जर्जियाबाट नेपाली नम्बरमा फोन, के हो त वास्तविकता ?
काठमाडौं । अहिले नेपाली दूरसञ्चार सेवा प्रदायकले उपलब्ध गराउने केही मोबाइल नम्बरमा जर्जियाबाट कल आएको पाइएको छ । +९९५ अर्थात् जर्जियाको कन्ट्री कोडबाट आउने यस्तो कलको विषयमा केही दिनदेखि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यो नम्बरबाट कल आउँदा प्रयोगकर्ता त्रसितसमेत भएका छन् । कल उठाए फोन नै ह्याक हुन्छ भन्ने डर सामाजिक सञ्जालमा फैलिरहेको छ । केही प्रयोगकर्ताले फ्रान्सको कन्ट्री कोड +३३ भएको नम्बरबाट समेत कल आएको बताएका छन् । केही वर्षअघि रातो नम्बरबाट फोन आए ज्यान जानसक्ने, स्वास्थ्यलाई खराबी हुने, मोबाइल पड्किनसक्ने भन्दै त्रास फैलाइएको थियो । के साँच्चै त्यस्ता नम्बरबाट आएको कल उठाउँदा डर हुन्छ त ? फोन ह्याक हुने वा अन्य जोखिम हुन्छ त ? कसरी हाम्रो फोन नम्बरमा कल आइरहेको छ ? कतै हाम्रो फोन नम्बर लिक भइरहेको त छैन ? यस्ता प्रश्न उठ्नु स्वाभाविक पनि हो । वास्तवमा कल उठाउँदा फोन र अकाउन्ट ह्याक हुने वा अन्य डर हुनसक्ने कुरा भ्रममात्रै भएको साइबर सुरक्षा अनुसन्धानकर्मी नरेश लाम्गादे बताउँछन् । ‘फोनमा आएको कल उठाउँदा फोन ह्याक वा डेटा चोरी हुनु असम्भव जस्तै हो । फोन उठाउँदैमा डेटा चो...