Posts

Showing posts from December, 2021

यसरी बुझ्नुहोस् रिमोट डेक्सटप र भर्चुअल डेक्सटप

काठमाडाैं । पछिल्लो समय हामी धेरै अनलाइनमा भर पर्न थालेका छाै‌ । यस्तोमा हामीले घरबाटै अफिसका ल्यापटप, कम्प्युटरमा पहुँच बनाएर काम गरिरहेको पनि अवस्था छ । त्यसका लागि हामीले धेरै प्रविधिहरुकाे प्रयोग गरिरहेका हुन्छाै‌ । त्यस्तोमा रिमोट डेक्सटप र भर्चुअल डेक्सटपकाे विषयमा यहाँ हामी जानकारी दिँदैछाै ।  के हो त रिमोट डेक्सटप भनेको ?  रिमोट डेक्सटप प्रोग्रामले तपाईंलाई अर्को स्थानमा अवस्थित कम्प्युटर एक्सेस गर्न र डेक्सटपसँग अन्तर्क्रिया गर्न अनुमति दिन्छ। तपाइँ भौतिक रुपमै डेस्क्टप अघि बसेर चलाए जस्तै गरि अर्कै स्थान बाट एसेस गर्न सक्नुहुन्छ। कोभिड-१९ को समयमा हार्डवेयर प्रयोग गर्न सम्भव नहुँदा रिमोट डेक्सटप जस्तै भर्चुअलाइजेशन टुलको प्रयोग निकै उपयोगी साबित भयो। रिमोट डेक्सटप सफ्टवेयर सामान्यतया सबै  प्रकारका अपरेटिङ सिस्टमहरूमा उपलब्ध हुन्छ ।  इन्टरनेटमा होस्ट कम्प्युटर कनेक्ट गर्न क्लाइन्ट कम्प्युटर इनेबल गरेर काम गर्दछ। होस्ट डिभाइसले सफ्टवेयर र अपरेटिङ सिस्टमलाई  क्लाइन्ट डिभाइसमा देखाउँछ। क्लाइन्ट डिभाइसको  माउस र किबोर्ड इनपुटहरू क्याप्चर गरेर र ह...

काठमाडौंका सबै ठाउँमा सीजी नेट, ६ सय ४९ मै पाइन्छ महिनाभरको इन्टरनेट

काठमाडौं । अबदेखि काठमाडौंका सबै ठाउँमा सीजी नेट जडान गर्न सकिने भएको छ । कम्पनीले काठमाडौं उपत्यकाको अधिकांश क्षेत्रमा सेवा विस्तार गरेसँगै यस्तो सुविधा उपलब्ध भएको हो ।   सीजी नेटका प्रमुख कार्यकारी अधिकृत सञ्जय पोखरेलले उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट पुर्याउन कम्पनी सक्षम भएको जानकारी दिए । यससँगै काठमाडौंबासीले चाहेको समयमा इन्टरनेट जडान गर्न सक्ने उनले बताए ।  सीजी नेटले ९ सय ९९ रुपैयाँमा १२० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । कम्पनीले पछिल्लो पटक मासिक ६ सय ४९ रुपैयाँमै ५० एमबीपीएसको सस्तो प्याकेज पनि सार्वजनिक गरिसकेको छ । नयाँ प्याकेज पछि बजारमा माग बढेको कम्पनीले जनाएको छ ।  सीजीले गत जेठदेखि काठमाडौंका सिमित क्षेत्रबाट आफ्नो सेवा सुरु गरेको थियो । अहिले ग्राहक सङ्ख्या १० हजार नाघिसकेको कम्पनीले जनाएको छ । सस्तो मुल्यमा तीव्र गतिको इन्टरनेट खोज्नेका लागि सीजी नेट सबैभन्दा उपयुक्त रहेको कम्पनीको दाबी छ ।  The post काठमाडौंका सबै ठाउँमा सीजी नेट, ६ सय ४९ मै पाइन्छ महिनाभरको इन्टरनेट appeared first on Tech News Nepal . from Tech News...

ह्वाट्सएपबाटै अब नजिकका रेस्टुरेन्ट, सपिङ मलको जानकारी लिन सकिने

काठमाडौं । प्रयोगकर्तालाई नयाँ नयाँ फिचर उपलब्ध गराउने हिसाबमा ह्वाट्सएप सँधै अघि रहेको छ । समय समयमा नयाँ नयाँ फिचरका साथ अपडेट उपलब्ध गराउँदै आएको ह्वाट्सएपले थप नयाँ फिचर उपलब्ध गराउने तयारी गरेको पाइएको छ । कम्पनीले प्रयोगकर्ताको सहजतालाई अब आफू नजिकको रेस्टुरेन्ट, सपिङ मल लगायतका स्थानको जानकारी दिने भएको हो । ह्वाट्सएपको वेटा भर्सनको बारेमा जानकारी दिने संस्था वाबेटा अनुसार ह्वाट्सएपले ‘बिजिनेस नियरबाई’ नामको नयाँ फिचर थप गर्ने तयारी गरिरहेको छ । जसमार्फत प्रयोगकर्ताले रेस्टुरेन्ट, सपिङ मल, स्टोर, किराना पसलहरू लगायतका विषयमा जानकारी लिन सक्नेछन् । स्टोर, रेस्टुरेन्ट लगाएको विषयमा जानकारी लिन सकिने भएता पनि त्यहीबाट सामान खरिद गर्न सकिने वा नसकिने भन्ने विषयमा भने यकिन जानकारी उपलब्ध भएको छैन् । तर, प्रयोगकर्ताले यसमार्फत नजिकको स्टोर, रेस्टुरेन्टका बारेमा भने सहजै जानकारी पाउने जनाइएको छ । हालसम्म प्राप्त जानकारी अनुसार यो फिचर पहिलो चरणमा एन्ड्रोइड प्रयोगकर्तामाझ उपलब्ध हुनेछ । भने, विस्तार आईओएसमा समेत उपलब्ध हुने जनाइएको छ ।    The post ह्वाट्सएपबाटै अब नजिकका ...

डिजिटल प्रणाली मार्फत कतिसम्म तिर्न सकिन्छ सरकारी राजस्व ?

काठमाडौं । विगत केही वर्ष देखि नेपालमा डिजिटल भुक्तानीको अभ्यास बढ्दै गइरहेको छ । डिजिटल भुक्तानी प्रचलन बढेसँगै धेरैजसो सेवाग्राहीहरूले अनलाइन भुक्तानी नै रुचाउँछन् भने सरकारी कार्यलयहरूले पनि अनलाइन भुक्तानीलाई प्राथमिकता दिइरहेका छन् । त्यसमाथि कनेक्ट आईपीएसको कारण यो काम झनै सहज हुन पुगेको छ । यद्यपि डिजिटल प्रणालीहरूबाट हुने सरकारी राजस्व भुक्तानी कारोबारको पनि केही सीमा रहेका  छन् । कनेक्ट आईपीएसको वेबसाइट अथवा मोबाइल एपबाट भुक्तानी गर्दा एक दिनमा एक पटकमा दुई लाख रुपैयाँ देखि २० लाख रुपैयाँ सम्म भुक्तानी गर्न सकिन्छ । त्यसैगरी मोबाइल बैंकिङ अथवा इन्टरनेट बैंकिङको माध्यमबाट भने आफ्नो सम्बन्धित बैंक तथा वित्तिय संस्थाको नीति अनुसार कारोबार गर्न सकिन्छ । डिजिटल वालेटबाट यदि राजश्व भुक्तानी गर्दै हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले तोके अनुरूप कारोबार गर्न सकिन्छ । त्यस्तै कनेक्ट आईपीएसको सदस्य बैंक तथा वित्तिय संस्थाबाट भुक्तानी गर्दै हुनुहुन्छ भने सम्बन्धित बैंक तथा वित्तिय संस्थाको नियम अनुसार एक पटक २० लाख रुपैयाँ सम्म भुक्तानी गर्न सकिन्छ । यदि राजश्व भुक्तानी गर्ने बैंक...

आइडिया स्टुडियोको छैठौं संस्करण सुरु, यसरी दिनुहोस् आवेदन

काठमाडौं । स्टार्टअप व्यवसायिक सोचहरूलाई परामर्श देखि व्यवसाय सञ्चालन सम्म सहयोग गर्ने उद्देश्यले सुरु भएको आइडिया स्टुडियोको छैठौं संस्करणको लागि आवेदन आजबाट खुल्ला गरिएको छ । कुनै पनि व्यवसाय एउटा सोचबाट सुरु हुने र सो सोचलाई हुर्काउन आवश्यक छ भन्ने सोच सहित आइडिया स्टुडियो नेपालले सन् २०१६ देखि स्टार्टअप व्यवसायहरूलाई सहयोग गर्दै आएको छ । आइडिया स्टुडियो नेपालका कार्यकारी निर्देशक क्षिरिङ लामाका अनुसार यो वर्ष पनि स्टार्टअपका विभिन्न नयाँ सोचहरूलाई प्रोत्साहन गर्ने उद्देश्य सहित छैठौं संस्करणको लागि आवेदन खुल्ला गरिएको हो । यस अन्तर्गत आइडिया स्टुडियो नेपालले सहभागीहरूलाई उनीहरूको व्यवसायको लागि परामर्श दिने, स्रोत साधनहरू जुटाइदिने, काम गर्ने वातावरण बनाइदिनुका साथै लगानीको अवसरहरू सिर्जना गरिदिने कामहरू गर्नेछ । यो वर्ष करिब ३५ वटा व्यवसायहरूलाई व्यवसायिक सहयोग गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक लामाले जानकारी दिएका छन्। सहभागी टोली मध्ये मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाई फ्लाइङ र ग्रिनोभेशन गरी चारवटा क्याटगोरीका व्यवसायिक सोचहरू लगानीको लागि योग्य हुनेछन् । इच्छुकहरूले य...

यसरी हेर्नुहोस् ह्वाट्सएपमा डिलिट भएका म्यासेज

Image
काठमाडौं । हामीले ह्वाट्सएपमा पठाइसकेको म्यासेज कहिलेकाहिँ डिलिट गर्छौं । टाइपिङमा गल्ती हुँदा, एउटालाई पठाउनुपर्ने म्यासेज अर्कैलाई गएको खण्डमा वा अन्य कुनै कारणले गर्दा हामी हत्तपत्त त्यस्तो म्यासेज डिलिट गर्छौं । जसकारण त्यस्तो म्यासेज पाउने व्यक्तिले पढ्न सक्दैन । म्यासेज आएको नोटिफिकेसन प्राप्त गरेपनि उसले म्यासेज डिलिट भएकाे सन्देश देख्छ । यस्तो अवस्थामा मनमा म्यासेजलाई लिएर अनेक खुल्दुली हुन्छ । तर डिलिट गरिएको म्यासेज के रहेछ भनेर थर्ड पार्टी एपको सहायताले हेर्न पनि सकिन्छ । यसका लागि अहिले प्ले स्टोरमा Notisave, WAMR लगायतका थर्ड पार्टी एप छन् । एन्ड्राेइड प्रयाेगकर्ताका लागि लक्षित गर्दै आज हामी ह्वाट्सएपमा डिलिट भएका म्यासेज कसरी हेर्ने भन्ने बारेमा बताउँदै छाैँ । यसका लागि आज हामीले WAMR एपबाट परीक्षण गरेर हेर्दैछौँ ।   १. सबैभन्दा पहिले गुगल प्ले स्टोरमा गएर WAMR एप सर्च गर्नुहोस् र एप इन्स्टल गर्नुहोस् । २. एप खोलेर र डिस्क्लेमर पढेर ‘एक्सेप्ट’ गरी नेक्स्ट एरोमा क्लिक गर्नुहोस् ।   ३. तपाईंले डिलिट भएका म्यासेज रिकभर गर्न ...

नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

Image
नयाँ दिल्ली १६ पुस/सिन्हवा दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताउनुभएको छ । हालैका स्वास्थ्य वैज्ञानिकहरूका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरूले जनाएका उहाँले बताउनुभयो । अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उहाँले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरू त ओमिक्रोनकै भएको बताउनुभयो ।उहाँले भन्नुभयो– अनुसन्धानबाट यो देखिएको छ कि यहाँका सङ्क्रमितहरूमा ओमिक्रोनको सङ्क्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ । त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ । कतै पनि नगएका नागरिकमा यस्तो संक्रमण पाइएको छ, अनि यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँका समुदायस्तरकै नागरिकसम्म नै यसको सङ्क्रमण पुगेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै नी तिब्र गतिमा यो फैलिएको छ उहाँले भन्नुभएको छ ।  नयाँ दिल्ली र मुम्बइमा...

गाँजा सहित २२ वर्षीय युवक पक्राउ

सर्लाही, १६ पुस । प्रहरीले एक युवकलाई लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीका सुन्दरपुर–२ का २२ वर्षीय पप्पु राम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । सर्लाहीको ईश्वरपुर–१२ बाँके चौक स्थित प्रहरी टोलीले चेकिङ गर्ने क्रममा पैदल यात्री रामलाई चेक जाँच गर्दा उनको ज्याकेट भित्रबाट ५ सय ग्राम लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्षसहित तीन जनाविरूद्ध मुद्दा दायर

सर्लाही, १६ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सर्लाहीका वडाध्यक्षसहित तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ । काठमाडौंस्थित विशेष अदालतमा शुक्रवार अख्तियारले ईश्वरपुर नगरपालिका–११ का वडाध्यक्ष राम दुलार साहसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। उनीसँगै वडा सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायविरूद्ध पनि भ्रष्टाचार गरेको आरोप छ। भलुवाई सडकमा ढलान गरेपछि उपभोक्ता समितिलाई काम सम्पन्न सिफारिस गरेबापत एक लाख ५० हजार रुपियाँँ घुस माग गरिरहेको भन्ने सूचना अख्तियारले पाएपछि वडाध्यक्षसहित तीन जनालोई पक्राउ गरेको थियो । वडासदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायलाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपियाँँ घुस लिइसकेको अवस्थामा कात्तिक २९ गते पक्राउ गरेको थियो भने अनुसन्धानबाट वडाध्यक्ष साहले पनि घुस मागेको भन्ने पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी गरेको छ।

प्रदेश नंं २ मा धेरै कुपोषित हुनुमा जनचेतनाको अभाव ः मुख्यमन्त्री राउत

Image
जनकपुरधाम, १६ पुस । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकलाई समृद्ध बनाउनका लागि आमाको गर्भदेखि नै शिशुका लागि चाहिने पोषण खाद्य पदार्थको सेवन गराउनका लागि जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभएको छ  ।  राष्ट्रिय योजना आयोगद्वारा आज जनकपुरधाममा आयोजना गरिएको बहुक्षेत्रीय पोषण योजना सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनुभएको हो ।  उहाँले पोषणको अभावले घर परिवार, समाज, प्रदेश हुँदै समग्र देशको नागरिक कमजोर बन्ने भएकाले पोषण सुधारको कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि के गर्नुपर्दछ त्यो गर्नका लागि प्रदेश सरकार तयार भएको बताउनुभयो ।  मुख्यमन्त्री राउतले प्रदेश नंं २ पोषण तथा मानव सूचकाÍको दृष्टिकोणले निक्कै पछाडि रहेको बताउँदै गाउँँ गाउँँमा जनचेतना फैलाउनु खालका कार्यक्रम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले खास गरेर प्रदेश नंं २ को दलित तथा मुस्लिम समुदायमा पोषणको अवस्था अझै कमजोर रहेको बताउँदै महिला तथा बालबालिकाको पोषण सुधारका लागि विशेष अभियान नै चलाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।  खाद्यान्न, ...

‘हाई-टेक’ कक्षा कोठा निर्माण गर्दै राष्ट्रिय आविष्कार केन्द्र

काठमाडौं । गुणस्तरीय शिक्षालाई ध्यानमा राख्दै राष्ट्रिय आविष्कार केन्द्रले हाई टेक (उच्च प्रविधियुक्त) कक्षा कोठा विकासको काम गरिरहेको छ । हाल बनिरहेको यो ‘हाई टेक’ कक्षाकोठालाई विभिन्न प्रविधिहरू प्रयोग गरेर एउटा नमूना कक्षाकोठाको रुपमा विकास गर्न लागिएको केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले बताए । पढ्ने र पढाउने शैलीमा नयाँ अनुसन्धान तथा विषय वस्तुहरूको परीक्षण गर्न समेत यो कक्षाकोठाले सहयोग गर्ने उनको भनाई छ । कक्षाकोठाको बारेमा बताउँदै उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘निरन्तर रुपमा विकास भएर बजारमा उपलब्ध हुने बिभिन्न किसिमका प्रविधिहरू ल्याएर पठन पाठनको लागि परीक्षण गर्न र पढाउनको लागी चाहिने शैक्षिक विषयवस्तुहरूको विकास गर्न र शिक्षण र सिकाइको व्यवस्थापन गर्ने सिस्टमको अनुसन्धान र विकास यस केन्द्रमा गरिने छ ।’ कक्षाकोठामा ल्यापटप, प्रोजेक्टर, भिआर हेडसेट लगायतका सामग्रीहरू राखिएका छन् । आगामी दिनमा थप पठनपाठनको लागि आवश्यक प्राविधिक उपकरणहरू थप गर्दै जाने समेत उनले बताए । ‘हामी अहिले पहिलो चरणमै छौँ । यो सुरुवात हो र यसलाई थप विकसित गर्नको लागि थप अनुसन्ध...

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप ओम्नी च्यानलमा अपग्रेड

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको मोबाइल बैंकिङ एप ‘ईबीएल-टच २४’ ओम्नी च्यानल प्रणालीमा अपग्रेड भएको छ । बैंकले बुधबार एक कार्यक्रम आयोजना गरी आफ्नो मोबाइल बैंकिङ एपलाई नयाँ ओम्नी च्यानलमा अपग्रेड गरेको हो । मोबाइल बैंकिङ एप अपग्रेड भएसँगै बैंक ग्राहकले जुनसुकै बेला र जहाँसुकैबाट डिजिटल प्लेटफर्म प्रयोग गर्न सहज भएको छ । यसको अर्थ मोबाइल वालेट, ट्याब्लेट, पीसी, ल्यापटप आदि सबैमा ईबीएल-टच २४ सहजै प्रयोग गर्न सकिनेछ । बैंकको लाजिम्पाट स्थित मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ र एफवान सफ्टका अध्यक्ष विश्वास ढकालको उपस्थितिमा उक्त प्रणाली सुरु गरिएको थियो । एभरेष्ट बैंकमा भारतको पञ्जाब नेशनल बैंकको समेत लगानी रहेको छ । जसका नेपालमा लाखौँ ग्राहक रहेका छन् । १०५ शाखा, ३१ राजस्व काउन्टर, १३८ एटीएम र फराकिलो विश्वव्यापी नेटवर्कमार्फत बैंकले अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवा दिँदै आएको छ ।  The post एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप ओम्नी च्यानलमा अपग्रेड appeared first on Tech News Nepal . from Tech ...

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा १० प्रतिशत क्याशब्याक दिँदै ई-सेवा

काठमाडौं । मोबाइल वालेट ई-सेवाले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा मोबाइल टपअप गर्दा १० प्रतिशत क्याशब्याक दिन थालेको छ । वालेटले नयाँ वर्षको पूर्वसन्ध्यामा न्यूनतम १०० रुपैयाँको मोबाइल टपअप तथा डेटा प्याक खरिदमा यस्तो क्याशब्याक दिनेछ । तर क्याशब्याक रकम अधिकतम ५० रुपैयाँसम्म हुनेछ । ई-सेवाको यो क्याशब्याकका लागि ‘NY2022’ प्रोमो कोड प्रयोग गर्नुपर्नेछ । क्याशब्याक रकम सुरुवाती पाँच हजार जनाका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । The post अङ्ग्रेजी नयाँ वर्षको अवसरमा १० प्रतिशत क्याशब्याक दिँदै ई-सेवा appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/3FKOa5o via

नागरिक एपमा जोडिए डिजिटल वालेट, तर भुक्तानी गर्ने सेवा छैन

काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ ल्याइएको नागरिक एपमा डिजिटल वालेट इन्टिग्रेट (जोडिने) हुने क्रम सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार हाल ई-सेवा, खल्ती, आईएमई पे र कनेक्ट आईपीएस नागरिक एपमा जोडिएका छन् । त्यसो त नागरिक एपमा आवद्ध हुन भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकको गरी १० ओटा आवेदन परेका थिए । बाँकी कम्पनीको आवेदन तथा पूर्वशर्त हेर्ने र आवश्यक मापदण्ड पूरा भए/नभएको जानकारी गराउने काम भइरहेको छ । यसरी क्रमशः आवेदन दिएका बाँकी भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकलाई समेत नागरिक एपमा इन्टिग्रेट गरिने बताइएको छ । डिजिटल भुक्तानीका लागि आवश्यक सिस्टम तयार भए पनि नागरिक एपमार्फत भुक्तानी गर्न सकिने सेवा भने उपलब्ध हुन सकेका छैनन् । सेवा दिने कार्यालयले बेवास्ता तथा ढिलाई गर्दा नागरिक एपमा भुक्तानी सेवा लाइभ गर्न नसकिएको मन्त्रालय स्रोतले जनाएको छ ।  हाल यातायातको विवरण हेर्ने सुविधा नागरिक एपमा उपलब्ध छ । बागमती प्रदेश सरकारले अनलाइनबाटै यातायातको नवीकरण गर्न सकिने सेवा सु...

नेपाली साइबर सेक्युरिटी कम्पनी ‘रेकनविथमी’ लाई आईएसओ मान्यता

काठमाडौं । नेपाली साइबर सेक्युिरटी कम्पनी ‘ रेकनविथमी ‘ले आईएसओ मान्यता पाएको छ । योसँगै रेकनविथमी आईएसओ २७००१ मान्यताप्राप्त कम्पनी बनेको छ । इन्फर्मेशन सेक्युरिटी म्यानेजमेन्ट सिस्टममा काम गर्नका लागि कम्पनीले यो अन्तर्राष्ट्रिय मान्यता पाएको हो । कम्पनीले नेपालमै पहिलो पटक वेब एप्लिकेशन भल्नेरबिलिटी स्क्यानर रेकनविथमी डटकम विकास गरेको छ । आईएसओ शर्टिफाइड भएसँगै अब स्वदेशी तथा विदेशी परियोजनामा कम्पनीले समानान्तर रुपमा काम गर्ने संस्थापक सुवास गौतमले बताए । साथै यसले बजारमा आफ्नो उत्पादनलाई विश्वसनीय बनाउन र विस्तार गर्न सहयोग पुर्‍याउने उनको भनाइ छ । ‘नियामक निकायदेखि ठूला व्यवसायिक कम्पनीहरुले आईएसओ शर्टिफाइड प्रडक्ट नै प्रयोग गर्न रुचाउँछन् । हामीलाई आईएसओ प्रमाणपत्रले उनीहरुको विश्वास जित्न सजिलो हुनेछ,’ उनले भने । उनले अगाडि भने, ‘अहिले स्थानीय बजारलाई लक्षित गर्दै कमर्सियल बैंकहरुसँग अप्रोच राखिरहेका छौं । उहाँहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ । साथै अन्य संघसंस्थासँग पनि हामीले कुरा राखिरहेका छौं ।’ विदेशी परियोजनामा काम गर्ने योजनाअनुरुप संयुक्त राज्य अमेरिकामा समेत ...

मायाप्रेम भन्दा भरपर्दो इन्टरनेट चाहन्छन् अचेलका युवा

काठमाडौं । आजकलका किशोर तथा युवा पुस्ताले मायाप्रेम भन्दा गुणस्तरीय इन्टरनेट चाहेको पाइएको छ । बेलायतमा भएको एक सर्वेक्षण अनुसार पछिल्लो पुस्ता विश्वसनीय इन्टरनेटको पक्षमा रहेको पाइएको हो । उनीहरू बिदाको दिन घुम्न जानुभन्दा पनि अनलाइनमा बस्न बढी रुचाउने निष्कर्ष सर्वेक्षणको छ । बेलायतको मोबाइल नेटवर्क अपरेटर एवं इन्टरनेट सेवाप्रदायक ‘ईई’ की निर्देशक शारन मिडोजले गरेको सो सर्वेक्षणमा सन् १९९७ देखि २०१२ को अवधिमा जन्मिएका दुई हजार जनालाई सहभागी गराइएको थियो । सर्वेक्षणमा सोधिएका प्रश्नका उत्तर दिने क्रममा किशोर तथा युवाले घुम्न जानुभन्दा पनि अनलाइन बस्न, साथी बनाउन र घर किन्न बढी रुचि देखाएका थिए । ‘सन् २०२२ को प्राथामिकता’ भन्ने विषयमा गरेको सो सर्वेक्षणमा ७४ प्रतिशत सहभागीले ‘कनेक्टिभिटी’ लाई महत्व दिएका हुन् । त्योभन्दा बढी ७७ प्रतिशतले आफ्नो भविष्यमा केन्द्रित हुने विषय उल्लेख गरेका छन् । सर्वेक्षणमा ७० प्रतिशतले घुम्न जाने याेजना सुनाए । भने, ६९ प्रतिशतले साथी बनाउन रुचि देखाए । त्यसमध्ये ५१ प्रतिशतले आफ्नो पार्टनरसँग सेटल हुने, ४३ प्रतिशतले विवाह गर्ने र ४० प्रतिशतले बच्चा जन्...

कुमारी बैंक ह्याक गरी पैसा लैजाने ह्याकरको धम्की, मोबाइल बैंकिङ सहित सम्पूर्ण सिस्टम डाउन

काठमाडौं । ह्याकरले कुमारी बैंकको बैंकिङ सिस्टम ह्याक गरी पैसा लैजाने धम्की दिएको छ । साउदी ग्रुप नामक ईमेलबाट बुधबार धम्कीपूर्ण ईमेल प्राप्त भएसँगै बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम सिस्टम, वेबसाइट लगायत आफ्नो सम्पूर्ण सिस्टम डाउन गरेको छ । सिस्टम डाउन गरी धम्कीमा भनिए जस्तो जोखिम रहे नरहेको चेकजाँच गर्ने काम भइरहेको बैंक स्रोतले जनाएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सिस्टम ह्याक गर्ने धम्की आएपछि आवश्यक सतर्कता अपनाउन सम्बन्धित बैंकलाई भनिएको जानकारी दिए । ‘हामीले साइबर सुरक्षा सम्बन्धी गाइडलाइन बनाएर निश्चित मापदण्ड अनुरूप बैंकिङ सिस्टम सुरक्षित राख्नुपर्ने निर्देशन यस अघि नै दिइसकेका छौँ,’ उनले भने, ‘बैंकले पनि आफ्नो सिस्टममा त्यस्तो कुनै सुरक्षा जोखिम नरहेको जानकारी दिएको छ ।’ त्यसो त यस अघि पनि गत साउनमा नेपालको बैंकिङ सिस्टम ह्याक गर्ने धम्की आएको थियो । त्यससँगै देशको सम्पूर्ण बैंकिङ सिस्टम नै डाउन गरिएको थियो ।  The post कुमारी बैंक ह्याक गरी पैसा लैजाने ह्याकरको धम्की, मोबाइल बैंकिङ सहित सम्पूर्ण सिस्टम डाउन appeared first on Tech News Ne...

टेलिकमले ल्यायो अनलिमिटेड प्याक, दैनिक २ जीबी डेटासँगै अनलिमिटेड कल र अन्य सुविधा

काठमाडौं । नेपाल टेलिकमले सजिलो अनलिमिटेड प्याक सार्वजनिक गरेको छ । कम्पनीले एसएमएस र कल समेत रहेको डेटा प्याक ल्याएको हो । यो प्याकेज अन्तर्गत टेलिकमका मोबाइल प्रयोगकर्ताले ९९९ रुपैयाँमा ३० दिनसम्म दैनिक दुई जीबी डेटा र टेलिकम नेटवर्क भित्र (नेपाल टेलिकमका कुनै पनि जीएसएम, ल्यान्डलाइन र सीडीएमए नम्बर) अनलिमिटेड कल गर्न सकिनेछ । त्यस्तै कम्पनीको नेटवर्कभित्र ४०० एसएमएस समेत पठाउन सकिनेछ । अन्य नेटवर्कमा १०० मिनेट कल र २०० एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ । *1415*2*2*4#   डायल गरेर तथा नेपाल टेलिकमको एप प्रयोग गरेर यो प्याकेज खरिद गर्न सकिनेछ ।  The post टेलिकमले ल्यायो अनलिमिटेड प्याक, दैनिक २ जीबी डेटासँगै अनलिमिटेड कल र अन्य सुविधा appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/3pDiQ2Y via

स्कुल र कलेजलाई डिजिटल बनाउन नयाँ सफ्टवेयर सञ्चालनमा

Image
काठमाडौं । शैक्षिक संस्थाको परम्परागत शिक्षा व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने उद्देश्यसहित नयाँ सफ्टवेयर सञ्चालनमा आएको छ । डिजी टेक्नोलोजी प्रालिले विकास गरेको यो सफ्टवेयरको नाम हो, ‘स्कुल वर्क्स प्रो’ । डिजिटल नेपालको अभियान चलिरहेको बेला विद्यालय र कलेजलाई डिजिटल बनाउने योजनासहित नयाँ सफ्टवेयर विकास गरिएको डिजी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रमोद पौडेलले बताए । सफ्टवेयरमार्फत अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको शैक्षिक अवस्था, स्कुल शुल्क, विद्यालयको एकेडेमीक क्यालेन्डर लगायत हेर्न सक्नेछन्, जसले गर्दा विद्यार्थीको पढाइको स्तर बुझ्न परीक्षा नै कुर्नुपर्ने अवस्थाको अन्त्य हुने पौडेलको भनाइ छ । शिक्षकले सफ्टवेयरमै गृहकार्य/असाइनमेन्ट दिने र सोको जाँच गर्ने, प्रत्येक विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने, पाठ्यक्रमहरू थप्ने, विभिन्न क्विज/पोल मार्फत विद्यार्थीको गतिविधि बढाउने लगायतका काम गर्न सक्छन् । त्यस्तै कक्षाको रुटिन, शैक्षिक स्रोतसाधन व्यवस्थापन लगायत ई-लाइब्रेरी समेत सफ्टवेयरमै उपलब्ध छ । स्कुल तथा कलेजको व्यवस्थापन पक्षले आर्थिक व्यवस्थापन, शिक्षक तथा क...

के चीन नक्कली मान्छे बनाउँछ ? आफ्नो जस्तै अनुहारका चिनियाँमाथि मस्कको प्रतिक्रिया

काठमाडौं । हालै सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल बन्यो । जसमा टेस्लाका संस्थापक एलन मस्कको जस्तै अनुहार भएका चिनियाँ व्यक्ति थिए । उक्त भिडिओमा कयौँ व्यक्तिले प्रश्न उठाइरहेका थिए भने कसैले वास्तविक भएको बताइरहेका थिए । यसैक्रममा एलन मस्क स्वयम्‌ले समेत उक्त भिडिओमाथि प्रतिक्रिया जनाएका छन् । Maybe I’m partly Chinese! — Elon Musk (@elonmusk) December 20, 2021 उनले भिडिओको रिप्लाईमा ट्वीट गर्दै ‘सायद म हल्का चाइनिज जस्तै छु’ भनेका छन् । यो भिडिओ सुरुमा टिकटकको चिनियाँ भर्सन ड्युइनमा पोस्ट गरिएको थियो । जसमा मस्क जस्तै देखिने एक चिनियाँ व्यक्ति कालो कारको नजिक उभिएका देखिन्छन् । उनलाई मानिसहरूले यी लङ मस्क बताउन सुरु गरे । यो भिडिओ ट्वीटर र अन्य सामाजिक सञ्जालमा समेत भाइरल हुन थाल्यो । Is this the missing twin brother or body double of @elonmusk found in China? 😂 pic.twitter.com/UDsKySKnPi — Ray4Tesla⚡️🚘☀️🔋 (@ray4tesla) December 4, 2021 त्यही भिडिओमा टेस्लाका सीईओ मस्कले प्रतिक्रिया दिएका हुन् । एकजना ट्वीटर प्रयोगकर्ताले उक्त भिडिओको विषयमा लेख्दै चीनसँग सबै चिजको आफ्नै...

आफूसँग आईफोन भए पनि तपाईंंलाई थाहा नहुनसक्छ यी ट्रिक्स

काठमाडौं । यदि तपाईंंसँग आईफोन छ भने त्यसलाई निकै सहज रुपमा दैनिक प्रयोगमा ल्याउन सक्नुहुन्छ । एप्पलले हालैमात्र आईफोनका लागि केही टिप्स तथा ट्रिक्सको विषयमा जानकारी दिएको छ । यी टिप्स तथा ट्रिक्सको बारेमा अधिकांश आईफोन प्रयोगकर्तालाई थाहा नहुन सक्छ । निकै उपयोगी यी टिप्सको सहयोगमा तपाईं धेरै काम गर्न सक्नुहुन्छ ।  १. नोट्स एपमार्फत डकुमेन्ट स्क्यान आईफोनमा रहेको नोट्स एपले सोझै डकुमेन्ट स्क्यान गर्ने सुविधा दिन्छ । यसका लागि तपाईंले क्यामेरा बटनमा ट्याप गर्नुपर्ने हुन्छ र स्क्यान डकुमेन्ट्सको विकल्प चयन गर्नुपर्ने हुन्छ । यति गरिसकेपछि तपाईंले क्यामेरालाई स्क्यान गर्न चाहेको डकुमेन्टमाथि राखेर स्क्यान गर्नुहोस् । डकुमेन्ट स्क्यान भएपछि सेभमा ट्याप गर्नुहोस् ।  २. म्यासेज पिन गरेर राख्नुहोस् एप्पलले आईओएस १५ अपडेटसँगै म्यासेज पिन गर्ने फिचर थपेको छ । यो फिचरको सहयोगमा तपाईंले कुनै पनि वेब लिङ्क तथा म्यासेजलाई पिन गरेर राख्न सक्नुहुन्छ । यसरी तपाईंले जुन म्यासेजलाई पिन गर्नुहुन्छ, त्यो सबैभन्दा माथि सिरानीमा अडिएर बस्छ । आवश्यक परेको खण्डमा यसलाई सजिलै फेला पार्न सकिन्छ ...

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा गिफ्ट, रिचार्ज र ज्योतिष सेवामा हाम्रोपात्रोको आकर्षक अफर

काठमाडौं । लोकप्रिय नेपाली एप हाम्रोपात्रोले आफ्ना विभिन्न सेवाका लागि आकर्षक अफर ल्याउने भएको छ । एपले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ज्योतिष, हाम्रो गिफ्ट र रिचार्जका लागि यस्तो अफर ल्याएको हो । हाम्रोपात्रो इंकका अनुसार ग्राहकले ज्योतिष सेवामा २२ प्रतिशत तथा हाम्रो गिफ्टमा १० देखि ५० प्रतिशतसम्म छुट पाउन सक्नेछन् । त्यस्तै हजार रुपैयाँ माथिको मोबाइल रिचार्जमा ५० रुपैयाँ बोनस पाउन सकिनेछ ।  तर रिचार्जको बोनस सुरुवाती ५०० ग्राहकलाई मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । भोलि शुक्रबारदेखि एक सातासम्म लागू हुने यो अफर अन्तर्गत विश्वभरका ग्राहकले ज्योतिष सेवा लिन सक्नेछन् ।  त्यस्तै देशबाहिर रहेका ग्राहकले  हाम्रो गिफ्टमार्फत नेपालमा रहेका आफ्ना आफ्ना आफन्त तथा साथीभाइका लागि गिफ्ट अर्डर गर्न तथा हाम्रोपात्रोबाट रिचार्ज पठाइदिन सक्छन् । यस बाहेक कम्पनीले हाम्रो रेमिटबाट नेपाल पैसा पठाउँदा पहिलो कारोबार निःशुल्क गरिदिएको छ । तर रेमिट सेवा हाललाई अमेरिकामा रहेका ग्राहकहरूका लागि मात्रै उपलब्ध रहेको छ । The post अङ्ग्रेजी नयाँ वर्षको अवसरमा गिफ्ट, रिचार्ज र ज्योतिष सेव...

६ जनाको सामूहिक अन्त्येष्टि

रौतहट । गत मंगलवार स्कार्पीयो जिप दुघर्टनामा मृत्यु भएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । बुधवार मुस्लिम संस्कार अनुसार उनीहरूको सामूहिक अन्त्येष्टि गरिएको हो । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको गरूडा नगरपालिका–१ जयनगरमा भारतीय नम्बर बिआर०५पिए६९५३ नम्बरको जिप दुर्घटना हुँदा एउटै टोलका ६ जनाको मृत्यु भएको थियो । गाँउकै छिमेकी शलाउदिनको छोरा शेख इमारानको बिहेमा जन्ती हिँडेका मध्ये १६ वर्षीय शेख नौसाद, २२ वर्षीय शेख शैनुल्लाह, २५ वर्षीय शेख छोटु, १५ वर्षीय शेख अजिबुल्लाह, ५५ वर्षीय मुसाफिर अन्सारी र ४५ वर्षीय शेख अबुलेसको दुर्घटनामा मृत्यु भएको थियो । नगरकटियाबाट गम्हरीयाको लागि जन्ती हिँडेको जिपमा ९ जना सवार रहेका थिए । गाडी अनियन्त्रित भएर सडकभन्दा २९ फिट तल हिलोमा खस्दा दुर्ई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य ३ जना अहिले उपचाररत छन् । अनियन्त्रित गाडी सडकभन्दा केही पर रहेको ३३ केभिएको बिजुलीको पोलमा ठोक्किएर तल हिलोमा झरेको थियो । नमाज पढेपछि ६ जनाकै शवलाई मस्जिदबाट झण्डै २०० मिटर पश्चिमतर्पm रहेको कब्रिस्तानमा लगि...

सर्लाहीमा निषेधाज्ञा जारी

सर्लाही । ईश्वरपुर नगरपालिका अन्तर्गत बयलबास बजार क्षेत्रमा आज पनि निषेधाज्ञा लागू भएको छ । प्रहरीले त्यस क्षेत्रमा तनाव बढेपछि निषेधाज्ञा लागू गरेको हो । आईतवार प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि त्यहाँ तनावको अवस्था सिर्जना भएको थियो । बयलबास बजार क्षेत्रमा अस्ति मङ्गलवार दिउँसो ३ बजेदेखि हिजो बेलुका ७ बजेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको थियो। स्थिति अझै सामान्य भइनसकेको भन्दै स्थानीय प्रशासनले फेरि आज बेलुका ७ बजेसम्मका लागि बयलबास बजार र त्यसको आसपासका क्षेत्रमा कुनै पनि जुलुस, भेला जमघट हुन नपाउने गरी निषेधाज्ञा लागू गरेको हो । पीडित परिवारलाई राहत स्वरूप १० लाख रुपियाँँ उपलब्ध गराउने लगायतका ६ बुँदे सहमति भए पनि पुनःप्रदर्शन हुनसक्ने भन्दै निषेधाज्ञा लागू गरेको स्थानीय प्रशासनले जनाएको हो।

पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्द गर्ने जनमत पार्टीको घोषणा

जनमत पार्टीले विहीवारदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्द गर्ने घोषणा गरेको छ । पार्टी अध्यक्ष डा सीके राउतले बुधवार राति विज्ञप्ती जारी गरेर १५ पुसदेखि पूर्वपश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको हो । किसानको मुद्दा बोकेर आन्दोलन शुरू गरेको पार्टीले मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरूको कार्यक्रममा समेत विरोध गर्ने जनाएका हुन् । किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनैपनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । किसान आन्दोलनको ज्ञापनपत्र लिनसमेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको राउतले आरोप लगाउँनुभएको छ । मन्त्रीस्तरीयरउच्चस्तरीय वार्ता समिति समेत गठन गर्न पार्टीले माग गरेको छ । जनमत पार्टीले सिरहाको औरही गाउँँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आरोपमा चार किसानमाथि अपराधिक उपद्र सम्बन्धी मुद्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टी आन्दोलन शुरू गरेको थियो ।

पारिलो घाम झुल्केपछि महोत्तरीमा राहत

–गोपालप्रसाद बराल महोत्तरी, १५ पुस (रासस)ः पछिल्ला दुई दिन सिमसिमे पानीसँगैको चिसो स्याँठले आहत खेपेका महोत्तरीवासीलाई आज बिहीवार एकाबिहानैको झलमल्ल घामले राहत दिएको छ ।  मङ्गलबार मध्यरातपछि छिनछिनमा पर्ने सिमसिमे पानी र त्योसँगै बहने चिसो स्याँठले आहत भएका सर्वसाधारणलाई आज बिहानै झुल्केको पारिलो घामले राहत दिएको हो । पारिलो घाम झुल्केसँगै अब चिसो अलि कम हुने सर्वसाधारणले आस पालेका छन् । "पुसमा जाडो भयो त के भन्नु ? यो महिना नै जाडोको हो, तर पछिल्ला दुई दिनको छिटफुटे पानी पराई र चिसो बतासले निकै अत्यायो", जिल्लाको बर्दिबास नगरपालिका–२ बुद्धचोकका ६५ वर्षीय श्याम घले भन्नुहुन्छ, "आज भने बिहानै पारिलो घाम देखियो, अब मौसम सुध्रने आस जाग्यो ।" घाम देखिएपछि पछिल्ला दुई दिन घरमै गुजल्टिएर बसेका गरिब बस्तीमा पनि काममा निस्कने चहलपहल देखिएको छ । जिल्लाको उत्तरी भेगमा एकाबिहानै घाम देखिएपनि सुदूरदक्षिणी भेगमा भने आज पनि अबेरसम्म हुस्सु देखिएको छ । यद्यपि हुस्सुभित्रै घामका किरण देखिन थालेका हुँदा चिसो बतास चल्ने क्रम घटेर हिडडुल गर्न पाइने आस जागेको भारतसँगै सीमा जोडिएको जलेश...

सुन चाँदीको मूल्य घट्यो

काठमाडौँ, १५ पुस (रासस) ः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ घटेर रु एक हजार २४५ पुगेकोे महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको जनाइएको छ । –––

चिसोबाट जोगाउन प्रदेश नं २ सरकारले थाल्यो तयारी

जनकपुर, १५ पुस (रासस) ः अत्यधिक चिसो बढ्ेसँगै प्रदेशवासीलाई जाडोबाट जोगाउन प्रदेश नं २ सरकारले आवश्यक तयारी थालेको छ । वर्षासँगै चिसो बढेपछि प्रदेश नं २ सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमार्फत जाडो प्रभावितका लागि योजना बनाउन तयारी थालेको हो ।  आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले भन्नुभयो, ''चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी सुरु गरेका छौं, केही दिनभित्रै वितरण गर्नेछौं ।" यसवर्ष चिसोका कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणसँगै अन्य अति आवश्यक कुरा मिलाइरहेको मन्त्री साहको भनाइ छ । ''शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा छौं", उहाँले भन्नुभयो, ''चिसोबाट जोगिन आवश्यकपर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ ।"  शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार मारमा पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको उहाँले बताउनुभयो । विगतमा जाडो बढेपछ...

गलत मान्छेको हातमा हुनसक्छ तपाईंको फेसबुक, पत्ता लगाएर सुरक्षित राख्ने सजिलो तरिका

Image
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक विश्वभर धेरै प्रयोग हुने सामाजिक सञ्जाल हो । जसमा अनेक प्रकारका फिचरहरू छन्, जसको आधारमा प्रयोगकर्ताले आफ्नो सुरक्षा तथा गोपनीयता कायम राख्न सावधानी अपनाउन सक्छन् । फेसबुकमा तपाईँका अति गोप्य र संवेदनशील जानकारी हुनसक्छन् । तपाईं जस्ता प्रयोगकर्ताका यस्ता जानकारी सुरक्षित राख्न फेसबुकले पनि निकै प्रयास गरिरहेको छ । कम्पनीका अनेकौँ प्रयासका बावजुत ह्याकर तथा गलत मनसाय भएका व्यक्तिहरूले अनेक हतकण्डा अपनाएर प्रयोगकर्ताको सूचना तथा जानकारी चोरी गरिरहेका हुन्छन् । कम्पनीको कमजोरीले मात्र होइन, तपाईं स्वयम्‌को सानो असावधानीले पनि आफ्नो गोप्य जानकारी बाहिरिन वा गलत व्यक्तिको हात लाग्न सक्छ । कहिलेकाहीँ तपाईं हामी आफ्नो फेसबुक अकाउन्ट कतिपय ठाउँमा लग-ईनकै अवस्थामा छोडिदिन्छौँ । केही व्यक्तिहरूले त्यसको फाइदा उठाउँछन् । त्यसो त फेसबुकले आफ्नो प्रयोगकर्तालाई एउटा यस्तो फिचर उपलब्ध गराएको छ, जसको सहयोगमा तपाईं आफ्नो फेसबुक आईडी कुनकुन स्थानमा प्रयोग भइरहेको छ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । आज हामी तपाईंलाई यही फिचरको बारेमा बताउँदै छौँ । यसरी चेक गर्नुहोस्...

सामसङका स्मार्टफोन प्रयोगकर्ता साइबर आक्रमणको जोखिममा

काठमाडौं । पछिल्लो समयमा एन्ड्रोइड प्रयोगकर्ताहरू विभिन्न एपमार्फत साइबर आक्रमणमा पर्ने क्रम बढेको छ । तर यो पटक भने यस्तो घटना सामसङ ग्यालेक्सीका स्मार्टफोनमा देखिएको छ । सामसङ ग्यालेक्सी स्टोरमा भएका केही एपले स्मार्टफोनलाई संक्रमित बनाइरहेको एन्ड्रोइड पुलिस ले उल्लेख गरेको छ । स्मार्टफोनलाई संक्रमित पार्नसक्ने भनिएका एप अहिले बन्द भएको ‘शोबक्स’ पाइरेसी एपजस्तै देखिने एप हुन् । ‘शोबक्स’ (ShowBox) जस्तै देखिने यस्ता पाँच वटा नक्कली एप सामसङ ग्यालेक्सी स्टोरमा देखिएका छन्, जुन एपलाई यसअघि गुगल प्ले स्टोरबाट हटाइएको थियो । यद्यपि यस्ता नक्कली र जोखिमपूर्ण एपहरू अरु पनि हुनसक्ने बताइएको छ । एन्ड्रोइड पुलिसमा उल्लेख भएअनुसार यी एपले प्रयोगकर्ताको मोबाइलमा भएका सम्पर्क विवरण, कल लगको विवरण लगायत मोबाइलको अन्य डेटामा पहुँच पुर्‍याउन ह्याकरलाई मद्दत गर्नसक्छ । यी एपले प्रयोगकर्ताको फोनमा मालवेयर डाउनलोड गरी संक्रमित कोडहरू पीडित (प्रयोगकर्ता) को मोबाइलमा इन्स्टल पनि गर्नसक्ने बताइएको छ । सामसङ ग्यालेक्सी स्टोरमा यस्ता अन्य जोखिमपूर्ण एप भएको खबर बाहिर आएपनि हालसम्म कम्पनीले भने कुनै कदम...

नेपाली बजारमा यस्तो छ रियलमी स्मार्टफोनको पछिल्लो मूल्यसूची

काठमाडौं । रियलमी ब्राण्डका स्मार्टफोनमा पछिल्लो समय आकर्षण बढिरहेको छ । नेपाली बजारमा यस ब्राण्डका १२ हजार ८४९ रूपैयाँदेखि ६० हजार ९९९ रूपैयाँसम्मका स्मार्टफोन उपलब्ध छन् । कम्पनीले पछिल्लो पटक नेपालमा सस्तो मूल्य पर्ने नार्जो सिरिजका दुई फोन भित्र्याएको थियो, जसअन्तर्गत ‘नार्जो ५० आई’ र ‘नार्जो ५० ए’ रहेका छन् । त्यसअघि कम्पनीले ‘जीटी नियो टु’ नेपाली बजारमा सार्वजनिक गरेको थियो । स्थापना भएको तीन वर्षको अवधिमा विश्वभर १० करोड स्मार्टफोन बजारमा उपलब्ध गराएको कम्पनीकाे दाबी छ । यसैबीच हामीले नेपाली बजारमा उपलब्ध भएका रियलमीका स्मार्टफोनको पछिल्लो मूल्यसूची तयार पारेका छौं । Model Price Realme C11 2021 (2GB/32GB) 12,990/- Realme C11 2021 (4GB/64GB) 15,499/- Realme C20 (2GB/32GB) 12,849/- Realme C21 (4GB/64GB) 16,999/- Realme C21 Y (3GB/32GB) 15,399/- Realme C21 Y (4GB/64GB) 17,099/- Realme 8 (8GB/128GB) 30,499/- Realme 8 (6GB/128GB) 28,799/- Realme 8i (4GB/64GB) 23,799/- Realme 8i (6GB/128GB) 27,199/- Realme GT Neo 2 (8GB/128GB) 54,1...

अब हरेक टोल फ्रीमा जुनसुकै सेवा प्रदायकबाट निःशुल्क फोन गर्न सकिने

काठमाडौं । अब हरेक ‘टोल फ्री’ मा जुनसुकै सेवा प्रदायकबाट निःशुल्क फोन गर्न सकिने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टोल फ्री नम्बरलाई प्रभावकारी बनाउने उद्देश्यका साथ शर्टकोड कार्यविधि मा परिमार्जन गर्दै नयाँ व्यवस्था लागू गर्न लागेको हो । नयाँ कार्यविधिमा सबै सेवाप्रदायकको नेटवर्कबाट टोल फ्री नम्बरमा निःशुल्क फोन लाग्नुपर्ने व्यवस्था समेटिने छ । हालसम्म नेपालमा टोल फ्री नम्बर कुन कम्पनीले उपलब्ध गराएको छ भन्दा पनि कुन टेलिकम सेवाप्रदायकको नेटवर्कबाट लिइएको हो भन्ने विषयले महत्व राख्दै आएको छ । किनभने यदि कुनै कम्पनीले आफ्ना ग्राहकको सहजताका लागि नेपाल टेलिकमबाट टोल फ्री नम्बर उपलब्ध गराएको छ भने उसका एनसेल तथा स्मार्टसेल प्रयोग गर्ने ग्राहकले उक्त टोल फ्री नम्बरमा कल गर्न पाउँदैनन् । एनसेलले ९८ बाट सुरु भएको १० नम्बर रेञ्जमै टोल फ्री नम्बर उपलब्ध गराएकाले टेलिकमबाट फोन त लाग्न सक्छ । तर, त्यसका लागि ग्राहकको सिमबाटै पैसा काटिन्छ । कसैकोमा कल नलाग्ने, अनि कसैकोमा कल लागिहाले पनि पैसा लाग्ने भएपछि यस्तो सिस्टम वास्तवमा टोल फ्री नै नभएको तर्क दिँदै ...

पासवर्ड म्यानेजरमाथि साइबर आक्रमण, प्रयोगकर्ताको विवरण जोखिममा

काठमाडौं । पासवर्ड म्यानेजर एप ‘लास्टपास’ का प्रयोगकर्तामाथि साइबर आक्रमण भएको छ । कम्पनीका अनुसार ह्याकरहरूले केही प्रयोगकर्ताको क्लाउडको पासवर्ड ह्याक गरेर प्रयोगकर्ताको अकाउन्टमा पहुँच लिने प्रयास गरेका थिए । यद्यपि हालसम्म कुनै पनि अकाउन्ट ह्याक भएको रेकर्ड नभेटिएको कम्पनीको दाबी छ । यस्तो आक्रमण यो हप्ताको सुरुदेखि पहिचान भएको जनाइएकाे छ । धेरै प्रयोगकर्ताले ह्याकिङको विषयमा सामाजिक सञ्जालमा शेयर गरेपछि ‘लास्टपास’ ले साइबर आक्रमण भएको स्वीकारेको थियो । यस्तो प्रकारको ह्याकिङलाई ‘क्रेडेन्सियल ह्याकिङ’ भनिन्छ, जुन विशेषगरी गेमिङ अकाउन्ट, सामाजिक सञ्जालका अकाउन्टहरू, अनलाइन शपिङ साइट लगायतमा बढी हुने गरेको पाइन्छ । यस्तो प्रकारको ह्याकिङ कुनै पासवर्ड म्यानेजर सर्भिसमा भएको यो पहिलो पटक हो । यसले विशेषगरी क्लाउड अकाउन्ट भएका ‘लास्टपास’ का प्रयोगकर्तालाई लक्षित गरेको थियो । प्रयोगकर्ताले सुरक्षित पासवर्डका लागि यस्ता पासवर्ड म्यानेजर एपको प्रयोग गर्ने गर्छन् । तर यस्तो प्रणालीमा समेत साइबर हमला हुँदा प्रयोगकर्ताको विवरण जोखिममा पर्नसक्ने देखिएको छ । The post पासवर्ड म्यानेजरमाथि ...

टेलिकमको प्रति शेयर आम्दानी १४ वर्षयताकै न्यून, तीन वर्षमै ५७.३७ प्रतिशत गिरावट

Image
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रति शेयर आम्दानी १४ वर्षयताकै न्यून देखिएको छ । ११६.५६ रुपैयाँ रहेको टेलिकमको प्रति शेयर आम्दानी बिदा हुने तरखरमा रहेका वर्तमान प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीको कार्यकालमा ५७.३७ प्रतिशतले घटेर ४९.६९ प्रतिशतमा झरेको हो ।  नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा अधिकारी प्रबन्ध निर्देशक नियुक्त हुनु अघि अर्थात् २०७४/०७५ मा कम्पनीको प्रति शेयर आम्दानी इतिहासकै उच्च विन्दुमा रहेको थियो । तर उनको तीन वर्षे कार्यकाल सुरु भएसँगै त्यस्तो आम्दानीमा लगातार गिरावट देखिएको हो ।  स्रोतः नेपाल टेलिकमको वित्तीय प्रतिवेदन नेपाल टेलिकमको वित्तीय प्रतिवेदन अनुसार अधिकारीको कार्यकालको पहिलो वर्ष (२०७५/०७६) मा ६५.०५ रुपैयाँमा झरेको प्रति शेयर आम्दानी दोस्रो वर्ष (२०७६/०७७) मा ६४.९९ रुपैयाँ र तेस्रो वर्ष (२०७७/०७८) मा ४९.६९ रुपैयाँमा खुम्चिएको छ । कम्पनीको आम्दानी र नाफा दुवैमा गिरावट आउँदै गएपछि त्यसको असर कम्पनीको प्रति शेयर आम्दानीमा समेत परेको हो ।  प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराई बुद्धि आचार...

‘फोनपे’ बाट रकम ट्रान्सफर गर्ने ३० जनाले पाए आईफोन १३

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आईफोन हस्तान्तरण गरिएको छ । फोनपेले असोज ३१ देखि पुष १६ सम्म सञ्चालन हुने गरी ल्याएको यस योजना हालसम्म ३० जनालाई आईफोन १३ हस्तान्तरण गरिएको हो । विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बेस्डर सन्दिप क्षेत्रीले आईफोन हस्तान्तरण गरे । यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एउटा आईफोन जित्न सक्नेछन् । यस्तै, बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् । फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष पनि यो योजना सञ्चालनमा ल्याएको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो वर्षपनि यस योजनालाई निरन्तरता दिइएको फोनपले जनाएको छ । फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु. १० मै सहज रुपमा रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम...

कोठामा हिटर प्रयोग गर्दा ख्याल राख्नुपर्ने कुरा

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा विहानदेखि वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात समेत भएको छ । वर्षा र हिमपात भएसँगै चिसो बढ्दा न्यानोका लागि हिटर प्रयोग गर्दै हुनुहुन्छ भने केही महत्वपूर्ण कुरामा ख्याल राख्नुपर्छ । धेरैजसोले झ्यालढोका बन्द गरी हिटरको प्रयोग गर्छन्, जुन स्वास्थ्यका निम्ति घातक हुनसक्छ । बन्द कोठामा धेरैबेर हिटर ताप्दा कार्बन मोनोअक्साइड ग्याँस सिर्जना हुन्छ । यसले विशेषगरी बालबालिका र वृद्ध–वृद्धाकाे स्वास्थ्यमा बढी नै असर गर्छ । अर्कोतर्फ बन्द कोठामा हिटर बाली सुत्दा शरीरमा अक्सिजनको मात्रा घट्न गई मानिसको मृत्युसम्म हुनसक्छ । यसकारण सावधानी अपनाएर मात्र हिटरकाे प्रयाेग गर्नुपर्छ । आज हामी हिटरको प्रयोग गर्दा अपनाउनुपर्ने केही सावधानीबारे चर्चा गर्दैछौं । बन्द कोठामा रातभर वा धेरैबेर हिटर प्रयोग नगर्नुहोस् । मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसहरुले सकेसम्म हिटरको प्रयोग गर्नुहुँदैन । गर्नैपरे सधैं एक बाल्टिन पानी राखेर झ्याल खुल्ला राख्नुहोस् ।  हिटरमा लामो समयसम्म बस्दा शरीरको अंग जल्ने तथा चोटपटक ला...

एसएमएसमा विज्ञापन पठाउन दुरूपयोग हुँदै शर्टकोड, जोखिममा प्रयोगकर्ता

Image
काठमाडौं । एक-दुई दिन मोबाइल म्यासेज खोल्नुभएको छैन भने कल्पना गर्नुहाेस् त तपाईंको फाेनमा ‘शर्ट कोड’ बाट आउने विज्ञापनयुक्त म्यासेज कति हुन्छन ? कहिलेकाहिँ त दिनमै दर्जनौं त्यस्ता म्यासेज आइरहेका हुन्छन् । यसरी मोबाइल म्यासेजको इनबक्स नै भरिने गरी आउने यस्ता म्यासेजले तपाईंलाई कुनै अर्थ राख्छ ? यदि तपाईंसँग सम्बन्धित छन् र आएको म्यासेज जानकारीमूलक छ भने त ठीक छ । तर, धेरैजसो शर्ट कोडबाट आउने त्यस्ता म्यासेज देख्दै रिस उठ्ने हुन्छन् । विहान जुरुक्क उठेर मोबाइल खोल्दा मोबाइलमा तपाईं विदेश जान चाहनुहुन्छ ? आउनुहोस् हामी आईईएलटीएस पढाउँछौ भनेर म्यासेज आएको हुन्छ । कार किन्न चाहनुहुन्छ ? किस्ता र छुटमा कार किन्ने अफर चलिरहेको छ भनेर म्यासेज आउँछ । हुँदा हुँदा क्रिसमस आयो रे, क्रिसमसमा ‘टोकला चिया’ किन्दा १ केजीको यति, हिटर किन्नुस् १८ प्रतिशत छुट, इलेक्ट्रिक हिटर ब्याग किन्नुस् १५ प्रतिशत छुट । अटोका पार्टमा १० प्रतिशत छुट । स्कुल कलेजमा भर्ना खुल्यो आवेदन दिन अन्तिम मिति आज । यस्ता म्यासेजले के अर्थ राख्छ ? यदि तपाईं विदेश जाने योजनामा हुनुहुन्छ भने तपाईंका लागि आईईएलटीएस कक्षाका विज्...

साओमी १२ सिरिजका आकर्षक स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । महिनौँसम्मका लिक्स र चर्चाकाबीच अन्ततः साओमी ट्वेल्भ सिरिज औपचारिक रुपमा बजारमा आएको छ । कम्पनीले मङ्गलबार साओमी ट्वेल्भ, साओमी ट्वेल्भ प्रो र साओमी १२ एक्स गरी १२ औँ सिरिज अन्तर्गत तीन मोडेल सार्वजनिक गरेको हो । क्वालकम स्न्यापड्रागन ८ जेन वान चिपसेट रहेको आधारभूत मोडेलमा ६.२९ इन्चको स्क्रिन रहेको छ । तर ट्वेल्भ प्रोमा भने ६.७३ इन्चको स्क्रिन छ ।  एसओसी (चिपमा सिस्टम एकीकृत गरिएको) समान दाबी गरिएको यो फोनमा एलटीपीओ एमोलेड डिस्प्ले, ठूलो ब्याट्री, थप तीव्र चार्जिङ र थप प्रभावकारी क्यामेरा हार्डवेयर दिइएको छ । अलि बजेटमुखी देखिने साओमी ट्वेल्भ एक्समा भने साओमो ट्वेल्भकै स्पेसिफिकेसन रहेका छन् । जसमा स्न्यापड्रागन ८७० एसओसी चिपसेट र समान साइजको स्क्रिन दिइएको छ ।  साओमी ट्वेल्भः  साओमी ट्वेल्भ कम्प्याक्ट फ्ल्यागशिप पारखीहरूका लागि साओमी मि एट यताकै सबैभन्दा सानो स्क्रिनको साथमा आएको छ । सामसङले बनाएको ८.२८ इन्चको एमोलेड  प्यानल सपोर्ट सहितको फुल एचडी प्लस रेजोलुसन र १२० हर्जसम्मको रिफ्रेश रेट यसमा रहेको छ । डिस्प्लेभित्रै फिङ्गरप्रिन्ट स्क्यानर राखिएको...

सुरु भयो स्मार्ट लाइसेन्सको छपाई, हुलाकबाट घर-घरमा पुर्‍याइने

Image
काठमाडौं । सात महिनाको पर्खाइपछि स्मार्ट ड्राइभिङ लाइसेन्स (सवारीचालक परिचयपत्र) को छपाई आजदेखि सुरु भएको छ । यातायात व्यवस्था विभागले मंगलबार एक कार्यक्रमका बीच स्मार्ट लाइसेन्सको छपाई सुरु गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवकाे उपस्थितिमा औपचारिक रुपमा लाइसेन्स छपाई सुरु गरिएकाे हाे । कार्यक्रममा बोल्दै मन्त्री यादवले अब सेवाग्राहीकाे घर-घरमा ड्राइभिङ लाइसेन्स पुर्‍याइने बताइन् । ‘टाढा-टाढाबाट काठमाडौं आएर लाइसेन्सको ट्रायल दिएर लाइसेन्स नआएसम्म यही बस्नुपर्ने बाध्यता हटाउनको लागि पनि हामी काम गरिरहेका छौं,’ उनले भने, ‘यस्ता सेवाग्राहीका लागि हुलाकबाटै लाइसेन्स सम्बन्धित ठाउँमा पुर्‍याउने व्यवस्था पनि हामी गर्नेछौं ।’ आजदेखि चारओटा मसिनबाट स्मार्ट लाइसेन्स छपाइको काम सुरु हुने बताइएको छ । प्रति घण्टा ४५० वटा कार्ड छाप्नसक्ने क्षमता भएको यो मसिनमार्फत तीन सिफ्टमा दैनिक १० हजार छपाइ हुने विभागले जनाएको छ । त्यस्तै माघ महिनाभित्र स्मार्ट लाइसन्स लिन बाँकी भएका सबैलाई लाइसन्स वितरण गर्ने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । कार्यक्रमकाे दौरान मन्त्री य...

प्राधिकरणको बढुवा प्रक्रियामा लोकसेवालाई थप जानकारी उपलब्ध गराउन आदेश

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कार्यक्षमताको मूल्यांकनको आधारमा गर्न लागेको वरिष्ठ निर्देशक र अनुगमनतर्फ निर्देशक पदको पदपूर्तिको विषयमा परेको मुद्दामा उच्च अदालत पाटलले लोकसेवा आयोगलाई थप जानकारी उपलब्ध गराउन आदेश दिएकाे छ । मंगलबार बबिता उप्रेती र किरण पौडेलको संयुक्त इजलासले मुद्दाकाे प्रतिवादी रहेकाे लोकसेवालाई थप जानकारी उपलब्ध गराउन आदेश दिएको हो । यसअघि अघिल्लो गत मंसिर २८ गते प्राधिकरणका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठलगायत सात कर्मचारीले उच्च अदालतमा बढुवाको विषयलाई लिएर रिट निवेदन दायर गरेका थिए । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको उक्त मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । साथै अन्तरिम आदेशका लागि पुस ७ गते छलफलका लागि बोलाइएको थियो । सो छलफलपछि सुनवाई गर्दै उच्च अदालतका न्यायाधीशद्वय ईश्वरराज आचार्य र किरण पौडेलको संयुक्त इजलासले विपक्षीलाई म्याद जारी गर्ने आदेश दिएको थियो । The post प्राधिकरणको बढुवा प्रक्रियामा लोकसेवालाई थप जानकारी उपलब्ध गराउन आदेश appeared first ...

सामसङ स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्यसूची

काठमाडौं । नेपाली बजारमा सामसङले आफ्नो ‘एम५२ फाइभजी’ मोडलको स्मार्टफोनको मूल्य घटाएको छ । दुई स्टोरेज भेरियन्टमा उपलब्ध यो फोनको मूल्य पाँचदेखि छ हजार रुपैयाँसम्म घटेको छ । कम्पनीले ६ जीबी र्‍याम तथा १२८ जीबी भेरियन्टको फाेनकाे मूल्य ६ हजार रुपैयाँले घटाएको छ । अब ग्राहकले ४२ हजार ९९९ रुपैयाँमा यो भेरियन्टको फोन किन्न सक्नेछन् । त्यस्तै कम्पनीले ८ जीबी र्‍याम तथा १२८ भेरियन्टको मूल्य पाँच हजार रूपैयाँले घटाएको छ । अब ग्राहकले यो भेरियन्टको फोन ४५,९९९ रुपैयाँमा किन्न सक्नेछन् । ‘लिनेस्ट, मिनेस्ट मोन्सटर एभर’ थिम सहित बजारमा सार्वजनिक भएको यो फोन एम सिरिज अन्तर्गतको सबैभन्दा पातलो हो । ७.४ एमएमको याै फोनमा स्न्यापड्रागन ७७८ जी प्रोसेसर रहेको छ । फाइभजी सपोर्ट गर्ने यो फोनमा १२० हर्ज सहितको सुपर एमोलेड डिस्प्ले छ । फोनमा ५००० एमएएच क्षमताको ब्याट्रि रहेको छ । फोनको डिस्प्ले सुरक्षााका लागि गोरिल्ला ग्लास फाइभ दिइएको छ। उत्कृष्ट साउन्डका लागि डल्बी एटमस रहेको फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा छ । यसमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स, पाँच मेगापिक्सेलको माक्रो लेन्स र ३२ मेगाप...