Posts

Showing posts from May, 2022

चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

Image
वीरगंज, १६ जेठ ।  जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकल चोरी गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२४ निवासी २२ वर्षीय सुनिल यादव  र वीरगंज–१७ निवासी १९ वर्षीय राहुल यादव रहेको जिप्रका, पर्साले जनाएको छ ।  २०७९।०२।१४ गते वीरगञ्ज महानगरपालिका वडा नं. १७ बस्ने रामबिर सहनीको ना.२४ प १२१८ नम्बरको डिस्कभर मोटरसाइकल घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएको प्रहरीले जनाएको छ । सिर्सियामा प्रहरीले चेकजाँच गर्ने क्रममा जेठ १५ गते साँझतिर आइसिपीतिर जाँदै गरेको यादवद्वयलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।  पक्राउ परेका यादवद्वयमाथि चोरी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

युवतीलाई पटक–पटक बलात्कार गरेको घटनामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

Image
वीरगंज, १६ जेठ । वीरगंजमा एक युवतीलाइ विहेको प्रलोभन दिइ पटक पटक जबरजस्ती करणी गरेको घटनामा संलग्नमा ३ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरड्ढो कटहरी गाँउपालिका ४ घर भइ हाल वीरगंज ८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरज साह, जुम्लाको हेमा गाउँपालिका ३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका १० घर भइ हाल वीरगंज १६ मा बस्ने ४२ वर्षीय लक्ष्मी बुढाथोकी कार्की रहेका छन् । प्रहरीका अनुसार, काठमाण्डौकी २५ वर्षीया युवतीलाइ साहले विवाह गर्ने प्रलोभन दिएर जेठ ५ गते वीरगंजमा बोलाएर बसपार्क स्थित एक होटलमा लगी पटकपटक करणी गरेपपछि वीरगंज–१६ स्थित कार्की होटलकी सञ्चालिका लक्ष्मीको जिम्मा लगाई फरार भएका थिए । त्यसपछि जेठ १० गते लक्ष्मीले ती पीडिता युवतीलाइ विहे गर्छ भन्ने प्रलोभन दिइ वीरगंज १६ फुलवारी टोलमा डेरा गरी बस्ने योगीको साथमा पठाएकी थिइन् । तर योगीले पनि ती युवतीलाइ आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेर कोठामै थुनेर राखेका थिए । जेठ १४ गते राति ती युवती कोहि नभएको मौका छोपेर त्यहाबाट भागेर आफन्तको सम्पर्क...

how to write youtube agreement letter in nepali

Image
सहमतिपत्र मितिः २०७९/ यस वृत्तचित्र निर्माण संस्थासँग (संस्थाको नामः ..........................................................) कुनै पनि विषय वस्तुको वृत्तचित्र निर्माण गर्न मेरो सम्पूर्ण क्रियाकलाप, अडियो, भिडियो खिच्नको लागि मेरो नाम ः ..............................................ठेगानाः .............................................. बाजेको नामः .................................................... ठेगानाः ............................................... बुबाको नामः ................................................... ठेगानाः ............................................. राखी मैले गरेको क्रियाकलापको वृत्तचित्र निर्माण गर्न दिन यस संस्थासँग पूर्णरुपमा सहमति बनाएको छु ।  यदि मलाई कुनै किसिमको बदनाम वा नराम्रो व्यवहार नहुने खण्डमा यस संस्थासँग सहमति र मलाई भविष्यमा राम्रो व्यवस्थापन र समाजमा अपहेलित नहुने खण्डमा वृत्तचित्र निर्माणको लागि सहमति रहेको छ, यदि कुनै कारणवश मैले यस वृत्तचित्रमा राखिएको दृश्य र शब्दमा आपत्तिजनक भएमा मैले र मेरो घर परिवारले कुनै पनि न्यायलयमा उजूरब...

९ लाखसहित भारतीय नागरिक पक्राउ

Image
वीरगंज, १२ जेठ । जिल्ला प्रहरी कार्यालय, पर्साले नौ लाख पचास हजार रकमसहित हुण्डी कारोवार गर्ने अभियोगमा १ जनालाई पक्राउ गरेको छ ।    २०७९।०२।११ गते प्रहरी चौकी ईनर्वा पर्साले वीरगंज म.न.पा.वडा नं.१६ शंकराचार्य गेटबाट भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकलमा सवार भारत विहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी वडा नं.४ बस्ने वर्ष ४१ को संजय रामलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।   उनले हरियो प्लाष्टिकको झोलाभित्र लुकाई छिपाई राखेको श्रोत नखुलेको रू.नौ लाख पचास हजार बरामद प्रहरीले जनाएको छ । रामलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिप्रका, पर्साले जनाएको छ ।

वीरगंजका मेयर सिंहलगायत निर्वाचित जनप्रतिनिधिद्वारा नगरवासीबीच शपथ ग्रहण

Image
वीरगंज,१२ जेठ । वीरगंज महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले पद तथा गोपनियतको सपथ लिएका छन् । बिहीवार वीरगंजको पुरानो बसपार्क परिसरमा आयोजित खुल्ला समारोहमा नगवरवासीको बिचमा नवनिर्वाचित नगरप्रमुख सिंहले प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनियतको शपथ लिएका हुन् । त्यसपछि कार्यक्रममा नवनिर्वाचित उपमेयर इम्तियाज आलम र ३२ वटै वडाका वडाअध्यक्ष र वडा सदस्यले शपथ लिएका थिए । कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चछलराज पाण्डेको अध्यक्षतामा भएको समारोहमा पुर्व उपप्रधानमन्त्री एंव जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत,प्रदेशका मन्त्री ओम प्रकाश शर्मा, प्रतिनिधीस्भा सदस्यहरू, प्रदेशसभा सदस्यहरू, राजनीतिक दलका जिल्ला अध्यक्षहरू, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू,सरकारी कार्यालयका प्रमुखका साथै वीरगंजवासीको उल्लेख्य संख्यामा सहभागीता थियो । वीरगंज महानगरमा मेयर गठबन्धनबाट जसपाका सिंह, उपमेयर काङग्रेसका आलम निर्वाचित भएका हुन् । यस्तै महानगरका ३२ वटा वडा मध्ये जसपाले १३, कांग्रे...

वडाबाट टोलबाटै गाउं, प्रदेश र देशको विकास शुरु हुन्छ– छिपहरमाई गापा– ३ का वडाध्यक्ष

Image
वीरगंज, ११ जेठ । वडाध्यक्ष दीपेन्द्र सिंहले गाउंको समस्या नै आफ्नो घरको समस्या भएकोले वडाबाटै गाउंको विकास गर्ने बताएका छन् । गाउँँ कार्यपालिकाको कार्यालय भिस्वामा भएको सपथ ग्रहण पश्चात वडा कार्यालय जयमंगलापुरमा पुगेर वडाध्यक्ष दिपेन्द्रले पदभार ग्रहण गरेका थिए । नेपाली कांग्रेस पर्साका सहसचिव नविन सिंहले वडा कार्यालयको  उदघाटन गरेका थिए । छिपहरमाई गाउँँपालिका वडा नं. ३ का वडाध्यक्ष दीपेन्द्र सिंहले बुधवार पदभार ग्रहण कार्यक्रममा बोल्दै सिंहले वडाबाटै गाउं–टोल, समाज, प्रदेश र देशको विकास हुनुपर्ने विचार राखे । कांग्रेसबाट नै वडाध्यक्षमा निर्वाचित दिपेन्द्रलाई गाउँँपालिका अध्यक्षका उम्मेदवार समेत रहेका सह सचिव सिंहले फुल माला र अविरको टिका लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए । नेकाका सहसचिव सिंहले वडाबासीको चाहना अनुसार काम गर्न वडाध्यक्षलाई आग्रह गरे । उनले वडाबासीको समस्याको पहिचान गरी सोही अनुसारको प्राथमिकता निर्धारण गरेर काम गर्नु पर्ने सुझाए । उम्मेदवार सिंहले सबै मिलेर गाउँँपालिका विकास गर्नु पर्ने वताए । सधै जनताको सेवामा रहने वताउँदै सिंहले सबै मिलेर नमु...

छिपहरमाई गापा–४ का वडाध्यक्ष रामेश्वर महतोद्धारा पदभार ग्रहण

Image
वीरगंज, ११ जेठ । छिपहरमाई गाउँँपालिका वडा नम्बर ४  नेपाली काङग्रेसका नव निर्वाचित वडा अध्यक्ष रामेश्वर महतोले बुधवार पदभार ग्रहण गरेका थिए ।  कार्यक्रममा नवनिर्वाचित वडाध्यक्षलाई नेपाली कांग्रेसका नेता नवीन सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए । 

छिपहरमाई गापाका उपप्रमुख लीलावतीदेवीद्वारा कार्यभार ग्रहण

Image
वीरगंज, ११ जेठ ।  छिपहरमाई गाउँँपालिकाको उप–प्रमुखमा विजयी हुनु भएकी नेपाली कांग्रेसबाट लिलावति देवी कानु  कार्यभार सम्हालेका छन् । आज एक कार्यक्रमबीच उनले कार्यभार सम्हालेका हुन् ।  कार्यक्रममा नवनिर्वाचित वडाध्यक्षलाई नेपाली कांग्रेसका नेता नवीन सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए । 

छिपहरमाई गापा–३ का अध्यक्ष दिपेन्द्र सिंहद्वारा पदभार ग्रहण, वडा कार्यालयको उद्घाटन

Image
वीरगंज, ११ जेठ ।  छिपहरमाई गाउँँपालिकाको वडा नम्बर ३  मा विजयी हुनु भएको नेपाली कांग्रेसबाट दिपेन्द्र सिंहले आज कार्यभार सम्हालेका छन् ।  वडा कार्यालयको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता नविन सिंहले वडाध्यक्ष दिपेन्द्र सिंहको कार्यकाल सफलताको कामना गरे । 

‘लकडाउन’ मा यसरी राख्नुहोस् आफ्नो सामसङ स्मार्टफोन

काठमाडौं । हरेक एन्ड्रोइड डिभाइसहरूमा सुरक्षा दिन लक स्क्रिन फिचर उपलब्ध हुन्छ । धेरैजसो अवस्थामा फोनमा उपलब्ध तिनै सुरक्षाका उपाय पर्याप्त हुन्छन् । तर, विशेष परिस्थितिमा तपाईँलाई थप सुरक्षाका उपाय समेत आवश्यक पर्न सक्छन् । त्यस्तो अवस्थामा लकडाउन फिचर तपाईँका लागि उपयुक्त हुनसक्छ । यो फिचर सबै फोनमा उपलब्ध नहुन सक्छ । यदि तपाईँ सामसङ वा यो फिचर सपोर्ट गर्ने अन्य फोन प्रयोग गर्नुहुन्छ भने तपाईँले यो फिचरको अनुभव गर्न सक्नुहुन्छ ।   एन्ड्रोइडमा भएको लकडाउन मोड के हो? हामीमध्ये धेरै ‘लकडाउन’ शब्दसँग परिचित नै छौँ । कोभिड महामारीपछि यो शब्द आमनागरिकको बोलिचालीको शब्द बनेको थियो । एन्ड्रोइडमा भएको ‘लकडाउन’ मोड विशेषगरी सुरक्षामा केन्द्रित छ । फोनमा हुने सबै सुरक्षाका उपाय पर्याप्त नहुन सक्छन् । उदाहरणका लागि एन्ड्रोइड फोनमा अलिकति केही उपाय अपनाउने हो भने फेस अनलकलाई सजिलै झुक्याउन सकिन्छ । त्यस्तै तपाईँहरूसँग केही त्यस्ता ब्लुटुथ डिभाइस हुन सक्छन्, जसले फोनलाई सहजै अनलक गरिदिन सक्छन् । त्यसैले एन्ड्रोइडमा पिन, प्याटर्न वा पासवर्ड बढी सुरक्षित मानिन्छन् । यदि तपाईँले आफ्नो फोनलाई...

स्मार्ट टिभीका लागि सामसङको उपयोगी साउन्डबार

Image
काठमाडाैं । स्मार्ट टिभी हेर्दा आकर्षक हुन्छ । जति धेरै स्लिम र बेजललेस भयो उति नै हाम्रो मन जित्छ । यस्ता टिभीको पिक्चर क्वालिटी र रेजाेलुसनमा खासै खोट लगाउने ठाउँ हुँदैन । एउटै कमजोरी भनेको साउन्डमा हुन्छ । टिभी पातलो हुने भएकाले यस्ता टिभीमा ठूलो स्पिकर राख्ने ठाउँको अभाव हुन्छ । त्यसैले स्तरीय पिक्चर क्वालिटीसँगै गुणस्तरीय अडियो सुन्नका लागि टिभीसँगै साउन्डबार किन्नु अनिवार्य बनिसकेको छ । हामीले केही समयअघि सामसङको टिभी लिएका थियौं । त्यसको रिभ्यु पनि गरिसकेका छौं । ६५ इन्चको यो टिभीको पिक्चर क्वालिटी जति बबाल छ, साउन्डले चाहिँ खासै सन्तुष्टि दिएको थिएन । त्यसैले टिभीमा मुभी, म्युजिक भिडिओ हेर्दा वा गेम खेल्दा अथवा मस्तले गीत बजाएर रमाइलो गर्नका लागि साउन्डबारको आवश्यकता महसुस भयो । आज म टेकपानकाे कार्यालयमा आएकाे सामसङकै बजेट साउन्डबार HW A450 2.1 Soundbar को रिभ्यु गर्दैछु । टिभीको स्पिकरबाट यो साउन्डबारमा शिफ्ट हुने बित्तिकै यसले छुट्टै आभास दिन्छ । बल्ल टिभी सुहाउँदो आवाज सुनिएको महसुस गराउँछ । भन्नुको मतलब स्मार्ट टिभी किनिसकेपछि एउटा साउन्डबारबार त किन्नैपर्ने रहेछ जस्तो...

बजारमा २०० मेगापेक्सेलको मोटोरोला फोन आउँदै

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको मोटोरोलाको नयाँ फ्ल्यागशिप फोन सार्वजनिक हुने मिति बाहिरिएकाे छ । कम्पनीले २०० मेगापिक्सेल मुख्य क्यामेरा सहितको ‘माेटाेराेला फ्रन्टियर’ स्मार्टफोन यही जुलाईमा सार्वजनिक गर्ने घोषणा गरेको हो । गत वर्षदेखि चर्चामा रहेको यो फोन अहिलेसम्मकै धेरै चर्चा पाउने मोटोरोलाको फोन हो । यो फोनको मुख्य आकर्षण यसको क्यामेरा सेटअप हो । २०० मेगापिक्सेलको मुख्य क्यामेरा सहित फोनमा एटके (8K) भिडिओ रेकर्डिङ सुविधा उपलब्ध गराइएको छ । स्न्यापड्रागन ८ जेन १ चिपसेटमा आधारित हुने यो फोनमा १४४ हर्जको रिफ्रेस रेट सहितको ६.६७ इन्चको डिस्प्ले हुने बताइएको छ । यो फोन ८ जीबी र्‍यामसहित १२८ जीबी स्टोरेज र १२ जीबी र्‍याम सहित २५८ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध हुनेछ । फोनमा १२५ वाटको वायर तथा वायरलेस चार्जिङ सपोर्ट भएको ४५०० एमएएचको ब्याट्री उपलब्ध हुनेछ । from Tech News Nepal https://ift.tt/dxOagQt via IFTTT

कुन फोन चलाउँछन् बिल गेट्स ?

काठमाडौं । संसारमा चर्चित व्यक्तिहरूको निजी जिन्दगीबारे हामी धेरैलाई चासो हुन्छ । केही समय अगाडिसम्म विश्वकै धनाढ्य व्यक्तिको रुपमा चर्चित माइक्रोसफ्टका संस्थापक बिल गेट्स आज पनि उत्तिकै चर्चित छन् । उनको व्यक्तिगत कुरा जान्न मानिसहरू निकै इच्छुक हुन्छन् । हालैमात्र गेट्सले आफूले प्रयोग गर्ने स्मार्टफोनबारे खुलासा गरेका छन् । सामान्यतया धनी मान्छेहरूले एप्पलका उत्पादन प्रयोग गर्छन् भन्ने सोचाइ छ । यद्यपि गेट्सको सन्दर्भमा भने यस्तो छैन । वास्तवमा न उनी आईफोन बोक्छन् न त माइक्रोसफ्टको फोल्डेबल फोन ‘सर्फेस डुओ’ नै प्रयोग गर्छन् । गत हप्ता आयोजित रेडडिट आस्क मी एनिथिङ नामक एक कार्यक्रममा बिल गेट्सले आफूले प्रयोग गर्ने स्मार्टफोनको विषयमा बोलेका छन् । उनी अहिले कोरियाली कम्पनी सामसङको स्मार्टफोन प्रयोग गर्छन् । गेट्सले हाल सन् २०२१ मा कम्पनीले सार्वजनिक गरेको फोल्ड गर्न मिल्ने स्मार्टफोन सामसङ ग्यालेक्सी फोल्ड थ्री प्रयोग गरिरहेका छन् । यो फोनलाई उनले कम्प्युटर र मोबाइल दुवैको रुपमा काम गर्न सक्ने भएको कारण सामसङको यो मोडेल प्रयोग गरिरहेको उनले बताएका थिए । केही समयअगाडि क्लब हाउससँ...

डिएक्सओमार्कको ब्याट्री परीक्षणमा रियलमी जिटी नियो थ्रि सबैभन्दा अघि

Image
काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ स्मार्टफोन जिटी थ्रिमा प्रयोग भएको ब्याट्री प्रविधि सबैभन्दा उत्कृष्ट सावित भएको छ । स्मार्टफोमा प्रयोग हुने ब्याट्रीको परिक्षण गर्ने संस्था ‘डिएक्सओमार्क’ को पछिल्लो प्रतिवेदन अनुसार रियलमी जिटी नियो थ्रि ब्याट्रीमा सबैभन्दा अब्बल सावित भएको हो । रियलमी जिटी नियो थ्रिमा १५० वाटको अल्ट्राडार्ट चार्जिङ सिस्टम प्रयोगमा ल्याइएको छ । जसको मद्दतले जिरो देखि ५० प्रतिशत ब्याट्री चार्ज हुनेका लागि केबल ५ मिनेट लाग्ने जनाइएको छ । यो हिसाबले डिएक्सओमार्कले चार्जिङ समयका आधारमा नियो थ्रिलाई १२१ चार्जिङ सव–स्कोर प्राप्त गरेको छ । जुन अन्य स्मार्टफोनको तुलनमा बढी हो । डिएक्सओमार्कका अनुसार जिटी नियो थ्रि र एप्पल आईफोन १३ प्रो म्याक्स क्रमशः १२१ र ७३ चार्जिङ सव–स्कोर प्राप्त गरेको छ । प्रभावशाली चार्जिङ स्पीडका साथै सुरक्षा र स्थायित्वका पक्षहरू पनि रियलमी जिटी नियो थ्रि अघि रहेको जनाइएको छ ।  from Tech News Nepal https://ift.tt/jn7m4VB via IFTTT

पर्सा र बाराका निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरे

Image
वीरगंज, ९ जेठ । पर्साका १४ पालिका मध्ये निर्वाचन नजिता आइसकेको १३ वटा पालिकाका नवनिर्वाचित पालिका प्रमुखहरूले आज सपथ ग्रहण गरेका छन् । सोमवार पर्साको जिल्ला समन्वय समितिको सभा हलमा नवनिर्वाचित पालिका प्रमुखहरूले सपथ ग्रहन गरेका छन् । बारामा निर्वाचित पालिका प्रमुखले लिए सपथ बाराको स्थानीय तहमा निर्वाचित पालिका प्रमुखले आइतवार सपथ लिएका छन् । जिल्ला न्यायधीश एवम् मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकाको प्रमुख तथा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाएका हुन् । कलैयास्थित जिल्ला अदालतमा आयोजित कार्यक्रममा मतगणना सम्पन्न भएको जिल्लाको १५ वटा स्थानीय तहमध्ये १० पालिकाका प्रमुख उपस्थित थिए । उपस्थित प्रमुख तथा अध्यक्षलाई सपथ गराउँदै रेग्मीले जनताको सेवामा समर्पित हुन सुझाव दिए । कार्यक्रममा गृह मन्त्रालयबाट खटिएको केन्द्रीय टोलीका प्रतिनिधिसहित बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई, जिल्ला निर्वाचन अधिकारी सरोज चौधरी, सुरक्षा निकायका प्रमुख, विभिन्न पालिकामा खटिएका निर्वाचन अधिकृतलगायतको उ...

अक्टोबरबाट पुराना आईफोनमा सपोर्ट बन्दै गर्दै ह्वाट्सएप

काठमाडौं । यदि तपाईं अझै पनि आईफोन ५ अथवा ५सी प्रयोगकर्ता हो र त्यसमा ह्वाट्सएप प्रयोग गर्दै हुनुहुन्छ भने ह्वाट्सएपले आगामी महिनाबाट त्यस्ता फोनमा सपोर्ट बन्द गर्ने भएको छ । ह्वाट्सएपको बेटाबारे जानकारी दिने संस्था वाबेटाइन्फोका अनुसार कम्पनीले आईओएस १० र आईओएस ११ मा आधारित फोनमा सपोर्ट बन्द गर्ने तयारी गरेको हो । यो हिसाबले आईफोन ५ अथवा ५सीका प्रयोगकर्ता प्रभावित हुने जनाइएको छ । किन भने आईफोन ५ अथवा ५सीले आईफोन १२ तथा त्यो भन्दा पछिका आईओएस भर्सन सपोर्ट गर्न सक्दैन । यसको अर्थ यी दुई डिभाइसले आउने महिनाबाट सेक्युरिटी लगायतका कुनै पनि अपडेट प्राप्त गर्ने छैनन् । वाबेटाइन्फोलाई प्राप्त नोटिफिकेशन अनुसार आईओएस ११ मा आउँदो अक्टोबर २४ बाट सपोर्ट बन्द हुनेछ । यसको अर्थ यदि तपाईं आईफोन ५ अथवा ५सी प्रयोगकर्ताको हो र ह्वाट्सएप तपाईंको प्रमुख म्यासेजिङ एपमा पर्छ भने कम्पनीले सपोर्ट बन्द गर्नु पूर्व अर्को डिभाइस प्रयोग गर्नुको अर्को विकल्प रहँदैन् ।  from Tech News Nepal https://ift.tt/2vbyN0D via IFTTT

नेपाल भित्रियो क्रुजरको पहिलो इलेक्ट्रिक बाइक, मूल्य ४ लाख ३५ हजार

काठमाडौँ । नेपालमा विद्युतीय क्रुजर बाइक ‘कोमाकी रेन्जर’ भित्रिएको छ । पछिल्लो समय विद्युतीय स्कुटर र बाइक बिक्री गर्दै आएको कोमाकी रेन्जरका लागि नेपालको आधिकारिक बिक्रेता युनिटी ट्रेडिङ कन्सर्नले यो बाइक नेपाल ल्याएको हो । चार हजार वाटको मोटर र ८० एम्पिएरको कन्ट्रोलर राखिएको बाइकमा ७२ भोल्ट ५० एमएएच क्षमताको लिथियम आयन ब्याट्री छ । एक पटकको फुल चार्ज गर्न पाँचदेखि छ घण्टा लाग्ने यो बाइक १५० देखि १८० किलोमिटरसम्म गुड्ने कम्पनीले दावी गरेको छ । यो बाइकमा डबल डिस्क ब्रेक, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, रिमोटबाटै बाइक लक गर्न सकिने सुविधा, सेल्फ डायग्नोसिस, टेलिस्कोप सकर जस्ता अत्याधुनिक फिचर रहेका छन् । साथै, यसमा एन्टी थेफ्ट लक, अपराइड राइडिङ पोजिसन, प्यासेन्जर सिट, स्याडलब्याग्स, फोर्क माउन्टेड फेयरिङ र साइड स्ट्यान्ड सेन्सर जस्ता फिचर पनि उपलब्ध रहेका छन् । कम्पनीले चैत महिनामा यो बाइकको प्रि-बुकिङ खुल्ला गरेको थियो । बुक भएका बाइक भने यो साताभित्र ग्राहकलाई हस्तान्तरण गर्ने योजना भएको कम्पनीले जानकारी दिएको छ । इको, कम्फर्ट, स्पोर्ट्स एन्ड टर्बो गरी विभिन्न मोडमा उपलब्ध यो बाइक भार...

क्यामेराका लागि साओमीको लाइकासँग सहकार्य, आउँदो जुलाईमा नयाँ स्मार्टफोन आउने

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले चर्चित जर्मनी क्यामेरा ब्याण्ड लाइकासँग सहकार्य गरेको छ । यो सँगै कम्पनीले आउँदा जुलाईमा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने जानकारी दिएको छ । सम्भवतः साओमी १२ अल्ट्राको रुपमा सार्वजनिक हुने फोनमा लाइकाको क्यामेरा प्रविधि हुनेछ । जसले प्रयोगकर्तालाई हाल बजारमा उपलब्ध फ्ल्यागसिप स्मार्टफोन साओमी १२ प्रोमा उपलब्ध भन्दा परिष्कृत क्यामेरा अनुभव प्रदान गर्ने जनाइएको छ । हुन त कम्पनीले लाइकासँगको सहकार्यमा आउने फोनको नाम खुलाएको छैन् । यसरी क्यामेराको लागि लाइकासँग सहकार्य गर्ने साओमी पहिलो कम्पनी भने होइन् । यसअघि भीमोले लाइकासँग यही खालको सम्झौता गरिसकेको छ । भने, अन्य प्रतिस्पर्धी ब्राण्ड ओप्पो, वानप्लस लगाएका ब्राण्डले स्विडिस क्यामेरा निर्माता ह्यासलब्लेड सँग सहकार्य गरेका छन् । स्मार्टफोन कम्पनीका लागि यसरी क्यामेरा ब्राण्डसँग सहकार्य गर्नु आफूलाई बजारमा थप प्रभावकारी बनाउनु पनि हो । साओमीले पनि लाइकासँगको सहकार्यमार्फत सोही उपलब्धि हासिल गर्ने योजना बनाएको हो । यसअघि ह्वावेले लाइकासँगको सहकार्यमा फ्ल्यागसिप स्मार्टफोन पी सिरिज र मेट सिरिजला...

समुन्द्र सतहमा बिछ्याइएको इन्टरनेट केबलले भूकम्प र सुनामी पहिचान गर्नसक्ने

काठमाडौ । समुन्द्रभित्र बिछ्याइएको इन्टरनेट केबल भूकम्प पत्ता लगाउन प्रयोगमा ल्याउन सकिने देखिएको छ । बेलायतको नेसनल फिजिकल ल्याबाेरेटरी (एनपीएल) ले गरेको एक अध्ययनले भूकम्पका साथै सुनामी पहिचानका लागि यस्ताे केबल उपयुक्त हुने औंल्याएको हो । यसका लागि वैज्ञानिकहरुले बेलायत र क्यानडाबीचमा बिछ्याइएको फाइबर लिंकमा अध्ययन गरेका थिए । अध्ययनमा गुगल, ब्रिटिश जियोलजिकल सर्भे लगायतका संस्था पनि सहभागी थिए । उक्त अध्ययन प्रतिवेदन ‘साइन्स म्यागजित’ मा प्रकाशित भएको छ । प्रतिवेदन अनुसार पाँच हजार ८६० किलोमिटरमा लामो फाइबरमा भएको परीक्षणले समुन्द्र सतहमा आएको भूकम्प र सुनामी पहिचान गर्न सफल भएको बताइएको छ । त्यतिमात्रै नभएर जलवायु परिवर्तनका कारण समुन्द्रमा आउने परिवर्तनलाई समेत फाइबरमार्फत पहिचान गर्न सकिने जनाइएको छ । त्यसका लागि वैज्ञानिकहरुले केबललाई रिपिटर डिभाइसमा रोखेर परीक्षण गरेका थिए । जुन प्रभावकारी भएको जनाइएको छ । यो प्रक्रियालाई ठूलाे मात्रामा रहेको फाइबर लिंकमा प्रयोग गर्न सकिने उनीहरुको दावी छ । त्यो भएको खण्डमा भूकम्प, सुमन्द्रको करेन्ट लगायतका धेरै विषय पत्ता लगाउन सकिन्छ । ...

अपाङ्गता भएका व्यक्तिलाई सुबिसुको रोजगारी

Image
काठमाडौं । पछिल्लो समय अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण धेरै सकारात्मक बन्दै गएको छ । तर अझै पनि अपाङ्गता भएका व्यक्तिले विभिन्न क्षेत्रमा चुनौती भोग्दै आएका छन् । सामान्य अवस्थामा पनि दैनिक जीवनयापन गर्न कठिनाइ भोग्दै आएका अपाङ्गता भएका व्यक्तिहरू विशेषगरी रोजगारी पाउनबाट वञ्चित हुने गरेका छन् । साथै पर्याप्त मात्रामा अपाङ्गमैत्री पूर्वाधार निर्माण नहुनाले पनि त्यस्ता व्यक्तिलाई थप कठिनाइ हुने गरेको छ । प्रविधिको विकास हुने क्रमसँगै धेरै कुरा स्मार्ट बन्दै गइरहेका छन् । हाम्रो दैनिकी पनि त्यसैमा अभ्यस्त भइरहेको छ। शिक्षण सिकाइ सरल बनाई पठनपाठनमा सहजता ल्याउने, अफिसको काम घरबाटै गर्न सकिने, एक ठाउँदेखि अर्को ठाउँसम्म सहजै सूचना प्रवाह गर्न सकिने सँगै पछिल्लो समय रोजगारी पनि इन्टरनेट वा प्रविधिको प्रयोगबाट गर्न सकिने कारणले प्रविधि अहिलेको आधारभूत आवश्यकता बन्दै गएको छ । अपाङ्गता भएका व्यक्तिहरूले सामान्य अवस्थामा पनि आधारभूत सुविधाविना बाँच्नु परिरहेको छ। त्यस्तैमा केबल तथा इन्टरनेट सेवा प्रदायक सुबिसुले अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकताका साथ अवसर प्रदान गरिरहेकाे ...

खल्तीको नयाँ अफर, ५० रुपैयाँमा वनप्लस १० प्रो जित्ने मौका

Image
काठमाडौं । खल्ती डिजिटल वालेटले नयाँ योजना ल्याएको छ । यसअन्तर्गत खल्तीबाट कुनै पनि नम्बरमा ५० रूपैयाँ रिचार्ज गर्दा एक भाग्यशाली ग्राहकले वनप्लस १० प्रो जित्नसक्ने कम्पनीले जनाएको छ । जेठ २१ सम्म चल्ने यो योजनामा खल्तीका केवाईसी भेरिफाइड ग्राहक सहभागी हुनसक्ने छन् । खल्ती एप खोल्दा होमस्क्रिनमा ५० रूपैयाँ टपअपमा वनप्लस १० प्रो नामक अफर देख्न सकिन्छ । त्यहाँ ट्याप गरेपछि यो अफरबारे विस्तृत जानकारी पाउन सकिन्छ । from Tech News Nepal https://ift.tt/tNRMBjF via IFTTT

टाइप-सी पोर्टबाट के के काम गर्न सकिन्छ ?

काठमाडौं । चार्जिङ पोर्ट समयानुसार परिमार्जित हुँदै आएको छ । विगतमा हरेक मोबाइल ब्राण्डले आफ्नै शैलीका चार्जिङ पोर्ट ल्याउने गर्थे । अहिले सबैजसो ब्राण्डले समान किसिमको चार्जिङ पोर्ट उपलब्ध गराउन थालेका छन् । विभिन्न फोन टाइप-सी चार्जिङ पोर्टमा रूपान्तरण भइरहेका छन् । अरूभन्दा भिन्नै चार्जिङ पोर्ट (लाइटनिङ पोर्ट) भएको एप्पल पनि टाइप-सी पोर्टमा काम गरिरहेकाे छ । अहिले प्रायः सबै फोनमा टाइप-सी चार्जिङ पोर्ट आएको हुन्छ । २०१५ मा बजारमा आएको टाइप-सी पोर्ट विशेषगरी एन्ड्रोइड स्मार्टफोनमा चार्ज गर्न वा डेटा ट्रान्सफर गर्न प्रयोग गर्ने गरिन्थ्यो । यसका माध्यमबाट थप अन्य कामहरू गर्न सकिन्छ । टाइप-सी पोर्ट उल्टो वा सुल्टो दुवै तर्फबाट वा भनौँ १८० डिग्रीमा पर्योग गर्न सकिने भएकाले सहज हुने भएकाले धेरैको रोजाइमा पर्ने गर्छ । त्यसभन्दा पनि बढी यसका थुप्रै फाइदा हुने गर्छ । प्रायः टाइप-सी पोर्ट धेरैले कम्प्युटरमा डेटा ट्रान्सफर गर्न प्रयोग गरिएको हुन्छ । त्यसबाहेक अन्य के कुराका लागि टाइप-सि पोर्ट प्रयोग गर्न मिल्छ होला भन्ने जिज्ञासा हुन सक्छ । आज हामी टाइप-सी पोर्ट अन्य कुन प्रयोजनका लागि प्...

स्पेससुटबाट पानी चुहिएपछि अन्तरिक्ष बाहिर घुम्न रोक

काठमाडौं । अन्तरिक्षयात्रीहरूले प्रयोग गर्ने पोसाक अर्थात स्पेससुटमा खराबी आएपछि नासाले केही समयका लागि स्पेसवाकमा रोक लगाएको छ । अन्तरिक्षमा रहँदा अन्तरिक्षयात्रीहरू एक प्रकारको हेलमेट प्रयोग गरेर अन्तरिक्षयानबाट बाहिर गएर अन्तरिक्षमा डुल्ने गर्छन् । यही गतिविधिलाई स्पेसवाक भनिन्छ । अन्तरिक्षयात्रीहरूको हेलमेटभित्र पानी चुहावट हुने समस्या आएपछि नासाले यो समस्या समाधान नहुँदासम्म अन्तरिक्ष यात्रामा रोक लगाउने घोषणा गरेको हो । यही मार्चमा एक्स्ट्रा भेकुलर एक्टिभिटिज (EVA) को समयमा यो समस्या आएको थियो । स्पेसवाकको क्रममा हेलमेट पानीले भरिएको यो पहिलो पटक भने होइन । तर अन्तरिक्षयात्रीको लागि भने यो जीवन र मरणबीचको कुरा हो । इन्टरनेसनल स्पेस स्टेसन (आईएसएसमा) को यात्रामा प्रयोग हुने स्पेससुटहरू पुरानो भएकाले अब प्रयोग गर्न लायक नभएको नासाले जिकिर गरेको छ । नासाले अहिले प्रयोग गर्ने स्पेससुटहरू ४० वर्षभन्दा पुरानो भइसकेका छन् भने पूर्ण रूपमा कार्यात्मक स्पेस सुटहरू सकिँदै गएको देखिन्छ ।  from Tech News Nepal https://ift.tt/cCveYWO via IFTTT

यस्तो अवस्थामा टिकटकले बन्द गरिदिनसक्छ तपाईँको आईडी

काठमाडौं । अहिले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा भएको यौन हिंसाविरुद्ध आवाज उठिरहेको छ । पीडितले आफूले भोगेको यातना र आफ्नो पीडकको बारेको भिडि‌ओ टिकटकमार्फत सार्वजनिक गरेकी थिइन् । भिडिओ राखेको केही समयमा नै ती भिडिओ भाइरल हुन पुगे र अहिले यो सबैका लागि चर्चाको विषय बनेको छ । तर पीडितको टिकटक आईडी गत बुधबार राति कम्पनीको नियम उल्लङ्घन भएको भन्दै ‘ब्यान’ (प्रतिबन्ध) मा पर्‍यो । त्यसकै भोलिपल्ट अन्य केही प्रयोगकर्ताहरूलाई समेत टिकटक आईडी ‘ब्यान’ हुनसक्ने भन्दै ‘अकाउन्ट वार्निङ’ चेतावनी सहितको नोटिफिकेसन आएको थियो । यस्तोमा आखिर समय-समयमा किन यस्तो चेतावनी आउँछ भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो । धेरै प्रयोगकर्ताले टिकटकमा भिडिओ हाल्ने समयमा टिकटकको नियमहरूको ख्याल राखेको हुँदैन । कहिलेकाहीँ ठीकै लागिरहेको भिडिओहरू पनि टिकटकको नियम विपरीत हुनसक्छ ।  टिकटकमा भिडिओ किन स्वतः डिलिट हुन्छ ? टिकटकले एउटा अल्गोरिदम तयार पारेको छ, जसमा पोस्ट भएका हरेक भिडिओहरूको परीक्षण हुन्छ । यदि कुनै भिडिओ एडल्ट न्युडिटी (वयस्क नग्नता) र हिंसात्मक छ वा टिकटकको ग्राफिकसम्बन्धी नियम विपर...

नेपालमा एटीएम कार्ड विस्थापन गर्दै नेप्स

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले एटीएम कार्डको प्रयोगमा नयाँ अभ्यास सुरू गर्ने तयारी गरेकाे छ । एटीएम कार्डलाई भर्चुअल बनाउने तयारी भइरहेकाे नेप्सका प्रमुख कार्यकारी अधिकारी सञ्जिव सुब्बाले जानकारी दिए । यसपछि एटीएम कार्ड बोकेर हिँड्नुपर्ने बाध्यता हट्ने उनकाे भनाइ छ । ‘प्रयोगकर्ताले प्लास्टिकको एटीएम कार्ड बोक्न नपरोस् भनेर नयाँ अभ्यास सुरू गर्न लागेका हाैं । यसका लागि एटीएम कार्डलाई क्यूआर कोडमा परिवर्तन गर्ने तयारी भइरहेकाे छ,’ उनले भने । याे प्रणाली अन्तर्गत प्रयोगकर्ताले कार्डकाे सट्टा क्यूआर स्क्यान गरेर नै पैसा निकाल्न सक्नेछन् । योसँगै एटिएम कार्डमा पनि रोयल्टी पोइन्टको अभ्यास सुरु गर्न लागेको उनले बताए । हाल यो सेवा स्ट्यान्डर्ड चार्टड बैंकले आफ्नो क्रेडिट कार्डमा दिइरहेको छ । यसअन्तर्गत प्रयोगकर्ताले बैंकको कार्डबाट भुक्तानी गरेवापत केही पोइन्टहरू पाउनेछन्, जुन पोइन्टलाई पछि अन्य सेवा वा भुक्तानीका लागि पैसासरह नै प्रयोग गर्न सकिनेछ । डिजिटल वालेटहरुले हाल यस्ताे सेवा दिइरहेका छन् । यद्यपि अब भने एटीएम कार्डको प्रयोगमा पनि यो सहुलियत दिने उनले बताए...

चार्जर उपलब्ध नगराएको भन्दै सामसङलाई कारबाही गर्ने तयारी

काठमाडौं । सामसङले आफ्नो फ्ल्यागशिप फोनको रिटेल प्याकेजहरूबाट चार्जर हटाएको भन्दै ब्राजिलका उपभोक्ता समूहहरूले कम्पनीविरुद्ध कानूनी कारबाही सुरु गरेका छन् । यसअघि ब्राजिलको अदालतले एप्पललाई पनि आईफोन १२ मा चार्जर उपलब्ध नगराएको भन्दै जरिवाना तिराउने निर्णय लिएको थियो । सामसङले गत वर्षदेखि ग्यालेक्सी एस२१ को आफ्नो फ्ल्यागशिप सिरिजका स्मार्टफोनमा चार्जर उपलब्ध गराउन बन्द गरेको थियो । सामसङ र एप्पल दुवैले यसो गर्नुमा वातावरणीय कारण देखाउँदै आएका छन् । तर कम्पनीहरुको यो निर्णयले ग्राहक भने खुसी छैनन् । ब्राजिलको न्याय मन्त्रालयका अनुसार ९०० भन्दा बढी उपभोक्तासम्बन्धी विभागहरूले सामसङ र एप्पलविरुद्ध कानूनी कारबाही गर्नसक्छन् । यी विभागको प्रस्तावअनुसार कम्पनीहरूलाई प्रतिबन्ध लगाउनुअगाडि नै कम्पनीहरूले आफ्नो निर्णय परिवर्तन गर्नुपर्नेछ । ब्राजिलले यसअघि नै सोही विषयलाई लिएर जरिवाना पनि तिराइसकेको छ । सामसङले हाल आफ्ना फ्ल्यागशिप फोनबाहेक अन्य मोडेलका फोनमा भने चार्जर उपलब्ध गराउँदै आएको छ । from Tech News Nepal https://ift.tt/fc23YGN via IFTTT

वनप्लस स्मार्टफोन किन्न चाहनुहुन्छ ? यस्तो छ पछिल्लो मूल्य सूची

काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्राण्ड वनप्लसका विभिन्न मोडलका स्मार्टफोन उपलब्ध छन् । कम्पनीले विशेषगरी हाई-ईन्ड र मिडरेन्ज सेगमेन्टका स्मार्टफोन ल्याउने गर्छ । यद्यपि नेपाली बजारमा केही बजेट फोन उपलब्ध छन् । हाल कम्पनीले २३ हजार रुपैयाँदेखि एक लाख ३५ हजार रुपैयाँसम्मका फोन बिक्री गरिरहेको छ । केही साताअघि वनप्लसले नेपाली प्रयोगकर्ताका लागि नोर्ड सीई टु लाइट फाइभजी स्मार्टफोन सार्वजनिक गरेको थियो । यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहित ६.५९ ईन्चको आईपीएस एलसीडी डिस्प्ले छ । स्न्यापड्रागन ६९५ चिपसेट रहेको फोन अक्सिजन ओएस १२.१ मा आधारित एन्ड्रोइड १२ मा चल्छ । नेपालमा यो फोन ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, २, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र डेप्थ सेन्सर रहेका छन् । सेल्फी पारखीका लागि १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ । त्यस्तै कम्पनीले ३३ वाट सुपरभोक फास्ट चार्जिङ सहित ५००० एमएएचको ब्याट्री दिएको छ । यसैबीच हामीले नेपाली बजारमा उपलब्ध वनप्लस स्मार्टफोनहरूको पछिल्लो मूल्यसूची प्रस्तुत गरेका छौं । Model ...

ट्रुकलरमा यसरी ब्लक गर्नुहोस् स्पाम कल

काठमाडौं । हामीमध्ये धेरैको फोनमा स्पाम कल बेलाबेलामा आइरहेको हुन्छ । नेपालको सन्दर्भमा भने कुनै व्यक्तिले ई-सेवा, खल्ती वा बैङ्कबाट बोलेको भन्दै सर्वसाधारणको फोनमा आएको ओटीपी कोड लिएर ठगी गरेका घटना सुनिरहेका हुन्छाैं । यदि तपाईं ट्रुकलर प्रयोगकर्ता हुनुहुन्छ र त्यसमा आउने स्पाम कललाई ब्लक गर्न चाहनुहुन्छ भने आज हामी त्यसको प्रक्रियाबारे जानकारी दिँदै छौँ । तपाईं यदि ट्रुकलर प्रयोगकर्ता हुनुहुन्छ भने त्यसमा आउने स्पाम कल प्रष्ट थाहा पाउन सक्नुहुन्छ । ट्रुकलरमा स्पाम कल आएको खण्डमा कल आएको स्क्रिन रातो देखिन्छ । स्प्याम कल ब्लक गर्न ट्रुकलरका विभिन्न उपाय छन् । त्यसमध्ये केही उपायबारे तल उल्लेख गरिएको छ । सबैभन्दा पहिले ट्रुकलरको होम स्क्रिनमा जानुहोस् । त्यसपछि त्यसको तलपट्टी दायाँपट्टि ब्लकिङको अप्सन देख्न सक्नुहुन्छ । त्यसमा गइसकेपछि तपाईंले कस्ता कल कसरी ब्लक गर्न सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउन सक्नुहुन्छ । त्यस्तै तपाईंले ब्लक गरेका नम्बरको नोटिफिकेसन कसरी अन गर्ने वा अन भएको खण्डमा कसरी हाइड गर्ने भन्ने कुराको पनि जानकारी दिइएको हुन्छ । ट्रुकलरमा हुनै विभिन्न अपडेट...

एक करोड नाघे टेलिकमका फोरजी प्रयोगकर्ता

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या एक करोड नाघेको छ । २०७८ चैत महिनासम्मको विवरण अनुसार फोरजी ग्राहक आधार एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक छन् । अघिल्लो महिना अर्थात २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको थियो । नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट सुरु गरेको फोरजी/एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ । फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने (सपाेर्ट गर्ने) हुनु पर्दछ र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ । आफ्नो मोबाइल फोनबाट *444‍# डायल गरी प्राप्त निर्देशन अनुरुप फोरजी सेवा प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी एक्टिभेट गरी सेवा सुरु ग...

अबदेखि सबै प्रकारका श्रम स्वीकृति अनलाइनबाट

काठमाडाैं । वैदेशिक रोजगारीका लागि नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने काम पनि अनलाइन प्रणालीबाट हुन थालेको छ । यसअघि पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति मात्रै अनलाइनबाट गर्दै आएको वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँले शुक्रबारदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन थालेको हो । सो कार्यालयका प्रमुख रमेश अर्यालले नयाँ व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाट दिन थालेसँगै सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणाली लागू भएको जानकारी दिए । सो कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र दिन थालेको हो । अनलाइन सुरु गरेसँगै कार्यालयमा दैनिक हुने हजारौँको भीड हटेको छ । प्रमुख अर्यालले वैधानिकीकरणमार्फत दिने गरिएको श्रम स्वीकृतिलाई व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने श्रमिकसरह श्रम स्वीकृति दिन सुरु गरिएको जानकारी दिए । अनलाइन प्रणालीबाट नयाँ व्यक्तिगत श्रम स्वीकृति लिन भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिमको प्रमाणपत्र, सीपमूलक रोजगारीमा ...

घरेलु हिंसा रोक्न स्मार्ट स्प्रे, यसरी हुँदैछ प्रयोग

काठमाडौं । घरेलु हिंसा विश्वभर हुन्छ । यसलाई नियन्त्रण गर्न विभिन्न किसिमका तरिकाको समेत खोजी भइरहेको छ । कतिपय समय प्रमाणको अभावका कारण हिंसा गर्ने व्यक्तिलाई सजाय हुँदैन र पीडितलाई न्याय मिल्दैन । तर यसमा पनि विज्ञानले मद्दत गर्न सक्छ । यसबाट कसरी घरेलु हिंसा गर्नेमाथि लगाम कस्न र पीडितलाई न्याय दिलाउने तयारी भइरहेको भन्ने विषयमा आज हामी चर्चा गर्दैछौँ । क्यानमा फरेन्सिक स्प्रे भरिएको छ, जसको प्रयोग घरेलु हिंसालाई रोक्नका लागि गरिँदैछ । तपाईँले यसलाई सामान्य तरिकाबाट हेर्न सक्नुहुन्न । तर यूभी लाइट अन गर्ने बित्तिकै तपाईँले यसका निसान देख्न सक्नुहुन्छ । पहिलो पटक यसको प्रयोग प्रताडनाको मामिलामा सजाय दिलाउनका लागि प्रयोग गरिएको छ । बेलायतमा एक व्यक्तिलाई जेलको सजाय भएको छ । जसलाई आफ्नो पूर्व प्रेमिकाबाट टाढा रहने आदेश दिइएको  थियो । तर त्यसपछि पनि उक्त व्यक्ति घर पुगेपछि महिलाले उसमाथि स्प्रे गरिदिइन् । ल्याबमा फरक फरक प्रकारका चिज मिलाएर यस किसिमको स्प्रे तयार गर्ने गरिन्छ । स्मार्ट वाटरकी निर्देशक रेचल ओकलीले बीबीसीसँग भनेकी छिन्, ‘म यसको सिक्रेट स्रोतको राज बताउन सक्दिनँ । ...

फेसबुकमा नगर्नुहोस् यस्ता गल्ती, अन्यथा ब्लक हुनसक्छ तपाईँको अकाउन्ट

काठमाडौं । स्मार्टफोन अहिलेको समयमा हाम्रो जीवनकै अहम् हिस्सा बनिसकेको छ । सँगसँगै मानिसहरूमा सामाजिक सञ्जाल प्लेटफर्मको समेत क्रेज उल्लेखनीय रुपमा बढेको छ । यस्तो लाग्छ कि तपाईँले हरेक व्यक्तिलाई सामाजिक सञ्जालमा फेला पार्न सक्नुहुन्छ । यस्तोमा यदि तपाईँ पनि फेसबुकमा हुनुहुन्छ र दैनिक यसको प्रयोग गर्नुहुन्छ भने तपाईँका लागि केही महत्त्वपूर्ण कुराहरू बताउँदै छौँ । किन भने यी विषयलाई यदि तपाईँले नजरअन्दाज गर्नु भयो भने तपाईँको फेसबुक अकाउन्ट ब्लक समेत हुनसक्छ । १. कसैसँग पनि यस्ता कुरा नगर्नुहोस्ः फेसबुक मेसेन्जरमा यदि तपाईँ कसैसँग च्याट  गर्नुहुन्छ वा कुनै पोस्टमा कमेन्ट आदि लेख्नुहुन्छ भने त्यस्तो बेलामा सदैव यो कुरामा ध्यान दिनुहोस् कि कसैलाई पनि ज्यान लिने वा हिंसा निम्त्याउने जस्तो धम्कीको भाषा प्रयोग नगर्नुहोस् । यदि तपाईँले त्यसो गरेको पाइएमा तपाईँको फेसबुक अकाउन्ट नै ब्लक हुन सक्छ । २. यस्ता पोस्ट नगर्नुहोस्ः फेसबुकको नीति तथा कम्युनिटी स्ट्यान्डर्ड निकै कडा छ । यदि तपाईँ कुनै पनि प्रकारका भड्काउ पोस्ट वा कुनै आपत्तिजनक भिडिओ तथा फोटो शेयर गर्नुहुन्छ, मानिसहरूबीच कुनै ...

अब टेस्लाको सुपरचार्जर स्टेसनमा अन्य ब्राण्डका विद्युतीय गाडी चार्ज गर्न सकिने

काठमाडौं । अमेरिकी अटो निर्माता कम्पनी टेस्लाले आफ्नो सुपरचार्जर नेटवर्क अन्य विद्युतीय गाडीका लागि पनि खुला गरेको छ । कम्पनीले युरोपमा रहेको सुपरचार्जर नेटवर्कमा सबै विद्युतीय गाडीलाई खुला गर्ने योजना अघि सारेको छ । सोही योजना अन्तर्गत पहिलो चरणमा बिहिबारबाट युकेका केही सुपरचार्जर नेटवर्क सबैका लागि खुला गरेको हो । युकेमा रहेका १५ ओटा सुपरचार्जर स्टेसन हाल सबैका लागि खुला भएको छ । यो अन्य ब्राण्डका इलेक्ट्रिक गाडी प्रयोगकर्ताले टेस्ला एप डाउनलोड गरी सुपरचार्जर नेटवर्कको बारेमा जानकारी लिन सक्ने जनाइएको छ । पहिलो चरणमा खोलिएका यी चार्जिङ स्टेसनमा हुने भिडलाई अध्ययन गरी आगामी दिनमा कम्पनीले अन्य स्थानमा रहेको स्टेसन समेत सबैका लागि खुला गर्ने जनाएको छ । हाल टेस्लाका प्रयोगकर्तालाई सुपरचार्जर स्टेसनमा प्रति महिना १०.९९ युरो दरले शुल्क बुझाउनु पर्छ । अन्य ब्राण्डका इलेक्ट्रिक गाडीका प्रयोगकर्ताले भने प्रति किलोबाट ०.६० पेनीका दरले शुल्क बुझाउनु पर्ने जनाइएको छ । कम्पनीका अनुसार यो शुल्क स्टेसन अनुसार फरक पर्न सक्नेछ ।  from Tech News Nepal https://ift.tt/TjhZizl via IFTTT

फाइभजीमा चिनियाँ कम्पनी ह्वावे र जेडटीईलाई प्रतिबन्ध लगाउँदै क्यानडा

काठमाडौं । क्यानडा सरकारले चिनियाँ दूरसञ्चार पूर्वाधार कम्पनी ह्वावे र जेडटीईलाई फाइभजीमा प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रिय सुरक्षाको विषयलाई लिएर अमेरिकी सरकारले तिन वर्ष अघि लगाएको प्रतिबन्धलाई आत्मासाथ गर्दै क्यानडाले पनि ह्वावे र जेडटीईलाई दूरसञ्चार पूर्वाधारमा प्रतिबन्ध लगाउने भएको हो । बिहीबार क्यानडाका आविस्कार, विज्ञान तथा उद्योग मन्त्री फ्रान्सिस फिलिप स्याम्पेनले ह्वावे र जेडटीईलाई क्यानडाको दूरसञ्चार सिस्टममा प्रतिबन्ध लगाउने तयारीमा सरकार रहेको बताएका छन् । ‘फाइभजीका साथै हाल प्रयोग हुँदै आएको ह्वावे र जेडटीईको दूरसञ्चार पूर्वाधार समेत सेवा प्रदायकले हटाउनु पर्नेछ,’ उनले भने, ‘फोरजीमा प्रयोग भएको पूर्वाधार समेत हटाउनु पर्नेछ । त्यसका लागि संघीय सरकारले सरकारले कुनै किसिमको सहयोग समेत उपलब्ध गराउने छैन् ।’ पछिल्लो समय अमेरिका र अमेरिकी सहयोगी राष्ट्रहरूले राष्ट्रिय सुरक्षाका लागि भन्दै ह्वावेलाई प्रतिबन्ध लगाउँदै आएका छन् । ह्वावेले आफ्नो पूर्वाधारमार्फत चिनियाँ सुरक्षा निकायलाई विश्वको जानकारी संलकन गर्न मद्दत गर्दै आएको दावी उनीहरूको छ । यस्तोमा अमेरिकाले चालेको कदममा...

१५ प्रकारका सेन्सर, जसले फोनलाई स्मार्ट बनाउँछन्

काठमाडौं । अहिलेको समयमा तपाईँ हामीमध्ये प्रायः धेरैसँग स्मार्टफोन छ । स्मार्टफोन प्रयोग गरिरहँदा त्यसमा उपलब्ध फिचरहरूले कसरी काम गर्छन् होला बन्ने जिज्ञासा स्वभाविकै हो । आज हामी स्मार्टफोनमा प्रयोग हुने विभिन्न सेन्सर र तीनका कामको  बारेमा चर्चा गर्दै छौँ । मानव शरीरलाई पूर्ण रूपमा काम गर्न जसरी ज्ञानेन्द्रिय (नाक, कान, जिब्रो, आँखा र छाला) र अन्य थप अङ्गको आवश्यकता पर्छ, त्यसैगरी स्मार्टफोनलाई पनि विभिन्न सेन्सरको आवश्यकता हुने गर्छ । तिनै सेन्सरको सहयोगमा स्मार्टफोनले स्मार्ट तरिकाबाट काम गरिरहेको हुन्छ । यदि कुनै सेन्सरमा केही समस्या आयो भने फोनले राम्रोसँग काम गर्न सक्दैन ।  १. फिङ्गरप्रिन्ट सेन्सर अहिलेका हरेक जसो स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सर रहेको हुन्छ । कुनै फोनमा फिङ्गरप्रिन्ट सेन्सर छैन भने अहिले त्यसलाई मानिसहरू कम भरपर्दो मान्न थालिसकेका छन् । फोन अनलक गर्नेदेखि ठूला-ठूला वित्तीय कारोबार गर्न समेत फोनमा उपलब्ध फिङ्गरप्रिन्ट सेन्सर प्रयोग हुन थालेको छ । दुई मानिसबीच सबै कुरा एउटै हुन सक्छ । तर, फिङ्गरप्रिन्ट कहिल्यै उस्तै हुन सक्दैन । त्यसैले यसलाई निक...

आजदेखि नयाँ श्रम स्वीकृति पनि अनलाइनबाटै

काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आजदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ। वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा सहज किसिमले प्रवाह गर्ने उद्देश्यअनुरूप व्यक्तिगत श्रम स्वीकृति समेत अनलाइनबाट दिन लागिएको हो । कार्यालयले २ माघ २०७८ देखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्दै आएको छ । अनलाइन सेवा प्रवाहका कारण कार्यालयमा लाग्ने भीड समेत हटेको छ । यसअघि भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत् हुने श्रम स्वीकृतिको काम पनि शुक्रबारदेखि अनलाइनबाटै हुने भएपछि कार्यालयको सम्पूर्ण सेवा अनलाइनमा गएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वैशाख ७ मा व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत हुने श्रम स्वीकृतिको काम समेत अनलाइनमार्फत प्रदान गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा आवश्यक परिमार्जन गरी सेवा सञ्चालनमा ल्याइएको वैदेशिक रोजगार विभागका निर्देशक श्रीचन्द्र साहले जानकारी दिए । विभागका ...

टिकाउ ब्याट्री भएको रियलमीको बजेट स्मार्टफोन

Image
काठमाडाैं । रियलमीले नेपाली बजारमा ‘नार्जाे ५०’ सार्वजनिक गरेको छ । याे फोन हेर्दा ठ्याक्कै ‘रियलमी एट आई’ जस्तो देखिन्छ । लुक्स मात्रै होइन, फोनको चिपसेट, क्यामेरा, ब्याट्री लगायतका फिचर पनि उही छ । तर ‘एट आई’ काे तुलनामा यसको चार्जिङ क्षमता बढी छ भने मूल्य केही सस्तो पर्न आउँछ । ‘एट आई’ मा १८ वाटको चार्जिङ क्षमता थियो भने ‘नार्जाे ५०’ मा ३३ वाट दिइएको छ । तर मूल्यचाहिँ ‘एट आई’ भन्दा ७/८ सय रुपैँया सस्तोमा यो फोन अफर गरिएको छ । त्यसैले ‘एट आई’ को रिब्राण्ड भर्सन भएपनि नार्जाेलाई थोरै भएपनि अपडेटेड चाहिँ मान्न सकिन्छ । यसमा भएको १२० हर्जको रिफ्रेस रेटले फोन चलाउँदा एकदमै स्मुथ फिल हुन्छ । यो बजेटको फोनले हत्तपत्त यत्तिको रिफ्रेस रेट दिँदैनन्। त्यसैले २३ देखि साढे २६ हजार रेन्जको फोन किन्ने सोचमा हुनुहुन्छ भने यो फोन एउटा गतिलो विकल्प हुनसक्छ । लुक्सको कुरा गर्ने हो भने दाँया साइडमा साइड माउन्टेड फिङ्गरप्रिन्ट सेन्सरसहितको पावर बटन छ । बाँयापट्टि भोल्युम घटाउने-बढाउने बटन छ । त्यसको माथिपट्टि सिम ट्रे छ, जहाँ २ वटा सिमसँगै माइक्राे एसडी कार्डका लागि डेडिकेटेड स्लट छ । जसमा १ टीबीसम्...

आउँदो मंगलबार सार्वजनिक हुँदै रेड्मी नोट ११ टी प्रो सिरिजका स्मार्टफोन

Image
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नोट सिरिज अन्तर्गत नयाँ स्मार्टफोन नोट ११ टी प्रो सार्वजनिक गर्ने भएको छ । कम्पनीले चिनियाँ बजारमा आउँदो मंगलबार यो स्मार्टफोन सार्वजनिक गर्ने भएको हो । पोस्टर सार्वजनिक गर्दै कम्पनीले नोट ११ टी प्रो सिरिजका स्मार्टफोन सार्वजनिक हुने विषयमा जानकारी दिएको हो । सो दिन नोट ११ टी प्रो र नोट ११ टी प्रो प्लस सार्वजनिक हुनेछ । स्मार्टफोन सार्वजनिक हुने जानकारी दिएसँगै कम्पनीले यी फोनको प्रि–बुकिङ समेत खुलाएको छ । कम्पनीको आधिकारिक वेबसाइटमार्फत प्रयोगकर्ताले नोट ११ टी प्रो र नोट ११ टी प्रो प्लसको प्रि–बुक गर्न सक्नेछन् । कम्पनीले सार्वजनिक गरेको पोस्टरलाई आधार मान्ने हो भने फोनको पछाडि भागमा ट्रिपल क्यामेरा सेटअप रहेको छ । भने, फोन दुई कलर भेरियन्टमा उपलब्ध हुनेछ । हालसम्म प्राप्त जानकारी अनुसार फोनमा ६.६ इन्चको फुल एचडी प्लस डिस्प्ले रहनेछ । एन्ड्रोइड १२ ओएसमा आधारित फोनमा १२ जीबी र्‍याम र ५१२ जीबी रोम उपलब्ध हुनेछ । भने, फोनमा मिडियाटेकको नयाँ चिपसेट डाइमेन्सिटी ८००० प्रोसेसर उपलब्ध हुने अनुमान गरिएको छ । from Tech News Nepal ht...

अनलाइन गेमिङमा २८ प्रतिशत कर लगाउँदै भारत सरकार

काठमाडौं । भारत सरकारले क्यासिनो, रेस कोर्ष तथा अनलाइन गेमिङमा लगाउँदै आएको बस्तु तथा सेवा कर (जीएसटी) को दायर बढाउने तयारी गरेको छ । बुधबार बसेको मन्त्रीहरूको महत्वपूर्ण बैठकले अनलाइन गेमिङमा करको दर बढाउने विषयमा सहमत जुटाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बैठकले क्यासिनो, रेस कोर्स र अनलाइन गेमिङमा जीएसटीको दायर बढाएर २८ प्रतिशत पुर्‍याउन सिफारिस गरेको उल्लेख छ । यसअघि क्यासिनो, रेस कोर्स र अनलाइन गेमिङमाथि १८ प्रतिशतका दरले जीएसटी लाग्दै आएको थियो । बैठकमा क्यासिनो र रेस कोर्सको तुलनमा अनलाइन गेमिङमा लाग्ने करको दायरा फरक हुनु पर्ने विषयमा छलफल भएको उल्लेख छ । तर, गेमिङमा कति प्रतिशत जीएसटी लगाउने भन्ने विषयमा नटुङ्गिदा हालका लागि सबैमा २८ प्रतिशत पुर्‍याउने गरी सिफारिस भएको जनाएको छ । यो बैंकले गरेको सिफारिस आज बिहीबार भारतको जीएसटी काउन्सिलमा पुग्ने जनाइएको छ । जसमा काउन्सिलले आवश्यक छलफल गरेर निर्णय गर्नेछ । त्यो हुँदा अनलाइन गेमिङको हकमा लाग्ने जीएसटीको दायरा केही कम हुनसक्ने अनुमान गरिएको छ ।    from Tech News Nepal https://ift.tt/s9igPxN via IFTTT ...

जुम र गुगल मिटको नेपाली विकल्प ‘भुरिलो’, जसमार्फत जोकोहीले पढ्न र पढाउन सक्छन्

काठमाडौं । प्रविधिले गाउँ समाज जतातिरै रूपान्तरण ल्याइरहेको छ । अबको नयाँ पुस्ता प्रविधिकै वरपर रहेर हुर्किएको छ । अध्ययन अध्यापनदेखि कार्यालयका कामसम्म डिजिटलमैत्री बनिरहेका छन् । यही बदलिएको परिस्थितिमा आज हामी नयाँ सोच र शैलीले काम गर्न चाहने युवाहरुको कथा प्रस्तुत गर्दैछौं । विद्यमान शैक्षिक प्रणालीलाई डिजिटल रुप दिने उद्देश्यसहित तीन युवा दीपक थापा, दिलिप थापा र विजय धिमालले ‘भुरिलो’ परिकल्पना गरे । भुरिलो एक ई-लर्निङ प्लेटफर्म हो, जसले शिक्षक र विद्यार्थीलाई एक-आपसमा जोड्ने काम गर्छ । के हो ‘भुरिलो’ ? विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीले मानिसहरूलाई धेरै कुराको वैकल्पिक पाटोसँग परिचित बनाइदियो । सम्पूर्ण क्षेत्र जहाँबाट भौतिक रूपमा नै काम गर्नुपर्ने अवस्था थिए, तिनै क्षेत्र विकल्पका रूपमा डिजिटल वा अनलाइन माध्यम खोज्न थाले । विभिन्न पेसामा आवद्ध मानिसहरू तिनका विकल्प नहुँदा बेरोजगार भए । त्यसमा पनि विशेषगरी निजी शैक्षिक संस्थामा आबद्ध शिक्षकहरूले निकै सास्ती बेहोर्नुपर्‍याे । सोही अवस्थालाई मध्यनजर गर्दै ‘सुर्सा टेक्नोलोजी’ मा आबद्ध तीन युवाले दुई वर्षअघि ‘भुरिलो’ क...