Posts

Showing posts from January, 2022

कुखुरा फर्ममा आगलागी

जनकपुर,१७ माघ । सर्लाहीको बरहथवा नगरपालिकास्थित कुखुरा फर्ममा आगलागी हुँदा १७ सय कुखुरा जलेका छन् । नगरपालिकाको वडा नम्बर ७ स्थित राम सिंहासन साहले सञ्चालन गरेको फर्ममा विद्युत सर्ट भएर राति १२ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्म र फर्मभित्र रहेको १७ सय कुखुराको चल्ला जलेको प्रहरीले जनाएको छ । उक्त आगलागीले २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ । 

गुगल क्रोमको एन्ड्रोइड भर्सनमा नयाँ फिचर, अब ट्याब बन्द गर्नुअघि अनुमति माग्ने

काठमाडौं । बजारमा दर्जनौं वेब ब्राउजर भएपनि गुगल क्रोम बढी प्रयोग हुने ब्राउजर हो । जुन स्मार्टफोनमा समेत धेरैले प्रयोग गर्दै आएका छन् । यस्तोमा कम्पनीले समय समयमा नयाँ नयाँ फिचर उपलब्ध गराउँदै आएको छ  । यसै क्रममा कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ फिचरका साथ नयाँ भर्सनको परीक्षण गरेको छ । जसमा प्रयोगकर्ताले गुगल क्रोम चलाउँदा त्यहाँ खोलिने ट्याबहरुको हुनसक्ने महत्वलाई ध्यानमा दिँदै यो फिचर उपलब्ध गराउने भएको हो । यसको अर्थ अब कुनै ट्याब खोलिएको छ भने उक्त ट्याब बिना कुनै जानकारी बन्द नहोस् भन्ने उद्देश्यले बन्द हुनुअघि प्रयोगकर्तासँग अनुमति माग्नेछ । त्यो हुँदा यदि कुनै ट्याब महत्वपूर्ण छ भने त्यो बन्द नगर्ने भनेर क्यान्सिल गर्न सकिन्छ । गुगल क्रोमको यो नयाँ फिचरको विषयमा टेकडोस र एन्ड्रोइड पुलिसले जानकारी सार्वजनिक गरेका हुन् । उनीहरूका अनुसार गुगल क्रोमले नयाँ भर्सनको रुपमा क्रोम क्यान्री १०० सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।  The post गुगल क्रोमको एन्ड्रोइड भर्सनमा नयाँ फिचर, अब ट्याब बन्द गर्नुअघि अनुमति माग्ने appeared first on Tech News Nepal . from Te...

खाल्डोमा डुबेर ५ वर्षीय बालिकको मृत्यु

१७ माघ २०७८, सोमबार बारा । निजगढ नगरपालिका– ७ लिचीटोलमा जगलाल साहको घर छोउमा रहेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । कलैया उपमहानगर घर भई हाल लिचीटोलमै बस्दै आएका रामाकान्त यादबका छोरा ५ वर्षीय विवेक यादबको शव पोखरीमा भेटिएको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिए ।आईतबार दिउसो करीब ३ बजेदेखि बालक हराएको भन्दै वरिपरि छिमेकी, साथीभाइसँग बुझ्दासमेत कतै फेला नपरेपछि मृतक बालकका साथिले खाल्डोमा रहेको जानकारी दिएसंगै खोजतलास गर्दा राति करिब ८ बजे खाल्डोमा बच्चा डुबेको अबस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घरको भान्छाबाट निस्किने फोहोर जथाभावी खाल्डा खनेर पोखरी बनाएर बारसमेत नहाली राख्दा हरेक वर्ष निजगढमा यसैगरी बच्चा डुब्ने गरेका छन् । शवपरीक्षणका लागि कलैया स्थीत कलैया अस्पताल पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

Image
सर्लाही, १७ माघ (रासस) ः यहाँका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने छ । जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन पाँच दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयका पठनपाठन भने माघ मसान्तसम्म नै बन्द हुनेछ । जिल्लामा एक लाखभन्दा बढी विद्यार्थीले मोर्डना खोपको पहिलो डोज लगाएका छन् । सबै पालिकामा खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले राससलाई बताउनुभयो । डीसीसीएमसीको बै...

निमित्तका भरमा गुणस्तर तथा नापतौल कार्यालय

वीरगञ्ज, १७ माघ (रासस) ः मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले गत मङ्सिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि हालसम्म निमित्तका भरमा कार्यालय सञ्चालन हुँदै आएको छ ।   गुणस्तर तथा नापतौल विभागबाट हालसम्म उपसचिव नपठाएपछि आफैँले निमित्त प्रमुखका रुपमा कामकाज गर्दै आएको निमित्त प्रमुख नापतौल अधिकृत सुशीलकुमार यादवले  जानकारी दिनुभयो  ।  वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयसहित उक्त कार्यालयको मातहातमा बागमती प्रदेशको मकवानपुर हेटौँडास्थित ट्याङ्कर क्लीब्रेसन एकाइ (पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर परीक्षण गर्ने)  कार्यालय रहेको छ ।  दुवै कार्यालयमा गरी हाल करिब १४ कर्मचारी कार्यरत छन् ।  सो कार्यालयबाट विभिन्न व्यापार तथा व्यवसायमा आवश्यक पर्ने नापतौल तथा नापतौल गर्ने यन्त्रको इजाजत प्रमाणपत्र जारी गर्ने  तथा नवीकरण गर्ने  काम हुने गर्दछ  । साविकको गुणस्तर तथा नापतौल विभागअन्तर्गतको  नारायणी अञ्चल कार्यालयमा रहेको उक्त कार्यालयको हाल मधेश प...

एसएमएसबाट राष्ट्रिय परिचयपत्र नम्बर पाउन सकिने

काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि सरकारले सञ्चालन गरेको अभियानमा आफ्नो विवरण दर्ता गरेर पनि राष्ट्रिय परिचयपत्र नम्बर नपाएका नागरिकका लागि एसएमएसबाट नम्बर पाउने सुविधा सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले हालै औपचारिक रुपमा यो सेवा सञ्चालनमा ल्याएको हो । ई-पासपोर्टका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्र अब क्रमशः अन्य सेवामा समेत अनिवार्य गरिँदैछ । यस्तोमा तपाईंले पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्नुभएको छ र राष्ट्रिय परिचयपत्र नम्बर पाउनुभएको छैन भने त्यसका लागि एसएमएस सेवा लिन सक्नुहुन्छ । यस अन्तर्गत मोबाइलको म्यासेज बक्समा गई N<स्पेस> १६ अङ्कको आवेदन नम्बर टाइप गरी ३०००१ मा म्यासेज गर्नुपर्नेछ । उदाहरणका लागि कसैको आवेदन नम्बर 1234567891234567 छ भने N 1234567891234567 टाइप गरी ३०००१ मा म्यासेज गर्नुपर्ने हुन्छ । म्यासेज गरे पश्चात पनि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नभएमा विभागले ह्वाट्सएपमार्फत सम्पर्क गर्ने व्यवस्था समेत मिलाएको छ । त्यसका लागि ह्वाट्सएपमा गएर बागमती र गण्डकी प्रदेशका नागरिकले ९८५१३१६०३४ र लुम्बिनी, कर्णाली र सुदूर...

प्रहरीमा जागिर लगाइदिने भन्दै ८ लाख ठगी, एकजना पक्राउ

१७ माघ, जनकपुरधाम । प्रहरीमा जागिर लगाइदिने नाममा आठ लाख रुपैयाँ ठगेको आरोपमा एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका ७ गडहिया टोल बस्ने एमडी राजा भनिने इजराइल मन्सुरी रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । इजराइलले गाउँकै अतिबुला मियाँको छोरालाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ८ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । 

लागूऔषधसहित दुईजना पक्राउ

१७ माघ, जनकपुरधाम । सर्लाही प्रहरीले एक महिलासहित दुई जनालाई विभिन्न लागूऔषधसहित पक्राउ गरेको छ । सदरमुकाम मलंगवा नगरपालिका ७ गणेशिया टोलबाट टेम्पोमा सवार महिलालाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । प्रदेश ०२–००१–ह १४०२ नम्बरको टेम्पोमा सवार मकवानपुरको कैलाश गाउँपालिका ५ बस्ने ३० वर्षीया करिश्मा मोक्तानलाई २० किलो ९ सय ग्राम गाँजासहित पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । यस्तै, कबिलासी नगरपालिका ८ बाट प्रहरीले कारमा सवार एक व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरेको छ । मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको एचआर २६ बीएफ १८७६ नम्बरको कारलाई जाँच गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । कारमा सवार लालबन्दी नगरपालिका ८ बस्ने ४३ वर्षीय अख्तर हुसेनको साथबाट डाइलेक्स डिसी सय एमएलको ११ बोतल, नुफिन/फेरगन ११ एम्पुल र हाइटेक इन्जेक्सन ३ थान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

यी युवाले बनाए २ करोड ७० लाख एमएएच भएको पावर बैंक !

Image
काठमाडौं । बजारमा धेरै पावर बैंक उपलब्ध छन्, जुन थोरै मूल्यमै किन्न सकिन्छ । बजारमा रहेका यी पावर बैंकमध्ये धेरै १० हजार एमएएच क्षमताका छन् । के तपाईंले कहिल्यै २ करोड ७० लाख एमएएच को विशाल पावर बैंक देख्नुभएको छ ? केही दिनअघि चीनका म्यानुअल गेन्ग नाम गरेका एक युवाले आफ्नो पछिल्लो आविष्कारका रुपमा २ करोड ७० लाख एमएएचको सुपर लार्ज पावर बैंक सार्वजनिक गरेका छन् । यी युवाका अनुसार यो विशाल पावर बैंकले बैंकले ३००० एमएएच ब्याट्री भएका पाँच हजार स्मार्टफोन फुल चार्ज गर्नसक्छ । यो पावर बैंक कुल ६० चार्जिङ पोर्टको साथ आउँदछ । यो यन्त्रले एकै समयमा धेरै मोबाइल चार्ज मात्र नगरी पावर बैंक र नोटबुक पनि चार्ज गर्न सक्छ । साथै यसले टेलिभिजन, वासिङ मसिन र राइस कुकरका लागि समेत पावर प्रदान गर्न उनले बताएका छन् । यस विशाल पावर बैंकको आकारबारे डिजाइनरले कुनै आधिकारिक जानकारी भने दिएका छैनन् । यद्यपि तस्वीबाट हामी बताउन सक्छौं कि, यो उपकरण लगभग ६ फिट लामो र ४ फिट चौडा छ । यसको मोटाई १ फिटभन्दा बढी छ । तर यो निश्चित रूपमा खल्ती वा ब्याकप्याकमा फिट हुनेछैन । सम्भवतः यसलाई ढुवानी गर्न गाडी चाहिन्छ ।...

वैदेशिक रोजगारमा समस्या परे कल सेन्टरमा फोन गर्न सकिने

काठमाडौं । सरकारले वैदेशिक रोजगारका समस्यालाई तत्काल सम्बोधन हुनेगरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय परिसरमा सेवाग्राहीको गुनासो सुनुवाई गर्नेगरी कल सेन्टरको सुरुवात गरेका हुन् । मन्त्रालयका अनुसार कल सेन्टरमार्फत सेवाग्राहीको गुनासो तत्काल सुनुवाई गर्न ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ । श्रममन्त्री श्रेष्ठले वैदेशिक रोजगार बोर्डको सचिवालयमा राखिएको कल सेन्टरको काम जति प्रभावकारी हुनुपर्थ्यो त्यति हुन नसकपछि कल सेन्टर मन्त्रालयम स्थापना गर्नुपरेको स्पस्ट पारे । उनले आकर्षक कमाइ हुने प्रलोभनमा परी लाखौँ रुपियाँ स्वदेश वा विदेशमा रहेका कन्सल्टेन्सी, ट्राभल एजेन्सीका दलाललाई बुझाएर भ्रमण भिसामा गई विदेशमा अलपत्र परेका युवाको उद्धार गर्न पनि कल सेन्टर मन्त्रालयमै आवश्यकता भएको महसुस गरिएको बताए । यसले तत्काल वैदेशिक रोजगारीमा गएका, जाने प्रक्रियामै समस्यामा परेका जोकोहीका गुनासो यस कल सेन्टरमार्फत सम्बोधन गरिने जनाइएको छ । कल सेन्टरलाई चौबिसै घण्टा सञ्चालन गर्न ...

चोरीको मोबाइल, गांजासहित ५ जना पक्राउ

Image
वीरगंज, १६ माघ । माघ १५ गते बिहान २ः०० बजेको समयमा जिल्ला बारा प्रसौनी गा.पा. वडा न.२ स्थित शुभश्री मोबाइल पसल फुटाई पसलमा रहेको बिभिन्न कम्पनीको मोबाईलहरू चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।  जिप्रका बाराका प्रवक्ता प्र.ना.उ. राजेश थापाका अनुसार  चोरीमा संलग्न बारा प्रसौनी गा.पा.वडा न.१ मा बस्ने बिशाल मुखियाको घर खानतलासी गर्ने क्रममा पसलबाट चोरी भएको बिभिन्न किसिमको नयाँ मोबाइल सेट  ९४ थान, ब्याट्री, चार्जर, राउटर तथा अवैध लागू औषध गाँजा ६ किलो ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।  प्रहरीले मुखियासहित वर्ष २२ को बलिराम मुखिया, वर्ष २० को राम मुखिया, वर्ष २७ को पवन पटेल, वडा नं.४ खुटुवा टोल बस्ने  वर्ष २३ को रम्तुलाह अंसारी रहेको तथा उनीहरुलाई बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रउ थापाले जनाएको छ । 

प्रेस काउन्सिल नेपालको आ.व. २०७५–०७६ र २०७६–०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक

Image
वीरगंज, १६ माघ । प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आ.व. २०७५–०७६ र २०७६–०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको छ । आ.व. २०७५–०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३, प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२  पत्रपत्रिकामध्ये क वर्ग – २१९, ख वर्ग –४७६, ग वर्ग – १३७, घ वर्ग – १५ वर्गीकरण भएका छन् । त्यस्तै आ.व. २०७६–०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ मध्ये प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६० पत्रपत्रिकामध्ये क वर्ग – २३९, ख वर्ग – ४३१, ग वर्ग – १६३ र नियमित तर हुबहु र वर्ग कायम नभएका – ४५ वर्गीकरण भएका छन् । प्रेस काउन्सिलको मिति २०७८–१०–१४ मा बसेको बोर्ड बैठकले वितरण सम्परीक्षण समितिबाट प्राप्त प्रतिवेदनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ । साथै नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म शुरूमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग/पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने प्रेस काउन्सिल...

सरल रूपमा यसरी बुझ्नुहोस् ‘टु-फ्याक्टर अथेन्टिकेशन’ र यसको काम

काठमाडौं । अहिलेको समयमा हाम्रो व्यवसायिकदेखि व्यक्तिगत जीवन अनलाइनकाे दुनियाँमा जोडिएकाे छ । इन्टरनेटको व्यापक प्रयोग बढेसँगै यसको सुरक्षा चुनौती पनि थपिएको छ । बलियो र युनिक पासवर्डको प्रयोग गर्दा गर्दै पनि ह्याकरहरूले त्यसलाई सजिलै विफल गरी अकाउन्टमा पहुँच प्राप्त गर्न सक्दछन् । यस्तोमा हुनसक्ने खतराबाट बच्न धेरै वेबसाइट र सुरक्षा विशेषज्ञले प्रयोगकर्ताका लागि टु-फ्याक्टर अथेन्टिकेशन अपनाउन सुझाउने गर्छन् । याे प्रणालीले जसकाे अकाउन्ट हाे, उसलाई मात्र पहुँच दिन्छ । जसकारण आफ्नो अकाउन्टमा भएका डेटाको सुरक्षा सुनिश्चितता बढ्दछ । टु-फ्याक्टर अथेन्टिकेशन आफैंले पनि धेरै कुरा बुझाउँछ । दुई वटा तह (लेयर) मा आधिकारिकता प्रमाणित गर्ने प्रक्रिया नै खासमा टु-फ्याक्टर अथेन्टिकेशन हो । आज हामी यसले कसरी काम गर्छ र कति प्रकारका सुरक्षा फिचर हामी प्राप्त गर्न सक्छौँ भन्ने विषयमा कुरा गर्दैछौं । टु-फ्याक्टर अथेन्टिकेशन (2FA) ले वेबसाइटको लगईन प्रक्रियामा थप प्रमाणीकरण चरण थप्छ । यो, अलग-अलग रहेका दुईवटा जानकारीलाई संयोजन गरी सुरक्षा सुनिश्चितता बढाउने प्रक्रिया हो । उदाहरणका लागि पासवर्ड र अस...

बिटक्वाइनको आधिकारिक श्वेतपत्र अब नेपाली भाषामा पनि 

काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको आधिकारिक श्वेतपत्र अब नेपाली भाषामा पनि पढ्न पाइने भएको छ  । दुई युवा कृष्ण दाहाल र विवेक कोइरालाले बिटक्वाइनका संस्थापकको रुपमा चिनिँदै आएका सातोसी नाकामोतोले तयार पारेको बिटक्वाइनको श्वेतपत्र लाई नेपाली भाषामा अनुवाद गरेका हुन् । अन्य विभिन्न भाषासँगै अब नेपाली भाषामा पनि श्वेतपत्र सार्वजनिक भएको हो । याे श्वेतपत्र बिटक्वाइनको आधिकारिक वेबसाइटमा पढ्न सकिन्छ । श्वेतपत्रमा बिटक्वाइन भनेको के हो, यो कसरी सुरु भयो, यसमा रकम कसरी लेनदेन हुन्छ, ब्लकचेन प्रविधि, टाइमस्ट्याम्प सर्भर, काम कसरी हुन्छ, यसको नेटवर्किङ कस्तो हुन्छ, यसमा आम्दानी तथा भुक्तानी कसरी हुन्छ लगायतका विवरण उपलब्ध गराइएको छ । नेपालमा बिटक्वाइन लगायत कुनै पनि क्रिप्टोकरेन्सीको कारोबारमा सरकारले प्रतिबन्ध लगाएको छ । यद्यपि धेरै नेपालीले यसको विषयमा राम्रोसँग जानकारी पाइसकेका छैनन् । कतिले यसलाई सही भनिरहेका छन् भने कतिले यसलाई गलत बताइरहेका छन् । यही बीचमा करिब तीन हप्ता लगाएर यो श्वेतपत्र तयार पारिएको अनुवादक विवेक कोइरालाले बताए ।  bitcoin_np The post बिटक्वाइनको आ...

एन्ड्रोइडमा फैलियो खतरनाक भाइरस, बैंक खाता खाली गरी मोबाइल नै रिसेट हुने

काठमाडौं । प्रयोगकर्ताको बैंक खातामा पहुँच बनाई त्यहाँबाट पैसा निकाल्ने ट्रोजन अझ प्रभावकारी रूपमा फैलिएकाे पाइएको छ । ‘ब्राता’ (BRATA) नामक यो बैंकिङ-फ्रड ट्रोजन तीन वर्षअघि पहिलो पटक फेला परेको थियो । यसले सुरुवाती चरणमा एन्ड्रोइड प्रयोगकर्ताको बैंक खातमा पहुँच बनाउने मात्रै गर्दै आएको थियो । तर, अब भने बैंक खातमा पहुँचमात्र नबनाई प्रयोगकर्ताको मोबाइललाई पूर्ण रुपमा रिसेट गर्नसक्ने एक अनुसन्धानले उल्लेख गरेकाे छ । त्यो हुँदा प्रयोगकर्ताको खातमा भएको रकमका साथै मोबाइलमा रहेको सम्पूर्ण डेटा समेत उड्ने देखिएको छ । यो मालवेयर विशेषगरी गुगल प्ले स्टोर र थर्ड-पार्टी मार्केटप्लेस, पुश नोटिफिकेशन, ह्याकरको नियन्त्रणमा रहेको वेबसाइट, स्पोन्सर लिंक, ह्वाट्सएप तथा गुगल म्यासेज लगायतबाट प्रयोगकर्ताको एन्ड्रोइड डिभाइसमा छिर्ने गरेको छ । यसले सुरुवातमा ब्राजिलका प्रयोगकर्तालाई आफ्नो निशाना बनाएको थियो । तर, अब भने यो अमेरिका, युरोप, ल्याटिन अमेरिकामा पनि यो सक्रिय भएको जनाइएको छ । ब्राताको नयाँ क्षमताको विषय सेक्युरिटी फार्म ‘क्लिफी ल्याब’ ले फेला पारेको हो । ल्याबका अनुसार ब्रातामा जीपीएस ट...

साइबर हतियारको रुपमा भारतले जासुसी सफ्टवेयर ‘पेगासस’ किनेको खुलासा

काठमाडौं । भारतले सन् २०१७ मा साइबर हतियारको रुपमा जासुसी सफ्टवेयर पेगासस खरिद गरेको पाइएको छ । टेलिफोनमा हुने व्यक्तिगत कुराकानीलाई रेकर्ड गर्नसक्ने यो सफ्टवेयर इजरायली कम्पनी एनएसओ ग्रुपले बनाएको हो । भारतले सन् २०१७ मा एनएसओ ग्रुपसँग दुई अर्ब अमेरिकी डलरमा यसलाई खरिद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम न्यूयोर्क टाइम्सले जनाएको छ । यसअघि भारतका धेरै प्रतिष्ठित व्यक्तिहरू यसको शिकार बनेका थिए । जसमा भारतका लागि नेपालका तत्कालीन राजदूत निलाम्बर आचार्य समेत यसको शिकार बनेका थिए । यस्तोमा हालै जारी भएको ‘दी ब्याटल अफ वर्ल्ड मस्ट पावरफूल साइबरवेपन’ प्रतिवेदनले यो सन् २०१७ देखि नै भारतमा प्रयोगमा आएको देखाएको हो । त्यतिबेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको इजरायल भ्रमणको क्रममा रक्षा सम्झौताको रुपमा पेगासस खरिद गरेको पाइएको छ । मिलिट्री–ग्रेड सफ्टवेयरको रुपमा खरिद भएको पेगाससलाई सोफिस्टिकेटेड तथा इन्टिलिजेन्स वेपनको रुपमा दुई अर्ब डलरको प्याकेजमा सम्झौता भएको खुलेकाे हाे । भारतका साथै अमेरिका, मेक्सिको, साउदी अरेबिया, पोल्याण्ड, हंगेरीलगायतका देशले पनि यो सफ्टवेयर खरिद गरेको प्रत...

पब्जी गेमको लतका कारण १४ वर्षीय बालकले गरे आमासहित परिवारका ४ जनाको हत्या

काठमाडौं । अनलाइन गेम पब्जीको गलत प्रभावका कारण १४ वर्षीय एक बालकले आफ्नी आमा, दाइ र दुई दिदीबहिनीलाई गोली हानी हत्या गरेका छन् । यो घटना पाकिस्तानको पञ्जाव प्रान्तमा भएको हो । ४५ वर्षीया स्वास्थ्यकर्मी नाहिद मुबारक गत हप्ता लाहोरको काहना क्षेत्रमा आफ्ना २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षका दुई छोरीहरूसँगै मृत फेला परेकी थिइन् । अनुसन्धान अनुसार परिवारमा बाँचेका उनै १४ वर्षीय बालक नै हत्यारा भएकाे खुलेकाे छ । नाबालिग भएका कारण प्रहरीले उनको नाम खुलाएको छैन । पब्जी अनलाइन गेमको लतमा परेका उनले आफ्नी आमाका साथै दाइ र दिदीबहिनीको हत्या गरेको स्वीकारेकाे प्रहरीले शुक्रबार गरेको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार लामो समय अनलाइन गेम खेलेर बिताउँदा उनलाई मनोवैज्ञानिक समस्या देखापरेको छ । छोराले पढाइमा ध्यान नदिने र आफ्नो अधिकांश समय पब्जी खेल्न बिताएको भन्दै आमाले बारम्बार सम्झाउने गर्थिन् । श्रीमानसँग सम्बन्धबिच्छेद गरी आमा आफ्ना छोरा छोरीसँग बस्दै आएकी थिइन् । घटना भएको दिन पनि आमाले उनलाई पब्जी खेल्न नछाेडेकाेमा गाली गरेकी थिइन् । राति परिवारका सबै सदस्य सुतेपछि ती बालकले क...

क्लासिक टेकको रिचार्जमा राउटर र सेट-टप बक्ससहित तीन महिनासम्म इन्टरनेट र टिभी निःशुल्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना ग्राहकका लागि रिचार्ज अफर ल्याएको छ । यसअन्तर्गत रिचार्जमा १५ प्रतिशत क्याश डिस्काउन्ट सहित इन्टरनेट र आईपी टिभीमा बोनस प्रदान गरिएको छ । ग्राहकले वार्षिक रिचार्जमा तीन महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् । साथै १७५ भन्दा बढी च्यानल भएको आईपी टिभी (लाइभ टिभी) सेवा पनि तीन महिनासम्म निःशुल्क पाउनेछन् । ग्राहकले रिचार्ज अफर अन्तर्गत नै तीन महिनाका लागि निःशुल्क अनलिमिटेड युट्युव पनि पाउने कम्पनीले जनाएको छ । साथै ग्राहकले ५ गिगाहर्ज ओएनयू मेश राउटर र स्मार्ट सेट-अप बक्ससमेत प्राप्त गर्नेछन् । यसैगरी आफ्ना साथीभाइ तथा आफन्तलाई इन्टरनेट जडानका लागि रिफर गर्दा रिफर गर्नेलाई कम्पनीले चार महिना इन्टरनेट तथा टिभी निःशुल्क उपलब्ध गराउने भएको छ । जसमा रिफर गर्ने व्यक्तिले दुई महिना इन्टरनेट र दुई महिना आईपी टीभी बोनस प्राप्त गर्नेछन्  । क्लासिक टेकले हाल १५०, २२५, ३२५, ६२५ र १००० एमबीपीएस गरी विभिन्न इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । The post क्लासिक टेकको रिचार्जमा राउटर र सेट-टप बक्ससहित तीन महिनासम्म इन्टरनेट र टिभी निःशुल्क ...

अब आईप्याडमा पनि ह्वाट्सएप चलाउन पाइने

काठमाडौं । धेरै प्रयोगकर्ताको लामो समयदेखिको पर्खाइ अब सकिने भएको छ । आईप्याडका लागि भनेर ह्वाट्सएपको छुट्टै एप आउने भएको छ । कम्पनीले यसका लागि काम गरिरहेको खबर द भर्ज ले प्रकाशन गरेकाे छ । धेरै प्रयोगकर्ताले एप्पलको ट्याब्लेट ‘आईप्याड’ मा ह्वाट्सएप प्रयोग गर्न नपाएकोमा गुनासो गर्दै आएका थिए । अब भने कम्पनीले आईप्याडको लागि लाई ह्वाट्सएपको एप चाँडै नै सार्वजनिक गर्ने भएकाे छ । व्यवसायिक कामका लागि पछिल्लो समय ह्वाट्सएप निकै नै प्रयोगमा आएको छ । यसले गर्दा पनि आईप्याडमा याे एपको माग बढेको हो । हुन त कम्पनीले एकभन्दा बढी डिभाइसमा ह्वाट्सएप प्रयोग गर्न मिल्ने फिचर पनि ल्याएको छ । ब्राउजरबाट पनि ह्वाट्सएप प्रयोग गर्न सकिन्छ । तर प्रयोगकर्ताको लागि यो त्यति सहज छैन । यदि प्रयोगकर्ताको मोबाइलमा इन्टरनेट भएन भने डेस्कटपमा पनि ह्वाट्सएप नचल्ने लगायतका अन्य समस्या अझै यथावत् नै छन् । यसका लागि पनि आईप्याड अथवा ट्याब्लेटमा छुट्टै प्रयोग गर्न मिल्ने गरी ह्वाट्सएपको एपको माग भइरहेको थियो । कम्पनीले आवश्यक काम सकेर चाँडै नै आईप्याड भर्सनको एप पनि सार्वजनिक गर्ने बताएको छ । The post अब आईप्या...

रेड्मी नोट ११ किन्न चाहनुहुन्छ ? यस्ता छन् मुख्य विशेषता

काठमाडौं । साओमीले हालै नेपाली बजारमा रेड्मी नोट ११ सार्वजनिक गरेकोे छ । क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, चिपसेट लगायतमा समयानुकूल अपग्रेड गर्दै यो फोन भित्र्याएको कम्पनीको दाबी छ । फ्ल्यागशिप क्यामेराको अनुभव दिन नोट ११ मा ५० मेगापिक्सेल क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा, २ मेगापिक्सेल म्याक्रो क्यामेरा र २ मेगापिक्सेलकै डेप्थ क्यामेरा छ । ११८ डिग्रीको भ्युइङ एङ्गल भएको अल्ट्रा-वाइड क्यामराले राम्रो पोट्रेट फोटो खिच्न सकिने कम्पनीको दाबी छ । उसका अनुसार २ मेगापिक्सेलको म्याक्रो क्यामराले नजिका वस्त राम्रो डिटेल सहित खिच्न सक्छ । साथै फोनको अगाडिपट्टि रहेको १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । १२० हर्जसम्मको रिफ्रेस रेट र ३६० हर्जसम्मको टच स्याम्प्लिङ रेटसहितको फोनले स्मुथ एनिमेसन र ल्याग फ्री ट्रान्जिसनका साथ प्रयोगकर्ताको स्क्रिन अनुभवलाई राम्रो बनाउनसक्छ । यसको फिङ्गर टच अझ प्रेसाइज रहेको कम्प्नीको दाबी छ । रेड मि नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा फुल एचडी प्लस एमोलेड डट डिस्प्लेले डीसीआई पीथ्री वाइड कलर गामट फिचर गरिएको छ, जसले थप जीवन्त रङ र विव...

आईओएस १५.४ को पब्लिक बेटा सार्वजनिक, यसरी गर्नुहोस् इन्स्टल

काठमाडौं । एप्पलले आईओएस १५.४ भर्सन चाँडै नै सार्वजनिक गर्दैछ । यो भर्सन सार्वजनिक हुनुअगाडि नै यसको विषयमा हामीले धेरै चर्चा सुन्दै आएका छौं । मास्क लगाउँदा पनि फेस आईडी चल्ने लगायत विभिन्न फिचरबारे चर्चा भइरहेको छ । यदि तपाईं पनि नयाँ भर्सनमा फिचर के कस्तो छ भनेर थाहा पाउन उत्साहित हुनुहुन्छ भने कम्पनीले बेटा भर्सन सार्वजनिक गरिसकेको छ । बेटा भर्सनमा बगहरूको समस्या हुनसक्छ । तपाईंलाई यदि यी बगबाट केही फरक पर्दैन भने यसको बेटा भर्सन इन्स्टल गरेर प्रयोग गर्न सक्नुहुन्छ । अर्को महत्त्वपूर्ण कुरा भनेको यो बेटा भर्सन चल्ने फोनहरू । यो भर्सन तपाईंले आईफोन १३, १३ प्रो, १२, १२ मिनी, १२ प्रो, १२ प्रो म्याक्स, आईफोन ११, ११ प्रो, प्रो म्याक्स, आईफोन एक्सएस, एक्सएस म्याक्स, आईफोन एक्स, एक्सआर, आईफोन ८, ८ प्लस, ७, ७ प्लस, ६ एस, ६ एस प्लस, आईफोन एसईको पहिलो र दोस्रो जेनेरेशन तथा आईपोड टचको सातौं जेनेरेशनमा चलाउन सक्नुहुन्छ ।  – यसको लागि आईफोनको सफारी ब्राउजरबाट एप्पलको बेटा सफ्टवेयर पोर्टल खोल्नुहोस् । – आफ्नो एप्पलआईडी साइनईन गर्नुहोस् । – त्यसपछि स्क्रिनमा देखिने ‘गेट स्टार...

चन्द्रमामा मानिस अवतरण गराउने चीनको महत्वकांक्षी योजना

काठमाडौं । चीनले आफ्नो अन्तरिक्ष पूर्वाधारलाई सुदृढ गर्ने र मानिसहरूलाई अन्तरिक्षमा लैजानका लागि अर्को पुस्ताको अन्तरिक्ष यान विकास गर्ने लक्ष्य सहित पाँच वर्षे अन्तरिक्ष अन्वेषणको योजना सार्वजनिक गरेकाे छ । चीनले केही वर्षदेखि चन्द्रमामा मानिसहरूलाई कसरी लान सकिन्छ भन्ने कुराको अनुसन्धान गरिरहेको छ । विगत केही दशकमा चीनले आफ्नो क्षमता विस्तार गर्न, अन्तरिक्षयानहरूको प्रक्षेपण गर्न र यसको दायरा बढाउन, साथै मंगल ग्रहमा रोबोटिक रिसर्च लगायत नयाँ क्षेत्रमा काम गर्दै आएको छ । एक श्वेतपत्र जारी गर्दै चीनले लामो समयदेखि सञ्चालन गरिरहेको चन्द्रमा अनुसन्धान तथा अन्वेषणको दीर्घकालीन अभियानलाई पनि जोड दिएको छ । यस अभियान अन्तर्गत केही वर्षको अन्तरालमा चन्द्रमाको सतहमा ल्यान्डर र रोभरहरू पठाउने लक्ष्यलाई समावेश गरिएको छ। यही अभियान अन्तर्गत सन् २०१९ मा चन्द्रमामा रोभर अवतरण गराउने चीन पहिलो देश बन्न सफल भएको थियो । चन्द्रमाप्रति चीनको लगावलाई ध्यानमा राख्ने हो भने यो देशले अन्ततः चन्द्रमाको सतहमा पनि मानिसहरूलाई अवतरण गर्ने प्रयास गर्नेछ भन्ने वर्षौंदेखि अपेक्षा गरिएको थियो । आफ्नो ‘लुनार प्...

आउँदो फेब्रुअरी १५ मा सार्वजनिक हुँदै रियलमी ९ प्रो सिरिज

Image
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता रियलमीले आउँदो महिना रियलमी ९ प्रो र ९ प्रो प्लस सार्वजनक गर्ने तयारी गरेको छ । पछिल्लो समयमा यी मोडलबारे अनलाइनमा विभिन्न विवरण लिक भइरहेको छ । हालै यसको लिक भएको एक पोस्टरअनुसार मिडरेन्जका यी फोन फेब्रुअरी १५ मा सार्वजनिक हुने तालिका छ । यद्यपि यो मितिबारे कम्पनीले आधिकारिक विवरण प्रस्तुत गरेको छैन । रियलमी ९ प्रो क्वालकमको स्न्यापड्रागन ६९५ द्वारा सञ्चालित हुने अनुमान छ । त्यसैगरी प्रो प्लस मिडियाटेक डाइमेन्सिटी ९२० चिपसेटसहित सार्वजनिक हुने चर्चा छ । रियली ९ प्रोमा ३३ वाटको फास्ट चार्जिङसहित ५ हजार एमएएचको ब्याट्री र भने प्रो प्लसमा ६५ वाटको फास्ट चार्जिङसहित ४५०० एमएएचको ब्याट्री हुने चर्चा छ । Realme 9 Pro 5G series launching on February 15, 2022 globally. #realme #Realme9Pro #Realme9ProPlus pic.twitter.com/Eejx4NVFCY — Abhishek Yadav (@yabhishekhd) January 27, 2022 The post आउँदो फेब्रुअरी १५ मा सार्वजनिक हुँदै रियलमी ९ प्रो सिरिज appeared first on Tech News Nepal . from Tech News Nepal https://bit.ly/3KXa6h0 via

जासुसी गरेको भन्दै चिनियाँ टेलिकम कम्पनीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं । राष्ट्रिय सुरक्षाको बहाना देखाउँदै अमेरिकाले चिनियाँ टेलिकम कम्पनी ‘चाइना युनिकम’ माथि प्रतिबन्ध लगाएको छ । संघीय सञ्चार आयोग (एफसीसी) ले चाइना युनिकमकाे व्यवसाय सञ्चालन गर्ने अधिकार खारेज गर्न सर्वसम्मत रुपमा निर्णय भएको बताएको छ । कम्पनीले अमेरिकामा उपलब्ध गराएको टेलिकम सेवा ६० दिनभित्र बन्द गर्न पनि एफसीसीले निर्देशन दिएको छ । एफसीसीले उक्त कम्पनीले जासुसी गर्न खोजेको आफूहरूसँग प्रशस्त प्रमाण भएको बताएको छ । चिनियाँ राज्य-स्वामित्वका कम्पनीहरूले अमेरिकी दूरसञ्चार नेटवर्कहरूको सुरक्षामा वास्तविक खतरा खडा गरेको भन्दै यो निर्णय लिएको एफसीसीले जनाएको छ ।  यद्यपि बीबीसीसँग कुरा गर्दै चाइना युनिकमले भने आफ्नो अमेरिकी शाखाले विगतका दुई दशकमा ग्राहकका लागि भरपर्दो रूपमा अमेरिकी कानून र नियमहरूको पालना गर्दै सेवा दिएको दाबी गरेको छ । यस विषयमा वाशिङ्गटनमा रहेको चिनियाँ दूतावासले भने कुनै टिप्पणी दिएको छैन ।  पछिल्ला केही वर्षमा चिनियाँ प्रविधि र टेलिकम कम्पनीहरूलाई अमेरिकी अधिकारीहरूले राष्ट्रिय सुरक्षा चिन्ताको कारण देखाउँदै प्रतिबन्ध लगाएका छन् । The post जासुसी...

अवैध उत्खनन गरेको बालुवा लोड भएका २१ वटा ट्रयाक्टरसहित चालक पक्राउ

वीरगंज, १४ माघ/ अवैध उत्खनन गरेको बालुवा लोड भएका २१ वटा ट्रयाक्टर जिल्ला प्रहरी कार्यालय, पर्साले नियन्त्रणमा लिएको छ ।  आज बिहान पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.३२ भैडैया खोलाबाट अवैधरूपमा बालुवा उत्खनन् गरी बिक्री बितरण गर्ने उद्देश्यले वीरगंज–१६ नगवामा ल्याएको बालुवा लोड गरेको २१ वटा टयाक्टरसहित चालकलाई पक्राउ गरी बीरगञ्ज महानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।  प्रहरीले १.ना.६ त ४१४२, २. ना.५ त ४२३९, ३. ना.५ त २७९०, ४. ना.६ त ४७९७, ५. को २ त ३५२१, ६.ना.१ त ७६०४,  ७. ना.५ त २६०५,  ८. प्र.२–०३–००१ त २८७२, ९. ना.३ त ७६०४, १०. प्र.०२–०३–००१ त ३४४२, ११. ना.५ त ८९६४, १२. प्र.२–०३–००१ त ३२३४, १३. ना.३ त २३५८, १४. मे १ ट ४८२८, १५. प्र–०२–०३–००त ५०८, १६. ना.६ त १३०३, १७. ना.५ त ४१५६, १८. ना.६ त १७५९, १९. ना.६ त ४७९९, २०. प्र.०२–०३–००१ त ७९४, २१. प्र.०२–००३–००१ त २८०९ नियन्त्रणमा लिएको जनाएको छ । 

हेरोइनसहित युवक पक्राउ

वीरगंज, १४ माघ/ जिल्ला प्रहरी कार्यालय बाराले खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको बारा प्रहरीका प्रवक्ता प्रनाउ राजेश थापाले जानकारी गराएका छन् ।  माघ १३ गते सीमा प्रहरी चौकी छतवाले बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–१ बटम चोकबाट भारत, बिहारको मोतिहारीका ३२ वर्षीय नबाब हुसेनलाई २१ ग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।  उनले मोटरसाइकलको भाइजरमा २१ ग्राम अवैध लागू औषध खैरो हेरोइन लुकाएको भेटिएपछि उनलाई पक्राउ गरी बारा जिल्ला अदालतबाट १० दिनको म्याद थमाइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रथम पथलैया कप फुटबल प्रतियोगिताको उपाधि बारा ११ फुटबल क्लबलाई

Image
बारा, १३ माघ । प्रथम पथलैया कप फुटबल प्रतियोगिताको उपाधि बारा ११ फुटबल क्लबले महेन्द्रनगर युवा क्लब, पिलुवालाई हराउँदै  जितेको छ ।  पथलैयास्थित श्रीकृष्ण मन्दिर मैदानमा भएको खेलमा बारा ११ ले महेन्द्रनगरमाथी १–० को सङ्घर्षपूर्ण जित हात पारेको हो । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार नगद प्राप्त गरेका छन्  ।    यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बारा ११ का कृपा चौधरी घोषित भएका छन् । उहाँले एक थान मोबाइल प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट फरवार्डको उपाधि नै घोषित हुनुभयो ।  प्रतियोगिताको उत्कृष्ट गोलरक्षक महेन्द्रनगरका सन्देश थापा मगर, उत्कृष्ट मिडफिल्ड महेन्द्रनगरका सन्दिप मोक्तान, उत्कृष्ट डिफेन्स महेन्द्रनगरका सुरेश वाइबा घोषित हुनुभयो । प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार महेन्द्रनगरका आकाश राना हात पार्नुभयो । उहाँले प्रतियोगिता अवधिभर चार गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक बारा ११ का सुलभजंग राणा घोषित भएका थिए । 

दस्तावेज प्रविधि मैत्री नहुँदा सेवा प्रवाहमा समस्या

वीरगञ्ज, १४ माघ/ पर्साको वीरगञ्जस्थित नापी कार्यालयको दस्तावेज प्रविधि मैत्री नहँुदा सेवा प्रवाहमा समस्या हँुदै आएको  छ । डिजिटल युगमा अझै पनि पुरानै शैलीमा कागजपत्र तथा दस्तावेजबाटै  कार्यालयबाट सम्पादन हुँदै आएको काममा ढिलाइ हुने गरेको छ । वीरगञ्जस्थित नापी कार्यालयमा नक्सा, पुराना स्रेस्तालगायत काजगात पुरानै दस्तावेजीकरणअनुसार रहेका छन् । यी सबै काजगात हालसम्म पनि कम्प्युटरमा दस्ताबेजीकरण हुन नसक्दा कार्यसम्पादनमा कठिनाइ हँुदै आएको कार्यालयका प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो । सबै काजगात आवश्यकताअनुसार कम्प्युटरमा दस्ताबेजीकरण गर्न आवश्यक छ ।  कार्यालय भाडाका तीन भवनमा सञ्चालन हुँदै आएको छ  । कार्यालयमा हाल २५ कर्मचारी कार्यरत छन् । 

नेपाली वस्तुको निर्यातमा वृद्धि

वीरगञ्ज, १४ माघ/ देशकै प्रमुख व्यापारिक नाकाका रूपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्पm हुने नेपाली वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । आव २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुको निर्यात १८६ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्ममा रू १९ अर्ब ५३ करोड ९० लाखभन्दा बढीको नेपाली वस्तु निर्यात भएको थियो । त्यसको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका हँुदै रू ३६ अर्ब २९ करोड ९६ लाख बढी अर्थात रू ५५ अर्ब ८३ करोड ५१ लाख मूल्यको नेपाली वस्तु निर्यात भएको छ । यो गत आवको तुलनामा १८५.७६ प्रतिशत बढी हो । वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्पm निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडा लगायतका वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्पm हुने नेपाली वस्तुकोे नि...

पर्सामा ८१ किलो गांजासहित चारजना पक्राउ

Image
वीरगंज, १४ माघ ।  जिल्ला प्रहरी कार्यालय, पर्साले ७९ किलो गाँजासहित चारजनालाई पक्राउ गरेको छ ।  माघ १३ गते राति २०ः३० बजे जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ विश्रामपुर मौजे बस्ने वर्ष ६० को गणेश साह कलवारले आफ्नै घरमा लागु औषध गाँजाको बिक्री गरिरहेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो ।  प्रहरीले कलवारको घर  खानतलासी गर्दा खाटमुनी सुनियोजित तरिकाले लुकाइ राखिएको ७४ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।  प्रहरीले कलवारसहित उनका छोरा वर्ष ३४ को सन्तोष साह कलवार पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।  यसैगरी प्रहरीले विन्दावासिनी गा.पा.४ अमरपट्टीबाट झौवा जाने बाटो ७ किलो गांजासहित पैदल यात्री सखुवाप्रसौनी गा.पा.१ दोहोरी टोल बस्ने वर्ष ३५ को सुरेश दास र भारत विहार जिल्ला मोतिहारी भेलाही थाना १ बस्ने वर्ष ४२ को दसाही दासलाई पक्राउ गरेको छ ।  पक्राउ परेका उनीहरुलाई ई.प्र.का.पोखरियाबाट लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिप्रका, पर्साका प्रवक्ता प्रनाउ ओमप्रकाश खनालले जानकारी गराएका छन् । 

पर्सामा ७९ किलो गांजासहित चारजना पक्राउ

Image
वीरगंज, १४ माघ ।  जिल्ला प्रहरी कार्यालय, पर्साले ७९ किलो गाँजासहित चारजनालाई पक्राउ गरेको छ ।  माघ १३ गते राति २०ः३० बजे जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ विश्रामपुर मौजे बस्ने वर्ष ६० को गणेश साह कलवारले आफ्नै घरमा लागु औषध गाँजाको बिक्री गरिरहेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो ।  प्रहरीले कलवारको घर  खानतलासी गर्दा खाटमुनी सुनियोजित तरिकाले लुकाइ राखिएको ७४ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।  प्रहरीले कलवारसहित उनका छोरा वर्ष ३४ को सन्तोष साह कलवार पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।  यसैगरी प्रहरीले विन्दावासिनी गा.पा.४ अमरपट्टीबाट झौवा जाने बाटो ७ किलो गांजासहित पैदल यात्री सखुवाप्रसौनी गा.पा.१ दोहोरी टोल बस्ने वर्ष ३५ को सुरेश दास र भारत विहार जिल्ला मोतिहारी भेलाही थाना १ बस्ने वर्ष ४२ को दसाही दासलाई पक्राउ गरेको छ ।  पक्राउ परेका उनीहरुलाई ई.प्र.का.पोखरियाबाट लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिप्रका, पर्साका प्रवक्ता प्रनाउ ओमप्रकाश खनालले जानकारी गराएका छन् । 

सर्लाहीमा ट्याक्टरमा बस ठोक्किंदा २४ जना घाइते

Image
१४ माघ, काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ । भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा रोकीराखेको उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरमा आज बिहान सवा चार बजे ठोक्किएको थियो । प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये रुपन्देहीकी २५ वर्षीया कृतिका चौधरीको अवस्था गम्भिर छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । अन्य घाइतेहरुको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । 

१६० केजी गाजा बरामद

Image
१४ माघ २०७८, शुक्रबार महोत्तरी –  सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलाेग्राम गाजा बरामद गरेको छ । सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टोलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो । सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो । परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको गाजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले जानकारी दिए ।

सेवा कटौती गर्दै सरकारी कार्यालय

वीरगञ्ज, १३ माघ  कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको र कर्मचारी सङ्क्रमित हुन थालेपछि पर्सास्थित विभिन्न सरकारी कार्यालयले अत्यावश्यकबाहेकका सेवा–सुविधा कटौती गर्न थालेका छन् ।  पछिल्लोपटक जिल्ला अदालत पर्साले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएका कारण सर्वसाधारणको भीडलाई व्यवस्थित गर्न आफ्ना सेवामा कटौती गरेको जनाएको छ । अदालतले बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञाको रिट नियमितरूपमा सुनुवाइ गर्ने, फिराद दाबी फिर्ता तामेली एवं मिलापत्रसम्बन्धी निवेदन गोला लाग्नुअघि निवेदन परेमा सोही दिन र त्यसपछि निवेदन परेमा सोको भोलिपल्ट सुनुवाइ गरिने जनाएको छ । त्यसैगरी म्याद थप गर्ने, पक्राउ पूर्जी जारी गर्न अनुमति दिने तथा जरुरी पक्राउ पूर्जी स्वीकृत गर्ने तथा बाल निगरानी कक्षमा रहेका बालबालिकालाई अभिभावकको जिम्मामा दिने निवेदनमा नियमित सुनुवाइ गर्ने भएको हो ।  यसैगरी नेपाल सरकार बादी भई चलेका मुद्दा स्वास्थ्य सतर्कता अपनाउँदै पेशी व्यवस्थापन गर्ने, एक दिनमा २० थान तथा अन्तिम म्याद भएका फिराद दर्ता मात्र दर्ता गर्ने, दर्ताद्वारा विवाह, धर्मपुत्र–पुत्रीको निवेदन अधिकृत वारेसनामा प्रमाणित, मृत्य...

रौतहटमा ट्याक्टरले किचेर बालकको मृत्यु

Image
रौतहट, १३ माघ ।  रौतहटको फतुवा विजयपुरमा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ ।  फतुवा बिजयपुर ९ बडहरवा टोलमा आज बिहान पौने १० बजे अन टेस्ट नम्बरको सोनालिका ट्याक्टरले किचेर स्थानीय सनोज यादवका ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको हो । स्थानीय मनोज यादवले चलाएर लगेको ट्याक्टर बडहरवा गाउँमा रोकिएर राखेको ठाउँमा ब्रेक फेल भई गुड्दा बालकको मृत्यु भएको प्रहरीको भनाई छ ।  सडकमा खेलिरहेका बालकलाई पछाडिको चक्काले किच्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय  लक्षमियाका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले जानकारी दिए । घटनालगत्तै चालक मनोज यादव फरार भएको विश्वकर्माले बताए। मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । फरार चालकको खोजी भैरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय लक्षमिनियाले जनाएको छ ।

२५ किलो चाँदीसहित दुईजना पक्राउ

Image
बीरगन्ज,१३ माघ । बाराबाट काठमाडौँतर्फ चाँदी पठाउन खोज्ने दुई युवक पक्राउ परेका छन । कपडाको झोलाभित्र लुकाएर पठाउन लागिएको झण्डै २५ केजी चाँदीसहित दुई जना पक्राउ परेका हुन् । उनीहरु विमानस्थलसम्म उक्त चाँदीका गरगहना कुरिअर गर्न आएका थिए । प्रहरीले बताएअनुसार पक्राउ पर्नेमा पर्साको बीरगन्ज महानगरपालिका(१५ का ३० वर्षीय ओम प्रकाश साह सोनार र बारा घर भई हाल बीरगन्ज महानगरपालिका(१६ बस्ने ३२ वर्षीय अजय कुमार सर्राफ रहेका छन् । उनीहरुले २४ केजी ९६० ग्राम चाँदी कुरिअरमार्फत काठमाण्डौं पठाउन थालेका थिए । विमानस्थलमा एक्सरे गरि मेटल जाँच गर्ने क्रममा झोलाभित्र लुकाएर पठाउन लागिएको चाँदीका गरगहना फेला परेका थिए । पठाउन लागिएका गरहनाको बिलसमेत शंकास्पद देखिएपछि कुरिअर गर्न आएका सोनार र सर्राफलाई समातिएको प्रहरीको भनाई छ । पक्राउ परेकालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रहरीले बताएको छ ।  

बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट २ जनाको मृत्यु

Image
वीरगञ्ज, १३ माघ । बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुर्ई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो । कलैया–वीरगञ्ज सडक खण्डको कलैया–५ स्थित विजय आयल स्टोर अगाडि गएराति साढे ८ बजे भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । कलैयाबाट वीरगञ्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार नरेश र शितल घाइते भएका थिए । उनीहरूलाई शुरूमा उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो । नारायणी अस्पतालबाट थप उपचारका लागि उनीहरूलाई नेशनल मेडिकल लगिएको थियो । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राति साढे १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । फरार स्कारपियो चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Image
रौतहट, १३ माघ । रौतहटमा भएको मोटरसाइकल दुर्घटनामा दुर्ई जनाको मृत्यु भएको छ । रौतहटको गरूडा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको हो । उनीहरू सवार ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल बुधवार राति अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ ।

वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवैलाई नेटटिभी सहित १ महिनाको इन्टरनेट निःशुल्क

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ । कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभी सहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने भएको हो । बुधबारदेखि सुरु भएको यो अफरमा वर्ल्डलिङ्कका जुनसुकै विद्यमान ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्नका लागि आफ्ना साथीभाइ तथा आफन्तलाई रिफर गर्न सक्नेछन् । यसरी रिफर गरेपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको इन्टरनेट प्याकेज लिनुपर्नेछ । त्यस लगत्तै दुवै ग्राहक (रिफर गर्ने र लिने) ले नेटटिभी सहित एक महिनाको इन्टरनेट निःशुल्क रुपमा पाउनेछन् । वर्ल्डलिङ्कले उपलब्ध गराइरहेका सबै इन्टरनेट प्याकेजमा यो अफर लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल १५० एमबीपीएस, २२५ एमबीपीएस, ३०० एमबीपीएस र ६०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार ग्राहकले जतिसुकै व्यक्तिलाई इन्टरनेट रिफर गर्न सक्नेछन् । यसरी तीन जनालाई इन्टरनेट रिफर गर्दा रिफर गर्ने व्यक्तिले तीन महिनाको इन्टरनेटसँगै फाइभजी सहितको डुअल ब्यान्डमा निःशुल्क रुपमा अपग्रेड...

नेपाली बजारमा आज सार्वजनिक हुँदै रेड्मी नोट ११

काठमाडौं । साओमीले बिहीवार नेपाली बजारमा रेड्मी नोट ११ सार्वजनिक गर्ने भएको छ । गत वर्षको अक्टोबरमा चिनियाँ बजारमा सार्वजनिक भएको रेड्मी नोट ११ को तुलनामा केही फरक विशेषतासहित आज ग्लोबल इडिशन सार्वजनिक हुन लागेको हो । फोरजी सपोर्ट गर्ने यो फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.४३ इन्चको फुलएचडी प्लस एमोलेड डिस्प्ले छ । १८० हर्जसम्मकाे टच स्याम्पलिङ रेट रहेको फोनको डिस्प्ले १०० निट्ससम्म उज्यालो हुने जनाइएको छ । स्न्यापड्रागन ६८० चिपसेटमा चल्ने फोनमा ४/६४ जीबी, ४/१२८ जीबी र ६/१२८ जीबी गरी तीन भेरियन्ट छ । रेड्मी नोट ११ को ग्लोबल इडिशनमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा-वाइड-एंगल सेन्सर र समान २ मेगा पिक्सेलका म्याक्रो र पोट्रेट लेन्स छन् । फोनको अगाडि भागमा सेल्फी तथा भिडिओ खिच्न र भिडिओ कल गर्न १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । लामो ब्याकअप प्रदान गर्नका लागि रेड्मी नोट ११ मा ५,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसले यूएसबी टाइप(सी पोर्टमार्फत ३३ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्दछ । यसलाई कम्पनीले भने ६२ मिनेटमा फूल चार्ज हुने दाबी गरे...

इन्स्टाग्राममा रिल्स र लाइभ भिडिओलाई यसरी शेड्युल गर्नुहोस्

Image
काठमाडाैं । इन्स्टाग्राम मुख्यतया यसको रिल्सका लागि प्रयोगकर्ताबीच लोकप्रिय छ । इन्स्टाग्राम रिल्स एउटा छोटो-भिडिओ बनाउने सुविधा हो । यसमा तपाईंले धेरै फिल्टर, स्टिकर र गी प्रयोग गरेर छोटो भिडिओ बनाउन सक्नुहुन्छ । साथै, सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले हामीलाई हाम्रा फलोअरसमक्ष लाइभ जाने सुविधा पनि दिन्छ । तपाईं नियमित रूपमा रिल्सहरू बनाउनुका साथै इन्स्टा लाइभ जानुहुन्छ भने तपाईंका लागि निकै उपयोगी टिप्सबारे आज चर्चा गर्छौं । कहिलेकाहिँ तपाईं रिल्स शुटिङपछि तुरुन्तै अपलोड गर्न चाहनुहुन्न, यसको सट्टा तपाईं यसलाई निश्चित समय तोकेर अपलोड गर्न चाहनुहुन्छ भने उपयुक्त समय ताेकेर शेड्युलममा राख्न सक्नुहुन्छ । साथै आफ्नो लाइभ स्ट्रिम शेड्युलमा राख्न चाहनुहुन्छ भने एपभित्रै सुविधा छ । तर रिल्स भिडिओ शेड्युल गर्न भने थर्ड पार्टी एप आवश्यक हुन्छ । आज हामी इन्स्टाग्राम लाइभ र रिल भिडिओ कसरी शेड्युलमा राख्ने भन्नेबारे चर्चा गर्दैछाैं । इन्स्टाग्राम लाइभ भिडिओ यसरी शेड्युल गर्नुहोस्   यदि तपाईं लाइभ स्ट्रिम शेड्युल गर्दै हुनुहुन्छ भने इन्स्टाग्रामले तपाईंलाई लाइभ स्ट्...

अब ईसेवाबाटै खानेपानीको महसुल भुक्तानी गर्न सकिने

काठमाडौं । अब अनलाइनबाटै खानेपानीको महसुल भुक्तानी गर्न सकिने भएकाे छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र ई-सेवाबीच बुधबार सम्झौता भएसँगै अब उपत्यकाबासी खानेपानी उपभोक्ताहरूले अनलाइनबाटै खानेपानीको महसुल तिर्नसक्ने भएका हुन् । खानेपानीको बिल अनलाइन भुक्तानी सेवा दिनका लागि पहिलो चरणमा ईसेवा फोनपे प्रालि छनौटमा परेको थियो । छनौट भएका अन्य सेवा प्रदायक संस्थाहरूसँग पनि सम्झौता गर्ने तयारी भइरहेको केयूकेएलले जनाएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले चाँडै नै एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकसँग पनि सम्झौता गर्ने तयारी भइरहेकाे बताए । उनका अनुसार अबकाे केही दिनमै ई-सेवाबाट भुक्तानी सेवाकाे परीक्षण गरिने फागुन १ देखि सबै उपभोक्ताका लागि सेवा उपलब्ध गराइने छ । ग्राहकबाट अनलाइन मार्फत महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउन भन्दै केयूकेएलले गत कात्तिक १२ मा इच्छुक सेवाप्रदायकहरूबाट प्रस्ताव माग गरेको थियो । जसका लागि सात ओटा वालेट र चार ओटा बैंकले प्रस्ताव दर्ता गराएका थिए । यसअन्तर्गत ईसेवा, एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक छनौट भएका थिए । T...

facebook share

Image

उर्मिला अर्याल मधेस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित

Image
१२ माघ, जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित भएकी छन् । बुधबार भएको मतगणना अनुसार उनले ६ हजार १५६ मतभारसहित निर्वाचित भएकी हुन् । 

किटनाशक औषधी उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक प्रा.ली.मा सिलबन्दी

जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर किटनाशक औषधी उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक प्रा.ली.मा सिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरस्थित प्रा।ली।मा सिलबन्दी गरेको हो । बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाई नेतृत्वको अनुगमन टोलीले अनुमतिबिना अवैध रुपमा १२ वर्षदेखि किटनाशक औषधी उत्पादन गरी बिक्रिवितरण गरीरहेको उद्योगमा सिलबन्दी गरेको हो । अवैध उत्पादन र कालोबजारी गरेको भेटिएपछि उद्योग सिलबन्दी गरिएको अनुगमन टोलीमा सहभागी जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । ईलाका प्रहरी कार्यालय भण्डारा चितवनले माघ १ गते करिब ९ लाख ८० हजार मूल्य बराबरको अवैध किटनाशक औषधिसहितको ट्रक नियन्त्रणमा लिएपछि उक्त उद्योगको अवैध धन्दा प्रकाशमा आएको हो । जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर विषादी किटनाशक औषधी उत्पादन गरीरहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । ट्रक चालक सर्लाहीका सन्तोष साहसहित ३ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरीरहेको छ । उद्योगमा भारतीय नागरिक रामाकान...

बिलबिजकभन्दा बढी सामान भेटिएपछि ट्रक र चालक पक्राउ

Image
वीरगंज, १२ माघ/ बिल बिजकभन्दा बढी मालसामान लोड गरिएको ट्रकसहित एकजना चालकलाई पक्राउ गरिएको छ ।  पक्राउ परेका चालकसहित ट्रक जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको छ ।  माघ ११ गते वीरगंज महानगर–८ स्थित सडकबाट ना.४ ख ८३३४ नं.को ट्रक चेकजाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी मालसामान भेटिएपछि १ करोड ६३ लाख मूल्याङ्कन गरी राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 

अब अनलाइनबाटै भन्सार महसुल तिर्न सकिने

काठमाडौं । अब भन्सार महसुल अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । बुधबार ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले भन्सार महसुल विद्युतीय भुक्तानी (ई-पेमेन्ट) प्रणालीको उद्घाटन गर्दै अनलाइन भुक्तानी सेवा सुरु गरेका हुन् । योसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्नसक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँचपास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले बताए । ‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचत लगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीको काममा पनि सुधार ल्याउने छ ।’ यसका साथै मन्त्री शर्माले भन्सारविन्दुमा चाँडै ‘भेइकल स्क्यानर’ प्रयोगमा ल्याउने बताएका छन् । ‘हामीले ई-पेमेन्टको सुरुवात गरेका छौं । छिट्टै नै प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ’, उनले भने, ‘कुन मालवस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन, राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ ।’ The post अब अनलाइनबाटै भन्सार महसुल तिर्न सकिने appeared fir...

चार लाख ८४ हजार नगदसहित १२ जुवाडे पक्राउ

Image
सर्लाही, १२ माघ । सर्लाहीको बागमती नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई पक्राउ परेका छन् ।  गए राति वडा नं. ३ बस्ने ढलक बहादुर तामाड्ढो घरमा जुवा तास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनले नगद रू.४ लाख ८४ हजार ५० रुपियाँँसहित १२ जना जुवाडेलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरूमा  बागमती नगरपालिका वडा नं.३ बस्ने वर्ष ३९ को गौरीशङ्करर साह, वर्ष ३४ को संचर घिसिङ, वर्ष ३४ को जित बहादुर बम्जन रहेका छन् ।  त्यस्तै बसवरीया गाउँँपालिका वडा नं. ५ बस्ने वर्ष ३३ को रामज्ञान राय, वर्ष ३२ को सन्तोष साह, वर्ष ५० को छेदु साह रहेका छन् ।  यसैगरी हरिवन नगरपालिका वडा नं.१० बस्ने वर्ष ३२ को साजन पौडेल, वर्ष २८ को प्रकाश अधिकारी, वर्ष ५७ को अर्जुन के.सी. रहेका छन् भने बरहथवा नगरपालिका वडा नं.५ बस्ने वर्ष २८ को जुनैन अन्सारी, वडा नं. १० बस्ने वर्ष २९ को रामबिर चौधरी रहेका छन् ।  १२ जना जुवाडे मध्ये ११ जना सर्लाहीकै रहेको र एक जना रौतहटस्थित चन्द्रपुर न.पा.१ बस्ने वर्ष ५१ को दिल बहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत (डिएसपी) माधवप्रसाद बुढ...

अब ‘डीएनए’ मै डेटा स्टोर गर्न सकिने, यस्तो छ नयाँ प्रविधि

काठमाडौं । यतिबेला डेटा स्टोरेज सबैभन्दा ठूलो चुनौती बन्दै गएको छ । विश्वमा डेटाको महत्व बढ्दै जाँदा त्यसलाई सुरक्षित स्टोरेज गर्नुपर्ने बाध्यता बढ्दै गएको छ । जसको प्रतिफल विभिन्न कम्पनीले ठूला-ठूला डेटा सेन्टर सञ्चालनमा ल्याएका छन् । भने, क्लाउड स्टोरेजको प्रयोग व्यापक रुपमा बढेको छ । हुन त यी डेटा सेन्टर तथा क्लाउड ठूला व्यवसायका लागि बढी प्रयोग हुने गरेका छन् । तर, हाम्रो कम्प्युटर तथा ल्यापटपमा भएको डेटालाई स्टोरेज गर्नुपर्‍यो भने के गर्ने त ? त्यसका लागि अहिले हामीमध्ये धेरैले प्रयोग गर्दै आएको भनेको हार्ड ड्राइभ हो । यो एउटा राम्रो विकल्प भएपनि त्यति भरपर्दो भने हुँदैन । यस्तोमा वैज्ञानिकहरूले अब डीएनएमा आधारित स्टोरेज बनाउने भएका छन् । यदि त्यो भएको खण्डमा ठूला साइजका फिल्म पनि एउटा सानो फाइलको रुपमा भण्डारण गरी सुरक्षित राख्ने सकिने छ । जुन हजारौं वर्षसम्म बिना कुनै असर सुरक्षित गर्न सकिने जनाइएको छ । यसका लागि हाल अमेरिकी वैज्ञानिकहरूले काम गरिरहेको र त्यसको पहिलो सफलता हात पारेको बताइएकाे छ । वैज्ञानिकहरूका अनुसार डीएनएमा सूचना भण्डारण गर्ने हाल बजारमा उपलब्ध विकल्पहरू...

सहाराका ग्राहक र राइडरलाई स्वास्थ्य उपचारमा विशेष छुट

काठमाडौं । राइड शेयरिङ सेवा सहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । बिजनेश ग्रोथ कम्पनी प्रालिद्धारा सञ्चालित सहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने भएका हुन् । अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाइने सहाराले जनाएको छ । मंगलबार सहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरे । पछिल्लो समय आक्रमक रूपमा बजार विस्तार गरिरहेको सहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले सहारा एपसँग् सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमी हुन नदिने उनले स्पष्ट पारे । कम्पनीका अनुसार सहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छु...

राम्रो वाई-फाईका लागि कस्तो राउटर किन्ने ?

काठमाडौं । आजको दिनमा घर, अफिस लगायत अन्य क्षेत्रमा वाई-फाई अनिवार्य नै भइसकेको छ । सहज इन्टरनेटको उपलब्धताको लागि पनि वाई-फाईको प्रयोग अहिले सामान्य जस्तै भइसकेको छ । वाई-फाई राम्रोसँग चल्न तपाईंले प्रयोग गर्ने राउटरको ठूलो भूमिका रहन्छ । यसर्थ राउटर किन्ने बेलामा धेरै कुराहरू ध्यान दिन आवश्यक छ ।  १. वाई-फाई स्ट्यान्डर्ड वाई-फाई राउटर खरिद गर्ने बेलामा सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको राउटरले सपोर्ट गर्ने स्ट्यान्डर्ड हो । अर्थात तपाईंले राउटर किन्दा यसले वायरलेस सेवाको नयाँ भर्जनहरूलाई पनि सपोर्ट गर्न सक्छ कि सक्दैन भनेर थाहा पाउनु आवश्यक छ । पहिले पहिले IEEE802.11a अथवा 802.11b वायरलेस स्ट्यान्डर्डका राउटरहरू प्रयोगमा थिए र अहिले पनि छन् । यी स्ट्यान्डर्डका राउटरहरूले अहिलेको नयाँ भर्जनको राउटर पनि सपोर्ट त गर्छ, तर हामीले लामो समयसम्म प्रयोग गर्नको लागि भने राउटरको स्ट्यान्डर्डमा ध्यान दिन जरूरी छ । अहिलेको पछिल्लो नयाँ स्ट्यान्डर्ड 802.11ac रहेको छ, जुन अहिलेका प्राय सबै नयाँ राउटरका स्ट्यान्डर्ड हुन् । यो नयाँ स्ट्यान्डर्ड भएको राउटरले गिगाबाइटसम्मको इन्टरनेट स्पिडल...

खल्ती वालेटको ५ वर्ष पुरा, डिजिटल कारोबारमा यसरी बन्दैछ सहयात्री

काठमाडौं । प्रविधिको फड्को र आजको आवश्यकतालाई तुलना गरेर हेर्दा डिजिटाइजेसन मूल आधार बनेको छ । नेपालको वित्तीय प्रविधि क्षेत्रमा छोटो समयमै उल्लेखनीय प्रगति गरेको भुक्तानी सेवा प्रदायक हाे, खल्ती । विविध चुनौतीको बावजुद पनि मुद्राको प्रयोगलाई डिजिटाइज गर्न लागिपरेको खल्ती वालेट आजदेखि पाँच वर्ष पुरा गरी छैटाैं वर्षमा लागकाे छ । सन् २०१७ मा सानो टिम र ठूलो लक्ष्यसहित सुरू भएको खल्तीले छोटो समयमा धेरै उपलब्धिसँग आत्मसात गरेको छ । नेपालको भौगोलिक अवस्था र प्रविधिकाे असमान पहुँचका कारण स्वभावैले सेवा सुविधाको वितरण छिटो छरितो छैन । समान्यभन्दा सामान्य कामका लागि पनि धेरै समय खर्चिनुपर्ने बाध्यता छ । अनि कतिपय कामका लागि त १० देखि पाँच बजेभित्र पुग्नैपर्ने बाध्यता पनि हुन्छ । यस्तोमा सीमित समयलाई २४ घण्टामा रुपान्तरण गर्न खल्तीको सुरुवात भएको कम्पनीका सह-संस्थापक अमित अग्रवाल बताउँछन् । पाँच वर्षअघि उनीसहित चारजना मिलेर सुरुवात गरेको खल्ती अहिले १३० भन्दा धेरैको एउटा परिवारका रुपमा विस्तार भएको छ । अनि सहरदेखि गाउँका लाखौं सेवाग्राहीको पहुँचमा खल्ती पुगेको छ । आजको दिनसम्म आइप...