Posts

Showing posts from September, 2021

पोखरीमा डुबेर बारामा ६ वर्षीया बालिकाको मृत्यु

वीरगञ्ज– बारामा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। पोखरीमा नुहाउने क्रममा डुबेर सिम्रौनगढ नगरपालिका–१ निवासी जितन मुखियाकी छोरी ६ वर्षीया सुमन कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी बुधबार परेको जितिया पर्वको अवसरमा आमासँगै सोही स्थानमा रहेको पोखरीमा नुहाउन गएकी थिइन्। सोही क्रममा बालिकाको पोखरीमा डुबेर मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। बालिकाको शव सिम्रोनगढ अस्पतालमा राखिएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको मिश्रले बताए। https://ift.tt/eA8V8J

जंगली हात्तीले महिलालाई जंगलभित्र लग्योः महिलाको चप्पल, पोतेको झुत्तो र कपालको गुजुल्टो भेटियो

झापा – झापाकी एक महिलालाई जंगली हात्तीले सुँडले च्यापेर जंगलभित्र लगेको छ। ती महिलालाई अहिलेसम्म फेला पार्न सकिएको छैन। एउटा जंगली हात्तीले सुँडले बोकेर ती महिलालाई चन्द्रगढी सामुदायिक वनभित्र लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिर्तामोड नगरपालिका ८ की ५० वर्षीया महिला लतुमाई मर्डीलाई हात्तीले जंगलभित्र लगेको हो। प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेर ५० मिनेटमा भद्रपुर नगरपालिका- १० स्थित देउनियाँ नजिकैको चन्द्रगढी सामुदायिक वनभित्र बिर्तामोड नगरपालिका-८  स्थित नेपाल चोक निवासी शुकलाल मर्डी र उनकी ५० वर्षीया श्रीमती लतुमाई मर्डी निगुरो टिप्न गएका थिए। सोही बेला जङ्गली हात्तीले शुकलालकी श्रीमती लतुमाईलाई सुँडले च्यापेर जङ्गलभित्र लगेको हो। श्रीमतीलाई हात्तीले लगेको तत्काल उनका श्रीमान् शुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए। महिलाको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी जङ्गल पसेका छन्। जङ्गलभित्र महिलाको चप्पल, पोतेको झुत्तो र अलिकति कपालको गुजुल्टो फेला परेको जिल्ला प्रहरी कार्यालय...

आजदेखि काठमाडौँमा सभा–जुलुस तथा भीडभाड गर्न रोक

Image
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनावश्यक रुपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज गर्न रोक लगाएको छ। काठमाडौँमा प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा बिहीबार जारी आदेशमा आज राति १२ः०० बजेदेखि लागू हुने गरी सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज गर्न नपाइने उल्लेख छ। कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै अनिवार्य मास्क प्रयोग गर्न, दूरी कायम गर्न तथा घरभित्रै रहेर न्यूनतम सहभागितामा चाडपर्व मनाउन पनि जिप्रकाले आग्रह गरेको छ। यस्तै सार्वजनिक यातायातमा निर्धारित सिट संख्या भन्दा बढी यात्रु नचढाउन पनि प्रशासनको  आग्रह छ। अर्को आदेश जारी नभएसम्मका लागि यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ। आदेश पालना नभए कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। https://ift.tt/3zTwbGs

भोलिदेखि सुरु हुने एमाले विधान महाधिवेशनको तयारी पूरा

काठमाडौँ– नेकपा एमालेको असोज १५ गते शुक्रबारबाट सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ। बिहीबार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा पार्टीका मिडिया संयोजक खिमलाल भट्टराईले शुक्रबार १२ः१५ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिए। उनले उद्घाटनपछि तीनवटा प्रस्ताव पेश गर्ने र दोस्रो दिन (असोज १६ गते) समूहगत छलफल गरिने कार्यक्रम रहेको बताए। उनले विधान महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी बन्ने बताए। https://ift.tt/eA8V8J

ईपीएलः ललितपुरले दियो भैरहवालाई १७८ रनको लक्ष्य

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्ल्याडियटर्सलाई १७८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भैरहवाले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७७ रन बनाएको हो। ललितपुरका लागि सन्दुन वीराक्कोडी सर्वाधिक ५८ रन बनाए। ४१ बलको सामना गरेका उनले ५ छक्का र २ चौका प्रहार गरे। यस्तै अज्मातुल्लाह ओरजाईले ४२, सन्दीप जोराले ३८ र ओशाडा फर्नान्डोले २० रन बनाए। बलिङतर्फ भैरहवाका अविनाश बोहराले दुई तथा धम्मिका प्रसाद, कृष्ण कार्की र आरिफ शेखले एक–एक विकेट लिए। https://ift.tt/eA8V8J

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, नयाँ मुख्यमन्त्री को बन्ने भन्नेमा गठबन्धनभित्रै हानथाप

Image
हेटौंडा : वाग्मती प्रदेशमा एकल बहुमत रहेको नेकपा एमाले विभाजित भएपछि अल्पमतमा परेको वाग्मती प्रदेश सरकारले असोज २५ गते विश्वासको मत लिने भएको छ। नेकपा एमालेका १३ प्रदेशसभा सदस्य माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन लागेकी हन्। विश्वासको मत नपाउने अवस्था भए पनि… from News And Updates https://ift.tt/3kTnjfu

ब्रिटनीले जितिन् आफ्नै बुवाविरुद्ध स्वतन्त्राको लडाइँ

Image
गायिका ब्रिटनी स्पेयर्सले आफ्ना बुवाविरुद्धको मुद्दा जितेकी छिन्। बुधबार ब्रिटनीका बुबा जेमी स्पेयर्सलाई ब्रिटनीको संरक्षकबाट हट्न अदालतले आदेश दिएको हो। केही समयअघि जेमी स्पेयर्सले आफू संरक्षकबाट हट्न सहमत भएको बताएका थिए। अमेरिकाको लस एन्जल्स उच्च अदालतले जेमी स्पेयर्सलाई संरक्षकबाट हट्न आदेश दिएको हो।  १३ वर्षको संरक्षकत्व समाप्त भएपछि अब ब्रिटनीले… from News And Updates https://ift.tt/3oqD8g9

जबज अझै सान्दर्भिक, एमालेको नेतृत्व मजदुर वर्गले गर्नुपर्ने रणनीति लिएका छौं : बादल

Image
काठमाडौं : नेकपा एमालेका नेता रामबहादुर थापा बादलले जनताको बहुदलीय जनवाद (जबज) अझै सान्दर्भिक रहेको बताएका छन्। विधान महाधिवेशन व्यवस्थापन समितिका संयोजक समेत रहेका बादलले कार्यक्रमबारे जानकारी दिन बोलाइएको पत्रकार सम्मेलनमा जबजलाई अगाडि बढाइने बताएका हुन्। 'जबज कार्यक्रम अहिले पनि सान्दर्भिक छ। त्यसलाई अगाडि बढाइएको छ। नेपालको जनवादी क्रान्ति जबजबाट सफल… from News And Updates https://ift.tt/2ZK4WBL

संसद विघटन सही थियो भन्ने निर्णय केन्द्रीय कमिटि बैठकबाट भइसकेको छ : बादल

काठमाडौँ– एमालेका स्थायी कमिटि सदस्य एवं बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापा बादलले संसद विघटन गर्ने कदम ठीक भएको औपचारिक निर्णय केन्द्रीय कमिटीले गरेको दाबी गरेका छन्। शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने विधान महाधिवेशनबारे जानकारी दिँदै बादलले संसद विघटनका सवालमा फरक मत भए पनि त्यसलाई पार्टीले औपचारिक रुपमा भने उपयुक्त निर्णयका रुपमा लिएको दाबी गरेका हुन्। उनले भने, ‘संसद विघटन सही थियो भन्ने कुरालाई केन्द्रीय कमिटिले अनुमोदन गरिसकको छ। त्यो विघटन जायज थियो भन्ने हो। त्यसमा फरक मतहरु पनि छन्। त्यो आवश्यक थिएन, प्रतिगमन हो भन्ने भनाइ पनि आएका छन्।’ अध्यक्ष ओली विरोधी माधव नेपाल पक्षमा लागेर अन्तिम समयमा एमालेमै रहेका नेताहरुले ओलीले दुई पटक गरेको संसद विघटनबारे समीक्षा हुनुपर्ने आवाज उठाइरहेका छन्। त्यसै सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै बादलले फरक मत भए पनि संसद विघटन सही निर्णय थियो भन्ने पार्टीको आधिकारिक धारणा भएको उल्लेख गरे। बादलले पार्टीलाई बलियो बनाउन विधान महाधिवेशनमा धेरै प्रतिनिधि तय गरिएको दाबी गरे। उनले भने, ‘धेरै प्रतिनिधि किन राखियो? अधिकतम सदस्यलाई...

बिहीबार ३२ अंकले घट्यो सेयर बजार

काठमाडौँ– सेयरबजार साताको अन्तिम दिन बिहीबार पुनः ओरालो लागेको छ। आज सेयर बजार ३२.५१ अंकले ओरालो लागेको हो। आज ३२.५१ अंकले सेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३३.४२ विन्दुमा सीमित भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। १.२२ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ६ सय ३३.४२ विन्दुमा सीमित भएको हो। आज कारोबार रकम पनि घटेको छ। हिजो बुधबार ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँमा कारोबार भएको सेयर कारोबार बिहीबार ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँमा सीमित भएको छ। आज ७३ लाख २१ हजार १४ कित्ता सेयर किनबेच भएको छ। हिजो बढेको सेयर बजारले लगानीकर्तामा झिनो आशा पलाए पनि आजको कारोबारले त्यो आशा पनि मरेको छ। लगातार घट्दै गएको सेयर बजारका कारणले लगानीकर्ताहरु आन्दोलित भएका थिए। त्यसपछि केही सकरात्मक देखिए पनि पुनः सेयर बजारको हालत त्यस्तै देखिएको छ। आज ट्रेडिङ उपसमूह ३.९२ प्रतिशत, अन्य ०.२७ प्रतिशत र म्युचल फण्ड ०.१९ प्रतिशतले बढेका छन्। अन्य उपसमूहहरु भने राताम्मे छन्। अर्थात घटेका छन्। सबैभन्दा बढी फाइनान्स २.९८ प्रतिशतले घटेको छ। कारोबारका आधारमा आज नेपाल फाइनान्स लिमि...

डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा क्यासब्याक

काठमाडौँ– ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यास ब्याक (रु ७५० सम्म) पाउन सक्ने जानकारी दिएको छ। साथै बैंक अफ काठमाण्डौंको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यास ब्याक (रु १५०० सम्म) र माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यास ब्याक (रु २१० सम्म) पाउने सक्ने कम्पनीले जानकारी दिएको छ। यो दशैंमा ग्राहकहरुले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहार समेत जित्न सक्नेछन् । स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर, क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर, पोको किड्स गिफ्ट भाउचर, बेबी ट्रि गिफ्ट भाउचर, इनर्जाइजर पावर बैंक, गोल्डस्टार जी१० जुत्ता तथा जापानिज क्वार्र्टाज मुभमेन्ट जेन्युन लेदर ब्याण्ड रिस्टवाच उपहार जित्न सक्नेछन्। स्मार्टडोकोले यस स्मार्ट दशैं अफरमा ग्राहकहरुलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्यूटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ। साथै ग्राहकले अधिकतम ७० ...

‘साइन्स इन फाइभ’ अब नेपालीमा

काठमाडौँ– विश्व स्वास्थ्य संगठनद्वारा उत्पादित ‘साइन्स इन फाइभ’ अडियो तथा भिडियो श्रृङ्खला अब नेपाली भाषामा पाँचमा विज्ञान पोडकास्टमार्फत सुन्न सकिने भएको छ। विश्व स्वास्थ्य संगठनका विज्ञहरुले कोभिड १९ सम्बन्धी विषयमाथि सरल भाषामा छलफल गर्ने यस श्रृङ्खलालाई विश्व स्वास्थ्य संगठन नेपालले नेपाली भाषामा अनुवाद गरेको हो। कोभिड १९ सम्बन्धी भ्रम र गलत समाचारहरु फैलिरहेको अवस्थामा इन्टरनेट प्रयोगकर्ताहरुलाई लक्षित गरी यो पोडकास्टको प्रशारण सुरु गरिएको हो। यो पोडकास्टले नेपाली जनमानसमा व्याप्त भ्रमलाई चिर्न र सत्य सूचनामा मात्रै विश्वास गर्न मद्धत पुग्ने अपेक्षा गरिएको छ। पोडकास्टका नयाँ अंकहरु प्रत्येक शुक्रबार साउण्डक्लाउडमा पाँचमा विज्ञान च्यानलमार्फत प्रशारण गरिने संगठनको नेपालस्थित कार्यालयले जनाएको छ। यही असोज १५ गतेदेखि प्रशारण गरिने पोडकास्टको पहिलो अंकमा विश्व स्वास्थ्य संगठनकी मातृ तथा नवजात शिशु स्वास्थ्यविज्ञ डा ओज्गे टुनचाल्पले कोभिड १९ महामारीको समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाहरुले ध्यान दिनुपर्ने विषयमा छलफल गर्नेछिन्। नेपाली समुदायमाझ पनि कोभिड १९ सम्बन्धी...

सार्वजानिक यातायातको भाडादर समायोजन हुने

हेटौँडा– बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘यातायात व्यवस्थापन ऐन २०७५’ अनुसार नियमावली कार्यान्वयनमा आइसकेको जनाएको छ। नियमावलीका अभावमा सार्वजानिक यातायातको भाडादर निर्धारण गर्न समस्या रहेको थियो। मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले नियमावली र प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा अब भाडा समायोजन हुने बताएका हुन्। यसका लागि प्रदेश सरकारले कार्यदल नै बनाएर काम अगाडि बढाएको उनले जानकारी दिए। उनले अब भाडा समायोजनको अन्तिम निष्कर्ष आउनमात्र बाँकी रहेको जनाउँदै उक्त निर्णयपश्चात मात्र सवारीसाधनको नयाँ भाडा निर्धारण हुने बताए। सार्वजनिक यातायात महासङ्घका अध्यक्ष डोलनाथ खनालले विसं २०७० बाट भाडा समायोजन नहुँदा यातायात व्यवसायी मर्कामा परेको जानकारी दिए। उनले विसं २०६५ मा सरकारले ६ महिनासम्म अनुसन्धान गरेर वैज्ञानिक भाडा नीति ल्याएको भए पनि उक्त कार्य पाँच वर्षसम्म लागू भएर स्थिर बनेको बताए। पेट्रोलियम पदार्थका कारण भाडा बढ्ने वा घट्ने सम्भावना ३५ प्रतिशतमात्र भएको र ६५ प्रतिशत अन्य कारण रहेको उनको भनाइ छ। भाडा समायोजनमा विभिन्न पक्ष अध्ययन गरिने अध्यक्ष खनालको भनाइ छ...

विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको यसरी व्यवस्थापन गर्दैछ एमालेले

Image
काठमाडौं : नेकपा एमालेको पहिलो विधान महाधिवेशनको तयारी पूरा भएको महाधिवेशन मुल व्यवस्थापन समितिले जनाएको छ। समितिका संयोजक रामबहादुर थापा 'बादल'ले बिहीवार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी पूरा भएको जानकारी गराएका हुन्। १५ गते देखि १७ गतेसम्म हुने महाधिवेशनका ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ। महाधिवेशनको उद्घाटन शुक्रवार १२:१५ बजे… from News And Updates https://ift.tt/3imPMsx

संसद खुलाउने हो भने सभामुख र प्रधानमन्त्रीले सिधै ओलीसँग संवाद गर्नुपर्छ : खगराज अधिकारी

Image
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सांसद खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको बताएका छन्। बिहीवार प्रतिनिधिसभाको बैठकपछि सांसद अधिकारीले नेकपा एकीकृत समाजवादी अवैधानिक पार्टी भएको बताउँदै एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहने बताएका हुन्। उनले… from News And Updates https://ift.tt/3AWDWN6

दशैंमा नेपाली फिल्म रिलिज बारे दीपकराज भन्छन् 'साथीहरूले आँट गर्नुपर्थ्यो'

Image
काठमाडौं : बन्द भएका सिनेमा हलहरू असोज २१ गतेदेखि खुल्ने भएका छन्। पहिलो दिन भने हलिउड फिल्म 'फास्ट एण्ड फ्युरियस ९' रिलिज हुनेछ। त्यसपछि २६ गते मात्रै नेपाल फिल्महरु रिलिज हुनेछन्। तर अहिलेसम्म 'डाँडाको वरपिपल' र 'धन्दागिरी' ले मात्रै २६ गतेको रिलिज टार्गेट सार्वजनिक गरेको छ। तर, पहिले नै रिलिज हुने… from News And Updates https://ift.tt/3om4cx0

विद्युत जामवालको 'सनक' ओटीटीमा रिलिज हुने

Image
महाराष्ट्रमा सिनेमा हल खुल्ने घोषणासँगै ठुला बजेटका फिल्महरुले रिलिज मिति घोषणा गरिसकेका छन्। तर, कुनै यस्ता फिल्म पनि छन् जसले सिनेमाहलको सट्टा फिल्म रिलिजको लागि ओटीटी प्याल्टफर्ममा नै रोजिरहेका छन्। जसमध्येको एक हो अभिनेता विद्युत जामवाल अभिनित फिल्म 'सनक'। 'डिज्नी प्लस हटस्टार' ले इन्स्ट्राग्राम पेजमार्फत एक पोस्टर सार्वजनिक गदैँ फिल्मको… from News And Updates https://ift.tt/3kVaUrz

राष्ट्रिय भलिबलः एपिएफद्वारा पुलिस पराजित

काठमाडौँ– छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै समूह एको विजेतासमेत बन्यो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले पुलिसमाथि २५–१४, २१–२५, २५–१८ र २५–१९ को सेटमा जित निकाल्यो । यस जितसँगै एपिएफले दुई खेलमा छ अङ्क जोडेको छ । पुलिस भने समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्‍यो। पुलिसले दुई खेलमा तीन अङ्क जोड्यो। न्यू डायमन्ड स्पोर्ट्स क्लब विजयी त्यस्तै सोही स्थानमा आज नै भएको अर्को खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । न्यू डायमन्डले आर्मीलाई २७–२५, २५–२२ र २५–२० को सेटमा पराजित गर्‍यो। यस जितसँगै समूह बीको विजेतासमेत बनेको न्यू डायमन्डले दुई खेलमा छ अङ्क जोड्यो। पहिलो खेलमा न्यू डायमन्डले एभरेष्ट क्लब ...

आजभोलि नै मन्त्रिपरिषद विस्तार : प्रचण्ड

काठमाडौँ – सत्ता गठबन्धनका एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन्। सहिद प्रतिष्ठान नेपालको १२ औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आजभोलि नै सरकार विस्तार हुने जानकारी दिएका हुन्। शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको साढे दुई महिना वितिसक्दासमेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। प्रचण्डले मन्त्रालयको भागवण्डा टुंग्याएर आजओलि नै पूर्णता दिने उल्लेख गरे। सरकार पूर्णता पाएसँग्ै जनयुद्धका घाइते अपाङ्गलाई राहतका कार्यक्रम ल्याउने दाहालको भनाइ छ। उनले भने, ‘अब गठबन्धन सरकार विस्तार भएर जनयुद्धका घाइते र अपाङ्गका माग पनि सम्बोधन गर्ने दिशामा अघि बढ्नेछौँ।’ शान्ति प्रक्रियामा आएको लामो समय भइसक्दा समेत आफूहरुमाथि घेराबन्दी गर्ने काम नरोकिएको अध्यक्ष प्रचण्डको भनाइ छ। ‘शान्ति प्रक्रियामा आएको १५ वर्षपछि पनि हामीलाई घेरा हालिरहेका छन्। घेरा तोड्ने र प्रतिरोध गर्ने अभियानमा हामी छौँु। हामी सरकारको साझा न्यूनतम कार्यक्रममा कम्तीमा जनयुद्धका सहिदबारे ठोस निर्णय लिन्छौँ। सत्य निरुपण तथा बेपत्ता आयोगलाई सक्रि...

विद्युत कर्मचारीमाथि हातपात गर्ने होटल व्यवसायीले मागे माफी

Image
मोरङ– होटलको विद्युतको बक्यौता रकम नतिरेपछि लाइन काट्न पुगेको विद्युतको टोलीमाथि हातपात भएको घटनामा होटल सञ्चालकले माफी मागेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार साँझ भएको छलफलपछि होटल सञ्चालकले आफूले आवेशमा आएर घटना गराएको र आगामी दिनमा कुनै पनि गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै माफी मागेको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काले जानकारी दिए। तर होटल सञ्चालक तुलसी पोखरेलले कसैलाई पनि कुटपिट र आक्रमण नगरिएको सुनाएका थिए। विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारी बुधबार लाइन विच्छेद गर्न पुगेपछि होटल सञ्चालक पोखरेलले हातपात गरेका थिए। विराटनगर १२ स्थित होटलका सञ्चालक पोखरेलले प्राधिकरणका इलेक्ट्रिसियन विराटनगर–३ घर भएका ५७ वर्षीय तारानाथ खतिवडामाथि आक्रमण गरेका थिए। होटलले लामो समयदेखि विद्युत महसुल नबुझाएका कारण इलेक्ट्रिसियन खतिवडाको टोली लाइन विच्छेदका लागि होटलमा पुगेको थियो। लाइन काट्न अवरोध पु¥याएका पोखरेलले अश्लील शब्द प्रयोग गरेर दुव्र्यवहार गर्दै सुरक्षागार्ड र कर्मचारीको सहयोगमा खतिवडामाथि आक्रमण गरेको पीडितले बताएका छन्। घटनाले उग्र रुप...

बुटवलमा चाडबाडकेन्द्रित बजार अनुगमन

बुटवल – बुटवलमा चाडबाडलाई ध्यानमा राखेर बजार अनुगमन शुरु भएको छ। बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन थालिएको हो। खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दूध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भएनभएको विषयमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा फेला परेका कमसल सामग्रीलाई जफत गरी नष्ट गर्ने, जरिवाना तिराइएको छ भने अटेर गर्नेलाई बन्द गर्ने चेतावनी दिइएको छ। बुटवल उपमहानगरपालिका–४, हाटबजार लाइनमा रहेका कान्दु किराना पसल, न्यू कृष्ण किराना स्टोर्स, न्यू भण्डारी खाध्य स्टार्स, गोपीकृष्ण किराना पसल बुटवल–९, कालिकापथमा रहेका न्यू भण्डारी किराना पसल, सान्जी मार्ट, ठुल्दाई ट्रेड सप्लार्यस, ठुल्दाई खाद्यान्न भण्डार, बुटवल–९ मै रहेका हरियो तरकारी प्रालि, पतञ्जली आयुर्वेद प्रा....

विश्व मुटु रोग दिवसमा वीरगन्जमा र्‍याली

Image
बीरगंज । युज हर्ट टु कनेक्ट' भन्ने नाराका साथ वीरगन्जमा पनि आज विश्व मुटु रोग दिवस मनाइएको छ ।  सन् २०२१ को विश्व मुटु दिवसले भावना र मानवीयतालाई जोड्ने उद्देश्य लिएको छ । अझ कोभिडपछिको विश्वमा डिजिटल जानकारी र उपचार पद्धतिलाई यस वर्ष विशेष महत्त्व दिइएको छ ।  विश्व मुटु दिवसको अवसरमा वीरगन्जमा हिँडडुल गर्नुहोस् मुटु स्वस्थ राख्नुहोस् भन्ने नाराका साथ र्‍याली निकालिएको छ ।  वीरगन्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जन स्वास्थ्य प्रवर्धन शाखा र नारायणी बयोधा अस्पतालको संयुक्त आयोजनामा र्‍यालीको आयोजना गरिएको हो । मुटु स्वस्थ राख्नका लागि अपनाउनुपर्ने सावधानीका बारेमा विभिन्न सचेतनामूलक सन्देशसहित घण्टाघरबाट निस्किएको र्‍याली नारायणी अस्पतालमा पुगेर कोण सभामा परिणत भएको थियो ।  कार्यक्रमलाई सम्बोधन गर्दै मुटुरोग विशेषज्ञ डाक्टर राधा भट्टराईले मुटु स्वस्थ राख्न नुन कम खाने, तारेको पोलेको नखाने, तेल कम खाने, मोटोपनलाई घटाउनु पर्ने कुरामा जोड दिनुभयो ।  बीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले स्वस्थ हावापानी, धुलो धुवाँरहित वातावरण कायम राख्न सके मुटु रोगीको सङ्ख्...

प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा

Image
जनकपुरधाम,असोज १३ । प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेकाे छ । प्रदेश सरकारले साइकल खरिदमा व्यापक अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेको हो । उजुरीको सम्बन्धमा स्थलगत रुपमा छानविनका लागि अख्तियारको टोली मन्त्रिपरिषद्को कार्यालयमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका हुन्। साइकल खरिदमा प्रदेश सरकारले व्यापक अनियमितता गरिरहेको समाचारहरू पटकपटक सञ्चार माध्यमहरूमा आइरहेका छन् । 'बेटी पढाऊ बेटी बचाऊ'  अभियान अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्राहरूलाई प्रदेश सरकारले वितरण गर्दै आइरहेको छ । स्रोतका अनुसार अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयको 'बेटी पढाऊ बेटी बचाऊ'   अभियानसँग सम्बन्धित फाइलहरू नियन्त्रणमा लिएका छन् । यो अभियान मुख्यमन्त्री कार्यालय अन्तर्गत सञ्चालित रहेको छ । अहिलेसम्मको अवस्थामा सातवटै प्रदेश मध्ये प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारले पहिलोपटक छापा हानेको हो । यसअघि सामाजिक विकास...

खेतबारीमा शंखेकीराको प्रकोप

Image
वीरगंज १३ असोज।  यस वर्षको वर्षायाममा जताततै शंखेकीराको प्रकोप बढेको छ । चिप्लेकीराको विलय भएको धेरै वर्षपछि चिप्लेकीराजस्तै देखिने शंखे कीराको वृद्धि भएको छ । घर आगनमा शंखेकीराले ढाक्ने गरेका छ । करेसाबारी, खेबारी जताततै शंखेकीरा नै कीराले ढाकेको छ । शंखेकीराले तरकारीर अन्य बालीलाई पनि नोक्सानी पु¥याउने गरेको छ । शंखेकीरा फोहरी कीरा हो यसले जताततै विष्टा गरेर फोहर पार्छ । झन्डै एक पाउसम्मको शंखेकीरा हुन्छ । सागसब्जी, अन्य तरकारीमा ससाना शंखेकीरा टाँसिएर बस्ने गरेका छन् । शंखेकीराको संख्या एक्कासि खेतबारीमा किन वृद्धि हुन गयो सम्बन्धित निकायले यसको अध्ययन गर्न जरुरी भएको छ । पैनी, खोलानाला खेतको पानीमा शंखेकीरा पाइने गरेको छ । माटोको उर्वराशक्ति वृद्धिका लागि अतिउपयोगी गँडयौला अहिले दुर्लभ एको छ । रोग बिरुवा, बालीनालीमा प्रयोग गरिने कीटनाशक विषादीका कारण गँडयौला र गँगटो मासिंदै गएको छ । गँडयौला माटोबाट विलय भएमा माटोको उर्वरा शक्तिमा ह्रास पुग्न जान्छ । 

टाइमकार्डको विरोधमा प्रदर्शन

Image
वीरगंज, १२ असोज ।  वीरगञ्जको बसपार्कमा प्रदर्शन गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।  यात्रीवाहक सवारीलाई वीरगञ्जको बसपार्कदेखि प्रतिमा चोकसम्मको दूरीमा १० मिनेटमा पुग्नुपर्ने समय निर्धारण गरेको छ । उक्त समय अपुग भएको भन्दै यातायात व्यवसायीहरूले आज बिहानै सडकमा बसहरू खडा गरेर विरोध जनाएका छन् । टाईम कार्डको समय अपुग भएको भन्दै असन्तुष्टि व्यक्त गरेर उनीहरूले सडकमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । यातायात व्यवासायीकै सहमतिमा टाईमकार्ड लागू गरिएको भएपनि अहिले आएर केही यातायात व्यवसायीहरूले समय अपुग भएको भन्दै विरोध गर्दै प्रदर्शन गरेपछि उनीहरूलाई पक्राउ गरि अहिले जिल्ला प्रहरी कार्यालयमा उनिहरूलाई राखिएको उनले बताए । 

हत्याको आरोप लागेपछि वडाध्यक्षद्वारा आत्मसमर्पण

Image
धनुषा, १२ असोज ।  धनुषामा हत्या आरोपित एक वडाध्यक्षले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका–४ का स्थानीय सुमिन्त्रादेवी यादवलाई कुटपिट गरी हत्या गरेको आरोप लागेका सोही वडाका अध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरले इलाका प्रहरी कार्यालय सबैलामा आत्मसमर्पण गरेका हुन् । सो घटनाको ज्यान मार्ने उद्योगका १० जना आरोपितमध्ये फरार रहेका वडाध्यक्ष कुशेश्वर ठाकुरले लामो समयपछि आत्मसमर्पण गरेका हुन् । गत वैशाख १३ मा सडक विस्तारका लागि जग्गाको सीमाना खोजबिनको गर्ने क्रममा भएको विवादमा सुमिन्त्रालाई कुटपिट गरी घाइते बनाइएको थियो । उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो । सो घटनामा सुमिन्त्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रंजित यादवसमेत गम्भीर घाइते भएका थिए । तर उपचारको क्रममा सुमित्राको मृत्यु भएपछि परिवारजनले वडाध्यक्ष कुशेश्वरसहित १० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय मोरङमै कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएका थिए । मोरङ प्रहरीले सो मुद्दा धनुषाको इलाका प्रहरी कार्यालय सबैलालाई गत जेठ १६ म...

राउत सरकारले क्रियाकलाप नसुधारे कडा कदम चाल्छौं ः नेता सोनल

Image
वीरगंज, १२ असोज ।  लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेश २संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतको सरकारले क्रियाकलाप नसुधारे कडा कदल चाल्न बाध्य हुने बताएका छन् । लोसपाको संसदीय दलको नेतामा सोमवार राति मात्र निर्वाचित भएका सोनलले प्रदेश २ मा आफूहरू सशक्त प्रतिपक्षिको भूमिका निर्वाह गर्ने बताए। पार्टी विभाजन पश्चात प्रदेश २ मा लोसपा प्रमुख प्रतिपक्षी दल बनेको छ। मंगलवार सञ्चारकर्मीसँग कुराकानी गर्दै सोनलले मुख्यमन्त्री लालबाबु राउतसँग प्रष्ट दृष्टिकोण नरहेको टिप्पणी गरेका छन् । उनले यो सरकार टाइमपास मात्र गरिरहेको आरोप लगाएका छन् । उनले भने, 'यो लालबाबुको सरकारसँग मधेसको उन्नति, प्रगति, समृद्धि, संघीयतालाई संस्थागत गर्ने सवालमा कुनै प्रष्ट दृष्टिकोण छैन, प्रष्ट योजना छैन ।' 'एनिहाउ सरकार बचाउ' भन्ने जुन प्रचलन छ, त्यसै प्रक्रियामा मुख्मयन्त्री लालबाबु राउतको सरकार रहेको सोननले आरोप लगाए । 'अहिले क्याबिनेटको बैठक बसिरहेको छैन, हाउस बन्द छ, मन्त्री–मन्त्रीमा मुद्दा चलिरहेको छ । मन्त्रीहरूलाई बस्ने क्वाटर छैन, अफिस छैन । यो सरकारसँग व्यवस्थ...

उपभोक्ता ठग्ने ९ पसलमाथि जरिवाना

Image
वीरगंज, १२ असोज ।  नजिकिँदै गरेको दशै, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गर्दै वीरगंजमा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्रता दिएको          छ ।   अनुगमनको क्रममा उपभोक्तालाई ठगी गरेको आरोपमा वीरगंजका ९ वटा पसललाई कारबाई गरी ५० हजार जरिवाना गरेको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगंजको निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज उद्योग वाणिज्य सघ, उपभोक्ता हित संरक्षण मञ्च वीरगंजको प्रतिनिधि सहित टोलीले उपभोक्ता संरक्षण ऐन २०७५  को दफा ३८  बमोजिम कसुर गरेकालाई सोही ऐनको  दफा ३९ बमोजिम ५० हजार रुपियाँँ जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगंजको निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीले बताउनुभयो ।  टोलीले घण्टाघर स्थित लक्ष्मी मोबाइल एन्ड इलेक्ट्रिक, बालाजी मोबाइल सेन्टर, विनोद मोबाइल सप्लायर्सलाई खरिद बिल बिजक नदेखाएकोले ५र५ हजार रुपियाँँ जरिवाना गरेको थियो भने श्री गणेश लक्ष्मी वस्त्रालयलाई १० हजार, ओम साई शु–सेन्टर, श्री नृसिंह जि...

कालिकामाईमा भएको अनियमितताबारे अख्तियारद्वारा थप अनुसन्धान

Image
वीरगञ्ज, १२ असोज  अख्तियार दुरूपयोग अनुसन्धान आयोग, हेटौँडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा भएको अनियमितताबारे थप अनुसन्धान थालेको छ । गाउँपालिकामा भएका विभिन्न निमार्णका काममा अनियमितता भएको भन्दै पटक पटक उजुरी परेपछि आयोगले थप अनुसन्धान अघि बढाएको हो । गाउँपालिकाबाट थप कागजात माग गरी परेका उजुरीबारे थप अनुसन्धान थालिएको आयोगको हेटौँडा कार्यालयका उपसचिव एवं सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । "विभिन्न समयमा अनियमितताबारे उजुरी परेकाले कार्यालयसँग कागजात माग गरी अनुसन्धान अघि बढाएका छौँ", उहाँले भन्नुभयो । कालिकामाईले थालेका विभिन्न योजना, कर्मचारी भर्ना, धारा जडान कार्यक्रम, आइसोलेशन व्यवस्थान, नदी सफाइ, सडक ढलानलगायतका काममा अनियमितताबारे आयोगमा उजुरी परेको थियो ।  आयोगको टोलीले उजुरी परेका विभिन्न योजना तथा कार्यक्रमका कागजात गाउँपालिकाको कार्यालयबाट झिकाएको छ । गाउँपालिकाको विभिन्न वडामा सञ्चालन भएको योजनाको अख्तियार टोलीले स्थलगत अवलोकन समेत गरेको थियो । आयोगको टोलीले कर्मचारीसँग सोधपुछ गर्नुको साथै कार्यालयबाट भए गरेका कामको फाइल अध्ययन थालेको...

कलैयाको मुख्यबजार क्षेत्रको बिभिन्न स्थानमा पार्किङ नहुँदा आवागमनकर्मीलाई समस्या

Image
वीरगंज,११ असोज ।  कलैयाको मुख्यबजार क्षेत्रको बिभिन्न स्थानमा पार्किङ नहुँदा आवागमनकर्मीलाई समस्या हुनेगरेको छ । कलैया बजार तथा सम्बन्धीत कार्यालयको पार्किङस्थल नहुँदा सडकमै सवारी साधनहरू पार्कि« हुनेगर्दा सवारी तथा पैदल यात्रीलाई समस्या परेको हो । सेवाग्राहीले कलैयाको मालपोत, भूमिसुधार, नापी कार्यालय र जिल्ला अदालतसहितका अन्य स्थान घण्टाघर दायाँबायाँ, बजारका सडकमै साईकल, मोटरसाईकल, कार लगायतका सवारीसाधन पार्किङ गर्दा सडकमा सवारी सञ्चालनमा अवरोध भई समस्या हुनेगरेको चालक तथा बटुवाहरूको गुनासो छ । यस्तै, जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालय, मच्छरहट्टा चोक, महाबीर स्थान, दही बजार, लगायतका सडकखण्डमा पिकअप भ्यान, ट्याक्टर, ट्रक मोटरसाईकल लगायत हलका सवारीसाधन जथाभाबी पार्किङ गरिएका कारण दैनिक सडकजाम भई ट्राफिक व्यवस्थापनमा समस्या हुनेगरेका छन् । यसैगरी कलैया उपमहानगरपालिका बजार क्षेत्रमा, दर्जनौ संख्यामा रहेका बैंक, बित्तिय संस्था र सम्बन्धीत कार्यालयले सवारीसाधन पार्किड्ढा लागि उचित स्थानको व्यवस्था नगर्दा त्यस कार्यालयमा सेवा लिन आउने सेवाग्रहीहरूको सवारीसाधनले समेत बाटोमै ...

बरियारपुर बजारमा आगलागी

वीरगंज,११ असोज ।  बारामा आगलागी हुँदा दुर्ई लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ । महागढीमाई नगरपलिका–१ बरियारपुर बजारमा आगलागी भएको हो। सोमवार बिहान १ः२० बजे उपेन्द्रकुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीबाट उपेन्द्रसहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । तीन वटै पसलमा गरी अन्दाजी दुर्ई लाख ४० हजार मूल्य बराबरको समान जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ । आगलागीमा विश्वनाथ कुशवाहाको सागर मोबाईल सेन्टरमा ब्याट्री इनभर्टर दुर्ई थान, मोबाइल, ल्यापटप र बुफर गरी एक लाख पाँच हजार, जितेन्द्र कुशवाहाको टिभी पसलमा राखिएको पंखा, टिभी सात वटा, दुर्ई थान एलसीडी र एक थान एलईडी गरी ९५ हजार र उपेन्द्रको मोटरसाइकल, टिभी र मोटर गरी ४० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

महानगरको स्वास्थ्य सेवा प्रवाह प्रभावकारी गर्नुपर्छ ः नगर प्रमुख सरावगी

Image
वीरगन्ज, ११ असोज । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले महानगरवासीको स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रवाह हुनुपर्ने बताउनुभयो । मानव स्वास्थ्यको विकास नभई अन्य विकासको कुनै औचित्य नहुने बताउदै नगर प्रमुख सरावगीले स्वास्थ्य, शिक्षा र मानवता महानगरपालिकाको प्राथामिकतमा रहेकोले स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने बताउनुभयो । युनिसेफ नेपाल र काठमाडौ मेडिकल कलेजको आयोजनामा र बिरगंज माहानगरपालिकाको सहकार्यमा आईतबारदेखि सुरु भएको दुई दिने प्राथमिक स्वास्थ केन्द्र सम्बन्धि दुईदिने कार्यशाला गोष्ठीको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख बिजय कुमार सरावगी नागरिकले स्थानीय सरकार आएपछि घरदैलो मै प्रभावकारी स्वास्थ्य सेवाको अपेक्षा गरेकोले सोही अनुसार स्वास्थ्य सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले तालिम र प्रशिक्षणले कर्मचारीहरुलाई अझ दक्ष बनाउने र यसले सेवा प्रवाहमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतो, स्वास्थ्य संयोजक ऋतेश जयस...

मतदाता नामावलीमा नाम समावेश गर्न अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरूको भिड बढ्दै

Image
बीरगंज ११ असोज।     मतदाता नामावलीमा नाम समावेश गर्न अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरूको भिड बढ्दै गइरहेको छ ।  दैनिक भिड बढ्न थालेपछि प्रशासन कार्यालयलाई भिड व्यवस्थापन गर्न हम्यहम्य परेको छ । कर्मचारी अभावसँगै साँगुरो ठाउँ भएकोले सेवाग्राहीहरू भुईँमा बस्न बाध्य भएका छन् । टन्टलापुर घाममा नागरिकता लिनका लागी लाइन बस्नेहरूको समस्या उदेक लाग्दो छ । पसिनाले नागरिकता फारम भिजेर सेवाग्राही उल्टै हैरानी खेप्न बाध्य भएका छन् ।  निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन सुरु गरेपछि नागरिकता लिनेहरूको अहिले भिड बढेको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।  मतदाता नामावली छुट भएकाहरू अहिले एक्कासि नागरिकता लिने आएपछि भिड बढेको पौडेलले बताउनुभयो । भिड जति भए पनि दैनिक ७०र८० वटा नयाँ नागरिकता तथा ३०र४० वटा प्रतिलिपि वितरण हुने गरेको छ ।  मतदाता नामावली सङ्कलन कार्य सुरु भएपछि दुधेबालक काखमा च्यापेर महिलाहरू समेत नागरिकता लिन आएका छन् ।  भोट आफ्ना पक्षमा पर्नका लागी गाउँ टोलका अगुवा नेताहरूले आफ्नै खर्चमा नागरिकता नहुँदा मतदाता नामावलीमा नाम नभएकाहरूलाई बीरगं...

१५ लाख मूल्य भन्दा बढीको सुपारी, छोकडा, केराउ र मरीच सहितको ट्याक्टर नियन्त्रण

Image
बीरगंज ११ असोज। पर्साको भिस्वा नाकाबाट भारततर्फ राजस्व छली लैजाने क्रममा प्रहरीले १५ लाख मूल्य भन्दा बढीको सुपारी, छोकडा, केराउ र मरीच सहितको ट्याक्टर नियन्त्रणमा लिएको छ ।  बीरगंज रक्सौल नाकापछि पर्साको छोटी नाकाको रुपमा प्रचलित भिस्वा नाका भएर भारततर्फ लैजाँदै गरेको अवस्थामा सुपारी, छोकडा, मरीच लोड गरिएको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो । प्रदेश २–०३–००१ त ०००१ नम्बरको ट्रयाक्टरबाट प्रहरीले ४६ बोरा सुपारी, १५ बोरा छोकडा, १० बोरा केराउ र ५ बोरा मरीच नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सुपारी, मरीच र छोकडा थप कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाउने तयारी भई रहेको प्रहरीले जनाएको छ ।   

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको -कार्यालय प्रमुख डा लालबहादुर खत्री

Image
बीरगन्ज,११ असाेज । सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय बीरगन्जले चालू आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । पर्साको सिरिसियामा रहेको यहाँ विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनरमार्फत नेपालमा सामग्री भित्रिन्छ । यहाँ एकपटकमा ९० वटासम्म कन्टेनरमार्फत विविध सामग्री नेपालमा आउने गर्दछ । गत साउन र भदौमा कूल रु ७ अर्ब ७ करोड ५३ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । त्यसमा लक्ष्यभन्दा २० दशमलव ९६ प्रतिशतले वृद्धि भई कूल रु ८ अर्ब ५५ करोड ८१ लाख राजस्व सङ्कलन भएको छ । लामो समयको कोभिड–१९ को असहज अवस्था बिस्तारै सुधार हँुदै जाँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा पछिल्लो समय सामग्रीको आयात बढेकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख डा लालबहादुर खत्रीले बताए । बढी राजस्व सङ्कलन हुनेमा भन्सार महसुल पैठारीतर्फ रु कूल ३ अर्ब ९० करोड ८२ लाख ९६ हजार र मूल्य अभिवृद्धि करतर्फ कूल रु ३ अर्ब ९८ करोड ७६ लाख ८५ हजार ६७१ रुपैयाँ सङ्कलन भएको छ । यस नाकामा विशेष गरी भारतसहित जापान, अमेरिका, बेलायत,...

४० किलो चाँदीसहित रौतहटबाट एकजना पक्राउ

Image
रौतहट  असोज ५  रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी छन् ।  काठमाडौँबाट रात्रि बसमा गएका माझीलाई पक्रेर थप अनुसन्धान सुरु गरिएको रौतहटका एसपी विनोद घिमिरेले बताए । गौरस्थित नयाँ बसपार्कमा प्रहरीले चेकजाँच गर्दा उनको साथमा ४० केजी चाँदी फेला परेको थियो ।

कर्मचारी घुस रकमसहित पक्राउ

जनकपुर,०५ असोज । घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी र सप्तरी प्रहरीको संयुक्त टोलीले सोमवार घरेलुका कर्मचारी विरेन्द्र साहलाई पक्राउ गरेको हो । सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाका अनुसार साहलाई सेवाग्राहीसँग घुस रकम लिँदैगर्दा पक्राउ गरेको हो । पक्राउ परेका साह नायब सुब्बा हुन् । आवश्यक अनुसन्धानको लागि कर्मचारी साहलाई अख्तियारको कार्यालय इटहरी लगिएको छ ।

अरुको ब्रान्ड चोर्ने मसला व्यवसायी पक्राउ

Image
वीरगंज, ५ असोज ।  बीएमपी स्पाईसेसको स्टिकर टाँसेर स्थानीय मसला बिक्री गरेको आरोपमा प्रहरीले पर्साका एक मसला उद्योगीलाई पक्राउ गरेको छ । प्रहरीले बीरगन्ज महानगरपालिका–८ निवासी रोहित साह कानुलाई पक्राउ गरेको हो । कानुले अन्नपुर्ण मसला उद्योगका मसलाहरूमा बीएमपी स्पाईसेस उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगंज महानगर तथा अन्य स्थानहरूमा बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । ६ सय ५४ पोका मसला, १० बोरा कच्चा पदार्थ तथा मसला पिस्ने मेसिन एक थान तथा चटकेर बीएमसी स्पाईसेस उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलहरू समेत बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए । पक्राउ परेक कानुलाई प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको खनालले बताए ।

नारायणगढ–बुटवल सडक : खाल्डाखुल्डीले सवारी गुडाउन सकस

Image
नवलपुर, ५ असोज (रासस) : विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन् । जिल्लाको गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ । चारवटा स्थानीय तहलाई छुने सो सडकको सबैभन्दा बढी खाल्डाखुल्डी गैँडाकोटमा रहेको छ । यो सडकको सबैभन्दा कम खाल्डाखुल्डी र केही राम्रो बाटो भने मध्यविन्दु नगरपालिकाको जङ्गल क्षेत्रमा मात्रै भेट्टाउन सकिन्छ । सो सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या बिरामी र एम्बुलेन्स चालकलाई हुने गरेको छ । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले नारायणगढ–बुटवल सडक पहिलेको अवस्थामा भन्दा ९९ प्रतिशत बिग्रिएको बताउनुहुन्छ । "सामान्य नागरिकलाई त त्यो बाटोमा यात्रा गर्न गाह्रो हुन्छ", लामिछानेले भन्नुभयो, "झन् हामी त बिरामी लिएर हिँड्नुपर्छ, बिरामीलाई चाँडो अस्पताल पु¥याउनुपर्छ । बाटोका कारण...

दुर्घटनामा एकको मृत्यु

Image
राजविराज, ५ असोज  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१४च ६२७९ नंको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना३७प ३८९४ नंको मोटरसाइकल एकापसमा ठोक्किएको हो । सो दुर्घटनामा परी मोटरसाइकल चालक जिल्ला पर्सा जिरा भवानी गाउँपालिका– ३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –––

चाडपर्वको मुखमा पनि पाएनन् उखु किसानले अनुदान

Image
सर्लाही। सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो । उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका जिल्लाका उखु उत्पादक किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । उहाँका अनुसार भुक्तानीको झन्झटले उखु उत्पादक किसान उखु खेतीबाट निरुत्साहित हुँदै अन्य खेतीतर्फ लागेका छन् । यता कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका निमित्त प्रमुख दामोदर पौडेलले अनुदान रकम वितरणका लागि दुई साताअघि कार्यालयलाई रु २० करोड सात लाख बजेट प्राप्त भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "अहिले रोक्का भएको बजेट खुल्ने बित्तिकै दसैँअघि नै उखु उत्पादक किसानलाई अनुदान वितरण गरिने छ ।" अनुदान वितरणका लागि इन्दुशङ्कर चिनी उद्योग हरिवनबाट उखु किसानको विवरण लिइसकेको र महालक्ष्मी चिनी उद्योग बगदहले एक÷दुई दिनमै विवरण उपलब्ध गराउने बताएको कोलेनिकाका निमित्त ...

आईओएस १५ सँगै आईफोनमा आएका १९ नयाँ फिचर

Image
काठमाडौं । एप्पलले सोमबार मात्रै आईओएस १५ को फाइनल भर्सन डाउनलोडका लागि उपलब्ध गराएको छ (आफ्नो आईफोनमा आईओएस १५ डाउनलोड गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस्) । एक पटक तपाईंले यो ठूलो अपडेट गराएसँगै थुप्रै नयाँ फिचर प्रयोग गर्न पाउनु हुनेछ । त्यसमध्ये केही फिचरले तपाईंको आईफोन प्रयोग गर्ने तरिकालाई नै परिवर्तन गरिदिन सक्छन् । यहाँ हामी तपाईंलाई आईओएस १५ को अपडेटसँगै त्यसमा आएका नयाँ फिचर कसरी प्रयोग गर्ने भन्ने विषयमा बताउँदै छौँ । १. ध्यानमग्न वा एकाग्र भएर आफ्नो काम गर्नुहोस्ः नयाँ आईओएसमा आएको सबैभन्दा महत्वपूर्ण फिचर मध्येको एउटा हो, फोकस मोड । जुन तपाईंले मुख्य सेटिङ मेनुमै पाउन सक्नुहुन्छ । यो 'डु नट डिस्टर्ब' जस्तै फिचर हो । तर यसबाट तपाईंले घरमा भएको, काममा रहेको वा बिदामा बसेको अवस्थाका लागि नोटिफिकेसन प्राप्त हुने आफ्नै किसिमका नियम राखेर मिलाउन  सक्नुहुनेछ । यसबाट तपाईंले म्यासेज गर्ने व्यक्तिलाई समेत आफ्नो नोटिफिकेसन अफ रहेको जानकारी दिने विकल्प समेत पाउनु हुनेछ । २. आफूसँग शेयर गरिएको जानकारी हेर्नुहोस्ः फोटोज, सफारी, एप्पल न्युज, एप्पल म्युजिक, एप्पल पोडकास्ट...

Our client- jagrankhabar.com

Image
Live site link here  

Our client- neelamb.com.np

Image
Live site link here  

आमा छोराको शव फेला

Image
जनकपुर,०४ असाेज । धनुषाको एक पोखरामा आमा छोराको शव फेला परेको छ । धनुषाको धनुषाधाम नगरपालिका २ धर्मपुर टोलकी २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुश कुमार सिंहको शव घर नजिकैको पोखरीमा सोमबार बिहान फेला परेको हो । अहिले इलाका प्रहरी कार्यालय धनुषाधामको टोलि घटनास्थल पुगेको छ । पोखरीबाट शव निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए । स्थानीयले राति श्रीमान श्रीमतीबीच विवाद हुँदा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने आशंका गरेका छन् । सोमबार बिहानै आमा छोराको शव पोखरीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक महिला स्थानीय अशोक सिंहकी श्रीमती हुन् । घटना विषयमा अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । 

फुटाइयो नगरपालिकामा लगाइको ताला

लहान, ३ असोज (रासस) : विभिन्न माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा लगाएको ताला फुटाइएको छ ।    नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि गत बिहीबार स्थानीयवासीले नगरपालिकामा चौंथो पटक तालाबन्दी गरेका थिए । स्थानीयवासीले नगरपालिकामा लगाएको ताला कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादव र उहाँका श्रीमान् सञ्जीवकुमार यादवले फुटाइदिएको स्थानीयवासी प्रदीप साहले जानकारी दिनुभयो ।   आफूहरुले उठाएका मागको कुनै सम्बोधन नै नगरी जबर्जस्ती ताला फुटाएकाले स्थानीयवासीले कार्यवाहक नगरप्रमुख यादवविरुद्ध केहीबेर नाराबाजीसमेत गरेका थिए । नगरपालिकामा व्यापक अनियमितता भएको र विभिन्न विकास निर्माणका काममा भएको प्रगति र गरिएको लगानीका बारेमा सूचना माग गर्दासमेत सूचना नदिएको स्थानीयवासीको आरोप छ ।      यसअघि पनि पटकपटक स्थानीयवासीले हिसाब सार्वजनिक गर्नुपर्नेलगायत मागसहित तालाबन्दी गरेका थिए । घुस प्रकरणमा सो नगरपालिकाका नगरप्रमुख सूर्यनाथ मण्डल निलम्बनमा परेपछि उपप्रमुख यादवले कार्यवाहक नगरप्रमुखका रुपमा कार्य सम्हाल्दै आउनुभएको छ ।        कार्यव...

Blogger, wordpress footer code

वीरगंजबाट प्रकाशित राष्ट्रिय दैनिक प्रधान सम्पादक/प्रकाशक कन्हैया गुप्ता प्रबन्ध निर्देशकः  जीवनलाल श्रेष्ठ सम्पर्क Birgunj-11, Parsa, Nepal +977-9845035666 kanhiayagupta@gmail.com janasamarpitdaily@gmail.com code is here <span style="color: white;">वीरगंजबाट प्रकाशित राष्ट्रिय दैनिक</span><div><span style="color: white; font-size: x-small;"><br /></span><div><span style="color: white;"><b>प्रधान सम्पादक/प्रकाशक</b></span></div><div><span style="color: white;"><b>कन्हैया गुप्ता</b></span></div><div><span style="color: white;"><b><br /></b></span></div><div><span style="color: white;"><b>प्रबन्ध निर्देशकः&nbsp;</b></span></div><div><span style="color: white;"><b>जीवनलाल श्रेष्ठ</b></span></d...

copyright and develop by code

Image
@thedesigners7.com/ | Develop by: code is below  <div class="separator">@thedesigners7.com/ | Develop by: <span style="margin-left: 1em; margin-right: 1em; text-align: center;"><a href="https://www.thedesigners7.com" target="_blank"><img border="0" data-original-height="120" data-original-width="499" height="20" src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhYqGH2vwQw9IjdX94EsHaBh7vvLGtnqrHzOHiWLWEZeNghVo-1do9nHk6G710uK0G3WbGigjVIl0U5VAzdhasJx2khyuM4HaDvemrQddpahJ7uz0L9d4o6JBbIb-C6fK-C0iUGudT2EyM/w83-h20/the_designers7.jpg" width="83" /></a></span><br /><br /></div>

आपराधिक क्रियाकलापमा संलग्न रही फरार भएका अन्सारी पक्राउ

Image
वीरगंज, २८ भदौ ।  नेपालमा जघन्य अपराधका घटनामा संलग्न भई भारतमा लुकेर बसेका एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगंज महानगरपालिका–२४ का ३३ वर्षीय फुलहसन अन्सारी ९विवेक सिंह० लाई प्रहरीले आज बिहान पक्राउ गरेको हो। ज्यानसम्बन्धी कसुरमा र सर्वस्वसहित जन्मकैदको सजाय भोगी सकेका अन्सारी पछिल्लो समय विष्फोटक पदार्थ, खरखजना तथा संगठित अपराध अन्तर्गतको मुद्दामा फरार थिए। प र्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डिएसपी० ओमप्रकाश खनालका अनुसार अन्सारी २०७६ साउन २४ गते वीरगंज–४ स्थित बिर्ता बजारमा तथा २८ गते वडा नम्बर ८ घण्टाघर नजिक तरकारी बजारमा सुतली बम पडकाउने गिरोहका नाइके हुन्। उक्त घटनामा संलग्न वीरगंज–२४ का इनुस अन्सारी, जौवाद अन्सारी र सद्दाम अन्सारी २०७६ भदौ ४ गते ४ थान गोली तथा बिष्फोटक पदार्थ ९सुतली बम० सहित पक्राउ परेका थिए। मुख्य योजनाकार फुलहसन भने भारतमा लुकिछिपी बस्दै आएका थिए। उक्त घटनामा संलग्न तीन जनाविरुद्ध पर्सा जिल्ला अदालतले जनही २ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको प्रहरीले जनाएको छ। तीनै जना कैद सजाय भोगिरहेका छन्। फुलहसनको हकमा मुद्दा ...

स्रोत नखुलेका ५ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ

Image
बीरगन्ज,२८ भदाै । स्रोत नखुलेका ५ लाख रुपैयाँसहित एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका २ का ४३ वर्षीय महमद आसिफ अन्सारी छन् । बीरगन्ज महानगरपालिका १७ शंकराचार्य गेटबाट आइतबार बिहानै पक्राउ गरेका अन्सारीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । भारतबाट बीरगन्जतर्फ आउँदै गरेको ना. २५ प. ८७६२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अंसारीले हेल्मेटभित्र ल्याएको उक्त रकम बरामद भएो थियो । पक्राउ परेका अन्सारी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

करेन्ट लागेर एक किशाेरीकाे मृत्यु

Image
 जनकपुर,२८ भदाै । महाेत्तरीमा करेन्ट लागेर एक किशाेरीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा गौशाला नगरपालिका-१० बटौवा बस्ने राम अवतार यादवकी छोरी १७ वर्षीया सुन्दर कुमारी यादव रहेकी छन् । कुमारी यादवका मामा सोनमा गाउँपालिका-१ सोनमा गाउँ बस्ने संजित राय यादवको घरमा घर सफा गर्ने क्रममा आइतबार दिउँसाे मिटरको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जनताको जीवनस्तर सुधार भए मात्र समृद्ध नेपाल बन्छ : मन्त्री भुसाल

Image
काठमाडौँ, २८ भदौ (रासस) : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर सुधार भएपछि मात्र समृद्ध नेपाल बन्ने बताउभुएको छ । राज्यका सबै निकायले आफ्नो सामाजिक एवं नागरिकप्रतिको दायित्व इमान्दारीपूर्वक पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, वाणिज्य बैंक लिमिटेडको चौंथो केन्द्रीय महाधिवेशनको आज उद्घाटन गर्दै मन्त्री भुसालले भन्नुभयो, "व्यापारिक दृष्टिकोणबाट मात्र हेरेर हुन्न, गरिबी न्यूनीकरणमा योगदान दिनुपर्छ । हामी सबैको पहिलो लक्ष्य गरिबी मुक्त नेपाल बनाउने हुनुपर्छ । सिर्जनात्मक कार्यक्रम अगाडि बढाएर काम गर्नुपर्छ ।" जनआन्दोलनबाट ठूलो राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा त्यति ठूलो परिवर्तन नआएका कारण राजनीतिकर्मी, कर्मचारी एवं उद्योगी तथा व्यापारीका बारेमा आलोचना हुने गरेको सुनाउँदै उहाँले जनताको त्याग र बलिदानबाट प्राप्त परिवर्तनको अनुभूति हुनुपर्छ भन्नुभयो । आफूमन्त्री भएपछि जनताकै पक्षमा निर्णय गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, "बीस युनिटसम्म बिजुली बाल्ने जनताले निःशुल्क पाउँदै छन्...

तुवा खेतीबाट लाखौँ आम्दानी

भोजपुर, २८ भदौ (रासस) : बहुमूल्य तथा बहुउयोगी जडीबुटी सतुवा खेतीमा यहाँका किसानको आर्कषण बढेको छ । लेकाली अर्थात् माथिल्लो भेगका अधिकांश किसानले यसको व्यावसायिकरुपमा खेती गर्दै आएका छन् । सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउँछ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर-पश्चिम फर्किएको भूगोलमा उपयुक्त हुने किसानले बताउने गरेका छन् ।  सबै पात सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । यसको खेतीमा यहाँका ३०० बढी किसान आबद्ध छन् । एक हजार ४०० मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगका लागि उपयोगी मानिन्छ । सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्यास्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने जिल्ला आयुर्वेद कार्यालयले जनाएको छ ।    त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी सो जडीबुटी रहेको कृषकको भनाइ छ । सतुवा प्रतिकिलो रु १० देखि १२ हजारमा बिक्री हुने कृषकको भनाइ छ । केही वर्ष अगाडिसम्म प्रतिकिलो रु २० देखि २...