Posts

Showing posts from June, 2023

जीतपुरसिमराबाट २६२ किलो गाँजा बरामद

Image
वीरगंज, १५ असार । जिल्ला प्रहरी कार्यालय, बाराले भारतीय नम्बरको ट्रकबाट २६२ किलो गाँजा बरामद गरेको छ ।   बिहीवार जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुर सडकखण्डमा पार्किङ गरिएको बिआर–२५ जिए १४५८ नम्बरको ट्रक  चेकजाँच गर्ने क्रममा ट्रकमा फल्स बटम बनाइ लुकाएर राखिएको २६२ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक पुरुषोत्तम पाण्डेले बताए ।   इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाको टोलीले चेकजाँच गर्ने क्रममा गाँजा बरामद भए पनि चालक भने फरार भएको र उनीहरुको खोजी भइरहेको जिप्रका, बाराले जनाएको छ । 

नयाँ ऐन अनुसार पर्सा, बारा र रौतहटमा कतिजनाले पाए नागरिकता

Image
वीरगंज, १५ असार । जिल्ला प्रशासन कार्यालय, पर्साबाट ५ सय ५४ जनाले नागरिकता प्राप्त गरेको जनाइएको छ । २०६३ सालको टोलीमा १५ हजारको हाराहारीमा जन्मसिद्धका आधारमा नागरिकता लिएको तथ्याङ्क देखिन्छ । सो अनुसार पर्सामा ४५ हजारको संख्यामा नागरिकता वितरण हुने अनुमान गरिएको उनले बताए । उनका अनुसार ६ हजार जनाले टोकन लिइसकेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले बिहीवारसम्म ११३ जनालाई नयाँ ऐन अनुसार नागरिकताको प्रमाणपत्र वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जनाए । रौतहटमा ७८ जनाले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत निरजकुमार श्रीवास्तवले नागरिकताको प्रमाणपत्र लिन ऐनमा तोकिएका कागजातहरू पूरा गरी आएका जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई निर्वाध रूपमा नागरिकता वितरण गरिआएको बताए । गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक प्रमाणीकरण गरेपछि जन्मसिद्ध नागरिकका सन्तानहरूले नागरिकता पाउने व्यवस्था भयो । तर सो ऐन विरूद्ध सर्वाेच्चमा रिट निवेदन परेपछि नागरिकता वितरण गर्न तम्तयार जिल्ला प्रशासन कार्यालयहरू रोक...

वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो, काठमाडौं जान सकस

Image
काठमाडौं, १५ असार । काठमाडौं–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्र्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौं–हेटौँडा यातायात अवरूद्ध भएको छ । मकवानपुरको सिमानाबाट करिब दुर्ई किलोमिटर उत्तरतर्पm बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । यता हेटौँडाबाट काठमाडौंका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई ठिङ्गन प्रहरीले रोकेको छ । चितवनको मुग्लिन सडकखण्ड पहिराका कारण अवरूद्ध भएपछि काठमाडौंबाट चितवनतर्पm गुडेका सबै सवारीसाधन त्रिभुवन राजपथतर्पm फर्काइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो । यसैगरी पश्चिमबाट आएका सवारीसाधन हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौं प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी तथा चित्लाङ–थानकोट सडकमा पनि  सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरूद्ध पहिरो खसेपछि ना...

भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते

Image
नयाँ दिल्ली, १४ असार  भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई-टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ  भने अन्य १५ जना घाइते भएका छन् । घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो। अधिकारीका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला दुर्घटना भएको हो । घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

आजदेखि चलचित्र ‘परस्त्री’ प्रदर्शनमा

Image
काठमाडौँ, १४ असार  नेपाली चलचित्र 'परस्त्री' नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिनुभयो । "हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ । नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको छ", उहाँले भन्नुभयो । चलचित्र 'परस्त्री' का वितरक करण श्रेष्ठले एक दिन अगाडि प्रदर्शन हुने विषयमा चलचित्र भवनले प्रचार गरिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "विदेशी चलचित्रसमेत बिहीबार नै आउँदैछ । त्यसैले हामीले पनि यहीँ समय रोजेका हौँ ।" चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गर्नुभएको छ । निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको उत्तल चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गर्नुभएको हो । बुधबार साँझ काठमाडौँमा आयोजित विशेष प्रदर्शनीमा चलचित्र हेर्ने कलाकर्मीले सकारात्मक...

इस्लाम धर्मावलम्बीले बकरीद र हिन्दूले हरिशयनी एकादशी मनाउँदै

Image
वीरगंज, १४ असार । इस्लाम धर्मावलम्बीहरूले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । बकरईद पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ । वीरगंजको विभिन्न स्थानमा आज हर्षोल्लासपूर्वक इद मनाइदै गरिएको छ । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरू हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानहरूले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् । यसैगरी हिन्दू धर्मावलम्बहिरुले प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू भएकोछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरूवा आज मोठमा सारिनछ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि मन्दिरहरुमा भक्तजनको भीड लाग्छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाह...

नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि पहल शुरु

Image
वीरगंज, १२ असार/ वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नारायणी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा शुरू गर्न पहल गरेका छन् ।   यसका लागि उनले सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मृगौला तथा लिभर प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग छलफल गरेका छन् ।   मंगलवार वीरगंज महानगरपालिका कार्यालयमा भएको छलफलमा नगर प्रमुख सिंहले मृगौला प्रत्यारोपण सेवा शुरू गर्न सबै प्रकारको भौतिक संरचना सहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । मृगौला रोगी र डायलासिस गराइरहेका बिरामीलाई मिर्गौला प्रत्यारोपणको लागि हरसम्भवको सहयोग गर्ने उनले बताए ।   यसको लागि नारायणी अस्पतालमा अपरेशन थिएटर बनाउने उनले बताए । सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालीम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रको चिकित्सक सहितको समूहले मृगौलाको प्रत्यारोपण शुरू गर्ने केन्द्रका निर्देशक डा. श्रेष्ठले बताए । उनले नारायणी अस्पतालको निरीक्षण गर्दै केही महिना भित्र अस्पतालमा मृगौला प्रत्यारोपणको तयारी हुने बताए ।   नारायणी अस्पतालको मेडिकल सु...

आठ लाख रकमसहित बाराका सुनील पक्राउ

Image
वीरगंज, १२ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले हुण्डीको कारोबार गरेको आरोपमा आठ लाखसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।   असार ८ गते वीरगंज महानगरपालिका वडा नं. १६ स्थित सडकखण्डबाट प्रहरी चौकी ईनर्वाले चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगंजतर्फ आइरहेको ना.२८ प ९००८ नम्बरको मोटरसाइकलमा सवार बारा, प्रसौनी गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३३ को सुनिल कुमार साहलाई आठ लाख रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।   साहले हेलमेटभित्र स्रोत नखुलेको आठ लाख रकम बरामद भएपछि मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका साहलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।   

जिप्रका, पर्साबाट आइतवार १२१ जनाले नागरिकता पाए

Image
वीरगंज, ११ असार । जिल्ला प्रशासन कार्यालय, पर्साले आइतवार जन्मसिद्ध नागरिकका १२१ जना सन्तानलाई बंशजको नागरिकता प्रदान गरिएको जनाएको छ ।   सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले आइतवार जन्मसिद्ध नागरिकका १२१ सन्तानले बंशजको नागरिकता प्राप्त गरेको बताए ।   उनले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागु भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा वंशजको नागरिकता लिने जन्मसिद्ध नागरिकका सन्तानहरूको भिड बढेको बताए । उनले हालसम्म ३ हजार ६ सय भन्दा बढिले आवेदन दिएको बताए ।   सेवाग्राहीहरूलाई झन्झट नहोस् भनेर अनलाइन टोकन प्रणालीबाट सेवा दिइएको उनले बताए । अनलाइनबाटै टोकन लिएर सोही टोकनमा उल्लेख भएबमोजिमको मितिमा आएर सेवा लिन सक्ने सप्रजिअ पौडेलले बताए । सेवाग्राहीले जिप्रका, पर्साको वेवसाइटमा गएर अनलाईन टोकन लिन सक्नेछन् । उनले आज सोमवार दिउँसो १ बजेसम्म ३ हजार ६८४ वटा टोकन वितरण भइसकेको पौडेलले जानकारी दिए ।

सीमा क्षेत्र घोडासहनमा प्रहरी र डाँकाबीच भीडन्त, दुईजना डाकाँको मृत्यु

Image
वीरगंज, ११ असार/ नेपाल–भारतको सीमावर्ती क्षेत्र भारतको घोडासहनमा गएराति डाँका र प्रहरीबीच भीषण भिडन्त भएको छ । भीडन्तमा दुईजना डाँको मृत्यु भएको मोतीहारी प्रहरीले जनाएको छ ।   डाँकाले सो सीमा क्षेत्रमा एक दर्जनभन्दा बढी बम विस्फोट गराउँदा तीनजना प्रहरी घाइते भएका छन् ।  त्यसपछि डाँकाहरु नेपाल प्रवेश गरेर बेपत्ता भएको मोतीहारी प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले पेस्तोल, बन्चरो, ग्यास कटरलगायतको वस्तु बरामद गरेको छ भने सो स्थानबाट संदिग्ध केही व्यक्तिलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ । 

कुटपिटबाट घाइते भएका एकजनाको मृत्यु, एकजना पक्राउ

Image
वीरगंज, ११ असार । कुटपिटबाट गम्भीर घाइते भएका एकजना व्यक्तिको मृत्यु भएपछि पर्सागढीबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।   केही दिनअघि पर्सागढी नगरपालिका– ३ निवासी लक्ष्मण तिमल्सिना र रोहित पासवान, इन्द्रबहादुर श्रेष्ठबीच विवाद हुँदा उनीहरुको कुटाइबाट लक्ष्मण गम्भीर घाइते भएका थिए ।  घाइते लक्ष्मणको वीरगंजमा उपचार भएको र गएराति उनको मृत्यु भएको छिमेकीहरुले बताएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले रोहित पासवानलाई आज पक्राउ गरेको छ भने श्रेष्ठको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी दीपक गिरीले बताएका छन् । 

वीरगंजका आधा दर्जन इन्टरनेट कम्पनीलाई जरिवाना

Image
वीरगंज, ११ असार/वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाई गरेको छ । पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाई गरेको हो ।  महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका लागि पटक पटक समय दिँदा पनि अटेर गरेपछि बाध्य भएर कारबाई प्रक्रियामा जानुपरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । महानगरले आज इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनी वल्र्ड लिंक, भायोनेट, क्लासिक टेक, सुविसु र डिसहोमलाई कारबाईस्वरूप रू दुर्ई हजार पाँच सयका दरले जरिबाना गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय, ओमआश्रमलगायतका स्थानमा केही दिनअघि आगलागी हुँदा ती कम्पनीका तार सडकमै असरल्ल खसेर जोखिमपूर्ण अवस्थामा रहेको जानकारी दिएर हटाउन आग्रह गर्दा पनि सम्बन्धीत कम्पनीले हटाउन चासो नदिएपछि महानगरले उहाँहरूलाई कारबाई गरिएको जनाएको छ ।   पोलमा गुजुल्टो पारेर जथाभावी टाँगिएको तारका कारण आगलागीका घटना पनि बढिरहेको छ । महानगरले त...

पर्सामा अनलाइन टोकन प्रणालीबाट नागरिकता वितरण शुरु

Image
वीरगंज, १० असार ।  जिल्ला प्रशासन कार्यालय पर्साले जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आजदेखि अनलाइन टोकन प्रणालीबाट नागरिकता वितरण शुरु गरेको छ ।   शनिवार सूचना प्रकाशित गरी नागरिकता वितरणबारे जानकारी दिएको जिल्ला प्रशासन कार्यालय, पसामा कर्मचारी, साधन स्रोतको अभावसँगै सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गरी सहज, सरल, पारदर्शी र छिट्टो छरितो सेवा दिने उद्देश्यले अनलाइन टोकन प्रणालीबाट नागरिकता वितरण गरिने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । यसका लागि कार्यालयले वेबसाइट र क्यूआर कोडसमेत बनाएका छन् । सप्रजिअ पौडेलले अनलाइनमार्पmत नागरिकतासम्बन्धी विवरण प्रविष्ट गरेपछि तोकिएको दिनमा सेवाग्राहीले कार्यालयमा आएर सेवा लिन सक्नेछन् । यसरी गर्दा कार्यालयमा भीड पनि कम हुने र सेवाग्राहीलाई हैरानी नहुने बताए । 

सन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता

Image
टोकियो, १० असार  जापानमा  हराउँनु  व्यक्तिहरूको सङ्ख्या क्रमश; बढ्दै गएको पाइएको छ ।  यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा लगातार दोस्रो वर्ष ८४ हजार ९१० पुगेको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले वृद्धि भएको देखिन्छ । बेपत्ता हुनेहरूको उमेर समूहमा २० वर्ष आसपासका सबैभन्दा बढी छन् । यो समूह कुल बेपत्ताको लगभग ४० प्रतिशत छ ।   यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशङ्कामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ ।  सन् २०१२ मा तुलनात्मक तथ्याङ्क सार्वजनिक गर्न थालिएदेखि  बेपत्ता हुनेको सङ्ख्या क्रमशः  बढ्दोक्रममा  छ । यो सङ्ख्या एक दशकमा झण्डै दोब्बर भएको छ।   तीमध्ये धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यविहीन भौंतारिएपछि हराएको उल्लेख गरिएको थियो। स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शङ्का लागेका मानिसहरूका परिवारका सदस्यहरूलाई जिपिएस यन्त्रहरू बोक्न वा तिनीहरूको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड)  राख्न आग्रह गरिरहेका छन् ।

बिच सकर विश्वकप फेब्रुअरी २०२४ सम्म स्थगित

Image
दुबई, १० असार  फिफाले युएईले आयोजना गर्न लागेको फिफा बीच सकर विश्वकप २०२३ नोभेम्बरको सट्टा फेब्रुअरी २०२४ मा आयोजना गर्ने निर्णय गरेको छ। फिफाले आफ्नो खेल प्रतियोगिताको वार्षिक  गतिविधिको सहज प्रवाह सुनिश्चित गर्नका लागि आफ्नो २४ औं परिषद् बैठकबाट यो निर्णय गरेको हो।   युएईले गत फेब्रुअरीमा प्रतियोगिता आयोजना गर्न आफ्नो उम्मेदवारी फाइल बुझाएको थियो । दुबईमा सन् २००९ को संस्करणपछि युएईले बिच सकर विश्वकप आयोजना गरेको यो दोस्रो पटक हो।

नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने

Image
काठमाडौँ, १० असार  । नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेर सहयोग गर्न आदेश दिन सक्नेछ । यस्तो आदेशका अवज्ञा गर्नेलाई तीन महिनासम्म कैद र रु १० हजार जरिवानाको व्यवस्था ऐनमा गरिएको छ । यो व्यवस्थापछि परिवारका सदस्यको असहयोगका कारण नागरिकता नपाउने अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । सर्वोच्च अदालतको आदेशपछि कार्यान्वयनमा आएको ऐनमा गैर आवासीय नेपालीलाई नागरिकता दिने व्यवस्थासमेत छ । गैर आवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको नागरिकता प्रदान गरिने छ । नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयनसम्बन्धी सञ्चार क्षेत्रको भूमिका विषयमा आज महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफलमा संविधानसभा सदस्य रामकुमार शर्माले नेपालको संविधान २०७२ अनुसार संविधान जारी भएको तीन वर्षभित्रमा बनिसक्नुपर्ने कानून आठ वर्षपछि बल्ल बने पनि खुसी हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।   "नागरिकता ऐन कार्यान्वयनमा...

दुई केजी सुनसहित एक जना पक्राउ

Image
भैरहवा, १० असार   ।   सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गए राति रु एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका-१० का २१ वर्षिय हुमानन्द गिरीलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बिशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । चेकजाँचका क्रममा गिरीले चलाएको बा१२च ३८२० नम्बरको कारबाट दुई वटा सुनको इँट्टा फेला परेको उहाँको भनाइ छ । "सुनमा स्वीट्जरल्याण्ड, एक किलो फाइन गोल्ड लेखिएको छ । कारमा फल्स बटम बनाई उक्त वस्तु ल्याइएको पाइएको छ", थापाले भन्नुभयो "आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएका छौ, थप अनुसन्धान भइरहेको छ ।" 

भारतको उत्तर प्रदेशको इटावामा पार्किङ गरिएको ट्रकमा कार ठोक्किँदा २ जनाको मृत्यु

Image
https://www.trinetrapost.com.np/2023/06/blog-post_23.html इटावा, ८ असार   उत्तर प्रदेशको इटावामा विवाह समारोहबाट फर्कने क्रममा पार्क गरिएको ट्रकमा कार ठोक्किदा दुई युवाको मृत्यु भएको छ। सो दुर्घटना सिभिल लाइन प्रहरी इलाकाअन्तर्गत राष्ट्रिय राजमार्गमा दुर्घटना भएको हो । मृतक आशिष र शैलेन्द्र जसवन्तनगर प्रहरी चौकी क्षेत्र तामेरी गाउँका बासिन्दा  रहेको प्रहरीले बताएको छ । घटना बारे अनुसन्धान शुरु गरिएको छ । इटावाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सञ्जय कुमारले जनाएअनुसार जसवंतनगरबाट सो गाडी इटावा शहरमा आएको थियो। फर्कने क्रममा सडकको छेउमा रिकिएको ट्रकसँग कार ठोक्किएको हो ।

स्कार्पियोले ठक्करबाट सिमरामा एकजनाको मृत्यु

Image
वीरगंज,  ८ असार । बारा सिमरामा भारतीय नम्बरको स्कार्पियोको ठक्करबाट मोटरसाइकलको पछाडि बस्ने व्यक्तिको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । सूर्य नेपालको आवास अगाडी सडक पार गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले स्कोरपियोका चालकलाई नियन्त्रणमा लिएको छ । सिमराबाट वीरगंज आउँदै गरेको बिआर ०५ पिए ९६५२ नम्बरको स्कार्पियोले बिहीवार राति ना ५६प ५६३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार जीतपुरसिमरा उपमहानगरपालिका–२ मुसहर्नीमाईका करिब ४५ वर्षीय बुद्धिलाल भुर्तेलको मृत्यु भएको हो । भुर्तेलको टाउकोमा गम्भीर चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बाराकै कोल्हबीका ४० वर्षीय धर्मराज चौधरी गम्भीर घाइते भएका छन् । चौधरीको वीरगंजस्थित अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

असम बाढीको त्रासः बजालीका १९६ गाउँका २ लाख ६१ हजार मानिस प्रभावित

Image
असम, ८ असार  असमको बजाली जिल्लामा बाढीको अवस्था अझै डरलाग्दो बन्दै गएको छ ।   यस जिल्लाका १९६ गाउँका  करिब  दुई लाख ६१ हजार मानिसहरू बाढीबाट प्रभावित भएका छन्। पाहुमरा खोलाको बाढीले पाठशाला क्षेत्रका थुप्रै गाउँ डुबानमा परेका छन् । बाढीको पानीले पाठशालास्थित स्वाहिद मदन रौता उप-डिभिजन निजामती अस्पताल डुबानमा परेपछि अस्पताल प्रशासनले सबै बिरामीलाई अस्पतालबाट अन्यत्र सारेको छ । अर्कोतर्फ पाहुमरा खोलाको बाढीले मेधिकुची गाउँको तटबन्धको ठूलो हिस्सा भत्काएर कैयौं घर बगाएको छ । प्रभावित गाउँलेहरू अहिले सडक, तटबन्ध र अग्लो स्थानमा आश्रय लिएर बसेका छन् । बाढीले बजली जिल्लाको २९७ दशमलव ३० हेक्टर बाली डुबानमा परेको जनाएको छ । अर्कोतर्फ असमको तामुलपुरको कुमारिकाटा क्षेत्रमा बाढीको पानीले पुलमा क्षति पुर्याएको छ । आसामको कोकराझार जिल्लामा बिहीबार मडाती नदीको बाढीले गोसाइगाउँ क्षेत्रस्थित खोलामाथिको काठको पुल बगाउँदा आवतजावतमा बाधा पुगेको छ ।

टर्किएमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी

Image
इस्तानबुल, ८ असार  इस्तानबुलमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी बिहीबार सम्पन्न भएको छ ।  आणविक ऊर्जा क्षेत्रको पछिल्लो घटनाक्रमको बारेमा छलफल गर्न विश्वभरका १,००० भन्दा बढी उद्यमीहरूलाई एकसाथ ल्याएर छलफल गरी सो प्रदर्शनी बिहीबार सम्पन्न भएको छ ।   टर्किएको ऊर्जा र प्राकृतिक स्रोत मन्त्रालयको सहयोगमा देशको सबैभन्दा ठूलो शहर टर्किएमा बुधबारदेखि शुरु भएको सो कार्यक्रम पाँचौं आणविक ऊर्जा प्लान्ट एक्स्पो र नवौं शिखर सम्मेलनको नाम दिइएको थियो। यसलाई टर्किए, अफ्रिका र मध्य पूर्वलाई  समेट्ने सबैभन्दा व्यापक आणविक ऊर्जा कार्यक्रमको रूपमा बुझिएको छ । दुई दिने कार्यक्रममा ऊर्जा क्षेत्रमा सानो मोड्युलर रिएक्टरको भूमिका र आणविक ऊर्जा क्षेत्रमा सक्रिय उद्योगीहरूको अवसर लगायतका विषयमा छलफल गरिएको थियो।

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

Image
ओखलढुङ्गा , ८ असार  ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई बेपत्ता भएका थिए । बेपत्ता दुबैको शव भेटिएको हो  । बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा उहाँसँगै २९ वर्षीय श्रीमती शिवमाया, १० वर्षीय छोरा दिनेश  र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको थियो । आमाबाबुको शव बिहानै भेटिए पनि बेपत्ता छोराछोरीको शव स्थानीयवासी र सुरक्षाकर्मीले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । राति करिब ११ बजेतिर बस्ती माथिबाट आएको पहिरोले गुरुङसँगै बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको थियो ।  अन्यले भागेर ज्यान जोगाएका थिए । पहिरोले पुरिएर चार जनाको मृत्यु भएपछि विलन्दुगाउँ शोकमा परेको छ । विसं २०७२ को भूकम्पले धाँजा फाटेको जमिनमा पानी पसेर पहिरो जाँदा जनधनको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उक्त क्षेत्रलाई भूकम्पपछि जोखिमयुक्त भनिएको थियो । 

विश्व विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले तेस्रो सफलता

Image
काठमाडौँ, ७ असार । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको जारी खेलमा नेपालले तीन विकेट लिएको छ । जिम्बावेको हरारे स्पोर्टस् क्लबमा जारी खेलको २५ ओभरको समाप्तीसँगै नेपालले तीन विकेट लिएको हो । आफ्नो क्रिकेट इतिहासको पहिलो पटक विश्वकप विजेता वेस्ट इन्डिजसँग खल्ने क्रममा नेपालका करण केसी, गुल्सन झा र सन्दिप लामिछानेले समान एक–एक विकेट लिए । नेपालका लागि करणले वेस्ट इन्डिजका सुरुआती ब्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट गराए । उनले खेलको दोस्रो ओभरको तेस्रो बलमा मेयर्सलाई पेभिलिएन फर्काएका हुन् । करणले यसअघि अमेरिका विरुद्धको खेलमा पनि चार विकेट लिएका थिए । त्यस्तै नेपालका अर्का खेलाडी गुलशन झाले पाँचौँ ओभरको पहिलो बलमा वेस्ट इन्डिजका जोनसन चाल्र्सलाई शून्य रनमा नै आउट गरे । त्यस्तै सन्दिप लामिछानेले वेस्ट इन्डिजका सुरुआती ब्याट्सम्यान ब्रेन्डन किङलाई आउट गराए । सन्दिपले ब्रेन्डनलाई ३२ रनमा आउट गराएका हुन् । सोह्रौँ ओभरको तेस्रो बलमा किङ बोल्ड हुन पुगेका हुन् । उक्त प्रतियोतिगामा सन्दिपको यो पहिलो विकेट हो । जारी खेलको २५औँ ओभर सकिँदासम्म वेस्ट इन्डिजले तीन विकेट गुमा...

मधेस प्रदेशको शतप्रतिशत गाउँबस्तीमा विद्युत् सेवा

Image
वीरगञ्ज, ७ असार   मधेस प्रदेशको शतप्रतिशत गाउँबस्तीमा विद्युत् सेवा पुगेको छ । प्रदेशका सबै टोलबस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको छ । विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख ई मुनिन्द्र ठाकुरले अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्म मधेस प्रदेशका ९९ प्रतिशत बस्तीमा विद्युत् सेवा पुगेको जानकारी दिनुभयो । "बाँकी रहेको एक प्रतिशत घरमा चालु आर्थिक वर्ष २०७९/८० मा विद्युत पुर्‍याएपछि प्रदेशका शतप्रतिशत बस्तीमा विद्युतीकरण पुगेको छ", उहाँले भन्नुभयो । प्रमुख ठाकुरले केही दिनमा प्रदेशलाई 'शतप्रतिशत विद्युतीयकरण प्रदेश'घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । प्रदेशका सबै गाउँबस्तीमा विद्युतीकरण सकिएपछि सिँचाइ कार्यक्रममार्फत किसानको खेतबारीसम्म विद्युत् पुर्‍याउने अभियान सुरु गरिएको उहाँले बताउनुभयो । विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षदेखि रू ५५ करोड बराबरको सिञ्चाइ पूर्वाधार कार्यक्रमका लागि स्थानीय सरकारसँगको सहकार्यमा सिँचाइ विद्युतीकरण सुरु गरेको छ । "उक्त कार्यक्रमअन्तर्गत स...

कलैयाको नीति तथा कार्यक्रममा विवाद, झडप

Image
वीरगंज, ६ असार । कलैया उपमहानगरपालिकाले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रममा विवाद उत्पन्न भएको छ ।   उपप्रमुख विश्मिल्लाह खातुनले एक अर्ब ५९ करोडको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि असन्तुष्ट जनप्रतिनिधि र वडासदस्यहरुबीच विवाद भएको छ । वडाहरुको भागवण्डाको विषयमा विवाद हुंदा कुटपिट समेत भएको छ । केही परिषद सदस्यहरुले नगरसभा बहिष्कार गरी विरोध गर्ने क्रममा कुटाकुट भएको बताइएको छ । 

वीरगंज महानगरपालिकाको आव २०८०/८१ को बजेट करीब साढे तीन अर्ब

Image
वीरगंज, ६ असार । वीरगंज महानगरपालिकाको १३औं नगरसभामा उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट पेश गरेका छन् । चालुतर्पm रू २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत र पूँजीगत तर्पm ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्था तर्पm ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत बजेट छुट्याएको छ । बजेटमा शिक्षा, खानेपानी तथा सरसफाई, आधारभूत स्वास्थ्य सेवा, यातायात पूर्वाधार क्षेत्र, खेलकुद क्ष्Fेत्रलाई प्राथमिकता दिइएको छ । 

पहिलोपटक निकालिएको गहवामाई रथयात्रामा उर्लियो जनलहर

Image
वीरगंज, ५ असार । वीरगंजको माईस्थानस्थित गहवामाई मन्दिरबाट आज पहिलोपटक रथयात्रा निकालिएको छ ।  गहवामाईको नवनिर्मित मन्दिरको ११ औं वर्ष पूरा भएको अवसरमा निकालिएको रथ यात्रामा जनलहर ओर्लिएको थियो ।   बिहान ७.३० बजे गहवामाई मन्दिर प्रांगणबाट शुरू भएको रथयात्रा नगरपरिक्रमा गरि बिहान ११ बजे पुन गहवामाई मन्दिर प्रांगणमा पुगेर समापन भएको हो । रथयात्रामा हिन्दु भक्तजन र दर्शनार्थीहरूको जनसागर नै  उर्लिएको थियो। मन्दर परिसरबाट शुरू भएको रथयात्रा माइस्थान चोक, घणटघर, रेल्वे रोड हुँदै  छपकैया पुगेर रथयात्रा त्यहाँबाट, श्रीराम सिनेमा हल, वीर्ता, अलखियामठ, आदर्शनगर चोक, महावीरस्थान, माईस्थान चोक हुँदै पुन मन्दिर प्रांगणमा पुगेर समापन भएको हो । रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिएको थियो भने हजारौं भक्तजनहरू जयमाता दी लेखिएको भगवा झण्डासिहत सहभागी भएका थिए । रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न संघसंस्थाले नगरका ठाउँ ठाँउमा चिसो पानी, सर्वत, लस्सी र जुस निशुल्क वितरण गरेका थिए। मंगलवार साँझ गहवामाई मन्दिर परिसरमा भजनकृतनपनि आयोजना गिरने गहवामाई रथयात्रा समितिका अध्य...

नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित, समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्ने

Image
काठमाडौँ  आइतबार, ०३ असार २०८०। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता नेपाल जिम्बाबेसँग पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित भएको हो । २९१ रनको लक्ष्य जिम्बाबेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९० रन बनाएको थियो । नेपालका लागि  कुशल भुर्तेल ९९ रन र  आसिफ शेख ६६ रन बनाएका थिए । यस्तै कुशल मल्ल ४१ र रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रन, आसिफ शेख १०, दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । यस्तै भीम सार्कीले खाता नै खोल्न सकेनन् । करण केसी २ तथा सोमपाल कामी खाता नै नखोली नटआउट भए । अब समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।

पुरुष भलिबल : नेपाल मङ्गोलियासँग पराजित

Image
काठमाडौँ, ३ असार    सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको छ । कीर्गिस्तानमा आज भएको खेलमा नेपाल मङ्गलियासँग ३-१ को सेटमा पराजित भएको हो । मङ्गोलियाले खेलको पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२० ले आफनो पक्षमा पार्‍यो । त्यस्तै खेलको तेस्रो सेट भने नेपालले जित्यो । नेपालले २७-२५ ले आफ्नो पक्षमा पार्‍यो तर खेलको चौँथो सेटमा मङ्गोलिया २५-२० ले विजयी भयो । उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहेको छ ।  जसमा आयोजक कीर्गिस्तान 'ए' टोली, मङ्गोलिया, नेपाल, उज्वेकिस्तान, इरान, तुर्कमिनिस्तान र कीर्गिस्तानको 'बी' टोली छन्  । अब नेपालले आफनो दोस्रो खेल भोलि कीर्गिस्तानको 'ए' टोलीसँग खेल्नेछ ।  

मधेस प्रदेश सरकारको राजस्व नीति ः सवारी दर्ता सरूवामा छुट

Image
वीरगंज, ३ असार । मधेस प्रदेश सरकारले सामुदायिक विद्यालयको आफ्नो नाममा रहेको विद्यार्थी ओसार्न प्रयोग गरिने बस तथा मिनिबस, माइक्रोमा लाग्ने सवारी साधनको करमा ५० प्रतिशत कर छुट दिएको छ । सवारीसाधन कर तथा जग्गा रजिष्ट्रेशन दस्तुरलगायतका प्रदेश तथा स्थानीय तहबाट बाँडफाँट हुने राजस्वलाई स्थानीय तहसँग समन्वय गरी मासिकरूपमा राजस्व बाँडफाँट गर्ने नीति मधेस प्रदेशले लिएको छ ।   सवारीसाधनको कर सङ्कलन सहज बनाउनका लागि मधेस प्रदेशका सबै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गरिने पनि प्रदेशको आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ ।

मधेस प्रदेशसभाका पाँच समितिमा सभापति चयन, तीन महिला

Image
महेन्द्रनगर (धनुषा), ३ असार  मधेस प्रदेशसभा अन्तर्गतका सात विषयगत समितिमध्ये पाँच समितिले सभापति पाएका छन् । तीमध्ये तीन समितिमा महिला सभापति चयन हुनुभएको छ । प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम गठित विषयगत समितिमध्ये विकास, अर्थ तथा योजना, प्राकृतिक स्रोत तथा वातावरण, सार्वजनिक लेखा र महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापति सर्वसम्मत चयन गरिएको हो । विकास समितिमा जनता समाजवादी पार्टी नेपालका शारदा शङ्करप्रसाद कलवार, अर्थ तथा योजनामा जनमत पार्टीका सतिशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा (माओवादी केन्द्र)की शारदादास पहाडी, सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) का मञ्जुकुमारी थापामगर र महिला, बालबालिका तथा सामाजिक न्याय समितिमा लोकतान्त्रिक समाजवादी पार्टीका रुपाकुमारी यादव सभापतिमा चयन हुनुभएको छ । विषयगत समितिका सभापतिलाई सभामुख रामचन्द्र मण्डलले आज पद तथा गोपनियताको शपथ गराउनुभयो । उहाँहरुले आजै पदभार पनि ग्रहण गर्नुभयो । कृषि तथा भूमि व्यवस्थापन र प्रदेश मामिला समितिको सभापति चयन हुन बाँकी छ । मधेस प्रदेशमा अर्थ तथा योजना समितिमा स...

१९ लाखको मोबाइल र घडीसहित भारतीय पक्राउ

Image
वीरगंज, ३ असार । १९ लाख मूल्य बराबरको मोबाइल र घडीसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।  भन्सार छली अवैध रुपमा नेपाल भित्र्याई अनाधिकृतरूपमा भण्डारण गरेको सूचनाको आधारमा प्रहरीले वीरगंज महानगरपालिका–३२ बदननगर बस्ने मनोज साहको घरमा भाडामा बस्ने भारत, बिहार पूर्वी चम्पारण, बिसुनपुर बस्ने ३३ वर्षीय ३३ वर्षीय मनोज कुमारको कोठामा छापामारी गरेको थियो । छापा मार्ने क्रममा विभिन्न ब्राण्डका मोबाइल र घडी बरामद भएको जिप्रका, पर्साले जनाएको छ ।   एप्पल, रेडमी, ओप्पो, भिभो, वनप्लस, सामसुङ, रियलमीलगायत कम्पनीका मोबाइल ५९ थान र घडी १८५ थान बरामद भएको प्रहरीले जनाएको छ । बरामद सामान १९ लाख १४ हजार मूल्य बराबरको रहेको र कारबाइको लागि आज वीरगंज भन्सार कार्यालय बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।

जिप्रका, पर्सामा ५५ जनाको आँखा परीक्षण

Image
वीरगंज ३२ जेष्ठ । जिल्ला प्रशासन कार्यालय पर्सामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । किरण आँखा अस्पतालमा आयोजनामा आँखा शिविरमा ५५ जनाले आँखा परीक्षण गराएका छन् । विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार जागरुकता दिवसका अवसरमा शिविरको आयोजना गरिएको हो ।  शिविरमा वीरगञ्जस्थित किरण आँखा अस्पताल प्रा.ली.का दृष्टि बिषेशज्ञ ज्योती साह नेतृत्वको नेत्र चिकित्सकको टोलीले परीक्षण गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आँखा परिक्षण गराई शिविरको शुभारम्भ गर्नु भएको थियो । शिविरमा ५५ जनाले आँखा परिक्षण गराएको किरण आँखा अस्पतालका प्राबिधिक सहयोगी कबिता पोखरेलले बताउनु भयो ।  शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, शिवप्रसाद लम्साह, प्रहरी उपरीक्षक कोमल शाह, प्रशासकिय अधिकृत बिनय श्रीवास्तव, रेखा कुमारी, बालगोध ठाकुर, जिल्ला प्रशासन कार्यालयका सशस्त्र प्रहरी नायव निरीक्षक कमलेश पुरी, तुलसी भण्डारी, शिवशंकर साह लगायतले आँखा परीक्षण गराएका थिए । आँखा अस्पतालका बिशेषज्ञ प्रभात पासवास, सोनी चौधरी, रामबाबु चौरसिया र राजकुमार भण्डारीको सहभागीता रहेको र आँखा परीक्षणसँगै औषधीसमेत व...

बारामा करेन्ट लागेर एकजना मजदुरको मृत्यु

Image
बारा, ३२ जेठ । बारामा करेन्ट लागेर एकजना घर बनाउने मजदूरको मृत्यु भएको छ । देवताल गाउँपालिका वडा नं. ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपराडीमा भवन निर्माणको काम गर्ने सुनील रामको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भाइब्रेशन मेशिन चलाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । स्थानीय सुनील रामको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक रामका पिता धवल रामले ठेकेदारको लापरवाहीको कारण छोराको मृत्यु भएको बताएका छन् । 

विश्व जेष्ठ नागरिक दुव्र्यवहारविरुद्ध जागरुकता दिवसको अवसरमा आँखा जाँच शिविर

Image
वीरगंज, ३२ जेठ । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले विश्व जेष्ठ नागरिक दुव्र्यहार जागरूकता दिवसको अवसरमा निश्शुल्क आँखा जाँच शिविर बिहीवार सम्पन्न गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी आदर्शनगर,वीरगंज पर्सा र ग्रिनसिटी सामुदायिक प्रहरी केन्द्र आदर्शनगर पर्सा र सामुदायिक आँखा हस्पिटल वीरगंज पर्साको सयुक्त आयोजनामा विश्व जेष्ठ नागरिक दुव्र्यहार जागरूपकता दिवसको उपलक्ष्यमा जेष्ठ नागरिक र स्थानीयहरूलाइ निशुल्क आँखा स्वास्थ्य शिविर मनाएको छ। उक्त निशुल्क आँखा स्वास्थ्य शिविरमा महिला ७५ जना र पुरूष १५० जना गरि जम्मा २२५ जनाले जेष्ठ नागरिक तथा स्थानीयहरूलाई निशुल्क आँखा जाँच गरि निशुल्क औषधि दिएको थियो। उक्त कार्यक्रममा प्रहरी चौकी आदर्शनगर पर्साका प्र.ना.नि.सत्य प्रकाश त्रिपाठीको अध्यक्षतामा तथा ग्रिनसिटि समुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान प्रमुखलगायतको सहभागिता थियो । 

बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद

Image
सप्तरी, ३१ जेठ   ।  दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले देवलाई तीन वर्ष कैद सजायका साथै रु ३० हजार जरिवाना तिराउने फैसला गरेको हो । देवले पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्ने र रु एक हजार दुई सय फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने गरी फैसला भएको अदालतले जनाएको छ । स्रेस्तेदार कुमार मास्केका अनुसार देवलाई १५ वर्षीया दुई बालिकालाई असार ११ गते अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा सजाय भएको हो । राजविराज नगरपालिका–८ स्थित रुपनी सडक खण्डमा देवले दुई बालिकालाई ललाईफकाई प्रलोभनमा पारी अपहरण गरी बन्धकबनाई राखेका थिए । बालिकाहरु भागी अपहरण मुक्त भएपछि पीडितहरूकी आमाहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । सप्तरीमा ढिलो गरी उजुरी दर्ता हुँदा अभियुक्त देव अभद्र व्यवहार कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परिसकेका थिए । मोरङको विराटनगरबाट देवलाई साउन १३ गते सप्तरी ल्याएर कारबा...

दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित

Image
काठमाडौँ, ३१ जेठ (रासस) : दादुराको प्रकोपबाट १६ जिल्लाका  एक हजारभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा  दादुरा फैलिएको हो । महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ । ती जिल्लामध्ये सबैभन्दा बढी कैलाली, सुनसरी र महोत्तरी जिल्लाका बालबालिका बढी सताइएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका र गोदावारी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिका–२ र ५मा  दादुराको प्रकोप बढेको छ । ती स्थानीय तहका छ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको र अहिलेसम्म बाँकेको नेपालगङ्जमा एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यही जेठ २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ । दादुरा फैलिएका जिल्लामा हालसम्म दुई लाख...

५४ लाखको सुनसहित वीरगंजका युवक पक्राउ

Image
मनहरी, ३१ जेठ   मकवानपुर प्रहरीले रु ५४ लाख बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब रु ५४ लाख ४८ हजार बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा हेटौँडा आउँदै गरेको प्रदेश २–०३–००१ ख ०१५९ नंको बसमा उक्त सुनसहित युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वामदेव गौतमले बताउनुभयो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको गौतमले बताउनुभयो । साहले जुत्ताको नोकभित्र पाँच सय ६१ दशमलव ३० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा समातिएको प्रहरीले जनाएको छ । 

आफै ट्याक्टर चलाएर बेहुला कन्याको घर पुगेपछि ...

Image
बारमेर (राजस्थान) ३१ जेठ राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् । आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्याक्टरको जुलुस गराएका छन् । सोमबार बिहान बेहुला प्रकाश चौधरीको घरबाट ५१ किलोमिटर टाढा रहेको रोली गाउँतर्फ दुलही लिन गएको टोली देखेर गाउँभरका मानिस अचम्म मानेर हेरिरहेका थिए । अझ आश्चर्यको कुरा के भने दुलाहा आफैले ट्याक्टर चलाएका थिए । उनका पछिपछि ५० वटा ट्याक्टरको ताँती थियो । ट्याक्टरमा दुई सय जनाभन्दा बढी जन्ती थिए । "मेरो विवाहमा जम्मा एउटा ट्याक्टर थियो, मैले छोराको लागि ५१ वटा ल्याएँ,"आफ्नो परिवारको मुख्य पेशा कृषि भएकाले किसानको पहिचान ट्याक्टर चलाएर बुहारी लिन छोरालाई निर्देशन दिएको स्पष्ट गर्दे दुलहा प्रकाशका बुवा भन्छन् । बाबुको निर्देशनअनुसार आफूले ट्याक्टर चलाएको र किसानको छोरालाई दुलही लिन जाँदा अन्य सवारी साधन चढ्नुपर्छ भन्ने नलागेको उनले बताए । शेरवानीमा सजिएका ...

देशभर तापक्रम बढ्दै

Image
काठमाडौँ, ३० जेठ (रासस) :  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । "आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ । तसर्थ, तराईका भू–भागमा तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ", बुलेटिनमा भनिएको छ ।     लू चल्नका लागि लगातार पाँच दिनसमम सामान्यभन्दा ४० डिग्रीभन्दा माथि ताफत्रम बढेमा लू चलेको मानिन्छ । वर्षा नहँुदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको बताइएको छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोंचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम ता...

महिला क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

Image
काठमाडौँ, ३० जेठ (रासस): एसीसी महिला टि –ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान 'ए' सँग पराजित भएको छ । हङकङको मङककमा आज भएको खेलमा नेपाल पाकिस्तानको 'ए' टिमसँग नौ रनको झिनो अन्तरले पराजित भएको हो । पाकिस्तान 'ए' ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा छ विकेट गुमाएर ७८ रनमा समेटियो ।   नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रनको योगदान दिइन् । उनले ३२ बलमा सर्वाधिक २० जोडेकी हुन् । त्यस्तै कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन् । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पाकिस्तान 'ए' की सईदा शाह र तुवा हसनले समान दुई÷दुई विकेट झारे भने अनुशा नासिर र उम्मी हानीले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पाकिस्तान 'ए' ले १९ दशमलब दुई ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो । उसका लागी शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन् भने कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाइन् । त्यस्तै गुल फरुजाले १८ बलमा ११ रन जोडिन् ।   बलिङतर्फ ईन्दु बर्माले तीन विकेट झारिन् भने कविता ज...

नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने

Image
काठमाडौँ, ३० जेठ : नेपाली चलचित्र 'परस्त्री' हिन्दीमा समेत प्रदर्शन हुने भएको छ । यसअगाडि 'प्रेम गीत ३' प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई  पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग छलफल भएको चलचित्र विकास बोर्डका अध्ययक्ष भुवन केसीले जानकारी दिनुभयो । "यसअगाडिको नजिरअनुसार नै प्रक्रिया अपनाउन सुझाव दिएका छौँ", उहाँले भन्नुभयो, " 'प्रेमगीत ३' को हिन्दी संस्करणका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको निर्देशनलाई नजिर मानेर 'परस्त्री'लाई पनि सोही प्रक्रियाबमोजिम अनुमति दिनेछौँ ।" बोर्डको यस्तो निर्णयपछि चलचित्रका निर्माताले रु तीन हजार दस्तुर तिरेर पुनः स्वराङ्कनका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि मात्र परस्त्रीले (हिन्दी डब) शीर्षकमा चलचित्रले सिफारिस पत्र पाउनेछ । नेपाली चलचित्रको सुविधासरह 'रिलिज' हुने भएपछि परस्त्री (हिन्दी डब)ले १५ प्रतिशत चलचित्र विकास शुल्क तिर्नुपर्ने छैन । मूल्य अभिवृद्धि कर १३ प्रतिशत र स्थानीय कर पाँच प्रतिशतसहित १८ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । नेपाली चलचित्र नेपालमै हि...

रुसद्वारा नक्कली शत्रुको पनडुब्बी जहाजमाथि आक्रमण

Image
भ्लादिभोस्टोक, ३० जेठ, (रासस-सिन्ह्वा) - रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ । फ्रिगेट मार्शल शापोश्निकोभ र दुई ठूला पनडुब्बी विरोधी जहाजहरू एडमिरल ट्रिबट्स र एडमिरल पेन्टेलेभ मिलेर बनेको समूहले सिमुलेटेड पनडुब्बी रहेको शङ्कास्पद स्थानमा आक्रमण गरेर नष्ट गरेको प्रेस सेवाले जनाएको छ । प्यासिफिक फ्लीट कमाण्डर एडमिरल भिक्टर लिनाको नेतृत्वमा ६० भन्दा बढी युद्धपोत र सहयोगी जहाज, ३५ नौसैनिक विमान, तटीय सेना र ११,००० भन्दा बढी सैनिकहरू सम्मिलित अभ्यासहरू जुन ५ देखि २० सम्म हुँदैछ।

कृषि सहुलियतको ऋण दुरूपयोग हुन नदिने – गर्भनर अधिकारी

Image
२९ जेठ, वीरगंज । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि सहुलियतको ऋण दुरूपयोग हुन नदिने बताएका छन् । सोमवार वीरगंजमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको  समसामयिक आर्थिक तथा बैंकिङ गतिविधी विषयक अन्तरकृया कार्यक्रममा बोल्दै उनले कृषि सहुलियतको ऋण दुरुपयोग हुन नदिन नेपाल राष्ट्र बैंकले केहि कडाइसहितको नीति नियम बनाएको बताए । उनले हाम्रो उद्देश्य भनेकै उद्यमशीलतालाई प्रोेत्साहित गर्ने हो, त्यसमापनि कृषि उद्यम मुख्य प्राथमिकतामा पर्ने बताए । कृृषि कर्मकालागि लिएको सहुलियतको ऋण अन्य प्रायोजनमा लगानी गरिएको पाइए त्यो राष्ट्र बैंकलाई सह्य नहुने चेतावनी पनि उनले दिए । सहुलियतको कृषि ऋणको दुरूपयोग नहोस् भन्नका लागि राष्ट्र बैंकले केहि कडा नीति बनाएको उनले प्रष्ट पारे । अधिकारीले पनि बैंकहरूको सेवा अहिलेपनि सोचेअनुसारको सहज र सरल हुन नसकेको स्वीकारे । मधेस प्रदेशमा बढी समस्या छ,हाम्रो उद्देश्य भनेको बैंकसम्म ग्राहकको पहुचँ सरल र सिधा हुनुपर्छ, बिचौलीया मार्पmत हुनुहुदैन, यसवारे बैंकर्सहरूले पनि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा वीरगंज क्षेत्रमा कृषिजन्य उद्योग र फार्म सञ्चालन गरे...

अझै चार दिनसम्म लूको सम्भावना, मनसुनी वर्षा आगमनको सम्भावना

Image
काठमाडौं, २९ जेठ/  विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि भएको देखिन्छ । देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ । साथै बागमती प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशको पश्चिमी भू–भागमा थोरै तापक्रम घटे पनि अत्यधिक गर्मीको सम्भावना यथावत रहने देखिएको छ । महाशाखाले ती भू–भागहरूमा आगामी चार दिन (जेठ ३० देखि असार १ गते) सम्म तातो हावा तथा लूको सम्भावना यथावत रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । मधेस प्रदेशको पूर्वी भू–भागमा तापक्रम केही घट्ने सम्भावना देखिए पनि गर्मीको सम्भावना रहनाका साथै देशको पश्चिमी पहाडी भू–भागका उपत्यका तथा खोँचहरू...

मालपोत बाराका दुई कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Image
बारा, २९ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहामाथि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपियाँँ घुस मागेको भन्ने सूचना पाएपछि मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । १५ हजार बिगो कायम गरी उनीहरूमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिजालद्वारा नेपाली महावाणिज्य दूतावासको निरीक्षण

Image
काठमाडौँ, २९ जेठ  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको निरीक्षण गर्नुभएको छ । भारतको कोलकातामा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिम्स्टेक) व्यापार सम्मेलनमा सहभागी हुन त्यहाँ पुग्नुभएको उहाँले आज महावाणिज्य दूतावासको निरीक्षण गर्नुभएको हो । मन्त्री रिजाललाई महावाणिज्यदूत ईश्वरराज पौडेल तथा दूतावासका अन्य कर्मचारीले दूतावासका कामकारबाहीका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले नेपाल–भारतबीच भएको पारवहन सन्धिअनुसार सेवा प्रवाह बारेमा विस्तृत जानकारी लिनुभएको मन्त्री रिजालको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री रिजालले महावाणिज्य दूतावासबाट हुने सेवा प्रवाह प्रवाभकारी बनाउन निर्देशन दिनुभएको थियो । बिम्स्टेक व्यापार सम्मेलन यही जेठ ३०, ३१ र ३२ गते भारतको कोलकातामा हुँदैछ । नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवद्र्धनलगायत विषयमा मन्त्री रिजालले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुन मन्त्री रिजाल आइतबार भारत प्रस्थान गर्नुभएको थियो । 

रौतहटको लालबकैया नदीको पानी सात दशकयता पहिलोपटक सुक्यो

Image
रौतहट, २९ जेठ । सात दशकयता पहिलो पटक लालबकैया नदीको पानी सुकेको छ । प्रचण्ड गर्मी र सुक्खा यामको कारण रौतहटको मध्यभागस्थित लालबकैया नदीको पानी सुकेको देखिएको छ। जङ्गल क्षेत्र भन्दा उत्तरतर्पm जेजस्तो अवस्था रहे पनि जंगलासहीया घाटदेखि दक्षिण अर्थात कटहरिया नगर क्षेत्र र देवाही गोनाही मौलापुरघाट लालबकैया नदीमा सबै मौसममा पानीको बहाव हुने गरेको थियो। तर पछिल्लो केही दिनदेखि बढेको गर्मीसँगै कटहरिया घाटदेखि मौलापुर घाटसम्म लालबकैया नदीको पानी सुकेको हो। आफ्नो जीवनकालमा लाल बकैया कटहरिया घाटदेखि टिकुलिया मौलापुर घाटसम्म पानी सुकेको पहिलो पटक देखेको स्थानीय ७० वर्षीय पुनित यादवले  बताए। मावि कटहरियाका शिक्षक अचल  कुमार शाहीले पनि लालबकैया नदीको पानी सुक्नु सबैको लागि एउटा सन्देश भएको बताउँदै पानी बचाउ अभियानका लागि वृक्षारोपण गरी आउँदो पुस्ताको भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए । – साभारः रातोपाटी

वीरगंजबाट विभिन्न बन्दूकका १०२ राउण्ड गोली भेटिएको प्रहरीको दावी

Image
वीरगंज, २८ जेठ । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज महानगरपालिका–१० मा १०२ राउण्ड गोली बरामद भएको जनाएको छ । महानगरपालिकाको जेसिबीले सरसफाइ गर्ने क्रममा प्लाष्टिकको झोलाभित्र १०२ वटा गोली भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एसएलआरको ४ राउण्ड, ९ एमएमको ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, फेडरलको ८ राउण्ड, विन्चेस्टरको पाँच राउण्ड, सात एमएमको तीन राउण्ड, बिग्रेको खोका चार राउण्ड गरी १०२ थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।      

बारामा इनार सफा गर्ने क्रममा पेस्तोल भेटियो

Image
बारा २८ जेठ । बाराको फेटा गाउँपालिका–३ स्थित इनार सफा गर्ने क्रममा एक थान पेस्तोल भेटिएको छ । इनार सफा गर्ने सफाइकर्मीले पेस्तोल भेटाएपछि सीमा प्रहरी चौकी छतवालाई जानकारी गराएको थियो । सई राजन थापाले पेस्तोल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए । उनका अनुसार पेस्तोल घरेलु कट्टा रहेको बताइएको छ ।