Posts

Showing posts from June, 2021

ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु

बारा, १६ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा मङ्गलवार ट्रकको ठक्करबाट गम्भीर घाइते भएको युवकको आज मृत्यु भएको छ । वीरगंज तिरबाट पथलैयातर्पm जाँदै गरेको प्रदेश ०३–००१ ख ११२८ नम्बरको माल बाहक ट्रकले राति करिब ९ बजेको समयमा जीतपुरमा अन्दाजी २५ वर्षीय राजन रौनियारलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका जीतपुरका रौनियारको सिमरास्थित अलपाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मुख्य चालक फरार भएका छन् । घट्नाको थप अनुसन्धान र फरार चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजीत कुवरले बुताउनुभयो ।

महानगर प्रमुख सरावगीद्वारा धान रोपाईँ उदघाटन

Image
वीरगन्ज, १५ असार । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मंगलबार धान दिवसको अवसरमा धान रोपाईँको उदघाटन गर्नुका साथै विद्यालय भवनको पनि उदघाटन गर्नुभएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ म महानगरको कृषि शाखाले आयोजना गरेको धान दिवसको अवसरमा पुगेर धान रोप्नुका साथै वडा २७ भवानीपुरमा निर्माण भएको विद्यालय भवको उदघाटन गर्नु भएको छ । महानगरपालिकाको नगरस्तरीय बजेटबाट निर्माण गरिएको चार कोठे भवनको मंगलबार महानगर प्रमुख सरावगीले उदघाटन गर्नुभएको हो । २÷२ कोठे भवनको १५÷१५ लाख गरी ३० लाख रुपैयाँको लागतमा निर्मित ४ कोठ भवनको नगरप्रमुख सरावगीले उदघाटन गर्नुभएको हो । विद्यालयको पर्खाल निर्माणका लागि ९ लाख, शौचालय निर्माणका लागि ७ लाख र खेल मैदानमा माटो पुर्नका लागि २ लाख रुपैयाँ महानगरपालिकाबाट उपलब्ध गराइएको नगरप्रमुख सरावगीले बताउनुभयो । त्यसैगरी आगामी वर्ष नेपाल सरकारको बजेटबाट १२ कोठे भवन निर्माणका लागि पनि पहल गर्ने नगरप्रमुख सरावगीले बताउनुभयो ।

पर्साको वीरगञ्ज तथा सखुवा प्रसौनी गाउँपालिकामा रोपाई महोत्सव सम्पन्न

Image
वीरगञ्ज । १८औँ राष्ट्रिय धान दिवस आज पर्साको वीरगञ्ज तथा सखुवा प्रसौनी गाउँपालिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । वीरगञ्ज महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ कोनियामा रोपाई जात्राका साथ धान दिवस मनाइएको हो ।   'धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि' भन्ने नाराका साथ आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले रोपारलाई खेतमा रोप्ने बिउ दिँदै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले कृषि क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताउनुभयो ।   उहाँले कृषकका समस्याहरूको समाधानतर्फ महानगर गम्भीर भएको बताउँदै वडा नम्बर ३१ मा चैते धान पकेट क्षेत्रको रूपमा घोषणा गरी कार्यक्रम समेत सञ्चालन भइरहेको जानकारी दिनुभयो ।   वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष चुमनदास चौधरीको सभापतित्वमा भएको धान दिवस तथा रोपाई महोत्सवमा वीरगञ्ज महानगरपालिकाका आर्थिक विकास महाशाखाका प्रमुख रामदय...

चट्याङ्ग लाग्दा ३ जनाको मृत्यु , १ जना घाइतेT

बीरगन्ज,१५ असार ।  आज बिहान चट्याङ्ग लाग्दा पर्सामा ३ जनाको मृत्यु र १ जना घाइते भएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका को वडा नम्बर,४ पथरैयातिर भैंसी चराउन गएको बेला चट्याङ्गमा परी पर्साको सखुवाप्रसौनी गाउँपालिका ,४ देवरबाना बस्ने बर्स ५५ को रघुबिर यादवको चट्याङा लाग्दा मृत्यु भएको परिवारजनले जानकारी दिएका छन। त्यस्तै आज परिरहेको अबिरल वर्षा सङ्गै परेको चट्याङ्गमा परी पटेर्वासुगौली गाँउपालिका को वडा नम्बर,१ गदियानी बस्ने बर्स २७ को रोसलान गदीको मृत्यु भएको हो। साथै वडा नम्बर,१ कै राजबली गदी चट्याङ्गमा परी गम्भीर घाइते भएका हुन। घाइतेको उपचारको लागि नारायणी उपक्षेत्रीेय अस्पताल बिरगन्ज पठाएको ईलाका प्रहरी कार्यालयलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले बताए। त्यसतै आजैपरेको चट्याङ लाग्दा जीराभवानी गाँउपािलका वडा नम्बर,३ जितपुर बस्ने बर्ष ५० कि असतुरनी देवी थरुनीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय शेढवाका प्रहरी निरिक्षक राजुबाबु यादवले बताए। ३ जना मृतकहरुको घटना स्थलको मुचुलका गरि लासको अनुशन्धानबारे प्रकृया हुने ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प...

प्रदेश नंं २ मा मुख्यमन्त्री राउतद्वारा प्रदेश हरित अभियानको शुभारम्भ

Image
जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान २०७८ आज शुभारम्भ गर्नु भएको छ ।  डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका वडा नं.४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले बर पिपलको रुख रोप्दै अभियानको शुभारम्भ गर्नु भएको छ । मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरे लगतै प्रदेशको आठ वटै जिल्लामा एक साथ वृक्षारोपण अभियानको शुरुवात भएको छ ।   राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियान अन्तर्गत आठ वटै जिल्लाको कूल १ हजार १ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ बिरुवा रोप्ने कार्यक्रम रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राम चन्द्र कँडेलले जानकारी दिनु भएको छ ।   वृक्षारोपण अभियानको शुभारम्भका कार्यक्रम जिल्ला जिल्लामा गर्नका लागि आठ वटै जिल्लामा प्रदेश २ सरकारका मन्त्री एवं राज्यमन्त्रीहरू पुग्नु भएको छ । खास गरेर वन तथा चुरेको विनाशका कारणले अनेक प्राकृतिक विपत्तिहरू आइरहेको बेलामा अभियानले वातावरण सन्तुलन राख्नमा मद्दत पुग्ने विश्वास गरिइएको छ ।   यति मात्र नभएर भूमिगत पानीको लेभल पनि...

पुन नगर सभा गर्न पर्सागढीकी उपप्रमुख चौधरीको माग

Image
वीरगंज, १४ असार ।  पर्साको पर्सागढी नगरपालिकाको उप प्रमुख अर्चना चौधरीले नेपाल पत्रकार महासंघ वीरगञ्ज शाखामा सोमवार पत्रकार सम्मेलन गर्दै उप प्रमुखको उपस्थिति हुँदा पनि अरू मानिसबाट विधेयकहरू प्रस्तुत गर्न लगाएको गुनासो गरेकी छन् ।  उनले पुनः नगरसभा गर्नुपर्ने माग राख्दै असार १० गते विधि र प्रक्रिया मिचेर गरिएको नगरसभा गरिएको बताइन् । नगर सभामा उप प्रमुखले नीति कार्यक्रम तथा बजेट र विधेयकहरू पेश गर्न पाउनुपर्ने हो, नीति कार्यक्रम नगर प्रमुख स्वयंले प्रस्तुत गर्नुभयो, बाँकी कार्य मलाई गर्न दिनुहुन्छ होला भनेको त कार्यक्रम उदघोषकलाई नै दिनुभयो ।' उनले भनिन् 'नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर अधिकारबाट वञ्चित गर्ने काम भयो, असंवैधानिक र गैरकानुनी कार्य खारेज हुनुपर्छ ।' नगर सभामा पेश गरिने नीति, कार्यक्रम तथा बजेट, विधेयक, नियमावली र निर्देशिकाहरू कार्यपालिका बैठकबाट पास गर्नुपर्नेमा त्यसो नगरिएको उनको भनाई छ । असार १० गतेको नगर सभामा उपप्रमुख चौधरी केहिबेर बसेर निस्केकी थिईन् । उपप्रमुख हुँदा हुँदै बाहिरका मनिसलाई विधेयकहरू सभमा पेश गर्न लगाईयो, मान प्रतिष्ठा...

१७ लाखको कम्प्युटर पार्टस बरामद

Image
वीरगंज, १४ असार ।  वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित सडकखण्डबाट गएराति प्रहरीले १७ लाख रुपिया" बराबरको डेल कोर आई ५ सिपियु र सिगेटका हार्डडिस्क ७८ पिस बेवारिसे अवस्थामा बरामद गरेको छ । ५–७ जनाले भन्सार छलेर कम्प्युटर पार्टसहरू ल्याईरहेको देखेपछि प्रहरीलाई देखेर उनीहरू सामान छोडेर भागेको प्रहरीले जनाएको छ । बरामद गरिएका कम्प्युटर पार्टसहरू आवश्यक कारावाहीका लागी वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस नोट जारी गरी जनाएको छ ।

मेयर विजय सरावगीद्वारा कल्भर्ट उदघाटन र विद्यालय भवन निरीक्षण

Image
वीरगन्ज, १४ असार ।  वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कलभर्टको उदघाटन गर्नुका साथै निर्माणाधिन विद्यालय भवनको निरीक्षण गर्नुभएको छ ।  वीरगन्ज महानगरपालिका वडा नम्बर २९ मा निर्माण भएको कलभर्ट  नगरस्तरीय बजेट २० लाखको लागतमा वडा नम्बर २९ मा निर्माण सम्पन्न भएकोमा उनले उद्वघाटन गर्नुभएको हो । वडा अध्यक्ष धर्मेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका कर्मचारी तथा वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यस्तै नगर प्रमुख सरावगीले निर्माणाधिन विद्यालय भवनको पनि निरीक्षण गर्नुभएको छ । वडा नम्बर २९ मा निर्माण भईरहको नेपाल राष्ट्रिय आधारभूत तहको चार कोठे भवनको स्थलगत निरीक्षण गर्नुभएको हो । महानगरपालिकाको बजेट २० लाखको लागतमा निर्माण भईरहेको भवनको निरीक्षण गर्दै गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गर्न र तोकिएको समयमा नै सम्पन्न गर्न निरन्तर निगरानी गर्न निर्देशन पनि दिनुभयो।

रौतहटमा होटल खुले तर विद्यालय सञ्चालनमा रोक

रौतहट,१४ असार । रौतहटमा थप एक साता निषेधाज्ञा थपिएको छ । यससँगै रौतहटमा छैटौं पटक निषेधाज्ञा जारी गरिएको छ । रौतहटमा अझै कोरोना संक्रमणको जोखिम यथावत नै रहेको जनाउँदै असार २० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्लामा रहेका १८ स्थानीय तहमध्ये ४ वटामा न्यून संख्यामा संक्रमित रहेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले आइतवार जारी गरेको प्रतिवेदनको विवरण अनुसार जिल्लाको चन्द्रपुर नगरपालिकामा ८ जना, देवाही गोनाही नगरपालिकामा ३ जना, गुजरा नगरपालिकामा २० जना र माधव नारायण नगरपालिकामा १ जना गरी जम्मा ३२ जना सक्रिय संक्रमित रहेका छन् । सोही तथ्याङ्कलाई मध्यनजर गर्दै जिल्ला कोभिड १९ व्यवस्थापन समितिको आइतवार बसेको बैठकले संक्रमण दर घट्दै गएको भएतापनि जोखिम भने यथावत रहेकाले निषेधाज्ञा थप गर्नु परेको प्रमुख जिल्ला अधिकारी इनद्रदेव यादवले बताएका छन् । थप गरिएको निषेधाज्ञा अवधिमा स्वास्थ्य मापदण्डको पालना गरी राति ८ बजेसम्म होटल तथा रेस्टुरेन्टहरू सञ्चालन गर्न पाइने भएको छ । यातायात भने जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइनेछ...

गाँजासहित एक जना पक्राउ

बारा,१४ असार । बारा प्रहरीले अवैध लागू औषध गाँजा सहित पर्साका एक युवकलाई पक्राउ गरेको छ । पर्साको पकहा मैनपुर गाँउपालिका वडा नम्बर १ निवासी राजमहम्मद मियाँँ हजामलाई बारा प्रहरीले पक्राउ गरेको हो । चेकजाँचको क्रममा १५ किलो अवैध लागू औषध गाँजा सहित राजमहम्मदलाई इलाका प्रहरी कार्यालय जितपुरको टोलीले पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले बताए । पथलैयाबाट वीरगंज तर्पm साईकलले जाँदै गरेको अवस्थामा शंका लागि जितपुर–पथलैया सडक खण्डको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित चेकजाँच गर्दा पिठयुमा बोकेको १ पोका र साईकलको कैरियरमा राखेको १ पोका गरि १५ किलो अवैध लागू औषध गाँजा बरामद गरिएको प्रवक्ता मिश्रले बताए । उनलाई लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ गायब

वीरगंज,१४ असार । प्रदेश नम्बर २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन। प्रदेश २ को ८ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन। सशस्त्र प्रहरी बल छिननमस्ता बाहिनी प्रदेश नम्बर २ बर्दिबासका अनुसार प्रदेश २ को नेपाल–भारतबीच सीमा समस्इा ज्यूँका त्यूँ रहेको छ। बाहिनीका अनुसार प्रदेश २ को आठ जिल्लामा रहेका चार हजार २७ सीमास्तम्भमध्ये साबुतका दुर्ई हजार ६४ सीमास्तम्भ रहेको, ७०४ वटा मर्मत गर्नुपर्ने, ३१९ वटा पूर्णरूपमा निर्माण गर्नुपर्ने, ९१ वटा सीमास्तम्भ खोलाले बगाएको र ८४९ सीमास्तम्भ हराएकाले दशगजामा समस्या देखिएको छ। भारतीय पक्षले नेपाल–भारतको दशगजा क्षेत्रमा घर, टहरा बनाएर बसोबास गर्ने र गाई गोरू बाँध्ने गरेकाले नेपाल–भारत सीमाक्षेत्र छुट्याउन समस्या भएको भन्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले भने, 'हराएका सीमास्तम्भका कारण दशगजा क्षेत्रमा देखिएको समस्या समाधान गर्ने भनेर भारतीय समकक्षीसँग बेलाबेलामा...

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू

वीरगंज, १४ असार ।  राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर  प्रदेश २ का आठवटै जिल्लामा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान सोमवारबाट शुरू भएको छ । अभियानको एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गरेका छन् । उनले धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुरमा बर र पिपलको रूख रोपेर अभियानको शुभारम्भ गरे । उक्त अभियानअन्तर्गत सात दिनसम्म प्रदेशका सबै जिल्लामा वृक्षारोपण गरिनेछ । आठवटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ वटा विरूवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेलले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका वडा नं १० पुर्ण वडा खोप घोषणा।

Image
पर्सा /१३ असाढ वीरगञ्ज महानगरपालिका वडा नं१० आज पुर्ण वडा खोप घोषणा कार्यक्रम सम्पन भएको छ। प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका का नगर प्रमुख बिजय सरावगी को प्रमुख अतिथि मा पुर्ण खोप वडा घोषणा कार्यक्रम सम्पन भएको थियो सो सभा लाइ सम्बोधन गर्दै नगर प्रमुख बिजय सरावगी ले वडा नं १० पुर्ण रुपमा बालबालिका लाइ खोप लागि सकेको ले अब खोप सम्बन्धि रोग बालबालिका मा नलाग्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो। बिरगंज महानगरपालिका बाट वार्ड नम्बर १० मा निर्माण गरिएको आधारभुत स्वास्थ्य केन्द्र को आज नगरप्रमुख बिजय कुमार सरावगी ज्यु ले उद्वघाटन गर्नु भएको छ।साथै बिरगंज माहानगर बाट गर्भवती र प्रसुती महिला अरु को लागि वितरण गर्नु भएको छ। सो पुर्ण वडा खोप घोषणा कार्यक्रम महानगर का बिशेष अतिथि अरुण कुमार महतो,अनिल कुमार सिंह, रितेश जैसवाल लगायतको उपस्थिति रहेको थियो। सो पुर्ण वडा खोप घोषणा कार्यक्रम मा कार्यपालिका सदस्यहरु जस्तै सुसिल साह, अरबिन्द प्रसाद साह, प्रभु महतो, संतोष देबी खतिवडा, उर्मिला बैठा तथा वडा सचिव रुपनारायण मिश्र लगायतको   उपस्थिति रहेको थियो । त्यस्तै शिवपार्वती अतिथि सदन का अध्यक्ष परमा...

चोरीको आरोपमा बालकमाथि कुटपिट

जनकपुर, १३ असार ।  धनुषाको यदूकुहामा एक १५ वर्षीय किशोरमाथि प्रहरीले निर्घात कुटपिट गरेका छन् । धनुषाको शहिदनगर नगरपालिका यदूकुहास्थित इलाका प्रहरी कार्यालयमा चोरीको आरोपमा ती किशोरलाई कुटिएका हुन् । शहिदनगर नगरपालिका ४ ननुपट्टीका १५ वर्षीय बालक रविशंकर कुमार पण्डितलाई चोरीको आरोपमा कुटपिट गरी घाइते बनाएको पीडित परिवारको आरोप छ । प्रहरीको कुटाईबाट घाइते किशोर बेहोस् भएपछि शनिवार साँझ ७ बजे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराइएको किशोरका काका बिन्देश्वर पण्डितले बताए  । किशोरका काका बिन्देश्वरले भने, 'जसको घरमा चोरी भएको छ, उसको घर मेरो भतिजो सधैँ दूध पुर्रुयाउन जान्थ्यो, शनिवार पनि गएको थियो, सधैझैं दूध पुर्रुयाएर आयो, तर पछि १२ बजे प्रहरी चौकीमा लागेर सोधपुछ गर्नुको साटो पाईपले पिटियो ।' चोरी भएको मनिष गुप्ताको घरमा आफु दूध पुर्रुयाउन सधैँजसो गएपनि चोरी नगरेको भएपनि प्रहरीले सोधेर चोरी नगरेको भनेपछि पाईपले आफूलाई कुटेको किशोरको भनाइ छ । किशोरको दुवै पैताला, हातको औला, खुट्टाको औला सुन्निएको र खुट्टाको तिघ्रामा पाईपको निलडाम बसे...

जंगली हात्तीको आतंक

महोत्तरी,१३ असार । जंगली हात्तीले महोत्तरीमा ७ वटा घर भत्काएको छ । गौशाला नगरपालिका १० महरहा खोला छेउको बडर्वा टोलमा गए राति जंगली हात्तीले स्थानीय केशव बहादु सिजाली, मानबहादुर विश्वकर्मा, मंगल बहादुर विश्वकर्मा, धन बहादुर खड्का, बिना माया बस्नेत, प्रदीप खड्का र रेशम बहादुर खड्काको घर भत्काएको हो । यधपि स्थानीयले भागेर ज्यान जोगाउँँदा मानवीय क्षति भने हुनबाट जोगिएको स्थानीय देवलाल महतोले बताए । राति १० बजे बस्ती पसेको हात्तीलाई राति नरुै स्थानीयहरूले भगाएका छन् । जंगलि हात्तीको आतंक स्थानीयहरू त्रसित भएका छन् ।

टिप्परले किचेर सहचालको मृत्यु

जनकपुरधाम,१३ असार । धनुषामा टिपरले किचेर सहचालकको मृत्यु भएको छ । शनिवार राति सबैला नगरपालिका– १० लवटोलीमा टिप्परले किचेर सहचालकको मृत्यु भएको हो । उदयपुरको कटारी नगरपालिका २ बस्ने २८ वर्षीय बिष्णु भनिने बुद्ध लामाको शव आफैले चलाउने स १ ख ९०९ नम्बरको टिप्परले किचिएको अवस्थामा भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । मृतकको टाउकोमा टिप्परले किचेको छ । परिवारले चालक बुद्धको हत्या भएको दावी गरेको छ । टिप्पर ब्याक गरेर किचिएको जस्तो देखिएकाले भाइको हत्या भएको मृतकका दाई हरि लामाले बताए । घटनाको सत्यतथ्य बाहिर नआएसम्म शव उठाउन नदिने परिवारजनले अडान लिएका छन् ।

खेतमा पानी लगाउने विषयमा झडप हुँदा १५ जना घाइते

रौतहट,१२ असार । रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा शनिबार बिहान झडप हुँदा १५ जना घाइते भएका छन् । मौलापुर नगरपालिका-१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । एसपी शाहका अनुसार साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको मौलापुरमै उपचार भइरहेको र सबै खतरामुक्त रहेको एसपी शाहले बताए । 'घटनामा संलग्न सबै घाइते भएका छन् । अहिले सबैको अवस्था खतरामुक्त छ, उपचार भैरहेको छ,' एसपी शाहले भने । दोहोरो झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो । घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको छ । अहिले अवस्था सामान्य भैसकेको एसपी शाहले बताए ।

वडाध्यक्षको हत्या

Image
सर्लाही,१२ असार ।सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ। इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए । एसपी राठोरका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । सर्लाही प्रहरीका अनुसार गत शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर गएको थियो । नगरपालिकाको बजेटबाट भइरहेको पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर वडाध्यक्ष श्रेष्ठसँगै ठेकेदार प्रेमराज दाहाल पनि गएका थिए । त्यही क्रममा सामान्य विवादमा एक्स्काभेटर चालकले श्रेष्ठको टाउको र छातिमा बकेट प्रहार गरेको प्रहरीको भनाइ छ । नगरपालिका प्रमुख मनोज कुमार देवकोटाका अनुसार पोखरी हेर्न जानुअघि शुक्रबार साँझ गाउँकै एक होटलमा वडाध्यक्ष श्रेष्ठ, ठेकदार दाहाल र एक्स्काभेटर चालक तामाङले खाजा खाएका थिए । खाजा खानेक्रमम...

चट्याङ लागेर एक जनाको मृत्यु

Image
रौतहट,१२ असार । रौतहटमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर परोहा नगरपालिका-२ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घर बाहिर बेसेका जमसेदलाई अचानक चट्याङ लागेपछि आफन्तले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। The post चट्याङ लागेर एक जनाको मृत्यु appeared first on Nepal Post Daily. 1 hour ago| 

कलैया उपमहानगरपालिकाले ल्यायो १ अर्ब ६५ करोड ९६ लाख रुपैयाँको बजेट

Image
बारा । कलैया उपमहानगरपालिकाको ७ औ नगर सभाको एक कार्यक्रमका बीच मेयर राजेशराय यादवले उद्घाटन गर्नुभएको छ  ।  उपमहानगरपालिका उप प्रमुख रहिमा खातुनले आर्थिक बर्ष ०७८/७९ को लागि १ अर्ब ६५ करोड ९६ लाख ७९ हजार  रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो  ।  बजेटले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिचाई, बाटोघाटो मर्मत, निर्माण, बिजुली बत्ती जडान, भौतिक निर्माणका अन्य कार्यहरू, मठमन्दिर, मस्जिद निर्माण, मर्मत लगायतका रचनात्मक कामहरू बजेटमा समेटिएको छ ।  कलैया उपमहानगरपालिकामा बाह्य तथा भित्री पर्यटनलाई लोभ्याउने गरी यहाँका पर्यटकीय स्थलहरूको विकास गरी धार्मिक एव सांस्कृतिक महत्त्व बोकेको मन्दिरहरूको संरक्षण एव संवर्द्धन गर्दै अगाडी बढाउने खालका बजेट समेत ल्याएको प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद वर्णवालले जानकारी दिनुभयो ।  पत्रकार र सञ्चार गृहहरूका लागि भने बजेट नछुट्याएकोमा पत्रकारहरूले गुनासो गरेका थिए । स्थानीय सरकार भएको हुँदा नगरभित्रमा सञ्चालन हुने सञ्चार गृहहरूलाई जीवन्त राख्नका लागि पनि नगरपालिकाको भूमिका महत्त्वपूर्ण हुँदाहुँदै बजेट नराख्नु पत्रकार र सञ्चार गृहहरूको बेवास्ता गरेको पत्र...

वीरगंज महानगरपालिकाको बजेट ३ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ

Image
वीरगंज । वीरगन्ज महानगरपालिकाको ९ औँ नगर सभाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५५ करोड ३९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ३ अर्ब ५५ करोड ३९ लाख रुपैयाँको बजेट तथा नीति कार्यक्रम नगर प्रस्तुत गर्नु भएको थियो ।  वीरगंज महानगरपालिकाले ल्याएको बजेटमा चालुतर्फ १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय, पुँजीगततर्फ १ अर्ब ६२ करोड ३३ लाख ३० हजार १ सय र वित्तीय तर्फ ६ करोड ७० लाख ६४ हजार विनियोजन गरिएको छ । महानगरले कुल खर्च मध्ये आर्थिक विकास क्षेत्रमा १० करोड ८ लाख ३० हजार, सामाजिक विकास क्षेत्रमा १ अर्ब १५ करोड ५८ लाख ७२ हजार, पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ३५ करोड ६६ लाख १८ हजार, सुशासन तथा अन्तर सम्बन्धी क्षेत्र तर्फ १३ करोड ३२ लाख ७४ हजार र कार्यालय तर्फ ८० करोड ७३ लाख ४३ हजार छुट्याएको छ । उद्घाटन सत्र पछि वीरगंज स्थित एक रिर्सोटमा सम्पन्न नगर सभाको बन्दसत्रले वीरगंज महानगरपालिकाको कर्मचारीहरूको व्यवस्थापन गर्नका लागि बनाइएको विधेयक २०७८ ...

मालिका गाउँपालिकाले पारित गर्‍यो घरेलु मदिरा ब्राण्डिङ गर्ने कानून

११ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गरी बिक्री गर्ने भएको छ । गाउँपालिकाको बिहीबार सम्पन्न नवौं गाउँसभाले स्थानीयस्तरमा उत्पादित घरेलु मदिरा बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित गरेको हो । ऐन पारित भएसँगै लुकिछिपी उत्पादन हुँदै आएको घरेलु मदिराको उद्योग सञ्चालन गर्न पाइने भएको छ । यसका लागि गाउँपालकिाबाट अनुमति लिने पर्ने छ । देशका विभिन्न स्थानमा घरेलु मदिरा उत्पादन र बिक्री वितरणको अध्ययन गरेपछि यस्तो ऐन ल्याइएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । स्थानीयस्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूल खेर गहिरहेकाले त्यसबाट गुणस्तरीय मदिरा उत्पादन गर्ने ऐन बनेको उनको भनाइ छ । गाउँमा अवैध ढंगले उत्पादन भएका महिरा भट्टीले स्वास्थ्यमा नकरात्मक असर पार्ने भएकाले गुणस्तर मापन गरी स्टीकर टास्ने र सिलबन्दी गर्ने गरी ऐन बनाइएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । नेपालको सविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै ऐन जारी गरिको प्रमख प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ । ऐन पारित भैसकेकोले अब नियमावली ...

सखुवा प्रसौनी गाउँपालिकाको नीति तथा कार्यक्रम समपन्न

बीरगन्ज,१० असार । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको नीति तथा कार्यक्रम समपन्न भएको छन् ।पालिकाको आर्थिक बर्ष २०७८/२०८९ को अनुमानिकुल बजेट ५४ करोड १६ लाख ७३ हजार ४ सय ९ मात्र रुपैया नीति तथा कार्य प्रतुस्त गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले बताएको छन् । कार्यक्रमको उदघाटन गाउँ पालिका अध्यक्ष प्रदीप कुमार जैसवालले गरेको थिए । आर्थिक बर्ष २०७८/०७९को बजेट गाउँ पालिका उपाध्यक्ष फुलमती देवी चौधरीले गरेकी थिएन ।कार्यक्रममा शिक्षा,स्वास्थ,कृषि, लाई विशेष प्राथमिकता दिएको छ । कार्यक्रममा गाउँ पालिका का जनप्रतिनिधि र कर्मचारी एव स्थानीय सन्चार्कमीको उपस्थिति रहेको थियो ।

महिलालाई जबरजस्ती करणी गर्न खोज्ने पर्साबाट एक जना पक्राउ

बीरगन्ज,११असार । श्रीमान् घरमा नभएका बेला एक महिलालाई जबरजस्ती करणी गर्न खोज्ने युवकलाई प्रहरी पक्राउ गरेको छ। महिलालाई जबरजस्ती करणी गर्न खोज्ने पर्साको पटेर्वा सुगौली गाउपालिका–१ बस्ने २५ वर्षीय सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका अन्सारी गत सोमबार राति १२ बजेको समयमा सोही स्थानकी २० वर्षीय युवतीकाे सुत्ने काेठामा झ्यालबाट प्रवेश गरेकाे आराेप लागेकाे छ। युवतीका श्रीमान् कामको सिलसिलामा घरबाहिर रहेका बेला सुत्ने कोठाको झ्यालबाट प्रवेश गरि जबरजस्तीकरणी गर्न खोजेकाे भन्दै प्रहरीमा जाहेरी परेकाे थियाे। पीडित महिलाले जाहेरी दिएपछि अन्सारीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए। उनीविरुद्ध जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान प्रकृया अगाडि बढाइएको खनालले बताए।

वीउसंङ्घ द्वारा स्वास्थ्य उपकरणहरु हस्तान्तरण

Image
वीरगञ्ज, १० आषाढ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले नारायणी अस्पताललाई एक समारोहका बीच स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेका छन् ।  वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले ३ थान मेडिकल अक्सिजन कन्सेन्ट्रेटर र २ थान प्यासेन्ट मोनिटर नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. वीरेन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गर्नु भएको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को सम्भावित तेश्रो लहरलाई मध्यनजर गर्दै हस्तान्तरण गरिएको हो । हस्तान्तरण गर्दै  सङ्घका अध्यक्ष गुप्ताले हस्तान्तरण गरिएका उपकरणहरु पूर्ण रुपमा सञ्चालनमा आउने आशा प्रकट गर्नुभयो ।  स्वास्थ्य सेवालाई अझ सुदृढ एवम् प्रभावकारी ढङ्गबाट प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सघन चिकित्सा इकाई निर्माण गर्नुका साथै उपकरणहरु हस्तान्तरण गरिएको हो ।  उक्त स्वास्थ्य उपकरणहरु वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई हेल्भेटास नेपाल, इलम परियोजनाबाट सहयोग स्वरुप प्राप्त भएको थियो ।  कार्यक्रममा डा. निरज सिंह, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव मनोज दास, मनोज उपाध्याय, हेल्भ...

भारतमा सङ्क्रमण घट्दो, तर विज्ञहरु भन्छन्– यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ

Image
नयाँ दिल्ली –पिरजादा अर्साद हमिद  १० असार (रासस÷सिन्ह्वा) ः भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन् ।  पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा सङ्क्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ । यसरी खुकुलो बनाएपछि नागरिकहरु सडकमा निस्किन थालेका छन् । उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन् । जसका कारण फेरि भारतमा अर्काे खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन् ।  बुधबार बिहान मात्र भारतमा ५० हजार ८४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । गएको २४ घन्टामा त्यहाँ बुधबार मात्र ती सङ्क्रमित थपिएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो । यो समेत गरी भारतमा अहिलेसम्ममा कम्तीमा पनि ३ करोड सङ्क्रमित्र पुगेका हुन् । यहाँ ३ करोड २८ हजार ७०९ जना सङ्क्रमि...

‘फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन’

Image
काठमाडौँ, १० असार  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा 'एस्ट्राजेनेका (कोभिसिल्ड)' खोप लगाएका व्यक्तिले दोस्रो मात्रा 'भेरोसेल' खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ ।  "पहिलो मात्रा 'एस्ट्राजेनेका (कोभिसिल्ड)' खोप लगाएका व्यक्तिले दोस्रो मात्रा 'भेरोसेल' खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चाहन्छ", डब्लुएचओले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, "डब्लुएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झूटो आरोप हो । यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।" डब्लुएचओले दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ । विज्ञप्तिमा भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेको र  एस्ट्राजेनेका (कोभिसिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्र्कषमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण...

अवैध सुनसहित दुई युवक पक्राउ

लहान, १० असार   सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल र मोहम्मद साउद्दीन खानलाई पक्राउ गरेको हो । गस्तीमा खटिएको प्रहरीलाई देखेर झोला र मोटरसाइकल छाडेर भागेपछि पछ्याउँदै दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादवले जानकारी दिनुभयो । पक्राउ परेको सुनसहित दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ । 

सडकमै धान रोपाइँ

सडक मर्मतमा बेवास्ता गरेको भन्दै स्थानीय युवकहरुले सिरहाको धनगढीमाई नगरपालिका– १२ स्थित हिलाम्मे सडकमा धान रोपाइँ गरेका छन् । पटकपटक जनप्रतिनिधिहरुलाई सडक मर्मतका लागि आग्रह गर्दासमेत मर्मत नगरिएको भन्दै युवाहरुले बुधबार साँझ साङ्केतिक विरोधस्वरूप सडकमै धान रोपाइँ गरेका हुन् ।  नगरप्रमुख हरिनारायण चौधरी र वडा नं १२ का वडाअध्यक्ष राजु श्रेष्ठलाई जीर्ण सडक मर्मतका लागि पटकपटक आग्रह गरे पनि वेवास्ता गर्दै आएकाले सडकमै धानको बीउ रोपेर विरोध जनाएको स्थानीय युवा रामकुमार महतोले जानकारी दिनुभयो । करिब ४०० मिटर सडक कालोपत्रे गर्नका लागि बाटो बन्द गर्न खाल्डो खनिएको थियो । सो खाल्डो त्यतिकै छाडेपछि हिलो जमेर सडक नै अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् । 

वीरगंज महानगरपालिका वडा नं. ७ पूर्ण खोप वडा घोषित

Image
वीरगंज, ९ असार । वीरगंज महानगरपालिका वडा नं. ७ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । आज वडा खोप समन्वय समिति वीरगंज–७ को आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख विजयकुमार सरावगीले वडालाई पूर्ण खोप घोषणा गरेका हुन् । कार्यक्रमको उद्घोषक वीरगंज महानगरका स्वास्थ्य शाखा प्रमुख अरुण महतोले वडा नं. ७ लाई पूर्ण खोप वडा घोषणा गरेको जानकारी गराए । सो वडामा ४३८ घरधुरी रहेको मा जन्मेदेखि १५ महीनासम्मका १०१ बालबालिकालाई खोप दिइएको वडा सचिव सतीश श्रीवास्तवले जानकारी गराए । वडाध्यक्ष वसन्त भखड (अग्रवाल)को अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय टोलवासीलगायतको सहभागिता थियो ।

नारायणी अस्पतालमा ९ वटा डायलासिस मेसिन सञ्चालन

Image
वीरगंज, ९ असार ।  वीरगंजको नारायणी अस्पतालमा अहिले एक साथ ९ वटा डायलासिस मेसिन सञ्चालनमा आएपछि मिर्गाैला रोगीहरूले सहज रूपमा सेवा पाएका छन् ।  विगतमा डायलासिस गर्नका लागि पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको र पालो कुर्दा कुर्दै कतिपय  मिर्गाैला रोगीहरूको ज्यान समेत जाने गरेको अवस्थामा अस्पतालमा लामो समय देखि बिग्रिएर थन्किएका  २ वटा डायलासिस मेसिन मर्मत गरी सञ्चालनमा ल्याउनुको साथै स्वास्थ्य मन्त्रालयबाट प्राप्त थप एक नया" मेसिन जडान भएस"गै अहिले ९ वटा डायलासिस मेसिन सञ्चालनमा आएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. नीरज सिंहले बताउनुभयो ।  कोरोना सङ्क्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुगेका बेला नारायणी अस्पतालमा रहेका डायलासिस मेसिन बिग्रि"दा मिर्गाैला रोगीलाई समस्या भएको थियोरु। नारायणी अस्पतालमा मेडिकल सुपरिनटेन्डेन्टमा डा. वीरेन्द्र प्रधान नियुक्त भएस"गै बिग्रिएका मेसिनको मर्मत र स्वास्थ्य मन्त्रालयबाट थप एक मेसिन ल्याई डायलासिस सेवा शुरू गरेस"गै अहिले मिर्गाैला रोगीहरूको सहज रूपमा डायलासिस भई रहेको छ ।  हाल डायलासिस कक्षमा थप जनशक्ति परिचालन गरी...

२० देखि २५ रुपियाँ घट्यो खाने तेलको मूल्य

काठमाडौँ,७ असार । पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ । महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गर्नुभयो । विभागले विभागका महानिर्देशक प्रकाश पौडेलकै नेतृत्वमा विभागका अनुगमन संयोजक संलग्न टोलीले देशका विभिन्न ठाउँमा सञ्चालित तेल उद्योगमा अनुगमन गरेको थियो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार बजारमा भटमासको तेल प्रतिलिटर २७० रुपियाँ र सूर्यमुखीको तेल (सनफ्लो) प्रतिलिटर २७५ रुपियाँमा कारोबार हुँदै आएको छ । सनफ्लावर धारा हेल्थ प्रतिलिटर २७० रुपियाँ पुगेको छ । यस्तै तोरीको तेल प्रतिलिटर ३२० रुपियाँमा कारोबार हुँदै आएको छ । यो मूल्यमा अहिले भने प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । बजारमा तेलको भाउ घटेको हल्ला चले पनि आमउपभोक्ताले घटेको मूल्यको महसुस गर्न भने नपाएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले उद्योगमा...

राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते

७ असार, वीरगञ्ज । पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् । उनको बायाँ चिउँडोको मुनि (घाँटीको भाग) र दाहिने आँखाको मुनि (अनुहारको भाग)मा एन–१६ राइफलको गोली लागेको घाउ छ । उनको घाउ हेर्दा गोली छेडेर बाहिर निस्किएको जस्तो देखिन्छ । आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएको सैनिक स्रोत बताउँछ । गणको कार्यालय भवन पछाडिको पोष्टमा सिपाही नरेश गुरुङसहित आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा चौहान खटिएका थिए । ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गोली पड्किएको आवाज आएको थियो । त्यतिखेर नरेश गुरुङ ट्वाइलेट गएका थिए । ब्यारेकभित्र रहेका सैनिकहरू गई पोष्टमा चढी हेर्दा श्यामबाबुले कोतबाट आफ्नै नाममा बुझेको एम १६ हतियारबाट एक राउण्ड फायर भएर घाइते अवस्थामा देखिएको थियो । उनलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको थियो । घाइते चौहानको गम्भीर अवस्थामा नेशनल मेडि...

जगदम्बा आगलागीमा घाइते भएका मजदुरलाई काठमाडौँ पठाइयो

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टील उधोगमा भएको आगलागीमा परि घाइते भएका दुईजना मजदुरलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। आगलागीमा परि घाइते भएका पर्साको पर्सागढी नगरपालिका–१ बस्ने ३७ वर्षीय नवराज चौलागाई र सिन्धुलीको तिनपाटन गाउँपालिका–४ बस्ने ४१ वर्षीय ईन्द्रप्रसाद अधिकारीलाई थप उपचारको लागि काठमाडौँ पठाइएको बाराका प्रहरी प्रवक्ता नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए। आगलागीमा परि घाइते भएका अर्का मजदुर भारत पटना रामजितचक बट्टागंज १८ पटना बस्ने ५९ वर्षीय राज कुमार विश्वकर्माको वीरगञ्जस्थित तराई अस्पतालमा उपचार भइरहेको उनले बताए। शनिबार राति उधोगको फर्नेस आयल टयांकरमा मजदुरहरुले बेल्डिङ गरिरहेको बेला आगलागी भएको थियो। आगलागीमा परि भारत बिहार पश्चिम चम्पारण थाना बगाह ग्राम कुमिया बिसनपुरवा बस्ने ४० वर्षीय फोर म्यान प्रदीप गोड र भारत बिहार सिवान जिल्ला दरौदा थाना ग्राम प्रसौट बस्ने ४५ वर्षीय बेल्डर रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको थियो। बेल्डिङ गरिरहेको बेला विद्युत सर्ट भएर अचानक आगलागी भएको प्रहरी प्रवक्ता मिश्रले बताए।

शुल्क, पाठ्यक्रम र पोशाक परिवर्तन नगर्न महानगरपालिकाको निर्देशन

Image
वीरगन्ज, ६ असार । वीरगन्ज महानगरपालिकाले नयाँ शैक्षिक सत्रमा विद्यालयको शुल्क, पोशाक र पाठ्यक्रममा कुनै परिवर्तन नगर्न निर्देशन गरेको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाले सूचना सार्वजनिक गर्दै महानगरपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले शुल्क, पाठ्यक्रम र पोशाकलाई यथावत कायम गर्न निर्देशन दिएको हो । कोरोना भाईरस (कोभिड–१९)को विषम परिस्थितिको मध्यनजर गर्दै विद्यालयको शुल्क, पोशाक र पाठ्यक्रम र सन्दर्भ पुस्तकहरु यथावत कायम गरी कुनै परिवर्तन नगर्न अनुरोध गरेको छ । साथै नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रबाट निर्देशन भए बमोजिमकै पाठ्यपुस्तक लागू गर्न तथा सन्दर्भ पुस्तकको सन्दर्भमा शैक्षिक सत्र २०७७ मा लागू भएकै पाठ्यपुस्तक बाहेक कुनैपनि फेरबदल नगर्न पनि अनुरोध गरेको छ ।

होटल तथा पर्यटन व्यवसायीहरुको मागमा सकारात्मक छु ः महानगर प्रमुख सरावगी

Image
वीरगन्ज, ६ असार । वीरगन्ज महानगर पालिकाका नगर प्रमुख सरावगीले होटल तथा पर्यटन व्यवसायीहरुले राखेको कर छुटको मागमा आफू सकारात्मक रहेको बताउनु भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले कोरोना संक्रमणको महामारीमा लामो समयसम्म लगाएको निषेधाज्ञाले होटल तथा पर्यटन क्षेत्र धरासायी बनेको भन्दै यो निषेधाज्ञा अवधिभर स्थानीय तहले लिने सबै प्रकारको कर छुट गर्नुपर्ने माग गर्दै आईतबार ज्ञापन पत्र बुझाएपछि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले होटल तथा पर्यटन व्यवसायीहरुको पीडा आफूले बुझेको र यसलाई आफ्नो तर्फबाट हुनसक्ने सहयोगको प्रयास गर्ने आश्वासन दिनुभयो । संघका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको होटल तथा पर्यटन व्यवसायी संघले महानगर प्रमुख सरावगीलाई ज्ञापपत्र बुझाउदै वीरगन्ज महानगरक्षेत्र भित्र रहेका सम्पूर्ण आवासीय होटल तथा पार्टी प्यालेसले अर्जेको घरको घर, घर बहाल कर र होटल व्यवसाय को बार्षिक व्यावसायिक कर तथा सरसफाई शुल्क एक आर्थिक बर्षका लागि छुट दिनुपर्ने माग गरेको छ । त्यस्तै वीरगन्ज क्षेत्रमा संचलन गरेका होटल तथा पर्यटन व्यवसायका संचालक तथा होटल तथा पर्यटन क्षेत्रमा का...

मेयर कल्याणकारी कोषबाट किशोरीको विवाहका लागि ३० हजार सहयोग

Image
वीरगन्ज, ६ असार । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको सेवा सुविधाबाट संचालन गरिएको मेयर कल्याणकारी कोषबाट गरिब विपन्न युवतीको विवाहको लागि आर्थिक सहयोग गर्नुभएको छ । महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महानगरबाट पाउदै आउनु भएको आफ्नो तलब भता बाट संचालन गरेको मेयर कल्याणकारी कोषबाट महानगरपालिका वडा नम्बर १६ का एकजना किशोरीको बिबाहको लागि ३० हजार नगद आर्थिक सहयोग गर्नुभएको महानगर प्रमुखको सचिवालयले जनाएको छ । महानगर प्रमुख सरावगीले यसअघि पनि मेयर कल्याणकारी कोषबाट विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ । खासगरी गरिब विपन्न परिवारलाई आर्थिक अभावका कारण कुनै काम गर्न नसकेको अवस्थामा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको मेयर कल्याणकारी कोषबाट धेरै विपन्न गरिबहरुको आँखाको निःशुल्क चेकजाँच र शल्यक्रिया पनि गरिदिनु भएको छ ।  

स्व. विन्दु पाण्डे स्मृति पुरस्कार कुँवरलाई प्रदान गर्ने निर्णय

Image
वीरगंज, ६ असार ।  पर्सेली पत्रकार महिलाहरु मध्ये एक जनालाई छनौट गरी स्व.विन्दु पाण्डे स्मृति प्रतिष्ठानले हरेक बर्ष प्रदान गर्दै आएको पुरस्कार यो बर्ष अनिता ( एनी ) कुँवरलाई प्रदान गर्ने निर्णय भएको छ । डेड दशकभन्दा लामो समयदेखि पर्साको रेडियो वीरगन्जमा कार्यरत पत्रकार महिला एनी कुँवरलाई यो बर्षको पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा असार ४ गते बसेको बैठकले पुरस्कार वितरणका लागि पत्रकार सरोज खड्काको संयोजकत्वमा ५ सदस्य छनौट समिति बनाएको थियो । सो समितिले दिएको निर्णय अनुसार यो बर्षको पुरस्कार कुँवरलाई प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । नेपाल पत्रकार महासंघ पर्साको संस्थापक महिला सदस्य स्व. पाण्डेको स्मृतिमा ६ बर्ष अगाडी स्थापना भएको प्रतिष्ठानले प्रत्येक बर्ष असार ५ गते उनको पुण्य तिथीमा नै पुरस्कार वितरण गर्दै आएको थियो । यो बर्ष भने कोरोना महामारीको कारण सभा, गोष्ठी र सेमिनारहरु नगर्ने स्थानीय प्रशासनको निशेधाज्ञाले पुरस्कार वितरण मिति केही दिन धकेलिएको छ । निशेधाज्ञा हटेपछि आधिकारिक कार्यक्रम गरी पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका...

खोप बोकेर अस्पताल हिँडेकी स्वास्थ्य कर्मचारीको हत्या भएको आशंका

Image
आईतबार, असार ६,  २०७८,   डडेल्धुरा- असार १ गते परशुराम-८ जमरानीमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम थियो। चाहिएको भन्दा खोपको संख्या बढी भएपछि असार २ गते जमरानी आधारभूत स्वास्थ्य केन्द्र ईन्चाज रमेश बोहराले कर्मचारी अस्मिता धामीलाई बाँकी खोप जोगबुडा अस्पताल पुर्‍याउन लगाए।   तर, अस्तिमा जोगबुडा पुग्न पाइनन्। २६ वर्षीया अस्मिता सम्पर्कविहीन भएको ४ दिनपछि शनिबार मृत अवस्थामा भेटिइन्। उनको शव परशुराम नगरपालिका–९ को सामुदायिक वनमा भेटिएको थियो। उनको हत्या भएको आशंका गरिएको छ।  उनको टाउको र मुखमा चोट लागेको जस्तो देखिएको छ। घटनास्थलमा प्रहरीले खोप बोक्ने समग्री र उनको चपल पनि फेला पारेको छ। उनको बलात्कारपछि हत्या गरिएको स्थानीयले आशंका गरेपनि  प्रारम्भिक अनुसन्धानले उनको बलात्कार भएको नदेखिएको घटनास्थल पुगेका एक प्रहरीले बताए। तर, उनले प्रयोग गर्ने मोबाइल भने भेटिएको छैन। मोबाइल नभेटिनुबाहेक घटनाको प्रकृति हेर्दा हत्या नभई आत्महत्या हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन्। तर, पोष्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने खुल्ने प्रहरी बताउँछ। मृतकको शव पोष्टमार्...

पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा

Image
वीरगञ्ज ६ असार । पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा लम्बयाइएको छ । पर्सा जिल्लामा कोरोना नियन्त्रणमा आएपनि अहिले जोखिम कायमै रहेको हुदाँ बैशाख १६ गते देखिको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार १३ गते राति १२ बजेसम्मको लागी लम्बयाइएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो । कोरोना संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा उपयोगी देखिएको र संक्रमण दर पनि घट्दै गएकाले आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले केहि परिमार्जन सहित असार १३ गते सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । उहाँका अनुसार समितिले आवश्यक सेवाका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गराई स्थानीय तह अनुसार आलोपालो मिलाई मानिसको भिडभाड नहुने गरी सरकारी, सार्वजनिक, नीजि कार्यालयहरुले सेवा प्रवाह गर्न र कार्य सञ्चालन गर्न गराउन पाउनेछन् । तर भारतमा तेश्रो लहरको हल्ला चलेको र त्यसमा बालबालिकालाई बढी जोखिम हुने भनि तथ्य आउँदा बालबालिकाको स्वाथ्यसँग खेलवाड गर्न नसकिने र अहिले नै विधालय सञ्चालन गर्ने अवस्था नदेखिएको ...

स्वास्थ्य संस्थालाई चाँडै नै बेड उपलब्ध गराईने : मेयर उपेन्द्र यादव

Image
बारा, ०४ असार । बाराको महागढीमाई नगरपालिका अन्तर्गतका ११ स्वास्थ्य संस्थालाई विरामी उपचारका लागी चाँडै नै बेड उपलब्ध गराईने मेयर उपेन्द्र यादवले बताउनुभयो । नगरपालिकाकाको आयोजनामा आज भएको पुर्ण खोप कार्यक्रम बारे एक दिने तालिमको समापन कार्यक्रममा मेयर यादवले १४ स्वास्थ चौकिका प्रमुखहरुलाई पुर्ण खोप सुनिश्चितता प्रमाणिकरण प्रमाणपत्र वितरण गर्दै बेड उपलब्ध गराउने कुरा बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश रिमालले बार्यक्रममा बल्दै स्वास्थकार्मिहरुलाई हौसला पुर्बककाम गर्न सुझाव दिनुभयो । उक्त तालिममा नगर भित्रका १४ स्वास्थ संस्थाका प्रमुख र महागढिमाई नगरपालिकाका स्वास्थ संयोजक लगायतको सहभागीता थियो । कार्यक्रममा बरियारपुर स्वास्थ चौकीका सुवाष कुमार, पत्रहटि स्वास्थ चौकिका सुनिल यादव, स्वास्थ शाखा संयोजक विजय कुशवाहा, सह–संयोजक विजय सिंह, मनोज चौरसिया लगायतको उपस्थिति थियो । 

सामूहिक बलात्कारका अभियुक्त पक्राउ

Image
सप्तरी, ४ असार  दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । सप्तरी जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले विसं २०७५ असार ५ गते सामूहिक बलात्कार गरेको कसुरमा मुखियालाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो । सप्तरी जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीका अनुसार मुखियासहित उहाँका सालाहरू तिलाठी कोइलाडी गाउँपालिका–५ का ३३ वर्षीय श्यामा मुखिया, ३५ वर्षीय डोमा भनिने डोमी मुखिया र उनीहरूका बुवा ५५ वर्षीय बिकु मुखियालाई जनही १३ वर्ष कैद सजाय भएको छ । आरोपितहरूले विसं २०६४ असोज ९ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले २०६४ असोज १० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनुभएको थियो...

बारा प्रहरीले बरामद गरेको लाखौ मूल्य बराबरको मालसामान र गाडी भन्सार बुझायो

Image
बारा  । बारा प्रहरीले विभिन्न मिति र समयमा बरामद गरेको लाखौं मूल्य बराबरको तस्करीको मालसामान र गाडी भन्सारमा बुझाएको छ । बरामद गरेको १४ लाख १० हजार ८ सय १५ रूपैयाँ बराबरको तस्करीको मालसामान सहित गाडीलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाएको हो । भारतबाट अवैध रूपमा राजस्व छलेर नेपाल भित्रयाएको विभिन्न किसिमको लत्ताकपडा, खाद्यान्न सामाग्री, जिप १ वटा, मोटरसाइकल २ वटा, एक्स-रे मेसिन १ थान बरामद गरि आवश्यक कारबाहीको लागि भन्सारमा बुझाइएको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

ओली सरकारमा गएका जसपाका ९ मन्त्री निष्कासन

Image
जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र  डा.बाबुराम  पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ।जसपाको उपेन्द्र यादव र  डा।बाबुराम भट्टराई  पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले  महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा,  शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ,  विमल श्रीवास्तव , चन्द्रकान्त चौधरी र  रेणुका गुरूङ  निष्कासन गर्ने निर्णय गरेको हो।

बजारमा विषादीयुक्त आँप बिक्री वितरण

Image
मलंगवा, ३ असार । सर्लाहीका बजारहरूमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरूको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरूले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरू गरेका हुन् । भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरू जिल्ला सदरमुकाम मलङ्गवासहित हरिपुर, बरथवा, वयलवास, हरिवन र लालबन्दीलगायतका बजारका साथै गाउँँगाउँँमा समेत विक्री वितरण भइरहेको स्थानीयवासी रमेश अधिकारीले बताए । विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको लालबन्दी नगरपालिका–६ का सुरेश बस्नेतले बताए । उनका अनुसार विषादी हालेर पकाइएको आँप खाँदा उनको छोरो दुर्ईरतीन दिनदेखि बिरामी परेको छ । नौ वर्षीय छोरो श्रीजलले झाडापखाला तथा बान्ता गरेको उनले बताए । यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा प्रगति राना मगरले बताए । कार्बाइड प्रयोग गरिएको आँप खाँदा ...

विरेन्द्र साहको ज्वेलर्समा डकैती

Image
महोत्तरी ३ असार । महोत्तरीमा गोली प्रहार गरी लाखौं रुपैयाको डकैती भएको छ । महोत्तरीको समसी गाउँपालिका १ पर्साका विरेन्द्र साहको ज्वेलर्समा गए राति ९ , १० जनाको संख्यामा रहेका डाकाहरुको समुहले गोली प्रहार गरी डकैती गरेका छन् । डाकाको गोली प्रहारबाट पसल संचालक विरेन्द्र साह गम्भीर घाइते भएका छन् । गोली लागेर गम्भीर घाइते भएका विरेन्द्र साहलाई उपचारका लागि धरान अस्पताल लगिएको छ । यस्तै डाकाहरुको रड र घरेलु हतियार प्रहारबाट साहकी श्रीमती शुशीला देवी साह, छोरा शम्भु साह, छोरी कंचन कुमारी साह र राजिव साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताएका हुन् । उनीहरुको उपचार जनकपुरमा भईरहेकोे छ । डाकाहरुले चाँदी १ सय ७२ तोली (काँचो) करिब २ लाख ३२ हजार बराबरको, सुन ५ तोला (काँचो) करिब ४ लाख ६५ हजारको र नगद २ लाख गरि झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेको जिल्ला प्रहरीले जनाएका छन् ।  

बारामा युवकको शव भेटियो

Image
३ असार, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकामा शङ्कास्पद अवस्थामा एक युवकको शव फेला परेको छ । शव विश्रामपुर- २ बस्ने अन्दाजी २६ वर्षीय भादो बैठाको रहेको प्रहरीले जनाएको छ । बरैनिया बजार जाने बाटोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता समेत रहेका डीएसपी मिश्रले युवकको हत्या भएको जस्तो देखिएको बताए । 'मृतकको शरीरमा निलडाम देखिएको छ, हत्या भएको हो कि भन्ने आशङ्का छ,' उनले भने, 'शव पोष्टमार्टमका लागि अस्पताल पठाउँछौं, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्छ ।'

सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिई रु १५ लाख रुपैयाँ फिरौती माग्ने कार्यालय सहयोगीलाई बारा प्रहरीले पक्राउ

Image
बारा । सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिई रु १५ लाख रुपैयाँ फिरौती माग्ने कार्यालय सहयोगीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गाउँपालिकामा कार्यरत ३२ वर्षीय कार्यालय सहयोगी मुकेश यादव रहेका छन् । उनी सोही गाउँपालिका वडा नं.४ हर्दिया निवासी हुन् । विगत केही समय देखि उनले नेपाली नम्बरको मोबाइल प्रयोग गरी प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवलाई धम्की दिई रकम माग्ने गरेका थिए ।   गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जिल्ला प्रहरी कार्यालयमा नम्बर सहित उजुरी गरेको थिए । पछि प्रहरीले उक्त नेपाली नम्बर बन्द गराएको थियो । नेपाली नम्बर बन्द भए पनि फिरौती माग्ने व्यक्तिले भारतीय नम्बरको प्रयोग गरी फेरी पनि धम्की दिँदै आएका थिए ।  जिल्ला प्रहरी कार्यालय बाराबाट गएको प्रहरीको टोलीले फिरौती माग्ने कार्यालय सहयोगी यादवलाई आज  पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।  फिरौती रकम माग्ने कार्यालय सहयोगी यादवलाई नियन्त्रणमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउँनुभयो ।  ...

विषाक्त मदिरा सेवनबाट एकै गाउँमा आठको मृत्यु

Image
सर्लाही, २ असार  विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ ।  नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिनुभयो ।  मृत्यु हुनेमा पडरियाका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास तथा भारत उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसाद रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदूर हुन् । मदिरा सेवन गरेका थप तीन जना स्थानीयवासी बिरामी परेका छन् । उनीहरु उपचारपछि निको भएर घर फर्किएको गाउँपालिकाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताउनुभयो । जिल्ला अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले मदिरा सेवनबाट सबैको मृ...

कोरोना से मरने वाले 60% मरीजों की मांसपेशियों में सूजन

Image
 कोरोना से मरने वाले 60 फीसदी से अधिक मरीजों की मांसपेशियों में सूजन रहती है। यह बात कोरोना के 43 मरीजों की अटॉप्सी रिपोर्ट से सामने आई है। रिपोर्ट के मुताबिक, इन ग्रुप में शामिल 10 में से 6 मरीज में कमजोरी और मांसपेशियों में सूजन थी। रिसर्च करने वाली जर्मनी की एक यूनिवर्सिटी के मुताबिक, कोरोना के मरीजों में जो सूजन देखी गई है वो आमतौर पर हार्ट और किडनी में होने वाली सूजन से अलग थी। संक्रमित में मसल इंजरी खतरा बढ़ाती है शोधकर्ताओं के मुताबिक, सूजन की गंभीरता देखकर पता चलता है कि क्यों कोरोना के मरीजों में मसल इंजरी होने के बाद मौत हो जाती है। जो सर्वाइव कर भी जाते हैं तो उन्हें लम्बे समय तक कमजोरी का सामना करना पड़ता है। इससे पहले सामने आई एक रिसर्च में सामने आया था कि मसल इंजरी से जूझने वाले कोरोना के मरीज की हालत नाजुक होने या मौत का खतरा ज्यादा है। दो तिहाई मरीजों में कमजोरी और दर्द शोधकर्ताओं के मुताबिक, कोरोना से लड़कर सर्वाइव करने वाले दो तिहाई मरीजों में थकान, मांसपेशियों में कमजोरी और मांसपेशियों में दर्द की शिकायत रहती है। JAMA जर्नल में पब्लिश रिसर्च कहती है, शोधकर्ताओं ने मा...

कमरे में संक्रमित मौजूद है तो 15 मिनट में पता लगा लेगा कोविड अलार्म

Image
ब्रिटेन के वैज्ञानिकों को एक डिवाइस बनाने में सफलता हासिल की है, जो महज 15 मिनट में ही कमरे में कोरोना संक्रमण का पता लगा लेता है। बड़े रूम में 30 मिनट लगते हैं। कोरोना संक्रमितों की जानकारी देने वाली यह डिवाइस आने वाले समय में विमानों के केबिन, क्लासरूम, केयर सेंटरों, घरों और ऑफिस में स्क्रीनिंग के लिए महत्वपूर्ण साबित हो सकती है। इसका नाम कोविड अलार्म रखा गया है। यह डिवाइस स्मोक अलार्म से थोड़ा बड़ा है। नतीजे 98% से 100% तक सटीक लंदन स्कूल ऑफ हाइजीन एंड ट्रॉपिकल मेडिसिन (LSHTM) और डरहम यूनिवर्सिटी के वैज्ञानिकों की इस रिसर्च के शुरुआती नतीजे उम्मीद जगाने वाले हैं। वैज्ञानिकों ने टेस्टिंग के दौरान दिखाया है कि डिवाइस में नतीजों की सटीकता का स्तर 98-100 फीसदी तक है। यह कोरोना के RT-PCR और एंटीजन टेस्ट की तुलना में कहीं ज्यादा सटीकता से कोरोना संक्रमितों के बारे में जानकारी दे रहा है। सिम्पटम्स न हों तब भी संक्रमित को पहचान लेती है यह मशीन डिटेक्टर कोविड वायरस से संक्रमित लोगों को ढूंढ सकता है, चाहे संक्रमित व्यक्ति में कोरोना के लक्षण न दिखें, लेकिन मशीन अपना काम प्रभावी तरीके से करती है।...

कोविड से उबर चुके लोगों पर 12 महीनों तक काम कर सकती है कोविशील्‍ड की एक ही खुराक- शोध में हुआ खुलासा

Image
भारत में कोरोना वैक्‍सीन की कमी के मद्देनजर एशियन इंस्टिट्यूट ऑफ गेस्‍ट्रोएंट्रोलॉजी (एआईजी) अस्‍पताल के प्रमुख डॉक्‍टर डी नागेश्‍वर रेड्डी ने कहा है कि ये जरूरी है कि वैक्‍सीन का इस्‍तेमाल पूरी सावधानी और समझदारी से किया जाए। उन्‍होंने एआईजी में हुई रिसर्च हवाले से बताया है कि जो लोग कोविड-19 से ठीक हो चुके हैं उनके लिए 12 महीनों तक कोविशील्‍ड की एक ही खुराक लेना काफी है। एआईजी द्वारा किया गया ये शोध इंटरनेशनल जनरल ऑफ इंफेक्शियस डिजीज में पब्लिश हुआ है। डॉक्‍टर रेड्डी ने इसकी जानकारी साझा करते हुए बताया है कि इस शोध में उन्‍होंने अस्‍पताल के स्‍टाफ को दो अलग-अलग ग्रुपों में बांटकर उन्‍हें वैक्‍सीन की खुराक दी थी। इनमें से एक ग्रुप में वो लोग शामिल थे जो कोरोना वायरस से संक्रमित नहीं हुए थे और दूसरे ग्रुप में वो लोग शामिल थे जो पहले इससे संक्रमित हो चुके थे। आपको बता दें कि वैक्‍सीन की खुराक को लेकर अब तक कई तरह के शोध सामने आ चुके हैं। इन सभी शोध का अंतरराष्‍ट्रीय स्‍तर पर मूल्‍यांकन और विश्‍लेषण भी किया जाता है। कुछ समय पहले एक रिपोर्ट में बताया गया था कि कोवैक्‍सीन की तुलना में कोवि...

अझै तीन दिन भारी वर्षा हुने

Image
काठमाडौँ, २ असार  जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ ।  "मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ", बासीले रासससँग भन्नुभयो, "यो वायुको प्रभावले आगामी शनिबारसम्मै देशका अधिकांश भेगमा भारी वर्षा हुने योग छ । त्यसपछि भने यो क्रममा ब्रेक लाग्नेछ ।"  महाशाखाका अनुसार गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिनभर र राति कर्णाली, वाग्मती प्रदेशमा भारी र लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ । त्यसैले महाशाखाले यी क्षेत्रमा बाढी पहिराको खतरा औँल्याएको छ ।  "कर्णाली, गण्डकी, लुम्बिनी र वाग्...

बजेट परम्परागत र वितरणमुखी रहेको टिप्पणी

Image
 धनुषा  असार २   प्रदेश २ सरकारले ल्याएको बजेट परम्परागत, वितरणमुखी र विगतकै निरन्तरता रहेको टिप्पणी गरिएको छ । खासगरी विपक्षी दलले अहिलेका आधारभूत समस्यालाई बजेटले सम्बोधन नगरेको आरोप लगाएका छन् । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले ल्याएको बजेट परम्परागत रहेको र सरकारमा काँग्र्रेस सहभागी भएकाले उसलाई खुशी पार्ने प्रयास गरिएको विपक्षीको आरोप छ । जसपाको महन्थ–राजेन्द्र पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले वितरणमुखी बजेट ल्याइएको आरोप लगाए । उनले प्रदेश सरकारमा सहभागी भएर नयाँ साथी बनेको काँग्रेसलाई खुशी पार्नका लागि यस प्रकारको बजेट ल्याइएको हुन सक्ने टिप्पणी गरे । उनले भने, 'प्रदेश सरकारमा काँग्रेस केहीदिन अगाडिमात्रै प्रवेश गरेको छ, आफ्ना नयाँ साथीलाई खुशी पार्ने खालको बजेट ल्याइएको छ ।' माओवादी केन्द्रका प्रदेशसभा सदस्य दिलीप साहले प्रदेश सरकारले ल्याएको बजेट वितरणमुखी रहेको आरोप लगाए । उनले पुरानै कार्यक्रमलाई बढी प्राथमिकताका साथ समावेश गरिएको बताए । 'प्रदेश सरकारले ल्याएको बजेट परम्परागत छ,...