Posts

Showing posts from March, 2023

चरेससहित एकजना पक्राउ

Image
वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ । आज बिहान अढाइ बजे कालिकामाई गाउँपालिका वडा नं.१ तिनडुबिया बस्ने वर्ष ३८ को बृजेश प्रसाद कुर्मीले आफ्नै घरमा लागु औषध चरेश लुकाइ छिपाइ राखिएको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्र.नि. मोहन विक्रम केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा सो घरको अगाडि बरण्डामा खाटमुनी पहेलो र कालो प्लाष्टिकले बेरिएको ५०० ग्रामको २० पोका गरी जम्मा ९ के.जी. ८०० ग्राम लागु औषध चरेश बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका कुर्मीलाई पर्सा जिल्ला अदालतबाट ४ म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको जिप्रका, पर्साले जनाएको छ ।  Virus-free. www.avast.com

वीरगञ्ज यूनाईटेडको सहज जीत

Image
सिमरा, ११ चैत्र वागमती यूवा क्लब विरुद्ध ३–० को सहज जित निकाल्दै बीरगञ्ज यूनाईटेड क्लब सिमरामा जारी जगदम्बा १३ र्औं जीतपुरसिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको जीतमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको बागमतीविरुद्ध दोश्रो हाफमा वीरगञ्ज हावी भयो । बागमतीविरुद्ध खेलको ५४ औं मिनटमा विवेक चौधरीले अग्रता लिए । वागमतीका गोलरक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै वीरगञ्जका विवेक चौधरीले खाता खोले । डि एरिया छाडेर अघि बढेका गोलरक्षकलाई विट गर्दै विवेकले बललाई डि एर्यिा बाहिरैबाट गोलपोष्टको दिशा दिएका थिए । १–० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगञ्जका कृपा चौधरीले अग्रता दोब्बर पारे । खेलको ५६ औं मिनटमा विवेक चौधरीको क्रसबललाई कृपाले गोलमा परिणत   गरे । खेल अवधिभरनै विवेक र कृपाको तालमेल उत्कृष्ट देखिन्थ्यो । खेलको ८४ औं मिनटमा विवेकले व्यक्तिगत दोश्रो गोल गर्दै वीरगञ्जलाई ३–० को फराकिलो अग्रता दिलाए । कृपा चौधरीले पेनाल्टी एरियाबाट दिएको व्याकपासलाई विवेकले डि एरिया बाहिरैबाट गोलमा परिणत गरेका थिए । बी डिभीजन क्लब बीरगञ्ज सामु निर...

घुस मागेको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्वित

Image
वीरगंज १० चैत । घुस लिएको भिडियो फेला परेपछि डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । उद्योग पर्यटन तथा वन मन्त्रालयले सहायक वन अधिकृत यादवलाई निलम्बन गरी अनुसन्धान थालेको हो । वन मुद्दामा हिरासतमा रहेका अभियुक्तका आफन्तसित घुस लिइरहेको भिडियो प्रमाणको रुपमा फेला परेको वन मन्त्रालयका एक अधिकृतले बताए । उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ । सहायक अधिकृत (सातौं तह) यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानविन तथा जाँचबुझ कार्यमा झुठा सबुत, प्रमाण संकलन गर्न सक्ने वा आफूविरुद्धको सबूत प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साह विरुद्ध अवैध रुपमा वन पैदावार ओसार पसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए । यही चैत ६ गते साह पक्राउ परेपछि मुद्दा मिलाइदिने अन्यथा जेल पठाइदिने धम्की दिँदै झण्डै ४ लाख रुपैयाँ लिइसकेको यादवमाथि आरोप छ । यादवले थप ४० हजार र...

शुक्रवार सिमरा रङ्गशालामा बीरगञ्ज र बागमती भिड्दै

Image
वीरगंज, १० चैत ।  बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रवार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीविच खेल हुने छ । आयोजक नवजनजागृति यूवा क्लबका अनुसार साँझ ६ बजेबाट खेल शुरू हुनेछ । फलड लाईटमा आयोजना हुने खेलका लागि बलियो पूर्वाधार तयार भएकाले रात्री समयमा खेल आयोजना हुने गरेको क्लबका महासचिब शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो । यसअघि विहिवार भएको उद्घाटन खेलमा आयोजक क्लबलाई ३–१ गेल अन्तरले पराजित गर्दै केविए ग्लोबल भरतपुर फुटबल क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जगदम्बा स्टिलको मूख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपियाँँ प्राप्त गर्नेछन् ।  

स्पिरिट अफ क्रिकेट अवार्ड विजेता आसिफलाई मधेश प्रदेश सरकारद्वारा दुई लाख

Image
जनकपुरधाम । मधेश प्रदेश सरकारले यस प्रदेशका अन्तराष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई …क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड' दिएपछि प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र देशको शिर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो । पर्सा जिल्लाको वीरगञ्ज निवासी आसिफले २०२२ फेब्रुअरी १४ मा आयरल्याण्डविरुद्धको टी–२० अन्तराष्ट्रिय खेलमा आयरिस खेलाडी एन्डी म्याकब्रायनलाई रन आउट गर्ने अवसर पाउFदा पनि खेलभावना देखाउFदै रनआउट नगरेपछि आइसीसी(अन्तराष्ट्रिय क्रिकेट काउन्सिल) ले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ समेत प्रदान गरेको थियो । सो म्याचमा एन्डी म्याकब्रायन नेपाली बलर कमलसिंह ऐरीसFग जुधेर लडेपछि आसिफको हातमा बल आएको थियो । रनआउट गर्ने सहज मौका हुFदा पनि उहाFले रनआउट गर्नुभएन् । त्यसैले आइसीसीले आसिफको खेलभावनाको उच्च सम्मान गर्दै वर्षको …आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड' प्रदान गरेको थियो । सोही सन्दर्भमा अस्ट्रेलियाको फक्स स्पोर्टस्लेसमेत …ब्रिलिएन्ट स...

बसले ब्याक गर्ने क्रममा ठक्कर लागेर एकजनाको मृत्यु

Image
वीरगंज, २१ फागुन/ बसले ब्याक गर्ने क्रममा एकजनालाई ठक्कर दिंदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले जनाएको छ । आइतवार मध्याह्न १२ बजेको समयमा बारा, निजगढ नगरपालिका–८ स्थित बुधचोकमा वीरगंजबाट बिराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० नं. को बस ब्याक गर्ने क्रममा सोही ठाउँ बस्ने वर्ष ५० को मजिद मियाँलाई ठक्कर दिई घिसारेर गम्भीर घाइते बनाएको थियो । उनको सि.टी. अस्पतालमा उपचार पश्चात थप उपचारको लागि  गण्डक हेल्थकेयर अस्पताल वीरगंज ल्याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सिरहा सुखीपुर नगरपालिका–८ बस्ने वर्ष ४२ को ललन कुमार दास र बसलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  Virus-free. www.avast.com

विदेशी कुकुरलाई काखा, सामुदायिक कुकुरलाई पाखा भन्दै प्रदर्शन

Image
वीरगंज, १७ फागुन । विदेशी कुकुरलाई काखा, सामुदायिक कुकुरलाई पाखा प्लेकार्ड बोक्दै आज बुधवार पशु अधिकारकर्मीहरूले वीरगंजमा प्रदर्शन गरेका छन्। वीरगंजमा भुस्याहा कुकुर नियन्त्रण गर्नु पर्नेमा निर्मम रूपमा हत्या गरिएको भन्दै सुमार्ग बिन्दु आमा फाउन्डेशनको अगुवाइमा पशु अधिकारकर्मीहरूले विरोध ¥याली प्रदर्शन गरेका हुन् । वीरगंजको घण्टाघर चोकबाट निस्किएको विरोध र्रुयालीले नगर परिक्रमा गरेको थियो । पशु अधिकारकर्मीहरूले अज्ञात समूहले मारेका कुकुरहरूको तस्बिरमा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण पनि गरेका थिए । विरोध र्रुयालीमा सहभागी पशु अधिकारकर्मीहरूले कुकुर मार्ने अभियान बन्द गर, कुकुर हाम्रो संरक्षक हो, निरीह कुकुरलाई मार्न पाइँदैन, निरीह कुकुरलाई मार्नु कुनै पुरूषार्थ होइन, निरीह कुकरलाई मार्नु दण्डनीय अपराध हो जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। विगत केही समय देखि वीरगंजमा कुकुरहरू मार्ने अभियान चलाइएपछि त्यसको विरोधमा वीरगंज महानगरपालिका लगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराउन शान्तिपूर्ण विरोध र्रुयालीको आयोजना गरिएको सुमार्ग बिन्दु आमा फाउन्डेसनकी अध्यक्ष प्रतिभा कोइरा...

ठोरीको शिकारीवासमा दुर्घटना, युवकको मृत्यु

Image
वीरगंज, १७ फागुन । पर्साको ठोरीस्थित शिकारीबास पुलमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते युवकको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ठोरी गाउँँपालिका ४, विजय बस्तीका २८ वर्षीय हर्क बहादुर श्रेष्ठ गम्भीर घाइते भएको र उनको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएको थियो । Virus-free. www.avast.com