आठ मन्त्रालयसहित ओली सरकारमा सहभागी हुँदै ठाकुर-महतो पक्ष, को-को नेता हुँदैछन् मन्त्री?
काठमाडौं : जनता समाजावादी पार्टी (जसपा) नेपालको एक समूह पार्टी फुटाएर भए पनि सरकारमा सहभागी हुने गृहकार्यमा जुटेको छ। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेको हो। मन्त्रालयको भागबन्डा र दलभित्रको समीकरण मिलेमा यसै साता ठाकुर-महतो पक्ष सरकारमा सहभागी हुँदैछ। त्यसका लागि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ लगायतका नेताहरुसँग ठाकुर महतोले संवाद तीव्र पारेका छन्। सोमबार पनि द्विपक्षीय परामर्श भयो। जसपाकै अर्को समूह अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई सरकारको विपक्षमा छन्। सरकारमा सहभागी भए पार्टी एक नरहने यादव समूहको चेतावनी ठाकुर-महतोले लत्याउँदै आएका छन्। पार्टी फुटाएर भए पनि सरकारमा जसपाका नेताहरु राजनीतिक रुपमा विभाजित छन्। ओली र ओली इतरको पाँच दलको गठबन्धनमा विभाजित जसपाका नेताहरु अब पार्टी एक नरहने दाबी गरिरहेका छन्। दुबै समूहले एक अर्कालाई पार्टीबाट निष्कासनको तयारीस्वरुप शनिबार स्पष्टीकण सोधेका थिए। सोमबार बालुवाटारमा जसपाका ठाकुर-महतोले सरकारमा सहाभागी हुन...