Posts

Showing posts from November, 2021

घट्यो कनेक्ट आईपीएसको कारोबार शुल्क

काठमाडौं । नेसनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले गत मंसिर ७ गतेदेखि लागू हुने गरी कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ । नयाँ कारोबार शुल्कअनुरुप बैंक/वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकका ग्राहकले अब कारोबार रकमबमोजिम दुईदेखि आठ रुपैयाँसम्मको प्रतिकारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् । रु. ५०० सम्मको भुक्तानीमा प्रतिकारोबार शुल्क दुई रुपैयाँ, रु. ५०० भन्दामाथि रु. ५,००० सम्म प्रतिकारोबार शुल्क चार रूपैयाँ र रु. ५,००० भन्दामाथिको भुक्तानी रकममा कारोबार शुल्क आठ रुपैयाँ लागू हुने भएको छ । यसले ग्राहकलाई एनसीएचएलका कनेक्टआईपीएस वेब/मोबाइल एप, बैंक/वित्तीय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड/विथड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ । कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क दुईदेखि पाँच रुपैयाँ कायम रहेको छ । नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवर्द्धनका निम्ति एनसीएचएलले समय–समयमा यथोचित रुपम...

ह्वावेको ‘सिड्स फर फ्युचर प्रोग्राम’ सुरु, नेपालबाट २० विद्यार्थी सहभागी हुँदै

काठमाडौं । ह्वावेले विश्वव्यापी रुपमा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिड्स फर फ्युचर प्रोग्राम सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर विश्वका एक सय ३० देशमा सञ्चालित यस कार्यक्रममा नेपालबाट २० जना विद्यार्थी सहभागी हुने भएका छन् । सन् २००८ सालमा थाइल्याण्डबाट सुरु भएको यो कार्यक्रममा नेपाली विद्यार्थी पहिलो पटक सहभागी हुने भएका हुन् । यसका लागि ह्वावेले गएको अक्टोबर ६७ देखि यही नोभेम्बर ७ तारिखसम्म नेपाली विद्यार्थीमाझ आवेदन माग गरेको थियो । जसमा कुल एक सय ३६ विद्यार्थीको आवेदन परेको थियो । त्यसमध्येबाट उत्कृष्ट २० छनोटमा परेका हुन् । जसमा काठमाडौं उपत्यका बाहिरका ४ जना विद्यार्थी छन् । छनोट भएका २० जनाले ८ दिन अनलाइन तालिममा सहभागी हुनेछन् । साथै उनीहरूलाई ह्वावेले निर्माण गरेको घान्द्रुकस्थित फोरजी बेस स्टेसनको अवलोकन र प्रविधि क्षेत्रका विज्ञद्वारा लिने कक्षामा समेत सहभागी गराइने जनाइएको छ । त्यस्तै उनीहरूले टेक फर गुड नामक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् । जहाँ उनीहरूले आफूसँग भएको नयाँ योजना प्रस...

सार्वजनिक भयो सामसङको ‘वान यूआई ४’, कुन-कुन फोनले पाउँदैछन् अपडेट

काठमाडौं । सामसङले आफ्ना स्मार्टफोन, ट्याब्लेट, घडी लगायतका उपकरणका लागि नयाँ सफ्टवेयर अपडेट ल्याएको छ । गोपनीयता र सुरक्षासम्बन्धी नयाँ फिचर समावेश गर्दै कम्पनीले ‘वान यूआई ४’ औपचारिक रुपमा सार्वजनिक गरेको हो । सुरुवाती चरणमा यो ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा सिरिजमा समावेश हुनेछ । यसपछि ‘ए’ सिरिज र ‘जेड’ सिरिजका स्मार्टफोन र ट्याब्लेटले यो अपडेट पाउनेछन् । ‘हामी हरकोहीलाई सम्भव भएसम्म छिटोभन्दा छिटो उत्कृष्ट मोबाइलको अनुभव दिलाउन प्रतिबद्ध छौं,’ सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘चाँडै नै अन्य स्मार्टफोन र ट्याब्लेट प्रयोगकर्ताहरु पनि हाम्रो समग्र इकोसिस्टममा थप सहजताको अनुभव संगाल्दै यो सफ्टवेयर अपडेटबाट लाभान्वित हुनुहुनेछ ।’ कम्पनीका अनुसार नयाँ युजर इन्टरफेसमा प्रयाेगकर्ताका लागि थप कस्टमाइजेसन विकल्प दिइएको छ । यसमा ‘फोटो रिमास्टरिङ’ फिचर थप गरिएको छ, जसले प्रयोगकर्तालाई फोटो अझ सुन्दर बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ । साथै यसमा प्रयोगकर्ताको चाहनाअनुसार आइकन, मेन्यु, ब्याकग्राउन्ड, कलर लगायतका विकल्प छान्ने सुविधा छ । साथ...

वर्षौंसम्म स्मार्टफोन टिकाउन यसो गर्नुहोस्

काठमाडौं । माेबाइलकाे प्रयाेग कल गर्न वा टेक्स्ट गर्न मात्रै सीमित रहेन । आजकल माेबाइलमै असंख्य काम गर्न सकिन्छ । माेबाइलबिनाकाे जीवन अधुराे जस्तै बनिरहेकाे छ । खेल खेल्न, भिडियो कल गर्न, इन्टरनेट ब्राउज गर्न, च्याटिङ गर्नुका साथमा स्ट्रिमिङ गर्न पनि माेबाइलकाे प्रयाेग भइरहेकाे छ । यस्तो अवस्थामा स्मार्टफोन लामो समयसम्म टिकाउने चुनौती तपाईं हामी सबैलाई छ । स्मार्टफोन आफैंमा पनि किनिरहन सक्ने वस्तु होइन । एकपटक किनेपछि लामो समयसम्म प्रयोग गर्न सकियोस् भनेर नै हामीले महंगो रकम तिरेर मोबाइल खरिद गर्छौं । तर हाम्रै असावधनीका कारण स्मार्टफोन चाँडै बिग्रने खतरा हुन्छ । आज हामीलाई स्मार्टफोनको आयु बढाउने केही साधारण टिप्स दिँदै छौं । फाेन केस प्रयाेग गर्नुहाेस् खरिद गर्दा सबै स्मार्टफाेन धेरै सुन्दर देखिन्छन् । तर याे निकै संवेदनशील हुन्छ र जुनसुकै बेला नाेक्सानकाे खतरामा याे पर्न सक्छ । यसर्थ यसकाे संवेदनशील भाग जाेगाइराख्न विभिन्न किसिमका फाेन केसहरू किन्न सक्नुहुन्छ । फाेन केस भन्नाले माेबाइलकाे सुरक्षाका लागि निर्माण गरिएका त्यस्ता एक्सेसाेरिजहरू हुन्, जसले तपाईंको फाेनलाई धुलाे, पा...

खेलाडीको अफसाइड पोजिसन पत्ता लगाउने प्रविधि परीक्षण गर्दै फिफा

काठमाडौं । फिफाले सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फुटबल प्रतियाेगितामा खेलाडीहरू अफसाइड पोजिसनमा छ वा छैन भनेर थाहा पाउने प्रविधिको परिक्षण गरिरहेको खुलासा भएको छ । यो कुरा फिफाले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट सार्वजनिक गरेको हो । सेमी अटोमेटिक अफसाइड टेक्नोलोजी, जसलाई लिम्ब ट्रयाकिङ पनि भनिन्छ, प्रयोग गरेर खेलाडीहरू अफसाइड भए/नभएको पत्ता लगाउने फिफाले जनाएको छ । फिफाका अनुसार स्टेडियमको छतमा क्यामेराहरू सेटअप गरिनेछ, जसले भिडिओबाट लिम्ब डेटा निकालेर अपरेटिङ रुममा बसेका अधिकारीहरूलाई खेलाडी अफसाइड पोजिसनमा भएको जानकारी तत्कालै उपलब्ध गराउनेछ ।  बीबीसीमा प्रकाशित लेख का अनुसार करिब १० देखि १२ वटा क्यामेराले एकजना खेलाडीको डेटा संकलन एक सेकेन्डमा ५० पटक गर्नेछ । योभन्दा अगाडिका खेलमा भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिको प्रयोग गरिएको थियो, जुन विवादमा पनि आएको थियो । हाल, भीएआरले खेलाडीहरू अफसाइड छन् कि छैनन् भनी पुष्टि गर्नको लागि भिडिओ फिडको विश्लेषण र पिचमा रेखाहरू कोर्ने काम गर्दछ । तर सो भिडिओ फुटेजमा धेरैजसो समयमा खेलाडीको स्थितिको विषयमा निश्चित फुटेज संकल...

सन् २०२१ का उत्कृष्ट एन्ड्रोइड एप र गेम, तपाईंले प्रयोग गर्नुभयो त ?

काठमाडौं । गुगल प्ले स्टोरमा सन् २०२१ मा लोकप्रिय एन्ड्रोइड एप र गेमकाे नाम सार्वजनिक भएको छ । गुगलले प्रयोगकर्ताको भोटिङ र प्ले स्टोरमा लोकप्रियता को आधारमा सन् २०२१ का उत्कृष्ट एन्ड्रोइड एप र गेमको सूची तयार पारेकाे हाे यसअन्तर्गत गुगलले विभिन्न विधाअन्तर्गत उत्कृष्ट एन्ड्रोइड एप र गेम प्रस्तुत गरेको छ । व्यवसायिक जीवनका लागि २०२१ का उत्कृष्ट एप  एम्प्याथी  मेन्टर स्पेस स्पिचिफाई दैनिक जीवनमा आवश्यक उत्कृष्ट एप ब्लोजम  फोटोरुम  र्‍याबिट  मनोरञ्जनका लागि उत्कृष्ट एप  क्लबहाउस  नुब्ली ह्वाटिफाई  आत्मीय शान्तिका लागि उत्कृष्ट एप  लाफस्केप  मुनबिम  मुनलि   व्यक्तित्व विकासका लागि उत्कृष्ट एप ब्यालेन्स  क्लेमनटाइन  अपटाइम २०२१ का उत्कृष्ट एन्ड्रोइड गेम उत्कृष्ट प्रतिस्पर्धात्मक गेम लिग अफ लिजेन्डस्: वाइल्ड रिफ्ट  मार्बल फ्युचर रिभोलुशन  पोकेमन युनाइट रग ल्यान्ड सस्पेक्ट्स: मिस्ट्रि म्यानसन  उत्कृष्ट गेम चेन्जरहरू  इन्क्ड ज्याकेनअप नाइट अफ स्यान फ्रान्सिस्को  ...

एकै पटक तीनवटा डिभाइस चार्ज गर्न मिल्ने चार्जरको तयारीमा एप्पल

काठमाडौं । एप्पलले आफ्नो वायरलेस चार्जर एयरपावरु को उत्पादन रोकेको वर्षौ बितिसकेको भएता पनि त्यसको अस्तित्व अझै बाँकी रहेको छ । हाल एप्पलले सोही प्रविधिमा आधारित भएर नयाँ चार्जरमा काम गरिरहेको उल्लेख गरिएको छ । जसले एकै समयमा तीनवटा डिभाइसहरू चार्ज गर्न जनाइएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम  ब्लुम्बर्गका अनुसार एप्पलले छोटो र लामो दुवै दूरीमा डिभाइसहरू सहज रुपमा चार्ज गर्न सक्ने वायरलेस चार्जरको निर्माण गरिरहेको छ । यसैपनि एप्पलका फोन तथा अन्य उत्पादनले रिभर्स वायरलेस चार्जिङ सपोर्ट गर्दैन । यस्तोमा यदि कम्पनीले यो नयाँ चार्जर बजारमा ल्याएको खण्डमा प्रतिस्पर्धी कम्पनीहरूका लागि चुनौती हुनसक्ने अनुमान गरिएको छ । हुने त कम्पनीले यसअघि नै बजारमा उपलब्ध गराउने भनेको एयरपावर बजारमा ल्याउन नसक्दा आलोचना खेपिरहेको छ । यस्तोमा यो परियोजना पनि कम्पनीका लागि चुनौतीपूर्ण हुन सक्ने छ ।    The post एकै पटक तीनवटा डिभाइस चार्ज गर्न मिल्ने चार्जरको तयारीमा एप्पल appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/32ACF1M via

तपाईंको इन्स्टाग्राम अकाउन्ट अरु कसैले त चलाएको छैन ? यसरी चेक गर्नुहोस्

काठमाडौं । अन्य सामाजिक सञ्जाल जस्तै इन्स्टाग्रामले पनि तपाईंको अकाउण्टमा विभिन्न सुविधि उपलब्ध गराउन थर्ड पार्टी एपसँग सहकार्य गरिरहेको हुन्छ । त्यो हुँदा विभिन्न एप तथा वेबसाइटले कम्पनीले तपाईंको अकाउण्टमा पहुँच दिइरहेको हुन्छ । त्यतिमात्रै नभएर कतिपय अवस्थामा तपाईंको डेटा माथिपनि त्यस्ता एप तथा वेबसाइटले पहुँच बनाइरहेका हुन्छन् । यस्तोमा कस्तो डेटामा अरुलाई पहुँच दिने अथवा पहुँच प्राप्त एप तथा वेबसाइट आधिकारिक हुन वा होइनन् भन्ने विषय यकिन गर्न जरुरी हुन्छ । इन्स्टाग्रामले आफ्नो अकाउण्टमा कसले पहुँच बनाइरहेका छन् भन्ने विषयमा प्रयोगकर्ता आफैंले पनि हेर्न सकिने सुविधा दिएको छ । त्यतिमात्रै नभएर अनावश्यक वेबसाइट तथा एपलाई हटाउन सक्ने सुविधा समेत उपलब्ध गराएको छ । त्यसैले यहाँ हामी तपाईंहरूलाई तपाईंको अकाउण्टमा कुन एप तथा वेबसाइटको पहुँच छ, त्यसमध्ये अनावश्यक एपलाई कसरी हटाउने भन्ने विषयमा जानकारी दिँदैछौं । वेबसाइटमा हेर्न तरिका यदि तपाईं ल्यापटप तथा कम्प्युटरमा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने पहिलो कुरा तपाईंले सुरक्षित ब्राउजर प्रयोग गरिरहनु भएको छ भनी यकिन गर्न आवश्यक छ । त...

७२ कराेड पुरस्कार राशिकाे पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप सुरु

काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२१ (पीएमजीसी २०२१) आजदेखि सुरु हुँदैछ । विश्वभरबाट ४० टिमले सहभागिता जनाएको यो प्रतियोगितामा २० टोली पूर्वीय क्षेत्र र २० टोली पश्चिमी क्षेत्रका रहेका छन् । यी दुवै क्षेत्रका टिमले अन्तिम चरणमा पुग्न सुरुमा आ-आफ्नो क्षेत्रका टिमसँग प्रतिस्पर्धा गर्नेछन् । यसपश्चात पूर्वी क्षेत्रबाट ९ टिम र पश्चिमबाट ६ टिम अन्तिम चरण (ग्राण्ड फिनाले) मा पुग्नेछन्, जुन सन् २०२२ को जनवरी २१ देखि २३ सम्म हुनेछ । नेपालबाट भने यो प्रतियोगितामा डीआरएस गेमिङ र डेडआइज गाइजले सहभागिता जनाउँदै छन् । आजदेखि चार हप्तासम्म सञ्चालन हुने यो ग्लोबल च्याम्पियनशिपको कुल पुरस्कार राशि ६० लाख अमेरिकी डलर करिब ७२ करोड रुपैयाँ रहेको छ । पीएमजीसीका सम्पूर्ण खेल पब्जी मोबाइल ईस्पोर्टसको आधिकारिक युट्युव च्यानलमार्फत हेर्न सकिन्छ ।  The post ७२ कराेड पुरस्कार राशिकाे पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप सुरु appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/3EmPYkJ via

सूचना महामार्गको प्रगति, एक महिनामा जम्मा एक किलोमिटर फाइबर विस्तार

काठमाडौं । अप्टिकल फाइबर कुनै पनि देशको सूचना प्रविधि तथा दूरसञ्चार सेवाका लागि मेरुदण्ड नै हो । तर, नेपालको पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी लोकमार्गलाई आधार मानेर सूचना महामार्ग निर्माण गर्ने सरकारको अभियानले सोचे अनुरूप गति लिन सकेको छैन । सूचना महामार्गका रुपमा लोकमार्गसहित सबै जिल्लाका सदरमुकाम र नगरपालिकासम्म कुल पाँच हजार ५३१ अप्टिक फाइबर बिछ्याउने गरी करिब १० अर्बको लागतमा यो परियोजना अघि बढाइएको थियो । यो परियोजना सम्झौता भएको मितिले दुई वर्षभित्र सक्नुपर्ने हो । तर, समयसीमा पुरा भएको पनि झण्डै दुई वर्ष बितिसक्दा पनि यसको प्रगति न्यून छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरैमात्र ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरूको कात्तिक मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार हालसम्म कुल १ हजार १४ किलोमिटर फाइबर बिछ्‌याइएको छ । जुन अघिल्लो महिना अर्थात असोजको तुलनामा जम्मा एक किलोमिटरमात्रै बढी हो । प्राधिकरणले जारी गरेको असोज महिनाको प्रगति विवरण अनुसार उक्त महिनामा कुल १ हजार १३ किलोमिटर फाइबर बिछ्‌याइएको...

६ महिनाभित्र फाइभजी परीक्षण गर्ने टेलिकमको तयारी

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले आगामी ६ महिनाभित्र फाइभजी परीक्षण गर्ने तयारी गरेको छ । दुई साताअघि फाइभजी परीक्षणका लागि अनुमति पाएको टेलिकमले यसका लागि प्राविधिक प्रक्रिया सुरु गरेको छ । टेलिकम स्रोतका अनुसार हालै भेन्डरसँगको छलफलपछि ६ महिनाभित्र परीक्षण सुरुवात गर्ने गरी कार्ययोजना बनाइएको छ । याे अवधिमा आवश्यक हार्डवेयर/सफ्टवेयर आयात तथा जडानको काम सकी परीक्षण प्रारम्भ गर्ने कम्पनीकाे याेजना छ । परीक्षण अवधिमा प्रयोगकर्ताबाट कुनै शुल्क असुल गर्न नपाउने प्रावधान राखिएको छ । यसरी परीक्षणका लागि उपलब्ध गराइएको फ्रिक्वेन्सी परीक्षणको अवधि समाप्त भएसँगै फिर्ता हुने ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ मा उल्लेख छ । फाइभजी परीक्षणका लागि प्राधिकरणले टेलिकमलाई २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । यसअघि टेलिकमले फाइजभी परीक्षणका लागि सरकारसँग २६०० मेगाहर्ज ब्याण्डमा सय मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउन माग गरेको थियो । साथै ८०० मेगाहर्ज ब्याण्डमा समेत फाइभजी परीक्षणका लागि स्वीकृति प्रदान गर्न आग्रह गरिए...

टेस्ला उत्पादनमा हतार नगरी खर्च घटाउन कर्मचारीलाई मस्कको निर्देशन

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले आफ्ना कर्मचारीलाई कार उत्पादनमा हतार नगर्न र खर्च घटाउनका लागि ध्यान दिन निर्देशन दिएका छन् । उपभोक्तालाई दिनुपर्ने कार उत्पादनका लागि कर्मचारीलाई बढी भुक्तानी गर्दा र काम ठेकेदारलाई जिम्मा दिँदा लागत बढेको भन्दै मस्कले आफू मातहतका कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् । टेस्ला कार अर्डर गरेका ग्राहकलाई यो वर्षको अन्त्यसम्म कार डेलिभरी दिन धेरै कामदारले ओभरटाइम काम गरिरहेका छन् भने कम्पनीले नभ्याउने काम बाहिरी कम्पनीलाई ठेक्का दिइएको छ । मस्कले आफ्ना कर्मचारीलाई पठाएको आन्तरिक मेमो सार्वजनिक गर्दै सीएनबीसीले समाचार प्रकाशित गरेको छ । टेस्लाले सन् २०२१ को तेस्रो त्रैमासिकमा मात्रै दुई लाख ४१ हजार वटा टेस्ला कार बिक्री गरेको छ । विश्वभर चिप अभावका कारण कार निर्माताहरुले आफ्नो उत्पादनमा ढिलाइ गरिरहँदा पनि टेस्लाले बिक्री र नाफा दुवै बढाएको छ ।  The post टेस्ला उत्पादनमा हतार नगरी खर्च घटाउन कर्मचारीलाई मस्कको निर्देशन appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/3D7F295 via

फाइभजीमा सफल भयो भोडाफोन आइडिया, ४.१ जीबीपीएसको गतिमा चल्यो इन्टरनेट

काठमाडौं । भारतीय दूरसञ्चार सेवाप्रदायक भोडाफोन आइडिया फाइभजी परीक्षणमा सफल भएको छ । गएको शुक्रबार भारतको पुणेमा गरिएको फाइभजी परीक्षणमा कम्पनीले ४.१ जीबीपीएसको गति हासिल गर्न सफल भएको हो । कम्पनीले भारतका तीन सहर पुणे, महाराष्ट्र र गान्धीनगरमा फाइभजी परीक्षणका लागि अनुमति प्राप्त गरेको छ, जहाँ दुई फरक सेवाप्रदायकबाट फाइभजी परीक्षणको काम गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गान्धीनगरमा नोकियासँग र पुणेमा एरिक्सनसँग परीक्षण भइरहेको छ । त्यसमध्ये पुणेमा भएको परीक्षणमा ४.१ जीबीपीएस गति हासिल भएकाे कम्पनीकाे दाबी छ । उक्त स्थानमा २६ गिगाहर्ज ब्याण्डको स्पेक्ट्रम प्रयोग गरिएको थियो । थप दुई स्थानमा पनि चाँडै परीक्षण अघि बढाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार परीक्षण क्रममा मेडिकल, क्लाउड गेमिङ, आपतकालीन सेवालाई देशका दुर्गम क्षेत्रमा जोड्नका लागि प्रयोग गरिने छ  । The post फाइभजीमा सफल भयो भोडाफोन आइडिया, ४.१ जीबीपीएसको गतिमा चल्यो इन्टरनेट appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/3d4OUG1 via

सार्वजनिक सवारीमा जीपीएस उपकरण जडान सुरु, पहिलो चरणमा नि:शुल्क जोडिने

काठमाडौं । सार्वजनिक सवारी साधनको निगरानी तथा यातायात सुरक्षाका लागि सरकारले जीपीएस ट्र्याकिङ प्रणाली सुरु गरेको छ । यातायात व्यवस्था विभागले हालैमात्र एक सूचना सार्वजनिक गर्दै सार्वजनिक सवारीमा जीपीएस डिभाइस जडान सुरु गर्न लागिएको जानकारी दिएको हो । सूचना अनुसार जीपीएस भेहिकल ट्र्याकिङ सिस्ट(भीटीएस) को विकास भई कार्यान्वयनको चरणमा रहेको छ । विभागले पहिलो चरणमा केही रुटहरुलाई उक्त प्रणाली कार्यान्वयनको अध्ययनका रुपमा अगाडि बढाउन लागेको हो । जस अनुसार काठमाडौं-विरगन्ज, काठमाडौं-जनकपुर र काठमाडौं-पोखरा सडक खन्डका १ सय सवारीमा जीपीएस डिभाइस जडान हुनेछ । विभागले अध्ययनका लागि पहिलो चरणमा सबै सवारीलाई निस्शुल्क रुपमै जीपीएस डिभाइस जडान गर्ने जनाएको छ । पहिलो चरणमा नि:शुल्क डिभाइस जडानका लागि विभागले उक्त रुटका सवारी संचालकलाई विभागमा दर्ता गराउन आह्वानसमेत गरेको छ । पहिलो आउने आधारमा त्यस्तो दर्ता गराइने पनि विभागले स्पस्ट पारेको छ । दर्ताका लागि सम्बन्धित यातायात व्यवसाय प्रमाण-पत्र, सवारी साधन दर्ता प्रमाण-पत्र, सवारी चालक अनुमतिपत्र र नेपाली नागरिकता बुझाउनुपर्नेछ । The post सार्वजन...

क्रिप्टो माइनिङ बढेपछि काजकिस्तानमा ऊर्जा अभाव

काठमाडौं । क्रिप्टोकरेन्सी माइनिङ गर्नेको सङ्ख्या बढेपछि काजकिस्तानमा ऊर्जाको माग बढेको छ । फाइनान्सियल टाइम्सले प्रकाशित गरेको समाचार अनुसार क्रिप्टोकरेन्सी माइनिङ गर्नेको सङ्ख्या बढेपछि त्यहाँको विद्युत् ग्रिडमा चाप बढेको छ । चीनले यही वर्ष क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउँदै क्रिप्टोकरेन्सीमार्फत् हुने सबै कारोबारलाई अवैध घोषणा गरेको थियो । चीनको यो निर्णयसँगै धेरै चिनियाँहरू क्रिप्टो माइनिङका लागि काजकिस्तान आइपुगेको बताइएको छ ।  फाइनान्सियल टाइम्समा प्रकाशित समाचार अनुसार सन् २०२१ को सुरुवात यता काजकिस्तानमा ऊर्जाको माग आठ प्रतिशतले बढेको छ । यसअघिका वर्षमा काजकिस्तामा प्रतिवर्ष ऊर्जाको माग एक वा दुई प्रतिशतले मात्रै बढ्ने गरेको तथ्याङ्क छ । यूनिभर्सिटी अफ क्याब्रिजको तथ्याङ्क अनुसार अमेरिकापछि सबैभन्दा बढी क्रिप्टो माइनिङ हुने देशको सूचीमा काजकिस्तान परेको छ । गत महिना मात्रै कोइलाबाट ऊर्जा उत्पादन गर्ने काजकिस्तान तीन वटा प्लान्ट बन्द भएको थियो । तीन प्लान्ट बन्द हुँदा ऊर्जा अभावको सामना गरिरहेको काजकिस्तानमा क्रिप्टो माइनिङका कारण विद्युत् माग थप बढ्दा ऊर्जा व्यवस्थापनमा...

ट्विटरका सीईओले पद छाडे, भारतीय मूलका पराग अग्रवालले नेतृत्व सम्हाल्ने

काठमाडौं । ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले आफ्नो पद छाडेका छन् । भारतीय मूलका पराज अग्रवाल ट्विटरको नयाँ सीईओ बनको कम्पनीले जानकारी दिएको छ । अग्रवाल ट्विटरको प्रमुख प्राविधिक अधिकृत थिए । डोर्सीले ट्विट गर्दै सीईओ पद छाडेको घोषणा गरेका छन् भने अग्रवालले ट्विट गर्दै भविष्यको लागि उत्साहित भएको टिप्पणी गरेका छन् । भारतको चर्चित आईआईटी बम्बेका विद्यार्थी अग्रवालले ट्विट गर्दै आफ्नो नयाँ भूमिकाबारे उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । ‘हामीलाई अहिले विश्वले नै हेरिरहेको छ । यो जानकारीबारे धेरै मानिसको धेरै खाले धारणा हुन सक्छ किनकी उनीहरु सबैले ट्विटर र हाम्रो भविष्यप्रति चासो राख्छन्,’ अग्रवालले ट्विटमा लेखेका छन् । सीईओ पद छाडे पनि डोर्सी आगामी वर्षसम्म ट्विटरको बोर्ड सदस्यको रुपमा सक्रिय हुने बताइएको छ । अन्य सामाजिक सञ्जाल कम्पनीसँग प्रतिस्पर्धा गर्दै ट्विटरले सन् २०२३ सम्ममा आफ्नो आम्दानीलाई दोब्बर बनाउने घोषणा गरेको छ । सन् २००६ मा ट्विटरको स्थापना गरेका डोर्सी सन् २००७ मा सीईओ नियुक्त भएका थिए । डोर्सीले सीईओको भूमिका न्याय गर्न नसक्ने भन्दै अन्य दुई सह...

के हो ‘ब्ल्याक फ्राइडे’ ?, यस्तो छ यो वर्षको तथ्याङ्क

काठमाडौं । ब्ल्याक फ्राइडे र नोभेम्बर ११ अनलाइन बिक्रीको लागि निकै चर्चित छन् । ब्ल्याक फ्राइडेमा विभिन्न सामानहरु छुटसहित बिक्री गर्ने चलन अमेरिकाबाट सुरु भएको हो भने नोभेम्बर ११ मा छुटसहित सामान बिक्री गर्ने चलन चिनियाँ ई–कमर्स कम्पनी अलीबाबाले सुरुवात गरेको हो । फरक फरक देशबाट सुरु भएका ब्ल्याक फ्राइडे र नोभेम्बर ११ अहिले विश्वका धेरै देशहरूमा चर्चित छन् । ब्ल्याक फ्राइडे नोभेम्बर महिनाको अन्तिम शुक्रबारको दिन  मनाइन्छ । शपिङका लागि चर्चित यी दुवै पर्वमा अनलाइनमार्फत हुने कारोबारले हरेक वर्ष रेकर्ड नै बनाउँछ । तर, यो वर्ष ब्ल्याक फ्राइडेमा अनलाइनमार्फत भएको कारोबार घटेको छ । बजार सम्बन्धी तथ्याङ्क प्रदान गर्ने एडोबी एनालाइटिक्सका अनुसार यो वर्ष ब्ल्याक फ्राइडेमा अनलाइनमार्फत ८ अर्ब ९० करोड डलर रकम अनलाइनमार्फत भुक्तानी भएको छ । यो वर्ष ब्ल्याक फ्राइडेमा अनलाइनमार्फत भएको भुक्तानी गत वर्षको भन्दा कम भएको एडोबी एनालाइटिक्सको तथ्याङ्क छ । गत वर्ष यो दिनमा अनलाइनमार्फत मात्रै ९ अर्ब डलर बराबरको किनबेच भएको थियो । यो वर्ष धेरै स्टोरहरूले ब्ल्याक फ्राइडे आउनु अघि नै छुट घोषणा गरी ...

अन्तरिक्षसम्बन्धी ‘स्पेस टेक इनोभेसन’ प्रदर्शनी हुँदै

काठमाडौं । अन्तरिक्ष गतिविधि र त्यसमा नेपाली युवाहरूले गरेको अध्ययन अनुसन्धानको विषयमा जानकारी दिने उद्देश्यका साथ नेपाल पहिलो पटक स्पेस टेक इनोभेसन प्रदर्शनी हुने भएको छ । युथ फर नेशनको आयोजनामा उक्त कार्यक्रम मंगलबार देखी सुरु हुनेछ  । दुई दिनसम्म चल्ने यस प्रदर्शनीमा नेपाली युवाहरूले तयार पारेको रकेट, स्याटेलाइट, अन्तरिक्षसम्बन्धी उपकरणहरू, सफ्टवेयरलगायत विषय राखिने जनाइएको छ । कार्यक्रम काठमाडौंको धुम्बाराही स्थित शङ्खपार्कमा आयोजना हुनेछ । जसले नेपाली युवाहरूलाई आगामी दिनमा अन्तरिक्षको बारेमा थप चासो जगाउने र सो क्षेत्रमा आकर्षित गर्ने सहयोग पुर्‍याउने अपेक्षा आयोजकको रहेको छ । प्रदर्शनीमा अन्तरिक्ष र त्यससँग सम्बन्धित विषयहरूमा प्रदर्शन गर्नुका साथै सो सम्बन्धी जानकारी मूलक सन्देशहरू समेत प्रदान गरिने जनाइएको छ । The post अन्तरिक्षसम्बन्धी ‘स्पेस टेक इनोभेसन’ प्रदर्शनी हुँदै appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/3rkpJr6 via

वर्षमा तीन लाख विद्युतीय गाडी उत्पादन गर्ने साओमीको लक्ष्य

काठमाडौं । गत मार्चमा साओमीले विद्युतीय गाडीको उद्योग खोल्ने घोषणा गरेको थियो । रोयटर्समा प्रकाशित समाचार अनुसार साओमीले यो उद्योग बेइजिङमा खोल्दैछ र हरेक वर्ष तीन लाख विद्युतीय गाडी उत्पादन गर्ने लक्ष्य राखेकाे छ । साओमीले यो उद्योग दुई चरणमा निर्माण गर्ने तयारी गरेकाे छ । सन् २०२४ देखि कम्पनीले गाडी उत्पादन गर्न सुरु गर्नेछ । साओमीले तीन लाख विद्युतीय सवारी उत्पादन गर्ने लक्ष्यका साथ उद्योग स्थापनाको तयारी थाले पनि यसको डिजाइन, बजार र मोडेल लगायत विषयमा कुनै जानकारी सार्वजनिक गरेको छैन । विद्युतीय गाडी उत्पादन गर्ने आफ्नो परियोजनामा कम्पनीले १० अर्ब डलर खर्च गर्ने अनुमान छ । पछिल्ला वर्ष विश्वका ठूला प्रविधि कम्पनीहरुले विद्युतीय सवारी उत्पादनमा चासो देखाइरहेका छन् । The post वर्षमा तीन लाख विद्युतीय गाडी उत्पादन गर्ने साओमीको लक्ष्य appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/3o3bbub via

यी हुन् तपाईंको आईफोन बिग्ननु अघिका पाँच संकेत

काठमाडौं । सामान्यतया आईफोन पूर्ण रुपमा बिग्रनु अघि केही संकेत दिन्छ । यद्यपि प्रयोगकर्ताहरूले यस्ता सामान्य संकेत अथवा मोबाइलमा आउने केही सामान्य समस्याहरूलाई बेवास्ता गरिरहेको हुन्छ । यस्ता केही संकेतहरु हुन्छन् जसले तपाईंको आईफोन चाँडै नै काम नलाग्ने जनाऊ दिन्छ । स्क्रिन हल्लिनु  यदि तपाईंको आईफोनको स्क्रिन स्थिर हुँदैन, समयसमयमा हल्लिरहन्छ भने तपाईंको आईफोन चाँडै काम नलाग्ने हुन सक्छ । विशेषगरी डिफेक्टिभ डिस्प्लेको कारण अथवा रिवन केबल चुडिएको कारण यो संकेत देखिन्छ । यो समस्याले विस्तारै आईफोनको डिस्प्ले बिगार्छ । ‘घोस्ट टच’ (स्क्रिन आफै टच हुने) घोस्ट टचको अर्थ हो तपाईंले स्क्रिनमा नछुँदा पनि आफैँ टच हुनु । स्क्रिन ड्यामेज अथवा अन्य कुनै आन्तरिक समस्याको कारण यो समस्या आउने गर्छ । फोन धेरै तातियो भने पनि यो समस्या आउन सक्छ । यो समयसँगै झन् बिग्रदै जान्छ र अन्तत: यो समस्याले तपाईंको डिस्प्ले नै टच नहुने समस्या आउन सक्छ । आफैँ रि-स्टार्ट हुनु यदि तपाईंको आईफोन आफै रिबुट भइरहन्छ भने होसियार हुनुहोस्, यो तपाईंको फोन बिग्रने संकेत हो । खराब ब्याट्रीको कारण वा खराब मदरबोर्डको क...

कहाँ पुग्यो देशभर २० एमबीपीएस गतिको इन्टरनेट पुर्‍याउने सरकारी योजना ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभर २० एमबीपीएस गतिको इन्टरनेट पुर्‍याउने उद्देश्यका साथ यो आर्थिक वर्षबाट विभिन्न परियोजना अघि बढाएको छ । प्राधिकरणले यसअघि सञ्चालनमा रहेको ब्रोडब्यान्ड परियोजनालाई परिष्कृत गर्दै २० एमबीपीएस इन्टरनेटमा स्तरोन्नती गर्ने निर्णय गरेको हो । यसअघि ग्रामीण दूरसञ्चार परियोजनामार्फत देशभर विस्तार गरिने इन्टरनेटको स्पीड ५१२ केबीपीएस रहेकोमा त्यसलाई बढाएर न्यूनतम २० एमबीपीएस बनाउने गरी यो परियोजना अघि बढाएको हो । जसअन्तर्गत देशभरका हरेक वडा, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयहरूमा न्यूनतम २० एमबीपीएस गतिको इन्टरनेट पुर्‍याइने छ । त्यसको सुरुवात भूकम्पबाट अति प्रभावित ८ जिल्लाबाट गर्न थालिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उक्त  परियोजनामध्ये भुकम्पबाट अति प्रभावित ८ जिल्ला (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा) का कूल ७६ मध्ये ७१ गाउँपालिका/नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । सम्झौता अनुसार तोकिएको स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद...

निर्मल पुर्जाको ‘फोर्टिन पिक्स’ नेटफ्लिक्समा सार्वजनिक

काठमाडौं । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महिनामा आरोहण गरेर विश्व कृतिमान राखेका आरोही निर्मल पुर्जा पुनको वृत्तचित्र (डकुमेन्ट्री) ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’ आज सोमबार नेटफ्लिक्समा सार्वजनिक भएको छ । यो वृत्तचित्र ३१ भाषामा सार्वजनिक भएको हो । वृत्तचित्रमा नेपालको हिमाल आरोहणको इतिहासलाई पनि समेटिएको छ । पुर्जाले छोटो समयमा गरेको हिमाल आरोहणको यात्रा वृत्तचित्रको प्रमुख विषय हो । यसमा पुर्जाको व्यक्तिगत जीवनको उतारचढावलाई पनि समेटिएको छ । पुर्जाले डकुमेन्ट्रीमा यो मिसनको उद्देश्य, सुरुवात, टिम र अनुभवको विषयमा कुरा गरेका छन् । ३६ वर्षीय पुर्जाले ‘प्रोजेक्ट पसिबल’ अन्तर्गत १४ वटा हिमालको सफल आरोहण गरेका थिए ।  उनले सात महिनाको अवधिमा अन्नपूर्ण हिमाल, सिसापाङ्गमा हिमाल, मनास्लु, चोयु, ब्रोड पिक, केटु, गासरब्रम १, गासरब्रम २, नागा पर्वत, मकालु, सगरमाथा, ल्होत्से, कन्चनजङ्गा र धौलागिरी हिमाल आरोहण गरेका थिए ।   The post निर्मल पुर्जाको ‘फोर्टिन पिक्स’ नेटफ्लिक्समा सार्वजनिक appeared first on Tech News Nepal . from Tech News Nepal https://i...

६५ जिल्लामा पुग्यो निःशुल्क इन्टरनेट, सकियो ९६ प्रतिशत काम

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत कात्तिक मसान्तसम्म ६५ जिल्लामा इन्टरनेट पहुँच पुगेको छ । दुई वर्षसम्म निःशुल्क रुपमा इन्टरनेट उपलब्ध गराउने गरी प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत विभिन्न परियोजना अघि बढाएको छ । त्यसमध्ये ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धी परियोजना अन्तर्गत कुल १८ प्याकेज सञ्चालनमा रहेको छ । जसको कुल लागत पाँच अर्ब ६७ करोड ४६ लाख ९१ हजार रहेको छ । त्यसमध्ये कात्तिक मसान्तसम्म ६५ जिल्लाहरूमा शतप्रतिशत र बाँकी ५ जिल्लामा ५० प्रतिशत काम सम्पन्न भई इन्टरनेट सेवा सञ्चालनमा आएको छ । त्यस्तै एक प्याकेज अन्तर्गत ४ जिल्ला ३० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार स्थानीय निकाय, वडा कार्यलय, विद्यालय, स्वास्थ्य चौकी गरी कुल १५ हजार ९ सय ८२ निकायमा इन्टरनेट जडान गरिने छ । त्यसमध्ये हालसम्म कुल १५ हजार ३ सय ४९ निकायमा इन्टरनेट जडान सम्पन्न भइसकेको छ । त्यस्तै ६ सय ३३ स्थानमा जडानको कार्य बाँकी रहेको छ । यो हुँदा हालसम्म ९६.०४ प्...

अब सधैँका लागि बन्द भयो सामसङ ग्यालेक्सी नोट सिरिजका उत्पादन !

काठमाडौं । सामसङले आफ्नो चर्चित सिरिज ग्यालेक्सी नोटको उत्पादन सधैँका लागि बन्द गर्ने भएको छ । सन् २०२२ मा सामसङले नोट सिरिज अन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । तर, अब भने नोट सिरिज सधैँका लागि बन्द हुने जानकारी सार्वजनिक भएको छ । यति बेला विश्वव्यापी रुपमा चिपको हाहाकार छ । जसले गर्दा सबै सिरिजका स्मार्टफोन उत्पादन सम्भव नहुने भएपछि कम्पनीले ग्यालेक्सी नोटको उत्पादन बन्द गर्ने निर्णय लिएको हो । ग्यालेक्सी नोट सिरिज बन्द गर्ने निर्णयसँगै अब कम्पनीले आफ्नो सम्पूर्ण ध्यान ‘ग्यालेक्सी एस’ र ‘ग्यालेक्सी जेड’ सिरिजमा लगाउने अनुमान गरिएको छ । हुन त कम्पनीले यसअघि नै ग्यालेक्सी एस र जेड सिरिजलाई आफ्नो सबैभन्दा प्राथमिकताको उत्पादनमा राख्दै आएको थियो । जसको प्रतिफल स्वरूप कम्पनीले ग्यालेक्सी नोटको सबैभन्दा मुख्य फिचर ‘एस पेन’ ग्यालेक्सी एस र जेड सिरिज दुवैमा समेत उपलब्ध गराइसकेको छ । त्यस हिसाबले पनि यसअघि नै कम्पनीले नोट सिरिज बन्द गर्नसक्ने अनुमान गरिएको थियो । सोही अनुरूप कम्पनीले चिप अभावलाई समेत मध्यनजर गरेर ग्यालेक्सी नोट सिरिजको उत्पादन सधैँका लागि बन्द गर्...

टेलिकमको फोरजी अपग्रेडसँगै हट्यो भीओएलटीईमा कल नलाग्ने समस्या

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा एउटा कल गरेर तत्कालै अर्को कल गर्दा कल नलाग्ने समस्या हटेको छ । कम्पनीले गत मंगलबार राति फोरजी मोबाइलको गुणस्तर अभिवृद्धि गरेको थियो । त्यससँगै भोल्टेमा देखिएको उक्त समस्या समाधान भएको हो । यसअघि नेपाल टेलिकमका केही प्रयोगकर्ताले एउटा कल गरेर तत्कालै अर्को कल गर्दा कल नलाग्ने समस्या भोगिरहेका थिए । यसको अर्थ यदि तपाईंले एउटा कल गरेर फोन राख्ने बित्तिकै अर्को नम्बरमा कल गर्न खोज्दा ‘कल इन्डेड’ अर्थात कल अवरुद्ध हुने गरेको थियो । जसले गर्दा दोस्रो कल गर्न थोरैमा पनि एक मिनेट पर्खिनुपर्ने बाध्यता रहेको थियो । उक्त समस्या फोरजी अपग्रेड सँगै समाधान भएको कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिए । उनका अनुसार यसअघि यो समस्या टेलिकमको आन्तरिक सिस्टममा पनि देखिएको थियो । ‘त्यससँगै हामीले भेन्डरलाई जानकारी गराएका थियौँ,’ उनले टेकपानासँग भने, ‘त्यसैका आधारमा मंगलबार भएको फोरजी अपग्रेडसँगै उक्त समस्या समाधान भएको छ ।’ इन्जिनियर नेपालका अनुसार यसरी एकपछि अर्को कल नलाग्ने समस्या मुख्यतः भ्वाइस ओभर एलटीई (भोल्टे) मा देखिएको थियो । त्यसको कारण टेलिकमले नेटवर...

साइबर आक्रमणको निसानामा परेका प्रयोगकर्तालाई आईफोनको आकस्मिक ‘अलर्ट’

  काठमाडौं । एप्पलले हालै राज्य संरक्षित साइबर आक्रमणको कानुनी लडाइ सुरु गरेपछि आफ्ना आईफोन प्रयोगकर्ताहरूलाई चेतावनी म्यासेज दिन थालेको छ । केही समय अगाडि मात्र एप्पलले पेगासस जस्तो जासुसी स्पाइवेयर बनाउने इजरायली कम्पनी एनएसओ ग्रुप विरुद्ध मुद्दा दायर गरेको थियो । उक्त सफ्टवेयरमार्फत डिभाइसलाई ह्याक गरेर ह्याकरले त्यहाँबाट फोटो, म्यासेज, ईमेल लगायतका जानकारीहरू प्राप्त गर्न सक्छन् । यसका साथै गोप्य रुपमा लक्षित व्यक्तिको डिभाइसमा माइक्रोफोन वा क्यामेरा एक्टिभेट समेत गरिदिन सक्छन् । यसैबीच एप्पलले आफ्ना प्रयोगकर्ताहरूलाई यस्तो प्रकारको आक्रमणबारे जानकारी दिनको लागि ‘एप्पल थ्रेट नोटिफिकेसन’ फिचर सञ्चालनमा ल्याएको छ । जसले यसरी हुने आक्रमणबारे लक्षित व्यक्तिलाई सचेत गराउनेछ । यो फिचर उपलब्ध भएसँगै एप्पलले अभियन्ता र अनुसन्धानकर्ता गरी छ जनालाई थाइल्यान्ड सरकारले लक्षित गरेको भन्दै अलर्ट म्यासेज पठाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । यस्तो म्यासेज पाउनेहरूमा ब्याङककका थम्मसत विश्वविद्यालयका राजनीतिक वैज्ञानिक प्राजक कोङकिराती, अनुसन्धानकर्ता सरिन अचाननुतकुल,...

चिनियाँ कम्पनीले ल्यायो एक पटक चार्ज गर्दा हजार किलोमिटर गुड्ने इलेक्ट्रिक कार

Image
काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता कम्पनी जीएसी  ग्रुपले हालै चीनमा आयोजित ग्वान्जाउ अटो शो २०२१ मा आफ्ना तीन ओटा इलेक्ट्रिक कारको अवधारणा प्रस्तुत गरेको छ । जसमा दुई ओटा इलेक्ट्रिक कारमा टाइम र ईएमकू रहेका छन् । अर्को भने जीएसी आयन ब्रान्डको आयन एलएक्स प्लस इलेक्ट्रिक कार हो । यी तीनै कार अहिले कन्सेप्ट इलेक्ट्रिक कारको रुपमा प्रस्तुत गरिएका हुन् । यद्यपि कम्पनीले यी तीन ओटै कारको स्पेसिफिकेसन समेत खुलाएको छैन । यसमध्येको आयन एलएक्स प्लसको कुरा गर्ने हो भने यो इलेक्ट्रिक कार एक पटकको फुल चार्जमा एक हजार किलोमिटर गुड्ने कम्पनीको दाबी छ । जीएसीका अनुसार आयन एलएक्स प्लसको एनईडीसी (न्यु युरोपियन ड्राइभिङ साइकल) रेञ्ज एक हजार किलोमिटरभन्दा बढी हुनेछ । कारस्कुपको एउटा रिपोर्ट ले यो कारको सएलटीसी (चाइना लाइट ड्युटी भेहिकल टेस्ट साइकल) रेन्ज ६२६ माइल अर्थात १००८ किलोमिटर हुने उल्लेख गरेको छ । यो इलेक्ट्रिक एसयूभी कारको मौजुदा जीएसी आयन एलएक्सको अपग्रेडको रुपमा प्रस्तुत गरिएको हो । जसको घोषणा सन् २०१९ मा गरिएको थियो । रिपोर्टकै अनुसार यो इलेक्ट्रिक कारमा १४४.४ किलोवाट क्षमताको ब्य...

मिदास ई-क्लासको नयाँ भर्सन, अब अनलाइनमै ठूला स्कुलका शिक्षकसँग पढ्न पाइने

काठमाडौं । शिक्षा क्षेत्रको प्रतिष्ठित नेपाली अनलाइन लर्निङ प्लेटफर्म मिदास ई-क्लासको नयाँ भर्सन सार्वजनिक हुने भएको छ । कम्पनीले सहरका दक्ष तथा नामी शिक्षकहरू मार्फत सर्वसुलभ मूल्यमा ग्रामीण क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यका साथ नयाँ संस्करण ल्याउन लागेको हो । आन्तरिक रुपमा सफ्ट लञ्च गरिसकेको कम्पनीले अबको एक साताभित्र यसको औपचारिक सुरुवात गर्ने भएको छ । विगत तीन वर्ष अघि नै मिदासले विद्यार्थीको अध्ययन/सिकाइलाई सहयोगी र प्रभावकारी बनाउने उद्देश्यले पुरानो भर्सनलाई स्थगित गरेको थियो । इन्टरनेटको पहुँच बढेसँगै शैक्षिक सामग्री प्रशस्त मात्रामा उपलब्ध हुन थालेपछि कम्पनीले सन् १०१७ मा आफ्नो सेवा बन्द गरेको थियो । नयाँ आएका कम्प्युटरहरूमा विन्डोज १९९७ मा बनाइएका मिदास ई-क्लासका सीडी चक्काहरू चल्न छोडेपछि कम्पनीले बजारमा आफ्नो छवि बिग्रिने ठानेर त्यसलाई पनि रोकेको थियो । अब भने कम्पनीले नयाँ रणनीतिका साथ ई-क्लासको नयाँ भर्सन ल्याउन लागेको हो । यसमा विद्यालयदेखि विश्वविद्यालय तहसम्मका अनलाइन कक्षा रहने कम्पनीका संस्थापक छत्र कार्कीले जानकारी दिए । मिदास ई-क्लास अब र...

डिसेम्बरदेखि सुरु हुँदै ‘नेपाल एआई हिउँदे पाठशाला’

काठमाडौं । नेपाल अप्लाइड म्याथम्याटिक्स एण्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च ( Nepal Applied Mathematics and Informatics Institute for Research (NAAMII-नामी) ले  ११ दिने नेपाल एआई हिउँदे पाठशाला आयोजना गर्ने भएको छ । नामीले डिसेम्बर २० देखि ३० सम्म काठमाडौंमा नेपाल एआईमा हिउँदे पाठशालाको तेश्रो संस्करण आयोजना गर्ने भएको हो ।  आयोजकले कार्यक्रममा सहभागी हुन चाहनेबाट आवेदन मागेको छ । कार्यक्रमले विश्व प्रसिद्ध वैज्ञानिकहरू, विश्वका केही प्रमुख विश्वविद्यालय तथा अनुसन्धान संस्थानहरूमा काम गर्ने प्राध्यापकहरू र अनुसन्धानकर्ताहरूलाई एउटै मञ्चमा ल्याउने बताइएको छ । नामीका अनुसार यस वर्ष हिउँदे पाठशाला भर्चुअल र भौतिक दुवै स्वरूपमा आयोजना हुनेछ । दैनिक गतिविधिहरू र जटिल अनुसन्धान वातावरणमा प्रयोग हुने विभिन्न एआई प्रविधिहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्नको लागि नामीले २०७५ सालदेखि नै नेपाल एआई हिउँदे पाठशाला आयोजना गर्दै आएको छ । कार्यक्रम अन्तर्गत आर्टिफिसिएल न्युरल नेटवर्क,  न्याचुरल ल्याङ्वेज प्रोसेसिङ, कम्प्युटर भिजन, सेमी...

अनलाइन ट्रोलको परिचय खुलाउनुपर्ने कानुन ल्याउँदै अस्ट्रेलिया, यस्ता छन् प्रावधान

काठमाडौं । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले मानहानि सम्बन्धी नयाँ कानुनको प्रस्ताव गरेका छन् । यो कानुन कार्यान्वयन भए सामाजिक सञ्जाल कम्पनीले ट्रोलहरुको परिचय खुलाउनुपर्ने हुन्छ । सामाजिक सञ्जालमा हुने ट्रोलको परिचय लुकाए सामाजिक सञ्जाल कम्पनीले मानहानिको जरिवाना तिर्नुपर्ने प्रस्ताव प्रस्तावित कानुनमा छ ।  सामाजिक सञ्जालमार्फत आफ्नो मानहानि भएको कुनै प्रयोगकर्ताले महसुस गरेमा सामाजिक सञ्जाल कम्पनीलाई उजुरी गर्न सक्ने प्रणाली हुनुपर्ने व्यवस्था पनि प्रस्तावित कानुनमा छ ।  प्रयोगकर्ताले आफ्नो मानहानि गरेका कुनै सामग्री सामाजिक सञ्जालमा पोष्ट भएको थाहा पाएमा त्यस्ता सामग्री हटाउनको लागि उजुरी गर्न सक्ने गरी सामाजिक सञ्जाल कम्पनीले व्यवस्था गर्नुपर्ने प्रस्तावित कानुनमा भनिएको छ ।  सामाजिक सञ्जालमा पोष्ट भएका मानहानि सम्बन्धी सामग्री हटाउन सामाजिक सञ्जाल कम्पनीले अदालतको आदेश लिन सक्ने छन् । योबाहेक, प्रस्तावित कानुनले मानहानि हुने सामग्री पोष्ट गर्ने व्यक्तिको परिचय सार्वजनिक गर्ने अधिकार सामाजिक सञ्जाल कम्पनीलाई दिनेछ । The post अनलाइन ट्रोलको परिचय खुलाउनुपर्...

वालमार्टले सुरु गर्यो ड्रोनबाट डेलिभरी, सुरुमा औषधि मात्रै

काठमाडौं . अमेरिकाको सबैभन्दा ठूलो रिटेलर कम्पनी वालमार्टले ड्रोनको प्रयोग गरी सामान सामान डेलिभरी गर्न सुरु गरेको छ । अमेरिकाको अर्कनसास राज्यको फर्मिङटनमा रहेको वालमार्टको स्टोर वरपर बस्ने ग्राहकको लागि यो सेवा सुरु गरिएको हो ।  बालमार्टको स्टोरबाट १.५ माइल वरपर बस्ने ग्राहकको लागि यो सातादेखि औषधि र साना खालका मेडिकल उपकरणहरु ड्रोनमार्फत् डेलिभरी हुनेछ ।  ड्रोनबाट डेलिभरीको सेवा हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म उपलब्ध हुनेछ ।  वालमार्टले ड्रोनअप नामक कम्पनीसँगको सहकार्यमा ड्रोनबाट डेलिभरीको सेवा सुरु गरेको हो । विस्तारै यो सुविधा अन्य क्षेत्रमा पनि बिस्तार गर्ने कम्पनीको योजना छ ।  फ्लाइट ईन्जिनियरहरुले एक ठाउँमा बसेर कन्ट्रोल गर्ने ड्रोनमार्फत डेलिभरी हुने कम्पनीले जनाएको छ ।  The post वालमार्टले सुरु गर्यो ड्रोनबाट डेलिभरी, सुरुमा औषधि मात्रै appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/3risJ7x via

नेपाल भित्रियो सेफ स्क्यानका नोट गन्ने मसिन

काठमाडौं । सेफ स्क्यान नेदरल्यान्डको बैंक नोट काउन्टर नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक विक्रेता नागमणी ईन्टरनेशनलले  तीन वटा नोट काउन्टर मसिन बजारमा ल्याएको हो । सेफस्क्यान मोडेल २०००, मोडेल २२१० र मोडेल २६१० नेपाली बजारमा उपलब्ध हुने नागमणी ईन्टरनेशनलले जानकारी दिएको छ । सेफ स्क्यानका मनि काउन्टरको प्रयोग गरी नोटको तौल, नोटमा भएका कमजोरी पत्ता लगाउन सकिने कम्पनीले जनाएको छ । मोडेल २०००० ले प्रतिमिनेट ६०० सम्म नोट गन्न सक्छ । यो काउन्टर चलाउनका लागि सजिलो र पोर्टेवल छ । यसले सबै किसिमका नोट गन्न सक्छ । यसैगरी, मोडल २२१० ले एक हजार नोट प्रतिमिनेट गन्न सक्छ । यसमा भएको सफ्टवेयरले युभी (अल्ट्रा भ्वाइलेट) र आकारका आधारमा नोट गन्न सक्छ । यसले च्यातिएका र खुम्चिएका नोटहरू पत्ता लगाउने कम्पनीले जनाएको छ । मोडेल २६१० ले प्रति मिनेट १५ सय नोट कम्पनीले जनाएको छ । यसको स्पिड आवश्यकता अनुसार घटाउन र बढाउन सकिने बताइएको छ ।तीनै मोडलले शंकास्पद र अस्वभाविक आकारको नोट भएमा जानकारी दिनेछ । चार सय ग्रामको सेफ स्क्यान २००० पोर्टेबल नोट काउन्टरको बजार मूल्य २५ हजार छ सय २५ र...

एआईमा रुची हुनेहरुको लागि डिसेम्बरदेखि सुरु हुँदै ‘नेपाल एआई हिउँदे पाठशाला’

काठमाडौं । नेपाल अप्लाइड म्याथम्याटिक्स एण्ड इनफर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (Nepal Applied Mathematics and Informatics Institute for Research (NAAMII, नामी) ले  ११ दिने नेपाल एआई हिउँदे पाठशालाको तेश्रो संस्करण डिसेम्बर २० देखि ३० सम्म  काठमाण्डौँमा आयोजना गर्ने भएको छ । आयोजकले कार्यक्रममा सहभागी हुन चाहनेबाट आवेदन मागेको छ । कार्यक्रमले विश्व प्रसिद्ध वैज्ञानिकहरू, विश्वका केही प्रमुख विश्वविद्यालयहरू तथा अनुसन्धान संस्थानहरूमा काम गर्ने प्राध्यापकहरू र अनुसन्धानकर्ताहरूलाई एउटै मञ्चमा ल्याउने बताइएको छ । नामीका अनुसार यस वर्ष हिउँदे पाठशाला भर्चुल र भौतिक रुपमा सम्पन्न हुनेछ । दैनिक गतिविधिहरू र जटिल अनुसन्धान वातावरणमा प्रयोग हुने विभिन्न एआई प्रविधिहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्नको लागि नामीले २०७५ सालदेखि नै नेपाल एआई हिउँदे पाठशालाको आयोजना गर्दै आएको छ । कार्यक्रम अन्तर्गत आर्टिफिसियल न्यूरल नेटवर्क,  न्याचुरल ल्याङ्वेज प्रोसेसिङ, कम्प्युटर भिजन, सेमी-सुपरभाइज्ड र अन-सुपरभाइज्ड लर्निङ जस्ता विषयहरूको बारेमा विस्तृत रुपमा पढाई हुनेछ। हिउँद...

एमाले महाधिवेशनमा प्रयोग हुँदै १०० वटा भोटिङ मसिन, भाडा ५० लाख

काठमाडौं । चितवनमा जारी नेकपा एमालेको महाधिवेशनको चुनावको लागि करिब १०० वटा भोटिङ मसिन तयार भएको छ । रामलक्ष्मण इनोभेसन्सले तयार गरेको भोटिङ मसिनको लागि एमालेले ५० लाख रुपैयाँ खर्च गर्न लागेको हो । रामलक्ष्मणद्धारा निर्मित सो भोटिङ मसिन एमालेले ५० लाख रुपैयाँ तिरेर भाडामा प्रयोग गर्न लागेको राम-लक्ष्मण इनोभेसनका सहसंस्थापक राम रिजालले बताए ।  एमालेले आफ्नो महाधिवेशनमा भोटिङ मसिन प्रयोग गर्ने प्रतिबद्धता जनाएपछि राम-लक्ष्मणले आफ्नै खर्चमा थप ७० वटा मसिन तयार पारेका हुन् । ‘हामीसँग ४० वटा मसिन पहिले नै थियो एमाले महाधिवेशनको लागि १०० वटा मसिनको माग भएपछि थप ७० वटा आफ्नै लागतमा निर्माण गरेका हौं,’ रिजालले भने । उनका अनुसार करिब एक महिनामा एक करोड रुपैयाँ भन्दा बढी रकमको लागतमा यो भोटिङ मसिन तयार गरिएको हो । चुनावको लागि भोटिङ मसिन तयारी अवस्था रहेको उनले बताए ।  ‘हामीले यो महाधिवेशनको लागि मात्र होइन, दीर्घकालिन सोचका साथ यसमा लगानी गरेका हौं । आगामी दिनहरूमा यसको माग बढ्छ भन्ने हाम्रो आशा छ,’ उनले थपे ।  २०६८/०६९ सालमै राम-लक्ष्मण रिमाल दाजुभाइले नेपालमै पहिलो ...

आधुनिक शिक्षाका लागि ‘डिजिटल लर्निङ सेन्टर’ स्थापना गर्दै सरकार

काठमाडौं । सरकारले आगामी शैक्षिक सत्रबाट देशका विभिन्न स्थानमा ‘डिजिटल लर्निङ सेन्टर’ स्थापना गर्ने भएको छ । आइतबार आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले आधुनिक प्रविधिको माध्यमबाट अडियो भिडियोसहित पठनपाठन गराउने गरि ‘डिजिटल लर्निङ सेन्टर’ स्थापना गर्ने तयारी रहेको बताएका हुन् । उनले गुणस्तरीय शिक्षाको लागि सरकारले हरेक विद्यालयलाई उद्यमशील बनाउने नीति अन्तरगत ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको बताएका छन् । ‘कम्तिमा १२ कक्षा उत्तीर्ण विद्यार्थी स्वरोजगार हुने खालको शिक्षा नीति सरकारले ल्याएको छ,’ उनले भने, ‘आगामी शैक्षिक सत्रदेखि देशका विभिन्न स्थानमा ‘डिजिटल लर्निङ सेन्टर’ हरू स्थापना गरी आधुनिक प्रविधिको माध्यमबाट अडियो भिडियोसहित पठनपाठन गराउने तयारी रहेको छ ।’ त्यतिमात्रै नभएर कृषि सहकार्य समूह, उत्पादन समूह, श्रम सहकारी मार्फत उत्पादन र रोजगारीको अभियान सञ्चालन गरिने समेत मन्त्री शर्माले बताएका छन् ।  The post आधुनिक शिक्षाका लागि ‘डिजिटल लर्निङ सेन्टर’ स्थापना गर्दै सरकार appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/3lfe4Gv v...

कसैसँग सम्झौता नगर्ने एसपी बस्नेतको प्रतिबद्धता

Image
वीरगञ्ज, १२ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले अपराधीक क्रियाकलापको नियन्त्रणमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगरिय परिसर काठमाण्डौबाट सरूवा भएर पर्सा जिल्लामा आएका एसपी बस्नेतले आइतवार सञ्चारर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा अमनचयन कायम गर्नुका साथै अपराधन अनुसन्धानमा दृढताका साथ लाग्ने बताए । बुधवारदेखि पर्सा जिल्लाको प्रमुख प्रहरी उपरीक्षकको कार्यभार सम्हालेका एसपी बस्नेतले जिल्ला मातहतका ७१ वटा युनिटलाई अँझै सक्रिय बनाएर गस्ति विस्तार गर्ने र शान्ती सुरक्षाको मामिलामा सम्झौता नगर्ने अडान राखेका छन् । छिमेकी राष्ट्र भारतसँग खुला सिमाना जोडिएको जिल्लामा केही बढी चुनौती भएपनि यहाँका पत्रकारहरूको सहयोग प्राप्त हुने एसपी बस्नेतको विश्वास छ । परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले पर्सा जिल्लामा पत्रकारहरूको तर्पmबाट एसपी बस्नेतलाई स्वागत गर्दै यहाँको बसाई उपलब्धिमुलक एवम् फलदायी होस् भन्ने कामना गरेका छन् । साथै सिमा क्षेत्रमा सर्वसाधारणलाई दिइने...

यी दुर्गम क्षेत्रमा पुग्यो टेलिकमको मोबाइल सेवा, हेलिकोप्टरबाटै उपकरण ढुवानी

काठमाडौं । मुलुकका अत्यन्तै दुर्गम तथा विकट स्थानमा रहेका बस्तीहरूमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्‍याउन नेपाल टेलिकमले हेलिकोप्टर प्रयोगमा ल्याउने गरेको छ । त्यसैअनुरूप कम्पनीले चालु आर्थिक वर्षमा अति दुर्गम तथा विकट आठ स्थानमा जीएसएम टुजी तथा फोरजी सेवा प्रवाह गरिएको जनाएको छ । सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दुका साथै गोरखा जिल्लाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याकमा हेलिकोप्टर मार्फत उपकरण ढुवानी गरी सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ । यसका साथै मनाङ जिल्लाको ओडार भ्यु–प्वाइन्टमा समेत हेलिकोप्टरबाट उपकरणहरू ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको छ ।यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ । सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नम्बर २ र ३ मा पर्ने लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको छ । स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का बस्तीहरू र नाम्चेबजार साइटबाट वडा नम्...

उत्कृष्ट प्रविधिका साथ सस्तो स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

काठमाडौं । सामसङले सन् २०२१ को अन्तिम फोनका रुपमा ए०३ सार्वजनिक गर्ने भएको छ । उत्कृष्ट प्रविधिका साथ भित्रिने सामसङ ग्यालेक्सी  ए०३ हालसम्मकै सम्मकै सस्तो स्मार्टफोन हुने बताइएको छ । यो फोनमा ६‍.५ इन्चको एचडी डिस्प्ले हुनेछ । ५००० एमएएचको शक्तिशाली ब्याट्रीका साथ आउने फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । फोनमा २ मेगापिक्सेलको डेप्थ सेन्सर र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । फोन ३ जीबी र्‍याम ३२ जीबी स्टोरेज, ४ जीबी र्‍याम ६४ जीबी स्टोरेज र ४ जीबी र्‍याम १२८ जीबी स्टोरेज गरी तीन फरक भेरियन्टमा उपलब्ध हुने जनाइएको छ । फोनका फिचर सार्वजनिक भएता पनि हालसम्म यसको मूल्य भने सार्वजनिक भएको छैन् । तर पनि यो फोनको मूल्य १९५ अमेरिकी डलर ९२३,३०० रुपैयाँ हुने अनुमान गरिएको छ । यद्यपि यो तीनवटै मोडल सबै देशमा उपलब्ध नहुन सक्ने जनाइएको छ । प्लास्टिक बडी युक्त यो फोन रातो, निलो र कालो रंगमा उपलब्ध हुने उल्लेख छ । The post उत्कृष्ट प्रविधिका साथ सस्तो स्मार्टफोन सार्वजनिक गर्दै सामसङ appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/3DVAy6B via ...

प्रयोगकर्ताको जानकारी दुरुपयोग गरेको भन्दै एप्पल र गुगललाई दुई अर्ब ७० करोड जरिवाना

काठमाडौं । इटालीले एप्पल र गुगललाई दुई अर्ब ७० करोड भन्दा बढी जरिवाना गरेको छ । बजारमा हुने प्रतिस्पर्धाको निगरानी गर्ने इटालीको नियामक  निकायले गुगल तथा एप्पलले आफ्ना ग्राहकको व्यक्तिगत डेटा दूरुपयोग गरेको भन्दै जरिवाना गर्ने निर्णय गरेको हो । नियामकले दुबै कम्पनीलाई समान ११.२ मिलियन डलर जरिवाना तोकेको छ । विश्वका ठूला टेक कम्पनीका रुपमा रहका यी दुई कम्पनीले ग्राहकको व्यक्तिगत डेटा उनीहरूको अनुमति बिना व्यवसायीक प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको हो । त्यो सँगै नियामकले यो उपभोक्ता संहिता विरुद्ध भएको भन्दै कारबाही गरेको हो । नियामकका अनुसार गुगल तथा एप्पल प्रयोगकर्ताको जानकारीको दुरुपयोग गरि त्यसबाट आर्थिक लाभ लिइरहेको समेत पाइएको छ । तर, गुगल र एप्पलले भने नियामक उक्त आरोपमा कुनै सत्यता नभएको बताएका छन् । उनीहरूले प्रयोगकर्ताको डेटा माथि कुनै दूरुपयोग नभएको दावी गर्दै उक्त निर्णय विरुद्ध मुद्दा दायर गर्ने समेत बताएका छन् । The post प्रयोगकर्ताको जानकारी दुरुपयोग गरेको भन्दै एप्पल र गुगललाई दुई अर्ब ७० करोड जरिवाना appeared first on Tech News Nepal . from Tech New...

क्रिप्टो माइनिङका लागि गुगल क्लाउड प्रयोग भएको खुलासा

काठमाडौं । क्रिप्टोकरेन्सी माइनरहरूले ह्याक भएको गुगल क्लाउड अकाउन्ट इन्टेन्सिभ माइनिङको लागि प्रयोग गरिरहेको भन्दै गुगलले चेतावनी दिएको छ । गुगलको साइबर सेक्युरिटि टिमले तयार पारेको ‘ थ्रेट होराइजन ‘ नामक रिपोर्टमा क्रिप्टोकरेन्सी माइनरहरूले यसरी क्लाउडमा भएका अकाउन्टहरू ह्याक गरेर माइनिङको लागि प्रयोग गरेको तथ्य सार्वजनिक गरेको हो । क्रिप्टोकरेन्सी माइनिङको लागि धेरै मात्रामा कम्प्युटिङ पावरको आवश्यकता पर्छ । त्यसका लागि माइनरहरुले प्रयोगकर्ताको अकाउन्टबाट गुगल क्लाउडमा पहुँच बनाउन यस प्रकारको ह्याकिङ गरिरहेको रिपोर्टमा उल्लेख छ । गुगल क्लाउड एउटा स्टोरेज प्लेटफर्म हो जसमा प्रयोगकर्ताहरूले आफ्नो डेटा तथा फाइलहरू राख्ने गर्छन् । गुगलका अनुसार हालै ह्याक भएका ५० वटा गुगल क्लाउड अकाउन्ट मध्ये ८६ प्रतिशत अकाउन्ट क्रिप्टोकरेन्सी माइनिङको लागि प्रयोग भएको पाइएको छ । आधिकांश ह्याक भएका अकाउन्टहरूमा ह्याक भएको २२ सेकेन्ड भित्र क्रिप्टोकरेन्सी माइनिङको सफ्टवेयर डाउनलोड गरिसकेको रिपोर्टमा छ । त्यसैगरी ह्याक भएका मध्ये १० प्रतिशत अकाउन्ट इन्टरनेटमा सार्वजनिक रूपमा उपलब्ध स्रोतहरू स्क्यान गरी...