Posts

Showing posts from October, 2021

हाम्रो प्रदर्शन न्यायालयविरुद्ध होइन : कानून व्यवसायी

१४ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । रहरले नभइ बाध्यताले प्रदर्शन गर्नु परेको उनीहरुको भनाइ छ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रदर्शन आफूहरुको रहर नभइ बाध्यता भएको बताए । उनले गलत प्रवृत्ति सच्याउने कोसिसविरुद्ध प्रदर्शन गरेको श्रेष्ठको भनाइ थियो । नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले विरोध प्रदर्शनमा उत्रिंदा असहज महसुस भए पनि न्यायालयको शुद्धीकरणका लागि प्रदर्शन गर्नु परेको बताइन् । बरिष्ठ कानन व्यवसायी कृष्णप्रसाद भण्डारीले आफूहरुको प्रदर्शन न्यायालयविरुद्ध नभएको बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले आज कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

यस्तो छ संसारका सबैभन्दा धनी एलोन मस्कको दिनचर्या

काठमाडौं । एलोन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन । उनी आफ्ना नयाँनयाँ किसिमका सोचका लागि समेत परिचित छन् । यस्ता सबै कार्यका लागि उनलाई व्यवस्थित कार्ययोजना र जीवन शैलीको आवश्यकता पर्दछ । कुनै पनि सफल व्यक्तिका लागि दैनिक कार्यतालिका निकै महत्त्वपूर्ण हुन्छ । आज हामी तपाईंलाई एलोन मस्कको दैनिक जीवनयापनको बारेमा संक्षिप्तमा बताउँदै छौँ । भनिन्छ, एलोन मस्क कामको विषयलाई लिएर निकै गम्भिर हुने गर्छन् । उनी कामका लागि आफ्नो खाना समेत छोडिदिन्छन् । यतिसम्म कि कतिपय समय त उनी रातिको समयमा काम गर्ने स्थानमै सुत्ने गर्दथे । उनी उठ्दा बिहान करिब ७ बजेको हुन्छ । मस्कको भनाइमा उनी छ देखि साढे छ घण्टा सुत्ने गर्छन् । जब उनी कम मात्रामा सुत्ने गर्छन्, तब त्यसको असर आफ्नो काममा पर्ने ठान्छन् । बिहान उठेपछि उनी नुहाई धुवाई गरेर एक कफ कफीमा रमाउँछन् । उनी प्रायजसो हतारोमा हुने गर्छन् । त्यसैले त उनको दिउँसोको खाजा छुटिरहेको हुन्छ । जुन दिन उनी ब्रेकफास्ट लिन्छन्, त्यसमा उनी अम्लेट खाने गर्छन् । रेडिट एमएमा बताइए अनुसार उनका लागि सावर लिनु एकदमै महत्त्वको काम हो । सावर नलिएको दिन उनलाई असहज लाग...

थ्रीडी साउण्डका लागि कारमा डल्बी एटमस सिस्टम प्रयोग गर्दै मर्सिडिज बेन्ज

काठमाडौं । कारमा यात्रा गर्ने यात्रुलाई थ्रीडी साउण्ड सहितको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यका साथ मर्सिडिज बेन्जले ‘डल्बी एटमस’ सिस्टम प्रयोगमा ल्याउने भएको छ । विश्वकै लग्जरियस कार ब्राण्डको रुपमा चिनिँदै आएको कम्पनीले सन् २०२२ देखी बजारमा उपलब्ध हुने नयाँ कारमा यो सिस्टम उपलब्ध गराउने भएको हो । एटमस साउण्ड सिस्टम प्रयोगमा ल्याउने मर्सिडिज बेन्ज पहिलो कार कम्पनी भने होइन् । यसको सुरुवात लुसिड एयरको इलेक्ट्रिक सेडानमा यसअघि नै प्रयोगमा ल्याइसकेको छ । जसका उत्पादन हालै बजारमा उपलब्ध हुने थालेको छ । तर, लुसिडले प्रयोगमा ल्याएको साउण्ड सिस्टमको तुलनमा यो निकै परिष्कृत हुने जनाइएको छ । किने भने लुसिडको सेडानमा प्रयोग भएको साउण्ड सिस्टममा २१ ओटामात्र स्पिकर रहेको छन् । मर्सिडिज बेन्जले भने ३१ ओटा स्पिकर युक्त साउण्ड सिस्टम प्रयोगमा ल्याउने जनाइएको छ । जसमा ६ ओटा थ्रीडी स्पिकर प्यासेन्जरको माथि रहने छ । त्यस्तै दुई ओटा फ्रन्ट सिटमा रहनेछ । जसले थ्रिडीका साथै उत्कृष्ट साउण्डको अनुभव प्रदान गर्ने जनाइएको छ । कम्पनीका अनुसार पहिलो चरणमा यो साउण्ड सिस्टमा एस–क्लासका कारमा उपलब्ध हुनेछ । भने...

नियम कडा छ !

Image
१४ कात्तिक, काठमाडौं । कानुन व्यवसायीहरुको प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन दुवैमा प्रवेशमा कडाइ गरिएको छ । सर्वोच्च अदालत भित्र र बाहिर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रहरीका गाडी पनि तयारी अवस्थामा राखिएको छ । सर्वोच्च अदालतका कर्मचारीहरु र प्रवेश पास भएकालाई मुख्य गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ । अन्यलाई सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न दिइएको छैन । कतिपय कानुन व्यवसायीहरुले आफूहरु पनि परिचयपत्र देखाएरमात्र प्रवेश पाएको बताएका छन् । वकिल र पत्रकार बाहेक पनि केही विद्यार्थीहरु नेपाल बारको कार्यालयमा छिरेका थिए । उनीहरुलाई सुरक्षाकर्मीहरुले बाहिर निकालेका छन् ।

‘कु’विरुद्ध प्रदर्शन गरेका सुडानी भन्छन् – सेनाको गोलीबाट कत्ति पनि डराएका छैनौं

१४ कात्तिक, काठमाडौं । सुडानमा गत हप्ता भएको सैनिक ‘कू’को विरोध गर्दै देशव्यापी विरोध प्रदर्शन भएको छ । शनिबार हजारौं मानिसले सुडानका विभिन्न शहरमा सैनिक ‘कू’विरुद्ध प्रदर्शन गरेको अलजजिरा ले जनाएको छ । प्रदर्शनका क्रममा राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले ‘सैनिक शासनको तारिफ गर्न सकिँदैन’, ‘यो हाम्रो मुलुक हो र हाम्रो सरकार नागरिक हो’ जस्ता नारा लगाएका थिए । त्यस्तै, पक्राउ गरिएका अधिकारीलाई तत्काल रिहा गर्न समेत प्रदर्शनकारीले माग गरेका छन् । सेनाले गत सोमबार सत्तापलट गरी प्रधानमन्त्री अब्दल्लाह हामदोकसहित वरिष्ठ अधिकारीलाई नजरबन्दमा राखेको थियो । तर पछि हामदोक नजरबन्द मुक्त भएका थिए । नजरबन्दमा रहेका अन्य अधिकारी अझै पनि सेनाको नियन्त्रणमा छन् । नागरिक नेतृत्वको सरकार पुनर्स्थापना गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका मानिसमाथि सुरक्षाकर्मीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको पनि समाचारमा उल्लेख छ । सुडानका चिकित्सकलाई उदृत गर्दै सुरक्षाकर्मीको गोली लागी ३ जना प्रदर्शनकारीको मृत्यु भएको समाचारमा जनाइएको छ । तर प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाइएको घटनालाई खण्डन गरेको ...

प्रधानन्यायाधीश जबराको ओली पथ

१४ कात्तिक, काठमाडौं । बिहीबार साँझ प्राइम टाइम्स टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने, ‘आज म एक्लो बृहस्पति भएँ । त्यसैले त हामीले बृहस्पतिको गुणगान गाइरहेका छौं । आजसम्म हामीले बृहस्पतिलाई भगवानको अवतारको रुपमा लिइरहेका छौं । त्यो जिम्मेवारीबाट कुनै मानेमा पनि म विस्खलन हुन्न ।’ आफूमाथि लागेका आरोपहरु ढाकछोप गर्न प्रधानन्यायाधीशले यसरी सञ्चारमाध्यम प्रयोग गर्नु नेपालको न्यायिक इतिहासमा दुर्लभ घटना हो । आफूलाई एक्लो बृहस्पतिका रुपमा ब्याख्या गरिरहेका जबराको पछिल्लो गतिविधि गत असार २८ गते प्रधानमन्त्रीबाट बाहिरिनुअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अपनाएको शैलीझैँ देखिन्छ । २०७७ असार पहिलो साता पार्टी र सरकारमा ओलीको भूमिकामाथि प्रश्न उठाउँदै पार्टी बैठकमै राजीनामा मागिएपछि उनी निकट युवा समूहले ओलीलाई सरकारबाट हटाउन नहुने माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । ओलीको त्यो शैली जबराले पनि देखाए । सर्वाेच्च अदालतका न्यायाधीशहरुले जबराको कार्यशैलीविरुद्ध न्यायालयमा प्रश्न उठाइरहेका बेला केही युवाले प्रधानन्यायाधीशमा उनी कायम रहनुपर्न...

राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो

Image
१४ कात्तिक, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन खुला गरेको हो । ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको छ । २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक (प्रशासन), एक जना उपप्रबन्धक (लेखा)  पनि माग गरिएको छ । ८४२ जनाका लागि आवेदन माग गरिएकोमा सबैभन्दा धेरै छैटौं तहको प्रशासनतर्फको सहायक प्रबन्धक पदमा २०० जना र त्यसपछि पाँचौं तहको प्रशासन तर्फकै वरिष्ठ सहायक पदमा १७८ जना माग गरिएको छ । आवेदन अनलाइनमार्फत सोमबारदेखि भर्न सकिनेछ । फारामको म्याद मंसिर पाँच गतेसम्म तोकिएको छ ।

यू-२३ एसियन कप छनोट : नेपालले आज लेबनानसँग खेल्दै

१४ कात्तिक, काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानमा भइरहेको छनोट अन्तर्गत नेपाल र लेबनानबीचको खेल डुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ : ४५ बजे सुरु हुनेछ । यसअघिका दुवै खेलमा पराजित नेपाल लेबनानविरुद्ध राम्रो नतिजासहित सुखद अन्त्य गर्न चाहन्छ । नेपाल यसअघि इरानसँग ४ – ० र ताजिकिस्तानसँग ६-० ले पराजित हुँदै छनोटबाटै बाहिरिसकेको छ । लेबनान पनि यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । त्यसैले दुवै टोलीका लागि यो प्रतिष्ठाको लडाइसमेत हुनेछ । नेपाल र लेबनान अंकविहीन छन् । ताजिकिस्तान र इरान समान ६ अंक जोडेर पहिलो र दोस्रो स्थानमा छ । यी दुई टोलीबीचको खेल पनि आजै हुँदैछ । जित्ने टिम अर्को वर्ष हुने यू-२३ एसिया कपमा छनोट हुनेछ । छनोटमा रहेका ११ समूहका विजेता र उत्कृष्ट चार उपविजेता यू-२३ एसिया कपमा छनोट हुनेछन् ।

डडेल्धुरामा बस दुुर्घटना, १० जना घाइते

१४ कात्तिक, धनगढी । डेल्धुरामा बस दुुर्घटना हुुँदा १० जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको ना८ख ६१३२ नम्बरको बस डडेल्धुराको आलितालगाउँपालिका-१ मा दुुर्घटना हुुँदा १० जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले घाइतेहरूलाई उपचारका लागि धनगढी ल्याइएको जानकारी दिए । उनकाअनुसार बसमा ३२ जना सवार थिए । सडकबाट करिब १५० मिटर तल खसेको बसको दुुर्घटनाको कारण भने खुुलेको छैन । दुुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाहुवा टेक्नोलोजीका आधुनिक सीसीटिभी नेपाली बजारमा

काठमाडौं । सुरक्षा उपकरण उत्पादन गर्ने चर्चित कम्पनी दाहुवा टेक्नोलोजीले नेपाली बजारमा व्यवसाय विस्तार गरेको छ । अब नेपालका लागि मुइन इन्टरनेसनल प्रालिले दाहुवा टेक्नोलोजीको राष्ट्रिय वितरकको रुपमा कार्य गर्नेछ । आधुनिक प्रविधिबाट विभिन्न प्रकृतिका सीसीटिभी क्यामेराको उत्पादन तथा बिक्रीवितरण गरिरहेको दाहुवा टेक्नोलोजीले आफ्ना उत्पादनको उचित बजार व्यवस्थापन, वितरण तथा बिक्रीपछिको सेवाको सहजताको लागि मुइन इन्टरनेसनलसँग सहकार्य गरेको हो । दाहुवा टेक्नोलोजीका तर्फबाट नेपाल प्रतिनिधी माओ संकाई र मुइन इन्टरनेसनलका तर्फबाट महाप्रबन्धक सन्तोष गौतमले आगामी २०२२ जनवरी १ देखि लागू हुने सम्झौता गरे । चीनको दाहुवा ब्राण्डअन्तर्गत उपलब्ध हुने सबै उत्पादनको नेपालको लागि आधिकारिक राष्ट्रिय बिक्रेताको रुपमा मुइन इन्टरनेसनल प्रालि रहने छ । शनिवार आयोजित साे समारोहमा नेपालभरबाट नै थोक रुपमा विद्युतीय सुरक्षा सामग्रीको बिक्री गर्ने संस्थाका प्रतिनिधि उपस्थिति रहेका थिए । सन २०११ बाट नेपाली बजारमा प्रवेश गरेको मुइन इन्टरनेसनलले सीसीटिभी सर्भिलेन्स क्यामेरा, नेटवर्किङ प्रडक्ट, ई-पीएबीएक्स, अटोमेटिक सेन...

यसरी बन्द गर्नुहोस्, आफैँ प्ले हुने वेबसाइटका भिडिओ

काठमाडौं । इन्टरनेटमा कयौँ वेबसाइटले अटो प्ले भिडिओ अर्थात आफैँ भिडिओ बज्ने फिचर प्रयोग गरिरहेका हुन्छन् । सामान्यतयाः यस्ता भिडिओमा विज्ञापन हुने गर्दछ, जुन ती वेबसाइटको आम्दानीको स्रोत समेत हो । तर कतिपय समय यस्ता भिडिओले प्रयोगकर्तालाई हैरानी दिइरहेका हुन्छन् । तपाईंले पनि पक्कै कहिल्यै यस किसिमको समस्या सामना गर्नु भएकै होला । यदि तपाईं आफ्नो वेब ब्राउजरमा अटो प्ले भिडिओ रोक्न चाहनुहुन्छ भने आज हामी तपाईंलाई त्यसको सजिलो उपाय बताउँदै छौँ । जसबाट तपाईं गुगल क्रोम, फायरफक्स जस्ता ब्राउजरमा वेबसाइट खोल्दा हुने भिडिओको अटो प्ले बन्द गर्न सक्नुहुनेछ । गुगल क्रोममा यसरी बन्द गर्नुहोस् वेबसाइट भिडिओको अटो प्लेः गुगल क्रोममा कुनै यस्तो फिचर छैन, जसबाट अटो प्ले भिडिओ बन्द गर्न सकियोस् । बरु यसको साटो तपाईंले भिडिओ म्युट गर्न सक्नुहुन्छ । भिडिओ म्युट गर्नका लागि सुरुमा गुगल क्रोम खोल्नुहोस् र दायाँतर्फ रहेको तीन ओटा थोप्ला भएको बटनमा क्लिक गर्नुहोस् । त्यहाँ रहेको प्राइभेसी एन्ड सेक्युरिटी विकल्प चयन गर्नुहोस् । अब साइट सेटिङमा जानुहोस् र एडिसनल कन्टेन्ट सेटिङमा क्लिक गर्नुहोस् । त्यसब...

इथियोपियाको महत्वपूर्ण शहर विद्रोहीको कब्जामा

१४ कात्तिक, काठमाडौं । इथियोपियाको टिगरे क्षेत्रमा सक्रिय विद्रोही समूहले रणनीतिक महत्व बोकेको एक शहर कब्जा गरेका छन् । टिगरे विद्रोहीका एक प्रवक्ता र स्थानीयका अनुसार विद्रोही लडाकुले अमहारा क्षेत्रस्थित डेस्सी शहर कब्जा गरेका हुन् । राजधानी अदिस अबाबाबाट ३८५ किलोमिटर टाढा रहेको ठूलो शहर कब्जामा लिनु विद्रोहीको महत्वपूर्ण उपलब्धि मानिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । तर सरकारी प्रवक्ताले डेस्सी शहर अझै पनि सेनाको नियन्त्रणमा रहेको भन्दै विद्रोहीको दाबी खण्डन गरेका छन् । शनिबार डेस्सीका बासिन्दाले भिषड लडाइँ र बिजुली आपूर्ति बन्द भएपछि सरकारी सेना पछि हटेको एएफपीलाई जनाएका थिए । ‘शुक्रबार दुई बजेतिर सरकारी सेना उक्त क्षेत्रबाट पछि हट्न सुरु गरेको थियो’, डेस्सीका अमिर भन्ने एक स्थानीयले भने । त्यस्तै अर्का एक स्थानीयका अनुसार विद्रोहीहरू प्रवेश गर्न थालेपछि इथियोपियाको राष्ट्रिय सेना शहर छोडेको छ र सरकारी सेनाको उपस्थिति कतै पनि देखिँदैन । विद्रोही समूह टिगेर पिपुल्स लिबरेशन फ्रन्ट (टिपिएलएफ) ले सेटसाइट फोनमार्फत् रोइटर्ससँग कुरा गर्दै सरकारी फौजलाई आफूहरुले धपाएको र...

अर्बौंको बुद्धमूर्ति यसरी भित्राइयो नेपाल

Image
१४ कात्तिक, बार्सिलोना । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने दुई अर्ब पचास करोड बढी मूल्य बराबरको बुद्धमूर्तिले अहिले चर्चा पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने यो मूर्तिबारे सर्वसाधारणलाई मात्रै होइन बुद्ध दर्शनसँग नजिक रहेका र राजनीतिक दलका शीर्ष नेताहरुलाई पनि चासो छ । स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले बुद्धमूर्तिलाई निःशुल्क रुपमा नेपाल भित्राउन पहल गरेको हो । बहुमूल्य बुद्धमूर्ति नेपाल भित्राउने परिकल्पना कहाँबाट सुरु भयो त ? बुद्धमूर्ति नेपाल भित्राउने योजना कसरी बन्यो ? के नेपालमा मात्रै बहुमूल्य बुद्धमूर्ति भित्रिएको हो ? यी सबै जिज्ञासाहरु स्पेनमा बन्दै गरेको लुम्बिनी गार्डेन प्रोजेक्टसँग जोडिएका छन् । क्याथेरसमा बन्दै गरेको लुम्बिनी गार्डेन स्पेनको राजधानी मड्रिडदेखि झन्डै तीन सय किलोमिटर टाढा एक्स्त्रेमादुरा प्रदेशमा क्याथेरेस नामको सहर छ । विश्व सम्पदा सूचीमा सूचीकृत यो सहर अर्को युरोपेली मुलुक पोर्चुगलको राजधानीबाट पनि त्यति नै नजिकको दूरीमा पर्दछ । ४० मिटर अग्लो बुद्धको मूर्तिसहित सोही सहरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना ...

‘घुमौ पूर्व’ अभियान : प्रदेश २ सँग सहकार्यको प्रस्ताव

१४ कात्तिक, वीरगञ्ज । प्रदेश नं १ का होटल तथा व्यवसायीले प्रदेश नं २ का व्यवसायीसँग अन्तर प्रदेश पर्यटन विकास र प्रवर्द्धनका लागि सहकार्य गर्न प्रस्ताव गरेका छन् । प्रदेश नं १ को विराटनगर, काँकडभिट्टा, दमक, धरान, विर्तामोड, इटहरी लगायत क्षेत्रबाट वीरगञ्ज आएका होटल तथा पर्यटन व्यवसायीहरूले सहकार्यको प्रस्ताव गरेका हुन् । उनीहरूले पूर्वका धार्मिक, ऐतिहासिक, प्राकृतिक पर्यटकीय स्थलहरूको बारेमा जानकारी गराउँदै पूर्व घुम्न आउन निम्तो समेत दिएका छन् । होटल एसोसियसन नेपाल हानका प्रदेश नं. १ का अध्यक्ष राजन श्रेष्ठ र आन्तरिक पर्यटन पुनरुत्थान समिति संयोजक भविसकुमार श्रेष्ठ नेतृत्वमा आएको १३ सदस्यीय पाहुना टोलीलाई वीरगञ्ज उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ प्रदेश नं २ र पर्यटन तथा हवाई यातायत समितिले वीरगञ्जमा स्वागत गरेको थियो । वीरगञ्ज उद्योग वाणिज्य संघमा भएको कार्यक्रममा आपसी सहकार्यमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने प्रस्ताव पूर्वका होटल तथा पर्यटन व्यवसायीहरुले राखेका थिए । उनीहरूले प्याकेज बनाएर दुवैतिरको व्यवसाय प्रवर्द्धन र अन्तर सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिए । धार्मिक,...

कर्णालीका बाढीपीडित भन्छन्– चामल नदेऊ, धानखेत बनाइदेऊ   

१४ कात्तिक, कर्णाली (सुर्खेत) । सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका-४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् । यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइखाने आधार सकिएको छ । विगतका वर्षहभन्दा यस वर्ष किसानको धान निकै राम्रोसँग फलेको थियो । उनीहरु कात्तिक २ गते काट्ने तयारी गर्दै थिए । यद्यपि दसैँका कारण उनीहरुले धानबाली भण्डारण गर्न पाएका थिएनन् । दुर्भाग्यः एक दिनको पर्खाइले उनीहरुको जीउने आधार बगर बन्न पुग्यो । पसिना बगाएर फलाएको अन्नबाली बाढीले बगाउँदा अहिले त्यहाँका किसान भोकमरीको चिन्ताले पिरोलिन थालेका छन् । तिला-४ जुम्ला साँपुल्लीगाउँका पशुपति शाहीले दसैँको खुशी प्राकृतिक विपत्तिले राम्रैसँग लुटेको दुखेसो पोखिन् । उनले भनिन्, “दसैं मनाएलगत्तै धान भण्डारण गर्ने योजनामा थियौँ । तर विपत्तिले हाम्रो श्रम, मेहेनत र पसिना सबै बगायो । एक दिनको पर्खाइले पुर्पुरोमा हात लगाउनुपर्ला भन्ने कुनै कल्पना गरेका थिएनौँ । अहिले त हामी सुकुम्बासीजस्तै भएका छौँ ।” बाढीले अन्न...

वाणिज्य बैंकले माग्यो ८३६ कर्मचारी, अनलाइनबाटै आवेदन दिन सकिने

Image
काठमाडौं । सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले ठूलो सङ्ख्यामा नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । बैंकले आफ्ना देशभरका कार्यालयमा विभिन्न १४ पदमा ८३६ जना कर्मचारीका लागि दरखास्त खुलाएको हो । विभिन्न तह र पदमा लोकसेवा आयोगको सहमति अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न आवेदन माग गरिएको वाणिज्य बैंकले जनाएको छ । आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका तथा कुनै वात कसुर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरूले यही कात्तिक १५ देखि अनलाइन दरखास्त फाराम भर्न सक्नेछन् । साथै परीक्षा दस्तुर समेत राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ एप, ई-सेवा, खल्ती, नमस्ते पे जस्ता अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । बैंकले यसपटकको परीक्षामा दस्तुर नगद बुझ्ने व्यवस्था गरेको छैन । इच्छुक व्यक्तिहरूले राष्ट्रिय वाणिज्य बैंकको वेबसाइट मा उल्लेखित निर्देशन अनुरूप अनलाइन आवेदन भर्न सक्नेछन् । अनलाइन आवेदन भर्ने मिति कात्तिक १५ देखि मंसिर १२ सम्मका लागि तोकिएको छ । बैंकले लिखित परीक्षाको पाठ्यक्रम आफ्नो वेबसाइट को नोटिसभित्र रहेको क्यारियर नोटिसमा राखेको छ ।  ...

राष्टपतिले आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ति अनावरण गर्ने

१४ कात्तिक, बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी आज बुद्धजन्मस्थल लुम्बिनी आउँदै छिन् । लुम्बिनी विकास कोष र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आउन लागेकी हुन् । राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान ११ बजेसम्म लुम्बिनी आइपुग्ने लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए । लुम्बिनीमा आएपछि सबैभन्दा पहिला त्यहाँ बनेको बज्रयान बिहार उद्घाटन र पूजा गर्ने छिन् । त्यसपछि मायादेवी मन्दिर दर्शन र लुम्बिनी विकास कोषको गुरुयोजनाको प्रगतिबारे जानकारी लिने कार्यक्रम छ । त्यसपछि लुम्बिनीमै बनेको अन्तराष्ट्रिय सभा हलको अवलोकन गरेर राष्ट्रपति भण्डारी गौतमबुद्ध विमानस्थलमा जाने कार्यक्रम रहेको राईले जानकारी दिए । बुद्धमूर्ति अनावरण गरिंदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति गौतमबुद्ध विमानस्थलमा आज अनावरण गरिंदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो उक्त मूर्ति अनावरण गर्ने कार्यक्रम छ । ...

कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु

१४ कात्तिक, धनगढी । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । भजनी नगरपालिका-३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरवीन्द्र चौधरीको काँडा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । शनिबार नदीमा नुहाउने क्रममा उनीहरु डुबेका थिए । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनीहरुको शव बाहिर निकालेको थियो ।

विदेशी नागरिकता लिइसकेका नेपालीलाई मताधिकार दिन सकिंदैन : देउवा

लण्डन। प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने बताएका छन् । शनिबार बिहान गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा नेपाली दूतावास लण्डनमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। ‘विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन सकिदैन। त्यसका लागि संविधान नै बद्ल्नुपर्ने हुन्छ, जुन तत्काल सम्भव छैन,’ प्रधानमन्त्री देउवाले भने । जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन ब्रिटेन आइपुगेका प्रधानमन्त्री देउवाले प्रवासी नेपालीहरुलाई नेपालमा वैदेशिक लगानी भित्र्याउन मद्दत गर्न आह्वान गरेका छन् । ‘अरु के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु,’ उनले भने। उनले पर्यटकहरुलाई विमानस्थलमै भिसा दिने सुविधा (अन एराइभल भिसा) सरकारले फेरि सुरु गरेको बताए । गत वर्ष कोभिड-१९ रोकथामका लागि भन्दै पहिलो लकडाउन गरेपछि नेपाल सरकारले अन एराइभल भिसा दिन स्थगित गरिदिएको थियो। प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा सैनिक समस्या समाधान गर्न सरकारले सक्दो पहल गर्ने बताए । एनआरएनको माग- बेलायतमा राखेको पैसा उच्च ब्याजम...

टी-२० विश्वकप : इंग्ल्याण्डले अष्ट्रेलियालाई आठ विकेटले हरायो

१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ । गएराति अष्ट्रेलियालाई हराएको इंग्ल्याण्डको यो लगातार तेस्रो जित हो । अष्ट्रेलियाले दिएको १२६ रनको लक्ष्य इंग्ल्याण्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्याण्डको जितमा जोस बटलरले अविजित ७१ रन योगदान गरे । जासन रोय २२ रन बनाएर आउट हुँदा जोनी बेयरस्टो १६ रनमा अविजित रहे । अष्ट्रेलियाका अष्टन अगर र अडन जाम्पाले १-१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा अलआउट हुँदै १२५ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रन बनाए । तीन विकेट लिंदा १७ रन खर्चिएका इंग्ल्याण्डका क्रिस जोर्डन प्लेयर अफ द म्याच भए । तीन खेल खेलेको इंग्ल्याण्ड तीनै खेलमा जित निकाल्ल्दै ६ अंकका साथ समूह एकको शीर्ष स्थानमा छ । तीन खेल नै खेलेको अष्ट्रेलिया २ खेल जित्दै ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ । तीनमा दुई खेल नै जितेको दक्षिण अफ्रिकाको पनि ४ अंक भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

सुजिता बस्नेतले जितिन् मिस युनिभर्सको उपाधि

Image
१४ कात्तिक, काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् । १५ प्रतियोगीलाई पछि पार्दै उनले मिस युनिभर्स नेपालको ताज पहिरिन सफल भएकी हुन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् । विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् । शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । कार्यक्रममा फस्ट रनरअप निनाकान्ता मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतिक्षा महरा क्षेत्री र फोर्थ रनरअप डा. केशु खड्का घोषित भए । उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत थिए ।  

नेपाल बारले प्रधानन्यायाधीशविरुद्ध विरोध कार्यक्रम गर्दै

१४ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्दैछ । एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले जानकारी दिए । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्चले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ । यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले सर्वोच्च अदालतमा बहस पैरवी बन्द गरेको छ ।

नेपाल फर्कंदा खुशी छु : प्रशिक्षक अलमुताइरी

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिप पछि नेपाल नफर्कने भन्दै माल्दिभ्सबाट सिधै कतार पुगेका अलमुताइरी अखिल नेपाल फुटबल संघ एन्फासंग तीन वर्ष सम्झौता गर्ने सहमति भएपछि नेपाल आएका हुन् । माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल अलमुताइरीको प्रशिक्षणमा फाइनल पुगेको थियो । पहिलो पटक साफ फाइनल पुगेको नेपाल भारतसँग ३-० ले पारजित हुँदै उपविजेता बनेको थियो । शनिबार बेलुका काठमाडौं आइपुगेका अलमुताइरीलाई राष्ट्रिय फुटबल टिमका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्यक्षलगायतले स्वागत गरेका थिए । अलमुताइरीले नेपाल फर्कँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । ‘म खुशी छु किनकि म घर फर्किएको छु ।’ अलमुताइरीले विमालनस्थलमा सञ्चारकर्मीसँग भने । उनले पछिल्लो तीन/चार महीना गाह्रो भएको सबैले बुझेको र नेपाली फुटबल मन पराउनु नै सबैभन्दा ठूलो कुरा भएको बताए । अलमुताइरीले एन्फा र कतार पुटबल एसोसिएसनको धेरै आग्रह गरेपछि बफू नेपाल आउन सहमत भएको बताए । उनले पैसा भन्दा पनि महत्वपूर्ण कुरा नेपालीले फुटब...

एप्पललाई पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी

काठमाडौं । एप्पलले विश्वकै सबैभन्दा मूल्यवान पब्लिक कम्पनीको ताज गुमाएको छ । शुक्रबार आईफोनको मार्केट शेयर दुई प्रतिशतले घट्दा यो ताज माइक्रोसफ्ट कर्पले हात पारेको हो । आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एप्पलको बिक्री छ अर्ब डलर मात्र रह्यो । विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएको समस्याका कारण एप्पलको बिक्री खस्किएको हो । कम्पनीका प्रमुख टिम कुकले हालको बिदाको सिजनमा यसको असर अझ खराब हुने बताएका छन् । एप्पलको शेयर १.८ प्रतिशतले घट्दै १४९ अमेरिकी डलरमा कायम भएको छ । जसले गर्दा कम्पनीको बजार पूँजी २.४८ ट्रिलियन डलरमा सीमित भएको छ । जब कि विण्डाेज सफ्टवेयर निर्माता माइक्रोसफ्टको शेयर मूल्य २.२ प्रतिशतले वृद्धि हुँदै ३३१.६२ डलर पुगेको छ । जसबाट कम्पनीको बजार पूँजी २.४९ ट्रिलियन डलर कायम भएको छ ।  The post एप्पललाई पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी appeared first on Tech News Nepal . https://ift.tt/eA8V8J

प्रधानमन्त्री देउवा लण्डनमा व्यस्त

१३ कात्तिक, लण्डन । शुक्रबार राति आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवा लण्डन व्यस्त भएका छन् । नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डन आइपुगेका प्रधानमन्त्री देउवाको कार्यतालिका व्यस्त छ । लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यहीँ रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यहाँको स्थानीय समयानुसार शनिबार बिहान उनीसँग बेलायतको दुवै सदनका केही सांसदहरु तथा पूर्वरक्षामन्त्री लर्ड लनकास्टरले भेट्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवासँग दिउँसो बेलायत-नेपाल समाजका प्रतिनिधि र बेलायत-नेपाल गैरसरकारी संस्था मञ्चका वि...

भारत नेपालको एक नम्बर मित्र हो : खानेपानी मन्त्री शर्मा

१३ कात्तिक, वीरगञ्ज । प्रदेश २ का खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले नेपालको एक नम्बर मित्र भारत नै भएको बताएका छन् । उनले भारतको स्थान कुनै पनि मुलुकले लिन नसक्ने दाबी गरे । ‘गाउँ समाजमा मित्र, नातेदार ठूलो संख्यामा राख्छौं, एक नम्बरको एउटै हुन्छ । नेपालका लागि एक नम्बर असल मित्र भनेको भारत नै हो । अरू दोस्रो, तेस्रो हुन् ‘ उनले भने, ‘कुनै नेपाली चीन, रुस, अमेरिकाको नजिक हुन सक्छन् । तर भारतले जस्तो सहयोग अरूले गरेको छैन, गर्न सक्दैन पनि ।’ वीरगञ्जमा दीपावली तथा छठ पूजाको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री शर्माले वीरगञ्जलाई लोडसेडिङ मुक्त गर्न मुजफ्फरपुरबाट विधुत ल्याइएको र अहिलेसम्म त्यहि प्रयोगमा रहेको उल्लेख गरे । उनले रक्सौलमा डोमेष्टिक एयरपोर्ट स्थापना गराउनुपर्नेमा जोड दिए । नेपाल भारत विश्व मैत्री संघ पर्साले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो । मन्त्री शर्माले पटाका पड्काउन पूर्ण रूपमा निषेध गर्नुपर्नेमा जोड दिए । ‘चाडवाडमा पटाका हैन कपडा र मिठाइ बाड्नुस, ‘ उनले भने । कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका शैलेन्द...

अमेरिकामा ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर र बायोइन्टेक खोप लगाउने अनुमति

१३ कात्तिक, काठमाडौं । अमेरिकाको खाद्य तथा औषधि विभागले पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र बायोइन्टेक कोरोना खोप लगाउने अनुमति दिएको छ । शुक्रबार खाद्य तथा औषधि विभागले उक्त उमेर समूहका बालबालिकालाई फाइजर र बायोइन्टेक कोरोना खोप लगाउने अनुमति दिएको हो । योसँगै अमेरिकामा फाइजर र बायोइन्टेकका कोरोना खोप साना बालबालिकालाई लगाइने पहिलो खोप बनेका छन् । मंगलबार खाद्य तथा औषधि विभाग (एफडिए) का विज्ञले फाइजर र बायोइन्टेक खोप लगाउन सिफारिस गरेपछि ५ देखि ११ वर्षका बालबालिकामा प्रयोगको अनुमति दिइएको हो । पछिल्लो निर्णयसँगै दुई करोड ८० लाख अमेरिकी बालबालिकाका लागि खोप उपलब्ध हुने अपेक्षा गरिएको  छ । साना बालबालिकालाई १० माइक्रोग्राम फाइजर खोप लगाइने छ । उक्त मात्रा यसअघि १२ वा सोभन्दा बढी उमेरका बालबालिकालाई ३० माइक्रोग्राम खोप दिन गरिएको सिफारिसभन्दा निकै कम हो । चीन, युएई र क्युबासहितका थोरै मुलुकले मात्रै पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड खोप लगाउने अनुमति दिएका छन् । कम मात्राको डोजले बिरलै देखिने केही साइड इफेक्ट न्यूनीकरण गर्ने एफडिएका विज्ञले बताएका थि...

हत्याराहरू

Image
हेनरी’ज रेस्टुराँको भोजनकक्षको ढोका खुल्यो र दुईजना मानिस भित्र छिरे । उनीहरू काउन्टरकै अगाडि गएर बसे । ‘तपाईंहरूका लागि के टक्र्याऊँ ?’ रेस्टुराँ सञ्चालक तन्नेरी जर्जले उनीहरू सामु उभिएर सोध्यो । ‘मलाई त ठ्याक्कै यही नै चाहिन्छ भन्ने थाहा छैन,’ तीमध्ये एकजनाले अर्कोसँग भन्यो, ‘एल, तिमी के खान्छौ ?’ ‘मलाई पनि थाहा छैन,’ एलले भन्यो, ‘आफूले के खाना खोजेको हो भनेर आफैँलाई थाहा छैन ।’ बाहिर समय अँध्यारिँदै गइरहेको थियो । रेस्टुराँबाहिर लहरै उभिएका सडकबत्तीझलमलाउन थाले ।काउन्टरअगाडि बसिरहेका दुईजना मानिस खानासूची -मेन्यु- हेर्दै थिए । काउन्टरको अर्को छेउमा उभिएको रेस्टुराँमा कार्यरत,उमेरले तन्नेरी हुँदै गरेको ठिटो,निक एडम्सले उनीहरूलाई नियालिरहेको थियो । ती दुई मानिस रेस्टुराँभित्र छिर्दा एडम्सले जर्जसित कुरा गरिरहेको थियो । ‘मेरा लागि बँदेल पोलेको, स्याउको चटनी र आलु थिचेको (म्यास्ड पोट्याटो) लिएर आऊ,’ पहिलो मानिसले भन्यो । ‘क्षमा गर्नुहोला, यी कुरा अहिले उपलब्ध छैनन् ।’ ‘उसो भए तिमीहरूले के खान यसलाई मेन्युमा राखेको त ?’ ‘त्यो त रातिको खानाका लागि हो,’ जर्जले नम्रतापूर्वक बेलीबिस...

केपी ओलीले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरे : माधव नेपाल

१३ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विवादका सन्दर्भमा बोल्ने क्रममा ओलीले परमादेश दिने पाँच न्यायाधीशले राजीनामा दिनु पर्छ भन्ने अभिव्यक्ति दिनु न्यायालयमाथिको हस्तक्षेप भएको अध्यक्ष नेपालले बताए । शनिबार बिहान विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले भने, ‘पाँचै जनाले राजीनामा दिनुपर्छ भन्ने जुन अभिव्यक्ति हो त्यो न्यायापालिकाको स्वतन्त्र निर्णय गर्ने अधिकारमाथिको हस्तक्षेप हो । न्यायपालिकाकाले संसद विघटनका दुवै विषयमा ऐतिहासिक निर्णय गरेकाले त्यसैको रिस पोख्नका लागि केपी ओलीले पाँच न्यायाधीशको राजीनामा मागेको अध्यक्ष नेपालको भनाइ छ । यो अस्वीकार्य भएको उनले बताए । साथै उनले केपी शर्मा ओली आफू बस्न नपाए कुर्सी भाँच्ने मान्छे भएको र आफ्ना हनुमानबाहेक सबैको विपक्षमा उभिने गरेको बताए । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे पत्रकारले सोधेको प्रश्नमा अध्यष नेपालले कुनै छलफल नै नभएको बताए ।

विदेशबाट फ्रड कल आयो ? अब प्राधिकरणले गर्नेछ अनुगमन

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट आउने कलको अनुगमन गर्ने प्रक्रिया अघि बढाएको छ । यसअघि खारेज गरिएको प्रक्रिया अदालतले उल्ट्याइदिएसँगै बाध्य भएर प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चारको ट्राफिक मनिटरका लागि आवश्यक सिस्टम जडानको प्रक्रिया पुनः अघि बढाएको हो । त्यसका लागि प्राधिकरणले ७० करोड पुरक बजेट बोर्डबाट स्वीकृत गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहमतिका लागि पठाउने निर्णयसमेत गरिसकेको छ । २०७४ सालमा प्राधिकरणले यो सिस्टम खरिदका लागि सार्वजनिक सूचनामार्फत अन्तर्राष्ट्रियस्तरमा आशयपत्र माग गरेको थियो । जसमा अन्तिम चरणका लागि चार परामर्शदाता छनौट भएका थिए । उनीहरुबाट आएको प्रस्तावलाई मूल्याङ्कन गरी अन्तिममा लेबनानको भ्यानरिस सोलुसन छनोट भएको थियो । तर, विज्ञले चार कम्पनीमात्र आउँदा प्रतिस्पर्धा कम भएको भनी राय दिएसँगै प्राधिकरणले पुनः खरिद प्रक्रिया अघि बढाउने भन्दै २०७६ साल वैशाख २४ गते प्रक्रिया खारेज गरेको थियो । प्राधिकरणको खरिद प्रक्रिया रद्द गर्ने उक्त निर्णयविरुद्धमा भ्यानरिस सोलुसनले सोही जेठमा सर्वोच्च अदालतमा रिट निवेद...