Posts

Showing posts from March, 2022

जथाभावि भौतिक संरचना निर्माणले शहरहरू कुरूप– मुख्यमन्त्री

Image
वीरगंज, १७ चैत्र । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जथाभावि भौतिक संरचना निर्माणले शहरहरू कुरूप बन्दै गएको बताएका छन् ।   बिहीवार संघीय शहरी विकास मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको राष्ट्रिय शहरी नीति र शहरी विकास ऐन तर्जुमा सम्बन्धी प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले आधुनिक शहर निर्माणका लागी एकीकृत शहरी विकास योजना निर्माण हुनु पर्नेमा जोड दिनु भएको छ । मुख्यमन्त्री राउतले व्यवस्थित शहरी विकासका लागी संघ सरकारलाई प्रत्येक प्रदेशमा एकीकृत विकास प्राधिकरण गर्न आग्रह समेत गर्नु भयो । स–साना योजनाहरूले विकास भन्दा पनि शहरहरूलाई कुरूप र अव्यवस्थित बनाउदै गएको हुँदा त्यस्ता योजनाहरूलाई तत्काल रोक्नु पर्ने उहाँको कथन थियो । नयाँ राष्ट्रिय शहरी नीतिमा आवास विहीनहरूको लागी एकीकृत वस्ती विकासको योजना समेत समेटन आग्रहह गर्दै मुख्यमन्त्री राउतले घर विहीनहरूको व्यवस्थापन विना सुन्दर शहरको परिकल्पना समेत गर्न नसिकने बताउनु भयो । मुख्यमन्त्री राउतले जनता आवास कार्यक्रम अन्तर्गत एक जनाको आवास निर्माणको लागी हाल उपलब्ध गराइदै आएको सा...

मोबाइल चोर गिरोहका तीनजना समातिए

Image
वीरगंज, १७ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकल चोरी गर्ने गिरोहका तीनजनालाई पक्राउ गरेको  जनाएको छ । वीरगन्ज महानगरपालिका–१६ बसपार्क स्थित ग्यारेजको ताल्चा फुटाई लक तोडी चोरी मोटरसाइकल चोरी गरी भाग्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको जनाएको छ । वीरगंज महानगरपालिका वडा नं. २७ बस्ने वर्ष २४ को मुन्ना अन्सारीको प्रदेश २–०३–००२ प ५९३७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्ने क्रममा प्रहरीले केही दूरीबाट तीनजनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा काठमाडौं महानगरपालिका–१८ निवासी ३४ वर्षीय कमल गिरी, चितवन भरतपुर नपा–१५ का १९ वर्षीय निशान थापा र वीरगंज महानगरपालिका–१५ निवासी १८ वर्षीय सन्दीप घिमिरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनीहरुको साथबाट रिन्च, साँचो बरामद भएको प्रहरीले जनाएको छ । 

भन्सार छली ल्याएको हार्डवेयर, कपडासहित ट्रक नियन्त्रण

Image
वीरगंज, १७ चैत ।  जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली ल्याएको हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।  प्रज्ञापनपत्रबिना हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड गरी काठमाडौंतर्पm लादै गरेको सूचनाको आधारमा प्रहरीले चैत १६ गते घण्टाघरबाट ना.६ ख ६०३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।  ट्रकसहित सामान कारबाइको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।      

पोखरियामा दुर्घटना हुंदा दुईजनाको मृत्यु

Image
वीरगंज,१७ चैत । पोखरिया नगरपालिकामा आज बिहान नहर सडक खण्डमा मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा धोबिनी गाँउपालिका ३ कोलरिया निवासी २५ वर्षीय ललन राउत कुर्मी र सखुवा प्रसौनी गाउँँपालिका एकडेरवा को २६ वर्षीय हसिजन सहनी रहेको पोखरिया प्रहरीले जनाएको छ । थप उपचारको खातिर बाहिर लगिरहेको प्रहरले बताए । थप ३ जना घाइते मध्ये १ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएकको छ । ना.३ प १०३६ र प्र.००२ प ७४७६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको पोखरिया नगरपालिकाको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्ष्Fक दिपक थापाले बताए ।

कर्तव्य ज्यान मुद्दामा फरार पटेल पक्राउ

Image
वीरगंज,१७ चैत । कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय पाएका वीरगंज महानगरपालिका वडा नं.२१ पटेलनगरका ४० बर्षीय रवीन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले खोजतलासको क्रममा वीरगंज महानगरपालिका वडा नं. १४ गण्डकबाट बिहीवार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । प्रहरीकाअनुसार उनलाई कुचन साह कानुको गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ असार १७ गते १९ वर्ष ११ महिना २२ दिन कैद तोकेको थियो ।  यसैगरी पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत मोहन मैनालीलाई गोली हानी हत्यामा सलंग्न रहेको तथा प्रो.वायोटेक प्रा.लि.मा कार्यरत प्रशासकीय अधिकृत सोचन प्रसाद यादव माथि बम प्रहार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 

तपाईंको बैंक खातामा ह्याकरको निशाना, जोगिन के गर्ने ?

Image
काठमाडौं । अहिलेको समय फिशिङ अट्याकको खतरा दुनियाँभर तीव्र रुपमा बढिरहेको छ । यो साइबर सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा हो । ह्याकरको नजर प्राय: तपाईंको संवेदनशील डेटा तथा बैंक अकाउन्टमा हुने गर्दछ । यदि तपाईं थोरै मात्र असावधान हुनुभयो भने तपाईंको बैंक अकाउन्ट क्षणभरमै रित्तिन सक्छ । सामान्यतया ह्याकरहरुले प्रयोगकर्तालाई झुक्याउनका लागि फिशिङको इलेक्ट्रोनिक विधि अपनाउने गर्छन् । जसमा ईमेल, टेलिफोन र टेक्स्ट म्यासेज हुन्छन् । यी माध्यमकै सहयोगमा उनीहरुले प्रयोगकर्ताका संवेदनशील सूचना हात पार्ने कोशिश गर्छन् । यदि तपाईं बैंकमा रहको आफ्नो ब्यालेन्स जोगाएर राख्न चाहनुहुन्छ भने यस किसिमका आक्रमणबाट सावधान हुन जरुरी छ । कसरी झुक्याउँछन् ? यस्ता ह्याकर तथा फ्रड (धोखाधडी) गर्ने व्यक्तिहरु बैंककै अधिकारीको रुपमा तपाईंलाई अट्याच्ड लिङ्क सहितको ईमेल पठाउँछन् र ग्राहकलाई तुरुन्त आफ्नो बैंक खाता भेरिफिकेसन वा अपडेट गर्न आग्रह गर्दछन् । जब ग्राहकले त्यस्तो लिङ्क खोल्ने गर्दछन्, ग्राहकको निजी जानकारी भर्नका लागि फेक वेबसाइटमा रिडाइरेक्ट गरिदिन्छन् । त्यसपछि फ्रड गर्ने व्यक्तिले यसरी प्राप्त जान...

विद्युतीय सवारीको प्रयोग बढाउन दबाब र्‍याली हुँदै

काठमाडौं । विद्युतीय सवारी साधन प्रवर्द्धनमा सरकारी योजना फितलो भएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले दबाब र्‍याली आयोजना गर्ने भएको छ । करिब दुई सय सवारी साधनसहित आउँदो शनिबार भृकुटीमण्डपबाट सो र्‍याली सुरु हुने जनाइएको छ । इन्धनको बढ्दो मूल्यका साथै यसले वातावरणमा पार्ने नकारात्मक प्रभाव कम गर्न विद्युतीय सवारीलाई प्राथमिकता दिनुपर्ने इप्पानको मत छ । सरकार तथा सरोकारवाला निकायले विद्युतीय सवारी साधनका लागि विभिन्न नीति ल्याइसक्दा पनि त्यसलाई कार्यन्वयन गर्न ढिलाइ गर्दा विद्युतीय सवारी साधनको प्रयोग बढ्न नसकेको इप्पानको भनाइ छ । संघीय सरकार तथा बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा आगामी १० वर्षभित्र प्रदेशका विभिन्न सहरमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी बन्द गरी विद्युतिय सवारी साधन चलाउने घोषणा गरेका थिए । तर यसअनुरुप काम नभएको भन्दै दबाब दिन लागिएको इप्पानले जनाएको छ । The post विद्युतीय सवारीको प्रयोग बढाउन दबाब र्‍याली हुँदै appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/zrMIoJd via IFTTT

ह्वाट्सएप भ्वाइस मेसेजमा ५ नयाँ फिचर, एउटाको मेसेज सुन्दै अर्कैसँग च्याट गर्न सकिने

काठमाडौं । ह्वाट्सएपले आफ्नो ब्लग पोस्टमार्फत नयाँ भ्वाइस मेसेज फिचर सार्वजनिक गरेको छ । यससँगै अब ह्वाट्सएपमा भ्वाइस च्याट गर्नु यस अघिभन्दा राम्रो हुनेछ । ह्वाट्सएपले सन् २०१३ मा भ्वाइस मेसेज सुरु गरेको थियो । तर समयसँगै यो फिचर त्यति लोकप्रिय हुन भने सकेन । यस्तोमा कम्पनीले यो फिचरका लागि नयाँ अपडेट ल्याएको हो । यसबाट भ्वाइस च्याट गर्न रमाइलो हुनेछ । ह्वाट्सएपको नयाँ भ्वाइस मेसेज फिचरमा केके छ, यस विषयमा चर्चा गरौँ ।  १. फास्ट प्ले ब्याकः  ह्वाट्सएप भ्वाइस मेसेज सर्भिसमा फास्ट प्ले ब्याक स्पिड पाउन सकिनेछ । जसको सहयोगमा प्रयोगकर्ताले १.५x र २x को स्पिडमा भ्वाइस नोट प्ले गर्ने सुविधा पाउनेछन् । यसको अर्थ प्रयोगकर्ताले आफ्नो अनुकूलता अनुसार अडियो मेसेजको प्ले ब्याक स्पिड बढाउन वा घटाउन सक्नेछन् ।  २. वेभफर्म भिजुअलाइजेसनः  ह्वाट्सएपको वेभफर्म भिजुअलाइजेसन फिचरको सहयोगमा प्रयोगकर्ताले भ्वाइस मेसेज रेकर्ड गर्दाको समयमा भिजुअल प्रिजेन्टेसन पाउनेछन् । प्रयोगकर्ताले यो फिचरको सहयोगमा भ्वाइस रेकर्डिङ गर्दाको समयमा कहाँ हाई पिच अथवा कहाँ लो पिच रहेको छ भन्ने कुरा विचा...

सोसल मिडियाको असर पुरूषलाई भन्दा महिलालाई बढी

काठमाडौं । अहिलेको समयमा सामाजिक सञ्जालमा नजोडिने सायदै कोही होलान् । जोडिएकामध्ये कतिपयलाई सामाजिक सञ्जालको लत नै लागेको हुनसक्छ । लत नै नलागेको भएपनि सामाजिक सञ्जालको असर धेरैलाई परेको छ । यस्तोमा पछिल्लो अध्ययनले सामाजिक सञ्जालमा जोडिएकामध्ये पुरुषमा भन्दा पनि महिलामा छिटो अर्थात कम उमेरमा असर पर्ने देखाएको छ । क्याम्ब्रिज विश्वविद्यालयका साइकोलोजिस्टहरुको समूहले गरेको एक अध्ययनले ११ देखि १३ वर्षको उमेरमै सामाजिक सञ्जालमा धेरै समय बिताउने महिलामा त्यसको एक वर्षभित्रै आफ्नो जिन्दगीप्रति असन्तुष्ट हुने गरेको देखाएको छ । पुरुषको हकमा यो उमेर १४ देखि १५ वर्ष रहेको छ । त्यस्तै १९ वर्षको उमेरमा धेरै सामाजिक सञ्जाल चलाउने महिलाको चासोको विषय यौन हुनेसमेत अध्ययनले देखाएको छ । त्यतिमात्रै नभएर अध्ययनमा सन् २०१७ देखि २०२१ को बीचमा १६ वर्षसम्मका बालबालिकामा सामाजिक सञ्जालका कारण देखिने मानसिक रोग ५० प्रतिशतले वृद्धि भएको उल्लेख छ । यो अध्ययनमा १० वर्षदेखि ८० वर्षसम्मका ८४ हजारले सहभागिता जनाएका थिए । अध्ययनले सामाजिक सञ्जालका कारण मान्छेलाई आफ्नो जिन्दगीप्रति असन्तुष्टि पैदा गरिरहेको देखा...

नेसनल पेमेन्ट स्विचमा जोडियो मोरु वालेट, क्यूआरदेखि अन्तर-वालेट भुक्तानीसम्मका सेवा दिने

काठमाडौं । नेसनल पेमेन्ट स्विच (एनपीएस)को नेटवर्कमा मोरु डिजिटल वालेट जोडिएको छ । बुधबार नेसनल पेमेन्ट स्विच सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मोरु वालेटबीच एक सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र मोरूका प्रमुख कार्यकारी अधिकृत आशितोष साहले हस्ताक्षर गरे । सम्झौतासँगै एनपीएसका विभिन्न सेवा मोरूमा एकीकृत हुनेछ । सम्झौतासँगै मोरूले नेपाल क्यूआर स्ट्यान्डर्डमा आधारित क्यूआर पेमेन्ट, इन्स्टयान्ट पेमेन्ट, इन्टर-वालेट पेमेन्ट लगायतका सेवा प्रदान गर्ने कम्पनीका सीईओ साहले बताए । The post नेसनल पेमेन्ट स्विचमा जोडियो मोरु वालेट, क्यूआरदेखि अन्तर-वालेट भुक्तानीसम्मका सेवा दिने appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/yrlNY1v via IFTTT

बुढासुब्बा डिजिटलको युट्युव च्यानल ह्याकरको कब्जामा

काठमाडौं । नेपालको चर्चित युट्युव च्यानल ‘बुढासुब्बा डिजिटल’ फेरि ह्याक भएको छ । ह्याकसँगै च्यानलमा रहेका भिडिओ सामग्री गायब भएका छन् । ह्याकरले च्यानल कब्जामा लिई इथेरियम क्रिप्टोकरेन्सीको प्रचार गर्ने भिडिओ लाइभ गरेका थिए । युट्युव च्यानलमाथि अनधिृकत पहुँचबारे अनुसन्धान भइरहेको र पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको कम्पनीले जानकारी दिएको छ । बुढासुब्बाका अन्य दुई युट्युव च्यानल ‘बुढासुब्बा डिजिटल मुभिज’ र ‘बुढासुब्बा सङ्स’ भने सुरक्षित छन् । सन् २०१२ मा सुरु भएको यो युट्युव च्यानललाई ५५ लाख बढीले सब्सक्राइब गरेका छन् । याे च्यानल नेपालकै सबैभन्दा सब्सक्राइबर धेरै हुने च्यानलमा दोस्रो स्थानमा छ । दुई वर्षअघि पनि बुढासुब्बा डिजिटलको युट्युव च्यानल ह्याक भएको थियो । The post बुढासुब्बा डिजिटलको युट्युव च्यानल ह्याकरको कब्जामा appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/zHu7Kjp via IFTTT

लागूऔषध कारोबारी सर्राफ भेडियाहीबाट पक्राउ

Image
वीरगंज, १६ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागू औषध मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । लागू औषध मुद्दामा संलग्न रही फरार रहेका प्रतिवादी जिल्ला वीरगञ्ज म.न.पा. वडा नं. १५ भेडियाही टोल बस्ने वर्ष ३० बाबा भन्ने जय कुमार सरार्पmलाई चैत १५ गते प्रहरी टोलीले खोजतलास गरी पक्राउ गरेको छ । पक्राउ परेका सर्राफलाई पर्सा जिल्ला अदालतमा पेश गरिएको जिप्रका, पर्साले जनाएको छ । २०७६।६।२५ गते पर्सा वीरगञ्ज म.न.पा. वडा नं. १६ बाट वडा नं. १५ बस्ने जितेन्द्र पासवानलाई लागू औषध ईन्जेक्शन फेनारगन २०० एम्पुल, डाईजेपाम २०० एम्पुल र नुफिन २०० एम्पुलसहित फेला परेको प्रहरीले जनाएको छ । वीरगंज म.न.पा. वडा नं. १४ बाट जिल्ला बारा विश्रामपुर गापा वडा नं. ५ बस्ने शेष आजादलाई लागू औषध ईन्जेक्शन फेनारगन २०० एम्पुल, डाईजेपाम २०० एम्पुल र नुर्पिmन २०० एम्पुल पक्राउ गरेको थियो । त्यस्तै, २०७७।६।२२ गते वडा नं. १६ बाट वडा नं. २२ बस्ने साजन पटेललाई लागू औषध ईन्जेक्शन फेनारगन १९० एम्पुल, डाईजेपाम १९० एम्पुल र नुफिन १९० एम्पुल सहित फेला परेको प्रहरीले जनाएको छ । यिनीहरुको बयानको आधारमा बाबा भन्ने व्यक्ति सं...

८ वटा मोटरसाइकल चोरी गर्ने चारजना पक्राउ

Image
वीरगंज, १६ चैत । पर्सा प्रहरीले चोरी भएको आठवटा मोटरसाइकलसहित चारजनालाई पक्राउ गरेको छ ।   वीरगंज महानगरपालिका वडा नं.१ बस्ने वर्ष २४ को सन्जु रामको पल्सर मोटरसाइकल चैत १५ गते साढे १० बजेतिर वडा नं.२ सडक छेउमा पार्किङ गरी राखिएको अवस्थामा एकजना  पक्राउ गरेको प्रहरीले जनाएको छ । बारा कोल्वी नगरपालिका वडा नं.१ बस्ने वर्ष २३ को अच्छेलाल चौधरीले लक तोडी चोरी गरी भाग्दै गर्दा चेकिङ ड्युटीमा खटिएको टोलीले छपकैया बीट अगाडिबाट मोटरसाइकलसहित चौधरीलाई नियन्त्रणमा लिएको छ । यसैगरी, चैत १५ गते वीरगंज महानगरपालिका वडा नं.१४ बस्ने वर्ष ३८ को दिनेश प्रसाद राउतको सुपर स्प्लेण्डर मोटरसाइकल चैत ४ गते वडा नं. २५ स्थित सडक छेउमा पार्किङ गरी राखेको अवस्थामा बारा कोल्वी न.पा.वडा नं.१ का अच्छेलाल चौधरी (उमेर– २३ वर्ष), वी.म.न.पा.वडा नं.२५ आकाश कुमार पटेल (उमेर– २० वर्ष),  पर्सा वी.म.न.पा.वडा नं.२५ का दिपेन्द्र प्र.पटेल (उमेर– २८ वर्ष),  र वी.म.न.पा.वडा नं.२० का मनिर मियाँँ अन्सारी (उमेर–२९ वर्ष) पक्राउ परेको जनाएको छ । यिनीहरूले मोटरसाइकल चोरी गरी उक्त नम्बर प्लेट हटाई ना.२५ प १४६६ नम्बर प्लेट लगाइ चलाउदै...

फ्ल्यागशिप स्मार्टफोनलाई महँगो बनाउने मुख्य ३ फिचर

काठमाडौं । बजारमा नियमित रूपमा नयाँ नयाँ स्मार्टफोनहरू आइरहेका हुन्छन् । ती सबै फोनहरूमा आ-आफ्नै विशेषता रहेका हुन्छन् । कम मूल्यमा पाइने स्मार्टफोनहरूमा सस्ता प्रविधि (सामग्री) प्रयोग गरिएका हुन्छन् भने राम्रा तथा महङ्गा स्मार्टफोनहरूमा गुणस्तरीय र प्रयोगकर्तालाई धेरै सुविधा दिनसक्ने खालका प्रविधि राखिएका हुन्छन् । फ्ल्यागशिप स्मार्टफोन सम्बन्धित स्मार्टफोन कम्पनीको सबै भन्दा राम्रो स्मार्टफोन हुने गर्छ । अहिले धेरै कम्पनीहरू सस्ता  स्मार्टफोनमै धेरै सुविधाहरू थप्न व्यस्त छन् । तर ह्वावे र वनप्लस भने सहुलियत मूल्यमा फ्ल्यागशिप स्मार्टफोन बनाउन लागिपरेका छन् ।अब कुरा गरौँ फ्ल्यागशिप स्मार्टफोनहरूमा हुने केही सुविधाहरू तर्फ, जुन अन्य सस्ता फोनमा कमै मात्रामा देख्न पाइन्छ । १) डिस्प्लेः फ्ल्यागशिप स्मार्टफोनहरूको पहिलो प्राथमिकता भनेको  स्मार्टफोनको डिस्प्ले हो । जसले धेरै रिफ्रेश रेट, हाइ रेजोलुसन र कटिङ एज कलर एक्योरेसी सपोर्ट गर्न सकोस् । हामी अहिले बजारमा यस्ता धेरै  स्मार्टफोनहरू देख्न सक्छौँ । जसले डीसीआई पी थ्रि कलर गामुट सपोर्ट गर्छ । त्यस्तै अहिले बजारमा एलटीप...

स्न्यापड्रागनले ल्यायो अडियोमा क्रान्ति ल्याउने नयाँ साउन्ड प्रविधि 

काठमाडौं । क्वालकमले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा स्न्यापड्रागन आवाज सुनुवाई प्रविधिको बारेमा खुलाइएको छ । कम्पनीका अनुसार ४० भन्दा बढी उत्पादनकर्ताले यो प्राविधिक सम्झौतामा हस्ताक्षर गरेका छन् । जसले गर्दा उनीहरूले स्न्यापड्रागनलाई प्रविधि प्रयोगमा व्यवसायिक साथ दिनेछ ।  के हो स्न्यापड्रागन साउन्ड ? स्न्यापड्रागन साउन्डले कनेक्टिभिटी र मोबाइल क्षेत्रमा उच्च गुणस्तरको म्युजिक, स्पष्ट भ्वाइस कल,  स्मार्टफोनका लागि अल्ट्रा-लो-लेटेन्सी, गेमिङ अडियो एक्सपिरियन्स, वायरलेस एयरबड्स र हेडफोन उपलब्ध गराउँदै क्वालकमका नयाँ प्रविधिलाई एकीकृत गराउँछ ।  यसमा हुने फिचर स्न्यापड्रागन साउन्ड प्रविधिले शीर्ष गुणस्तरका साउन्डलाई उच्च प्राथमिकता दिइरहेको छ । यसले क्वालकमको एपीटीएक्स एडप्टिभ (aptX adoptive) प्रविधि प्रयोग गर्छ । यसका साथै स्न्यापड्रागन साउन्डले एपीटीएक्स लसलेस अडियो (aptX Lossless Audio) सपोर्ट गर्छ । यसले सीडी क्वालिटी १६-बिट ४४.१ किलोहर्ज लसलेस अडियो (Cd-quality 16-bit 44.1 kHz ) भएको वायरलेस एयरबड्स र हेडफोन, २४०बिट ४८ किलोहर्जको साउन्ड ब्लुटुथ वायरलेस कनेक्सन ...

नेपाली बजारमा आजदेखि ‘साओमी १२ प्रो’ को बिक्री सुरू

काठमाडौं । नेपाली बजारमा आजदेखि साओमी १२ प्रो बिक्री सुरू भएको छ । यसअघि कम्पनीले गत शुक्रबार यो फोनको प्रिबुकिङ खुलाएको थियो । मी स्टोर र रिटेल स्टोरहरुमा बैजनी र नीलो रङमा उपलब्ध फाेन १२ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टाेरेजमा किन्न सकिन्छ, जसकाे मूल्य एक लाख १४ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ । यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषता भएकाे कम्पनीकाे दावी छ । याे फाेनमा १२० वाटको फास्ट चार्जिङ छ, जसले फोन १८ मिनेटमै फुल चार्ज गर्ने बताइएकाे छ । साओमी १२ प्रो मा एचडीआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको छ । ८ जेन वान स्न्यापड्रागन प्रोसेसर भएको फोनमा ५० मेगापिक्सेलको मेन क्यामेरा र ५० मेगापिक्सेलकै टेलिफोटो र वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप छ । यो स्मार्टफोनको अर्को विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो, जसले मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुने कम्पनीकाे भनाइ छ । तीनवटै क्यामेरामा नाइट मोड सेन्सरहरू उपलब्ध छ, जसले गर्दा कम प्रकाशमा सु...

२५ करोड नाघे रेड्मी नोटका प्रयोगकर्ता

काठमाडौं । साओमीको सहायक ब्राण्ड रेड्मीले विश्वभर २५ करोडभन्दा बढी नोट सिरिजका फोन बिक्री गरेको छ । सात वर्षको अवधिमा कम्पनीले यो संख्यामा नोट फोन बिक्री गरेको जानकारी दिएको हो । कम्पनीका अनुसार पछिल्ला दुई वर्षमा रेड्मी फोनको बिक्री उल्लेख्य बढेको छ । पाँच महिनाअघि कम्पनीले २४ करोड प्रयोगकर्ताको आँकडा पार गरेको जानकारी दिएको थियो । विशेषगरी कम्पनीले मिडरेन्ज सेगमेन्टमा रेड्मी नोट फोन उपलब्ध गराउने गर्छ । साओमीले नेपाली बजारमा पनि आफ्ना रेड्मी फोन विस्तार गरिरहेको छ । साओमीले अक्टोबर महिनाको अन्त्यसम्म विश्वभर १० हजार रिटेल नेटवर्क विस्तार गरिसक्ने योजना ल्याएको छ । We just surpassed a quarter billion #RedmiNoteSeries users globally! pic.twitter.com/ncS6CgkQeV — Xiaomi (@Xiaomi) March 29, 2022 The post २५ करोड नाघे रेड्मी नोटका प्रयोगकर्ता appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/qUwitnl via IFTTT

बुलेट रेलभन्दा पनि तीव्र गतिमा कुद्ने ‘हाइपर लुप’ के हो ? कसरी गर्छ काम ?

काठमाडौं । हामी यस्तो युगमा छौं, जहाँ हामीलाई सबैथोक निकै तीव्र गतिको आवश्यक परिरहेको हुन्छ । चाहे त्यो इन्टरनेटको स्पिड होस् वा अन्य कुनै गाडीको स्पिड, कहीँ कतै यो तीव्र गतिको भए नि हुने भन्ने लागिरहेको हुन्छ । यात्रालाई हामीले कल्पना गरेभन्दा तीव्र बनाउने प्रविधि हो हाइपर लुप । दिनानुदिन थुप्रै क्षेत्रमा बढ्दै गएको हाम्रा आवश्यकताले समयको महत्व धेरै नै छ भनेर हामीलाई प्रष्ट बनाइसकेका छन् । प्रायः विकसित देशमा समयलाई निकै नै प्राथमिकता दिइन्छ । कम समयमा अत्यावश्यक कामका लागि कहीँ पुग्नुपर्ने अवस्था पनि आइदिन सक्छ । त्यसका लागि हामीलाई तीव्र गतिको साधनको आवश्यकता परिरहेको हुन्छ । त्यस्तै यात्रा गर्ने क्रममा ट्राफिक जामका कारण कतिपय अवस्थामा हाम्रो महत्त्वपूर्ण  काम छुटिरहेको हुनसक्छ । ट्राफिक जामकै कारण बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा भएका दुःखद् घटनाका समाचार बेलाबखतमा हामीले पढिरहेका हुन्छौं । त्यसैले यस्ता समस्याबाट मुक्ति पाउन विभिन्न कालखण्डमा उच्च प्रविधि र उच्च सुविधा भएका गाडी विकसित भइरहेका छन् । सामान्य गोरुगाडादेखि तीव्र गतिका बुलेट रेल र म्याग्नेटिक रेलसम्म...

अमेरिकी प्रतिबन्धका बावजुद ह्वावेको नाफा ७६ प्रतिशतले बढ्यो

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावे टेक्नोलोजीको नाफा ७६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले हालै सन् २०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नाफामा उल्लेख्य वृद्धि भएको बताएको छ । ह्वावेकी चिफ फाइनान्सियल अफिसर (सीएफओ) मेङ वान्झाउ कम्पनीमा फर्किएसँगै कम्पनीले यो खालको उपलब्धि हासिल गर्न सफल भएको हो । वान्झाउ त्यसअघि क्यानडामा ३ वर्षसम्म नजरबन्दमा थिइन् । अघिल्लो वर्षमात्र देश फर्किएकी उनी त्यसपश्चात आफ्नो भूमिकामा पुनः उत्रिएकी थिइन् । त्योसँगै कम्पनीले हालसम्मकै धेरै नाफा कमाउन सफल भएको जनाइएको छ । कम्पनीको नाफा बढेर ११३.७ बिलियन युआन अर्थात १७.८ बिलियन अमेरिकी डलर भएको छ । अमेरिकाले लगाएको प्रतिबन्धका कारण सन् २०२० मा कम्पनीले जम्मा ३.२ प्रतिशतमात्रै वृद्धि हासिल गर्न सफल भएको थियो । तर, एक वर्षको अवधिमा कम्पनीले ठूलो नाफा कमाउन सफल भएको हो । नाफामा वृद्धि भएपनि कम्पनीको आम्दानीमा भने २९ प्रतिशतले कमी भएको आएको छ । ‘कम्पनीको आम्दानी कम भएता पनि हामी नाफा आजर्न गर्न सफल भएका छौं,’ कम्पनीका सीएफओ वान्झाउले भनिन्, ‘यसले हामीलाई आगामी दिनमा लगानी थप गर्न र आउनसक्ने चुनौतीसँग लड्न मद्...

निर्वाचन आयोगमा टोल फ्री नम्बर, गुनासो वा उजुरी गर्न सकिने

काठमाडाैं । निर्वाचन आयोगले नागरिक एवं मतदाताले टोलफ्री नम्बरमा सम्पर्क गरेर निर्वाचन आचारसंहिता उल्लङ्घनबारे गुनासो वा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको छ । आगामी २०७९ साल वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आयोगले सुरु गरेको ‘कल सेन्टर’मा उजुरी वा गुनासो गर्न सकिने छ । निर्वाचन आचारसंहिता–२०७८ ले गरेको व्यवस्थाबमोजिम आयोगले कल सेन्टर सुरु गरेको खबर गाेरखापत्रले प्रकाशित गरेकाे छ । आचारसंहिता पालना गर्नुपर्ने उम्मेदवार वा आचारसंहिता लागू हुने संस्था, निकाय वा व्यक्तिले उल्लङ्घन गरेको पाइए सूचना दिन सक्ने व्यवस्था गरेको छ । आयोगको निर्वाचन आचारसंहिता भने अझै लागू भइसकेको छैन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्गलबार काठमाडौँस्थित आयोगको कार्यालयमा कल सेन्टरको उद्घाटन गरे । विराटनगरबाट अच्युत दाहालले मतदाता नामावलीमा आफ्नो नामबारे जानकारी लिन गरेको प्रश्नको प्रमुख आयुक्त थपलियाले जवाफ दिए । आयोगका उपसचिव एवं योजना अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख कमल भट्टराईले सर्वसाधारणले आचारसंहिता उल्लङ्घनबारे टोलफ्री नम्बरमा जानकारी गराउन सक्ने र आयोग...

बारामा चैत २५ देखि टाइफाइड विरूद्धको खोप

Image
कलैया,१५ चैत । बारामा चैत २५ देखि टाइफाइड विरूद्धको खोप लगाइने भएको छ । जिल्लामा रहेकोे १६ स्थानीय तहमा ३ चरणमा उक्त खोप लगाइने स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले बताए । आज पथलैया तालीम केन्द्रमा आयोजित जिल्ला स्तरीय टाइफाइड विरूद्धको खोप अभियान सम्बन्धी स्वास्थ्य संस्था प्रमुखहरूको २ दिने अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी लाई सम्बोधन गर्दै सबैमा खोप लगाउँन अपिल साथ ३ चरणमा खोप लगाइने जनाएका हुन । चैत २५ देखि ३० सम्म कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, प्रसौनी गाउँँपालिका, विश्रामपुर गाउँँपालिका, फेटा गाउँँपालिका र परवानिपुर गाउँँपालिकामा खोप लगाइने छ । वैशाख ४ देखि ९ गते सम्म निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, महागढीमाई नगरपालिका, बारागढी गाउँँपालिका, करैयामाई गाउँँपालिका, त्यस्तै वैशाख ११ देखि १६ गते सम्म सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँँपालिका, आदर्श कोतवाल गाउँँपालिका, देवताल गाउँँपालिकामा खोप लगाइने छ । १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड विरूद्धको खोप प्रदान गरिने उक्त गोष्ठीमा प्रमुख यादवले बताए । स्वास्थ्य स...

अघोषित लोडसेडिंगविरुद्ध वीउवासंघको विज्ञप्ति

Image
वीरगंज, १५ चैत । वीरगंज उद्योग वाणिज्य संघले आज प्रेस विज्ञप्ति जारी गरी विगत केही दिनदेखि बारा–पर्सा औद्योगिक कोरिडोरमा अघोषित लोडसेडिङ्ग भइरहेकोमा उद्योगहरू ठूलो मर्का परिरहेको जनाएको छ । अध्यक्ष्F डा सुबोध गुप्ताले जारी गरेको विज्ञप्तिमा लामो समयदेखि कोरोनाको प्रभावले गर्दा उद्योगहरू थिलथिलो भई भर्खर उद्योगहरू पुनरूत्थान तर्फ अग्रसर भइरहेकै अवस्थामा बैंकहरूबाट ऋणको ब्याज वृद्धि, कतिपय सामानहरूको आयातमा १०० प्रतिशतसम्म एलसी मार्जिन लगायतका कारण उद्योग प्रतिष्ठान पूर्ण क्षमतामा सञ्चालन हुन नसकिरहेकै बखत नेपाल विद्युत् प्राधिकरणले गरेको लोडसेडिङ्गले गर्दा उद्योगहरू थप संकटमा परेको जनाएकोछ । यस्ता समस्याहरूको समाधानको लागि तत्काल लोडसेडिङ्ग हटाउन  वीरगञ्ज उद्योग वाणिज्य सङ्घले माग गरेको उल्लेख छ ।  

कल अफ ड्युटी : ‘भ्यानगार्ड मल्टिप्लेयर’ दुई हप्तासम्म निःशुल्क खेल्न पाइने

काठमाडाैं । भाेलिदेखि अप्रिल १३ सम्म कल अफ ड्युटी भ्यानगार्ड मल्टिप्लेयर नि:शुल्क खेल्न पाइने भएको छ । यो दुई हप्ता प्लेयरले दुईवटा नयाँ म्यापका साथ नयाँ मोडको पनि आनन्द उठाउन सक्नेछन् । यसमा दुईवटा नयाँ म्याप ‘कासाब्लान्का’ र ‘गोन्डोला’ दिइएको छ । यो गेम तपाईंले पीसी, प्लेस्टेसन फोर फाइभ र एक्सबक्समा खेल्न सक्नुहुनेछ । यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस् । The post कल अफ ड्युटी : ‘भ्यानगार्ड मल्टिप्लेयर’ दुई हप्तासम्म निःशुल्क खेल्न पाइने appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/iNuO6Vn via IFTTT

अपडेट: पर्साको जगरनाथपुर गापा कार्यालयमा अख्तियारको छापा

Image
वीरगंज, १५ चैत । पर्साको जगरनाथपुर गाउंपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले छापामारी गरेको छ ।  आज बिहान गापाको कार्यालयमा अख्तियारका विष्णुप्रसाद सापकोटाको टोलीले छापामारी गरी अनुसन्धान शुरु गरेको छ । टोलीले प्रशासकीय अधिकृत राज कुशवाहालगायतका कर्मचारीहरुसंग सोधपुछ गर्दैछ ।  गापाले कोरोना अनुदानको नाममा लाखौंको अनियमितता गरेको समाचार बाहिरिएपछि अख्तियारले छानबिन शुरु गरेको हो ।  गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले रकम कोभिड प्रभावितलाई वितरण नगरी स्वास्थ्यकर्मी र शिक्षकलाई तलब खुवाउनेदेखि कर्मचारीलाई सापटी दिएर हिनामिना गरेको आरोप छ । कोभिडले प्रभावित विपन्न परिवारका लागि राहत बाड्न गत पुसमा केन्द्र सरकारले पठाएको अनुदानको रकम, हिनामिना गरिएको खबर सार्वजनिक भएपछि त्यहि विषयलाइ लिएर अख्तियारले गाउँँपालिकाको कार्यालयमा छापा मारेको हो । अनुदानको रकम  हिनामिना गरि दुरूपयोग गरिएको विषयमै जगरनाथपुर गाउँँपालिकाको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको आयोगको क्षेत्रीय कार्यालय हेटौडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।  अख्तियारको टोली अहिले...

पर्साको जगरनाथपुर गापा कार्यालयमा अख्तियारको छापा

Image
वीरगंज, १५ चैत । पर्साको जगरनाथपुर गाउंपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले छापामारी गरेको छ ।  आज बिहान गापाको कार्यालयमा अख्तियारका विष्णुप्रसाद सापकोटाको टोलीले छापामारी गरी अनुसन्धान शुरु गरेको छ । टोलीले प्रशासकीय अधिकृत राज कुशवाहालगायतका कर्मचारीहरुसंग सोधपुछ गर्दैछ ।  गापाले कोरोना अनुदानको नाममा लाखौंको अनियमितता गरेको समाचार बाहिरिएपछि अख्तियारले छानबिन शुरु गरेको हो । 

निर्वाचनमा पर्यवेक्षक हुन चाहनेले अनलाइनबाट आवेदन दिन सक्ने

काठमाडौं । निर्वचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा भाग लिन इच्छुक संस्थालाई निवेदन पेश गर्न आह्वान गरेको छ । विगतको अभ्यास र अन्तर्राष्ट्रिय प्रचलन समेतका आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्र पर्यवेक्षण गर्न अनुमित दिने आयोगले जनाएको छ । इच्छुकले चैत २७ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ । पर्यवेक्षण अनुमतिका लागि निवेदन दिन आयोगमा रहेको निर्वाचन पर्यवेक्षण श्रोत केन्द्रबाट युजरनेम र पासवर्ड प्राप्त गर्नुपर्ने बताइएकाे छ । युजरनेम र पासवर्ड प्राप्त गर्न पर्यवेक्षण गर्न चाहने संस्थाले संस्थाको आधिकारिक पत्र आयोगको ईमेल ठेगाना मा पठाउनु पर्नेछ । उक्त पत्रको ढाँचा डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् । संस्थाले आयोगमा पेश गरेको पत्रमा उल्लेख गरिएको आधिकारिक ईमेलमा निर्वाचन पर्यवेक्षण श्रोत केन्द्रबाट युजरनेम र पासवर्ड पठाइने आयोगले जनाएको छ । प्राप्त युजरनेम र पासवर्ड प्रयोग गरी यहाँ  लगईन गरी निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ को अनुसूची-२ बमोजिमका विवरण र कागजातहरु पेश गर्न सकिनेछ । प्राप्त कागजात अध्ययन गरी, पर्यवेक्षण अनुमतिको जानकारी संस्थाको आधिकारिक ईमेलमा पठा...

फ्रिक्वेन्सी वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै प्राधिकरण, पारित भयो रणनीति

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ‘राष्ट्रिय फ्रिक्वेन्सी रणनीति, २०७८’ पारित गरेको छ । प्राधिकरणले फ्रिक्वेन्सी व्यवस्थापन तथा वितरण प्रणालीलाई थप पारदर्शी र व्यवस्थित गर्ने याेजना अनुरूप रणनीति पारित गरेको हो । यसअघि गएको साउनमा प्राधिकरणले रणनीतिको मस्यौदा तयार पारी सार्वजनिक रुपमा सरोकारवालासँग राय, सुझाव तथा प्रतिक्रिया माग गरेको थियो । सरोकारवालाबाट आएका सझावलाई समावेश गरेर प्राधिकरण बोर्डको शुक्रबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत मन्त्रीको अध्यक्षतामा रहने रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा सिफारिस गर्ने निर्णय गरेको हो । रणनीतिमा केही कानूनी व्यवस्था समेत हुने हुँदा यसलाई रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले समेत स्वीकृत गर्नुपर्ने हुन्छ । प्राधिकरणका निर्देशक तथा फ्रिक्वेन्सी महाशाखाका प्रमुख अम्बर स्थापितले भने, ‘अब आगामी दिनमा समितिले समेत यसै रणनीतिमा आधार भएर फ्रिक्वेन्सीको विषयमा निर्णय गर्नुपर्ने भएकाले पनि प्राधिकरण बोर्डले यसलाई समितिमा पठाउने निर्णय गरेको हो ।’ यसअघि रेडियो फ्रिक्वेन्सी न...

वैदेशिक रोजगार बोर्डको अनलाइन सेवा सुरू, आर्थिक सहयोग लिन सहज हुने

काठमाडौं । अब अनलाइन प्रणालीमार्फत स्थानीय तहबाटै वैदेशिक रोजगार बोर्डमा आर्थिक सहयोग लिन सकिने भएको छ सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणाली मार्फत सुरु भएको बताए । वैदेशिक रोजगार नियमावली, २०६४ मा व्यवस्था भएअनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएमा घटना भएको मितिले एक वर्षभित्र बोर्डबाट नियमानुसारको आर्थिक सहायता वा क्षतिपूर्ति पीडित वा पीडितको परिवारले माग्न सक्नेछ । बोर्डमार्फत क्षतिपूर्ति लिन अनलाइनबाटै आवेदन दिएर सीधै बैंक खातामा भुक्तानी लिन सकिने व्यवस्था लागू भएको भन्दै मन्त्री श्रेष्ठल पीडित श्रमिक र उनीहरूको परिवारलाई क्षतिपूर्ति र बीमा रकम पाउन सहज हुने विश्वास रहेको बताए । अब पीडितले आर्थिक सहयोगका लागि आफ्नै स्थानीय तहमार्फत अनलाइन माध्यमबाट निवेदन दिन सकिने भएको छ । यो व्यवस्थाल...

इन्स्टाग्रामको स्टोरिजको रिप्लाइमा अब फोटो र भ्वाइस पठाउन सकिने

काठमाडौं । इन्स्टाग्रामको स्टोरिजको रिप्लाइमा अब इमेज र भ्वाइस म्यासेज पठाउन सकिने भएको छ । सफ्टवेयर डेभलपर अलेसेन्ड्रो पउलजीले ट्वीट गर्दै यस विषयमा जानकारी दिएका हुन् । उनका अनुसार स्टोरिजको रिप्लाईमा फोटो तथा भ्वाइस म्यासेज पठाउन सकिने फिचरका साथै क्यूआर कोड स्क्यान गरेर पोस्ट शेयर गर्न सकिने फिचर पनि उपलब्ध हुँदैछ । यसअघि कम्पनीले इन्स्टाग्रामको स्टोरिजमा लाइक गर्न मिल्ने फिचर ल्याएको थियो । त्यसअघिसम्म स्टोरिजमा राखिएको विषयको बारेमा रियाक्ट गर्न डाइरेक्ट म्यासेज नै गर्नुपर्ने बाध्यता थियो । यसरी कम्पनीले इन्स्टाग्राम स्टोरिजलाई पछिल्लो समय महत्वका साथ हेरिरहेको समेत दर्शाएको छ । The post इन्स्टाग्रामको स्टोरिजको रिप्लाइमा अब फोटो र भ्वाइस पठाउन सकिने appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/IjZRP5e via IFTTT

वीरगञ्ज महानगरपालिकाको कार्यालय अगाडी २ घण्टा धर्ना

Image
चैत्र १४, पर्सा । वीरगञ्ज महानगरपालिका अब महानरकपालिमा परिणत हुनबाट जोगाउनु पर्नेमा अभियानका संयोजक अधिवक्ता सरेन्द्र कुर्मीले बताएका छन्। सरिस्वा नदि प्रदुषण मुक्त अभियानद्धारा सोमबार वीरगञ्ज महानगरपालिकाको कार्यालय अगाडी गरिएको २ घण्टा धर्ना तथा प्रदर्शन कार्यक्रमलाई संबोधन गर्दै उनले महानगरपालिलाई नरकबाट बचाउन ध्यानाकर्षणका लागि दबाब मुलक कार्यक्रम गरेको बताए ।      धर्ना तथा प्रदर्शनमा अभियानका सदस्य बृजेश्वर प्रसाद चौधरीले अभियानको १० बुदे माग सुनवाई नभए सम्म आन्दोलन जारी रहने जानकारी दिनु भयो । लगातार तिन वर्ष सम्म पनि बारम्बार संघर्ष गर्दा समेत सम्बन्धित निकायले कानमा तेल हालेर बसेको अभियानता चौधरीको भनाई छ । यता अर्का अभियानता तथा राजनितिकर्मी रम्भा मिश्रले नदिलाई प्रदुषण मुक्त गराउन सधै साथ दिने बताउनु भयो । वहाँले आस्थाको प्रतिकको रुपमा रहेको नदिको प्रदुषण मुक्त नगरे अब महानगर, महानरकमा परिणत हुने बताउनु भयो । अभियानका संयोजक अधिवक्ता सरेन्द्र कुर्मीको अध्यक्षतामा भएको धर्ना प्रदर्शनमा वीरगञ्जका बिभिन्न स्थानको युवाहरुको सहभागीता रहेको थियो ।    

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय घेर्न पुगेका ३९ जना पक्राउ

Image
जनकपुर, १४ चैत । चुरे वन जंगलको संरक्षण तथा भूमिहीन सुकुम्बासीहरूको मुद्दा उठाउँदै अभियानकर्मीहरूले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । घेराउ गर्न पुगेका अभियानकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै आन्दोलनकारी मध्ये ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । सिरहाको मारूती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, चुरे क्षेत्रको जग्गा भूमिहीनका नाममा व्यक्तिले कब्जा गरेर विक्री गरेको विषयमा छानबिनका गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सोमवार विरोध प्रदर्शन गरिएको हो । उनीहरूले भूमिहीन, दलित तथा सुकुम्वासीको समस्या समाधान गर्नका लागि समेत माग गरेको छ ।  करिब ८ महिना अघि पनि अभियन्ताहरूले गरेको आमरण अनसनको क्रममा तत्कालिन प्रदेश २ सरकारले चुरे वन जंगल र मारूती सिमेन्टले सिरहामा गरेको जग्गा अतिक्रमणको विषयमा छानविन गरी २१ दिन भित्रमा प्रतिवे...

राप्रपा नेपालको एजेन्डा हिन्दू राष्ट्र, लोकतन्त्र रहेको अध्यक्ष्F थापाको दावी

Image
वीरगंज, १४ चैत/ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आज नेपाल पत्रकार महासंघ, पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी राप्रपा नेपालको एजेन्डा लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन रहेको बताएका छन् ।  उनले जनताले राजसंस्था अस्वीकार गरिसकेकोले आफूले पनि राजसंस्थाको एजेन्डा छाडेको बताए । उनले नेपालमा हिन्दू धर्मप्रति आस्था राख्नेहरुको संख्या धेरै रहेकोले हिन्दू राष्ट्रको एजेन्डा पनि साथै लिएको बताए ।  कार्यक्रममा पार्टीका उपाध्यक्ष राजीव पराजुली, महासचिव राजाराम बर्तौलालगायतको सहभागिता रहेको बताए । 

गर्ल फ्रेन्डको निगरानी गर्न कारमा एप्पल वाच राखेपछि…

काठमाडौं । आफ्नो गर्लफ्रेन्ड कहाँ जान्छे, के गर्छे भन्ने कुराको निगरानी गर्न कारमा एप्पल वाच लुकाएर राख्दा एक युवक पक्राउ परेका छन् । यो घटना अमेरिकाको नासभिल सहरको हो । २९ वर्षीय लरेन्स वेल्च शुक्रबारमात्रै गाडीमा इलेक्ट्रिक ट्रयाकिङ सिस्टम जडान गरेको आरोपमा पक्राउ परेका हुन् । पीडितले आफूलाई मार्ने धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेपछि यो विषय सार्वजनिक भएको हो । मार्ने धम्की दिएसँगै उनी फ्यामिली सेफ्टी सेन्टरमा पुगेकी थिइन् । प्रहरीका अनुसार उनीहरु दुवैले ‘लाइफ३६०’ प्रयोग गर्दै आएका थिए, जसमार्फत आफ्नो लोकेसन शेयर गर्न सकिन्थ्यो । तर, फ्यामिली सेफ्टी सेन्टर पुग्नुअघि महिलाले त्यसलाई डिएक्टिभेट गरेकी थिइन् । त्योसँगै युवकले उनलाई कल र म्यासेजमार्फत लाइफ३६० एक्टिभ गर्न आग्रह गरेका थिए । उनले त्यसलाई अस्वीकार गरेपछि वेल्च आफैं फ्यामिली सेफ्टी सेन्टरमा पुगे । तर भित्र भने पसेनन् । उनले केटी साथीको गाडीको टायरको भित्री भागमा एप्पल वाच राखेर हिँडे । जसमार्फत केटी साथी कहाँ जान्छिन् भन्ने विषयको जानकारी लिन्थे । पछि अध्ययन गर्दा उक्त वाच वेल्चकाे रहेको खुलेकाे प्रहरीले जनाएको छ । Th...

बिहारका मुख्यन्त्री नीतीश कुमारमाथि आक्रमणको प्रयास

Image
वीरगंज, १४ चैत । बिहारका मुख्यमन्त्री नीतीश कुमारमाथि आइतवार एकजना युवकले आक्रमणको प्रयास गरेका छन् । उनका पैतृक शहर पटना जिल्लाको बख्तियापुरमा एकजना विक्षिप्त युवाले हमलाको प्रयास गरे । आइतवार सांझ पाँच बजे यो घटना भएको हो । मुख्यमन्त्री स्वतंत्रता सेनानी पंडित शीलभद्र याजी की प्रतिमा माल्यार्पण गर्न गइरहेको बेलामा यो घटना भएको हो । यो घटनाक्रमबाट धेरै भिडियोहरू भाइरल भइरहेका छन् ।

मानवत–मटिअर्वा सडक धुलाम्य भएपछि स्थानीयद्वारा प्रदर्शन

Image
बारा, १४ चैत ।  मानवत–मटिअर्वा सडक निर्माण नहुँदा कलैया धुलाम्मे बन्दैको कारण स्थानीय ब्यापारीले आज बिहानैदेखि बाटो अवरूद्घ गर्दै प्रदर्शन गरेको छ ।  साढे तीन किलोमिटर सडक लामो समयदेखि निर्माण नहुँदा धुलाम्मे भएका कारण स्थानीयहरूको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै व्यापार व्यवसायमा निकै असर परेको छ । उतर – दक्षिण  राजमार्ग मटिअर्वा भन्सारसम्म जोडने उद्देश्यले भारत सरकारको सहयोगमा सडक निर्माण शुरू गरिएको थियो । तर बीचमा नै आएर कलैयाको बाटो नै बन्न सकेको छैन । अहिले धुलाम्मे अवस्थालाई मध्यनजर गर्दै कलैया उपमहानगरपालिकाले दैनिक पानी पनि पटाउने गरेको छैन । 

पर्साका चौधवटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए

Image
वीरगंज, १३ चैत । निर्वाचन आयोगले पर्साका चौधवटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेर पठाएको छ ।  छिपहरमाई गाउँपालिकामा मुकुन्द निरौला, जगरनाथपुर गापामा हीरा न्यौपाने, धोबिनी गापामा कैलाश दाहाल, पकाहामैनपुर गापामा कृष्णप्रसाद देवकोटा, विन्ध्यवासिनी गापामा अरुणकुमार कोइराला, सखुवाप्रसौनी गापामा डा सूर्यप्रसाद पौडेल, कालिकामाई गापामा प्रकाश कोइराला, जीराभवानी गापामा झविन्द्रप्रसाद पाण्डे, ठोरी गापामा शिवराज न्यौपाने, पटेर्वासुगौली गापामा गौतम भण्डारी, पर्सागढी नगरपालिकामा केशवप्रसाद पाण्डे, पोखरिया नपामा पद्मबहादुर कार्की, बहुदरमाई नपामा केशवप्रसाद भट्टराई र वीरगंज महानगरपालिकामा न्यायाधीश धर्मराज पौडेललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

गोदरेजका रेफ्रिजेरेटर, वासिङ मसिन र माइक्रो ओभनमा २१ प्रतिशत छुट र उपहार पाइने

काठमाडौं । गोदरेज ब्राण्डले नेपाली बजारका लागि ‘गेट सेट गोदरेज’ योजना ल्याएको छ । नयाँ वर्ष २०७९ को अवसर पारी ल्याइएको यस योजनामा ग्राहकले सामान गरिद गर्दा क्यासब्याक र उपहार पाउनसक्ने जनाइएको छ । यो योजना आइतबारदेखि सीमित अवधिका लागि सुरु भएको छ । कम्पनीका अनुसार गोदरेजका हरेक सामानको खरिदमा २१ प्रतिशतसम्म छुट र आकर्षक उपहार पाइनेछ । फ्रन्ट लोड वाशिङ मसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी एरियल वशिङ पाउडर र टप लोड वाशिङ मसिनको खरिदमा आकर्षक छुटसँगै दुई केजी एरियल वशिङ पाउडर पनि पाउन सकिनेछ । त्यस्तै माइक्रोवेभ ओभनमा आकर्षक छुटको साथै कुकिङ किट उपहार पाउन सकिने कम्पनीले जनाएको छ । त्यस्तै, रेफ्रिजरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाईरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ । एसीमा आकर्षक छुट र रु ४,००० बराबरको निःशुल्क एसी जडान सुविधा पाउन सकिनेछ । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । गोदरेज ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेकट्रोनिक्स अन्तर्गत सिजी इओएल रहे...

नेटफ्लिक्स, अमेजन जस्तै अब आईफोन पनि मासिक शुल्क बुझाएर प्रयोग गर्न सकिने

काठमाडौं । अब चाँडै नै नेटफ्लिक्स, अमेजन प्राइम लगायतका मासिक सब्स्क्रिप्सनमा आधारित सेवा जसरी आईफोन प्रयोग गर्न सकिने भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमबर्गका अनुसार एप्पलले आईफोनमा पनि सब्स्क्रिप्सन योजना ल्याउने तयारी गरेको हो । जसअन्तर्गत प्रयोगकर्तालाई आईफोन खरिद गर्नुभन्दा मासिक शुल्क बुझाउँदा हुने भएको छ । यसअघिसम्म आईक्लाउड, एप्पल म्युजिक, एप्पल टिभी तथा फिटनेश सर्भिसलाई मासिक सब्स्क्रिप्सनमा उपलब्ध गराएको कम्पनीले अब भने हार्डवेयर नै त्यसरी उपलब्ध गराउने तयारी गरेको हो । यो हुँदा प्रयोगकर्ताले एकै पटक पैसा बुझाउनुको साटो मासिक शुल्क बुझाएर आईफोन चलाउन सक्नेछन् । तर, यसरी चलाउँदा जबसम्म तपाईंले आईफोन चलाउनुहुन्छ, तबसम्म उक्त रकम भुक्तानी गरिराख्नुपर्ने हुन्छ । हालसम्म यो योजनाले कसरी काम गर्छ भन्ने विषयमा भने उल्लेख गरिएको छ । तर, पनि कम्पनीले प्रयोगकर्तालाई मासिक शुल्क बुझाउने शर्तमा भाडामा आईफोन उपलब्ध गराएर सम्झौता सकिए पश्चात फिर्ता लिने पनि हुन सक्छ । यदि यो भएको खण्डमा विश्वमा बढ्दो विद्युतीय फोहोरलाई कम गर्न निकै मद्दत पुग्ने भन्दै एप्पलको यो कदमलाई स्वागत...

ग्यास र तेलको भुक्तानीमा बिटक्वाइनलाई मान्यता दिँदै रूस

काठमाडौं । रूसले ग्यास तथा तेलको निर्यातामा हुने भुक्तानीमा बिटक्वाइनलाई मान्यता दिने तयारी गरेको छ । आफ्ना मित्र राष्ट्रहरुलाई उनीहरुको करेन्सीको सट्टामा बिटक्वाइन नै भुक्तानी गर्न दिने तयारी भइरहेको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन् । अघिल्लो सातमात्रै रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले मित्रराष्ट्र बाहेकका देशले ग्यास तथा तेल रूसी रुबेलकै आधारमा भुक्तानी गर्नुपर्ने बताएका थिए । यो कदमले रूसले आफ्नो करेन्सीको भ्यालु बढाउन खोजेको समेत बुझ्न सकिन्छ । किनभने यही वर्षमात्रै रूसी रुबेलको भ्यालु २० प्रतिशतले घटेको थियो । अझ पछिल्लो समय रूस र युक्रेनबीच जारी अवस्थालाई लिएर अमेरिका, बेलायन, युरोपेली युनियन लगायतले रूसमाथि प्रतिबन्ध लगाएका छन् । यस्तोमा रुबेलको मूल्य अझ घटने छ । त्यसैलाई व्यवस्थापन गर्ने योजनाका साथ रूसले मित्र राष्ट्रको हकमा बिटक्वाइन र अन्य राष्ट्रको हकमा रुबेलबाटै कारोबार गर्नुपर्ने व्यवस्था ल्याउन लागको हो । रूस आजपनि विश्वमा प्राकृतिक ग्यास निर्यातमा पहिलो र तेल निर्यातमा दोस्रो ठूलो देश हो । यस्तोमा निर्यात हुने ग्यास तथा तेलको भुक्तानीका लागि वैकल्पिक उपाय ख...

नेकपा माओवादी केन्द्र पर्सा द्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

Image
वीरगंज, १२ चैत ।  नेकपा माओवादी केन्द्र पर्सा द्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।छिपहरमाई गापाका युवा समाजसेवी,राजिव,जायसवाल,म. तैयब अहमद,रामपारस साह कानु, विश्वनाथ पटेल लगायतहरुले पार्टी प्रवेश गरेका छन्।जिल्ला संयोजक क। रामदरस कुशवाहाको अध्यक्षता र जिल्ला इंचार्ज क।बिजय महतोको प्रमुख अतिथिमा र क्षेत्रीय इंचार्ज ईमदाद गद्दी (सुग्गा) छिपहरमाई गा।पा। उपाध्यक्ष रमेश चौरसिया,संतकुमार जोशीको आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।साथै युवा समाजसेवी राजिव जायसवाल लाई छिपहरमाई गापाको अध्यक्षको प्रवल दावेदारी रहेका छन्।

बच्चाहरुलाई सुरु देखी नै राम्रो शिक्षा एवम् संस्कार दिन अभिभावकहरुलाई आग्रह

Image
बीरगंज १२ चैत्र । जीवन ज्योती माध्यमिक बिद्यालयले आज एक समारोहका बीच वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । बीरगंजको रानीघाटमा अवस्थित बिद्यालयले नगरसभा गृहमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी भारतीय महावाणिज्य दुतावासका कन्सुल शैलेन्द्र कुमारले पानसमा बत्ती वाल्नुका साथै गम्लामा पानी हाली कार्यक्रमको बिधिवत रुपमा उदघाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै शैलेन्द्र कुमारले बच्चाहरु एउटा काँचो मोटो जस्तो हुन्छन उनीहरुलाई जस्तो आकार दिए त्यस्तो नै हुने बताउनु भयो । वहाँले बच्चाहरुलाई सुरु देखी नै राम्रो शिक्षा एवम् संस्कार दिन अभिभावकहरुलाई आग्रह गर्नु भयो । बिद्यार्थीहरुको जीवनको शुरुवात स्कुलवाट नै हुने गरेको भन्दै यस समयमा, विद्यार्थीहरू जसले कडा. परिश्रम र मिहिनेतका माध्यमबाट राम्रो शिक्षा कमाउँछन्, तिनीहरू जीवनमा खुसी हुन्छन् र पछी ऊ राम्रो व्यक्तित्वको उदाहरण बन्ने कुरामा जोड दिनुभयो । वहाँले विद्यार्थीको.. जीवन कडा अनुशासन, परिश्रम र शिष्टाचारको अर्को नाम हो, जसरी सुन आगोमा अधिक मूल्यवान कुंडन हुन्छ, त्यस्तै कडा परिश्रम, विद्यार्थी जीवनमा गरिएको अनुशासनले विद्यार्थीलाई विश्वमा प्...

विद्यालयको नव निर्मित भवनको समुदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न

Image
बीरगंज, १३ चैत्र श्री माहन्नद प्रसाद उपाध्याय माध्यमिक विद्यालय बगहीको ६ कोठे भवनको आज एक कार्यक्रमबीच बीरगंज स्थित भारतका महावाणिज्य दुतावासका दुत श्री शैलेन्द्र कुमारको कर कमलबाट सुसम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका शैलेन्द्र कुमारले आजको जुगमा शिक्षाको ज्योतिबाट कोही पनि वञ्चित नहोस भन्ने कामना गर्दै विद्यालयमा उपस्थित अधिकत्तम छात्राहरुको सहभागिताबाट अभिप्रेरित भई आउने दिनमा यस विद्यालयलाई आफ्नो कार्यालय मार्फत भारत सरकार द्धारा सहयोगको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गनर््ु भयो । त्यसैगरि नेकपा एमालेका नेता शिव पटेलले मानव जीवनको सुधार तथा प्रगतिका लागि मन्दिर मस्जिद भन्दा विद्यालय बढि प्रभावकारी हुने भएकोले शैक्षिक संस्थामा लगानी गर्न आम जनसम्ुदायसँग आग्रह गर्नु भयो । ्त्यसैगरि लोसपाका केन्द्रिय सदस्य अधिवक्ता स्ुरेन्द्र कु्र्मीले प्लस ट्ु सम्म निशुल्क शिक्षा अनिवार्य दिनेतर्फ बढि जोड दिएका थिए भने नेता श्रीरामजी गिरी लगायत वक्ताहरुले शिक्षा बारे जोड दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार साहको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथि र...

नागरिकताविहीन युवाद्धारा वीरगंजमा प्रदर्शन

वीरगंज, १३ चैत । नागरिकताविहीन युवाहरुको समूहले आज वीरगंजमा विरोध प्रदर्शन गरेका छन् ।  विरोध कार्यक्रमअघि जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई समूहका केन्द्रीय अध्यक्ष्F इन्द्रजीत सर्राफले ज्ञापनपत्र बुझाएका थिए ।  २०६३ सालमा पिताले नागरिकता पाएपनि उनका छोराहरुले नागरिकता नपाएको भन्दै तत्काल नागरिकता विधेयक पारित गर्नुपर्ने माग गरेका छन् । 

सर्लाही घटनाको विरोधमा पर्साका प्रजिअलाई ज्ञापन

वीरगंज, १३ चैत । सर्लाही घटनाको विरोधमा समाजवादी युवा संघ, पर्साले आज पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई ज्ञापनपत्र बुझाएको छ ।  अध्यक्ष गौरव वर्माले सर्लाही जिल्लाको इशरपुरा नगरपालिकामा भएको घटनाको छानबीनको माग गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । सो घटनामा प्रतिनिधिसभा सदस्य प्रमोद साह गम्भीर घाइते भएका छन् । 

क्रोम ब्राउजरमा आपतकालीन सुरक्षा अपडेट, तत्काल इन्स्टल गर्न आग्रह

काठमाडौं । गुगलले आफ्ना ३.२ अर्ब क्रोम प्रयोगकर्ताका लागि आपतकालीन सुरक्षा अपडेट ल्याएको छ । सुरक्षा जोखिमलाई सम्बोधन गर्दै गुगलले क्रोमको ९९.०.४८४४.८४ अपडेट ल्याएको हो । यसअघि पत्ता लागेको ‘जेराे-डे’ सुरक्षा कमजोरीलाई ‘सीभीई-२०२२-१०९६ : टाइप कन्फ्युजन ईन भी८’ को नाम दिइएको थियो, जसको सामाधान नयाँ अपडेटमा गरिएको छ । समाचारमा जनाइए अनुसार क्रोमको जाभास्क्रिप्ट इन्जिनमा सुरक्षा कमजोरी फेला परेको थियो, जसबाट ह्याकरहरूले प्रयोगकर्ताको ब्राउजरमा आफ्नो कोड इन्जेक्ट गर्न सक्थे । यस्तो प्रकृतिको सुरक्षा कमजोरी यसअघिका साइबर आक्रमणका घटनामा समेत प्रयोग भएको बताइएको छ । तर कस्ता आक्रमण भए र असर के के पुग्यो भन्ने विषयमा गुगलले केही खुलाएको छैन । विण्डोज, म्याक र लिनक्स प्रयोगकर्ताका लागि गत शुक्रबारदेखि नयाँ अपडेट दिन सुरू गरिएको छ । आफ्नो वेब ब्राउजरमा यो काेडिङ बग (सुरक्षा कमजोरी) व्यापक रूपमा फैलिएपछि कम्पनीले स्टेबल भर्सनसहितको अपडेट जारी गरेको हो । त्यसैले सबै क्रोम प्रयोगकर्तालाई आफ्नो ब्राउज अपडेट भएको छ कि छैन सुनिश्चित गर्न गुगलले आग्रह गरेको छ । आफ्नो क्रोम सुरक्षित रहेको वा नरह...

विद्युतीय गाडीले कसरी गर्छ काम ? यस्तो छ जान्नैपर्ने कुरा

Image
काठमाडाैं । पछिल्लो समय विद्युतीय सवारीको लोकप्रियता बढ्दै गएको छ । विद्युतीय कारप्रति मानिसहरूको चासो बढ्नुमा थुप्रै कारण छन् । जसमा इन्धनको बढ्दो मूल्य, वातावरणमैत्री, आकर्षक फिचर, सुरक्षा, ब्याट्रीबाटै चल्ने आदि रहेका छन् । विद्युतीय कारले इन्धनबाट चल्ने कारको तुलनामा प्रदुषण कम गर्दछ । वातावरणमैत्री भएकाले यसप्रकारका कार विशेषगरी सहरी क्षेत्रमा धेरै रुचाउने गरिएको पाइन्छ । विद्युतीय कार भनेको पेट्रोल इन्जिन नभई विद्युतीय मोटरबाट चल्ने कार हो । परम्परागत सवारीमा पेट्रोल पम्पमा गएर डिजेल पेट्रोल राखेजस्तै विद्युतीय सवारी चार्ज गर्न भने विभिन्न ठाउँमा चार्जिङ स्टेसन बनाइएका हुन्छन् । दुवै प्रकारका सवारीको बाहिरी र भित्री डिजाइन केही हदसम्म मिल्दोजुल्दो नै हुन्छ । डिजेट-पेट्रोल कार चलाउन आईसी (इन्टरनल कम्बस्चन) इन्जिनको आवश्यकता पर्दछ भने विद्युतीय कार मोटरबाट सञ्चालित हुन्छ । इन्धनबाट चल्ने सवारीमा चालकले एक्सिलेटर प्रयोग गर्दा इन्जिनबाटै पावर बढेर आउँछ भने विद्युतीय कारमा कन्ट्रोलरबाट पावर प्राप्त हुन्छ । विद्युतीय कारले कसरी गर्छ काम ? सवारी चालकले एक्सिलेटर दबाएपछि विद्युतीय ...