Posts

Showing posts from July, 2021

वीउवासङ्घद्वारा थप तीन समिति विस्तार

Image
वीरगञ्ज, श्रावण १५ वीरगञ्ज उद्योग वाणिज्य सङ्घले थप समितिहरु विस्तार गरेका छन् । विस्तारित समितिमा आई.सि.पी.÷आई.सि.डी. समन्वय समिति, भवन निर्माण तथा वहाल व्यवस्थापन समिति र स्थानीय कर समिति रहेका छन् । आई.सि.पी.÷आई.सि.डी. समन्वय समितिको संयोजकमा सुशान्त चाचान, भवन निर्माण तथा बहाल व्यवस्थापन समितिका संयोजक दीपककुमार टिवडेवाल तथा स्थानीय कर समितिको संयोजकमा सुरेशकुमार रुँगटा मनोनयन भएका छन् । कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले यहाँहरुले समितिहरुको काम कारवाही प्रभावकारी ढङ्गबाट अगाडि बढाउनु हुने छ भनी विश्वास लिएको बताउनुभयो । साथै विस्तार समितिहरुले आफ्नो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्र सङ्घले आफ्नो समग्र उद्देश्य पूरा गर्न सहज हुने बताउनु भयो । समितिका संयोजकहरुले आफूहरु माथि विश्वास गरी समितिको संयोजक मनोनयन गर्नुभएकोमा आभार प्रकट गर्दै आ–आफ्नो समितिको काम कारवाही आफूहरुले भ्याएसम्म सक्षमतापूर्वक अगाडि बढाउने आश्वासन दिनुभयो । कार्यक्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, सचिव अरविन्द्र अमात्यको उपस्थिति रहेको थियो ।  

२० करोड लगानीमा गाईपालन

– शङ्खर पहाडी सर्लाही, १६ साउन  लालबन्दी नगरपालिका– २ जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले 'कामधेनु गौशाला प्राली' नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन शुरु गर्नुभएको हो । उहाँले वडा नं २ स्थित लखनदेही नदी किनारको जग्गामा फार्म सञ्चालन गरी गाईपालन शुरु गर्नुभएको हो । शुरुमा दुई गाई पालेर गाईपालन शुरु गर्नुभएकी सिलवालले अहिले १५० गाई पाल्नुभएको छ । जमिन आफैँले खरिद गरेर शुरुमा रु १० लाख लगानी गर्नुभएकी सिलवालले अहिले १८ बिघा जमिनमा घाँस लगाउनुभएको छ ।  तीमध्ये ६५ गाईले दूध दिन्छन् भने ५२ ब्याउनेछन् । हाल बिहान बेलुकी गरी दैनिक ७०० लिटर दूध उत्पादन हुने फार्म सञ्चालक  सिलवालले जानकारी दिनुभयो । गाईपालनमा परिवारको पूर्णसाथ रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाईपालनमा जग्गासहित रू २० करोड लगानी पुगिसकेको छ । गाई खरीद र गोठ तथा अन्य भौतिक पूर्वाधार निर्माणका साथै गाई फार्म भएको जमीन कम्पनीकै रहेका कारण हालसम्म उक्त लागत लागेको उहाँको भनाइ छ ।  सिलवालका श्रीमान् अजित शरण लामिछाने पुर्खाैली पेशा पण्डित्याइमा व्य...

इनारमा शव फेला

धनुषा, १५ साउन/ गणेशमान चारनाथ नगरपालिका– १० बरमझिायाबाट हराइरहेकी छ वर्षीया बालिकाको शव फेला परेको छ । सोमवार विहान घरबाटै  हराइरहेकी प्रिति यादवको शव आज इनारमा फेला परेको हो ।  बालिका पिता वीरेन्द्र यादवका अनुसार  सोमवार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन् । बालिकाको शव घरदेखि ५०० मिटरका दूरीमा रहेको इनारमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।  शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । 

हिरासत कक्षमा थुनुवा मृत फेला

जनकपुरधाम, १५ साउन ।  जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंग मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । आफ्नै भाइसँगको विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा धनुषा जिल्ला अदालतले २ लाख रुपियाँँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर आर्थिक कमजोर रहेका उनले धरौटी बुझाउन नसक्दा अदालतले कारागार पठाउन आदेश दिएपछि प्रहरीले कारागार लैजानकै लागि हिरासतमा राखेको थियो । सोही क्रममा उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ । यद्यपि रविदासको परिवारजनले आत्महत्या नभई हत्या हुन सक्ने भन्दै घटनाको छानबिन गर्न माग गरेका छन् । यसअघि पनि २७ जेठ २०७७ को राति धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका एक युवा झुण्...

पेट्रोलियम पाइपलाइनको मर्मत शुरु

वीरगंज, १५ साउन ।  नेपाल भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन पहिलोपटक मर्मत थालिएको छ । अमलेखगञ्ज डिपोबाट झण्डै २० किलोमिटर पर पर्साको परवानीपुरमा रहेको भल्बमा रबरका टुक्रा जमेको पाइएपछि मर्मत शुरू गरिएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियमको आपूर्ति फ्लो कम भएपछि गरिएको एक्सरेमा भल्बमा रबर जमेको देखिएको निगमका प्रवक्ता बिनित मणि उपाध्यायले जानकारी दिए । उपाध्यायकाअनुसार पाइपलाइन निर्माणको क्रममा रबरको टुक्रा खसेको अनुमान गरिएको छ । समस्या देखिएको भल्बबाट ६ सय मिटर वर परबाट बाइपास गरेर तेल आपूर्ति सहज बनाएर बुधवारदेखि पाइपलाइन मर्मत थालिएको उपाध्यायले बताए । फोहोर जमेको भल्बबाट ६ सय मिटर वर र परबाट अर्काे पाइप जोडेर आपूर्ति सुचारू गर्दै मुख्य पाइप मर्मत भइरहेको उनले बताए । २०७६ भदौ २४ गते देखि सञ्चालनमा आएको पाइपलाइनमा यसअघि कहिल्यै समस्या नदेखिएको निगमले जनाएको छ । 'हामी सिक्दै छौं, पहिलो पटक दुर्ई वर्ष पुग्नै लाग्दा पाइपलाइनमा समस्या देखियो,' प्रवक्ता उपाध्ययाले भने ।  पाइपलाइन मर्मत गर्न तीन साता लाग्ने पनि उनले बताए ।

संघ र प्रदेशले समन्वय नगरेको मेयरको गुनासो

वीरगंज, १५ साउन । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संघ र प्रदेश सरकारले संरचनाहरू बनाउँदा समन्वय नगर्ने गरेको गुनासो गरेका छन् । उनले आवश्यकताको आधारमा संरचनाहरू बनाउनुपर्ने बताउँदै त्यसका लागि महानगरसँग समन्वय हुनु पर्नेमा जोड दिए । 'जे पायो त्यही संरचना बनाएर हुँदैन, आवश्यकतालाई ध्यान दिएर बनाउनुपर्छ' उनले भने । जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रको माथिल्लो तलामा निर्माण गरिएको 'सुरक्षित आवास गृह' उदघाटन कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । प्रदेश २ सरकारले सञ्चालन गर्दैै आएको 'पोखरी सौन्दर्यीकरण' कार्यक्रमप्रति कटाक्ष गर्दै उनले पोखरीको सौन्दर्यीकरण गर्ने भन्दा व्यवस्थापन जरूरी रहेको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय पछाडिको पोखरी पुरेर सुरक्षित आवास गृह बनाउने भनी सरसल्लाह भो, त्यसमा त प्रदेश सरकारको पोखरी सौन्दर्यीकरणको योजना परेको रहेछ,' उनले भने, 'नगर प्रमुखलाई थाहा नै हुँदैन, वीरगञ्जमा कार्यक्रम र योजना आइसकेको हुन्छ, कहिले कहीँ त तीन तहकै सरकारले एउटै कार्यक्रम समेत दिइदि...

दुर्घटनामा एकको मृत्यु, पाच घाइते

धनुषा, १५ साउन÷रासस धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हु"दा एक जनाको मृत्यु भएको छ ।  पा"च जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भ·हा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइते पा"च जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ । उनीहरूको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ । आज बिहान ५ः०० बजे ढल्केबर–जनकपुर राजमार्गको लक्ष्मीनिया" गाउ""पालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बर प्लेट ज२००२०००१ख ००३५ नम्बरको स्कारपिओ पिकअप अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

preeti to unicode

PREETI TO UNICODE CONVERTER Preeti Text Here Unicode Text Here Preeti to Unicode AUTOMATIC converter? It’s a common question to most of the Computer users. If you are well known about the traditional Nepali fonts that you may also know about the Preeti font. Preeti to Unicode – The system of converting Preeti to Unicode has made the traditional Nepali fonts easily display in the Computer or in machines. It is also the best way to convert and widely used a converter to write the email, the internet, and other documents. Try this Preeti to Unicode converter, you will never be down in converting the fronts. Importance You may be worried because you don’t know the Nepali typing. You may be wondering here and there for writing Nepali letters. But you needn’t worry about it because unicodetokantipur.ml is with you. One of the most popular tools in the blog unicodetokantipur.ml is the Preeti to Unicode Converter. The tool ‘Preeti to Unicode converter’ is the easi...

धनुषामा सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

धनुषा, १५ साउन (रासस) : धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइते पाँच जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ । उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ । आज बिहान ५ः०० बजे ढल्केबर–जनकपुर राजमार्गको लक्ष्मीनियाँ गाउँपालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बर प्लेट ज२००२०००१ख ००३५ नम्बरको स्कारपिओ पिकअप अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

युवकको शङ्कास्पद मृत्यु, ६ जना नियन्त्रणमा

Image
वीरगंज, १५ साउन/ काठमाडौंबाट वीरगंजमा लाइसेन्स नवीकरणका लागि आएका एक युवकको बिहीवार बिहान रहस्यमय तरीकाले मृत्यु भएको छ । वीरगंज महानगरपालिका–७ रामटोलमा अचेत अवस्थामा भेटिएका युवकको हत्या भएको प्रहरीले आशङ्का गरेको छ । काठमाडौं महानगरपालिका गङ्गबु बस्ने २७ वर्षीय सुजन पाख्रिन लाइसेन्स नवीकरण गर्न वीरगंज आएका र गएराति अबेरसम्म वीरगंजमा साथीहरूसँग बसी बीयर खाएको अपुग भयो भन्दै बीयर लिन निस्केका  पाख्रिन लामो समयसम्म नआएपछि  खोज्दै जाँदा गम्भीर घाइते अवस्थामा बिहान ३ बजे सडकमा फेला परेका थिए । घटनापछि तत्काल साथीहरूले नै प्रहरीलाई फोन गरी उपचारका लागि नारायणी अस्पताल लगेकोमा अस्पतालले युवकलाई मृत घोषणा गरेको छ । युवकको मृत्युपछि प्रहरीले अनुसन्धानका लागि मृतकका ६ जना साथीलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले काठमाडौं टोखा नगरपालिका –२५ निवासी मनोज कार्की, मकवानपुरका २८ वर्षीय कुमार सिंह पाख्रिन, वीरगंज महानगरपालिका–७ का २७ वर्षीय विक्की लामा, २२ वर्षीय विक्की साह, बारा फेटा गाउँपालिका–३ बस्ने २७ वर्षीय धनञ्जय रजकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय, पर...

नक्कली बाबु छोरी बनी नागरिकता लिने पक्राउ

Image
वीरगंज, १४ साउन । नक्कली बाबु र छोरी बनी नागरिकता बनाएको अभियोगमा पर्सा प्रहरीले दुर्ई जनालाई पक्राउ गरेको छ । पर्साको बहुदरमाई नगरपालिका–२ बस्ने ५१ वर्षीय धुरूप प्रसाद पटेल र भारत घर भई हाल बहुदरमाई–२ बस्ने कविता कुमारी भन्ने २८ वर्षीया सीता पटेल पक्राउ परेका हुन् । भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नाउँबाट जिल्ला प्रशासन कार्यालय, पर्साबाट झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको दावी प्रहरीले गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधवार बिहान १० बजे वीरगञ्ज–१३ श्रीपुरबाट सीता पटेललाई नियन्त्रणमा लिएको थियो । उनको शरीर तलासी गर्दा उनले बोकेको ब्यागमा जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७० पुस ११ गते जारी भएको ३४–०१–७०–१०३५२ नम्बरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी फेला पारेको थियो । नागरिकतामा साविक बैरियाबिर्ता दा.पु. गा.वि.स. वडा नं. ९ बस्ने धुरूप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण उल्लेख थियो । भारतीय नागरिकलाई नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिएको अभियोगमा धुरूपलाई पनि श्रीपुरबाटै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ...

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट ः डब्लुएचओ

Image
जेनेभा १४ साउन (रासस÷एएनआई) ः विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।    संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लएचओको भनाई छ ।   त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाहरुको सङ्ख्यामा पनि थोरै बृद्धि भएको डब्लुएचओका अधिकारीहरुले जनाएका छन् । डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ ।   सङ्क्रमितहरुको कुल सङ्ख्याका आधारमा अमेरिका सवैभन्दा अगाडि रहेको छ भने...

क्रियाशील सदस्यताको विषयमा आज टुंगो लाग्ने

Image
वीरगंज, १४ साउन ।  नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण आउदो १४ औं महाधिवेशन प्रभावित भएको छ ।  पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा बसेको बैठकमा केन्द्रीय महाधिवेशन निर्धारित समयमा गर्ने गरी अन्य महाधिवेशन कार्यतालिका हेरफेर गर्न सकिनेबारे छलफल भएको थियो ।  छलफमा संशोधित कार्यतालीका अनुसार नगर, गाउँ, वडा अधिवेशन साउन १२ गते र साउन १६ गते र प्रदेश सभा, क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो । त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गतेको लागि निर्धारण गरिएको थियो ।  ७ चरणमा अधिवेशन सम्पन्न गर्ने कार्यतालीका रहे तापनि बारा जिल्ला नेपाली कांग्रेसका जनप्रतिनिधि र सक्रिय कार्यकर्ताहरुको विरोधका कारणले उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । यस विषयमा थप जानकारीको लागि  हामीले धर्नामा बस्नुभएका महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवसंग जान...

एक किलो सुनसहित एक जना पक्राउ

१२ साउन, काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानमार्फत दुबईबाट आएका गोरखाका पदम परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको आगमनतर्फको भन्सार चेकचाँच गर्ने क्रममा एक्सरे गर्दा उनले ल्याएको कफी मेकरमाथि शंका लागेर खोलेर हेर्दा फलामबाट बनेको वस्तुभित्र अवैध रुपमा ल्याएको ११ सय ६५ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ । 

हात्तीको दाह्रा सहित ३ जना पक्राउ

बारा, १२ साउन- बाराको अमलेखगन्जबाट हात्तीको दाह्रा सहित ३ जना पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगन्ज बजारबाट ४ फिट लम्बाई १२ ईन्च मोटाई भएको १ थान हात्तीको दाह्रा सहित निजगढ नगरपालिका–११ बस्ने २९ वर्षीय सूर्य प्रताप तामाङ लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारी मोटरसाइकल चालक तामाङ लगायत ३ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

हात्तीको आक्रमणबाट घाइते सर्लाहीकी महिलाको मृत्यु

बीरगन्ज, १२ साउन- हात्तीको आक्रमणबाट घाइते सर्लाहीकी महिलाको बीरगन्जमा उपचारको क्रममा मृत्यु भएको छ । सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं.४ की ६२ वर्षिया तेतरी खातुनको बीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । गाउँकै आभाष रायको घरमा विवाह रहेको र विवाह हेर्न जाने क्रममा बाटोमा जंगली हात्तीले अचानक खातुनलाई आक्रामण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी खातुनलाई थप उपचारको लागि नेशनल मेडिकल अस्पतालमा लैजाने क्रममा बाटोमा नैं उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यस्तै, सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायाव उपरिक्षक माधव प्रसाद बुढाथोकीका अनुसार सर्लाहीमा थप एक जना हात्तीको आक्राणमा परी घाइते भएका छन् । बाग्मती नगरपालिका वडा नं.४ स्थित रेल्वे नजिकै हात्तीले आक्रमण गर्दा ३५ वर्षिय पुरूष घाइते भएका छन् । उनको सनाखत हुन बाँकी रहेको र उनको हरिवनमा प्रारम्भिक उपचार गरी बीरगन्जको नारायणी अस्पतालमा पठाईएको प्रहरीले जानकारी दिएको छ । 

वीरगञ्जमा इन्फ्लुएन्जा ए संक्रमण फैलिएको पुष्टि

 वीरगञ्ज । वीरगञ्जमा असारको अन्तिम सातादेखि बढेको कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण इन्फ्लुएन्जा ए को भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा केही नमुना परीक्षण गराउँदा वीरगञ्जमा इन्फ्लुएन्जाको संक्रमण फैलिएको पुष्टि भएको हो ।   नारायणी अस्पतालका डा. सरोजरोशन दासका अनुसार वीरगञ्जबाट ५ जनाको स्वाब नमुना परीक्षण गराउँदा ४ जनामा इन्फ्लुएन्जा ए एचथ्री पोजेटिभ देखिएको जानकारी दिए । वीरगञ्जबाट २१ वर्षका ३ जना महिला, २५ वर्षकी महिला र २७ वर्षीय पुरुषको स्वाब नमुना परीक्षणका लागि पठाइएको थियो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ नै आएको छ । संक्रमितहरु उपचारपछि अहिले ठीक भइसकेका छन् । विश्व स्वास्थ्य संगठनको जनकपुर कार्यालयले धनुषाबाट समेत दुईवटा स्वाब नमुना परीक्षणका लागि पठाएको थियो । ती स्वाबमा भने इन्फ्लुएन्जा बी भिक्टोरियाको संक्रमण देखिएको छ । नमुना परीक्षण रिपोर्टबाट वीरगञ्जमा इन्फ्लुएन्जा ए एचथ्रीको संक्रमण फैलिसकेको अनुमान गर्न सकिने नारायणी अस्पतालका भाइरोलोजिष्ट डा. प्रभाकर पाण्डे बताउँछन् । 'पहिला पनि वि...

अफिम कारोबारको आरोपी ५ महिनापछि पक्राउ

वीरगञ्ज । अवैध लागु औषध अफिम बिक्री गरेर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ८ किलो ५० ग्राम अफिम बिक्री गरेको आरोप लागेको झण्डै ५ महिनापछि पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षा बस्ने ५३ वर्षीय अमजद मियाँ चुरिहार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय पोखरियाले ०७७ असोज २० गते पर्साको कालिकामाई गाउँपालिका–१ तिनडोबियाबाट ८ किलो ५० ग्राम अफिम बरामद गरेको थियो । स्थानीय ४० वर्षीय खोभारी प्रसादको घरको सोफामुनि कपडामा बाँधेर राखेको ५० ग्राम र मेनेजर राउत कुर्मीको धान खेतमा सेतो प्लाष्टिकको झोलामा ८ किलो अफिम बरामद भएको थियो । अनुसन्धानका क्रममा खोभारीको बुवा गम्भिरा राउत कुर्मी, गाउँकै सैमुल्लाह आलम भन्ने मरफि मियाँ र ३५ वर्षीय नजिर आलम समेत घटनामा संलग्न रहेको तथ्य खुलेको थियो । उनीहरुले भारतीय तस्करको लगानीमा योजनाबद्ध रुपमा अमजदसँग अफिम खरिद गरेको बयान दिएका थिए । घटनापछि फरार रहेका अमजदलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए । 'घटनापछि अमजद भारतको पश्चिमी चम्पारण पंचरुखी ससुराली गएर लुकेर बसेका थिए, भारतीय प्...

कटुवा पेस्तोलसहित तीन युवक पक्राउ

Image
वीरगंज, ११ साउन । वीरगंजस्थित लक्ष्मणवाको एक होटेलबाट कटुवा पेस्तोलसहित तीन जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. २५ का २२ वर्षीय अनिल पटेल र २० वर्षीय रक्की पटेल तथा पोखरिया नगरपालिका वडा नं. २ का २० वर्षीय विक्रान्ता पटेल रहेका छन् । तीन जना युवकहरू सानो हतियार बेचविखन गर्ने उद्देश्यले बसिरहेका भन्ने सूचना प्राप्त भई होटलमा पुगेको प्रदेश नं.२ प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । सो होटलमा खाजा खाई बसिरहेका तीन जना युवकहरूको शरीर खानतलासी गर्दा अनिल पटेलको साथबाट कटुवा पेस्तोल थान–१ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । तीनैजनालाई उक्त पेस्तोल तथा युवकहरूले प्रयोग गरेको प्रदेश २–०३–०१३ प २०९७ नं. को मोटरसाइकलर र अर्काे वन टेस्ट सुपर स्पलेन्डर मोटरसाइकल गरी २ वटा मोटरसाइकलसहित प्रहरी टोलीले नियन्त्रणमा लिएको खनालले बताए । उनीहरूमाथि हात हतियार सम्बन्धी कसूरमा अनुन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता खनालले बताए ।

खर्राटे और टीवी देखने के बीच कनेक्शन

Image
दिनभर में 4 घंटे से अधिक टीवी देखने की आदत है तो अलर्ट हो जाएं। ऐसे लोगों में खर्राटे आने का खतरा 78 फीसदी तक बढ़ जाता है। यह दावा हार्वर्ड मेडिकल स्कूल के शोधकर्ताओं ने अपनी हालिया रिसर्च में किया गया है। शोधकर्ताओं ने 10 से 18 साल के ऐसे 1,38,000 बच्चों पर रिसर्च की। उनकी सेहत कैसी है और वो कितना चलते-फिरते हैं, इस पर भी नजर रखी गई। रिसर्च में सामने आया कि एक ही जगह पर बैठे रहने की आदत से ऑब्सट्रक्टिव स्लीप एप्निया हो सकता है। इस वजह से खर्राटे शुरू होने का खतरा 78 फीसदी तक बढ़ जाता है। शोधकर्ताओं ने सलाह दी है कि ऐसे लोग जो ऑफिस में दिनभर बैठे रहते हैं, उन्हें भी इसकी भरपाई अधिक एक्सरसाइज करके करनी चाहिए। क्यों खतरनाक है स्लीप एप्निया     स्लीप एप्निया ऐसी स्थिति है, जब कोई भी एक सांस नली रात में पूरी तरह से ब्लॉक हो जाती है। ऐसा होने पर सामान्य तरीके से सांस लेना मुश्किल हो जाता है। यही स्थिति खर्राटों में बदल जाती है।     अगर समय पर इसका इलाज न कराया जाए तो कैंसर, हाई ब्लड प्रेशर, हार्ट अटैक, ग्लूकोमा, स्ट्रोक और टाइप-2 डायबिटीज होने का खतरा भी बढ़ता है।     विशेषज्ञों के अनुमान क...

गर्मी बढ़ने पर डेंगू फैलाने वाले मच्छर सुस्त पड़ जाते है

Image
अमेरिकी वैज्ञानिकों ने दुनिया में बढ़ती ग्लोबल वार्मिंग का एक फायदा भी बताया है। वैज्ञानिकों का कहना है, ग्लोबल वार्मिंग के कारण देश-दुनिया में डेंगू के मामले घट सकते हैं। रिसर्च करने वाली पेन्सिलवेनिया स्टेट यूनिवर्सिटी की रिसर्चर एलिजाबेथ मैक्ग्रा कहती हैं, जब एडीज इजिप्टी मच्छर डेंगू वायरस का वाहक बन जाता है तो इसकी गर्मी सहने की क्षमता घट जाती है। यह संक्रमित करने लायक नहीं बचता। इसके अलावा मच्छरों में इस रोग को रोकने वाला बैक्टीरिया वोलबचिया भी काफी एक्टिव हो जाता है। इसलिए ग्लोबल वार्मिंग की वजह से डेंगू के मामलों में कमी आ सकती है। तापमान बढ़ने पर मच्छर सुस्त हो जाते हैं, ऐसे समझें     इंडोनेशिया में डेंगू के मामलों को घटाने के लिए नया प्रयोग किया गया। मच्छरों में वोल्बाचिया बैक्टीरिया को इंजेक्ट किया गया। यह बैक्टीरिया डेंगू के वायरस को फैलने से रोकता है। इन मच्छरों को खुले में छोड़ दिया गया है। रिसर्च में सामने आया कि जहां इन मच्छरों को छोड़ा गया वहां डेंगू के मामलों में 77 फीसदी कमी आई।     रिसर्चर एलिजाबेथ ने मच्छरों पर जलवायु परिवर्तन के असर को समझने के लिए एक प्रयोग किया। ड...

पर्सामा १५ प्रतिशतले मात्रै पाए पूर्ण खोप

वीरगंज, ११ साउन ।  पर्सामा कुल जनसंख्याको १५ प्रतिशतले कोरोना विरूद्धको पूर्ण खोप लगाएका छन् । १८ वर्ष मुनिको उमेर समूह बाहेकको कुल जनसंख्या मध्ये १५ प्रतिशतले कोरोना विरूद्धको खोपको पहिलो र दोस्रो मात्रा गरि पूर्ण खोप लगाएका हुन् । स्वास्थ्य कार्यालय पर्साको तथ्यांकले हालसम्म पटकपटक गरि पर्सामा कोभिसिल्डको ४७ हजार ४ सय मात्रा प्राप्त भएको जनाएको छ । कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र जेष्ठ नागरिकहरूलाई खोप वितरणमा प्राथमिकता दिन सरकारी निर्देशन थियो । जस अनुसार ४७ हजार १ सय ३० जनाले कोरोना विरूद्धको खोप कोभसिल्डको पहिलो मात्रा लगाएका थिए । वीरगंज महानगरपालिकामा खोप लगाउँन जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागीता देखिएपनि जिल्लाको ग्रामीण भेगमा भने खोप लगाउँन जेष्ठ नागरिकहरूको सहभागीता निकै न्युन देखिएको थियो । पर्सा लगायत देशैभरि कोभिसिल्ड खोप लगाउँनेहरूको संख्या उच्च थियो । खोपको पहिलो मात्रा लगाएकाहरू दोस्रो खोपको प्रतिक्षामा थिए । तर, भारतको सिरम ईन्स्टिच्युटले कोभिसिल्डको थप खोप निर्यात गर्न नसकिने बताएपछि दोस्रो मात्राको कोभिसिल्ड लगाउँनेहरूको संख्य...

पुर्वमन्त्रीले सयौ लिटर दूध अर्पण गरे

वीरगंज, ११ साउन ।  हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा पुर्वमन्त्री उमाशंकर अरगरियाले सयौ लिटर दुध अर्पण गरिएको छ । दुध अर्पण गरेको विषयलाई अन्धविश्वाससँग जोडेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हिन्दुहरूको भावनामा चोट पुर्याउनेगरी टिप्पणी गरेका बेला हिन्दुवादी युवाहरूले साउनको पहिलो सोमवारको अवसर पारेर जेठ ११ गते पशुपतिको पूर्व ढोकास्थित बागमती नदीमा दुध अर्पण (चढाएको) गरेका हुन् । नेपाल फाउण्डेशनका अध्यक्ष विकाशकुमार ठाकुरको संयोजनमा निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देबेश झा लगायत हिन्दुवादी युवा तथा महिलाहरू पशुपति मन्दिर पुगेका थिए । बागमतीमा दुध अर्पण गर्ने कार्यक्रममा पूर्वमन्त्री अरगरिया, फाउण्डेशनका अध्यक्ष ठाकुरले हिन्दु विरोधी गतिविधिमा संलग्न पूर्वप्रधानमन्त्री भट्टराईको आलोचना गरेका थिए । उनीहरूले पश्चिममाको फण्डमा नेपालमा धर्म विरोधी गतिविधि नगर्न भट्टराईसहित क्रिश्चियन एजेन्टलाई चेतावनी समेत दिए । 'तिथि अनुसार आज श्रावण महिनाको पहिलो सोमवार बाबा पशुपतिनाथलाई स्मरण गर्दै सनातन बिधिले पुजा पाठ ...

अवैध लागूऔषधसहित एक जना पक्राउ

वीरगंज, ११ साउन ।  वीरगंजमा अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२४ रामगढवाका २६ वर्षीय अफरोज मियाँँ रहेका छन् । भारतको रक्सौलबाट वीरगंज आउँदै गरेका मियाँँलाई वीरगंज प्रहरीले चेकजाँच गर्दा उनले बोकेको तरकारीको झोलाभित्रबाट नुर्पिmन २०० एमएल, डाइजेपाम २०० र फेनारगन एम्पुल बरामद गरेको हो । प्रहरीले मियाँलाई हिरासतमा लिइ थप अनुसन्धान अगाडि बढाएको छ ।

दुर्घटनामा युवकको मृत्युु

वीरगंज, ११ साउन ।  धनुषामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्युु भएको छ । मृत्यू हुनेमा कमला नगरपालिका ३ पर्सा टोलका ३४ वर्षीय शंकर यादव रहेको छ। धनुषाको हँसपुर नगरपालिका–९ स्थित बालगंगा चोक नजिकै राति प्रदेश ३ ०२ ००९ प ७८१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा यादव गम्भीर घाइते भएका छन् । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । मृत्युुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन् ।

चीनमा पुनः भेटिए कोरोनाका सङ्क्रमित

बेइजिङ ११ साउन ९रासस÷सिन्ह्वा० ः कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ । चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ सङ्क्रमितहरु देखिने गरेका छन् ।चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । आइतबार मात्र चीनमा कोरोना भाइरसका यी सङ्क्रमित भित्रैबाट देखिएका र अरु ३६ जना बाहिरबाट आएका नागरिकमा पाइएको छ । चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरुले जनाएका छन् ।स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ । चीनले कोरोना निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । यहाँ पछिल्ला हप्ताहरुमा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि सङ्क...

सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

 ११ साउन, जनकपुरधाम । सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हरिवन नगरपालिका -४ बस्‍ने सलाकत मन्सुरकी ६२ वर्षीया पत्नी तेतरी खातुन रहेको प्रहरीले जनाएको छ । स्थानीय आभाष रायको विवाह घरमा जाने क्रममा अचानक सोमबार बिहान २ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । नमुना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि नेशनल मेडिकल कलेज बिरगञ्ज रिफर गरिएकोमा उनको सोही क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । यस्तै बागमती नगरपालिकामा हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् । बागमती नगरपालिका-४ रेल्वे नजिकै हात्तीले आक्रमण गर्दा ३५ बर्षीय पुरुष घाइते भएका हुन् । नाम र ठेगाना खुल्न नसकेका व्यक्तिको नमूना अस्पताल हरिवनमा प्राथमिक उपचार गरी थप उपचारको लागि नारायणी उप-क्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको प्रहरी प्रवक्ता बुढाथोकीले बताए । 

अनाधिकृत रुपमा राखिएका सामाग्री हटाउदै महानगर

Image
वीरगन्ज १० साउन । वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रमा जथाभावी सडक पेटीमा राखिएका सामग्रीहरु हटाउने अभियानलाई तीब्रता दिएको छ । बाईपास क्षेत्रमा सडक नै अतिक्रमण गरेर जथाभावी अनाधिकृत रुपमा निर्माण सामाग्री, कवाडी सामानहरु महानगरपालिकाले हटाउन थालेको हो । शनिबार महानगरपालिकाले दोश्रो बाईपासक्षेत्रमा पर्ने नगवा चोकदेखि भन्सारसम्म जाने सडक किनारमा राखिएको अनाधिकृत निर्माण सामग्रीहरु गिटी, बालुवा, ढुंगा लगायत हटाएको छ । आईतबार पनि यसलाई निरन्तरता दिदै नयाँ बसपार्कदेखि उत्तरतर्फ सडक किनारमा राखिएका ईटा, गिटी, बालुवा, ढुंगा, टायर लगायत कवाडी सामानहरु हटाएको छ । महानगरपालिकाले सडक पेटीहरुमा अनाधिकृत रुपमा राखिएका सामानहरु हटाउन पटक पटक सूचना जारी गरेपनि स्थानीयले अटेर गरेर नहटाएपछि महानगरपालिकाको सरसफाई शाखाका कर्मचारी, नगर प्रहरी र सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गतको फोहोर व्यावस्थापन गर्ने ठेकेदारको संयुक्त पहलमा सडक पेटीमा राखिएका सामानहरु हटाउने अभियान थालेको महानगरपालिकाका सरसफाई शाखाका इन्चार्ज सर्फुद्दिन मियाँले बताउनुभयो । व्यापार व्यवसायको प्रयोजनका लागि जथाभावी निर्माण स...

तराई–मधेश क्षेत्रको समृद्धिको आधार बन्दै हुलाकी राजमार्गको ‘फिडर रोड’

Image
काठमाडौँ, १० साउन (रासस) : हुलाकी राजमार्ग आयोजनाअन्तर्गत निर्माण भएका मुख्य र सहायक सडक तराई–मधेश क्षेत्रको समृद्धिके आधार बन्न थालेका छन् । पूरै आयोजना सम्पन्न भए पनि राजमार्ग र सहायक सडक –फिडर रोड) ले यहाँको जनजीवन सजिलो बनाउँदै लगेको छ । आयोजनाअन्तर्गत पूर्व–पश्चिम हुलाकी राजमार्गसँगै उत्तर दक्षिणमा 'फिडर रोड' निर्माण कतिपय  सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने चरणमा छन् ।    पूर्व–पश्चिम हुलाकी राजमार्गसँगै सहायक सडकका रुपमा रहेका १० मध्ये नौ सडक पूरा भइसकेका आयोजनाले जनाएको छ । एउटा सडक बाँकी रहेकामा दुई प्याकेजमा काम भइरहेको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताउनुभयो । दुई प्याकेजमध्ये पनि एउटा पूरा भएको छ भने एउटा बाँकी छ । केही समय पहिले मात्रै भारतीय दूतावासले सम्पन्न सडक सरकारलाई हस्तान्तरण गरेको थियो । उहाँले भन्नुभयो, "बाँकी सडक पनि ठेक्का भइसकेको छ ।"                फिडर सडक तराई–मधेशमा आवतजावत र ढुवानीमा कोशेढुङ्गा बन्दै गएको आयोजनाका प्रमुख बिसुरालले बताउनुभयो । तराईका कुनै पनि भाग नछुट्ने गरी बलियो सञ्जाल बनाइएको उहाँले बताउनुभयो । उहाँले भन्न...

वीउवासंघद्वारा प्रदेश २ प्रहरी नायब महानिरीक्षक रञ्जितकारसँग भेटघाट

Image
वीरगञ्ज, १० श्रावण । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको अवसरमा प्रदेश २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।  सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यको क्रममा हाल कायम रहेको शान्ति सुव्यवस्थालाई स्थायित्वको लागि आग्रह गर्नुभयो । उहाँले कोभिड १९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै सङ्घले आफ्नो सक्रियतामा नारायणी अस्पतालमा बाल सघन चिकित्सा इकाईको निर्माण सम्पन्न गरेको र हाल उक्त इकाईबाट प्रभावकारी स्वास्थ्य सेवा प्रदान भई रहेको जानकारी गराउनुभयो । त्यस्तै उहाँले वीरगञ्ज नगरभरि विस्तारित सिसिटिभी परियोजनाको लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने, औद्योगिक कोरिडोरको सुरक्षाको लागि औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नुपर्ने, औद्योगिक कोरिडोरको लागि केमिकलयुक्त वारुणयन्त्रको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।  प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले अपराधीहरु एडभान्सड र प्रविधिमय भई सकेकोले अपराध न्यूनीकरणको लागि घटनास्थलमा प्रहरी उपस्थित ...

थामियाँे पानी, थपियो कहर

गोपालप्रसाद बराल महोत्तरी, १० साउन  गत मध्य असारसँगै शुरू भएको साताव्यापी मुसलधारे वर्षाले घर ढालेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर समस्या नै समस्याको भुमरीले रनभुल्ल हुनुहुन्छ । "घर ढलेर आकाशमुनिको बास बन्यो, बनीबुतो गरेर घरमा राखेको अन्नपात डुबानमा पर्दा जहान बालबच्चाको मुखमा माड लाग्ने बाटो खोसियो", कापर बिरक्तिँदै भन्नुहुन्छ, "बर्खाकालमै छौँ, झुप्रो ठड्याएर बालबच्चा ओत्याउने र भोक कसरी टार्ने भन्ने चिन्ताले पिरोल्छ ।" साउन दोस्रो साता प्रारम्भसँगै पानी पूरै थामिएर टन्टलापुर घाम लाग्न थालेपछि कापरले भन्नुभयो, "पानी त थामिएजस्तो छ, तर हामी गरिबको कहर (कष्ट) थामिएन, यो त थपिँदै पो गयो ।" मध्य असारपछिको साताभरि र साउन पहिलो साताको तीन दिनसम्म लगातार परेको मुसलधारे वर्षा महोत्तरीमा गत बुधवारयता थामिदै गएको छ तर त्यो मुसलधारे वर्षाको कहर भने कायमै हुँदा यहाँका कापरजस्ता बाढी, डुबानपीडित अझै सामान्य हुनसकेका छैनन् । जसका घर ढले, ठडिन सकेका छैनन् । अन्नपात सडेर, बगेर गयो । मध्य बर्खामा बास र गाँस खोसिँदा हिउँद लागुञ्जेलसम्म कसरी ब...

बेच्न लैजाँदै गरेका बालिकालाई धम्की दिएर बयान फेर्न लगाएको आरोप

– सञ्जीतकुमार मण्डल जलेश्वर, १० साउन/  प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सितामढीमा भेटिएका ती किशोरी हराएको घटनाले चार महिनापछि आएर नयाँ मोड लिएको छ । टिकटक हेरेर गायिका बन्न भारततर्पm गएको भनिएका भङ्गाहा–८ स्थित धर्मपुरका सात किशोरीलाई बेच्ने उद्देश्यले योजनाबद्ध तरिकाले भारत पु¥याइएको रहस्य युवतीका आफन्तले खोलेका छन् । साथै आफ्ना बालिकालाई कसले, कहाँ र कसरी लैजाँदै गरेको वारेमा कसैलाई केही पनि नबताउन ओरेक नेपाल महोत्तरीका प्रमुख लीला दियालीले धम्की दिएको उनीहरूको आरोप छ । उनीहरूले ओरेक प्रमुख दियालीले प्रहरी र अपहरणकर्तासँग मिलेर मोटो रकम खाएर आफ्ना बालबालिकालाई कसैलाई केही भनेमा ज्यान मार्नेसम्मको धम्की दिएको आरोप लगाएका छन् । घाँस काट्ने बहानामा चैत १७ गते आ–आफ्ना घरबाट निस्केका स्थानीयवासी १२ वर्षीयाद्वय सीमा पासवान र रञ्जना पासवान, १३ ...

मलेसियाबाट एकैपटक ल्याइयो २४ नेपालीको शव र तीन अस्तु

Image
९ साउन, काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ । शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो । यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ । सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।

स्व. बिन्दु पाण्डे स्मृति पुरस्कारबाट अनिता कुवर सम्मानित

Image
वीरगंज, ८ साउन । स्व. विन्दु पाण्डे स्मृति पुरस्कारबाट रेडियोकर्मी अनिता कुवँर  सम्मानित भएकी छन् ।  प्रतिष्ठानले होटल कुमुमा आयोजना गरेको सम्मान कार्यक्रममा कुँवरलाई रु १५ हजारको राशिसहित सम्मानित गरिएको थियो ।  स्व. विन्दु देवी पाण्डेको पाँचौ पुण्य तिथिको अवसरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर २ का उर्जा तथा सिंचाई विकास मन्त्री ओमप्रकाश शर्माले पत्रकार कुवँरलाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरेका थिए । नेपाल पत्रकार महासंघ पर्साको संस्थापक महिला सदस्य स्व। पाण्डेको स्मृतिमा ५ वर्ष अगाडी स्थापीत प्रतिष्ठानले प्रत्येक वर्ष असार ५ गते पाण्डेको पुण्य तिथीको अवसरमा पुरस्कार वितरण गर्दै आएपनि यस वर्ष कोरोना महामारीको कारण सभा, गोष्ठी र सेमिनारहरू नगर्ने स्थानीय प्रशासनको आदेशका कारण पुरस्कार वितरणमा ढिलाई भएको प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामीछाने, प्रदेश २ का महासचिव श्याम बन्जारा, जिल्ला अध्यक्ष अनुप तिवारी, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल पटवारी, वरिष्ठ भोजपुरी स...

बैंकिङ सिष्टम ह्याक प्रकरण ः नेपाल राष्ट्र बैंक भन्छ– डराउनुपर्दैन

काठमाडौं, ७ साउन/  नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ ।  बुधवार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधवार साँझ इमेल आए तापनि बिहीवार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आफूलाई ह्याकर बताउने समूहले राष्ट्र बैंकसहित १५ वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको थियो । "मलाई भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएको थियो, हामीले हाम्रो (नेपाल राष्ट्र बैंकको) र बैंकहरूको सिस्टम चेक ग¥यौँ, हाम्रो सिस्टम सुरक्षित छ, ह्याक भएको छैन, डराउनुपर्ने अवस्था छैन", उहाँले भन्नुभयो, "यो कार्य कानूनीरूपमा दण्डनीय हो, त्यसमाथि कारबाई हुन्छ ।" उहाँका अनुसार इमेल र कल गर्ने व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेको छ तर कसले त्यस्तो म्यासेज पठाएको भन्ने विषयमा हालसम्म केही खुलेको छैन ।...

१२५ वर्षीय पूजारीको निधन

जलेश्वर, ७ साउन   महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ । पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आउनुभएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो ।  भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी  तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गर्नुभएका उहाँ शुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आउनुभएको थियो । स्थानीयवासीका अनुसार योग गर्नुहुने उहाँले बिरामी हुँदा पनि कहिल्यै औषधि  प्रयोग गर्नुभएको थिएन । पूजारी बाबा  वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरुको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो । उहाँको  अन्तिम संस्कारका लागि  स्थानीय गाउँवासी अहिले मन्दिर प्राङ्गडमा भेला भएका छन् । 

लायन्स क्लबद्वारा वीउवासङ्घका अध्यक्ष तथा का.स.स. सम्मानित

Image
वीरगञ्ज, ७ श्रावण÷ लायन्स क्लव अफ वीरगञ्ज आदर्शनगरले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा कार्यसमिति सदस्यलाई आज एक समारोहका बीच सम्मान गरेको छ । होटल मकालुमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता तथा कार्यसमिति सदस्य दिपक टिबडेवाल, प्रमोद चौरसिया र सुरेश रुँगटालाई क्लबका अध्यक्ष संजय खेतानले अबिरको टिका तथा माला लगाई बधाई पत्रद्वारा सम्मान गर्नु भएको थियो । सम्मान गर्दै क्लबका अध्यक्ष खेतानले सङ्घका वरिष्ठ उपाध्यक्ष रहेका बखत महासङ्घको सदस्यमा निर्वाचित हुनु भएका गुप्ताले आफ्नो व्यक्तित्वलाई निरन्तर उँचाईमा पुर्याई रहनु भएको बताउनु भयो ।  लायन्स क्लबसँग आबद्ध सम्मानित हुने अध्यक्ष र कार्यसमिति सदस्य वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा निर्वाचित हुनु भएकोमा धेरै खुशीको कुरा रहेको बताउनु भयो । साथै सोही कार्यक्रममा क्लबका अध्यक्ष संजय खेतानले आफ्नो कार्यकालमा हाल सम्म गरिएका कामहरुको बारेमा जानकारी दिँदै आगामी एक वर्षको लागि नवनिर्वाचित अध्यक्ष शंकर मालुलाई आफ्नो पद हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष गुप्ताले यो सम्मान आफ्नो सम्मान मात्र नभई सम्प...

माईस्थान विद्यापीठका छात्राहरुलाई साइकल वितरण

Image
वीरगंज, ७ साउन ।  मुख्यमन्त्री बेटी पढाऔं बेटी बचाऔं अभियान अन्तर्गत आज वीरगंज महानगरपालिका वडा नं. ७ स्थित माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा कक्ष्Fा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ ।  मुख्यमन्त्री लालबाबू राउतले छात्राहरुलाई साइकल वितरण गर्दै छोरी शिक्षित भए समाज शिक्षित हुने बताए । उनले छोरीलाई शिक्ष्Fामा सहयोग गर्न प्रदेश सरकारले कटिबद्ध रहेको बताए ।  कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष बसन्त अग्रवाल, प्रधानाध्यपाक मुर्तुजा अन्सारी, कृष्टिना यादवलगायतले मन्तव्य राखेका थिए ।  कार्यक्रममा रामनरेश यादव, विद्यालय तदर्थ समितिका पदाधिकारी, विद्यालयका शिक्ष्Fक, विद्यार्थीहरुलगायतको उपस्थिति रहेको  वडाका सचिव सतिश श्रीवास्तवले जानकारी गराए । 

विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपालका पाँच खेलाडी

Image
काठमाडाँै, ६ साउन  जापानमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्र्दैछन् । यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपाललले एथ्लेटिक्स, सुटिङ, जुडो र पाौडी खेलमा सहभागिता जनाउँदैछ । ३२ औँ गृष्मकालीन ओलम्पिकमा एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् । उनले एक सय मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्न लागेकी हुन् । छोटो दूरीका धाविका चौधरी युनिभर्सालिटी कोटामा ओलम्पिक खेल्न लागेकी हुन् । उनी साउन १५ गते मैदानमा उत्रनेछिन् । सुटिङमा कल्पना परियारले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनले महिला १० मिटर एयर राइफलमा नेपालको चुनौती प्रस्तुत गर्ने भएकी हुन् । उनी वाइल्ड कार्ड प्राप्त गरेर टोकियो ओलम्पिकमा भाग लिन लागेकी हुन् । उनको खेल यही साउन ९ गते हुनेछ । उनले छनोट चरण पार गरे अन्तिम चरणको खेल पनि  साउन ९ गते साँझ नै हुनेछ ।  जुडोमा सो...

१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप

Image
काठमाडौँ, ६ साउन   कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ ।  खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिनुभयो ।  अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ । उहाँले खोप भोलिसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताउनुभयो । उहाँले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरुले कम लगाएको हुनसक्ने भन्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने बताउनुभयो ।  प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन ४ गते खोप अभियानको शुभारम्भ गर्नुभएको थियो । भोलिसम्म लगाइने खोप शुरुमा ५० देखि ५४ वर्ष उमेर समूहका सबैलाई भनिएको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको थियो । जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स...

दुनिया की सबसे विचित्र गोभी ऐसी क्यों है

Image
पिरामिड की तरह दिखने वाली दुनिया की विचित्र गोभी पर वैज्ञानिकों ने नई रिसर्च की है। यह गोभी इतनी विचित्र क्यों दिखती है, वैज्ञानिकों ने इसकी वजह बताई है। इसे आम भाषा में रोमनेस्को कॉलीफ्लॉवर और रोमनेस्को ब्रॉकली भी कहा जाता है। यह सेलेक्टिव ब्रीडिंग का बेहतरीन उदाहरण है। इसकी बनावट पर फ्रेंच नेशनल सेंटर फॉर साइंटिफिक रिसर्च के वैज्ञानिकों ने अध्ययन किया है। इसलिए होता है पिरामिड जैसा आकार शोधकर्ता फ्रांस्वा पार्सी का कहना है, इस गोभी के विचित्र दिखने की वजह इसका फूल है। गोभी में मौजूद दानेदार फूल दरअसरल बड़े फूल में तब्दील होना चाहते हैं, लेकिन ऐसा हो नहीं पाता है। इसका निचला हिस्सा तने में तब्दील हो जाता है और ऊपरी हिस्सा कली बनकर रह जाती हैं। ऐसा इतनी बार होता है कि एक कली के ऊपर दूसरी कली चढ़ती जाती है। इस तरह ये पिरामिड जैसे दिखने लगते हैं। फूल का 3डी-मॉडल तैयार किया शोधकर्ता एलेक्जेंडर बुक्श कहते हैं, इस गोभी की पिरामिड जैसी आकृति का पता लगाना इसलिए जरूरी था क्योंकि इसमें किसी तरह की बीमारी हो तो उसे सुधारा जा सके। ऐसी आकृति का पता लगाने के लिए गोभी के अलग-अलग फूल का 3डी- मॉडल तैय...

लॉन्ग कोविड से जुड़ी 5 लक्षण

Image
कौन से लक्षण बताते हैं कि मरीज लॉन्ग कोविड का शिकार हो सकता है, इसे समझाने के लिए वैज्ञानिकों ने एक स्टडी की है। वैज्ञानिकों का कहना है, संक्रमण होने के बाद पहले ही हफ्ते में कोरोना से जुड़े 5 लक्षण दिखते हैं तो मरीज को लॉन्ग कोविड होने का खतरा ज्यादा रहता है। इन 5 लक्षणों में थकान, सिरदर्द, सांस से जुड़ी समस्या, बुखार और पेट से जुड़ी दिक्कतें शामिल हैं। रिसर्च करने वाली ब्रिटेन की बर्मिंघम यूनिवर्सिटी के शोधकर्ताओं का कहना है, कोरोना पीड़ितों से जुड़े डाटा की मदद से लॉन्ग कोविड के 10 लक्षण भी बताए गए हैं। इनमें सिरदर्द, मांसपेशियों में दर्द, खांसी, सांस लेने में तकलीफ, जोड़ों में दर्द, सीने में दर्द, डायरिया, स्वाद और खुशबू का न मिल पाना शामिल हैं। क्या है लॉन्ग कोविड लॉन्ग कोविड की कोई मेडिकल परिभाषा नहीं है। आसान भाषा में इसका मतलब है शरीर से वायरस जाने के बाद भी कुछ न कुछ लक्षण दिखते रहना। कोविड-19 के जिन मरीजों की रिपोर्ट निगेटिव आ चुकी है, उन्हें महीनों बाद भी समस्याएं हो रही हैं। कोविड-19 से उबरने के बाद भी लक्षणों का लंबे समय तक बने रहना ही लॉन्ग कोविड है। लॉन्ग कोविड की वजह सम...

कोरोना का संक्रमण होने के 9 महीने बाद भी शरीर में रहती हैं एंटीबॉडीज

Image
कोरोना का एक बार संक्रमण होने के बाद एंटीबॉडीज शरीर में कितने दिनों तक रहती हैं, यह सवाल हमेशा से चर्चा में रहा है। हालिया रिसर्च में वैज्ञानिकों ने इसका जवाब दिया है। वैज्ञानिकों का कहना है, संक्रमण के 9 महीने बाद तक शरीर में एंटीबॉडी का लेवल हाई रहता है। चाहें मरीज में संक्रमण के बाद लक्षण दिखे हों या मरीज एसिम्प्टोमैटिक रहा हो। यह दावा इटली की पडुआ यूनिवर्सिटी और लंदन के इम्पीरियल कॉलेज मिलकर की है। 98.8 फीसदी मरीजों में मिली एंटीबॉडीज पिछले साल फरवरी और मार्च में इटली शहर में 3 हजार कोरोना पीड़ितों के डाटा की एनालिसिस की गई। इनमें से 85 फीसदी मरीजों की जांच की गई। मई और नवम्बर 2020 में एक बार फिर मरीजों में जांच करके एंटीबॉडीज का स्तर देखा गया। जांच में सामने आया कि जो फरवरी और मार्च में संक्रमित हुए थे उनमें से 98.8 फीसदी मरीजों में नवम्बर में भी एंटीबॉडीज पाई गईं। लक्षण और बिना लक्षणों वालों में एंटीबॉडीज का स्तर एक इम्पीरियल कॉलेज के रिसर्चर इलेरिया डोरिगाटी का कहना है, रिसर्च के दौरान पाया गया कि लक्षण वाले और बिना लक्षण वाले मरीजों में एंटीबॉडीज का स्तर एक जैसा था। यह बात भी स...

चौथो वेभ आएको दक्षिण कोरियामा २४ घन्टामा अहिलेसम्मकै बढी सङ्क्रमित

Image
सोल ६ साउन -रासस/सिन्हवा) ः  कोरोना भाइरस कोभिड १९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।यहाँका अधिकारीहरूले मंगलवार यहाँ धेरैजना कोरोना भाइरसका संक्रमितहरू बढिरहेको बताएका समाचारमा जनाइएको छ । दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का सङ्क्रमितहरू एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् ।दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो समयमा राजधानी सोल महानगरपालिका क्षेत्रमा नै धेरै सङ्क्रमितहरू पाइएको बताइएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएको जानकारीअनुसार गएको २४ घन्टा यता मात्र एक हजार ७८४ जना कोभिडका संक्रमितहरू भेटिएका हुन् ।दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् । यहाँका अधिकारीहरूले दक्षिण कोरियामा गएको हप्ता देखि निरन्तर रूपमा संक्रमितहरू बढ्दै गएको पनि बताएका हुन् । उनीहरूका अनुसार दक्षिण कोरिया कोभिड सङ्क्...