Posts

Showing posts from August, 2022

बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे २० हजारसम्म जरिवाना तिर्नुपर्ने !

काठमाडौं । ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई कारबाही गर्ने भएको छ । म्याप हेर्न वा फोटो/भिडिओ खिच्नका लागि बाइकमा माेबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएकाे भन्दै ट्राफिक प्रहरीले देशैभर यसकाे प्रयाेगमा निषेध गरेकाे हाे । “सवारी साधनमा कुनै पनि परिवर्तन जस्तै; स्वरूप परिवर्तन, रङ्ग परिवर्तन, नयाँ पाटपूर्जा थपघट गर्नु कानूनतःः प्रतिबन्धित छ,” टेकपानासँग कुरा गर्दै ट्राफिक प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भने, “त्यसमा स्ट्यान्ड जोड्नु पनि मोडिफाई गर्नुभित्र पर्छ ।” बिलबुकको अन्तिम पृष्ठमा जुन कुरा उल्लेख छ, त्यसभन्दा बढी भएमा कारबाही गरिने उनले बताए । “मोबाइल हेर्दै बाइक सवारी चलाउँदा दुर्घटना बढ्ने सम्भावना हुन्छ,” उनले भने, “यसै पनि ड्राइभिङ गर्दा मोबाइल फोन प्रयोग गर्नु गैरकानूनी हो । चालकले एक हातले बाइक थाम्ने अर्को हातले मोबाइल चलाउने हुँदा सवारी दुर्घटनाको जोखिम बढेका छन् । एउटा जोखिम त्यो भयो, अर्को भनेको कानून अनुसार राख्नै पाउँदैनन् ।” अहिले सम्झाई बुझाई गर्नेदेखि न्यूनतम जरिवाना लिने गरेको र ...

जेबीएलको वायरलेस इयरबड सार्वजनिक

काठमाडौं । जेबीएलले पहिलाे पटक टच डिस्प्ले र स्मार्ट चार्जिङ केससहितका वायरलेस इयरबड ल्याएकाे छ । हालै कम्पनीले ‘टुर प्रो २’ माेडलकाे वायरलेस इयरबड सार्वजनिक गरेको हाे । जेबीएलका साउन्ड स्पिकर धेरै बिक्री हुने प्रडक्ट हुन् । यस्तोमा कम्पनीले गत वर्षदेखि ग्राहकलाई आफ्नो साउण्ड सिस्टममा आधारित इयरबड समेत उपलब्ध गराउन थालेको छ । सोही अन्तर्गत कम्पनीले नयाँ भर्सनको इयरबड ‘टुर प्रो २’ सार्वजनिक गरेको हो । न्वाइज क्यान्सिलेसन फिचरसहित सार्वजनिक भएकाे याे इयरबडको चार्जिङ बक्समा १.४५ इन्चको एलईडी टचस्क्रिन उपलब्ध छ । इयरबडको चार्जिङ बक्समा रहेको टचस्क्रिन डिप्लेमार्फत गीत परिवर्तन गर्न, कल रिसिभ गर्न, मेसेज पढ्न, सामाजिक सञ्जालमा आएको नोटिफिकेसनबारे जानकारी लिन सकिने जनाइएको छ । ब्लुटुथ ५.३ सपोर्ट गर्ने इयरबड लगातार गीत सुन्दा ४० घण्टासम्म चल्ने दाबी कम्पनीको छ । त्यसमा इयरबडले मात्रै एक पटकको फुल चार्जमा १० घण्टा धान्नेछ । यसअघि कम्पनीले सार्वजनिक गरेको ‘टुर प्रो प्लस’को तुलनामा ब्याट्री क्षमता भने थप भएको छ । ‘टुर प्रो प्लस’ बढीमा ३० घण्टासम्म मात्रै चल्ने बताइएको थियो । इयरबडका साथै क...

यस्ता छन् विद्युत प्राधिकरणका ईभी चार्जिङ स्टेसन रहने ५१ स्थान 

काठमाडौं । देशभित्रै विद्युत खपत बढाउन र विद्युतीय सवारी प्रवर्द्धन गर्ने नीति अनुरूप नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ५१ स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन बनाउँदैछ । जसअनुसार मङ्गलबार रत्नपार्क स्थित प्राधिकरणकै प्राङ्गणमा स्थापना गरिएको पहिलो चार्जिङ स्टेसन सञ्चालनमा आइसकेको छ ।  पेट्रोलियम पदार्थ आयातमा चर्को रकम खर्च भइरहेको अवस्थामा व्यापार घाटा कम गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्राधिकरणको यस किसिमको अग्रसरताले महत्त्वपूर्ण भूमिका खेल्नेछ । विगतमा लोडसेडिङको समयमा विद्युतीय गाडीको प्रयोग सोच्न पनि नसकिने अवस्था रहेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले लोडसेडिङ अन्त्य गर्दे आन्तरिक रुपमा विद्युत खपत बढाउन चार्जिङ स्टेसन सञ्चालनसम्म पुग्नु ठूलो क्रान्ति भएको बताए । विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनका लागि सहुलियतदरको महसुल तोकिएको छ । प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरू पर्ने ५१ स्थानमा विद्युतीय सवारी साधन छिटो चार...

किसानलाई मलखादमा ठग्ने, कृषि सहकारीका सञ्चालक पक्राउ, मलखाद नियन्त्रण

Image
वीरगंज, १५ भदौ ।  जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले कालो बजारी गर्नको लागि भण्डारण गरी राखेको २०९ बोरा मलखाद सहित कृषी सहकारी संस्थाका संचालकलाई पक्राउ गरेको छ ।  भदौ १३ गते बिहान ८ः०० बजेको समयमा जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.२३ स्थित श्री कुश कृषि सहकारी संस्था लि.ले नेपाल सरकारबाट कृषकहरूलाई सहुलियत दरमा बिक्री गर्नको लागि अनुदानमा खरिद गरी ल्याएको मलखादहरू बढी मुनाफा लिई बिक्री गरेको उजूरीको आधारमा पक्राउ सञ्चालक अरूण कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ ।  महागढीमाई नगरपालिका वडा नं.२ मैनी टोल बस्ने गगनदेव प्रसाद कुशवाहाले उक्त सहकारीमा मलखाद खरिद गर्न जाँदा निजसँग १ बोरा डिएपी मलको रु दुई हजार आठ सय लिई मल बिक्री गरी कालो बजारी गरेको आरोपमा सञ्चालक अरुणलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।  गगनदेव प्रसाद कुशवाहाले जिप्रका बारामा उजूरी दिएपछि प्रहरी टोलीले उक्त सहकारीको गोदाम घर भित्रबाट स्टोर गरी राखेको अवस्थामा डिएपी मल ११८ बोरा, युरीया मल २९ बोरा, पोटास मल ६१ बोरा, खेती शक्ति मल लेखिएको फसफेट १ बोरा  र खुल्ला अवस्थामा रहेको युरीया मल ३८ किलो, डिएपी मल २...

विज्ञापन रोक्ने भीपीएनमाथि प्ले स्टोरमा प्रतिबन्ध लगाउँदै गुगल

काठमाडौं । गुगलले आउँदो नोभेम्बरबाट लागू हुने गरी गुगल प्ले स्टोरको नयाँ नीति जारी गरेको छ । नयाँ नीतिगत व्यवस्था अनुसार विज्ञापनमा प्रतिबन्ध लगाउने प्राइभेसीसँग सम्बन्धित एपलाई प्ले स्टोरमा प्रतिबन्ध लाग्ने भएको छ । विशेषगरी भीपीएन एप यसबाट धेरै प्रभावित हुने अनुमान गरिएको छ । हाल गुगल प्ले स्टोरमा उपलब्ध निःशुल्क तथा सःशुल्क भर्सनका कतिपय भीपीएन एपले विज्ञापन समेत प्रतिबन्ध लगाउँदै आएका छन् । अब भने त्यस्ता एपलाई प्ले स्टोरबाटै हटाउने तयारी गुगलले गरेको हो । गुगलले नोभेम्बर १ बाट यो नियम सबै डेभलपरहरूलाई लागू हुने जनाएको छ । विषेशगरी यस्ता भीपीएन एपहरूले प्रयोगकर्ताको डेटा ट्रयाक गरी विज्ञापनमार्फत आम्दानी गर्ने गरेको दाबी गुगलको छ । यस्तोमा गुगलले प्रयोगकर्ताको डेटाको सुरक्षालाई समेत मध्यनजर गर्दै यो नीति ल्याएको जनाएको छ । गुगलको यो नीति प्रयोगकर्ताको डिभाइसमै डेटा ट्राफिक फिल्टर गर्ने एपको हकमा समेत लागू हुनेछ । यो नीतिको सबैभन्दा ठुलो असर सर्च इन्जिन डकडकगोलाई पर्ने आँकलन गरिएको छ । हुन् त डकडकगोले भने आफूलाई नयाँ नीतिबाट कुनै असर नपर्ने बताएको छ । “हामीलाई नयाँ नीतिले असर प...

बारा प्रहरीद्वारा अस्वस्थकर अवैध घरेलु मदिरा तोडफोड

Image
बारा, १५ भदौ । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले आदर्श कोतवाल गाउंपालिकास्थित अवैध घरेलु मदिरा भट्टी तोडफोड गर्नुको साथै १ हजार लीटर तयारी मदिरा र ६ हजार लीटर कच्चा पदार्थ नष्ट गरेको छ । मंगलवार इ.प्र.का.बारागढी बाराबाट प्र.नि.सहित ९ जनाको प्रहरी टोलीले बारा आदर्श कोतवाल गाउँँपालिका वडा नं.६ पटेर्वा स्थित संजिप जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टीमा छापामारी गरेको थियो । जैसवालले अस्वस्थकर र न्यूनगुणस्तरका रक्सी उत्पादन गर्न प्लाष्टिकको ड्रममा कच्चा पदार्थ लुकाई छिपाई भण्डारण र संचालन गरेका थिए। सो ठाउंबाट तयारी मदिरा १,००० लीटर, मदिरा बनाउन प्रयोग गरिने ६,००० लीटर कच्चा पदार्थ र रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, ठुलो मात्रामा भडाकुडा तथा ७ वटा गुडको बोरा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बारागढी बारामा राखी थप अनुसन्धान अगाडी बढाइएको जिप्रका, बाराले जनाएको छ । जिप्रका बाराले आगामी दिनमा समेत यस्ता कामलाई निरन्तरता दिइने जनाएको छ । यसअघि गत सोमवार भारत, पूर्वी चम्पारण जोलगावां–वडा नं. ३ निवासी अहमद अन्सारीका छोरा वाजुल अन्सारीको विषाक्त मदिरा सेवनबाट निधन भएको थियो ...

बीएससी सीएसआईटीमा भर्ना खुल्दै, कस्तो छ यो कोर्ष ?

Image
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयका लागि भर्ना प्रक्रिया सुरु भएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बुधबार एक सूचना जारी गर्दै सीएसआईटी पढ्न इच्छुक विद्यार्थीका लागि प्रवेश परीक्षा र नयाँ भर्नासम्बन्धी कार्यक्रम प्रकाशित गरेको हाे । भदाै २३ गते बिहान १० बजेदेखि असाेज २६ गतेसम्म अनलाइन आवेदन दिन सकिने जनाइएको छ । त्यस्तै असाेज २७ देखि कात्तिक २ गतेसम्म दोब्बर दस्तुर तिरेर फर्म भर्न सकिनेछ । प्रवेश परीक्षा कात्तिक १९ गते हुनेछ । विद्यार्थीले यो वेबसाइट मा गई आवेदन भर्न र थप विवरण बुझ्न सक्नेछन् । ६० प्रतिशत कम्प्युटर साइन्स र ४० प्रतिशत आईटीसँग सम्बन्धित काेर्ष समावेश गरी यो शैक्षिक कार्यक्रम तयार पारिएको हो । अध्ययनका लागि योग्यता यो विषय ग्रेडिङ र क्षमताको हिसाबले सबैका लागि हो । यसमा अब्बल विद्यार्थीदेखि सामान्य विद्यार्थीसम्मले पढ्न सक्ने गरि कोर्ष डिजाइन गरिएको छ । तर, पनि कोर्षले न्यूनतम आवश्यक्ता भने माग्छ । जुन निम्न प्रकार छन् : १. साइन्स संकायमा प्लस टु पूरा ...

जीवविज्ञान, कम्प्युटर र गणितको मिश्रित कोर्ष ‘बीएससी ईन बायोइन्फर्मेटिक्स’

काठमाडाैं । हाम्रा शैक्षिक पाठ्यक्रम समय सान्दर्भिक भएनन् भने यसकाे सिधा असर उद्याेगमा पर्न जान्छ । वर्तमान उद्याेगकाे आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन नहुँदा बजारमा थप बेराेजगारीकाे संकट निम्तिने खतरा हुन्छ । नेपालमा पनि विश्वविद्यालयका पाठ्यक्रम समय सान्दर्भिक भएनन् भनेर बेलाबेला आवाज सुनिने गर्छ । यसैबीच काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक याे वर्षदेखिदेखि ‘बीएससी ईन बायोइन्फर्मेटिक्स’ कार्यक्रम सुरु गरेको छ । याे कस्ताे शैक्षिक कार्यक्रम हाे, अध्ययनपछिका अवसर, पढ्न कति खर्च लाग्छ लगायतका विषय समेटी याे सामग्री तयार पार्दै छाैं । कस्ताे काेर्ष हाे ‘बीएससी ईन बायोइन्फर्मेटिक्स’ ? काठमाडाैं विश्वविद्यालयले नेपालमा पहिलाे पटक यही शैक्षिक सत्रबाट याे कार्यक्रम सञ्चालनमा ल्याउन लागेकाे हाे । केयूले यसअगाडि सन् २००३ बाट बायाेटेक्नाेलाेजी सञ्चालनमा ल्याएकाे थियाे । यही काेर्षमा पनि बायाेइन्फाेर्मेटिक्सका केही विषयहरुकाे पढाइ हुने भएपनि त्यसले बजारमा दक्ष जनशक्तिकाे माग पूरा गर्न नसकेकाले  याे काेर्ष सञ्चालनमा ल्याइएकाे केयूका बायाेटेक्नाेलाेजी विभागका प्रमुख प्रा...

बिरियलको जस्तै स्न्यापच्याटमा डुअल क्यामेरा फिचर

Image
काठमाडौं । स्न्यापच्याटले आफ्नो मुख्य क्यामेरामा एकै पटक अगाडि र पछाडिबाट फोटो खिच्न सकिने फिचर उपलब्ध गराएको छ । पछिल्लो समय युवा पुस्तामाझ लोकप्रियता हासिल गरिरहेको बिरियलमा उपलब्ध फिचरलाई स्न्यापच्याटले आत्मासाथ गरेको हो । गएको अप्रिल महिनामा स्न्यापच्याटले डुअल क्यामेरा फिचर थप गर्ने विषय सार्वजनिक गरेको थियो । सोही अनुरूप कम्पनीले डुअल क्यामेरा फिचर प्रयोगकर्तामाझ उपलब्ध गराएको हो । प्रयोगकर्तालाई विभिन्न क्रियटिभ टुल उपलब्ध गराउने क्रममा यो फिचर थप गरिएको कम्पनीले जनाएको छ । नयाँ फिचरमार्फत प्रयोगकर्ताले एकै पटक अगाडि र पछाडिको फोटो तथा भिडियो खिच्न सक्नेछन् । यसको अर्थ यो फिचरमा तपाईंको मोबाइलमा भएको अगाडि र पछाडिको दुबै क्यामेराले एकै पटक काम गर्नेछ । यो फिचर यसअघि बिरियलले प्रयोगमा ल्याएको थियो । तर, बिरियलको तुलनामा स्न्यापच्याटको फिचर भने निकै प्रभावकारी रहेको जनाइएको छ । बिरियलमा एउटा फ्रेममा फोटा खिचेर इडिट बिनै पोस्ट गर्नुपर्ने हुन्छ भने स्न्यापच्याटले प्रयोगकर्तालाई विभिन्न फ्रेममा इडिटिङ सहितको सुविधा दिएको जनाइएको ।  from Tech News Nepal https://ift.tt/fn...

चट्याङ लागेर रौतहटमा तीनजना महिलाको मृत्यु

Image
रौतहट,१४ भदौ । रौतहटको एउटै गाउँँमा आज बिहान चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरूडा नगरपालिका–३ मलाही टोलको खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु हुनेहरूमा मलाही गाउँँकै ३९ वर्षीय सुदनीया देवी,७० वर्षीय जगिया कुमारी र १८ वर्षीय मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डीएसपी बरूण सिंहले जानकारी दिए । मृतक मध्ये सुदनीया र जगिया एउटै परिवारको रहेको डीएसपी सिंहले बताए । चट्याङ लागेर एउटै गाउँँको एकैपटक तीनजनाको मृत्यु हुँदा सिंगो मलाही गाउँँ शोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलीदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ। यसैबीच गरूडा नगरपालिकाका मेयर मन्थमणी जयसवाल घटनास्थल पुगेर पीडित परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले बताए ।

ब्याट्री उत्पादनमा होन्डा र एलजीको सहकार्य, फ्याक्ट्री निर्माणमा साढे ५ खर्ब लगानी गर्दै

काठमाडौं । होन्डा र एलजी केमको संयुक्त लगानीमा विद्युतीय गाडीको ब्याट्री उत्पादनका लागि अमेरिकामा उद्योग सञ्चालनमा आउने भएको छ । कोरियन इलेक्ट्रोनिक्स ब्राण्ड एलजी अन्तर्गत केमिकलमा काम गर्दै आएको एलजी केम र चर्चित अटो कम्पनी होण्डाले संयुक्त रुपमा ४.४ बिलियन अमेरिकी डलर अर्थात करिब ५ खर्ब ६२ अर्ब रुपैयाँ लगानीमा फ्याक्ट्री सञ्चालनमा ल्याउने भएका हुन् । सन् २०२३ बाट फ्याक्ट्री निर्माण सुरु भएर सन् २०२५ बाट लिथियम-आयन ब्याट्रीको व्यवसायीक उत्पादन हुने जनाइएको छ । सन् २०३० मा होण्डको भात्री कम्पनी एक्युराले ३० ओटा हाइब्रिड कारका साथै इलेक्ट्रिक तथा पेट्रोलियम पदार्थमा आधारित गाडी बजारमा उपलब्ध गराउने योजना बनाएको छ । यस्तोमा होन्डाले एलजीसँग गरेको यो सहकार्य कम्पनीको सोही परियोजनालाई लक्षित हुन सक्ने आँकलन गरिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम वाल स्ट्रिट जर्नलका अनुसार उक्त फ्याक्ट्रीको वार्षिक उत्पादन क्षमता लगभग ४० गिगावाट हुनेछ । यो फ्याक्ट्री अमेरिकाको ओहायो सहरमा रहने जनाइएको छ । उक्त सहरमा यसअघि पनि एलजी केमले अर्को अटो निर्माता कम्पनी जनरल मोटर्ससँगको सहकार्यमा ब्याट्री उत्प...

नेपाली विद्यार्थी सम्मिलित ह्वावेको ‘सिड्स फर फ्युचर’ कार्यक्रम सम्पन्न

काठमाडौं । ह्वावेकाे आयोजनामा ‘एसिया प्यासिफिक सिड्स फर फ्युचर २०२२’ सम्पन्न भएकाे छ । आसियन फाउन्डेसन तथा टुरिजम अथोरोटी अफ थाइल्याण्ड (टीएटी) को सहकार्यमा बैंककमा यही अगस्ट १९ देखि २७ तारिखसम्म आयोजना भएको कार्यक्रममा एसिया प्रसान्तका १६ देशबाट १२० विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीहरुले नयाँ प्रविधि, अन्तरसंस्कृतिको अनुभव आदानप्रदान तथा समाजमा देखिएका समस्याको समाधानका लागि प्रविधि विकासकाे काम गरेकाे ह्वावेले जनाएकाे छ । कुल सहभागी विद्यार्थीमध्ये ५६ जना छात्रा रहेका थिए । कार्यक्रममा नेपालका सात विद्यार्थी सहभागी भएका थिए । यसअन्तर्गत काठमाडौं विश्वविद्यालयमा अध्यनरत निर्माण खड्का र प्रज्ञा मल्लिक, त्रिवि इन्जिनियरिङ संस्थान पुल्चाेकका रिया वैद्य र नदिका पौडेल, मदन भण्डारी मेमोरियल कलेजका वंशज पौडेल, खोपा इन्जिनियरिङ कलेजका जितिन भुसाल र अमृत साइन्स क्याम्पसका अजु तामाङले कार्यक्रममा सहभागिता जनाएका थिए । ह्वावेले ‘सिड्स फर फ्युचर’ कार्यक्रम सन् २००८ देखि गर्दै आएको छ । तर, एसियालाई लक्षित गर्दै आयोजना भएको यो नै पहिलो कार्यक्रम हो । कार्यक्रमको सुरुवातमा था...

नेपाल आउँदै सामसङ ग्यालेक्सी ए१३

काठमाडौं । सामसङ ‘ए’ सिरिज अन्तर्गत सामसङ ग्यालेक्सी ए१३ स्मार्टफाेन नेपाल भित्रिने भएको छ । मिड रेन्जमा विश्व बजारमा रूचाइएकाे याे फाेनलाई नेपाली प्रयोगकर्तामाझ पनि उपलब्ध गराउन लागेकाे कम्पनीले जनाएकाे छ । विशेषगरी कन्टेन्टमा काम गर्ने युवा पुस्ताका लागी यो स्मार्टफोन उपयाेगी हुने कम्पनीको दाबी छ । फोनमा ५० मेगापिक्सेलको मुख्या क्यामेरा रहेको छ । एन्ड्रोइड १२ मा आधारित फोनमा अक्टाकोर प्रोसेसर रहेको छ । सुरक्षाका लागि नक्स सेक्युरिटी उपलब्ध हुनेछ । ४ र ६ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुने फोन ३२, ६४ र १२८ जीबी रोममा उपलब्ध हुनेछ । याे फोनमा १५ वाटकाे फास्ट चार्जिङ सिस्टमसहित ५०० एमएएच क्षमताको ब्याट्री रहेको छ । from Tech News Nepal https://ift.tt/viwYdVI via IFTTT

सफ्टवेयर डेभलपरका लागि उपयोगी ५ पुस्तक

Image
काठमाडाैं । आजकल हामी धेरैजसाे समय स्‍क्रिनमा बिताउछाैँ । चाहे भिडिओ हेरेर हाेस् या कुनै समाचार पढेर । अझ तपाईँ सफ्टवेयर डेभलपर हुनुहुन्छ भने त स्‍क्रिन समय बढी हुने नै भइहाल्याे । सफल सफ्टवेयर डेभलपर बन्ने मुख्य सुत्र नै सिकाइकाे भाेकाे हुनु हाे । आज हामी सफ्टवेयर डेभलपरले पढ्नैपर्ने पाँच पुस्तकबारे बताउँदै छाैँ ।  १. फाेर्टी एल्गाेरिदम्स एभ्री प्राेगामर सुड नाे  (40 Algorithms Every Programmer Should Know) कम्प्युटर प्राेगामिङमा एल्गाेरिदमकाे भूमिका निकै महत्वपूर्ण हुन्छ । अनेकन् समस्याहरुकाे समाधान एल्गाेरिदमकाे सही प्रयाेगबाट हुन्छ । यसकारण पनि प्राेगामर, डेभलपरले एल्गाेरिदमबारे गहिराे ज्ञान राख्‍न जरुरी छ । याे पुस्तकले तपाईंलाई एल्गाेरिदम विकासबारे सीप सीकाउनुका साथै यसले कसरी काम गर्दछ भन्ने ज्ञानसमेत प्रदान गर्दछ ।  याे पुस्तकबाट सिक्न सकिने मुख्य कुरा: अपजेक्ट डिटेक्सनका लागि न्यूरल नेटवर्क प्रयाेग गर्न नेटवर्क एनलाइज प्रयाेग गर्दै फ्रड डिटेक्सनका लागि ग्राफ एल्गाेरिदम लागू गर्न पाइथन लाइब्रेरीहरुमा भएका डेटा स्ट्रकचर र एल्गाेरिदमहरु खाेजी गर्न...

पोडकास्ट एप बन्दै ट्वीटर

काठमाडौं । ट्वीटरमा पोडकास्ट फिचर आएको छ । योसँगै अब ट्वीटर प्रयोगकर्ताले ‘ट्वीटर स्पेस’मा आफ्नो छुट्टै पोडकास्ट सार्वजनिक गर्न सक्नेछन् । स्पेस ट्याब अन्तर्गत थप गरिएको पोडकास्ट विश्वभरका प्रयोगकर्ताले आईओएस र एन्ड्रोइडमार्फत प्रयोग गर्न सक्नेछन् । थप गरिएको पोडकास्ट फिचरलाई ‘स्टेसन्स’ नाम दिइएको छ । यसमा प्रयोगकर्ताले आफ्नो रुचिअनुसार समाचार, संगीत, खेलकुद लगायतका विभिन्न शीर्षकमा पोडकास्ट सुन्न सक्नेछन् । प्रयोगकर्ताले फलो गरेको प्रयोगकर्ताको सामग्री मात्र देख्न र सुन्न सक्नेछन् । योसँगै प्रयोगकर्ताले आफूले सुन्न चाहेको लाइभ वा रेकर्ड गरिएको सामग्रीमात्र सुन्न पनि सक्नेछन् । कसरी प्रयोग गर्ने पोडकास्ट ?  – ट्वीटरको स्पेस अप्सनमा जानुहोस् । – त्यहाँ उपलब्ध तीनवटा अप्सन मध्ये सबैभन्दा माथि नै स्टेशन नामको ट्याब देख्न सकिन्छ । उक्त ट्याबमा क्लिक गर्नुहोस् । – उपलब्ध विभिन्न शीर्षक मध्ये आफूलाई रुचि भएको शीर्षकमा क्लिक गर्नुहोस् र पोडकास्ट सुन्नुहोस् । from Tech News Nepal https://ift.tt/n0QH6Dr via IFTTT

एनसेलको मोबाइल नेटवर्कमा समस्या

काठमाडौं । एनसेलको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । सोमबार १० बजेदेखि काठमाडौंसहित देशभर मोबाइलमा नेटवर्क नटिप्ने, फोन नलाग्नेजस्ता समस्या देखिएको हो । विभिन्न स्थानमा फाइबर नेटवर्क काटिँदा यस्तो समस्या आएको जनाइएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले विभिन्न स्थानमा फाइबर काटिएको जानकारी दिएको छ । नेटवर्कमा समस्या आएसँगै अनुगमनमा जाने तयारी गरेको प्राधिकरणले समस्या समाधान भइसकेको जानकारी पाएपछि अनुगमनलाई रोकेर एनसेलबाट आउने रिपोर्ट कुरिरहेको जनाएको छ । from Tech News Nepal https://ift.tt/U8qogsZ via IFTTT

गाँजा कारोबारी फरार, २०४ किलो बरामद

Image
रौतहट भदौ १३, २०७९  रौतहटको गौर नगरपालिका–२ स्थित बकैया खोला किनारमा सुरक्षाकर्मीलाई देखेपछि गाँजा कारोबारी भागेका छन् । प्रहरीले लखेटेपछि गाँजा तस्करले गाँजा फालेर भागेका हुन् । भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा कारोबारीले फालेको २ सय ४ किलो गाँजा प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट महादेवपट्टि र सशस्त्र प्रहरीको बेस क्याम्प गौरबाट खटिएको टोलीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले बताए । सोमबार बिहान गस्तीमा गएको प्रहरीलाई देख्नासाथ गाँजा कारोबारीहरु १७ वटा प्लाष्टिकको पोकामा लाँदै गरेको गाँजा फालेर भागेका थिए । आरोपीहरुको खोजी भइरहेको डिएसपी मल्लले जानकारी दिए ।

आईफोन १४ ले फोरजी र फाइभजी नेटवर्क नभएका स्थानमा स्याटेलाइटमार्फत काम गर्ने

काठमाडौं । एप्पलले आउँदो सेप्टेम्बर ७ तारिखमा आईफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक गर्दैछ । फोन सार्वजनिक हुने मिति तय भएपनि आईफोन १४ मा उपलब्ध हुने फिचरबारे कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन् । यस्तोमा फोनमा उपलब्ध हुने विभिन्न फिचरबारे अनुमान गर्ने क्रम चलिरहेको छ । यसैबीच नयाँ आईफोनले स्याटेलाइट नेटवर्क समेत सर्पोट गर्ने जानकारी बाहिरिएको छ । यसको अर्थ फोरजी, फाइभजी जस्ता सेलुलर नेटवर्कले काम नगर्ने स्थानमा स्याटेलाइट नेटवर्कले काम गर्नेछ । यसले नेपाल जस्तो भौगोलिक रुपमा विकट देशहरूमा गाउँगाउँसम्म फोन तथा इन्टरनेट सेवा सहजै उपलब्ध हुनेछ । त्यो भन्दा यो फिचर प्राकृतिक विपत्‌को समयमा सबैभन्दा बढी प्रभावकारी हुने अनुमान गरिएको । प्राकृतिक विपतले दूरसञ्चार पूर्वाधारमा क्षति पुग्दा स्याटलाइट कनेक्सन मार्फत सम्पर्क स्थापित गर्न सकिन्छ । साथै कतै घुम्न गएको अवस्थामा हराउँदा अथवा नेटवर्क नभएर हुने सक्ने जोखिमलाई न्यूनिकरण गर्न यो फिचर निकै फलदायक हुने अनुमान गरिएको छ । अघिल्लो सातामात्रै एलन मस्कको कम्पनी स्पेसएक्सले मोबाइल स्याटेलाइट इन्टरनेट सेवाको सुरुवात गरेको थियो । त्यो ह...

साढे ४ लाख बढी पब्जी मोबाइल अकाउन्टमाथि प्रतिबन्ध

काठमाडौं । पब्जी मोबाइल गेमकाे निर्माता कम्पनी टेन्सेन्टले एक साताको अवधिमा पब्जीको साढे चार लाखभन्दा बढी अकाउन्टमाथि प्रतिबन्ध लगाएकाे छ । कम्पनीले ह्याकिङसँग सम्बन्धित गतिविधिका कारण एकैपटक लाखाैं अकाउन्टमाथि प्रतिबन्ध लगाएकाे जनाएको छ । टेन्सेन्टले हालै प्रकाशित गरेकाे एन्टी चिट रिपाेर्टमा चार लाख ५९ हजार ४०३ अकाउन्ट बन्द गरिएकाे जानकारी दिइएको छ । रिपोर्टअनुसार प्रतिबन्धमा परेका अकाउन्टमध्ये ४६ प्रतिशत अकाउन्टले एक्स-रे भिजन प्रयोग गरेकाे पाइएकाे छ । त्यस्तै अटो एम ह्याक र मोडिफिकेसन अफ एरिया ड्यामेजका कारण ४२ प्रतिशत अकाउन्टमाथि प्रतिबन्ध लगाइएको छ । यसैगरी स्पिड ह्याकका कारण नौ प्रतिशत र अन्य कारण देखाउँदै तीन प्रतिशत अकाउन्टमाथि प्रतिबन्ध लगाइएको छ । कम्पनीले सार्वजनिक गरेकाे रिपोर्टमा प्रतिबन्धमा परेका अकाउन्टहरुको श्रेणीसमेत उल्लेख गरिएकाे छ, जुन यसप्रकार रहेको छ । ब्रोञ्जः ३३ प्रतिशत सिल्भरः १८ प्रतिशत डाइमन्डः आठ प्रतिशत गोल्डः सात प्रतिशत एसः १९ प्रतिशत कनक्वेररः एक प्रतिशत क्राउनः आठ प्रतिशत प्लाटिनम: छ प्रतिशत from Tech News Nepal https://ift.tt/iRz0BvJ ...

फेसबुकमा ‘मेयर उपमेयर हराएको’ भन्दै पोस्ट गर्ने युवा पक्राउ

बिर्तामोड । सामाजिक सञ्जालमार्फत बिर्तामोडको मेयर र उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गलत भ्रम फैलाएको भन्दै बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतबार नियन्त्रणमा लिएको डिएसपी रुगम बहादुर कुँवरले बताए । आवश्यक कारबाहीका लागि बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।  शनिबार राति मेयर पवित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर बिमलीले मेयर, उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गरेका थिए ।  बिमली दमकमा आईटी अध्ययन गर्दै आएका विद्यार्थी भएको पाइएको प्रहरीले जनाएको छ ।   -गाेरखापत्र from Tech News Nepal https://ift.tt/CSpiusn via IFTTT

फेसबुक मेसेन्जरको कल रेकर्ड गर्नुपर्‍यो ? यसो गर्नुहोस्

Image
काठमाडौं । तपाईं हाम्रो दैनिकी बनेको छ, फेसबुक मेसेन्जर । सञ्चार प्रणालीमा आएका परिष्कृत सुविधासँगै मेसेन्जरजस्ता एपबाट हामी सजिलै सन्देश आदानप्रदान गर्न सकिन्छ । याे एपमा मुख्यतः टेक्स्ट च्याट र अडियो/भिडिओ कलका सुविधा छन् । तर मेसेन्जरमा गरिने कललाई यादगार बनाउन कसरी कुराकानी रेकर्ड गर्ने भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ । आज हामी फेसबुक मेसेन्जरमार्लत गरिने कल कसरी रेकर्ड गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ । जसरी फेसबुक प्रयोग गर्न हामी विभिन्न डिभाइसको प्रयोग गर्छौं, त्यसरी नै विभिन्न माध्यममा कल रेकर्ड गर्न फरक-फरक विकल्प छन् । स्मार्टफोनमा मेसेन्जर कल कसरी रेकर्ड गर्ने ? स्मार्टफोनको ब्रान्ड अनुसार फोनमा भिन्नाभिन्नै तरिकाले मेसेन्जरको कल रेकर्ड गर्न सकिन्छ । अहिले प्रायः स्मार्टफोनमा कल रेकर्ड गर्न ‘स्क्रिन रेकर्डर’ (screen recorder) को विकल्प छ । फोनमा भएको स्क्रिन रेकर्डरको सुविधाले मेसेन्जरजस्ता एपबाट गरिने कल रेकर्ड गर्छ भन्ने हुँदैन । कल रेकर्ड भएपनि त्यसमा आवाज नआउने हुनसक्छ । तल उल्लेखित प्रक्रियाबाट स्मार्टफोनको स्क्रिन रेकर्डर अप्सन प्रयोग गरी मेसेन्जरको क...

सीजीनेटको आईपीटिभी सेवा सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । सीजीनेटमा अब इन्टरनेटसँगै आईपीटिभी पनि उपलब्ध हुने भएको छ । कम्पनीले आफ्ना ग्राहकका लागि ‘सीजीनेट जोडी’ नामक अफर अन्तर्गत इन्टरनेट र आईपीटिभी सेवा ल्याएकाे घोषणा गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गर्दै यस अफर अन्तर्गत तीन ओटा प्याकेज सार्वजनिक गरेको छ । उक्त प्याकेजमा ‘स्प्रिन्टर जोडी’, ‘पपुलर जोडी’ र ‘रकस्टार जोडी’ रहेका छन् । ‘स्प्रिन्टर प्याकेज’ अन्तर्गत ८० एमबीपीएस इन्टरनेट सहितको आईपीटिभीको मासिक शुल्क ८१० रुपैयाँ ताेकिएकाे छ । त्यस्तै ‘पपुलर प्याकेज’ अन्तर्गत १५५ एमबीपीएस इन्टरनेट सहित आईपीटिभीको मासिक शुल्क १०५५ रुपैयाँ निर्धारण गरिएकाे छ । अर्काे प्याकेज ‘रकस्टार जोडी’को ३०५ एमबीपीएस इन्टरनेटसहित आईपीटिभीको मासिक शुल्क १३७४ रुपैयाँ तोकिएको छ । यसैगरी ‘स्प्रिन्टर प्याकेज’को त्रैमासिक शुल्क २,६४० रुपैयाँ, ‘पपुलर प्याकेज’को १२,६६० रुपैयाँ र रकस्टार जोडी प्याकेजको १६,४८८ रुपैयाँ तोकिएको छ । वार्षिक सब्सक्रिप्सनका लागि भने ‘स्प्रिन्टर जोडी’को ९७२० रुपैयाँ, ‘पपुलर जोडी’को १२,६६० रुपैयाँ र रकस्टार जोडीको १६,४८८ रुपैयाँ शुल्क तोकिएको छ । कम्पनीले उपलब्ध गराउने आई...

अब खल्ती वालेटबाटै मन्टेसरीको शुल्क तिर्न सकिने 

काठमाडौं । खल्तीले आफ्नो सेवालाई डिजिटलाइज गरेर थप सरल बनाउने उद्देश्यका साथ एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) सँग साझेदारी गरेको छ। यससँगै अब अपेनसँग आवद्ध रहेका ६०० भन्दा बढी मन्टेसरीहरूले नवीकरण शुल्क तथा कार्यक्रम शुल्क खल्ती मार्फत भुक्तानी गर्न सक्नेछन् । साथै अपेनसँग जोडिन चाहने मन्टेसरीहरूले पनि अपेनको रजिस्ट्रेसन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सक्नेछन् । खल्तीले अपेनसँग आबद्ध रहेका हरेक मन्टेसरीहरूलाई डिजिटल शुल्क सङ्कलनको सुविधा पनि प्रदान गरेको छ । जसअनुसार अब अपेनसँग आबद्ध भएका र हुन चाहने सम्पूर्ण मन्टेसरीहरूले नि:शुल्क रूपमा डिजिटल शुल्क सङ्कलन गर्न सक्नेछन् । साथै उनीहरूले निःशुल्क ५०० ओटा एसएमएसको फाइदा पनि लिन सक्ने खल्तीले जनाएको छ ।  अपेन एक गैर नाफामुखी संस्था हो । जसले सामान्यतया अभिभावकको भूमिका निर्वाह गर्दै प्रि-स्कुललाई आवश्यक मार्गदर्शन र परामर्श प्रदान गर्दै आएको छ । साथै बालबालिका, शिक्षक र प्रिन्सिपलहरूलाई विभिन्न अभिमुखिकरण, स्टेज कार्यक्रम र प्रेरक कार्यक्रमहरू मार्फत अघि बढ्न प्रेरित गर्छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय ख...

फ्रिक्वेन्सी पाएसँगै फाइभजी नेटवर्क निर्माणमा जुट्यो अडानी ग्रुप

काठमाडौं । भारतमा हालै सम्पन्न फाइभजी फ्रिक्वेन्सीको अक्सनमा गैरदूरसञ्चार कम्पनीको रुपमा अडानी ग्रुप अन्तर्गतको ‘अडानी डेटा नेटर्वकले’ फ्रिक्वेन्सी हात पारेको छ । याेसँगै अडानी ग्रुपले दूरसञ्चार क्षेत्रमा सेवा विस्तार गर्न विभिन्न व्यावसायिक साझेदारसँग छलफल अगाडि बढाएकाे छ । कम्पनीले एयरटेल, भोडाफोनसँग काम गरिरहेका भेन्डर नोकिया तथा एरिक्सनसँग बिजनेश-टु-बिजनेट (बीटुबी) फाइभजी नेटवर्कका लागि छलफल गरेको भारतीय सञ्चारमाध्यमले  जनाएका छन् । अडानी ग्रुपले बोलकबोलबाट कुल २१२ करोड बराबरको कुल २६ गिगाहर्ज फ्रिक्वेन्सी हात पारेको थियो । उक्त फ्रिक्वेन्सीमार्फत व्यवसायलाई लक्षित गर्दै फाइभजी सेवा उपल्ब्ध गराउने जनाइएको छ । यसको अर्थ अडानी ग्रुपले उपलब्ध गराउने फाइभजी आम प्रयोगकर्तालाई भने उपलब्ध हुने छैन । यस्तोमा फाइभजी विस्तारका लागि नोकियासँगको छलफललाई प्रमुख रुपमा हेरिएको छ, जसलाई मुम्बई र गुजरातमा फाइभजी रोलआउटकाे जिम्मा दिने तयारी भइरहेको छ । हाल दुवै स्थानका लागि अडानी ग्रुपसँग १००-१०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध रहेको छ । भने, कर्नाटाका, तमिलनाडुमा ५०-५० मेगाहर्ज फ्रिक्वेन्सी उप...

गुगल ड्राइभमा नयाँ अपडेट, अब ईमेल नभएका व्यक्तिलाई समेत फाइल शेयर गर्न सकिने

काठमाडौं । लामो समयदेखि गुगल ड्राइभमा राखिएको फाइल शेयर गर्न र उक्त फाइलमा पहुँच बनाउन जिमेल अकाउन्ट अनिवार्य थियो । ड्राइभमा पहुँच बनाउनका लागि गुगल अकाउन्ट नै आवश्यक पर्ने यो फिचरको धेरैले खण्डन गर्दै आएका थिए । तर, अब भने गुगलले उक्त समस्या समाधान गरेको जनाइएको छ । कम्पनीले अब गुगल ड्राइभमा पहुँच बनाउनका लागि गुगल अकाउन्ट आवश्यक नपर्ने जनाएको छ । यससँगै अन्य कुनै पनि ईमेल अकाउन्ट भएका साथीहरूलाई समेत ड्राइभमा रहेको फाइल शेयर गर्न सकिने छ । साथै त्यस्ता ईमेलबाट समेत सोझै ड्राइभमा पहुँच बनाउन, त्यसमा कमेन्ट गर्न र एडिट गर्न सकिने छ । यसैगरी जिमेल बाहेकका ईमेलबाटै कसैले शेयर गरेको कुनै फोल्डरमा फाइल अपलोड गर्न समेत सकिने कम्पनीले आफ्नो ब्लग पोस्टमार्फत जानकारी दिएको छ ।  from Tech News Nepal https://ift.tt/MUdke68 via IFTTT

सीईओ पदमा प्राविधिक व्यक्ति चाहन्छन् अबका कम्पनी

काठमाडौं । जब कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट गर्ने कुरा आउँछ, तब हामी सानाे दायराभित्र रहेर त्यसको छनोट गरिरहेका हुन्छौं । विश्वमा पछिल्लो २० वर्षभित्र हेर्ने हो भने सीईओमा कुनै पनि कम्पनीको माथिल्लो पदमा रहेका व्यक्तिलाई बढी प्राथामिकतामा दिएकाे पाइन्छ । सीईओ नियुक्त गर्नुपर्‍यो भने प्रमुख सञ्चालन अधिकृत (सीओओ), प्रमुख प्रविधि अधिकृत (सीटीओ) रोजाइमा पर्ने गरेका छन् । तर, पछिल्लो समय प्रविधिमा आएको आमूल परिवर्तन र त्यसले ल्याएको रूपान्तरणले भने सीईओ नियुक्तिको मोडमा परिवर्तन ल्याइदिको छ । अझ विशेषगरी कोभिड-१९ पश्चात कम्पनीहरूको रोजाइमा प्राविधिक व्यक्ति नै सबैभन्दा बढी प्राथामिकतामा पर्ने गरेको एक अध्ययन ले देखाएको छ । यस्तोमा प्रमुख प्रविधि अधिकृत, प्रमुख सूचना अधिकृत भएर काम गरेका व्यक्ति सीईओको दाबेदारमा देखिएका छन्, जसको एउटा ज्वलन्त उदाहरण हुन् ट्वीटरका सीईओ पराग अग्रवाल ।  पराग अग्रवाल कम्पनीको सीईओ नियुक्त हुनुअघि कम्पनीमा सीटीओको रुपमा कार्यरत थिए । उनी सन् २०१७ देखि कम्पनीको सीटीओको रुपमा कार्यरत थिए । माइक्रोसफ्टका सत्य नाडेला अर्का उदाहरण हुन् । ...

अब रेड्मी फोनमा पनि चार्जर नआउने !

काठमाडौं । एप्पल, सामसङ र अन्य केही ब्रान्डहरूले आफ्ना फ्ल्यागशिप फोनमा सँगै चार्जर दिन छाडेका छन् । चिनियाँ कम्पनी साओमीले पनि मि ११ सिरिजका फोनहरू चार्जरबिनै बजारमा उपलब्ध गराएकाे थियाे । हालै साओमीले आफ्नो सहायक ब्रान्ड रेड्मीको एक मोडल बिना चार्जर रिटेल स्टोरहरूमा पठाएको पाइएको छ । भारतीय बजारमा कम्पनीले ‘रेड्मी नोट ११एसई’ सार्वजनिक गरेको छ, जसको बक्समा चार्जर समावेश छैन । यो कुरालाई साओमी इन्डियाको आधिकारिक पेजले पनि स्वीकार गरेको छ । फोनसँगै यूएसबी-सी केबल, सिम इन्जेक्टर टुल, प्रोटेक्टिभ केस, वारेन्टी कार्ड लगायतका सामग्री भएपनि चार्जर नदिनुले मिडरेन्ज सेगमेन्टमा पनि साओमीले चार्जर उपलब्ध नगराउने तयारी गरेकाे अनुमान गरिएकाे छ । from Tech News Nepal https://ift.tt/hRDtE47 via IFTTT

स्टार्टअप कम्पनी खोल्नुअघि ख्याल राख्नैपर्ने ५ कुरा

काठमाडौं । विचार कुन बेला जन्मिन्छ र कुन बेला हराउँछ, कुनै निश्चित हुँदैन । एक ठाउँबाट कुनै अर्को ठाउँमा यात्रा गर्दा मनमा अनेकन् विचार आइरहन्छन् । यदि तपाईं व्यापारिक कुरामा बढी केन्द्रित हुनुहुन्छ भने कुनै ठाउँमा यात्रा गर्दा त्यहाँ व्यवसायका प्रचुर सम्भावना देख्नुहुन्छ । यो मानवीय स्वभाव हो । नयाँ ठाउँमा यात्रा गर्दा जन्मेका विचार सधैँ बाँचिरहन्छन् भन्ने हुँदैन ।  यदि त्यो विचारलाई वास्तविक जिन्दगीमा लागू गरेर अघि बढ्नुभयाे भने तपाईंको व्यापारिक विचारले सार्थकता पाउनसक्छ तपाईंको मनमा आएका सबै व्यापारिक विचार उपयुक्त नहुन पनि सक्छन् । यदि तपाईंको विचार वर्तमान र भविष्यको बजारतर्फ केन्द्रित छ भने तपाईंले त्यसलाई स्टार्टअप कम्पनीको रूप दिएर पनि सुरु गर्न सक्नुहुन्छ । तपाईंसँग त्यस्तो स्टार्टअपको विचार हुनुपर्छ जसले तपाईंलाई एक सफल उद्यम बनाउन सकोस् । यदि तपाईं आफ्नो विचारले आफूलाई उद्यमी बनाउन सक्छ भन्ने कुरामा ढुक्क हुनुहुन्छ भने त्यो विचारलाई स्टार्टअप कम्पनीमा कसरी रूपान्तरण गर्ने भन्नेबारे सोच्नुपर्ने हुन्छ । स्टार्टअप सुरु गर्नु भनेको आज सुरु गरेर भोलिदेखि पैसा कमाउन सकि...

गाउँपालिकाका सबै विद्यालयमा मोबाइल निषेध !

काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा मोबाइल निषेध गरिएको छ ।  विद्यार्थीको पढाईमा असर गरेको भन्दै गाउँपालिकाको गाउँ शिक्षा समितिको भदौ ९ गते बसेको बैठकले तत्काल लागू हुनेगरि विद्यालयमा मोबाइल प्रतिबन्ध गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले बताए । विद्यालय हाताभित्र मोबाइल फोनको प्रयोग अत्यधिक बढेपछि विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष प्रभाव परेकोले यस्तो निर्णय लिएको उनले बताएका छन् ।  “मोबाइलको प्रयोगलाई छुट दिँदा शिक्षक/शिक्षिकाहरूले कक्षाकोठा भित्रै मोबाइल प्रयोग गर्ने तथा फोन आएको बाहनामा पटकपटक कक्षाकोठाबाट बाहिर निस्कने समस्याको जानकारी गाउँपालिकालाई आएको थियो,” उनले भने, “साथै इन्टरनेटको उपलब्धताले विद्यार्थीहरू पनि विद्यालयमा नै युट्युब/टिकटक हेर्ने गर्न थालेपछि पढाईलाई प्रभावित हुन नदिन हामीले मोबाइल प्रतिबन्ध गरेका हौँ।” यसअघि पनि विद्यालयहरूमा मोबाइलको प्रयोग नगर्न आग्रह गरिदै आएपनि कार्यन्वयन नभएपछि लिखित रुपमा नियम नै बनाएर अगाडि बढ्नुपरेको उनले बताए ।  उनका अनुसार शिक्षक/शिक्ष...

धर्मनगरमा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते

Image
सांकेतिक तस्बिर १० भाद्र २०७९, शुक्रबार   बाराको कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका–२० का ३५ वर्षीय अरुण कुमार गुप्ता र पछाडी सवार ५० वर्षीय सौरब अन्सारी रहेका छन् । घाइतेहरुको बीरगन्जस्थित नारायणी मेडिकल कलेजमा उपचार भइहरेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ । गए राति ९ बजे मटिअर्बाबाट वीरगन्जतर्फ जाँदै गरेको ना१२प २५७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको प्रहरी चौकी मटिअर्बाले जनाएको छ । Virus-free. www.avast.com

अब टेस्लाका कार सोझै स्टारलिङ्क स्याटलाइटमा कनेक्ट हुने

काठमाडौं । एलन मस्कले स्टारलिङ्कको दोस्रो पुस्ताका स्याटलाइटमा सेलुलर एन्टेना समेत हुने बताएका छन् । उनले शुक्रबार मात्र यस्तो जानकारी सार्वजनिक गरेका हुन् ।  यसको अर्थ स्टाटलाइट सोझै मोबाइल फोनसँग कनेक्ट हुनेछ । यसको सुरुवात पहिलो चरणमा अमेरिकी वायरलेस दूरसञ्चार सेवाप्रदायक टी–मोबाइलबाट हुने बताइएको छ । टी–मोबाइलका प्रयोगकर्ताले सोझै स्टारलिङ्कको स्याटलाइट नेटवर्कमा कनेक्ट भएर कुराकानी गर्न तथा इन्टरनेट चलाउन सक्नेछन् । यसका लागि थप एक वर्ष लाग्नेछ । स्याटलाइट नेटवर्कमा मोबाइल मात्र नभएर टेस्लाका कार समेत कनेक्ट हुने छन् । मस्कका अनुसार दोस्रो पुस्ताका स्याटलाइट सञ्चालनमा आएसँगै टेस्लाका कारले समेत स्टारलिङ्कको स्याटलाइटमार्फत आएको नेटवर्कमा काम गर्नेछ । हाल टेस्ला कारमा अमेरिकी दूरसञ्चार कम्पनी एटी एण्ड टीको एलटीई नेटवर्कले काम गर्दै आएको छ । तर, भोलिका दिनमा भने स्टारलिङ्क स्याटलाइट नेटवर्कले नै काम गर्ने उनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।  ‘के टेस्लाले पनि यो प्रिमियम कनेक्टिभिटी प्राप्त गर्ला ?’ भन्ने प्रश्न गर्ने एक जना ट्वीटर प्रयोगकर्तालाई जवाफ दिँदै उनले सहज र...

गुगल र फेसबुकले तपाईंको कति डेटा संकलन गर्छन् ? यस्तो छ अध्ययन प्रतिवेदनको तथ्याङ्क 

काठमाडौं । हामी धेरैलाई गुगल, एप्पल, अमेजन जस्ता प्रविधि कम्पनीले हाम्रो डेटा संकलन गरिरहेको छ भन्ने कुरा थाहा नहुन सक्छ । तर, यो यथार्थ हो । हाम्रो डेटा संकलन गरी यस्ता कम्पनीले आफ्नो सेवालाई प्रभावकारी बनाउने काम गरिरहेका हुन्छन् । यस्तोमा ‘स्टकएप’ ले भर्खरैमात्र नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले कुन कम्पनीले प्रयोगकर्ताको कति डेटा संकलन गर्छ भन्ने विषय देखाएको छ । एप्पल, गुगल, फेसबुक, ट्वीटर, अमेजन गरी पाँच ओटा ठुलो प्रविधि कम्पनी मध्ये एप्पलले प्रयोगकर्ताको सबैभन्दा कम डेटा संकलन गर्ने गरेको देखिन्छ । भने, सबैभन्दा बढी डेटा संकलन गर्नेमा गुगल छ । सबैभन्दा बढी डेटा संकलन गर्नेमा ट्वीटर  दोस्रोमा छ । तेस्रोमा अमेजन र चौथोमा फेसबुक रहेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार एप्पलले प्रयोगकर्तालाई सेवा दिन आवश्यक डेटामात्रै लिने हुँदा सबैभन्दा कम डेटा संकलन गरिरहेको छ । त्यतिमात्र नभएर एप्पलले गुगल, फेसबुक, ट्वीटरले जसरी विज्ञापनबाट आम्दानी पनि नगर्ने हुँदा फरक परेको हो । गुगलले हरेक प्रयोगकर्ताको ३९ प्रकारका डेटा संकलन गर्छ । जबकी एप्पलले १२ ओटामात्र डेटा संकल...

दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद

Image
जलेश्वर। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज बिहान महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित नेपाल र भारतको दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद गरेको छ ।महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–६ स्थित चाँदनी चोकभन्दा पाँच सय मिटर दक्षिण नेपाल र भारतको दशगजा क्षेत्रमा नेपालतर्फ वेवारिसे अवस्थामा ६० बोरा चिनी प्रहरीले बरामद गरेको हो । रातिको मौका छोपी भारतबाट नेपाल भित्र्याउनका लागि दशगजा क्षेत्रमा जम्मा गरेको ६० वटा बोरामा ३० क्विन्टल चिनी तस्करले गन्तव्यमा पु¥याउन सफल हुन नसक्दा आज बिहान सीमा सुरक्षा गस्तीमा गएका संयुक्त प्रहरी टोलीले उक्त चिनी बरामद गर्न सफल भएको प्रहरीको भनाइ थियो ।बरामद गरिएको चिनी जिल्लाको भिट्ठामोडस्थित मूल भन्सार कार्यालयमा बुझाइएको छ । 

ह्वावेमार्फत नेपालमा डिजिटल प्रतिभा विकास गर्न चाहन्छौँः ली

‘सीड्स फर द फ्युचर’ विश्वव्यापी रूपमा सबैभन्दा लामो समयसम्म चलिरहेको ह्वावेको ‘सीएसआर’ (व्यवसायिक सामाजिक उत्तरदायित्व) कार्यक्रम हो । सन् २००८ पछि विश्वभरबाट १२ हजारभन्दा बढी विद्यार्थीहरू यो कार्यक्रममा सहभागी भइसकेका छन् । यस वर्ष हामीले नेपालबाट सात जना प्रतिभाशाली विद्यार्थीहरूलाई थाइल्यान्डको बैङ्ककस्थित हाम्रो पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पठाएका छौँ । यसबाट मलाई निकै गर्व महसुस भएको छ । ‘टेक फर गुड’ (Tech4Good) प्रतियोगिताका लागि म उहाँहरू र उहाँहरूको आकर्षक विचारलाई शुभकामना दिन चाहन्छु । हामीले डिजिटल प्रतिभाहरू डिजिटल विकासका आधार हुन् भन्ने कुरा बुझेका छौँ । हामी हाम्रो उपस्थिति रहेका १७० देश लगायत विभिन्न क्षेत्रहरूमा सक्रिय रूपमा डिजिटल प्रतिभाको विकासलाई बढावा दिइरहेका छौँ । मलाई लाग्छ नेपालमा डिजिटल रूपान्तरणको ठूलो सम्भावना छ । यो कुरामा हामी सबै सहमत छौँ । यस रूपान्तरणको मुटु प्रतिभाशाली युवा प्रतिभाहरू नै हुन् । ‘सीड्स फर द फ्युचर’ जस्ता कार्यक्रम मार्फत हामी त्यस्ता डिजिटल प्रतिभाहरूको विकासमा योगदान दिन चाहन्छौँ । यस वर्षको ‘टेक फर गुड’ प्रतियोगिताका लागि व...

शुक्रबार सुनचाँदीको मूल्य स्थिर

Image
काठमाडौं  भदौ १०, २०७९ शुक्रबार बजारमा सुन–चाँदी मूल्य स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी पनि एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रविधि क्षेत्र बुझ्न चाहनेहरूका लागि पढ्न लायक १० पुस्तक

काठमाडौं । सूचना र प्रविधि जोडिएको संसार अनौठो छ । प्रविधि क्षेत्रलाई अँगालेर सफल हुनेहरूका कैयन उदाहरणहरू छन् । तिनै उदाहरणमध्ये सबैभन्दा विशेष र प्रेरक व्यक्तिका कथा पढ्दा त्यसले सफल काम गर्ने ऊर्जा थपिरहेको हुन्छ । आज हामी त्यस्ता पुस्तकबारे बताउँदै छौँ, जसले सफल प्रविधि कम्पनीका संस्थापक र कार्यकारी अधिकृत (सीईओ) का बारेमा विस्तृत लेख लेखेका छन् । १. द इनोभेटर्स द इनोभेटर्स वाल्टर आइज्याक्सनले लेखेका सफल आईटी कम्पनी संस्थापकका कथा सङ्ग्रहित पुस्तक हो । विश्वमा सर्वाधिक बिक्री भएको पुस्तक स्टिभ जब्सको जीवनी लेख्ने लेखक आइज्याक्सनले यस पुस्तकमा कसरी केही व्यक्तिले मात्र सूचना तथा प्रविधिको संसारमा नयाँ आयाम ल्याएका छन् भन्ने विषय मिहिन रूपमा उल्लेख गरेका छन् । डिजिटल क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने व्यक्तिहरूका कथा समेटिएको यो पुस्तकमा कसरी महत्त्वाकाङ्क्षी सपनाहरू सफल भए भन्ने कुरा समावेश छन् । यो पुस्तकमा आईटी उद्योगका नायकहरू बिल गेट्स, आडा लोभालेस, भानेवर बश, एलन ट्युरिङ, स्टिभ विज्नियाक, स्टिभ जब्स र ल्यारी पेजका बारेमा चर्चा गरिएको छ । २. जोनी इभ तपाईँलाई जोनाथन इ...

नेपाल विद्यार्थी संघ ठाराब एकाइद्वारा कक्षा सञ्चालन गर्न माग

Image
वीरगंज, ९ भदौ ।  नेपाल विद्यार्थी संघ ठाराब क्याम्पस एकाइ कार्य समितिले आज क्याम्पस प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको छ ।  क्याम्पसमा मनोमानी ढंगले काम भइरहेका प्रति ध्यानाकर्षण गर्दै विद्यार्थीहरुको माग सम्बोधन गर्न माग गरिएको छ । विज्ञान संकायतर्फको केमिस्ट्री डिपार्टमेन्टमा शिक्ष्Fक कमीले गर्दा बिएससी तेस्रो वर्ष र चौथौ वर्षका विद्यार्थीहरुको कक्षा सञ्चालनमा समस्या आएकोले शिक्षकको छिटोभन्दा छिटो व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।  त्यसैगरी दोस्रो बुंदे मागमा एमएससीमा बोटनी, जुलोजी, केमिस्ट्री, फिजिक्स, म्याथ ) ल्याउनको लागि व्यवस्था मिलाउने तथा टियुसंग पहल गर्नुपर्ने, बिआइटीको प्रशासन शाखा, परीक्ष्Fा शाखा, लेखा शाखा, विद्यार्थी कल्याण शाखा, ई लाइबेरी लगायत विद्यार्थीहरुसंग प्रत्यक्ष प्रभाव पार्ने शाखाहरु कहां र कुन ठाउंमा रहेका छ जानकारी गराउनुपर्ने माग गरिएको इकाइ सचिव राजकिशोर चौरसियाले जनाएका छन् । ज्ञापन बुझाउने कार्यक्रममा नेबि संघ जिल्ला सदस्य आदित्य साह, विद्यार्थी नेता दिपक पटेललगायतको उपस्थिति रहेको थियो ।  Virus-free. www.avast.com
Image
नेपाल विद्यार्थी संघ ठाराब एकाइद्वारा कक्षा सञ्चालन गर्न माग वीरगंज, ९ भदौ ।  नेपाल विद्यार्थी संघ ठाराब क्याम्पस एकाइ कार्य समितिले आज क्याम्पस प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको छ ।  क्याम्पसमा मनोमानी ढंगले काम भइरहेका प्रति ध्यानाकर्षण गर्दै विद्यार्थीहरुको माग सम्बोधन गर्न माग गरिएको छ । विज्ञान संकायतर्फको केमिस्ट्री डिपार्टमेन्टमा शिक्ष्Fक कमीले गर्दा बिएससी तेस्रो वर्ष र चौथौ वर्षका विद्यार्थीहरुको कक्षा सञ्चालनमा समस्या आएकोले शिक्षकको छिटोभन्दा छिटो व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।  त्यसैगरी दोस्रो बुंदे मागमा एमएससीमा बोटनी, जुलोजी, केमिस्ट्री, फिजिक्स, म्याथ ) ल्याउनको लागि व्यवस्था मिलाउने तथा टियुसंग पहल गर्नुपर्ने, बिआइटीको प्रशासन शाखा, परीक्ष्Fा शाखा, लेखा शाखा, विद्यार्थी कल्याण शाखा, ई लाइबेरी लगायत विद्यार्थीहरुसंग प्रत्यक्ष प्रभाव पार्ने शाखाहरु कहां र कुन ठाउंमा रहेका छ जानकारी गराउनुपर्ने माग गरिएको इकाइ सचिव राजकिशोर चौरसियाले जनाएका छन् । ज्ञापन बुझाउने कार्यक्रममा नेबि संघ जिल्ला सदस्य आदित्य साह, विद्यार्थी नेता दिपक पटेललगायतको उपस्थिति रहेको थियो ।   ...

दक्षिण एसियाका दूरसञ्चार नियामक नेपालमा भेला हुँदै, फाइभजीदेखि डेटा सुरक्षासम्म छलफल हुने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो असाेज ३ देखि ‘साउथ एसिया टेलिकम्युनिकेसन रेगुलेटर्स काउन्सिल (एसएटीआरसी)’ वर्कशप आयोजना गर्ने भएको छ । तीन दिनसम्म सञ्चालन हुने वर्कशपमा दक्षिण एसियाका दूरसञ्चार नियामकसहित विभिन्न कम्पनी र साझेदारहरूकाे सहभागिता हुनेछ । वर्कशपमा विशेषगरी फाइभजी, आर्टिफिसियल इन्टिलिजेन्स (एआई), ब्लकचेन, मसिन लर्निङ लगायतका विषयमा छलफल हुने बताइएकाे छ । एसएटीआरसी दक्षिण एसियाली मुलुकका दूरसञ्चार नियामकहरुकाे साझा संगठन हो । यसअन्तगर्त सदस्य मुलुकहरूले हरेक वर्ष वर्कशप आयोजना गर्दै आएका छन् । सोही अनुरुप यो वर्ष नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा वर्कशप हुन लागेको हो । धुलिखेलको हिमालयन दृष्य रिसोर्टमा आयोजना हुने कार्यक्रममा एसएटीआरसीका महासचिव मासानोरी कोन्डोसहित दूरसञ्चार क्षेत्रसँग सम्बन्धित ३० जना विदेशी प्रतिनिधि र ५० जना नेपाली प्रतिनिधिहरुको उपस्थिति रहने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश अचार्यले जानकारी दिए । विश्व दूरसञ्चार क्षेत्रका समयसान्दर्भिक विषयलाई उठान गरिने यो छलफलमा सार्क क्षेत्रका सबै देशसहित इरानबाट समत प्रतिनिधि उपस्थित...

जथाभाबी फोहोर फाल्नेलाई सीसीटिभीबाट खोजेर कारबाही गर्छौंः बालेन

काठमाडौं । काठमाडाैं महानगरपालिकाले बाटाेमा जथाभाबी फोहोर फाल्नेलाई सीसीटिभीबाट पहिचान गरी कारबाही गर्ने भएको छ । बुधबार नेपाल प्रहरीले आयोजना गरेको उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मेयर बालेन्द्र शाहले बाटोमा जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्ने बताएका हुन् । “अपराध अनुसन्धान तीव्र पार्न ‘आईजी साप’ (धिरजप्रताप सिंह) ले २५ हजार सीसीटीभी चाहिने भन्नुभएको छ । हामीले यसपाली काठमाडौं महानगरपालिकाको बजेटमा सीसीटिभीका लागि पनि बजेट राखेका छौँ,” उनले भने, “जथाभाबी बाटाेमा फोहोर फाल्नेलाई सीसीटीभी फुटेजबाट पहिचान गरी कारबाहीकाे दायरमा ल्याइने छ ।” गोष्ठीमा बोल्दै मेयर शाहले डिजिटल साक्षरतामा पनि जोड दिए । डिजिटल साक्षरताको अभावले मानिसहरू ठगीको घटनामा परेको भन्दै उनले यससँग सम्बन्धित अपराध न्यूनीकरणका लागि मानिसहरू सजग हुनुपर्नेमा धारणा राखे । from Tech News Nepal https://ift.tt/1PiTDrp via IFTTT

कतिसम्म कमाउँछन् नेपालका अनलाइन गेमर ?

Image
काठमाडौँ । नेपालमा अहिले ई-स्पोर्टस फस्टाउँदै छ । विशेषगरी युवा पुस्ता यसका पारखी बनेका छन् । मोबाइलसँगै कम्प्युटरमा खेलिने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमले पनि भाग लिन थालेको छ । अहिले केही खेलाडीहरु ई-स्पोर्ट्सलाई नै भविष्य मानेर अगाडि बढिरहेका छन् । यसरी ई-स्पोर्ट्समा आफ्नो सबै समय दिएर हिँड्ने खेलाडीले कति कमाउँछन् त ? यो सबैको जिज्ञासाको विषय हो । आज हामी तपाईँको यो जिज्ञासा मेटाउने प्रयास गर्नेछौँ । विश्वमा ई-स्पोर्ट्समा धेरै कमाउने खेलाडीहरुको कुरा गर्ने हो भने अहिलेसम्म ई-स्पोर्ट्सबाट धेरै कमाउने खेलाडीको पहिलो सूचीमा डेनमार्कका जोहन सन्डस्टेन रहेका छन् । उनले डोटा गेम खेलेर नै अहिलेसम्म ७१ लाख ८४ हजार डलरभन्दा बढी कमाइसकेका छन् । २०२२ को कुरा गर्नुपर्दा सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा चीनका जिहाङ रुइदा पहिलो स्थानमा छन् । उनले डोटा २ खेलेर नै चार लाख ६५ हजार डलरभन्दा धेरै कमाइसकेका छन् । नेपालमा भने व्यावसायिक रूपमा ई-स्पोर्ट्स खेल्ने खेलाडी कमै छन् । पछिल्लाे समय पब्जी माेबाइल, फ्री फायर लगायतका केही गेममा आकर्षण बढिरहेको छ । तर नेपाली ई-स्पोर्ट्स खेलाडीक...