Posts

Showing posts from April, 2023

बिलबिजकभन्दा बढी सामान देखिएपछि ट्रक नियन्त्रण

Image
वीरगंज, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले बिलबिजकभन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।   वीरगंजबाट रूपन्देहीतर्पm जाँदै गरेको ना.४ ख ८७४० नम्बरको मालवाहक ट्रकबाट शुक्रवार घण्टाघरमा रोकेर चेकजाँच गर्दा ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू बिलबिजकभन्दा बढी देखिएपछि आज अनुसन्धान तथा आवश्यक कारबाईको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।  Virus-free. www.avast.com

वीउवासंघद्वारा चारजना उद्यमीहरू सम्मानित

Image
वीरगंज १५ बैशाख । वीरगंज उद्योग वाणिज्य संघले चारजना उद्यमीहरूलाई सम्मान गरेको छ । संघले आफ्नो सभाकक्षमा आयोजना गरेको सम्मान कार्यक्रममा उद्योगपति एवम् समाजसेवी मुरलीधर रूँगटा, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष एवम् वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोककुमार टेमानी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ता, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोककुमार वैधलाई सम्मान–पत्रद्वारा सम्मानित गरिएको हो । मुरलीधर रूँगटा, डा. सुबोधकुमार गुप्ता र अशोककुमार वैधलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको र अशोककुमार टेमानी नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा उहाँहरूलाई संघल सम्मान गरेको हो । स्वागत मन्तव्यका क्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले यस क्षेत्रका उद्योगी व्यवसायीहरूलाई नेपाल सरकारबाट सम्मान पाएकोमा वीरगंज उद्योग वाणिज्य संघ लगायत यस क्षेत्रका सम्पूर्ण ...

कोल्हबीबाट ३५ क्युफिट काठ बरामद

Image
बारा, १५ वैशाख । बारामा शुक्रवार बिहान ३५ क्युफिट काठ बरामद गरिएको छ ।  डिभिजन वन कार्यलय बारा अन्तरगर्त रहेको कोहल्वी नगरपालिका ५  ककडी  पोष्टबाट खटिएको वन रक्षक टोलीले  उक्त काठ बरामद गरेको हो । वन रक्षक टोलीले कोहल्वी नगरपालिका–५, खरियाटोलमा घर छेउमा लुकाएर राखेको अवस्थामा ७ थान सालको र २ थान टिकको गोलाई बरामद गरेको हो । बेवारिसे अवस्थामा लुकाइ छिपाई राखेको  काठ बरामद गरिएको सहायक डिभिजन वन अधिकृत ललन राउतले  बताए ।  Virus-free. www.avast.com

ठाकुरराममा ११ दिनपछि तालाबन्दी खोलियो, पठनपाठन शुरु

Image
वीरगंज, १५ वैशाख । ठाकुरराम बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी ११ दिनपछि खोलिएको छ । बिहीवार भएको छलफलमा ताला खोल्ने र पठनपाठन सञ्चालन गर्ने सहमति भएको हो । आज बिहानदेखि  पठनपाठन थालिएको निमित्त क्याम्पस प्रमुख अनिलकुमार रमणले जानकारी दिनुभयो । क्याम्पस प्रमुख डा उमेशप्रसाद चौरसियाले दिनुभएको राजीनामा फिर्ता गर्नुपर्ने र परीक्षा केन्द्र वीरगंजमै कायम गर्नुपर्ने माग गर्दै विभिन्न विद्यार्थी सङ्गठनले यही वैशाख ४ गते क्याम्पसमा तालाबन्दी गरेका थिए भने त्रिवि कर्मचारी सङघले पठनपाठन सञ्चालन गर्नुपर्ने माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण विगत दुर्ई सातादेखि क्याम्पसको पठनपाठन प्रभावित हुँदै आएको थियो । विद्यार्थी सङ्गठनले उठाएका माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा पत्र पठाएर पहल गर्ने सहमति भएसँगै ताला खोलिएको क्याम्पस प्रमुख रमणले बताउनुभयो ।  Virus-free. www.avast.com

छड बोकेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

Image
बारा, १५ बैशाख । छड बोकेको ट्याक्टर पछाडि मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीवार राति  कलैया–वीरगंज सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका–२३ स्थित सडकमा छड बोकेको ना ५ त ८२५० नम्बरको ट्याक्टर पछाडि बा ८० प ४०२१ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको शरीर र टाउकोभरि छड रोपिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ बस्ने २४ वर्षका राजनकुमार रामको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताएका छन् । टयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ ।  Virus-free. www.avast.com

अमलेखगंजबाट दुई सय ग्राम हेरोइनसहित भारतीय नागरिक पक्राउ

Image
वीरगंज, १४ वैशाख । लागू औषध खैरो हिरोइन सहित एकजना भारतीयलाई इलाका प्रहरी कार्यालय अमलेखगंजले पक्राउ गरेको जनाएको छ । बिहीवार बिहान १० बजेको समयमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजले वीरगंजबाट हेटौडातर्फ जादै गरेको ना.१.ज.२०८६ न.को टाटा सुमो रोकी चेकजाँच गर्ने क्रममा सुमोमा सवार भारत, गोरखपुर खजुरी ग्राम पंचायत बस्ने वर्ष ६० को संतोष कुमार त्रिपाठीलाईलाई लागूऔषध हिरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले आफ्नो दुबै खुट्टामा २–२ पोका गरी ४ पोका लागू औषध खैरो हिरोइन २०० (दुर्ई सय) ग्राम इलास्टिकले बाँधी लुकाएर लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  Virus-free. www.avast.com

गौर नगरपालिकाको वारूणयन्त्र दुर्घटना, चालकसहित ५ घाइते

Image
रौतहट, १३ वैशाख । गौर नगरपालिकाको वारूण यन्त्र दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । गौर–४ गढवा स्थित कुखुरा फर्ममा भएको आगलागी नियन्त्रण गर्न गएको ना.१ ग. ७८८ नम्बरको वारूणयन्त्र गए राति साढे १२ बजे दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते रहेका चालक करिम अन्सारी तथा सुरक्षाकर्मीहरू प्रेम केसरी, किशुन्द्र साहको जिल्ला अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाएको प्रहरीले जनाएको छ।  उनीहरूलाई ढाड, छाती, टाउको तथा हातखुट्टामा गम्भीर चोट लागेको जिल्ला अस्पताल गौरले जनाएको छ। सामान्य घाइते रहेका सुरक्षाकर्मी शिवशङ्करर पटेल, नथुनी पासवानको गौर अस्पतालमा उपचार भइरहेको  छ । अग्नि नियन्त्रक टोली घटनास्थलतर्पm जाने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटको अनुमान छ । घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशङ्करर यादवले बताए । यसैबीच गौर नगरप्रमुख शम्भु साहले वारूणयन्त्र दुर्घटनामा परी घाइते भएका चालकसहित कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपच...

रमेश खरेलको जमानत जफत

Image
बारा, १३ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल जमानत जफत भएको छ। बुधवार बिहान आएको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेलवार खरेलले २ हजार ८ सय २९ मत मात्र पाए । बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ।  रास्वपाका उम्मेदवार खरेलले जम्मा मतको ४.१४ प्रतिशत मात्र पाएपछि जमानत जफत भएको हो। तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले र चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी हुँदा बारा २ मा खरेलको जमानत समेत जोगिएन । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र  जमानत जोगाएका छन् । सत्ता गठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार  ४१५ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए । यस्तै एमालेका पुरूषोत्तम पौडेलले  १० हजार  २१६ मत ल्याए।  बाँकी ३१ उम्मदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी...

कुशवाहालाई ५०८१ मतान्तरले पराजित गर्दै उपेन्द्र यादव निर्वाचित

Image
बारा, १३ वैशाख ।  बारा क्षेत्र नंबर २ को प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । बुधवार बिहान १ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शीवचन्द्र प्रसाद कुशवाहालाई ५०८१ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पाच दलीय गठबन्धनका समेत साझा उम्मेदवार रहेका यादव २८ हजार ४१५ मतका समथ विजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेद्वार कुशवाहाले २३ हजार ३३४ मत पाए। मंसिर४ मा भएको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतसंग पराजित भएका जसपा अध्यक्ष यादव उपनिर्वाचनमा भने बारा २ बाट जनमतकै उम्मेदवार कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन् । यस निर्वाचन क्षेत्रबाट मंसिर ४ को निर्वाचनमा जसपाबाटै निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले १० हजार २१६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८२९ मत र आम जनता पार्...

बारा २ उपनिर्वाचन ३:४५ अपडेट

Image

चितवन–२ को उपनिर्वाचन मतगणनाः दिउंसो ३ः२२ बजेको अपडेट

Image
Virus-free. www.avast.com

बारा क्षेत्र नं. २ को उपनिर्वाचनः दिउंसो ३ः०५ बजेको अपडेट

Image
Virus-free. www.avast.com

बारा क्षेत्र नं. २ को उपनिर्वाचनः दिउंसो २ः३० बजेको अपडेट

Image
Virus-free. www.avast.com

बारा क्षेत्र नं. २ को उपनिर्वाचनः दिउंसो २ बजेको अपडेट

Image
Virus-free. www.avast.com

बारा–२ मा मतगणना पौने १ बजेदेखि शुरु

Image
बारा, ११ वैशाख । बारा क्षेत्र नम्बर–२ मा आइतवार सम्पन्न उपनिर्वाचनको मतगणना शुरू भएको छ । आइतवार रातिदेखि नै मतगणना शुरू गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले सोमवार १२ बजेर ४० मिनेट पछि मतगणना शुरू भएको हो । मतगणनका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो । महागढी र पचरौता नगरपालिका, करैयामाई, सुवर्ण र देवताल गाउँँपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरूष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुर्ई सय ४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । Virus-free. www.avast.com

देवताल गापाको कल्याणपुर मतदान केन्द्रबाट चारजना पक्राउ

Image
बारा, १० वैशाख । बाराको देवताल गाउँँपालिका वडा नं. २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मतदान भने जारी छ । अहिलेसम्म बारा क्षेत्र नं. २ मा १५ प्रतिशत मतदान भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बारामा जसपाले बुथ क्याप्चर गर्रुयो ः सिके राउत बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले उपचुनावका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी जसपाले बुथ क्याप्चर गरेको आरोप लगाएका छन् । बारा क्षेत्र नम्बर २ मा उपचुनाव भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उनले ४–५ वटा मतदान केन्द्रमा बुथ क्याप्चर भएको आरोप लगाए । 'बेलडारी, झिटकैयासहित अरू १–२ वटा बुथहरू अहिले पनि कब्जा भएको स्थिति छ,' राउतले भने, 'हामीले प्रशासनलाई आग्रह गरेका छौं ।' उनले पचरौताको बेलडारी बुथमा आफ्ना प्रतिनिधिलाई छिर्न नै नदिएको आरोप लगाए । धाँधली रोक्न एमाले उम्मेदवार पौडेलको माग बारा । बारा...

बारा २ उपचुनाव: दुर्ईवटा मतपत्र भेटिएपछि जसपाका नेता पक्राउ

Image
बारा, १० वैशाख । बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरपाती जब्दीमा रहेको मतदान केन्द्रबाट एक मतदाता पक्राउ परेका छन् । दुर्ई वटा मत्रपत्र फेला परेपछि जनता समाजवादी पार्टीका रामसागर यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मतदान गर्ने क्रममा जसपाका नेता एवम् जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई मतपेटिका सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार मत पेटिकामा यादवले स्वस्तिक छाप लगाएको २ वटा मत पत्र खसाउन खोजेपछि प्रहरीले उनलाई गरेको हो। पक्राउ परेका यादवलाई जिप्रका बारामा लगिएको छ। यादव पक्राउ परेपछि जसपाका स्थानीय नेता कार्यकर्ता विवाद गरेका छन। विवाद बढेपछि यो मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप बल मगाइएको छ। अहिले उक्त केन्द्रमा शान्तिपूर्ण मतदान भने जारी छ। यता बाराकै महागढीमाई नगरपालिका–२ को ईनरवास्थित मतदान केन्द्रमा पनि बुथ कब्जाको प्रयास गरिएको छ। उक्त मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक लगाइएको छ। ईनरवास्थित रुमतदान केन्द्रमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएर पुगेका पत्रकारहरूलाई मतदान अधिकृत दिवाकर...

बारामा मतदान शुरु

Image
बारा, १० भदौ । बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ। बारा–२ का सबै मतदान केन्द्रमा मतदान शुरू भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। बिहान ७ बजेदेखि मतदान शुरू भइसकेको र एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए। गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उहाँहरूलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ। स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बारा निर्वाचन क्षेत्र नम्बर २ मा दुर्ई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए। उनका अनुसार बारा २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ। बदनियतपूर्वक कसैले मतपेटिकालाई चलाउन, धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताए। सो क्षेत्रमा ८२ मतदानस्थलमा एक सय ३८ ...

उपनिर्वाचनको लागि बाराको सीमानाका तीन दिन बन्द

Image
बारा, ८ वैशाख । यही वैशाख १० गते बारा क्षेत्र नम्बर–२ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखी आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरी आज राति १२ देखि आइतवार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ। उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए। यस्तै, मतदानकार्य सम्पन्न नभएसम्म जिल्लाभरि मादकपदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ। बारा क्षेत्र नम्बर–२ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि वैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरिएको प्रजिअ सापकोटाले जानकारी दिए । Virus-free. www.avast.com

हुण्डी कारोबार गरेको आरोपमा ३ जना पर्साबाट पक्राउ

Image
वीरगंज, ६ वैशाख । वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्ज म.न.पा.वडा नं.८ स्थित सडकखण्डबाट दुर्ई जनालाई ५ लाख ५० हजारसहित पक्राउ गरेको जनाएको छ । बारा परवानीपुर गा.पा.वडा नं.३ लिपनीमाल बस्ने वर्ष ३४ को कृष्ण प्रसाद सोनारले भिरेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली एक लाख साठ्ठी हजार र वर्ष ३९ को सुनिल साह कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको रू.तीन लाख नब्वे हजार गरी जम्मा रू.पाँच लाख पचास हजार बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी आज बिहान ११ः०० बजे वीरगञ्ज म.न.पा.वडा नं.११ स्थित सडकखण्डमा प्रदेश ३–०३–००१ प १२३३ नम्बरको मोटरसाइकललाई चेकजांच गर्ने क्रममा जितपुर सिमरा उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ३२ को छठु महत्तोको हेल्मेट तथा मोसाको वायाँ तर्फको भागमा फल्स बनाई लुकाइ छिपाई राखिएको श्रोत नखुलेको रू.चौध लाखसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका तीनैजनालाई ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति प्रदान गरी अनुसन्धान तथा कारबाई भइरहेको जिप्रका, पर्साले जनाएको छ ।  Virus-free. www.avast.com

आलु महोत्सवमा रु पाँच करोडको आलु बिक्री

Image
गण्डकी, ४ वैशाख   आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा रु पाँच करोडको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको महोत्सवको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिनुभयो । आइतबार सम्पन्न महोत्सव समापन समारोहमा कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनीलगायत विभिन्न पुरस्कार वितरण गरिएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्रसहित नगदले सम्मान गरिएको हो । ...

सखुवाप्रसौनीमा बाघले कुकुरको शिकार गर्न थालेपछि स्थानीय त्रसित

Image
वीरगंज, ३ वैशाख । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ को उत्तरी भेग कोइलाभार बिन्दवासिनी साझेदारी वनसँग जोडिएको सिधपुर, सखुवनिया, सियरहीलगायतका गाउँमा बाघले घुस्याहा कुकुरको शिकार गर्न थालेपछि स्थानीय त्रसित भएका छन् । स्थानीयवासी लीला विकको घरपालुवा कुकुरलाई बाघले खाइदिएको बताए । उनका अनुसार दैनिकजसो बाघले भुस्याहा र पालुवा कुकुरलाई लगिरहेको बताए । हालसम्म मानव क्षति नभए पनि बाघको त्रास निकै देखिएको वडाध्यक्ष वासुदेव महतो थारूले बताए । बाघको डरले स्थानीय किसान मकै खेतमा पस्नसमेत छाडेका छन् । साझेदारी वनमा विगतमा बाघ नरहेकोमा हाल यस भेगमा देखा परेको बाघ निकुञ्जबाट आएको हुन सक्ने वडाध्यक्ष थारू बताउँछन । निकुञ्जमा हाल ४० बढी बाघ छन । वडाध्यक्ष थारूले बाघको आतंकवारे डिभिजन वन कार्यालय पर्सालाई जानकारी गराएको बताए ।  Virus-free. www.avast.com

वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण

Image
काठमाडौँ, २ वैशाख (रासस) : नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ । विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरू नहुँदा निर्माता वितरककै तथ्याङ्कमा भर परिरहेका थिए । चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणालीमार्फत कुन चलचित्र भवनमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क निर्माता तथा वितरकले थाहा पाउँछन् । यो प्रणाली जडान भएको तीन वर्ष पूरा भइसक्दा पनि यसको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ । बोर्डले २०७९ सालमा प्रदर्शन भएको एक सय ३५ मध्ये एक सय ३२ चलचित्रको कूल व्यापार सार्वजनिक गरेपछि प्रदर्शनरत चलचित्र 'छक्का पञ्जा ४' को सार्वजनिक भएको विवरणलाई लिएर निर्माण समूहले आपत्ति जनाएको छ । गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र 'छक्का पञ्जा ४' ले बोर्डको विवरणअनुसार छ लाख आठ हजार चार सय दुई टिकेट बिक्री भएवापत रु १६ करोड ९४ लाख ३४ हजार छ सय ३४ कूल व्यापार गरेको छ । प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । चलचित्रका लेखक तथा निर्मातासँगै कलाकार रहनुभएका द...

पर्साबाट स्रोत नखुलेको २० लाख नगद बरामद

Image
वीरगंज, २९ चैत । सशस्त्र प्रहरीले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँँ बरामद गरेको छ ।  सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प पोखरिया र गण नम्बर–१३ बाट खटिएको टोलीले सो रकम सहित धोबिनी गाउँँपालिका–५ घर भएका अलिम मियाँ अन्सारीलाई पक्राउ गरेको छ । भिस्वाबाट वीरगंजतर्पm आउँदै गरेको ट्याक्टरलाई रोकेर चेकजाँच गर्दा आरोपीको साथमा सो नगद भेटिएको थियो । ट्याक्टरमा लिएर आउँदै गरेको अवस्थामा बिज बिजक नभएको २ सय किलो काजु पनि बरामद गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । आरोपीलाई बरामद नगद र काजु सहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।  Virus-free. www.avast.com

बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रण

Image
वीरगंज, २७ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले बिल बिजकभन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू लोड गरेको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना.२ ख ९३८९ नम्बरको ट्रकलाई आइतवार वीरगञ्ज महानगरपालिका वडा नं. १३ पावरहाउस चोकमा चेकजाँच गर्दा ट्रकभित्र रहेको खुद्रा, हार्डवेयर तथा लत्ताकपडा बिलबिजकभन्दा बढी देखिएपछि कारबाइको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 

पर्सामा ठूलो परिमाणमा गाँजा र चरेससहित चारजना पक्राउ

Image
वीरगंज, २७ चैत । पर्सा प्रहरीले ठोरी गाउँपालिका र पटेर्वासुगौली गापाबाट ठूलो परिमाणमा गाँजा र चरेससहित चारजनालाई पक्राउ गरेको जनाएको छ । चैत २६ गते पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ देउरीयास्थित प्रदेशी राउतको घरमा प्रहरीले छापामारी गरेको थियो । प्र.नि. प्रज्वल थपलिया र वडा प्रहरी कार्यालय श्रीपुरका प्र.नि. आशुतोष शाहीको कमाण्डमा खटेको प्रहरीले छापामारी गर्ने क्रममा चरेश ११८ के.जी. र गाँजा ४ के.जी बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले लागु औषध, ओसारपसार तथा किनबेच संलग्न रहेको आरोपमा पटेर्वासुगौली गा.पा. वडा नं. ५ बस्ने वर्ष अं. ६० को प्रदेशी राउत थारू, मकवानपुर रक्सीराङ गा.पा. वडा नं. ८ बस्ने वर्ष ३८ को रमेश मोक्तान, मकवानपुर मनहरी गा.पा. वडा नं. ६ बस्ने वर्ष २५ को रोशन मोक्तानलाई पक्राउ गरेको छ । यसैगरी चैत २४ गते राति १०ः३० बजे इलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले ठोरी गाउँपालिका वडा नं.२ स्थित हनुमाननगरबाट ढेडु खोलाको बाटो हुँदै सेतो बोरा बोकी आउँदै गरेका चितवन लोथर न.पा. वडा नं. ९ बस्ने वर्ष ५७ को रामबहादुर तामाङलाई  चेकजाँ...

जीतपुरसिमरा–११ मा शुरु भयो वडा कप फुटबल, बकुलिया र बढनिहार भिड्ने

Image
बारा, २६ चैत । जीतपुरसिमरा उपममहानगरपालिका वडा नम्बर ११ मा प्रथम वडा कप फुटबल प्रतियोगिता शुरु भएको छ । वडा कप फुटबल प्रतियोगिता आयोजक समितिको आयोजनामा वडा नम्बर ११ स्थित खैरवा खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले खेल क्ष्ँेत्रको विकासमा नगरले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । समाज परिवर्तन गर्न खेल क्षेत्रको भुमिका महत्वपुर्ण हुने भन्दै उहाले खेल र खेलाडीको विकास गर्न लाग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उप प्रमुख भोला प्रसाद अधिकारीले वडा स्तरमा हुने यस्ता प्रतियोगिताले खेल क्षेत्र थप व्यवस्थित हुदै जाने बताउनुभयो । नेकपा माओवादी केन्द्रका नेता मुकेश शाहले प्रतियोगिता सफल्ताको कामना गर्नुभयो । कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष हेम नारायण चौधरी, नेकपा एकिकृत समाजवादीका नेता ईश्वर ढकाल, समाजसेवी दिपलाल महरा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, बिभिन्न संघ संस्थाका व्यक्ति, राजनितिक दलका ...