय बनेको छ । त्यसमा वालस्ट्रिटको स्वामित्वमा रहनु र विज्ञापनको मोडल प्रमुख विषय हो । वाल स्ट्रिटबाट फिर्ता ल्याउनु पहिलो सही कदम हो ।’ ‘सैद्धान्तिक रुपमा ट्वीटर कसको ...

एप्पल भन्छः आईफोनसँगै चार्जर नदिएर पृथ्वीको साढे ५ लाख टन धातु जोगायौँ

काठमाडौं । आईफोन १ध देखि एप्पलले आफ्नो नयाँ स्मार्टफोनको बक्समा चार्जर राख्न छोडेको छ । त्यसो त एप्पलको यस किसिमको निर्णयलाई लिएर अनेकौँ आलोचना समेत भए, तर एप्पल पछि फर्किने पक्षमा छैन । बरु कम्पनीले आईफोनको बक्सबाट चार्जर हटाउँदा वातावरण संरक्षणलाई सघाउ पुगेको दाबी गर्दै आएको छ । यस अतिरिक्त कम्पनीले आईफोनसँगै चार्जर नदिँदा पाँच लाख ५० हजार टन धातु बचत भएको समेत दाबी प्रस्तुत गरेको छ । वातावरण संरक्षण सम्बन्धी आफ्नो ट्रान्सक्रिप्टमा पुनः जोड दिँदै एप्पलले भनेको छ, ‘अब चार्जर समावेश हुने छैन, यो परिवर्तन वास्तवमै ‘बोल्ड’ छ । अनुमान गरिए अनुसार हामीले पाँच लाख ५० हजार तामा, टिन र  जस्ता धातु जोगाएका छौँ । पृथ्वीको स्रोत साधनको न्यूनतम दोहन गर्ने कुराको छुट्टै अर्थ छ ।’ एप्पलको दाबीमा पृथ्वीको प्राकृतिक संसाधन जोगाएको कुरा मात्र छैन, आफ्नो नयाँ नीतिले आईफोन प्रोडक्टको बक्स बेर्न प्रयोग हुने प्लास्टिक फिल्म समेत पूर्ण रुपमा हटाइएको समेत उल्लेख गरेको छ । त्यस हिसाबले यसमा प्रयोग हुने ६०० टन प्लास्टिकको प्रयोग समेत कम भएको छ । प्रयोगकर्ताका लागि एप्पलको यस किसिमको व्याख्याको कुनै अर...

अन्तत: ५४ खर्बमा एलन मस्कले किन्ने भए ट्वीटर

काठमाडौं । अन्ततः एलन मस्कले लोकप्रिय सोसल मिडिया प्लेटफर्म ट्वीटर खरिद गर्ने भएका छन् । ट्वीटर इंकले आफ्नो कम्पनी ४४ अर्ब डलर (करिब ५४ अर्ब रूपैयाँ) मा मस्कलाई बेच्न सहमति जनाएको हो । सोमबार भएको सम्झौता अनुसार मस्कले प्रतिकित्ता ५४.२० डलरमा कम्पनीको पुरै शेयर किन्ने भएका छन् । गत महिनामात्रै मस्कले ट्वीटरको सर्वाधिक शेयर खरिद गरेका थिए । त्यसलगत्तै उनले कम्पनी नै निजी बनाउने गरी सबै शेयर किन्ने प्रस्ताव पठाएका थिए । मस्कको प्रस्ताव अनुरुप नै ट्वीटरले कम्पनी बेच्न सहमति जनाएको हो । १६ वर्षअघि स्थापना भएको ट्वीटर विश्वकै लोकप्रिय सोसल मिडिया प्लेटफर्मका रूपमा स्थापित छ । स्वतन्त्र अभिव्यक्तिका लागि ट्वीटरले कम्पनीको कन्टेन्ट मोडेरेसन विचारमा खुला रूपमा पारदर्शिता बढाउनुपर्ने धारणा व्यक्त गर्दै आएका मस्कले अन्ततः ट्वीटर नै खरिद गर्ने पक्का भएको छ । उनले ट्वीटर इंकसँगको संयुक्त वक्तव्यमा ट्वीटरलाई पहिलेभन्दा अझ राम्रो बनाउने बताएका छन् । यसैबीच मस्कले ट्वीटर किन्ने खबर बाहिरिएसँगै कम्पनीको शेयर लगातार बढेको सञ्चारमाध्यमले जनाएका छन् । The post अन्तत: ५४ खर्बमा एलन मस्कले किन्ने भए ट...

इन्स्टाग्राममा आफूलाई केही समयका लागि लुकाउन चाहनुहुन्छ ? यसो गर्नुहोस् 

काठमाडौं । इन्स्टाग्राम नेपालमा मात्र होइन, विश्वभर नै लोकप्रिय सामाजिक सञ्जालको रुपमा स्थापित भएको छ । यो प्लेटफर्मकको प्रयोग फोटो, भिडिओ तथा स्टोरी शेयर गर्नका लागि हुने गर्दछ । तर इन्स्टाग्राममा फिड तथा रिल्स स्क्रोल गर्दै जाँदा वा च्याट गर्दा तपाईँ हाम्रो थुप्रै समय बर्बाद भइरहेको हुन्छ । यस्तोमा तपाईँ केही समयका लागि इन्स्टाग्रामबाट ब्रेक लिन चाहनुहुन्छ वा आफ्नो इन्स्टाग्रामलाई निश्चित समयका लागि अस्थायी बन्द गर्न चाहनुहुन्छ भने त्यसको सुविधा पनि पाउन सक्नुहुन्छ । तर यो सुविधा तपाईँले मोबाइलमा भने पाउन सक्नुहुन्न । यसका लागि तपाईँलाई ल्यापटप वा कम्प्युटरको आवश्यकता पर्दछ । इन्स्टाग्राम अकाउन्ट अस्थायी रुपमा बन्द कसरीगर्ने ? यदि तपाईँ आफ्नो इन्स्टाग्राम अकाउन्ट अस्थायी रुपमा हटाउन वा डिसेबल गर्न चाहनुहुन्छ भने निम्न प्रक्रिया चरणवद्ध रुपमा पच्छ्याउनु पर्ने हुन्छ । -आफ्नो ल्यापटप तथा कम्प्युटरमा आफ्नो इन्स्टाग्राम अकाउन्ट खोल्नुहोस् । -अब माथि दयाँ तर्फ कुनामा रहेको प्रोफाइल फोटोमा जानुहोस् । -त्यसपछि एडिट प्रोफाइल अप्सनमा गएर स्क्रोल गर्नुहोस् । -अब त्यहाँ अन्तिममा रहेको ‘ट...

गिरिश गिरीको मनोनयनपत्र दर्ता

Image
वीरगंज, १२ वैशाख । वीरगञ्ज महानगरपालिकाको मेयरमा राप्रपाका गिरिश गिरीले मनोनयन पत्र दर्ता गराएका छन् । उनले आफू वीरगञ्जको सेवा गर्नका निम्ति मेयरमा उम्मेदवार भएको बताए । आफूलाई वीरगञ्जको सेवा गर्नका लागि राप्रपाले अवसर दिएको जनाए । वीरगञ्जको विकासमा आफूले योगदान गर्न सक्ने ठानेर नै उम्मेदवारी दिएको उनले प्रस्ट पारे ।