Posts

Showing posts from October, 2022

वीरगंजबाट फलास खेल्ने पांचजना ९३ हजारसहित पक्राउ

Image
वीरगंज, १४ कात्तिक । जिल्ला प्रहरी कार्यालय, पर्साले  जुवा खालबाट जुवा तास खेल्ने पांचजनालाई पक्राउ गरेको छ । कात्तिक १३ गते रातिको समयमा  वीरगंज महानगरपालिका वडा न.८ गहवास्थित रमेश खड्गीको खाजा नास्ता र मदिरा समेत खानपीन गर्ने होटलमा फलास खेलीरहेका पांचजनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । जि.प्र.का. पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले फलास खेलिरहेको अवस्थामा ९३ हजार एक सय पचास रुपियाँ र एक सेट तास सहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । प्रहरीले वीरगंजका विभिन्न वडामा बस्ने अशोक कुमार कानु , दिप लाल चौरसिया, अर्जुन तुरहा, सानु शाही र रमेश खड्गी रहेको र उनीहरुलाई कानूनको रीत पुरयाई अनुसन्धान भैरहेको जनाएको छ । 

५० लाखको खानेतेल चोरी गरी बिक्री गरेको आरोपमा चारजना पक्राउ

Image
वीरगंज, ६ कात्तिक/ जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले ५० लाख बराबरको खानेतेल चोरी गरी बिक्री वितरणमा संलग्न ४ जना पक्राउ गरेको जनाएको छ ।  असोज २८ गते बेलुकी ४ः४२ बजेको समयमा बारा परवानीपुर गा.पा.वडा नं. ५ स्थित मनोकामना आयल फुड प्रोसेसिङ प्रा.लि.बाट प्रसोधित तेल एक लिटरको १४,५६० किलोग्राम र आधा लिटरको पाउच ५,९१५ किलोग्राम प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको भाडाको ट्रकमा लोड गरी अंजनी कैरियर वीरगंज, पर्सामार्फत सिन्धुली जिल्लास्थित रोबिन स्पलायर्स प्रा.लि. कमलामाईमा लग्नुपर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. १ बस्ने सुकमान तामाङले नलगेर बेपत्ता बनाएका थिए ।  प्रहरीले चालकमाथि उजूरी परेपछि खोजतलासको क्रममा कात्तिक ४ गते चालक तामाङलाई पक्राउ गरेको थियो भने कात्तिक ५ गते सिम्रौनगढ नगरपालिका वडा नं.६ स्थित सिम्रौनगढ बजारमा उक्त ट्रक वेवारिसे अवस्थामा फेला पारेको थियो ।  रौतहट, गौर नगरपालिका वडा नं.१ स्थित रमेश कुमारले भण्डारण गरी राखेको अवस्थामा चोरीको तेल मध्ये ३१७ कार्टुन तेल र १५९ वटा खाली कार्टुन बरामद गरेको प्रहरीले जनाएको छ ।  प्रहरीले यस कार्यमा संलग्न रमेश कुमार, शेख क...

मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

Image
वीरगंज, ६ कात्तिक ।  बारा जिल्लाको बिभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको आरोपमा जिप्रका, बाराले तीनजनालाई पक्राउ गरेको छ ।  मोटरसाइकल चोरीको आरोपमा कलैया उपमहानगरपालिका वडा नं.८ बस्ने वर्ष २२ को सोहेल अंसारीलाई कात्तिक २ गते पक्राउ गरेको छ । उनले कलैया बरगाछीबाट प्रदेश २–०३–०१३ प ४९५६ नम्बरको  पल्सर मोटरसाइकल चोरी गरेका थिए । सो मोटरसाइकलको पार्टसहरू आफनै घरमा खोलेर अर्काे मोटरसाइकलमा फिट गर्न राखेको अवस्थामा प्रहरीले अन्सारीलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।  यसैगरी छुट्टा छुट्टै मिति र स्थानमा थप ५ थान चोरीको मोटरसाइकलसहित र २ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।  प्रहरीले कलैया उपमहानगरपालिका वडा नं.३ बैजनाथपुर टोल बस्ने वर्ष २० को राकेश प्रसाद यादव, बारागढी गाउँँपालिका वडा नं.४ बस्ने वर्ष २४ को रामकिशोर हजरालाई पक्राउ गरेको जनाएको छ ।  उनीहरुको साथबाट प्र.२–०३–००९ प ६८९४, ना ३५ प १३७२ र एउटा भारतीय नम्बरको मोटरसाइकल बरामद भएको जिप्रका, बाराले जनाएको छ । 

५ लाख बराबरको पटका बरामद गरी नष्ट

Image
वीरगंज, ६ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मिति र समयमा बरामद गरेको ५ लाख मूल्य बराबरको पटाका बरामद गरी नष्ट गरेको छ ।  भारतबाट नेपाल भित्रिएको ५ लाख मूल्य बराबरको पटाका आज नष्ट गरिएको जिप्रका, बाराले जनाएको छ । 

ट्राफिक प्रहरीद्वारा सुरक्षित यात्राको लागि चालकहरुको स्वास्थ्य परीक्ष्Fण

Image
वीरगंज, ६ कात्तिक । सुरक्षित यात्राको लागि चालकहरुको स्वास्थ्य, सवारी साधनको सुरक्षित तथा सचेतना कार्यक्रम आइतवार जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा सम्पन्न भएको छ ।  नेपाल प्रहरी राजमार्ग सुरक्ष्Fा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले शनिवार शुरु गरेको कार्यक्रमको समापन जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल रहेका थिए ।  अमलेखगंजको आयल निगम अगाडि गरिएको चालकहरुको स्वास्थ्य परीक्ष्Fणमा ५८० वटा बस, माइक्रो र सुमोको यान्त्रिक परीक्षण गर्दा ३ वटा सवारी साधनमा कमी देखिएपछि ग्यारेज पठाइएको थियो । यसैगरी ४७ वटा सवारी साधनबाट बत्ती हटाइएको, ५५९ जना सवारी चालकको स्वास्थ्य परीक्षण, मापसे चेकजाँच गर्दा ३७ जनामा उच्च रक्तचाप र मधुमेह देखिएको थियो । त्यस्तै तीनजना चालकले मापसे गरेका थिए, १८१ जनाको आँखा चेकजाँच गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताइन् ।  परीक्ष्Fण कार्यक्रममा ट्राफिक प्रहरी, एमभी दुगड अटोमोबाइल्सका मेकानिकल , बयोधा अस्पताल वीरगंजका स्वास्...

कुश्ती खेलाडीलाई स्वतन्त्र उम्मेदवार मुकेश द्विवेदीद्वारा सम्मान

Image
वीरगंज, ६ कात्तिक/ पर्सा क्षेत्र नं २ (ख) का स्वतन्त्र उम्मेदवार मुकेश द्विवेदीले नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी भएका दुईजना कुश्ती खेलाडीलाई सम्मान गरेका छन् ।  कुश्ती प्रतियोगिता अन्तर्गत ६५ किलो र ५७ किलो तौल समूहमा स्वर्णपदक बिजेता सुजित यादव र कुन्दन साह तुरहालाई द्विवेदीले सम्मान गरे । उनले आगामी दिनमा पनि अन्तराष्ट्रिय खेलमा नेपालको नाम राख्न उनले सुझाव दिए । कार्यक्रममा धर्मराज यादव, किशुनदेव यादव, भगत जी, प्रशिक्षक मदन यादव खलिफालगायतको सहभागिता थियो । 

प्रदेशसभा निर्वाचनमा पर्सा क्षेत्र नं. २ (ख)बाट उम्मेदवारी दिएका मुकेश दिवेदी भन्छन्– युवाहरुबाटै देशको विकास सम्भव

Image
२०५७ सालदेखि राजनीति शुरु गरेका मुकेश द्विवेदी पर्साका युवा नेताको रुपमा परिचित छन् । कांग्रेस पृष्ठभूमिबाट राजनीतिमा आएका ३८ वर्षीय द्विवेदी ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा २०६२ सालमा स्ववियु सचिव तथा २०६५ सालमा स्ववियु सभापति थिउ । राजा ज्ञानेन्द्रको शासन कालमा १९ दिन जेल सजाय काटेका द्विवेदी पछिल्लो समय मधेसवादी दल जनता समाजवादी पार्टीमा सक्रिय रहे तापनि  आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा पर्सा क्ष्Fेत्र नं. २ को (ख)बाट स्वतन्त्र रुपमा आफनो उम्मेदवारी दर्ता गराएका छन् । प्रस्तुत छ निजसंग गरिएको कुराकानीको सार संक्षेपः प्रश्न– तपार्ई जनता समाजवादी पार्टीको नेता स्वतन्त्र रुपमा आफनो उम्मेदवारी दर्ता गर्नुभयो नि ? उत्तर– हो, जसपा छाड्नुको मुल कारण यो पार्टी सिद्धान्तविहीन भएर हो। जसले नागरिकता विधेयक रोक्यो, जसले मधेसमा गोली चलायो, जसले मधेसीहरुलई शहीद बनायो । त्यै पार्टीसंग मिल्यो । अनि त्यस्तो पार्टीमा बसिराख्नु मेरो नैतिकताले दिएन । त्यसकारण मैले जसपालाई त्यागे । प्रश्न– तपाईं टिकट नपाएर बागी बन्नुभएको चर्चा छ नि ? द्विवेदी– होइन, मूल्य र मान्यता हराएपछि जसपा पार्टी रह...

छिपहरमाईमा नेकाको चुनावी कार्यक्रम अन्तर्गत घरदैंलो अभियान

Image
वीरगंज, ३ कात्तिक ।  छिपहरमाई गाँउपालिका वडा नं ३ र ५ को जयमंगलापुर, भिस्वा टोलमा बिहिवार नेपाली कांग्रेसको घरदैंलो कार्यक्रम सम्पन्न भएको छ । आयोजित चुनावी घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार  नेपाली कांग्रेसका केन्द्रिय सदस्य  रमेश  रिजाल तथा  प्रदेश सभा सदस्य पदको गठबन्धनको तर्पmबाट माओबादी केन्द्रकी नेत्री शेख चाँद ताराले शान्ति, सुरक्ष्Fा र समृद्धिको लागि मतदान गर्न आग्रह गरेका थिए। कार्यक्रममा नेकाका सह–सचिव नवीन सिंह  लगायतका नेता कार्यकर्ताहरूले गठबन्धन जिताउनको लागी भोट मागेका थिए । 

राप्रपाका उम्मेदवार किरण डंगोलद्वारा घरदैंलो अभियानलाई निरन्तरता

Image
वीरगंज, ३ कात्तिक । प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट राप्रपाका उम्मेदवार किरण डंगोलले घरदैंलो कार्यक्रमलाई निरन्तरता दिनुभएको छ ।  डंगोलको उम्मेदवारीले पर्सा क्षेत्र नम्बर १ का मतदाताहरूमा थप उत्साह थपिएको छ । अहिलेसम्मका उम्मेदवारहरू मध्य नयाँ अनुहार भएकाले पनि मतदाताको रोजाईमा आफूलाई मतदाताको विकल्पको रूपमा अगाडि आएको डंगोलको भनाई छ ।  नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने माग गर्दै आएकाहरूका लागि, राजसंस्था पुर्नस्थापनाको माग गरेकाहरूका लागि साथै सामाजिक सदभाव कायम राख्नेहरूका लागि पनि आफूले उम्मेदवारी दिएकोले मत पाउनेमा डंगोल विश्वस्त हुनुहुन्छ ।  बाम लोकतान्त्रिक गठबन्धनका तर्पmबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार लक्ष्मणलाल कर्ण, एमाले जसपा गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजय द्विवेदीसँगै राप्रपाका उम्मेदवार किरणमान डंगोल पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।  चारैजना उम्मेदवार मध्य डंगोल पनि राजनीतिक क्षेत्रमा लागेको पूराना नेता हुनुहुन्छ । कृष्ण प्रसाद भट्टराईकै पालादेखि नेपाली कांग्रेसमा लाग्...

नेता रिजालद्वारा छिपहरमाई गापामा घरदैंलो कार्यक्रम

Image
वीरगंज, २ कात्तिक । छिपहरमाई गाउँपालिका–२ को भेडिहार्वा, चरगहा टोलमा बुधवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले घरदैंलो कार्यक्रम गरेका छन् । घरदैंलो कार्यक्रममा नेकाका जिल्ला सहसचिव नवीन सिंह, बलिष्टर साह नेता, कार्यकर्ताहरुको सहभागिता थियो । पर्सा क्ष्Fेत्र ४ बाट नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल र माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदताराले घरदैंलो कार्यक्रम गरेका हुन् । कार्यक्रममा नेता रिजालले जनतालाई आफनो मत दिएर विजयी बनाउन आग्रह गरे । उनल मधेस र देशको समृद्धिका लागि सत्ता गठबन्धनकै सरकार बन्न आवश्यक भएको बताए । यसैगरी नेता रिजालले पोखरिया नगरपालिकाको बसन्तपुर र फुलवरियामा घरदैलो कार्यक्रम गरेका छन् । कार्यक्रममा काङ्ग्रेसका महासमिति सदस्य एवं जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव लगायतको सहभागिता थियो । 

नेता रिजालद्वारा छिपहरमाई गापामा घरदैंलो कार्यक्रम

वीरगंज, २ कात्तिक । छिपहरमाई गाउँपालिका–२ को भेडिहार्वा, चरगहा टोलमा बुधवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले घरदैंलो कार्यक्रम गरेका छन् । घरदैंलो कार्यक्रममा नेकाका जिल्ला सहसचिव नवीन सिंह, बलिष्टर साह नेता, कार्यकर्ताहरुको सहभागिता थियो । पर्सा क्ष्Fेत्र ४ बाट नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल र माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदताराले घरदैंलो कार्यक्रम गरेका हुन् । कार्यक्रममा नेता रिजालले जनतालाई आफनो मत दिएर विजयी बनाउन आग्रह गरे । उनल मधेस र देशको समृद्धिका लागि सत्ता गठबन्धनकै सरकार बन्न आवश्यक भएको बताए । यसैगरी नेता रिजालले पोखरिया नगरपालिकाको बसन्तपुर र फुलवरियामा घरदैलो कार्यक्रम गरेका छन् । कार्यक्रममा काङ्ग्रेसका महासमिति सदस्य एवं जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव लगायतको सहभागिता थियो । 

६७औं प्रहरी दिवसको अवसरमा जिप्रका, पर्साद्वारा सम्मान कार्यक्रम

Image
वीरगंज, ३१ असोज/ जिल्ला प्रहरी कार्यालय, पर्साले ६७ औं प्रहरी दिवसको अवसरमा सोमवार सम्मान कार्यक्रम गरिएको छ ।  कार्यक्रममा सामाजिक कार्यमा क्रियाशील व्यक्ति, संस्था, उद्योगी–व्यवसायीलाई सम्मानित गरिएको थियो ।  यसैगरी कार्यक्रममा स्व. प्रनानि कृष्णप्रसाद गुप्ताको पत्नी सुमित्रा देवी गुप्तालाई प्रशंसापत्र र नगद रु २५ हजारसहित पुरस्कृत गरिएको थियो । यसैगरी प्रहरीले उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा जवानहरु गरी २२ जनालाई पुरस्कार वितरण गरिएको थियो ।  कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, प्रनाउ दीपक गिरीलगायतको उपस्थिति थियो । 

पर्सामा दुईवटा खुट्टा काटेर फालिएको अवस्थामा मृत बाघ फेला

Image
वीरगंज ३० असोज २०७९ : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बगडाडोबमा मृत पाटे बाघ फेला परेको छ। आइतवार बिहान राष्ट्रिय वनबाट करिब ३०० मिटर दक्षिण भलुवाही खोला नजिकै मृत बाघ फेला परेको हो। मृत भेटिएको ९ फिट ४ इन्चको बाघको दुईवटा खुट्टा काटेर लगेको पाइएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ। बाघको मृत्यु तीन-चार दिन अघि भएको र मृत शरीरबाट दुर्गन्ध आउन थालेको डिभिजन वन कार्यालयका प्रवक्ता फरमान मियाँले जानकारी दिए। मृत बाघको चितवनबाट आउने प्राविधिक विज्ञहरुको टोलीले पोष्टमार्टम गरेपछि थप विवरण सार्वजनिक गर्ने डिभिजन वन कार्यालयका प्रमुख सुवासचन्द्र दासले बताए। हाल मृत बाघको शरीर सब डिभिजन वन कार्यालय बसन्तपुरमा राखिएको छ।

ड्राइपोर्ट क्षेत्रमा अर्को दुर्घटना भारतीय नागरिकको मृत्यु

Image
वीरगंज, २७ असोज ।  शुक्रवार दिउँसो वीरगंज महानगरपालिका–२४ ड्राइपोर्ट क्ष्Fेत्रमा अर्को दुर्घटना हुंदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।  ड्राइपोर्टको मूलगेटमा भएको दुर्घटनामा भारत बिहार, पूर्वी चम्पारण निवासी ३५ वर्षीय सन्तोष कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार कुशवाहालाई प्र २–०३–२० ख ८७८९ को लहरीले किचेपछि उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले लहरी चालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।  यसअघि आजै बिहान दुर्घटना हुंदा पोखरिया–१ निवासी बिघा रामको मृत्यु भएको थियो । 

पर्सामा लहरीले ठक्कर दिंदा एकजनाको मृत्यु

Image
वीरगंज, २८ असोज ।  वीरगंज महानगरपालिका वडा न.२४ बहुअरीचोकस्थित सडकखण्डमा लहरीले ठक्कर दिंदा एकजना पैदल यात्रीको मृत्यु भएको छ ।  शुक्रवार बिहान १० बजे ड्राईपोर्टबाट परवानीपुर तर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको खाली लहरीले बाटो काट्दै गरेको पैदल यात्री पोखरिया नगरपालिका वडा नं. १ वनकटुवा बस्ने वर्ष ६० को विगा रामलाई ठक्कर दिएको थियो ।  ठक्करबाट गम्भीर घाइते भएका रामलाई प्रहरी चौकी सिर्सियाले उपचारको लागि नारायणी अस्पताल पठाएको थियो । नारायणी अस्पतालले घाइते रामलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।  प्रहरीले लहरी र चालक वीरगञ्ज महानगरपालिका वडा नं.१९ बिन्दवासिनी बस्ने वर्ष २४ को सुजित यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ । 

आफैंलाई मत हाल्न नपाउने पर्साका उम्मेदवारहरु

Image
वीरगंज, २७ असोज । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्साका केही उम्मेदवारले आफैंलाई मत हाल्न नपाउने भएका छन् । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा उम्मेदवार बनेका निर्वाचन क्षेत्रमा मतदाता नामावलीमा नाम नभएका कारण केही उम्मेदवारले मत हाल्न नपाउने भएका हुन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले यसपटक आफैंलाई हत हाल्न नपाउने भएका छन् । उनी क्षेत्र नम्बर ४ को जगरनाथपुर गाउँँपालिका–२ जानकी टोलको मतदाता हुन।  यसैगरी पर्सा क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मै सत्ता गठबन्धनका तर्पmबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका रामनारायण कुर्मी पनि आफैंलाई मत दिनबाट वञ्चित हुने भएका छन् । उनको नाम मतदाता नामावलीमा क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिका–१४ पिपरामा रहेको छ ।  यस्तै, पर्सा क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा सत्तागठबन्धनकै तर्पmबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसकै उम्मेदवार श्याम पटेलले पनि आफैंलाई मत हाल्न नपाउने अवस...

बाराको प्रसौनीमा एकै परिवारका ३ जना मृत भेटिए

Image
बारा असोज २६, २०७९  बाराको प्रसौनी गाँउपालिका वडा नं ५ मा  एकै परिवारका तीन जना मृत भेटिएका छन् । मृतकमध्ये २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  प्रसौनी गाँउपालिका वडा नं ५ प्रस्टोका नजिकै ढोरा खोला किनार तीन जनाको शव फेला परेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्  । आज दिउँसो साढे २ बजेतिर घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी उपरीक्षक बोगटीले बताए ।

कटुवा पेस्तोल र चक्कुसहित यादव पक्राउ

Image
वीरगंज, २६ असोज । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले अवैध हातहतियार सहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।  मङ्गलवार साँझ बाराको पचरौता नगरपालिका वडा नं. ९ तियर खोला पुलबाट पचरौता न.पा.वडा नं.८ बाजोपट्टी टोल बस्ने वर्ष २९ को अमर राय यादवलाई हतियारसहित पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।  उनले बोकेको प्लाष्टिकको बोराको झोला भित्र घरेलु कटुवा पेस्तोल थान–१ र चक्कु थान–१ बरामद भएपछि बारा जिल्ला अदालतबाट पहिलो पटक दिन पाँचको म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिप्रका, बाराका प्रवक्ता प्रनाउ राजेश थापाले जानकारी गराएका छन् ।  जिल्लामा अपराधिक गतिविधि न्यूनिकरण गर्न तथा आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले बारा प्रहरीले अहिले चेकजाँचलाई तीब्रता दिएको प्रवक्ता थापाले बताए । सिमावर्ती भारतीय जिल्लाहरूबाट अवैध सानो हातहतियार नेपाल भित्रिन नदिन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको र उनीहरुको गोप्य सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ । 

नालामा खसेर एक जनाको मृत्यु

Image
रौतहट, २६ असोज । चन्द्रपुर गौर सडकखण्ड अन्तर्गत जयनगर चौक स्थित निर्माणाधीन नालाको खाल्डोमा खसेर एकजनाको मृत्यु भएको छ। गौर चन्द्रपुर सडकखण्डको जयनगर हस्पिटल निर्माणाधीन कल्भर्टको  खाल्डोमा खसेर आज बिहान ८ बजे देवाही गोनाही नगरपालिका–३ देवाही निवासी रामएकबाल साह तेलीको मृत्यु भएको हो। घरबाट साईकल चढेर गौर जान लागेको तेली जयनगर हस्पिटल अगाडि अन्य गाडी संग साइड लिनेक्रममा खाल्डोमा खसेर मृत्यु भएको देवाहीका पूर्व गाविस अध्यक्ष धर्मेन्द्र पटेलले बताएका छन् । घटना भएलगतै देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेल घटनास्थल पुगेर कल्भर्ट अधुरो छोडेका ठेकदारलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन  कानुनी कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन । मृतकका आफन्तहरू शवलाई बाटोमा राखेर क्षतिपूर्ति तथा कार्वाहीको माग गर्दै आन्दोलन गरिरहेका छन । इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी बरूण कुमार   सिंहले दुबै पक्षका मानिसलाई राखेर वार्ता भैरहेको बताएका छन ।

पर्सामा करेन्ट लागेर दुईजनाको मृत्यु

Image
वीरगंज, २५ असोज । पर्सामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।  सोमवार साँझ साढे ६ बजे वीरगञ्ज म.न.पा. वडा नं. २६ बस्ने रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा धोबिनी गाउँँपालिका वडा नं. ३ हरिहरपुर बस्ने वर्ष ३० को सैफुल्ला अंसारी विद्युतको पोलको तारमा अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय सुगौली विर्ताले मृतक सैफुल्ला अंसारीको शव नियन्त्रणमा लिई पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाएको तथा घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।  यसैगरी सोमवार मध्याह्न वीरगञ्ज महानगरपालिका वडा नं.०८ बसपार्क स्थित शत्रधुन सर्राफको घरको छाना सफा गर्ने क्रममा ज्यालादारीमा काम गर्ने एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  करेन्ट लागेर वीरगञ्ज महानगरपालिका वडा नं.९ रानिघाट बस्ने वर्ष ६० को ध्रुव प्रसाद साह घाइते भएपछि आसाराम अस्पतालमा वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिप्रका, पर्साले जनाएको छ । 

दशैंको समयमा नक्कली नोट छ्याप्छ्याप्ती भारतीय युवक ३१ हजार जाली नोटसहित पक्राउ

Image
वीरगंज, १७ असोज । सिरहाको नरहा गाउँँपालिका–४ बाट प्रहरीले नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ । १ हजार दरको ३१ थान नक्कली नेपाली नोटसहित भारत सितामढी भारसर चोक बस्ने २१ वर्षीय मो. रेजाउल्लाहलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको बताएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

advertise

Image

चुरियामाई नजीकै दुर्घटना, एकजनाको मृत्यु, अन्य घाइते

Image
बारा, १७ असोज । चुरियामाई नजीकै सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएको ई.प्र.का. अमलेखगंज बाराले जनाएको छ । असोज १५ गते जितपुरसिमरा उ.म.न.पा.–२१चुरिया माई नजिकै पुर्व पश्चिम लोकमार्गमा हेटौडा बाट पथलैया तर्पm आउदै गरेको ना.७ख ३६३९ न.को यात्री वाहक बस आफै अनियन्त्रित भई बाटोको पुर्व साइडमा कोल्टो भई दुर्घटना हुँदा चारजना घाइते भएका छन् । घटनास्थलमा बस छाडेर चालक फरार भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बारा करैयामाई गा.पा. ७ बस्ने वर्ष ५३ को जंगनारायण चौधरी, मकवानपुर हेटौडा उ.म.न.पा. ९ बस्ने वर्ष ६० को फेकन दास, बारा जितपुरसिमरा उ.म.न.पा. २१ अमलेखगंज बस्ने वर्ष ४५ को अकल ब.लामा र एकजनाको नाम खुल्न सकेको छैन । यसैगरी दुर्घटनामा पर्सागढी न.पा. ८ रमौली बस्ने वर्ष २४ को नन्दन चौधरीको कलैया अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।