Posts

Showing posts from February, 2023

नेपाल बार एसोसिएसनको बैठकः २३ बुँदे वीरगंज घोषणापत्र जारी

Image
वीरगंज, १४ फागुन । २३ बुँदे वीरगञ्ज घोषणापत्र जारी गर्दै नेपाल वार एसोसिएसनको केन्द्रिय कार्यकारिणी परिषद्को ४८ औँ बैठक वीरगञ्जमा सम्पन्न भएको छ । फागुन १३ र १४ गते वीरगञ्जमा सम्पन्न कानून व्यवसायीहरूको सत्ता सङ्गठन वार एशोसिएशनको केन्द्रिय कार्यकारिणी परिषद्को ४८ औँ बैठकबाट २३ बुँदे घोषणापत्र जारी गरिएको नेपाल वार एशोसिएशनका केन्द्रिय उपाध्यक्ष सुधिर कर्णले जानकारी दिनुभयो । केन्द्रिय कार्यकारिणी परिषद्को बैठकले नेपाल वार एसोसिएसनलाई सङघीय संरचनामा लैजाने निर्णय गरेको छ । त्यसैगरी बैठकले संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेकोमा संसद्बाट पारित विधेयकलाई अविलम्ब पारित गर्न गराउन माग गरेको छ । त्यसैगरी बैठकले सर्वाेच्च अदालतबाट निलम्बित प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबराविरूद्ध लगाइएको महाअभियोग प्रस्ताव टुङ्गोमा पुर्रुयाउन माग गरेको छ । बैठकले कायम मुकायम प्रधानन्याधीश हरिकृष्ण कार्कीलाई तत्कालै प्रधानन्याधीशको रूपमा नियुक्त गर्न, सर्वाेच्च अदालत तथा उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको तत्काल पदपूर्ति गर्न माग गरेको नेपाल...

मृत्युदर्ता हुँदाहुँदै घूस खाएर सचिवद्वयले प्रतिलिपि बनाएको विरोधमा गाउँलेद्वारा वडा कार्यालय घेराउ

Image
वीरगंज, १४ फागुन । छिपहरमाई गाउँपालिका–२ टिहुकी वडा कार्यालयमा स्थानीयवासीले आइतवार घेराउ गरेका छन् । सोही ठाउँका फिरोज अन्सारीको मृत्यु दर्ता हुँदाहुँदै वडा सचिव केदार सहनी र मनोज सर्राफले ३० हजार रकम खाएर मृत्युदर्ताको प्रतिलिपि बनाएको विरोधमा स्थानीयले वडा कार्यालयमा विरोध गरेका हुन् । अन्सारीका आफन्तजन तथा गाउँलेहरु वडा कार्यालयमा पुगेर सचिवद्वय केदार सहनी र मनोज सर्राफले मृतक फिरोज अन्सारीकी पत्नी रोशनी अन्सारीको प्रलोभनमा परी मृत्युदर्ताको प्रतिलिपि बनाएको आरोप लगाएका थिए । फिरोजको मृत्यु भइसकेको र उनको मृत्युदर्ता प्रमाणपत्र फिरोजका पिता तथा दाजुभाइसंग रहेको भए पनि सहनी र सर्राफले रोशनीको प्रलोभनमा प्रतिलिपि बनाएको आरोप लगाइएको छ । फिरोजको मृत्युपछि उनको पत्नी रोशनी अन्सारी छुट्टै बस्दै आएको र उनको जग्गा, सम्पत्ति, बैंक खाता, कारोबारलगायत आफनो नाममा गर्न उनको पत्नीले सचिवलाई घूस खुवाएर मृत्युदर्ताको प्रतिलिपि बनाएको फिरोजका आफन्तको भनाइ छ ।  Virus-free. www.avast.com

मधेस प्रदेशको चार जिल्लामा मात्र १५ जना मात्र कानून महिला व्यवसायी

Image
वीरगंज, ९ फागुन । मधेस प्रदेशको आठ जिल्लामध्ये चार जिल्लामा एकजना पनि कानुन व्यवसायी महिला छैनन् भने चार जिल्लामा १५ जना मात्रै कानुन व्यवसायी महिला रहेका छन् । मंगलवार उच्च अदालत परिसरमा आयोजना भएको पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष एवम मधेश प्रदेशका संयोजक अधिवक्ता सुधिर कुमार कर्णले उक्त कुरा बताउनुभयो । उनले सप्तरी जिल्लामा सबैभन्दा बढी ७ जना, धनुषामा ६ जना र पर्सामा २ जना कानुन व्यवसायी महिला रहेका छन् । बारा, रौतहट, सर्लाही र महोत्तरीमा एकजना पनि कानुन व्यवसायी महिला नरहेको उनले बताए। देशभर २२ हजार कानुन व्यवसायी भए पनि महिलाको आकर्षण किन बढेन भन्नेबारे वीरगंजमा हुने सम्मेलनमा छलफल हुने उनले बताउनुभयो । 'पेशागत उत्कृष्टता हाम्रो प्रतिबद्धता' भन्ने मूल नारासहित फागुन १२, १३ र १४ गते वीरगञ्जमा नेपाल वार एशोसिएशनले कानुन व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलन  र केन्द्रीय कार्यकारिणी परिषदको ४८ औ बैठक हुने भएको छ । कर्णले मधेश प्रदेशमा कानून व्यवसायी महिलाको उपस्तिथी ज्यादै न्यून भएकोले यो सम्मेलनबाट मधेश प्रदेशमा समेत कानून व्...

ठोरीमा स्कार्पियोको ठक्करबाट बालकको मृत्यु

Image
वीरगंज, ९ फागुन/ स्कार्पियोको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । आज बिहान ८ः३० बजेको समयमा पर्साको ठोरी गाउँपालिका वडा नं.४ विजयवस्तीस्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगंजतर्फ आउँदै गरेको बाग्मती प्रदेश–०१–०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्करबाट  ठोरी गापा–४ बस्ने वर्ष १३ को विश्वास श्रेष्ठलाई ठक्कर दिएको थियो ।  कोचिङ्ग पढेर घर फर्किने क्रममा ठक्कर दिदा श्रेष्ठको टाउको र शरीरमा गम्भीर चोट लागि घाइते भएपछि प्रहरी चौकी विजयवस्तीले उपचारको लागि तराइ अस्पताल वीरगञ्जमा पु¥याएको थियो । बालकको उपचारको क्रममा १०ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएकोछ ।  प्रहरीले स्कार्पियो चालक चितवन माडी ३ बस्ने वर्ष २५ को पदम बिलास पन्तलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ । 

त्रिपन्न किलो गाँजासहित दुर्ई जना पक्राउ

Image
चितवन, ८ फागुन/ पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुर्ई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्पm जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो । पक्राउ परेका उनीहरूको थप अनुसन्धान जारी रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

वीरगंज कारागारका १० र रौतहटबाट ११ जना कैदीबन्दीको सजाय मिनाहा

Image
वीरगंज, ७ फागुन । ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज वीरगंज कारागारमा रहेका १० जना पुरूष कैदीबन्दिहरूको सजाय मिनाहा भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रजातन्त्र दिवसको अवसर पारी आज राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ५ सय १ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकोमा वीरगंज कारागारका १० जना कैदीको सजाय मिनाहा भएको वीरगंज कारागारका सूचना अधिकारी नवराज बर्ताैलाले बताउनुभयो । वीरगंज कारागारबाट बाँकी सजाय मिनाहा भएर आज रिहा भएका कैदीबन्दीहरूमा कर्तव्य ज्यान मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका ६ जना, चोरी मुद्दाका १ जना, लापरबाहीबाट मानिसको ज्यान मुद्दा १ जना, हातहतियार खरखजना मुद्दा १ जना गरी १० जनालाई सजाय माफी भई आज जेल मुक्त भएको सूचना अधिकारी बर्ताैलाले जानकारी दिनुभयो । कारागार मुक्त हुनेमा वीरगंजका गणेश साह तेली, पर्सा जगरनाथपुरका सहदेव महतो, बारा जितपुरका नागेन्द्र चौधरी, मकवानपुर हेटौडाका उत्तम ज्योति बज्राचार्य, बारा प्रसौनीका योगेन्द्र प्रसाद साह, पर्सा ठोरीका सागर पाख्रिन, बारा कोल्भीका शम्भु चौधरी, वीरगंज महानगरपालिका वडा नम्बर ३१ का ला...

भारु र दारु भारततर्फ लैजाने पाँचजना पक्राउ

Image
वीरगंज, ४ फागुन । बारा र काठमाडौंबाट प्रतिबन्धित भारु नोटसहित दुईजना पक्राउ परेका छन् भने रौतहटबाट भारतमा प्रतिबन्धित दारु लैजाने क्रममा तीनजनालाई पक्राउ भएको प्रहरीले जनाएको छ ।   बारा प्रहरीले बाराको बिश्रामपुरबाट एक लाख भारतीय रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवार रहेका छन् । भारतबाट नेपालतर्पm आउदै गरेका साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा भारतबाट नेपालतर्पm आउदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय एक लाख पाँच सय रुपियाँ फेला पारेको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा रकमको स्रोत नखुलेको र उनको साथबाट पाँच सय रुपियाँको दुर्ई सय एक थान भारतीय रुपियाँ बरामद गरेको प्रहरीको भनाई छ । यसैगरी प्रतिबन्धित भारतीय रुपियाँँ दुर्ई हजारको नोट रहेको दुई लाख ४० हजार भारुसहित एकजना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित ...

भारु र दारु भारततर्फ लैजाने चारजना पक्राउ

Image
वीरगंज, ४ फागुन । बारा र काठमाडौंबाट प्रतिबन्धित भारु नोटसहित दुईजना पक्राउ परेका छन् भने रौतहटबाट भारतमा प्रतिबन्धित दारु लैजाने क्रममा तीनजनालाई पक्राउ भएको प्रहरीले जनाएको छ ।   बारा प्रहरीले बाराको बिश्रामपुरबाट एक लाख भारतीय रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवार रहेका छन् । भारतबाट नेपालतर्पm आउदै गरेका साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा भारतबाट नेपालतर्पm आउदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय एक लाख पाँच सय रुपियाँ फेला पारेको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा रकमको स्रोत नखुलेको र उनको साथबाट पाँच सय रुपियाँको दुर्ई सय एक थान भारतीय रुपियाँ बरामद गरेको प्रहरीको भनाई छ । यसैगरी प्रतिबन्धित भारतीय रुपियाँँ दुर्ई हजारको नोट रहेको दुई लाख ४० हजार भारुसहित एकजना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित ...

सुनको जलप भएको बिस्कुट बेच्न खोज्ने चारजना पक्राउ

Image
वीरगंज ४ फागुन । नक्कली सुन देखाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले चारजनालाई पक्राउ गरेको छ । बिहीवार दिउँसो वीरगंज महानगरपालिका वडा नं. १५ हिमालयन होटल अगाडिबाट सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने ३१ वर्षीय रामवीर चौधरी, वडा नं. ६ बस्ने ४५ वर्षीय लालबाबु राय यादव, वडा नं. १८ बस्ने ३८ वर्षीय राकेश कुर्मी र वडा नं.१७ बस्ने वर्ष २७ वर्षीय अवधेश कुमार राय पक्राउ परेका हुन् । बीआर३१पी ०६४९ नम्बरको गाडीमा बसेर सर्वसाधारणलाई नक्कली सुन (बिस्कुट आकारको १ किलो लेखिएको धातु ) देखाई भ्रममा पारी ठगी गर्ने नियतले बिक्री गर्न लागेको प्रहरीको दाबी छ । प्रहरीले उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेट भएको गाडी र सुनको जलप भएको पहेँलो बिस्कुट आकारको धातु पनि बरामद गरेको छ । वीरगञ्ज सुनचाँदी व्यवसायी संघमा पठाएर परीक्षण गराउँदा सुनको जलप भएको धातु भनी पुष्टी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनीहरू विरूद्ध ठगी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ...

लागुऔषधसहित चार युवक पक्राउ

Image
वीरगंज,४ फागुन । प्रतिबन्धित लागुऔषधसहित सर्लाही र धादिड्ढा चार जना युवक पक्राउ परेका छन् । भारतको रक्सौलबाट लागुऔषध लिएर आएका उनिहरूलाई प्रहरीले बुधवार बेलुकी वीरगंज महानगरपालिका वडा नंबर १६ स्थित डाँफे होटलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय राज मन्सुरी, १९ वर्षका विशाल मोक्तान, वडा नम्बर ७ का २० वर्षीय राजु राना मगर र धादिड्ढो गजुरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय अजय तमांग रहेका छन् । उनिहरूको साथबाट प्रतिबन्धित लागु औषध डाइजेपाम–५० एम्पुल, नुरफिन–५० एम्पुल, फेनारगन–५० एम्पुल बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । विशेष सुचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले होटलमा पुगेर खानतलाशी गर्दा ती युवकहरूले प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखेको लागु औषध बरामद गरेको गिरिले बताए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको गिरिले जानकारी दिए ।

पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ

Image
नेपालगञ्ज, ३ फागुन ( बाँकेको नेपालगञ्जबाट करिब रू पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरूलाई पक्राउ गरेको हो । बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् । उनीहरूको साथबाट प्रहरीले एक हजारका नक्कली नोट पाँच सय ६९ थान बरामद गरेको छ । रानाका साथबाट चार सय १८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाइको साथबाट एक सय ५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट  बरामद गरिएको छ । नक्कली नेपाली रुपियाँँ बोकेर हिँडिरहेका तीनैजनालाई मङ्गलवार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।  

प्रहरी, प्रशासन र राजस्वले ज्यादति गरेको विरोधमा गौर बजार बन्द

Image
रौतहट, २७ माघ । स्थानीय प्रहरी प्रशासन र राजस्व विभागले ज्यादती गरेको भन्दै उद्योग वाणिज्य सङघ रौतहटले आव्हान गरेको तीन दिने बन्दको पहिलो दिन  जिल्ला सदरमुकाम गौर बजारमा पूर्ण प्रभाव परेको छ। गौर बजारमा साना साना चिया, पान, किराना बाहेक सम्पूर्ण ठुला पसल तथा व्यावसायिक प्रतिष्ठानहरू  बिहानैदेखि बन्द छन् । गौर बजारको ८० प्रतिशत व्यापार व्यवसाय बन्द रहेको र यातायातसमेत पातलिँदा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। सदरमुकाम गौर स्थित व्यवसायीहरूलाइ चेक जाँच को नाममा छापा मारी गरी स्थानीय प्रहरी प्रशासन र राजस्व विभागले आतÍित बनाउने र अनावश्यक हैरान गर्ने गरेको भन्दै उद्योग वाणिज्य सङघ रौतहटले तीन दिन  बजार बन्दको आव्हान गरेको थियो । सङघका  अध्यक्ष पंडित जयसवाल र महासचिव रवीन्द्रनाथ गोपालेले शुक्रवार एक विज्ञप्ति निकालेर २९ गते आइतवारसम्म  बजार बन्द गर्न आव्हान गरेको थियो । उद्योग वाणिज्य सङघ गौरमा बिहीवार  बसेको व्यवसायीहरूको बैठकको निर्णय अनुसार बजार बन्द गरिएको हो । व्यवसायीहरू समस्या समाधान नभएमा थप आन्दोलन गर्ने चेतावनी सङघले दिएको छ। सरकारले ल्याएको आर्थिक नीतिले ब्याज वृद्धि ट पी...

व्यक्ति विशेषले अतिक्रमण गरी बनाएको संरचना महानगरले भत्कायो

Image
वीरगंज, २६ माघ । वीरगंज महानगरपालिकाले अतिक्रमण गरिएको सार्वजनिक जग्गामा बनाइएको घर आज डोजर लगाएर भत्काएको छ । वीरगंज–१० प्रभु अस्पतालको सामुन्ने रहेको एकजना व्यक्तिको घरमा बनाइएको पक्की संरचना महानगरले डोजर लगाएको भत्काएको हो । तत्कालिन नगरविकास समितिको नाममा रहेको वीरगंज महानगरपालिका वडा नम्बर नम्वर ८ मा रहेको कित्ता नम्बर ६१ को १० धुर जग्गा ८ वर्ष वर्षपछि महानगरले अतिक्रमणमुक्त गरेको हो । जिल्ला, पुनरावेदन हुँदै सर्वाेच्च अदालतबाट २०७२ फागुन २ गते मै महानगरको पक्षमा फैसला आएको भए पनि भूमाफियाले कब्जा गरेको उक्त जग्गा महानगरले खाली गराउन सकेको थिएन । वीरगंज महानगरपालिकाको मेयरमा राजेशमान सिंह निर्वाचित भएर आएसँगै भूमाफिया र कर्मचारीको मिलेमतोमा कब्जा गरिएका सार्वजनिक जग्गा खोजी तथा खाली गराउने अभियान नै चलाइएको छ । त्यहि अभियान अन्तर्गत सर्वाेच्च अदालतले ८ वर्ष पहिले नै फैसला गरेको जग्गा अझै सम्म भूमाफियाले कब्जा गरेर राखेको भेटिएपछि बिहीवार बिहान मेयर आफैं डोजर लिएर खाली गराउन पुगेका थिए । बिहीवार बिहान भूमाफियाले कब्जा गरि १० धुर जग्गामा बनाएको पक्की संरचना डोजर लगाएर हटाइएको छ ...

पर्सामा सात हजार करदाता थपिए

Image
वीरगञ्ज, २६ माघ   चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा पर्सामा सात हजार नौ सय ४१ करदाता थपिएका छन् । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्यानतर्पm पाँच हजार पाँच सय ९२, आयकरतर्पm एक हजार छ सय ७४, मूल्य अभिवृद्धि करतर्पm पाँच सय २२ तथा अन्तःशुल्कतर्पm एक सय ३३ करदाता थपिएका छन् । योसँगै पर्सामा करदाताको संख्या एक लाख २४ हजार तीन सय पाँच पुगेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत सञ्जय सरदार क्षेत्रीले जानकारी दिनुभयो । पर्सामा प्यानतर्पm सबैभन्दा बढी ७९ हजार २३, आयकरतर्पm ४० हजार चार सय १०, मूल्य अभिवृद्धि करतर्पm १० हजार एक सय ३६ तथा अन्तःशुल्कतर्पm एक हजार नौ सय ५१ करदाता रहेका छन् ।   यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालु आव २०७९/८० को छ महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व सङ्कलनमा कमी आएको छ । सो कार्यालयका अनुसार चालु आव २०७९/८० को छ महिनाको अवधिमा रू चार अर्ब ७३ करोड १६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ६६ दशमलव ६१ प्रतिशत अर्थात रू तीन अर्ब १५ करोड १६ लाखमात्र सङ्कल...

प्रतिबन्धित औषधसहित तीनजना पक्राउ

Image
वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले प्रतिबन्धित लागु औषधसहित तीनजनालाई पक्राउ गरेको छ । २०७९ माघ २४ गते वीरगञ्ज महानगरपालिका वडा नं.२५ ड्राइपोर्ट गेट अगाडि सडकखण्डमा प्रदेश २–०३–००१ क १९३४ नम्बरको ट्रकलाई  रोकी चेकजाँच गर्ने क्रममा ट्रकको चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध ओनरेक्स सय एमएलको १६६ बोत्तल र कोडिवेल कफ सिरफ ५७ बोत्तल गरी जम्मा २२३ बोत्तल फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकचालक मकवानपुर हेटौडा उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय निर्मल पौडेल, सोही ठाउँका ४० वर्षीय रमेश थापा र २९ वर्षीय सुदर्शन खड्कालाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी निरीक्ष्Fक डिल्लीराज सापकोटा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । 

चोरी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

Image
वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । २०७९ माघ ७ गते दिउसो १ः०० बजेको समयमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१२ बस्ने वर्ष ५५ को कपिल प्रसाद रौनियारको घरमा चोरी गरेको आरोपमा राजु आलम भन्ने फैयाज आलमलाई पक्राउ गरेको जनाएको छ । २० वर्षीय आलम भारत विहार सितामढी ग्राम ६ घर भई हाल वीरगंज–१३ बस्दै आइरहेका थिए । उनको साथबाट एलइडी टिभी दुई थान, क्यामेरा थान–१, घडी थान–१ अन्य स–साना गहना जस्तो देखिन धातु र लागूऔषध बरामद गरिएको जिप्रका, पर्साले जनाएको छ । रौनियार कामको सिलसिलामा काठमाण्डौ गएको हुँदा निजको घरमा कोही नभएको मौका छोपी दुर्ई तल्लेघरको मूलढोकाको ताल्चा फुटाइ घरमा प्रवेश गरेको प्रहरीले जनाएको छ । आलमले घरमा रहेको नगद  एक लाख तथा गरगहना गरी एघार लाख दश हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट प्रहरी निरीक्ष्Fक डिल्लीराज सापकोटाको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा माघ २३ गते वीरगञ्ज महानगरपालिका वडा नं.१३ स्थित सडकखण्डबाट आलमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्र...

२० लाखसहित एकजना पक्राउ

Image
वीरगंज, २० माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २० लाखसहित एकजनालाई पक्राउ गरेको छ । बिहीवार प्रहरी चौकी ईनर्वाले वीरगंज–१९ रजतजयन्तीचोक सडकखण्डबाट प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई  चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको २० लाख नगदसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बारा, बिश्रामपुर गाउँँपालिका वडा नं. ४  बस्ने वर्ष २७ को श्याम किशोर प्रसाद साह रहेको जिप्रका, पर्साले जनाएको छ । साहसंग हजार दरका १६०० थान र पाँच सय दरका ८०० थान गरी रु बीस लाख भेटिएको र उक्त रकमको उनले स्रोत खुलाउन नसकेपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको जिप्रका, पर्साले जनाएको छ ।

लागूऔषधसहित दुईजना पक्राउ

Image
वीरगंज, २० माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले  प्रतिबन्धित लागु औषध सहित दुर्ई जनालाई पक्राउ  गरेको छ । बिहीवार वीरगञ्ज भन्सार गेटमा चेकजाँच गर्ने क्रममा पैदल आइरहेका वीरगंज–१५ मुर्ली बस्ने १९ वर्षीय नितेश गुप्ता र भारत, बिहार बेतिया बस्ने २१ वर्षीय मन्दीप यादवलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट ६०० पिस फेला परेको प्रहरीले जनाएको छ ।