Posts

Showing posts from August, 2021

प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने

 धनुषा  भदौ १५, २०७८  नेकपा एमालेबाट विद्रोह गरी गठित नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी गर्ने भएको हो । प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद देखिएका छन् । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ । नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा आफ्नो पार्टी सहभागी हुने रातोपाटीलाई बताए । उनले भने, 'बुधबार वा बिहीबारसम्ममा हाम्रो पार्टीमा सामेल हुने सांसदहरुको सनाखत कार्य सम्पन्न हुनेछ । त्यसपछि संसदीय दलको नेता चयन गरेर सरकारमा सहभागिताका विषयमा छलफल हुन्छ ।' प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार छ । गठबन्धनका तर्फबाट प्रदेश सरकारमा हाल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सामेल भइसकेका छन् । केन्द्रमा बनेको गठबन्धनकै आधारमा प्रदेश १ मा पनि नेकपा एकीकृत समाजवादीलाई समेत सत्ता साझेदार बनाउन लागिएको हो...

जितपुरसिमरा उपमहानगरपालिका कार्यालयबाहिर फोहोर थुपारेर विरोध

Image
१५ भदौ, वीरगञ्ज । जीतपुर सिमरा बजार क्षेत्रमा फोहोर नउठाएको विरोधमा स्थानीय युवाले उपमहानगरपालिका कार्यालयमा फोहोर उपहार पठाएका छन् । जीतपुर सिमरा बजार क्षेत्रमा लामो समयदेखि फोहोर व्यवस्थापन गर्ने बिषयमा उपमहानरपालिकाले चासो नदेखाएको भन्दै सांकेतिक विरोध स्वरुप युवाले बजारको फोहोर उपमहानगरपालिका कार्यालयमा पठाएका हुन् । बजारमा दुर्गन्ध बढेको भन्दै युवाले उपमहानगरपालिकाको गेटमा फोहोर थुपारेका छन् । 'हामीले जति भन्दा पनि उपमहानगरले सुनेन्, बाध्य भएर हामीले आज उपमहानगरपालिकालाई बजारको फोहोर उपहार पठायौं' स्थानीय युवक किसन ढकालले बताए । उपमहानगरपालिकालाई पटक-पटक फोहोर व्यवस्थापनको लागि ध्यानाकर्षण गराएपनि बेवास्ता गरेकाले उपमहानगरपालिका कार्यालयमै फोहोर थुपारेको उनको भनाइ छ । स्थानीय युवाले तत्काल फोहोर व्यवस्थापनको पहल नगरे हरेक दिन उपमहानगरपालिका कार्यालयबाहिर थुपार्ने चेतावनी दिएका छन् ।

‘डिसमिस’ फैसलाले अर्बौँको सरकारी सम्पत्ति व्यक्तिको नाममा‘

Image
वीरगन्ज । पर्सा जिल्ला अदालतले डिसमिसको फैसला गरेपछि वीरगन्जको छपकैया चोकमा रहेको सार्वजनिक ऐतिहासिक  छपकैया पोखरीको ४ बिगाहा जग्गा व्यक्तिको नाममा गएको छ । अर्बौँको सरकारी सम्पत्ति अदालतको फैसलाबाट व्यक्तिको नाममा गएपछि सर्वसाधारण निराश बनेका छन् ।   मुद्दामा तारिख धाइरहेको व्यक्तिले त्यो तारिख गुजार्‍यो वा उसको निधन भयो भने सार्वजनिक सरोकारको घनत्व नबुझी हचुवामै 'डिसमिस' को फैसला गर्न मिल्छ ? पर्सा जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालले करिब ७ महिना अघि ८ पुस ०७७ मा गरेको एउटा फैसलाले यस्तै प्रश्न उठाएको छ ।  पर्सास्थित वीरगञ्ज उपमहानगरपालिका वडा नं. २ निवासी जफरुल हुसेन अन्सारीले २७ फागुन ०७३ मा 'नापी बदर फिल्डबुक उतार बदर तथा हाल साबिक निर्णय बदर गरेर दर्ता बदर गरी नेपाल सरकारको नाउँमा दर्ता गरी सार्वजनिक कायम गरी पाउँ' भन्दै जिल्ला अदालत पर्सामा रिट दायर गरेका थिए ।  वीरगन्जकै प्रमोद विक्रम शाहले छपकैया पोखरीको सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाएको दाबीसहित अन्सारीले रिट दायर गरेका थिए । छपकैया पोखरीको सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाएको काण्ड निकै चर्चि...

बारामा फस्टायाे माछापालन, वर्षेनी २० हजार मेट्रिक टन माछा उत्पादन

Image
१५ भाद्र २०७८, मंगलवार वीरगन्ज (पर्सा) । केही वर्षयतादेखि बारा जिल्लाका कृषकहरु माछा उत्पादन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । माछा उत्पादनका लागि चाहिने अनुकुल वातावरण रहेको कारण बारा जिल्लाको १६ वटा स्थानीय तहमध्ये १४ वटा स्थानीय तहमा उत्साहपूर्ण तरिकाले कृषकहरुले माछा उत्पादन तर्फ आकर्षित भएका छन् । माछा उत्पादनका लागि लागेको लगानीमा भन्दा ५० प्रतिशत मुनाफा हुने गरेपछि बारा जिल्लाका अधिकाँश कृषकहरु माछा उत्पादनतर्फ उन्मुख भएका हुन् । बारा जिल्लामा अहिले २० हजार हेक्टरमा माछा उत्पादन हुने गरेको छ भने वर्षेनी २० हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । बारा जिल्लाको कोल्हभी नगरपालिका, पचरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका, बारागढी गाउँपालिका, फेँटा गाउँपालिका, करैयामाई गाउँपालिका सहित १४ वटा स्थानीय तहमा उत्पाहजनक रुपमा माछा उत्पादन हुने गरेको छ । यहाँसम्म कि कोल्हभी नगरपालिका वडा नं. ५ बोधुवन गाउँपालिका 'मत्स्य गाउँ' नै भनेर नामाकरण गरिएको छ । उक्त गाउँमा घरै पिच्छेका नागरिकले आफ्नो पोखरी खनेर माछा उत्पादनमा लागेका छन् । त्यस गाउँमा 'एक घर एक पोखरी' माछा पालन अभ...

वडाध्यक्षद्धारा महिलामाथि बलात्कार गरेको आरोप

जनकपुर,१५ भदाै । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ नोकैल्वाकी ३० वर्षीया एक महिलामाथि बलात्कार प्रयास भएको छ । गएको भदौ ५ गते राती करिब २ बजेको समयमा घरमा कोही पनि ब्यक्ति नरहेको मौका छोपेर घरभित्र प्रवेश गरि एक्लै सुतिरहेको अवस्थामा सोहि वडाका वडाध्यक्षले श्यामकुमार यादवले बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएएकी छन् । घरमा कोहि नभएको र आफु सुतिरहेको अवस्थामा घरमा पसी शरीरको संबेदनशिल अंगहरुमा हातपात गरि बलात्कार प्रयास गरेको पीडितले बताएकी छन् । आफु जोडले चिच्याउँदा छिमेकहरु आएपछि वडाध्यक्ष भागेको ती महिलाको आरोप छ । वडाध्यक्ष यादवछिमेक रहेकाले यसअघि पनि उनले पटकपटक आफु माथि र्दुव्यवहार गरेको पीडित महिलाको गुनासो छ ।फरार भएको वडाध्यक्ष यादव घटनाको दिनदेखि नै सम्पर्क विहीन रहेको गाउँलेहरुले बताएका छन् । आइतवार पीडित महिलाले वडाध्यक्ष यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन दर्ता गराएकी छन् । उता वडाध्यक्षका भाइ जस्विन्दर यादवको भने राजनीतिक निहुँ र गाउँमै भएको पुरानो झगडाको रिसिवीको बदला लिन गाउँकै केही व्यक्तिहरुले बलात्कारको नाउँमा फसाएर बदनाम गर्न खोजेको आरोप लगाएका छ...

ट्याकरको ठक्करबाट एकको मृत्यु

बीरगन्ज,१५ भदौ – एलपिजी ग्याँस बोकेको ट्याकरको ठक्करबाट बीरगन्जमा एक जना साइलक यात्रीको मृत्यु भएको छ । बीरगन्ज महानगरपालिका वडा नं. २५  को ड्राइपोर्ट बहुअरी चौकमा एलपिजी ग्याँस बोकेको ट्याकरले साइकलमा सवार पर्साको बहुरमाई नगरपालिका वडा नं. २ निवासी छोटेलाल साहको अन्दाजी ३० बर्षिय छोरा लालबाबु साह तेलीलाई ठक्कर दिदां उनको घटना स्थलमै मृत्यु भएको हाम्रा सहकर्मीले जनाएका छन् । बहुदरमाईबाट बीरगन्ज आउँने क्रममा ड्राइपोर्ट बहुअरी चौकमा ट्याकरले पछाडीबाट साहलाई ठक्कर दिएको स्थानिय प्रत्यदर्शीहरुको भनाई छ । ठक्कर दिने एनएल ०१ एबी ४३७३ नम्बरको एलपीजी ग्याँसको बोकेको ट्याकर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्र महिनापछि सीमानाकाबाट आवतजावत

जलेश्वर, १५ भदौ (रासस) ः महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ । कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ । गत शुक्रबार, शनिबार र आइतबार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करिब सय  जनाले सीमानाकामा धर्ना बसेपछि सो नाका भएर सोमबारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताउनुभयो । सो नाकाबाट मालवाहक ट्रक, टिप्परलगायत साधनहरु बन्दाबन्दीको बेला पनि निर्बाध रुपमा आवातजावत गरेका थिए । तर पैदल यात्रुलाई भने रोकिएको थियो । भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरु पाँच सय मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल–भारत आउजाउ गरिरहेका थिए । मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन् । सो नाकाबाट पैदल आवागमन सुरु भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन । मालवाहक गाडीहरु पहिलेझैँ आउजाउ गरिरहेका छन् ।  –––

अब झुत्रा नोटबाट ब्रिकेट !

Image
काठमाडौँ, १५ भदौ (रासस)ः नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ ।  चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो । सो देशको एक कम्पनीसँग सन् २०२० भएको सम्झौताअनुसार आठ मेशिन ल्याउने सहमतिअनुसार हालै आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाडौँ, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागमा प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार सो मेशिनबाट काठमाडौँमा ब्रिकेट उत्पादन गर्न सुरु भइसकेको छ भने आजै नेपालगञ्जबाट पनि थालनी गरिनेछ र छिट्टै अन्य दुई स्थानबाट पनि उत्पादन हुनेछ । "आगामी असोजसम्म बाँकी चारवटा मेशिन पनि झिकाई जनकपुर, पोखरा, भैरहवा र धनगढीबाट उत्पादन सुरु हुनेछ", उहाँँले भन्नुभयो । पहिलोपटक जलाइएका च...

मौसममा सुधार

काठमाडौँ, १५ भदौ (रासस) ः विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसममा सुधार भएको छ ।  नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका मौसमविद् सविना शाक्यका अनुसार अब केही दिन मनसुन कमजोर रहने भएकाले निरन्तरको भारी वर्षाको सम्भावना छैन । "बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका बिहानपख मौसम सफा हुने तथा मध्याह्नतिर बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ," उहाँले भन्नुभयो ।  हाल देशभर सामान्य बदली  रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही  स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।  बुधबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्...

किडनी, मधुमेह समेत इस बीमारी में बेहद लाभकारी हैं बैंगन के पत्ते

Image
 भारत में बैगन को कई तरह से खाया जाता है. इसे कहीं सब्जी तो कहीं भरवा बैंगन और भरते के रूप में खाया जाता है, हम सब बैंगन का तो सेवन करते हैं, लेकिन हम बैंगन के पत्तों को भूल जाते हैं. इसलिए आज हम आपके लिए लेकर आए हैं बैंगन के पत्तों के फायदे. जाने माने आयुर्वेद डॉक्टर अबरार मुल्तानी के अनुसार, हां बैंगन स्वास्थ्य के लिए लाभकारी है, वहीं उसकी पत्तियां भी सेहत को जबरदस्त लाभ दे सकती हैं.  डॉक्टर अबरार मुल्तानी कहते हैं कि बैंगन की पत्तियां किडनी के लिए डिटॉक्सिफायर का काम करती हैं. ये नैचुरल तरीके से किडनी को साफ करने में मदद करती हैं. इसके लिए आपको एक बर्तन में थोड़ा पानी रखना है और फिर उसमें 5-6 बैंगन की पत्तियों को डालकर उबाल लेना है. अब इस पानी को छान लें और कम से कम दिन में तीन बार इसका सेवन करें.  सूजन को कम करने में मददगार हम देखते हैं कि व्यक्ति कई बार अलग-अलग तरह की सूजन से पीड़ित होता है. कई लोग कैंसर से पैदा होने वाली सूजन से परेशान रहते हैं. ऐसे में अगर आप बैंगन के पत्तों का सेवन करते हैं, तो ये आपकी सूजन को कम करके आपको आराम देने का काम कर सकते हैं. क्योंकि इन पत्तों में फाइ...

क्यों आप से बेवजह नफरत करने लगते हैं लोग, ये हो सकते हैं कारण

Image
कुछ लोग आप से प्यार करते हैं और कुछ आप से नफरत करने लग जाते हैं. लोगों से मिल रही नफरत कुछ लोगों के तनाव का कारण बन जाती है और वह मानसिक तनाव लेने लगते हैं. आपको मिल रही नफरत के पीछे कई कारण हो सकते हैं, जिनके बारे में आप जानते भी नहीं होंगे. आइए जान लेते हैं कि दूसरों से मिल रही नफरत के पीछे क्या कारण हो सकते हैं और इससे कैसे निपटा जाए. लोगों से मिल रही नफरत को तनाव कैसे ना बनने दें? तनाव हमारी सोच के कारण आता है. जिस चीज के बारे में हम जरूरत से ज्यादा सोचने लगते हैं, वो तनाव का कारण बन जाती है. इस तनाव से निकलने के लिए भी सकारात्मक सोच ही रास्ता है. आपको यह अच्छी तरह समझना होगा कि कोई भी इंसान सभी लोगों के लिए अच्छा नहीं हो सकता है. कुछ लोग आपको प्यार करेंगे, तो कुछ आप से नफरत भी करेंगे. हालांकि, आपके जो अपने लोग हैं, उन्हें खुश रखने की कोशिश जरूर करें. लेकिन, दूसरे लोगों से मिल रही नफरत के बारे में ज्यादा ना सोचें और सकारात्मक रहें. आपको लोगों से मिल रही नफरत के पीछे निम्नलिखित कारण हो सकते हैं. जैसे-     सबसे बड़ा और आम कारण होता है कि आप ने जाने-अनजाने में किसी बात पर उनका दिल दुख...

चीन में बच्चे अब हफ्ते में सिर्फ 3 घंटे ही खेल सकेंगे ऑनलाइन गेम

Image
चीन में उन बच्चों के लिए मुश्किल आ खड़ी हुई है, जो ऑनलाइन गेम खेलना पसंद करते हैं. उनके लिए गेम ओवर कहना बिल्कुल सही रहेगा. अगर बच्चे की उम्र 18 साल के कम है, तो अब वो हफ्ते में सिर्फ तीन घंटे ही खेल सकेंगे. देश की समाचार एजेंसी सिन्हुआ ने सोमवार को सूचना दी, बच्चों में वीडियो गेम की लत पर अंकुश लगाने के प्रयास में, चीन का राष्ट्रीय प्रेस और प्रकाशन प्रशासन इस बात पर लगाम कस रहा है कि ऑनलाइन गेमिंग कंपनियों को युवा यूजर्स की समय पेशकश करने की कितनी अनुमति है.  हफ्ते में सिर्फ तीन घंटे ही खेल सकेंगे गेम नए जनादेश के तहत, कंपनियों को समय की एक छोटी खिड़की के बाहर बच्चों को अपनी सेवाएं देने से रोक दिया गया है. 18 वर्ष से कम उम्र के लोग केवल शुक्रवार, शनिवार और रविवार को 8 बजे से 9 बजे तक ही ऑनलाइन गेम खेल सकेंगे. रिपोर्ट के अनुसार, नाबालिगों को नेशनल हॉलिडे के दिन भी उसी समय खेलने की अनुमति होगी. कंपनियों को कही यह बात सिन्हुआ की रिपोर्ट के मुताबिक, नए नियमों में यह भी कहा गया है कि कंपनियों को यह सुनिश्चित करना चाहिए कि खिलाड़ी साइन इन करने के लिए अपने वास्तविक नामों का उपयोग कर रहे हैं ...

our client - prateekdainik

Image
 Click for live site https://www.prateekdainik.com.np

झाँकी तथा प्रवचन कार्यक्रम सम्पन्न

Image
वीरगञ्ज १५ भदौ   ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगञ्ज छपकैयाको आयोजनामा श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा सत्ययुगी दुनियाको चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले दिप प्रज्जवलित गर्दै यस संस्थाको लागि आफू सधैं आभारी रहने बताउनु भएको छ । उहाँले यस राजयोग सेवा केन्द्र आफूलाई प्रमुख अतिथिको स्थान दिएकोमा एउटा ऋणको रुपमा लिएको र आउने दिनमा आफूद्वारा चुक्ता गर्ने प्रयास गरिने बताउनु भयो । अध्यक्ष गुप्ताले यस्तो ठाउँमा आउनका लागि ईश्वरको इच्छा भएर पनि आउन सकिँदैन र यहाँ जति पनि बसेका स्नेही आत्माहरु उहाँमाथि श्री कृष्ण र माता राधिकाको विशेष कृपा रहेको आफूलाई लागेको बताउनुभयो । उहाँले जबसम्म हामीहरु अरुसँग फरक नभए सम्म ईश्वरसँग मागेर पनि सबै कुरा नपाउने बताउनु भयो । साथै उहाँले यस्तो झाँकीबाट समाजमा एउटा राम्रो सन्देश जाने बताउनु भयो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जकी सञ्चालिका रविणा दिदीको अध्यक्षतामा आयोजित कार्यक्रममा निजगढ नगरपालिका मेयर सुरेश खनाल, डा. अजय यादव, मुख्य प्रशिक्षक ...

our client- hamrokalam

Image
Live Site LINK click here hamrokalam

our client- darpan daily

Image
 Live Site LINK click here https://www.darpandaily.com

our client- thedesigners7

Image
 Live Site LINK click here https://www.thedesigners7.com

our client- trilokkhabar

Image
Live site Here https://www.trilokkhabar.com  

our client - kaliyugsandesh

Image
Live site Here https://www.kaliyugsandesh.com.np

our client - brahmastra Daily

Image
Live site here-2 https://www.brahmastra.com.np  

Our client - mukesh basnet

Image
live site link here  https://www.mukeshbasnet.com.np

प्रदेश २ का रेडियोलाई सौर्य ऊर्जा प्रणालीमा जोडिन्छ : मन्त्री शर्मा

Image
बीरगंज । प्रदेश नम्बर २ का खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्माले प्रदेश २ का सम्पूर्ण रेडियोहरूलाई एक महिनाभित्र सौर्य ऊर्जा प्रणालीमार्फत सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ ।  वीरगंजबाट प्रकाशित राष्ट्रिय स्तरको रंगिन मासिक पत्रिका द मिरर अफ सोसाइटी र  बिरगंज  सञ्जाल साप्ताहिकको आज एक कार्यक्रमका बीच विमोचन गर्नुहुँदै मन्त्री शर्माले रेडियोहरूले विद्युत्मा बढी पैसा तिर्नुपर्ने भएकोले सौर्य ऊर्जा प्रणालीमार्फत सञ्चालन गर्दा सहुलियत हुने बताउनुभयो ।  उहाँले २५ प्रतिशत सम्बन्धित रेडियोले, २५ प्रतिशत प्रदेश सरकारले र ५० प्रतिशत सङ्घीय सरकारको अनुदानमा प्रदेश २ का सबै रेडियोहरूलाई एक महिनाभित्र सौर्य ऊर्जा प्रणालीमा जोडने गृह कार्य भइरहेको दाबी गर्नुभयो ।     उहाँले कोरोना सङ्क्रमणसँगै व्यापार, उद्योग, कलकारखाना धारासायी हुँदा यसको प्रभाव विज्ञापन पर्ने र मिडिया सञ्चालनमा कठिनाइ देखिएको हुँदा प्रदेश सरकारले मिडिया प्राधिकरणमार्फत सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने नीति अगाडी बढाएको समेत बताउनुभयो । द मिरर अफ सोसाइटीका प्रकाशक सम्पादक आ...

श्रीकृष्ण जन्माष्टमीमा वीरगंजमा शोभा यात्रा

Image
बीरगंज । श्रीकृष्ण जन्माष्टमी पर्व आज बीरगंजमा झाकी जुलुस, शोभा यात्रा सहित कृष्ण भगवानको पूजा–आराधना गरी मनाइँदै छ ।  जन्माष्टमीको अवसरमा आज वीरगंजमा हिन्दु धर्मावलम्वीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।  सो अवसरमा विश्व हिन्दु परिषद् नेपाल बीरगंज लगायत हिन्दु धर्मसँग आबद्ध विभिन्न सङ्घ संस्थाहरूले वीरगंजमा श्रीकृष्ण भगवानको चैतन्य झाकी र बाजा गाँजासहित शोभा यात्रा निकालेका छन् ।  र्‍यालीले वीरगंजको घण्टाघरबाट रेल्वे रोड हुँदै छपकैयाबाट नगर परिक्रमा गरी मेन रोड हुँदै पुनः घण्टाघरमा पुगेर धार्मिक सभामा परिणत भएको थियो ।  यसैगरी सोही अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बीरगंजले छपकैयास्थित मुख्य भवनमा कृष्ण जन्माष्टमीको अवसरमा चैतन्य झाँकीसहित प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।

आखिर क्या है संख्या 18 का रहस्य, जिसका संबंध भगवान श्रीकृष्ण और महाभारत युद्ध से जुड़ा है

Image
जन्माष्टमी 2021 के इस मौके पर आज हम बात करने वाले हैं एक ऐसे रहस्य के बारे में, जिसे शायद ही आप जानते हों। महाभारत काल और भगवान श्रीकृष्ण के साथ 18 अंक का बहुत ही गहरा संबंध है। इसी कड़ी में आज हम संख्या 18 की मिस्ट्री को जानेंगे। एक वक्त में हमारी सभ्यता का विकास परम ऊंचाइयों तक पहुंच गया था। ज्ञान, विज्ञान, कला, साहित्य ऐसा कोई क्षेत्र नहीं बचा था, जहां हमने नए नए कीर्तिमानों को स्थापित ना किया हो। हालांकि महाभारत का युद्ध वह मुख्य बिंदु बना, जहां से हमारी सभ्यता का बिखराव शुरू हुआ। आज भी महाभारत काल से जुड़े कई ऐसे रहस्य मौजूद हैं, जिनके ऊपर से अब तक पर्दा नहीं उठ पाया है। उन्हीं में से एक रहस्य है संख्या 18 का। कई लोगों का कहना है कि संख्या 18 का महाभारत के युद्ध में काफी खास महत्व था। आप जब महाभारत के युद्ध का गहराई से अवलोकन करेंगे, तो ये संख्या बार बार आपके सामने आएगी। आइए जानते हैं इसके बारे में -   पूरे महाभारत के युद्ध में संख्या 18 का काफी खास महत्व था। भगवान कृष्ण ने अर्जुन को कुल 18 दिनों तक गीता का ज्ञान दिया। महाभारत की किताब में कुल मिलाकर 18 ही अध्याय हैं। हिंदू धर्म क...

मां से बच्चे को मिल रहीं एंटीबॉडीज

Image
कोविड वैक्सीन लगवाने के बाद मांओं से बच्चों में एंटीबॉडी पहुंच रही है। रिसर्च में इसके प्रमाण मिले हैं। यह दावा फ्लोरिडा यूनिवर्सिटी ने शोधकर्ताओं ने अपनी हालिया रिसर्च में किया है। शोधकर्ताओं का कहना है, ब्रेस्टफीडिंग के जरिए मांओं से उनके बच्चों में पहुंचने वाली एंटीबॉडी उन्हें कोरोना से बचा सकती है। ब्रेस्टफीडिंग जर्नल में पब्लिश रिसर्च के मुताबिक, वैक्सीन मां और बच्चे दोनों को सुरक्षा दे सकती है। फ्लोरिडा यूनिवर्सिटी के एसोसिएट प्रोफेसर जोसेफ लारकिन कहते हैं, रिसर्च में सामने आया कि वैक्सीन लगवाने के बाद ब्रेस्टफीडिंग कराने वाली मांओं के दूध में एंटीबॉडीज बढ़ती हैं। जो ब्रेस्टफीडिंग के दौरान बच्चे में पहुंचती है। इसलिए कोरोना से लड़ने वाली एंटीबॉडी है जरूरी शोधकर्ता जोसेफ नियू कहते हैं, जब बच्चा पैदा होता है तो उसका इम्यून सिस्टम पूरी तरह से डेवलप नहीं होता है। संक्रमण से लड़ पाना बच्चे के लिए मुश्किल होता है। ऐसे समय में बच्चे का कुछ खास तरह की वैक्सीन के प्रति रिस्पॉन्स दे पाना मुश्किल हो सकता है। इस उम्र में ब्रेस्टमिल्क बच्चे की इम्युनिटी बढ़ाने का बेहतर विकल्प होता है। रिसर्च ...

मनसुन कमजोर हुँदै

काठमाडौँ, १४ भदौ (रासस) ः विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हँुदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।  हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुर्ई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ ।  मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव तीन डिग्री सेल्सियस छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव दुई डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस छ ।  –––

नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा

काठमाडौँ, १४ भदौ (रासस) ः अविरल वर्षापछि खसेको पहिराका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ ।  त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा आज बिहान ५ः३० देखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड केही बेर अगाडिदेखि सञ्चालनमा आएको हो ।  पहिराले अवरुद्ध सडक दुईवटा स्काभेटरको सहायताले ६ घण्टापछि सञ्चालनमा ल्याइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिनुभयो ।  चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो झरेपछि राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारीसाधन लामबद्धमा परेका छन् । पहिराका कारण काठमाडौँतर्फ थानकोट र धादिङतर्फ खानीखोलासम्म सवारी जाम परेको थियो । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकैै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमा पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदै आएको छ । –––

सात प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी ः स्वास्थ्यराज्मन्त्री

काठमाडौँ, १४ भदौ (रासस)ः स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताउनुभएको छ ।  परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिनुभयो । उहाँले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने बताउनुभयो ।  राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचार तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणासमेत राख्नुभयो ।  उहाँले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताउनुभयो । "यहाँ भएका साधनस्रोतलाई उपयोग गर्ने हो भने सम्भावना धेरै छन्", उहाँले भन्नुभयो, "अस्पतालले मन्त्रालयसँग के अभाव छ । त्यसको माग गर्न प¥यो । हामी उपलब्ध गराउन  तयार छौ ।" उहाँले दूरदराजका जनताले अझै स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउ...

करेन्ट लागेर दुई जनाको मृत्यु

Image
१४ भदौ, धादिङ । गजुरी गाउँपालिका-५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज सोमबार दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्‍याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय विमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन् । घाइतेको उपचारको लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ । गजुरी अस्पतालमा शव परीक्षणका लागि राखिएको छ ।

प्रदेश –२ मा माधव समूहलाई सरकारमा ल्याउने तयारी

जनकपुरधाम,१३ भदाै । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले सत्ता समीकरण मिलाउने कसरत गरिरहेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सामेल गराउने तयारी गरिएको हो । उनले यसअघि पनि माधव समूहलाई सरकारमा ल्याउने प्रयास गरेका थिए । तर, विभिन्न कारणले सम्भव भएको थिएन । प्रदेश–२ मा अहिले जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकार छ । कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले यसअघि ६ मन्त्रालय फुटाएर १० वटा बनाएका थिए । यहाँ जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन् । दुई मन्त्रालय मुख्यमन्त्री राउतले आफ्नै मातहतमा राखेका छन् । मुख्यमन्त्री राउत मातहत रहेका वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय एकीकृत समाजवादीलाई दिने तयारी रहेको बुझिएको छ ।

साढे १० लाखसहित दुईजना पक्राउ

Image
वीरगंज, १३ भदौ ।  हुन्डी कारोबार गरेको आरोपमा  पर्सा प्रहरीले दुईजनालाई साढे १० लाखसहित पक्राउ गरेको छ ।  शनिवार साँझ ६ बजे इलाका प्रहरी कार्यालय जानकीटोलाले जगरनाथपुर गाउँपालिका–२ स्थित सडकमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नभएको मोटरसाइकलमा सवार भारत, बिहार पश्चिम चम्पारण इनर्वा निवासी ४५ वर्षीय बृजकिशोर गिरी र धोबिनी गाउँपालिका–२ गुलरिया निवासी ५० वर्षीय रामपुकार पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनीहरुको साथबाट श्रोत नखुलेको नेरु दश लाख त्रिसठ्ठी हजार  र भारु १ हजार ६ सय बरामद भएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका दुवैजनालाई  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

घरायसी विवादमा श्रीमतीद्वारा श्रीमान्को हत्या

दाङ, १३ भदौ (रासस) : घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्को हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिनुभयो । आज बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –––

धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित

वीरगञ्ज, १३ भदौ (रासस) ः पर्सामा किसानले लगाएका धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गवारो कीराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । यी रोगको प्रकोप देखिएपछि यस वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।       पर्सामा ९० प्रतिशत किसान व्यावसायिकरुपमा धानबालीखेती गर्दै आएका छन् । यस वर्ष सुरुमै ४० देखि ७० दिनसम्मको अगहनी धानबालीमा सो रोगले व्यापक क्षति गरेकाले यस वर्ष कम धान उत्पादन हुने कृषि विज्ञको भनाइ छ । अन्य वर्षभन्दा यस वर्ष मनसुन चाँडै सक्रिय भई अत्यधिक पानी परेकाले किसानले सुरुमा गोडमेल गरेको धानमा आवश्यकताभन्दा बढी युरियामल प्रयोग गरेकाले सो रोग देखा परेको कृषि ज्ञान केन्द्र पर्साका बागवानी अधिकृत श्याम किशोरप्रसाद कुर्मीले राससलाई बताउनुभयो ।       सुरुमा पर्साको उत्तरी भेगमा देखापरेको यो रोग विस्तारै दक्षिणी भेगसम्म सरेकाले किसान पीडित हुने गरेको हो । पर्सा जिल्लाको अधिकांश ठाउँमा यो रोग देखा परे पनि कति क्षति भएको यकीन हुन सकेको छैन ।  धानमा यो रोग देखापरेपछि यसको निदान किसानले आफैँ गर्दै आएको छ । कृषि ...

प्रदेश २ मा मन्त्री हेरफेर, कृषिमन्त्री साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी

१३ भदौ, जनकपुरधाम । प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । सत्ताको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले आइतबार आफ्ना मन्त्रीको जिम्मेवारी हेरफेर गरेको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेर्दै आएका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी विजय यादवले सम्हालेका थिए । साहले आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको बताए । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यादव जसपाका प्रदेश अध्यक्ष पनि हुन् । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको र त्यससम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालय समेतलाई बुझाइसकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

तालिबानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाई

काबुल, अफगानिस्तान, १३ भदौ (रासस÷एएनआई) ः  अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिवान समूहले बताएको छ ।  तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत प्राय सबै प्रान्तलाई आफ्नो कब्जामा लिएपछि उनीहरूको शासन कठोर हुने त्रासले दैनिक हजारौँको सङ्ख्यामा अफगानहरू बाहिरिने क्रम जारी रहेकै समय तालिवान समूहले विमानस्थल प्रवेशमा कडाइ गरेको हो ।  तालिवान नेताहरूले विदेश पलायन हुन लागेका अफगानहरूको देशमा नै सुरक्षाको प्रत्याभूत गरिने यसअघि नै बताउँदै आएको थियो । अफगान नागरिकलाई स्वदेशमा नै रही काम गर्ने वातावरण निर्माण गरिने,सरिया कानून अन्तर्गत रहेर महिलाहरूका अधिकारलाई प्रत्याभूत गरिने र विदेशी कुटनीतिज्ञलाई सुरक्षाको प्रत्याभूत गरिने लगायतका प्रतिवद्धता तालिवान नेताहरूले गरेका छन् ।  यद्यपि अतिवादी जिहादी समूहको भनाइजस्तो शासन हुनेमा कमैले विश्वास गरेका कारण ठूलो जनशक्ति विदेशिएको छ ।  शनिबारको सूचनामा काबुल विमानस्थलमा 'आगामी २४–३६ घण्टामा अर्को आतङ्ककारी हमलाकाअ‍े अत्यधिक सम्भावना...

हेटौँडा–काठमाडौँ सडक पुनः अवरुद्ध

वाग्मती, १३ भदौ (रासस ) : निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनःअवरुद्ध भएको छ । ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । अहिले पनि पहिरो हटाउने क्रम जारी छ । प्रहरीका अनुसार लेदो माटोसहितको ठूलो पहिरो खसेको र वर्षा भइरेहको हुँदा पहिरो पन्छाउन समस्या भएको हो । यसअघि शुक्रबार र शनिबार पनि भीमफेदी गाउापालिका–६ देउराली नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । शनिबार साँझबाट उक्त सडक सञ्चालन भएको थियो । 

निर्माणाधीन अवस्थामा रहेको पुल अलपत्र

सर्लाही, १३ भदौ (रासस) : लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको डेढमहिनाअघि बाढीले क्षति पु¥याएको पुल निर्माण अलपत्र परेको छ । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुलमा क्षति पु¥याएको डेढ महिना पुगे पनि पुल पुनःनिर्माणको काम अघि बढ्न सकेको छैन् । पुल ढलान भएको दुई सातामै सामान्य पानी पर्दैमा क्षति पुगेको र पुनः निर्माणको काम क्षति पुगेको डेढ महिना भइसक्दा पनि पुनःनिर्माण हुन सकेको छैन । ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनःनिर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर–८ का वडाध्यक्ष श्यामबहादुर थापाले बताउनुभयो । गत असार १५ गते परेको सामान्य पानीका कारण २०० मिटर लामो पुलमध्ये करिब ४० मिटरमा क्षति पुगेको छ । सम्झौताअनुसार पुल गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले निर्माण सुस्त गरेका कारण पुलको समयमै सम्पन्न हुन नसकेको लालबन्दी–३ का वडाध्यक्ष रामनारायण चौधरीले बताउनुभयो । पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुरसहित अन्य छिमेकी स्थानीय निकायबाट हाटबजार गर्...

Newspaper X premium theme free free download & activation key for Lifetime access

Image
 Newspaper Theme Download Link: https://mega.nz/file/694E1QiD#jTB6Y4NKZcjeTO6Vk1e320151mnbKrpIfL5l7oDEUTQ Activation Key PHP FILE - https://drive.google.com/file/d/11Jzssb0DnZ6KpE3i6Ksgxo7n-kudqsYg/view Newspaper theme free Newspaper theme free download Newspaper theme free activation Newspaper theme free activation key Newspaper x theme free Newspaper x theme free download Newspaper x theme free activation Newspaper 9 theme free download Newspaper x theme free activation key install Newspaper theme free activate Newspaper theme free free newspaper theme activation newspaper theme crack free newspaper theme installation install Newspaper theme free newspaper x theme free installation activate Newspaper x theme free Newspaper 10 theme free installation Newspaper premium theme free download Newspaper premium theme free install Newspaper premium theme free activation key How to get newspaper theme free How to install newspaper theme free How to activate newspaper theme free News...

were is blogger new interface label, category bulk action manage ?

Image
blogger new interface label, category bulk action manage  has here click manage seleck check box click this icon

Fully Automatic

Image
  ADDRESS:  Birgunj, Parsa (Nepal) EMAIL: thedesigners2077@gmail.com PHONE: 9814272487 (whatsapp) FACEBOOK: https://www.facebook.com/designers2077/

Dynamic website/online

Image
  ADDRESS:  Birgunj, Parsa (Nepal) EMAIL: thedesigners2077@gmail.com PHONE: 9814272487 (whatsapp) FACEBOOK: https://www.facebook.com/designers2077/
Image

मलेसियाका नयाँ प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

क्वालालम्पुर, ११ भदौ (रासस÷सिन्ह्वा) ः मलेसियाका नवनियुक्त प्रधानमन्त्री इजमेल साब्री याकोबले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।   टेलिभिजनबाट प्रसारण भएको मन्तव्यका क्रममा प्रधानमन्त्री याकोबले कोरोनाभाइरसको महामारीसहित जटिल अवस्थालाई प्रभावकारी व्यवस्थापन गर्न नयाँ मन्त्रीहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो ।   "मेरा नयाँ सहकर्मीहरुले उत्कृष्ट नतिजा दिने गरी काम गर्नुहुने छ भन्ने आशा गरेको छु, त्यसका लागि सवै मन्त्रीहरुले छोटो तथा लामो समयावधिका लागि कार्ययोजना पनि बनाउनुहुनेछ," उहाँले भन्नुभयो । कार्ययोजना बनाएर काम गर्दा निर्धारित लक्ष्य पूरा गर्न सजिलो हुने प्रधानमन्त्री याकोबको भनाइ छ । उहाँले सुरुको १०० दिनका लागि पनि छुट्टै योजना बनाउन आग्रह गर्नुभयो । मलेसियाका तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासीनले यही अगस्ट १६ मा राजिनामा दिएपछि नयाँ सरकार गठन भएको हो । उहाँलाई विगतमा समर्थन जनाएका केही सांसदले समर्थन फिर्ता लिएपछि उहाँले राजिनामा दिनुपरेको थियो ।  उहाँले राजिनामा दिएपछि राजाले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलका नेताहरुलाई आह्वान गर्नु भएको थियो । त्...

विद्यालय सञ्चालनको तयारी

राजविराज, ११ भदौ (रासस) : कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो । विद्यालय सञ्चालन गर्ने  विषयमा स्थानीय तहका प्रमुखहरू छलफलमा जुटेका हुन् । जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय सञ्चालनबारे छलफल गरेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनुभयो । छलफलमा जिल्लामा हाल कोरोना महामारीको सङ्ख्या न्यून देखिएकाले विद्यालय सञ्चालन गर्नेबारे गहनरूपमा बहस भएको जनाउँदै स्वास्थ्य मापदण्डको पालना गरी तत्काल  विद्यालय सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, "हामीले पहिलो चरणमा छलफल ग¥यौँ, थप छलफल जारी नै छ, अझै निष्कर्षमा पुग्न सकिएको छैन, कोभिड–१९ महामारीका कारण महिनौँदेखि विद्यालय बन्द रहँदा पठनपाठन प्रभावित भएको छ । स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमै विद्यालय सञ्चालन गर्ने गरी छलफल भइरहेको सहभागीले बताएका छन् । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जिल्लामा सङ्क्रमणदर घट्दै गएपछि सञ्चाल...

शनिबारबाट मौसममा सुधार हुने

काठमाडौँ, ११ भदौ (रासस) : विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम  विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । "मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ", उहाँले भन्नुभयो । देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ । त्यस्तै प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा  मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही...

ट्रक खोलामा खस्दा एकको मृत्यु

बागमती, ११ भदौ (रासस) : मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ । आज भीमफेदी गाउँपालिका–१ को सानुटार नजिक फलाम बोकेको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार सिन्धुलीका २८ वर्षीय भोजराज बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाँदै गरेको प्रदेश१–०२–००१ख ८७५९ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको र बस्नेतको घटनास्थलमै ज्यान गएको रिमालले बताउनुभयो । दुर्घटनामा ट्रक चालक मोरङ सुन्दरहरैचाका राजन बाँस्कोटा र सहचालक सोही ठाउँका सरोज आचार्य घाइते भएकाले उनीहरुको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । –––

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, ११ भदौ (रासस) : बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो । डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ । उहाँले भन्नुभयो, "थप पहिरो नखसे बिहान १०ः०० बजेसम्म पहिरो पन्छाएर सकिन्छ ।" अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन् । हेलम्बु राजमार्ग अवरुद्ध सिन्धुपाल्चोक– लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । आज बिहान ६ः०० बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा माथिबाट पहिरो खसिरहेकाले बाटो पूर्णरूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।   मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जति पन्छाउँदा पनि पहिरो खसिरहेकाले वैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गर्नुभएको छ । अहिले मेलम्चीबाट काठमाडाँै र काठमाडाँैबाट मेलम्ची आएका यातायातका साधन तथा ...

नगर क्षेत्रका सडक डुबानमा, हिलो सडकमा हिँडन बाध्य नगरवासी

राजविराज, ११ भदौ (रासस) ः ढल निकासको उचित व्यवस्था नभएका कारण सामान्य झरी परेको बेलामा पनि सप्तरीको राजविराज नगरपालिका क्षेत्रका सडक डुबानमा पर्ने गरेका छन् । सडक डुबानका कारण नगरवासीलाई आवतजावत गर्न समस्या हुने गरेको छ ।  राजविराज नगरपालिकाको विकास कार्यले गति लिन नसक्दासमेत यहाँका सडक वर्षायाममा डुबान हुने गरेको पाइन्छ । मुलुककै पहिलो टाउन प्लानिङ सहरका रुपमा रहेका राजविराज नगरपालिका भारतको गुलाबी नगरले चिनिएको जयपुरको नक्सामा आधारित भएर यसको विकास गर्ने लक्ष्य लिएको थियो । विसं २०१६ मा घोषणा भएको राजविराज नगरपालिका विगत दुई÷तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण जलमग्न छन् । नगर प्रवेश गर्ने रुपनी सडक, कञ्चनपुर सडक, छिन्नमस्ता सखडा जाने सडक, हनुमाननगर सडक, सिरहा सडकलगायत अधिकांश भित्री सडकका विभिन्न ठाउँमा सानो÷सानो खाल्डो भएको ठाउँमा पानी जमेका छन् । सडकमा रहेका त्यस्ता खाल्डाखुल्डीले गर्दा सडक हुँदै बग्ने पानीले पनि साना–ठूला सवारी साधान मात्र होइन, पैदल हिँड्ने मानिसलाई समेत सकस भएको छ । पानी निकासका लागि ढलको उचित व्यवस्थापन हुन नसक्दा सडकमा रहेका ठूलाठूला खाल्डामा पानी जमे...

काबुल विस्फोटमा १३ अमेरिकी सेनासहित १०३ को मृत्यु

Image
वासिङ्टन, ११ भदौ (रासस÷एएफपी) ः अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको ज्यान गएको छ । बिहीबार यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए । काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई लक्षित गरेर उनीहरुले विस्फोट गराएका थिए । सो आक्रमणमा परेर मृत्यु भएकामध्ये १३ जना अमेरिकी सेना रहेका छन् । अफगानिस्तानमा रहेको अमेरिकी सैन्य समूहका प्रमुख कमान्डरले आफ्ना १३ सेनाको पनि मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँले सो आक्रमणमा मारिएका १३ जना अमेरिकी सैन्य सेवाका सदस्य रहेको बताउनुभयो ।  उक्त आक्रमणमा परी बिहीबार रातिसम्म कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । त्यसमा परेर करिब एक सयजना घाइते भएका छन् । घाइते हुनेमा अरू १८ जना अमेरिकी सेना पनि रहेका छन् । बम विस्फोट भएपछि भागदौड भएको र त्यसमा परेर केही व्यक्तिको ज्यान गएको बताइएको छ । आफ्नो देश फर्किनका लागि विमास्थलमा जम्मा भएका विदेशी नागरिकलाई लक्षित गरेर विस्फोट गराइएको समाचारमा ज...

युट्युवबाट भिडिओ र एमपीथ्री डाउनलोड गर्न सघाउने ५ विकल्प

Image
युट्युव टु एमपी थ्री कन्भर्टरले युट्युवमा रहेका भिडिओबाट अडियो फाइल छुट्याउने र त्यसलाई एमपी थ्रीको रुपमा डाउनलोड गर्ने सुविधा दिने गर्दछन् । कहिलेकाहीँ तपाईंलाई भिडिओ हेर्ने भन्दा अडियो सुन्ने रहर लाग्न सक्छ । त्यसो त अहिलेको समयमा यस्ता कयौं विकल्प छन्, जसको सहयोगमा तपाईंले सशुल्क रुपमा अडिओ म्युजिक सुन्न सक्नुहुन्छ । जसमा युट्युव प्रिमियम, स्पोर्टिफाई, एप्पल म्युजिक, अमेजन प्राइम म्युजिक जस्ता एपहरू तपाईंको विकल्प हुन सक्छन् । तर पैसा तिरेरै अडियो म्युजिक सुन्नुपर्छ भन्ने बाध्यता भने छैन । यदि तपाईं कुनै पनि भिडिओमा रहेको अडियो अलग गरेर सुन्न चाहनुहुन्छ भने त्यसलाई एमपी थ्रीमा कन्भर्ट गर्न सक्नुहुन्छ । यसका लागि केही वेबसाइट उपलब्ध छन्, जसको सहयोगमा तपाईंले युट्युवमा रहेका भिडिओबाट अडियो अलग गरी डाउनलोड गर्न सक्नुहुन्छ । आज हामी त्यस्तै प्रकारका केही वेबसाइटको बारेमा बताउँदै छौँ । १. फोरके भिडिओ डाउनलोडरः फोरके भिडिओ डाउनलोडरबाट तपाईंले अनेक किसिमका सुविधा लिन सक्नुहुन्छ । विन्डोज, म्याक ओएस, लिनक्स र एन्ड्रोइडका लागि उपलब्ध फोरके भिडिओ डाउनलोडर निकै उपयोगी छ । यसले तपाईंलाई फेसबुक,...