Posts

Showing posts from November, 2022

टयाक्टरको ठक्करबाट चटपटे बिक्रेताको मृत्यु

Image
वीरगंज, १४ मंसिर । टयाक्टरको ठक्करबाट एकजना चटपटे बिक्रेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।   रामनगरीबाट महुवनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले मङ्गलवार राति ८ः४० बजे प्रसौनी गाउँपालिका वडा नं. ५ टाली चोकमा  ठेलामा चटपटे बिक्री गर्ने एकजना व्यक्तिलाई ठक्कर दिंदा उनको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरी बस्ने वर्ष ४५ चटपटे बिक्रेता तपसी साह कानुलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।   घटनापछि इप्रका पोखरियाका प्रहरी निरीक्षक आयुश जोशीले फरार टयाक्टर चालकको खोजतलास गर्ने क्रममा अल्फावेट मेटिएको अवस्थामा २८५८ नम्बरको ट्याक्टर बरामद गरेको जिप्रका, पर्साले जनाएको छ ।  

प्रतिनिधिसभामा निर्वाचित रमेश रिजाललाई लड्डुमा जोखेर र चाँदी मुकुट लगाएर स्वागत

Image
वीरगंज, १२ मंसिर । ७० किलो लड्डु तराजूको एकातिर र अर्कोतिर पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश रिजाललाई राखेर उनका मतदाता, समर्थक, नेता, कार्यकर्ताहरुले सम्मान दर्शाएका छन् ।   पर्सा  ४ नं क्षेत्रको छिपहरमाई गापा वडा न ५ भिस्वामा नवीन सिंहको नेतृत्वमा कार्यकर्ताहरूले निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश रिजाललाइ लड्डुले तराजूमा जोखेर सम्मान गरेका छन् ।   यसैगरी जयमङ्गलापुर, बुड्गाही, झलमैयाका, टिवकी, चरगाहा, मिर्जापुरमा नागरिक समाज  विजयोत्सव गरिएको थियो । सहभागीहरुले नेपाली कांग्रेसका विजयी उम्मेदवार रमेश रिजाललाई भब्य स्वागत  गरेका थिए ।   नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश रिजाललाई स्थानीयबासिन्दाले माला लगाएर स्वागत गरेका थिए । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन जनताको घरदैंलोमा गएका उनीहरूलाई छिपहरमाई गाउँपालिका वडा नम्बर ३ को जयमंगलापुर बासिन्दाले चाँदीको मुकुट लगाइदिएका थिए । गत ४ मंसिरमा मा भएको निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार रिजाल, पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा  निर्वाच...

वीरगंजमा मैत्री क्रिकेट प्रतियोगिता शुरु

Image
वीरगंज, ११ मंसिर । नव जनकल्याण  युवा संजाल छपकैया, वीरगंज–३ ले मैत्री क्रिकेट प्रतियोगिता शुरु गरेको छ । शनिवारदेखि शुरु भएको सो प्रतियोगिता १७ गतेसम्म सञ्चालन रहने आयोजकले जनाएको छ । क्रिकेट प्रतियोगितामा राधेमाई क्रिकेट क्लब, मुर्ली डिभाइन विज्डम, वीरगंज लाइफ इन्स्योरेन्स कम्पनी, छपकैया–३ टीम, सेभेन स्टार टीम प्रगतिनगर, अशोकवाटिका राहुन–११, घर आँगन बचत तथा सहकारी संस्था, घडीअर्वा–१० टीम, ग्यालेक्सी सेकेन्ड्री स्कूल, त्रिजुद्ध +२ टीम छपकैया, प्रगतिनगरको राजीव–११, एक्सपर्ट कन्सलटेन्सी सहभागी छन् । प्रतियोगिताको प्रायोजकमा क्वेष्ट फार्मेसी एक्सपर्ट कन्सलटेन्सी एन्ड रिसा सर्भिस रहेको जनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका वडा नं. ३ का अध्यक्ष्F बैजुलाल स्वर्णकार, जनकल्याण संजालका अध्यक्ष्F महम्मद सगीर अलि, वीरेन्द्र साह हिटलर, किरण सत्याल, सन्नी महतो, कलाम ठकुराई, हरिशंकर यादव, दिलखुस देवान, अमित सिंह राजपूत, विक्की राज पटेललगायतको सहभागिता थियो। प्रतियोगितामा विजेता टीमलाई ५० हजार र उपविजेता टीमलाई २० हजार नगदसहित प्रमाणपत्र, मेडल, शिल्डसहित पुरस्कृत गरिने आयोजकले...

पर्साः प्रदेशसभामा कांग्रेसका क्षत्री र स्वतन्त्र उम्मेदवार जयसवाल विजयी

Image
वीरगंज, ७ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट स्वतन्त्र र (२) बाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार प्रमोदकुमार जयसवालले नेकपा एमालेका अब्दुल रहिम अन्सारी (मञ्जुर) लाई पराजित गरेका हुन् । जयसवालले ७ हजार ३ सय ८१ मत पाउँदा अब्दुलले ५ हजार ९ सय ३०  मत पाए । कांग्रेसका जनार्दन सिंह क्षेत्रीले जनता समाजवादी पार्टी (जसपा) की नेतृ मधु गुप्तालाई पराजित गरेका हुन् । क्षेत्री नेपाली काङग्रेस पर्साका सभापति हुन् । क्षेत्रीले १० हजार १ सय ७२ मत ल्याउँदा मधुले ७ हजार ४९६ मत पाइन् । टिकटका लागि पार्टी परिवर्तन गरेर नेकपा एकीकृत समाजवादीबाट चुनाव लडेका प्रल्हाद गिरी गोस्वामीले ६ हजार ५ सय ३ मत पाए । ०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचन लडेका प्रल्हादले जर्नादनलाई पराजित गरेका थिए । प्रल्हाद ६३४५ मत ल्याएर विजयी हुँदा जर्नादन ६२५० मत सहित दोस्रो स्थानमा थिए । निवर्तमान प्रदेशसभा सदस्य प्रल्हाद लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एमाले हुँदै टिकटका लागि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

पर्सामा चारजना उम्मेदवार निर्वाचित

Image
वीरगंज, ७ मंसिर । लोसपाका रमेश कुर्मी प्रदेशसभा सदस्यमा निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीले पर्सामा खाता खोलेको छ। पर्सा २ (ख) बाट नेता रमेशप्रसाद कुर्मी प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका हुन। निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रूपेशमान सिंहभन्दा २ हजार ६३७ मत ल्याएर उनी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन। रमेशले ९४७१ मत पाउँदा रूपेशले ६ हजार ८३४ मत ल्याएका छन। रमेशलाई बाम लोकतान्त्रिक गठबन्धनको साथ थियो। एमाले जसपा गठबन्धनका हरेराम प्रसादले ३ हजार ७९० मत ल्याएर तेस्रो भएका छन। मुख्यमन्त्री लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुर्ई सय १२ मत पाए। पर्सा–४ मा कांग्रेसका रमेश रिजाल विजयी ...

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित

Image
वीरगंज, ६ मंसिर । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् । रिजालले एमालेका जालिम मियाँँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् । रिजालले ३१ हजार १ सय ४२ मत पाउँदा मियाँँले २५ हजार ६ सय १९ मत ल्याए । जनमतका अजयकुमार यादव ७०९ र राप्रपाका अवधेशप्रसाद गौरो ६१३ मत पाएका छन् ।

पर्सा–२ (१) मा कांग्रेस उम्मेदवार पटेल निर्वाचित

Image
वीरगंज, ६ मङ्सिर/ पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा  नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित हुनुभएको छ ।   पटेल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार छ सय ५७ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो । उहाँले १३ हजार सात सय ८४ मत प्राप्त गरेका छ भने निकटतम प्रतिस्पर्धी जसापा–एमालेका साझा उम्मेदवार यादवले भने १२ हजार एक सय १७ मत प्राप्त गर्नुभयो । 

सप्तरी–२(२) मा जनमत पार्टीका यादव विजयी,मतान्तर बढाउँदै सिके राउत

Image
सप्तरी, ६ मङ्सिर  सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी हुनुभएको छ । उहाँले १३ हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले सात हजार २३ मत पाउनुभएको छ । मतान्तर बढाउँदै सिके राउत प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ । पछिल्लो मतगणनाअनुसार उहाँले १३ हजार सात सय ५९ मत प्राप्त गर्नुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले छ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले दुई हजार आठ सय ५७ मत पाउनुभएको छ । हालसम्म २५ हजार चार सय ३९ मतगणना भएकामा एक हजार तीन सय ३७ मत बदर भएको र २४ हजार एक सय दुई मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरी–२ मा ६७ दशमलव ९७ प्रतिशत अर्थात् ६४ हजार पाँच सय ६० मत खसेको छ । अब ३९ हजार एक सय २१ मत गन्न बाँकी छ । –––

पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रको मत परिणामको ४ बजेको अपडेट

Image
वीरगंज, ५ मंसिर/ ठाकुरराम बहुमुखी क्याम्पस वीरगंज र पोखरियास्थित जिल्ला उच्चांगल रामदेव कलवार मावि मतगणना स्थलमा पर्साको चारवटै निर्वाचन क्षेत्रको मतगणना शुरु भएको छ । सर्वदलीय बैठकले चारवटै निर्वाचन क्षेत्रमा मतगणना शुरू गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी गराए । पछिल्लो विवरण पर्सा २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा नेपाली काँगेसका श्याम पटेलले अग्रता लिएका छन् भने उनलाई जसपाका रामनरेश यादवले पछ्याइरहेका छन् । प्रतिनिधि सभातर्फ पर्सा १ मा जसपाका प्रदिप यादव, लोसपाका लक्ष्मणलाल कर्ण र स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीबीच प्रतिस्पर्धा भइरहेको छ । पर्सा क्षेत्र नं २ मा जसपाका सुरेन्द्रप्रसाद कुर्मी र काङग्रेसका अजयकुमार चौरसिया,राप्रपाका नरेशकुमार साहबीच मतान्तर देखिएको छ । क्षेत्र नं. ३ मा एमालेका राजकुमार गुप्तालाई कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले पछ्याइरहेका छन् भने क्ष्Fेत्र नं. ४ मा काङग्रेसका रमेश रिजाल र एमालेका जालिम मियाँँ वीच कडा प्रतिस्पर्धा देखिएको छ । 

पर्सा क्षेत्र नं १ र २ को मतगणना सुरु

Image
पर्सा, ५ मङ्सिर   प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि हिजो भएको मतदानको नतिजा प्राप्त गर्न आज अपराह्न १ बजेपछि मतको गणना कार्य सुरु गरिएको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना केन्द्रमा क्षेत्र नं १ र २ को मतगणना सुरु भएको हो ।   पर्साको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा '१' का लागि वीरगञ्ज महनागरपालिकाको–१६ को नगवा र  '२' का लागि वडा नं ३२ को चोर्नी गाउँको बुथको मत गणना भइरहेको पर्साका मुख्य निर्वाचन अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिनुभयो । त्यसै क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभाको '१' का लागि पर्सागढी नगरपालिका–१ र २ को मतगणना भइरहेको छ भने '२' का लागि बहुदरमाई नगरपालिका–२ को मत गन्ती भइरहेको छ । ठाकुराम केन्द्रमा हाल क्षेत्र नं १ का लागि तीन स्थानमा र २ का लागि तीन स्थानमा मतगन्ती भइरहेको छ । यसलाई विस्तारै बढाउँदै लैजाने मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो ।  उहाँले पर्साको निर्वाचन क्षेत्र नं ३ र ४ का लागि पोखरिया नगरपालिकाको जिल्ला उचाङ्गल रामदेव दास उच्च माविको मतगणना ...

धनुषा–३ सङ्घमा एमाले र प्रदेशमा जनमत पार्टीका उम्मेदवारको अग्रता

Image
जनकपुरधाम, ५ मङ्सिर (रासस) ः धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत पार्टीका उम्मेदवारको अग्रता रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेशकुमार ठाकुरले अहिलेसम्म एक हजार १७ मतगणना हुँदा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार जुलीकुमारी महतो छ सय आठ मतसहित अग्रस्थानमा हुनुहुन्छ । त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार अनिल झा तीन सय १५ मतसहित दोस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ शाह दुई सय २० मतसहित तेस्रो स्थानमा रहनुभएको छ । प्रदेश १ मा भने जनमत पार्टीका उम्मेदवार प्रशन्नकुमार झा पाँच सय ७४ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादवले तीन सय ७९ र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार जीतेन्द्रकुमार यादवले दुई सय ६४ मत प्राप्त गर्नुभएको छ । धनुषाको निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भए पनि अरु तीन क्षेत्रमा दिउँसो २ बजेपछि मात्र मतगणना हुने भएको छ । क्षेत्र नं १, २ र ४ मा सर्वदलीय बैठक सम्पन्न भई २ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको प्रम...

जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार तेली पक्राउ

Image
वीरगंज, ३० कात्तिक । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले जबर्जस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । प्रहरीले जिल्ला बारा प्रसौनी गा.पा वडा नं.५ बेलहिया टोल निवासी २५ वर्षीय श्याम सुन्दर साह तेलीलाई पक्राउ गरेको जनाएको छ । तेलीले १७ वर्षीया नाबालिकालाई ललाई फकाई पटक/पटक करणी गरेको र नाबालिकाको जबर्जस्ती गर्भपतन गराएको भन्ने नाबालिकाकी आमाले दिएको जाहेरीको आधारमा तेलीलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ । तेलीलाई २०७९/०७/२८ गते गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी जवर्जस्ती करणी तथा गर्भ पतन मुद्दा अनुसन्धानको लागि बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ४ को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार तेली यसअघि विभिन्न अपराधमा संलग्न रहेको आरोपमा पक्राउ  परेको जनाएको छ । २०७५/०४/०५ गते र २०७५/१०/०२ गते दुर्ई पटक अभद्र व्यवहार मुद्दामा पक्राउ परी तारेखमा छुटेको जनाएको छ । यसैगरी २०७६/१०/०२ गते लागू औषध खैरौ हेरोइन सहित जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेकोमा पर्सा जिल्ला अदालतको आदेश ३० हजार धरौ...

वीउवासङ्घको टोलीद्वारा भियतनामको व्यवसायिक उद्यान अवलोकन

Image
वीरगंज, २५ कात्तिक ।  वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेका व्यापारिक भ्रमण प्रतिनिधिमण्डलले आज भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीहरू सहित होचिमिह सिटीमा रहेको "प्रो ट्रेड इन्टरनेशनल टेक पार्क" (पिआईटिपी) अवलोकन भ्रमण गरेका छन् । वीउवासङ्घ र भियतनाम चेम्बरका उद्योगी व्यापारीहरू बीचको भएको छलफल तथा भियतनामका उद्योगी व्यवसायीहरूले "होचिमिह सिटी"मा रहेको "प्रो ट्रेड इन्टरनेशनल टेक पार्क" (पिआईटिपी) भ्रमण र अवलोकनका लागि गरेको आग्रह अनुसार सङ्घको टोलीले सो व्यापारिक पार्कको भ्रमण अवलोकन गरेका थिए । उक्त अवसरमा सङ्घको भ्रमण टोलीले व्यापारिक पार्कका महानिर्देशक संग भेटघाट तथा अन्तरक्रिया गरेको थिए । अन्तरक्रियाको क्रममा व्यपारिक पार्कका महानिर्देशकले व्यापारिक पार्कको विशेषतावारे वीरगञ्ज उद्योग वाणिज्य सङ्घको भ्रमण टोलीलाई प्राविधिक तथा स्थलगत रूपमा अवगत गराउनु भएको थियो । मुख्य विशेषता सम्बन्धमा महानिर्देशकले भन्नु भयो यस व्यापारिक पार्कमा कुनै व्यवसायीले त्यहाको जग्गा र भवनका लागि एक पटक लगानी गर्द...

अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई व्यक्ति पक्राउ

Image
काठमाडौँ, २५ कात्तिक अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमारलाई पनि पक्राउ गरिएको छ । यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ । यसैबीच ब्यूरोले ग्रिन टीको नाममा नियन्त्रित लागुऔषध खात कारोबार गर्ने दुई जनालाई पनि पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धादिङका रामकुमार श्रेष्ठ र ललितपुरका कविराज खड्का रहेका छन् । उनीहरुको साथबाट चार सय ४० किलो...

८७ हजार नक्कली नोटसहित ६ जना रौतहटबाट पक्राउ

Image
रौतहट, २५ कात्तिक ।  रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित  प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  आरोपीहरुको साथबाट ८६ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले जानकारी दिए ।  बरामद नोट एक हजार दरका छन् । आरोपीहरु मौलापुर नगरपालिकाबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिबन्धित औषधिसहित दम्पती पक्राउ

Image
वीरगंज, २४ कात्तिक ।  बारा र पर्सा जिल्लाबाट प्रतिबन्धित औषधिको कारोबार फस्टाएको छ । पछिल्लो दिनमा बारा र पर्साको भारतीय सीमावर्ती जिल्लाबाट नेपालमा प्रतिबन्धित लागूऔषधको कारोबार बढेको हो । भारतबाट उक्त औषधि खरीद गरी नेपाल ल्याउने व्यक्तिहरु प्रायःजसो दिनहुँ पक्राउ परिरहेका हुन्छन् । नेपालमा प्रतिबन्धित उक्त औषधिको  कारोबार निकै फस्टाएको छ । प्रतिबन्धित औषधिको कारोबारमा प्रायः युवाहरु संलग्न हुने गरेको छ  । तर पछिल्लो समयमा यस कारोबारमा दम्पत्ति पनि संलग्न रहेको प्रहरीले जनाएको छ । यसैक्रममा लागूऔषधसहित एकजना दम्पतिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी गराएको छ । पक्राउ पर्नेमा ललितपुर म.न.पा. वडा नं. १४ का रमेश चित्रकार र मीनाकुमारी घले रहेको जिप्रका, पर्साले जनाएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएकोटोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्पm पैदल हिँडि आउँदै गरेका दुवैलाई चेकजाँच गर्दा उक्त झोला भित्र प्रतिबन्धित लागु औषध नाईट्राभेट २३९८ पिस फेला परेको तथा उक्त लागु औषधहरू भारतको रक्सौलबाट खर...

आम सन्चार माध्यम प्रबद्र्धन समितिको बैठकद्धारा सन्चार माध्यमको सुचिकृतका लागि म्याद थप

Image
वीरगंज २१ कार्तिक । वीरगंज महानगरपालिकाको आमसंचार माध्यम प्रबद्र्धन तथा नियमन समितिको आज सम्पन्न पहिलो बैठकले वीरगंज महानगरपालिकामा सुचिकृत हुन छुटेका पत्रपत्रिका, रेडियो, टेलिभिजन,अनलाईको सुचिकृतका लागि म्याद थप गरेको छ । महानगरपालिकाको सभाहलमा सम्पन्न बैठकले आर्थिक बर्ष ०७९÷८० कालागि महानगरपालिकाबाट उपलब्ध हुने लोक कल्याणकारी विज्ञापन तथा अन्य सुबिधा वीरगंजबाट प्रकाशित तथा प्रशारण हुने दैनिक,साप्ताहिक पत्रिका रेडियो,टेलिभिजन,अनलाईनहरुले प्राप्त गर्नकालागि केही सन्चारमाध्यमहरु बिबिध कारणले छुटेको देखिएको हुदा छुटेका सन्चार माध्यमहरुलाई सुचिकरणको लागि आगामी मंसिर ९ गते देखि १५ गते भित्र महानगरपालिकाले तोकेको मापदण्ड अनुरुप आवश्यक कागजात बुझाई सुचिकरण गर्न म्याद थप गरेको छ । आमसन्चार माध्यम प्रबद्र्धन तथा नियमन समितिका संयोजक ध्रुब अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा वीरगंज महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख रामकुमार कुशवाहा, आर्थिक प्रशासन महाशाखाका प्रमुख रुपनारायण राउत, सन्चारकर्मी रामनारायण कुर्मी, राम शर्राफ,मनोज पटेल, बृजलाल पासवान, मुस्कान श्रेष्ठ, अमित अग्रवाल,विरेन्...

बाराबाट २५ किलो गांजासहित एकजना पक्राउ

Image
बारा, कलैया, २१ कात्तिक ।  जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले २५ किलो गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।  कात्तिक २० गते राति ९ बजे इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले निजगढ न.पा.वडा न. १२ कुलियाबाट गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।  प्रहरीले निजगढ नगरपालिका वडा न. १२ वारथली बस्ने वर्ष ५८ को प्रेम बहादुर लोलाई २५ किलो गाँजासहित पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ ।  प्रहरी टोलीलाई देख्नासाथ दुई जना गांजा तस्कर फरार भएका थिए । प्रहरीले २ वटा बोरामा ७ किलोको दरले १४ किलो र एउटा बोरामा ११ किलो जम्मा २५ किलो ग्राम लागू औषध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रेम बहादुर लोलाई बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरेको छ भने फरार रहेका २ जना व्यक्तिको खोजी भइरहेको जिप्रका, बाराका प्रवक्ता प्र.ना.उ. राजेश थापाले जानकारी गराएका छन् । 

पर्सा क्षेत्र नं. १ (ख)का स्वतन्त्र उम्मेदवार विशाल कुमार घरदैंलो कार्यक्रममा व्यस्त

Image
वीरगंज, २० कात्तिक ।  पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार विशाल कुमारले घरदैंलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । बिजुलीको चिम चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार दिएका विशाल कुमारले वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा घरदैंलो कार्यक्रमलाई निरन्तरता दिंदै मत मागिरहेका छन् ।  मेरो सर्वोपरी नै मतदाता हुनुहुन्छ । म त मतदाताकै सल्लाहमा स्वतन्त्र उम्मेदवार बनेको हु बताउने विशाल कुमार अब पालो युवाको, अब पालो बदलावको नारासहित चुनावी मैदानमा ओर्लिएका हुन् । स्वतन्त्र उम्मेदवारहरुप्रति मतदाताको आकर्षण बढिरहेकोले देश विकासको लागि युवाहरुलाई मतदान गर्नुपर्ने उनले बताए । जनताको सुखदुःखदमा सदैव साथ दिने बताउने विशाल कुमारले विजयी भएमा आफनो क्ष्Fेत्रको विकास गर्ने बताए । 

बहुदरमाईबाट ७ किलो गाँजा बरामद

Image
वीरगंज, १९ कात्तिक । बहुदरमाई नगरपालिका वडा नं. ७ छपकैयाबाट सशस्त्र प्रहरीले ७ किलो गाँजा बरामद गरेको छ । छपकैयास्थित बाँसको झाँगमा लुकाइराखिएको सात किलो गाँजा बेवारिसे अवस्थामा बरामद भएपछि नेपाल प्रहरीलाई बुझाईको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्ष्Fक सन्तोष कुमार बस्नेतले जानकारी गराउनुभएको छ ।

एक सातामा सशस्त्र प्रहरीले पौने १२ लाख बराबरको अवैध सामान बरामद

Image
वीरगंज, १९ कात्तिक । सशस्त्र प्रहरी बल नेपाल पर्साले एक सातामा १२ लाख ७० हजार मूल्य बराबरको विभिन्न सामानहरु बरामद गरी वीरगंज भन्सारमा बुझाएको छ । वीरगंज महानगर–१६ इनर्वा, विन्धवासिनी गापा–३, छपकैया, ठोरी गापा, जीरा भवानी गापा, ड्राइपोर्ट लगायतको क्षेत्रबाट सशस्त्र प्रहरीले कपडा, चिनी, कस्मेटिक सामान, हार्डवेयर सामान,माछा, सुर्ती, अटोलगायत १२ लाख ७० हजार मूल्य बराबरको सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्ष्Fक सन्तोष कुमार बस्नेतले जानकारी गराउनुभएको छ। उक्त सामान को रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

पर्सामा छतबाट लडेर दुई वर्षीया बालिकाको मृत्यु

Image
वीरगंज, १७ कात्तिक । घरको बालकोनीबाट लडेर एकजना दुई वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।   कात्तिक १८ गते बिहान ११ः३० बजेको समयमा पर्सा, वीरगंज महानगरपालिका वडा नं. १ छपकैया बस्ने मुकेश ठाकुरकी दुई वर्षीया छोरी सजना ठाकुर छतको बालकोनीमा खेल्ने क्रममा अनियन्त्रित भई अचानक जमिनमा लडेर गम्भीर घाइते भएकी हुन् ।  सजनालाई उपचारको लागी नारायणी अस्पताल वीरगंज र त्यसपछि एल.एस.न्युरो अस्पताल वीरगंजमा उपचारको क्रममा बेलुका ५ बजे सजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।   ठाकुरको लास जाँच प्रकृति मुचुल्कालगायतको अनुसन्धान गरी पोष्टमार्टमकोलागी नारायणी अस्पताल वीरगंजमा पठाइएको छ ।   

कृषि औजार कारखाना सञ्चालनका लागि युवाहरुद्वारा सरसफाई

Image
वीरगंज, १७ कात्तिक । वीरगंजको कृषि औजार कारखाना सञ्चालनका लागि नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएपछि केन्द्रका अध्यक्ष महाविर पुनले सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् । उनको अपील सुनेर वीरगंजका युवा समुदाय जुर्मुराएका छन् । वीरगंजको परिवर्तन नेपाल फाउण्डेशनमा आबद्ध युवाहरूले कृषि औजार कारखानमा सरसफाई सहयोग गरेका हुन् । फाउण्डेशनका युवाहरूले आज कृषि औजार कारखानामा रहेका सामानहरू व्यवस्थित स्थानमा राख्ने र कारखाना भित्र उम्रिएका झारपातहरू उखेलेर सफा गरेका छन् । परिवर्तन नेपाल फाउण्डेशनका युवाहरूले सरसफाई गरेको फोटो राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले सामाजिक सञ्जाल फेसबुमा पनि राखेका छन् ।  सरसफाई कार्यक्रममा फाउन्डेसनका अध्यक्ष रणधिर बर्णवाल, सचिव विशेष साह, कोषाध्यक्ष सुशील पटेल, संचालन प्रमुख अतुल कुमार, ब्यावस्थापन प्रमुख सोनू पटेल, करुानूनी सल्लाहकार अनिल साह, सदस्य अनिकेत पटेल, समान पटेल, सागर साह, आशीष साह लगायतका युवा तथा सदस्यहरूको सहभागीता रहेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चोकटको मृत्यु

Image
वीरगंज, १७ कात्तिक ।  दुर्घटनामा गम्भीर घाइते भएका एकजना व्यक्तिको आज बिहान मृत्यु भएको छ । कात्तिक १३ गते ९ः४५ बजेको समयमा वीरगञ्ज म.न.पा. वडा नं. ३२ चोर्नी मा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले माटो खसाली व्याक गर्ने क्रममा पैदल यात्री सोही ठाउं बस्ने वर्ष ५९ को चोकट महतोलाई ठक्कर दिएको थियो ।  टाउकोमा गम्भीर चोट लागि घाइते भएकोले उनलाई उपचारको लागी नेपाल मेडिसिटि बयोधा अस्पताल वीरगञ्ज लगिएको थियो । उनको उपचारको क्रममा बिहीवार विहान ५ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।  ट्याक्टर चालक सोही ठाउं वर्ष २० को धर्मेन्द्र यादव दुर्घटनापछि फरार भएकोमा प्रहरीले खोजतलासको क्रममा पक्राउ गरेको छ । 

औद्योगिक सम्बन्ध विस्तार गर्न वीउवासंघको टोली सिंगापुर र भियतनामको लागि प्रस्थान

Image
वीरगंज, १६ कार्तिक । वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा ३६ सदस्यीय व्यापारिक भ्रमण प्रतिनिधि मण्डल बुधवार सिंगापुर र भियतनामको लागि प्रस्थान गरेको छ । भ्रमणको क्रममा द्विपक्षीय व्यापार विस्तार प्रबद्धन गर्ने, निर्यात भइरहेको नेपाली वस्तुहरूको परिमाणमा वृद्धि गर्ने, नेपाली वस्तुहरू निर्यातको लागि बजारको पहिचान गर्ने, संस्थागत सम्बन्ध विस्तार गरिने, दुवै देशका उद्योगी व्यवसायीहरूसँग बी टु बी मिटिङ गरी वैदेशिक लगानीको लागि आग्रह गर्ने, अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य रहेको अध्यक्ष डा. गुप्ताले बताउनुभयो । भ्रमणको क्रममा नेपालको भौगोलिक अवस्थिति, उद्योग, व्यापारको अवस्था, हाइड्रोपावर र पर्यटनको सम्भावना, शिक्षा, सूचना प्रविधिका बिषयहरू उजागर गरिने अध्यक्ष डा. गुप्ताले बताउनुभयो । त्यस्तै नेपालमा रहेको खनिज पदार्थ, जडिबुटी, प्राकृतिक छट्टा, शिक्षा अध्ययन केन्द्र निर्माण गर्न सकिने सम्भावनाको वारेमा पनि चर्चा गरिने र यस्ता क्षेत्रहरूमा लगानीको लागि आग्रह गरिने अध्यक्ष डा. गुप्ताले बताउनुभयो । सिंगापुरले अन्तर्राष्ट्रिय व्यापार र कनेक्ट...