Posts

Showing posts from February, 2022

युक्रेनलाई विश्वभरबाट सवा १ अर्ब बराबरको क्रिप्टोकरेन्सी सहयोग

काठमाडौं । रूसले युक्रेनमा आक्रमण सुरु गरेदेखि नै युक्रेनी समूहहरूलाई विश्वभरबाट क्रिप्टोकरेन्सी सहयोग आइरहेको छ । फेब्रुअरी २४ देखि सुरु भएको यो युद्धका बीच आजसम्म युक्रेनले ९९ लाख डलर (आजको मूल्य विनिमय दर अनुसार एक अर्ब १८ करोड ३५ लाख ९८ हजार ४६० रुपैयाँ) बराबरको क्रिप्टोकरेन्सी सहयोगको रुपमा प्राप्त गरेको अनुसन्धान संस्था एलिप्टिकले जनाएको छ । युक्रेनका नागरिक तथा सेनालाई सहयोग गर्नको लागि डिसेन्ट्रलाइज्ड अटोनोमस अर्गनाइजेसन (डीएओ) स्थापना गरिएको छ, जसको माध्यमबाट युक्रेनमा विश्वभरबाट सहयोग पुगिरहेको छ । केही सहयोगीहरूले आफ्नो एनएफटी बिक्री गरेर पनि युक्रेनलाई सहयोग रकम पठाइरहेको छ । योभन्दा अगाडि समस्या परेको समयमा सामान्यतया रकम सम्बन्धित निकायको बैंक खातामा जम्मा गर्ने प्रचलन थियो । यो पटक युक्रेनले भने सहयोग स्वरुप आएको बिटक्वाइनलाई पनि मान्यता दिएको हो । गत वर्षमात्रै युक्रेनले बिटक्वाइन लगायत क्रिप्टोकरेन्सीहरूलाई कानूनी मान्यता दिएको थियो । प्रविधिको हिसाबले युक्रेन विश्वको अब्बल देशको रुपमा पनि चिनिन्छ । The post युक्रेनलाई विश्वभरबाट सवा १ अर्ब बराबरको क्रिप्टोकरेन्सी...

सीजी टेलिकमलाई अनुमति दिने तयारी, आजै निर्णय हुनसक्ने  

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकमले मोबाइल सेवाको अनुमतिपत्र (युनिफाइड लाइसेन्स) प्राप्त गर्ने विषय लामो समयदेखि चर्चामा छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मन्त्रिपरिषद् हुँदै पुनः प्राधिकरण र मन्त्रालयमा आएर अड्किएको प्रक्रियाले अब भने पूर्णता पाउने देखिएको छ । त्यसका लागि आज (सोमबार) साँझ बस्ने प्राधिकरण बोर्ड बैठकले यो विषयलाई अघि बढाउने तयारी गरेकाे छ । साढे ४ वर्षअघिको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय राजपत्रमा प्रकाशन गर्न मन्त्रालयले मागेको ढाँचाको विषय विगत १५ दिनदेखि प्राधिकरण बोर्डको छलफलमा छ । बोर्ड सदस्यमध्ये केहीको राय बाँझिदा निर्णय हुनबाट रोकिएको थियो । यसरी प्रक्रिया नै रोकिएसँगै आजै मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले प्राधिकरण बोर्डका सम्पूर्ण सदस्यलाई बोलाएर निर्णय प्रक्रियाबारे बुझेको समेत मन्त्रालय स्रोतले जनाएको छ । ‘आज विहान साढे १० बजे प्राधिकरणका अध्यक्षसहित सम्पूर्ण बोर्ड सदस्यहरुसँग सचिवको बैठक थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘सचिवसँगको यो वैठकपछि अब भने सीजीको विषयमा निर्णय हुने अनुमान गर्न सकिन्छ ...

एप्पललाई २४ हजारमै आईफोन ल्याउने अवसर

काठमाडाैं । आफ्नो बजार विस्तार गर्न एप्पलले बेला बेलामा सस्तो आईफोन ल्याउने गरेको छ । हाल बजारमा बाहिरिएका केही समाचारलाई आधार मान्ने हो भने एप्पलले आउँदो मार्च ८ मा फाइभजी कनेक्टिभिटीसहित ‘आईफोन एसई थ्री’ बजारमा ल्याउने योजना बनाएको छ । हाल ३९९ डलर पर्ने आईफोन एसईकाे मूल्य १९९ डलर (करिब २४ हजार रूपैयाँ) मा झार्न सके एप्पलले तीव्र गतिमा बजार विस्तार गर्नसक्ने देखिन्छ । महँगाे ब्राण्डका रूपमा स्थापित एप्पलले उदयीमान बजारका लागि कम मूल्यकाे आईफोन ल्याउन लागेको चर्चा छ, जसको मूल्य २९९ डलरकाे हारहारीमा हुने चर्चा छ । अझ सस्ताे मूल्य अर्थात् १९९ डलरमै नयाँ आईफोन एसई ल्याउन सके विशेषगरी एन्ड्राेइड स्मार्टफाेनकाे बजारमा धक्का पुग्ने अनुमान गरिएकाे छ । यसले खासगरी बजेट सेगमेन्टमा एन्ड्राेइड फाेनकाे बजार हिस्सा भएका अफ्रिका, दक्षिण अमेरिका र एसियाली देशमा प्रभाव पुग्न सक्नेछ । सन् २०१३ मा गरिएको एक सर्वेक्षणमा बजारमा कम मूल्यकाे आईफोनको माग अत्याधिक रहेको पाइएको थियो । तर, शेयर बजारको पछि लागेर सस्ताे मोडेल लन्च नगर्ने भन्दै एप्पलले सस्ता फोनप्रति केही धारणा बनाएको थिएन । पछि सन् २०१६ मा...

डिजिटल भुक्तानीका १० वर्ष : बढ्दो कारोबार, फेरिँदो जीवनशैली

काठमाडौं । नेपालको प्रविधि विकासमा सबैभन्दा नजिक रहेको क्षेत्रमध्ये वित्तीय क्षेत्र पनि एक हो । आज जसरी हामी मोबाइलबाटै कारोबार गरिरहेका छौं, त्यसको श्रेय बैंक तथा नेपालका भुक्तानी सेवा प्रदायकहरूलाई नै जान्छ । फिनटेक (वित्तीय प्रविधि) को रुपमा चिनिँदै आएको यो क्षेत्रमा पछिल्लो सयमा आमूल परिवर्तन आएको छ । कुनै समय लाइनमा बसेर बिजुली, खानेपानी लगायतकाे महसुल तिर्नुपर्ने अवस्था थियाे । अहिले केही सेकेन्डमै माेबाइलमार्फत रकम पठाउन सकिन्छ । अझ कोभिड-१९ को महामारीसँगै अनलाइन भुक्तानी सबैका लागि ‘अपरिहार्य’ जस्तै भयो । सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थामा बिल भुक्तानीको लागि लाइन बस्न त सम्भव नै भएन । त्यसैले पनि यसबीच धेरै सरकारी सेवा अनलाइनमा रूपान्तरण भए । राजस्व कार्यालयले अनलाइन भुक्तानी सम्भव बनायो । अनलाइनबाटै कम्पनी दर्ता र नवीकरण सम्भव भयो । आपूर्ति विभागले व्यापार व्यवसायको दर्ता र नवीकरण अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलायो । ट्राफिक प्रहरीले अनलाइनबाटै बिलबुक तथा लाइसेन्स हराएको उजुरी दिन मिल्ने व्यवस्था मिलायाे । यातायात व्यवस्था विभागले बिलबुक तथा लाइसेन्स अनलाइनबाटै नव...

रुसी आक्रमणमा विश्वकै ठूलो विमान नष्ट

Image
काठमाडौं । विश्वको सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ एएन-२२५’ रूसी आक्रमणको क्रममा युक्रेनमा नष्ट भएको छ । युक्रेनमाथि रुसले युद्ध थालेको चार दिन पुग्दा विश्वकै ठूलो विमान निशानामा परेको हो । युक्रेनको राजधानी किएभ नजिकैको एयरफिल्डमा पार्क गरेर राखिएको सो विमान रुसी आक्रमणको दौरान नष्ट भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । युक्रेनी भाषामा यो विमानलाई ‘म्रिया’ वा सपनाको नामले चिनिन्छ । ‘रूसले हाम्रो ‘म्रिया’ लाई नष्ट गरेको हुनसक्छ । तर उनीहरूले हाम्रो बलियो, स्वतन्त्र र लोकतान्त्रिक युरोपेली राज्यको सपनालाई कहिल्यै नष्ट गर्नसक्ने छैनन् । हामी जित्नेछौं,’ युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीटरमा लेखेका छन् । This was the world’s largest aircraft, AN-225 ‘Mriya’ (‘Dream’ in Ukrainian). Russia may have destroyed our ‘Mriya’. But they will never be able to destroy our dream of a strong, free and democratic European state. We shall prevail! pic.twitter.com/TdnBFlj3N8 — Dmytro Kuleba (@DmytroKuleba) February 27, 2022 विमानको विनाशको पुरा विवरण भने आइसकेको छैन । एन्टोनोभ कम्पन...

रुस विरुद्ध लड्न युक्रेनमा ‘आईटी सेना’ स्थापना

काठमाडौं । युक्रेन सरकारले रुसी सेनासँग लड्न आईटी सेना निर्माण गरेको छ । आफ्ना नागरिकलाई युद्धको मैदानमा उत्रिन आह्वान गरिरहेको युक्रेनले रुसी व्यवसाय, बैंक, सरकारी निकाय लगायतका विरुद्ध साइबर आक्रमण गर्न भोल्युन्टर (स्वयंसेवक) ह्याकर समूह निर्माण गरेको हो । औपचारिक रुपमा युद्ध सुरु हुनुअघि नै रुसले युक्रेनका सरकारी निकाय, बैंक तथा डिजिटल सेवा दिने वेबसाइटमा आक्रमण थालेको थियो । त्यसको प्रत्युत्तरमा युक्रेनले भोल्युन्टर ह्याकरलाई संगठित गर्दै रुसमाथि जाइलाग्ने रणनीति लिएको छ । शनिबार युक्रेनी उपप्रधानमन्त्री मिखाइलो फेडोरोभले ट्वीटरमा आईटी सेना निर्माण भइरहेकाे जानकारी दिए । उनले डिजिटल प्रतिभा भएकाहरूलाई यो अभियानमा सामेल हुन र साइबर फ्रन्टमा लड्न आह्वान गरे । उपप्रधानमन्त्री फेडोरोभका अनुसार टेलिग्राम च्याट रूममा यस्ता आईटी सेना संगठित हुनेछन्, र त्यहीँबाटै ‘अपरेसन टास्क’ दिइनेछ । हाल आईटी सेनामा साइबर विशेषज्ञलाई संगठित गर्ने र चाँडै नै प्रतिभा भएका सबैलाई जोड्ने योजना ल्याइएको छ । आइतबारमात्रै यो टेलिग्राम च्यानलमा दुई लाखभन्दा बढीको संख्यामा मानिस जोडिएका छन् । यो ग्रुपमा सदस...

विश्व बजारमा आज सार्वजनिक हुँदै रियलमी जीटी टु सिरिज

काठमाडौं । रियलमीले ‘जीटी टु सिरिज’ विश्वबजारमा सार्वजनिक गर्ने भएको छ । सोमबार मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा कम्पनीले यो सिरिज सार्वजनिक गर्ने तयारी गरेको हो । नेपाली समयअनुसार लञ्च इभेन्ट बेलुकी ९ः४५ बाट सुरु हुनेछ । गत महिनाको सुरुमा चीनमा सार्वजनिक गरिएको यो सिरीज क्वालकम स्नापड्रागन ८ जेन १ चिपसेटद्धारा सञ्चालित पहिलो स्मार्टफोन हो । यो सिरिज अन्तर्गत कम्पनीले जीटी टु’ र जीटी टु प्रो’ बजारमा ल्याउनेछ । प्रो मोडेललाई ब्रान्डको प्रिमियम फ्ल्यागशिपको रुपमा प्रस्तुत गरिएको छ । फोनका मुख्य स्पेसिफिकेसन हेर्ने हो भने यो फोनले हाई-इन्ड एक्सपिरियन्स दिने विश्वास गर्न सकिन्छ । फोनमा स्न्यापड्रागन ८ जेन वान एसओसी, ६.७ एसओसी, ६.७ इन्च क्यूएचडी प्लस, १२० हर्ज ओएलईडी स्क्रिन, ३२१६x१४४० रेजोलुसन र ६५ वाट फास्ट चार्जिङसहित ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ । फोटोग्राफीको कुरा गर्ने हो भने मोबाइलमा अप्टिकल इमेज स्टेबलाइजेसन सहितको ५० मेगापिक्सेलको आईएमएक्स ७६६ मेन क्यामेरा, ५० मेगापिक्सेलकै अल्ट्रावाइड क्यामेरा (सामसङ जेएन वान) र ४०X माइक्रोलेन्स गरी तीन ओटा क्यामेरा छन् । बजारमा रहेका अ...

दराजबाट वर्ल्डलिङ्कको इन्टरनेट खरिद गर्दा १५०० रुपैयाँसम्म छुट 

काठमाडौं । दराजले वर्ल्डलिङ्कको इन्टरनेट प्याकेज खरिदमा विशेष छुट उपलब्ध गराउन थालेको छ । नेपालकै सबैभन्दा ठूलो अनलाइन बजारको रुपमा रहेको दराजले वर्ल्डलिङ्कको इन्टरनेट प्याकेजमा एक हजार रुपैयाँदेखि १५०० रुपैयाँसम्मको छुट दिने भएको हो । तर यस्तो छुट नयाँ ग्राहकले मात्रै पाउन सक्ने बताइएको छ । दराजका अनुसार १५० एमबीपीएस, २२५ एमबीपीएस र ३०० एमबीपीएस स्पिडको एक महिने, तीन महिने वा एक वर्षे फोटोन लाइट इन्टरनेट प्याकेज खरिदमा यो छुट उपलब्ध गराइनेछ । यसका लागि ग्राहकले दराजको वेबसाइट अथवा मोबाइल एपमा गएर ‘WORLDLINK’ सर्च गरी वर्ल्डलिङ्कको छुट सहितको इन्टरनेट प्याकेज खरिद गर्न सकिनेछ ।  The post दराजबाट वर्ल्डलिङ्कको इन्टरनेट खरिद गर्दा १५०० रुपैयाँसम्म छुट  appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/Gz6p4hs via IFTTT

१० वर्ष वारेन्टी सहित सामसङको नयाँ फ्रेन्च डोर रेफ्रिजेरेटर नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा सामसङले कम्प्याक्ट मोडर्न किचनका लागि डिजाइन गरिएको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटरको नयाँ मोडेल उपलब्ध गराएको छ । फ्रेन्च डोर रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अप्सनले ग्राहकलाई आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्नसक्ने सुविधा ल्याएको छ । आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा ढोका नखोली रेफ्रिजेरेटरको चिसो तापक्रमलाई कायमै राखेर चिसो पानी निकाल्न मिल्ने गरी वाटर डिस्पेन्सरको सुविधा राखिएको कम्पनीले जनाएकाे छ । यो स्टाइलिस स्टेनलेस स्टील फिनिश भएको फ्रेन्च डोर रेफ्रिजेरेटर वाटर डिस्पेन्सर सहित ५७९ लिटरमा उपलब्ध छ । ‘फ्रेन्च डोर रेफ्रिजेरेटरमा ट्वीन कूलिङ्ग प्लस प्रविधि छ, जसले फ्रिज र फ्रिजर खण्डहरुलाई बेग्ला बेग्लै चिसो राख्दै गन्धहरु फैलिनबाट रोक्न र खाद्य सामग्रीहरुको मौलिक स्वाद जोगाइराख्न मद्दत गर्छ,’ कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । पावर कूल र फ्रिज सुविधा सक्रिय गर्न सजिलो भएकाले आवश्यकता पर्दा आइस र चिसो पानी छिटो चाहिँदा कुर्न नपर्ने कम्पनीकाे भनाइ छ । धेरै फलफुल र सागसब्जीहर...

नेका महानगर सभापतिमा कोइराला पक्षधर नेपाली विजयी

Image
वीरगंज, १५ फागुन । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत वीरगञ्ज महानगरपालिकाको सभापतिमा शेखर कोईराला पक्षका मणिन्द्र लाल नेपाली विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार नेपालीले २ सय ५७ मत ल्याएर विजयी भएका हुन । उनका निकटम प्रतिस्पर्धी राधे श्याम चौरसियाले २ सय २१ र दिपेन्द्र चौहानले ३२ मत प्राप्त गरेका छन् । यस्तै उपसभापतिमा सन्तोष गुप्ताले २ सय ४८ र सर्जुग महतो २ सय ४४ मत ल्याएर विजयी भएका छन् । सचिवमा श्याम प्रसाद कुर्मीले २ सय ४९ र शिव चन्द्र प्रसाद यादवले २ सय ६२ मत ल्याएर विजयी भएका छन् । यस्तै सह सचिवमा सजाद्द हुसै समानी २ सय ५० र दिपक कुमार साहले २ सय ४६ लयाएर निर्वाचित भएको निर्वाचन अधिकृत नरेन्द्र केसीले बताए । यस्तै कांग्रेसको पोखरिया नगरपालिकाको सभापतिमा रामबाबु चौहानले ७१ मत ल्याएर विजयी भएका छन् । उनको प्रतिस्पर्धी लक्ष्मण साह कानुले ६८ मत प्राप्त गरेका छन् । नगर उपसभापतिमा बच्चा साह तेलीले ८० र रामाननद बैठाले ७६, सचिवमा धार्मराज प्रसाद यादवले ७६ र हरेराम पाण्डले ७४, सहसचिवमा श्याम किशोर यादवले ७९ र अशोक चौहानले ७५ मत ल्याएर विजयी भएका छन् ।...

नेसनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी अब अब खल्ती वालेटबाट

काठमाडौं । अब नेसनल लाइफ इन्स्योरेन्सका ग्राहकले आफ्नो बीमाको प्रिमियम भुक्तानी खल्ती डिजिटल वालेटबाटै दिन सक्ने भएका छन् । खल्तीले नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै १० प्रतिशत  क्यासब्याक अफरको पनि घोषणा गरेको छ । समय सीमाका कारण जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्नुपर्ने स्थितिको विचार पुर्‍याउँदै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने कम्पनीले विश्वास व्यक्त गरेको छ । नेसनल लाइफ इन्स्योरेन्सको बीमाको प्रमियम भुक्तानी तिर्दा १० प्रतिशत क्यासब्याक प्राप्त गर्नका लागि प्रयोगकर्ताले प्रोमोकोड ‘NATIONAL100’ प्रयोग गर्न सक्छन् । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्नको लागि ‘खल्ती’ एपमा लगइन गरी ‘इन्स्योरेन्स’ आइकन मा ट्याप गरेर ‘नेसनल लाइफ इन्स्योरेन्स’ मा क्लिक गरी आवश्यक विवरण भरेर भुक्तानी गर्न सकिन्छ । कम्पनीका अनुसार पाँच हजार रुपैयाँभन्दा माथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफा...

बजारबाट एकाएक गायब हुन थाले नोकिया स्मार्टफोन

काठमाडौं । नोकिया फोनको निर्माता कम्पनीले युरोपका धेरैजसो देशमा अहिले कठिन चुनौतीको सामना गरिरहेको छ । फिनल्यान्डको फोन निर्माता कम्पनी नोकियामाथि जर्मनी र स्विट्जरल्याण्डमा थुप्रै उत्पादन बिक्रीमा प्रतिबन्ध लगाइएको छ । कम्पनीको वेबसाइटमा यी दुई देशमा नोकिया जी २१ र नोकिया जी ११ सहितका सबै जसो नोकिया फोनहरू स्टक सकिएको देखिन्छ । यद्यपि एचएमडी ग्लोबलको तनाव यतिमा मात्र सीमित नभएर अझै धेरै बढ्ने देखिन्छ । युरोपका थुप्रै देशमा नोकिया फोनहरू अहिले देख्न पाइँदैन । जसमा फ्रान्स, स्पेन, इटली जस्ता महत्त्वपूर्ण बजार मात्र नभएर कम्पनीको आफ्नै मुलुक फिनल्यान्ड समेत रहेका छन् । यस क्षेत्रमा तत्कालका लागि नोकियाको एक मात्र स्मार्टफोन जी २१ उपलब्ध छ । यस बाहेक नोकिया एक्स २०, एक्स १० र अन्य केही नोकिया फोन बेलायतमा पाउन सकिन्छ । भ्वाइसएजईभीएस एलएलसी नामक कम्पनीले आफ्नो इनह्यान्स भ्वाइस सर्भिस (ईभीएस) प्रयोग गरेको भन्दा एचएमडी ग्लोबल विरुद्ध मुद्दा दायर गरेको छ । अडियो कोडिङको यो मापदण्ड खासगरी भीओएलटीईमा प्रयोग हुने गर्दछ । जसले एलटीई मोबाइल नेटवर्कमा कल गर्दा यो प्रविधि प्रयोग हुने गर्दछ । त...

युक्रेनको संकटमा एलन मस्कको साथ, उपलब्ध गराए स्याटेलाइट इन्टरनेट

काठमाडौं । संसारकै धनाढ्य एवं स्पेसएक्सका मालिक एलन मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सेवा उपलब्ध गराएका छन् । रुसी आक्रमणबाट युक्रेनको इन्टरनेट सेवामा क्षति पुगेपछि मस्कले स्टारलिंकको इन्टरनेट सेवा दिन थालेका हुन् । स्टारलिंक सेवा युक्रेनमा सक्रिय भएकाे र थप टर्मिनल पठाउने तयारी भइरहेको मस्कले बताएका छन् । युक्रेन सरकारका उपप्रधानमन्त्रीले ट्वीटरमार्फत मस्कलाई मेन्सन गरेर इन्टरनेट सेवा उपलब्ध गराउन आग्रह गरेकाे केही घण्टामै मस्कले इन्टरनेट एक्टिभ भएकाे भन्दै रिप्लाई दिएका हुन् । Starlink service is now active in Ukraine. More terminals en route. — Elon Musk (@elonmusk) February 26, 2022 यो प्रविधिबाट कम्पनीले फाइबर अप्टिक, केबल वा टावरविना स्याटेलाइटबाटै इन्टरनेट सेवा उपलब्ध गराएकाे छ । रूसी आक्रमणबाट विशेष गरी युक्रेनको दक्षिणी र पूर्वी भागमा इन्टरनेट सेवा प्रभावित भएकाे छ । The post युक्रेनको संकटमा एलन मस्कको साथ, उपलब्ध गराए स्याटेलाइट इन्टरनेट appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/f5G9sE6 via IFTTT

आईफोन एसई सार्वजनिक हुँदै, मूल्य करिब ३६ हजार रुपैयाँ !

काठमाडौं । एप्पलले सस्तो आईफोनको रुपमा यसै वर्ष आईफोन एसई (वा आईफोन एसई फाइभजी) सार्वजनिक गर्ने अनुमान गरिएको छ । केही रिपोर्ट का अनुसार यसअघि आउँदो मार्च ८ मा यो आईफोन सार्वजनिक हुनसक्ने छ । तर एप्पलले भने यसबारे केही खुलाएको छैन । हालै सञ्चारमाध्यममा फैलिएको एक समाचारलाई आधार मान्ने हो भने यो फोनको मूल्य ३०० डलरबार सुरू हुनेछ । विश्लेषक जोन डोनोभानले नयाँ आईफोन एसई थ्री ३०० डलर (करिब ३५,९०० रुपैयाँ) मूल्यका साथमा सार्वजनिक हुने संकेत गरेका छन्, जुन सन् २०२० मा सार्वजनिक भएको आईफोन एसईभन्दा पनि निकै सस्तो हाे । कम्पनीले आगामी मार्च ८ मा आयोजना गर्ने एक इभेन्टबाट सस्तो आईफोनसहित आईप्याड एयर, नयाँ सीपीयू र फाइभजी सपोर्ट गर्ने अन्य डिभाइस पनि सार्वजनिक हुने अनुमान गरिएको छ । हालसम्म बाहिरिएका रिपाेर्ट अनुसार यो आईफोन कम्पनीको आफ्नै ए१५ बायोनिक एसओसी चिपमा आधारित हुनेछ र यो ३ तथा ४ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुनेछ । फाइभजी कनेक्टिभिटी र कम्पनीको आफ्नै चिपसेट ए१५ मा आधारित आईफोन हुने चर्चासँगै यसले करोडौं एन्ड्रोइड प्रयोगकर्ता आफूतिर तान्ने विश्लेषण गरिएको छ । साथै फोनमा ४.७ इन्चको...

दुई दर्जन आविष्कार अन्तिम चरणमा

काठमाडौं । प्रविधि विकास वा आविष्कारका लागि तीन वर्षको समय पर्याप्त होइन, न त लामो नै । त्यस अवधिमा भएको १० करोड रुपियाँ खर्च पनि धेरै होइन । जनस्तरबाट जम्मा भएको रकम आधार मान्ने हो भने त यो रकम निकै हो पनि । समय, खर्चको स्रोत र रकमका आधारमा नतिजा हेर्दा अझ सन्तोषजनक आधार देखिन्छ । राष्ट्रिय आविष्कार केन्द्रले विकास वा आविष्कार गरेका दुई दर्जन औजार तथा उपकरण परीक्षण अन्तिम चरणमा छन्  । केही परीक्षणमा सफल भएर प्रयोगमा आइसकेका छन् । केन्द्रका अध्यक्ष डा. महावीर पुनका अनुसार केन्द्र स्थापना भएको तीन वर्ष भएको छ । अहिलेसम्म १५ करोड सङ्कलन र १० करोड रुपियाँ खर्च भएको छ । स्वदेश तथा विदेशमा बसेका नेपाली तथा विदेशीको सहयोगबाट केन्द्र चलेको छ । शिशुलाई न्यानो उपहार केन्द्रले स्वास्थ्य, कृषि र कृषि उद्यम तथा बजारका लागि आवश्यक प्रविधिको अनुसन्धान र विकास गर्दै आएको छ । केन्द्रले न्यानो नानी (शिशुलाई बिजुलीबाट न्यानो पार्ने उपकरण) निर्माण गरेर परीक्षणका लागि विभिन्न अस्पतालमा पठाइसकेको छ । अस्पतालले त्यसलाई रुचाएका छन् । यो उपकरण भारतमा इन्जिनियरिङ विषय पढेर आएका विद्यार्थीको समूहले बन...

टाइप-सी पोर्ट भएको ‘आईफोन १२ प्रो म्याक्स’ बिक्रीमा

Image
काठमाडौं । यूएसएबी-सी पोर्ट भएको विश्वको दोस्रो आईफोनको बिक्री अनलाइन प्लेटफर्म ‘ईबे’ मार्फत हुने भएको छ । स्लोभाकियाको कम्पनी ‘डिप’ ले आईफोन १२ प्रो म्याक्सलाई मोडिफाई गरेर यूएसबी-सी पोर्ट सपोर्ट गर्ने बनाएको हो । लामो समयदेखि सी पोर्ट सपोर्ट गर्ने एप्पलका उत्पादनहरूको प्रयोगकर्ताले माग गरिरहेका थिए । लाइटिङ पोर्टलाई हटाएर सी पोर्टको प्लग लगाएर यो फोन मोडफाई गरिएको हो । कम्पनीले मोडिफाई पश्चात फोनको परीक्षण सफल रुपमा गरेको छ । फोन चार्ज हुने मात्र होइन, यसले आईट्युनलाई पनि सपोर्ट गर्छ साथै यो सजिलै म्याकमा पनि कनेक्ट हुन्छ । यो फोन मार्च महिनाको ६ तारिकमा लिलामीको लागि ईबेमा राखिनेछ । यो भन्दा अगाडि गत वर्षको नोभेम्बर महिनामा स्विजरल्यान्डको रोबोटिक्स पढिरहेका विद्यार्थी केन पाइलोनेलले आईफोन एक्स मोडिफाई गरेका थिए । सो फोन ईबे मार्फत नै ८६,००१ डलर (१ करोड तीन लाख रुपैयाँ) मा बिक्री भएको थियो ।    The post टाइप-सी पोर्ट भएको ‘आईफोन १२ प्रो म्याक्स’ बिक्रीमा appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/Ca527ws via IFTTT

यति एयरलाइन्सको वार्षिक उत्सव भन्दै स्क्याम आतंक, सुरक्षित रहन लिङ्क नखोल्नुहोला

Image
काठमाडौं । आज विहानदेखि नै नेपालको निजी आन्तरिक वायुसेवा कम्पनी ‘यति एयरलाइन्स’ को २०औँ वार्षिक उत्सवको नाममा स्प्याम लिंक सामाजिक सञ्जाल भरि नै आइरहेको छ । यति एयरलाइन्सको २०औँ वार्षिक उत्सवको अवसरमा उपहार भन्दै साथीहरूको माध्यमबाट फेसबुको इनबक्समा लिंक आइरहेको छ । जबकि यति एयरलाइन्सले गत वर्षमात्रै आफ्नो २३औँ वार्षिक उत्सव मनाएको थियो । यसरी आउने लिंकमा ५००० रुपैयाँसम्म जित्ने मौका भनेर म्यासेज लेखिएको छ । यस्तो लिंकमा क्लिक गर्दा आफ्नो अकाउन्ट ह्याक हुनसक्ने लगायतका समस्या आउन सक्छ । कम्पनीले भने यो फेक म्यासेज भएका कारण यस्तो प्रकारको कुनै पनि लिंकमा क्लिक नगर्न र रकम जित्ने आशामा यो म्यासेज कसैलाई पनि फर्वार्ड नगर्न आग्रह गरेको छ । ‘कोही ह्याकरले गलत नियतवश यस्तो लिंक फैलाउन खोजेको छ । कम्पनीले यस्तो कुनै पनि प्रकारको लिंक कसैलाई शेयर नगर्न पनि भनेको छ । हामीले यस्तो प्रकारको कुनै म्यासेज पनि फर्वार्ड गरेका छौं । सम्बन्धित सबैलाई यस्तो लिंकमा क्लिक नगर्न आग्रह गर्दछौं,’ कम्पनीका प्रवक्ता सुरदर्शन बर्तौलाले भने ।  The post यति एयरलाइन्सको वार्षिक उत्सव भन्दै स्क्याम आतं...

यस्तो छ नक्कली लाइसेन्स पत्ता लगाउने एप

Image
काठमाडौं । नक्कली लाइसेन्स लिएर सवारी साधन चलाउने व्यक्तिलाई कारबाही गर्न ट्राफिक प्रहरीले माेबाइल एप प्रयाेगमा ल्याएकाे छ । यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एपको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ । एक वर्षे परीक्षणकालीन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्स मार्फत स्क्यान गरी सजिलै नक्कली/सक्कली छुट्याउन सक्नेछ । यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स चेकजाँचका लागि यातायात कार्यालयमा सम्पर्क गर्नुपर्ने बाध्यता रहेकाे थियाे । अब आवश्यकता अनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाइल एपमार्फत लाइसेन्स प्रमाणीकरण गर्न सक्नेछन् । कोही कसैले नक्कली लाइसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्ति कानूनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने विश्वास गरिएकाे छ । यस्तो छ एप The post यस्तो छ नक्कली लाइसेन्स पत्ता लगाउने एप appeared first on Tech News Nepal . from Tech News Nepal ht...

बोल्न लजाउनेहरूका लागि अब क्लबहाउसमा पनि च्याट फिचर 

काठमाडौं । कोभिड महामारीको समयमा निकै चर्चामा आएको अडियो प्लेटफर्म ‘क्लबहाउस’ ले पनि च्याट फिचर थप गर्न भएको छ । सुन्न मन पराउने तर, बोल्न हिच्किचाउने प्रयोगकर्तालाई लक्षित गर्दै क्लबहाउसले च्याट फिचर थप गर्न लागेको हो, ताकी ती व्यक्तिहरूले पनि आफ्नो कुरा च्याट मार्फत छलफलमा पेश गर्न सकुन् । आफूले चाहेको कन्भर्सेशनमा गएर स्क्रिनको देब्रेतिर तलपट्टि च्याट अप्सन देख्न सकिन्छ । यद्यपि यो अप्सन ऐच्छिक हो । अर्थात कन्भर्सेसन सुरु गर्ने व्यक्तिले यो अप्सन अन गरेमा मात्र अन्य प्रयोगकर्ताले यो अप्सन प्रयोग गर्न सक्नेछन् । यो अप्सन खुल्ला भएको खण्डमा उक्त च्याट अप्सनमा गएर म्यासेज लेख्न सकिनेछ । गत वर्ष डाइरेक्ट म्यासेजको अप्सन खुला गरेको कम्पनीले यो वर्ष लाइभ कन्भर्सेसनमा च्याटको अप्सन दिएको हो । अडियोसँगै लाइभ च्याटलाई पनि आर्काइभमा राख्न मिल्नेछ । हरेक अपडेटसँगै कम्पनीले क्लबहाउसलाई मात्र अडियो प्लेटफर्मबाट दायरा बढाउँदै लगिरहेको छ ।   The post बोल्न लजाउनेहरूका लागि अब क्लबहाउसमा पनि च्याट फिचर  appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/UiMRz...

युक्रेनमा दूरसञ्चार सेवा अवरूद्ध, बैंक र सरकारी वेबसाइटमाथि लगातार आक्रमण

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा युक्रेनका धेरै ठाउँमा दूरसञ्चार सेवा अवरुद्ध भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनका दूरसञ्चार एवं इन्टरनेट सेवाप्रदायकले विभिन्न ठाउँमा समस्या भोगिरहेका छन् । इन्टरनेट सेवा प्रदायक ट्रिओलानले राजधानी सहर किभका केही भागसहित धेरै क्षेत्रमा समस्या भोगेको छ । ‘कम्पनीका कर्मचारीहरूले यो कठिन समयमा नेटवर्कको सामान्य कार्यलाई कायम राख्न सक्दो प्रयास गरिरहेका छन्,’ कम्पनीले टेलिग्राम पोस्टमा भनेको छ । जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीद्वारा सञ्चालित इन्टरनेट आउटेज मनिटरिङ ड्यासबोर्डले पनि युक्रेनका धेरै भागमा आंशिक आउटेज देखाएको छ । त्यस्तै इन्टरनेट विश्लेषकहरुले पनि युक्रेनको इन्टरनेट गम्भीर अवस्थामा पुगेको चेतावनी दिइरहेका छन् । यता भ्वाइस कलमा अवरोध हुँदा मानिसहरूले टेक्स्ट म्यासेज प्रयोग गर्नपर्ने अवस्था छ । युक्रेनी सरकारले बिहीबारमात्रै दूरसञ्चार अपरेटरहरूले आफ्नो नेटवर्कमा भारी कम्युनिकेसन लोडसँग संघर्ष गरिरहेको बताएको थियो । युक्रेनी साइबर सुरक्षा अधिकारीका अनुसार गत हप्तादेखि नै युक्रेनका सरकारी वेबसाइट, बैंक र ड...

दुई न्युज पोर्टल कालोसूचीमा

काठमाडाैं । प्रेस काउन्सिलले पत्रकारिताको आचारसंहिता प्रतिकूल हुने गरी समाचार सामग्री सम्प्रेषण गरेको भन्दै दुई अनलाइन समाचार पोर्टललाई कालोसूचीमा राखेको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार नेपाल आज डट कम र सगरमाथाखबर डट कमलाई कालोसूचीमा राखिएको छ । काउन्सिलले २०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी परेका थिए । यस्तै, आठ वटा जनगुनासा दर्ता भएकामा हालसम्म ८१ उजुरी र चार वटा जनगुनासा फछ्र्योट भएका छन् । यस अवधिमा भएका १७१ वटा स्वअनुगमन सामग्रीमध्ये १४९ वटा फछ्र्योट भएका छन् । त्यस्तै, ४० उजुरी र ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता सूचीकरण नभएका बेवपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गरिएको छ । यसबीचमा दुई सञ्चारमाध्यम अवज्ञाकारी सूचीमा परेको प्रवक्ता खनालले जानकारी दिए । एकपक्षीयरूपमा सामग्री प्रकाशित गरेको, व्यक्तिगत चरित्र हत्या गरेको, पत्रकारिता न्यूनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको र ब्ल्याकमेलिङ गरी आफ्ना माग पूरा नभए बिनाआधार चरित्र हत्या गर्ने गरेको...

अब मासिक ८०० मै आईपीटिभीसँगै भायनेटको ७५ एमबीपीएस इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटले भायटिभी सहित मिनी प्याकको नयाँ अफर सुरु गरेको छ । कम्पनीले ८०० रुपैयाँमै ७५ एमबीपीएस गतिको इन्टरनेट प्याकेजमा मासिक सब्स्क्रिप्सनसँगै निःशुल्क भायटिभी समेत पाउन सकिने गरी आकर्षक अफर सार्वजनिक गरेको हो ।  सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गर्दै भायनेटले यो मिनी प्याक उपलब्ध गराएको छ । यो अफरमार्फत ग्राहकले उच्च गतिको इन्टरनेटका साथै मनोरञ्जनात्मक च्यानलहरूको समेत आनन्द लिन सक्नेछन् । भायटिभीका ग्राहकहरूले १७५ भन्दा टेलिभिजन च्यानलका साथै चलचित्र र टेलिश्रृङ्खला समेत हेर्न सक्ने छन् । यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस गतिको हाइस्पिड इन्टरनेट सहित नि:शुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डेटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि ८०० रुपैयाँ प्रति महिनामा यो अफरको लाभ उठाउन सक्नेछन् । यस बाहेक भायटिभीको सेट-टप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ । जसमार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरि पछि हेर्ने सुविधा प्राप्त गर्न सक्छन् । मिनी प्याकका ग्राहकले भायटिभीको सेवा आफ्ना मोबाइल उपकरणमा ...

ह्वावेले पायो ‘क्याटलिस्ट इन्डस्ट्री कन्ट्रिब्युसन टु टीएम फोरम’ अवार्ड

काठमाडौं । ग्राहक अनुभव मापदण्ड तथा अभ्यासमा ह्वावेले ‘क्याटलिस्ट इन्डस्ट्री कन्ट्रिब्युसन टु टीएम फोरम’ अवार्ड हात पारेको छ । ह्वावेसँगै कम्पनीका साझेदार कम्पनीहरूलाई समेत यस्तो अवार्ड प्रदान गरिएको हो ।   अघिल्लो साता ‘उपभोक्ता अनुभवलाई बढाउन सघाउने आर्टिफिसियल इन्टेलिजेन्स तथा मसिन लर्निङ’ नामक तत्कालै कार्यान्वयन गर्न सकिने र परीक्षणबाट प्रमाणित यो परियोजनाले गत वर्ष टीएम फोरमको ‘बेस्ट इम्प्लिमेन्टेसन अफ इनोभेसन टेक्नोलोजी सोलुसन’ (नवीन प्रविधिको उत्कृष्ट कार्यान्वयन)  अवार्ड पनि जितेको थियो । यो परियोजनाले दूरसञ्चार सेवा प्रदायकका ग्राहकको आवश्यकता र समय सन्दर्भलाई केलाउन सहयोग गर्छ । जसले ग्राहक र कम्पनी बीचको अन्तर पहिचान गरी कम्पनीको आम्दानी बढाउन कुन पक्षलाई अघि बढाउन सकिन्छ भनेर समेत जानकारी दिने गर्छ । ‘ग्राहकको अनुभव तथा विश्वास र अटोमेसनका क्षेत्रमा टीएम फोरमलाई सहयोग गर्न पाउनु हाम्रा लागि एउटा अवसर हो,’ एचकेटीका कस्टमर सर्भिस सहायक उपाध्यक्ष डिरेक च्यानले भने, ‘प्रविधिमा भइरहेको नयाँ विकास र त्यससँगै ग्राहकको मागलाई केलाएर हामीले यो सफलता हात पारेका हौँ ...

तपाईँको बच्चाले स्मार्टफोन चलाउँछ ? प्रयोग गर्न नबिर्सिनुहोस् यो एप

काठमाडौं । अचेलका बालबालिका स्मार्टफोनका लागि आफ्ना अभिभावकसँग साह्रै जिद्दी गरिरहेका हुन्छन् । विस्तारै उनीहरूलाई स्मार्टफोनमा टाँसिएर बस्ने बानी पर्दै जान्छ । अन्ततः बालबालिकाको स्मार्टफोन चलाउने बानी अभिभावकका लागि टाउको दुखाईको कारण बन्न थाल्छ । फोन पाउने बित्तिकै उनीहरू युट्युब, टिकटक, पब्जी वा अन्य यस्तै एपमा गइरहेका हुन्छन् । बालबालिका आफ्नै अघि छन् भने त ठीकै छ । तर सधैँ उनीहरूले मोबाइल चलाउँदा त्यसमा गरिने गतिविधि र हेर्ने सामग्री माथि तपाईँले प्रत्यक्ष रुपमा निगरानी गर्न सम्भव पनि छैन । यस्तोमा उनीहरू कतै  अनावश्यक र फोहोरी सामग्री त हेरिरहेका छैनन्, तपाईँलाई थाहै हुन्न । अहिलेका बालबालिका यति धेरै स्मार्ट भइसकेका छन् कि उनीहरूले आफ्नो सर्च हिस्ट्री समेत डिलिट गरिदिन्छन् । त्यसपछि उनीहरूले मोबाइलमा के हेरे वा प्रयोग गरे भन्ने कुरा बुबाआमालाई थाहै हुन्न । यस्तोमा तपाईँलाई एउटा एपले सहयोग गर्न सक्छ । जसको सहयोगमा तपाईँ आफ्ना बालबालिकाले स्मार्टफोनमा के  गरिरहेका छन् भन्ने कुरा सजिलै थाहा पाउन सक्नुहुन्छ । आज हामी तपाईँलाई यही एपको बारेमा बताउँदै छौँ । कुन हो त्यस...

नयाँ स्मार्टफोन भी २५ सार्वजनिक गर्दै रियलमी, कस्तो होला फिचर ?

काठमाडौं । रियलमीले आगामी मार्च ३ तारिखमा आफ्नो नयाँ स्मार्टफोन सिरिज  भी २५ सार्वजनिक गर्ने भएको छ । बिहीबार बिहान कम्पनीले आधिकारिक रूपमा भी २५ सिरिजको स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको हो । टिनाको सूची अनुसार यो मोबाइलमा ६.५८ इन्चको फुल एचडी टीएफटी डिस्प्ले, मिडरेन्जको २.२ गिगाहर्ज अक्टाकोर चिपसेट रहेको छ । यसमा ४८८० एमएएचको ब्याट्री रहेको छ । रियलमीको भी २५ सिरिजको यो फोन ६ जीबी, ८ जिबी र १२ जीबी र्‍याम तथा १२८ जिबी र २५८ जीबीको स्टोरेज विकल्पमा उपलब्ध हुने छ। साथै यसमा थप स्टोरेका लागि माइक्रो एसडी कार्ड स्लट समेत राखिएको छ । The post नयाँ स्मार्टफोन भी २५ सार्वजनिक गर्दै रियलमी, कस्तो होला फिचर ? appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/f7GNYX6 via IFTTT

कल अफ ड्युटी मोबाइल गेमको आम्दानी हालसम्मकै उच्च

काठमाडौं । मोबाइल गेम ‘कल अफ ड्युटीः मोबाइल’ ले सन् २०२१ मा हालसम्मकै सबैभन्दा बढी आम्दानी गरेको छ । सेन्सर टावरले भर्खरैमात्र सार्वजनिक गरेको प्रतिवेदन अनुसार सीओडीको आम्दानी १.५ बिलियन डलर अर्थात १ खर्ब ८० अर्ब पुगेको छ । यो आम्दानी कम्पनीले कुनै पनि एक वर्षमा गरेको मध्ये सबैभन्दा धेरै हो । एन्ड्रोइड तथा आईओएस दुबैमा उपलब्ध यो मोबाइल गेम युवा पुस्तामाझ निकै नै लोकप्रिय छ । टेनसेन्टको टिभी स्टुडियोले निर्माण गरेको यो गेम सन् २०१९ मा सार्वजनिक गरिएको हो । प्रतिवेदन अनुसार सीओडीमा पैसा खर्च गर्नेमा सबैभन्दा अघि अमेरिका रहेको छ । अमेरिकाबाट कम्पनीले ६ सय ४७ मिलियन डलर आम्दानी गरेको छ । यो सँगै मोबाइल सुटर गेम मध्ये धेरै आम्दानी गर्नेमा सीओडी  १४ औं स्थानमा उक्लिएको छ । भने, मोबाइल सुटर गेमको हिसाबले भने तेस्रो नम्बरमा रहेको छ । सेन्सर टावरका अनुसार सन् २०२१ सीओडीका लागि निकै नै फलदायी रह्यो । सन् २०२० को तुलनामा कम्पनीको आम्दानीमा ४५ प्रतिशतले वृद्धि हुँदै बिलियन डलरको आँकडा छुन सफल भएको भएको हो ।  The post कल अफ ड्युटी मोबाइल गेमको आम्दानी हालसम्मकै उच्च appeared first on ...

साइबर आक्रमणले युक्रेनमा बैंक तथा सरकारी निकायका वेबसाइट बन्द

काठमाडौं । साइबर आक्रमणका कारण युक्रेनमा विभिन्न वेबसाइट बन्द भएको बताइएको छ । बुधबारबाट सुरु भएको साइबार आक्रमणको प्रक्रिया बिहिबारसम्म आइपुग्दा नियन्त्रण भन्दा बाहिर पुगेको उल्लेख छ । बुधबार ह्याकरले युक्रेनका विभिन्न बैंक तथा सरकारी निकायका वेबसाइटहरूमाथि आक्रमण गरेका थिए । साइबर आक्रमणबाट ती वेबसाइट पहुँचभन्दा बाहिर रहेको जनाइएको छ । युक्रेनको इन्टरनेट सेवा प्रदायक कम्पनी नेटब्लक्सले डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस(डीडस) आक्रमण भएको बताएको छ । डीडस एउटा यस्तो आक्रमण हो जसमा साइबर अपराधीले नेटवर्कमा आवद्द रहेका विभिन्न उपकरणहरूलाई संक्रमित गर्ने गर्छन् । र त्यही उपकरणको प्रयोग गरी सेवा प्रदान गर्ने सर्भरलाई लक्षित गरी आक्रमण गर्दछ । यसले गर्दा उक्त सर्भरबाट उद्देश्य अनुरूपको सेवा उपलब्ध गराउन सकिदैन । डीडस आक्रमण सामान्यतया भोलुम वेश, प्रोटोकल र एप्लिकेशन आक्रमण गरी तीन प्रकारका हुन्छन् । साइबर अपराधीबाट भएका केही महत्वपूर्ण डीडीओएस आक्रमणहरूमा सन् २०२० मा भएको अमेजन वेब सर्भिस, २०१७ को गुगल आक्रमण, २०१८ को गिटहब आक्रमण हुन् । डीडसमार्फत युक्रेनको सुरक्षा निकायको वेबसाइटमा समेत...

प्रयोगकर्तालाई प्रयोजन अनुरूप म्यासेज छुट्याउन सकिने सुविधा दिँदै गुगल

काठमाडौं । हामी कतिपयलाई गुगलको म्यासेजिङ एपको बारेमा जानकारी नहुन सक्छ । किनभने धेरैजसो ब्राण्डका फोनमा मोबाइल म्यासेजका लागि छुट्टै एपको प्रयोग भएको हुन्छ । कतिपय फोनमा गुगल म्यासेज नै डिफल्ट म्यासेजिङ एपकै रुपमा रहेको हुन्छ । त्यसैले पनि पछिल्लो समय यसको प्रयोग उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । यस्तोमा कम्पनीले पनि समय समयमा विभिन्न फिचरहरू थप गर्दै आइरहेको छ । यसै क्रममा कम्पनीले नयाँ फिचरको रुपमा केही समय अघि क्याटेगोरी अनुसार म्यासेजलाई छुट्याउने सकिने बनाएको थियो । जुन पहिलो चरणमा केही देशका प्रयोगकर्तामाझ मात्रै उपलब्ध थियो । त्यसमा परिमार्जन गर्दै कम्पनीले थप देशहरूमा समेत यो सुविधा उपलब्ध गराएको जनाइएको छ । विभिन्न म्यासेज एकै ठाउँमा आउँदा हुने झन्झटलाई कम गर्न कम्पनीले म्यासेजको प्रयोजन आफै छुट्टिने गरी यो फिचर उपलब्ध गराएको हो । यसले प्रयोगकर्तालाई म्यासेज प्रयोगमा सहज हुने अपेक्षा कम्पनीको थियो । क्याटेगोरी अन्तर्गत ‘अल’, ‘पर्सनल’, ‘ट्रयान्ज्याक्सन’ र ‘ओटीपी’ रहेको छ । जसमध्ये ‘अल’ मा अहिले जस्तै सबै म्यासेज एकै ठाउँमा हुनेछ भने पर्सनलमा व्यक्तिको मोबाइल नम्बरबाट आए...

चिप अभावका कारण अक्सफोर्डमा रहेको बीएमडब्लूको प्लान्ट बन्द

काठमाडौं । चिप अभावका कारण कार निर्माता कम्पनी बीएम्डब्लूको बेलायत स्थित अक्सफोर्डमा रहेको प्लान्ट बन्द भएको छ । कारमा प्रयोग सेमिकण्डक्टर(चीप) को अभाव हुँदा ‘बीएमडब्लू मिनी प्लान्ट’ एक साताका  लागि बन्द गरिएको हो । कम्पनीले सोमबारदेखि शुक्रबारसम्मका लागि यो प्लान्ट बन्द गर्ने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यममहरूले जनाएका छन् । प्लान्ट बन्द भएसँगै कम्पनीले हुन सक्ने आगामी स्थितिलाई समेत नियाली रहेको जनाएको छ । यसअघि कम्पनीले चिप अभावकै कारण गत वर्ष अप्रिलमा समेत तीन दिनका लागि प्लान्ट बन्द गरेको थियो । सोही कदम अनुरूप नै कम्पनीले पूनः प्लान्ट एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो । विश्वभर यती बेला चिपको निकै ठुलो अभाव छ । चिप निर्माता कम्पनीहरू सेमिकण्डक्टरको माग पुरा गर्न संघर्षरत छन् । यस्तोमा नयाँ डिजाइनका कारहरुमा प्रयोग हुने चिप निकै अभाव भएको छ । नयाँ डिजाइनका कारमा प्रयोग हुने टचस्क्रिन कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेक, रिभर्सिङ क्यामेरा, इन्धन इफिसियन्सी टूलहरू र एयरब्याग सबै  चिपमै निर्भर हुने हुँदा कार निर्माता कम्पनीहरूका लागि चिप अभाव सबैभ...

पुराना कम्प्युटरलाई नयाँ बनाउन सकिने गुगलको नयाँ क्रोम ओएस

काठमाडौं । गुगलले एप्पलका कम्प्युटर तथा म्याकलाई लक्षित गर्दै क्रोम ओएसको नयाँ भर्सन अर्थात ‘क्रोम ओएस फ्लेक्स’ सार्वजनिक गरेको छ । बिजनेश तथा विद्यालयहरूमा रहेका पुराना कम्प्युटर तथा म्याकलाई लक्षित गर्दै गुगलले यो अप्रेटिङ सिस्टम सार्वजनिक गरेको हो । क्रोम ओएस फ्लेक्स केही मिनेटको अन्तरालमै डिभाइसमा इन्स्टल हुने जनाइएको छ । जुन क्रोम बुकमा उपलब्ध गराउँदै आएको क्रोम ओएस जस्तै रहेको छ । हुन त यसअघि पनि गुगलले पुराना डिभाइसलाई क्रोम ओएसमा परिणत गर्न मिल्ने गरी ‘क्लाउड रेडी’ एप निर्माण गरेको थियो । सोही ‘क्लाउड रेडी’ लाई नै ओएसको रुपमा निर्माण गरी अब पुराना कम्प्युटर तथा म्याकमा प्रयोग गर्न सकिने बनाएको हो । पुराना डिभाइसमा उपलब्ध फिचरका आधारमा काम गर्न सक्ने गरी कम्पनीले यो ओएस निर्माण गरेको जनाइएको छ ।   The post पुराना कम्प्युटरलाई नयाँ बनाउन सकिने गुगलको नयाँ क्रोम ओएस appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/17ZB82a via IFTTT

आइकु ९ सिरिज सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । भिभोको सहायक ब्राण्ड आइकुले हालै आइकु ९ सिरिज सार्वजनिक गरेको छ । गेमिङ पारखीका लागि लक्षित गर्दै कम्पनीले आइकु ९ र आइकु ९ प्रो सार्वजनिक गरेको हो । आइकु ९ प्रोमा एट जेनेरेशन वान प्रोसेसरको स्न्यापड्रागन, १२ जिबीसम्म र्‍याम, ४७०० एमएएचको ब्याट्री रहेको छ । त्यस्तै १२० हर्जसहित ६.७८ इन्च ओएलईडी डिस्प्ले छ । फोनमा ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा, १६ मेगापिक्सेलको पोट्रेट क्यामेरा र गिम्बल स्टाइल स्टेबेलाइजेशनका लागि ५० मेगापिक्सेलको मेन सेन्सर छ । साथै १२० वाटको केबल र ५० वाटसम्मको वायरलेस चार्जिङबाट फोन चार्ज गर्न सकिन्छ । त्यस्तै आइकु ९ मा स्न्यापड्रागनको ८८८ प्लस प्रोसेसर, ४३५० एमएएचको ब्याट्री र १२० हर्जको डिस्प्ले सहित ६.५६ इन्च ओएलईडी स्क्रिन समावेश छ । ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र १३ मेगापिक्सेलको पोट्रेट क्यामेरा भएको फोनले १२० वाटको चार्जर सपोर्ट गर्ने बताइएको छ । आइकु ९ प्रो जस्तो यसमा वायरलेस चार्जिङको विकल्प भने छैन । आइकु ९ र ९ प्रो एन्ड्रोइड १२ मा आधारित भिभोको फनटच अपरेटिङ सिस्टम १२ को सहायताले चल्नेछन् । ८...

किनेको केही वर्षमै एन्ड्रोइड फोन बेकार लाग्ने !

काठमाडौं । यदि तपाईं नयाँ फोन खरिद गर्नुअघि पुरानो मोबाइल बेच्नुहुन्छ भने त्यस्तोमा तपाईंसँग आईफोन र एन्ड्रोइड के छ भन्ने कुराले निकै ठूलो अर्थ राख्ने देखिएको छ । यदि तपाईंले नयाँ एन्ड्रोइड फोन किन्नुभयो र त्यसलाई केही वर्षपछि बिक्री गर्न खोज्नुभयो भने त्यसको खासै भ्यालु नहुने एक अध्ययनले देखाएको छ । सेलफोनहरूको तथ्याङ्क केलाउँदै आएको संस्था ‘बैंकमाई सेल’ ले ५०० ओटा स्मार्टफोनको रिसेल भ्यालुबारे अध्ययन गरेको थियो । उक्त अध्ययनले एन्ड्रोइड प्रयोगकर्ताको तुलनामा आईफोन प्रयोगकर्ता निकै भाग्यमानी रहेको देखाएको हो । अध्ययनका अनुसार मोबाइल किनेको तीन वर्षकाे अवधिमा आईफोनको तुलनामा एन्ड्रोइड फ्ल्यागशिप स्मार्टफोनको रिसेल मूल्य दुई गुणा बढीले घट्ने देखिएको छ । आईफोन १२/११ रेन्जको तुलनामा सामसङ एस२१/एस२० को रिसेल मूल्य दोब्बरले घटेको छ । ग्यालेक्सी जेड फोल्ड थ्रीको मूल्य सार्वजनिक भएको पाँच महिनाको अवधिमा आधाले घटेको अध्ययनले जनाएको छ । त्यस्तै गुगलको पिक्सेल, वनप्लस जस्ता अन्य ब्राण्डका स्मार्टफोनको मूल्य मोबाइल खरिद गरेको ३० दिनमै झन्डै आधाले घट्ने जनाइएको छ । त्यतिमात्रै नभएर बजेट एन्ड...

अर्यालले पत्ता लगाए इन्स्टाग्रामको गम्भीर सुरक्षा कमजोरी, पुरस्कारमा पाए साढे ३ लाख

काठमाडौं । नेपालका एक युवाले सामाजिक सञ्जाल इन्स्टाग्रामको सुरक्षा कमजोरी पत्ता लगाएका छन् । साइबर सुरक्षामा अनुसन्धान गर्दै आएका १८ वर्षीय अनुसन्धानकर्मी समिप अर्यालले इन्स्टाग्रामको टु फ्याक्टर अथेन्टिकेशन (टूएफए) सिस्टममा कमजोरी पत्ता लगाएका हुन् । यो समस्या पत्ता लगाए बापत इन्स्टाग्रामको अभिभावक कम्पनी मेटाले उनलाई तीन हजार डलर (साढे तीन लाख रुपैयाँ बढी) बाउन्टी स्वरुप प्रदान गरेको छ । इन्स्टाग्रामको टुएफए कत्तिको सुरक्षित छ भनेर परीक्षण गर्न क्रममा आफूले यस्तो कमजोरी पत्ता लगाएको उनले बताए । उनले ईमेलको माध्यमबाट इन्स्टाग्रामको टुएफए सिस्टमलाई बाईपास गरेर अरु कसैको अकाउन्ट प्रयोग गर्न सकिने समस्या पत्ता लगाएका थिए । यस अन्तर्गत कोही अनधिकृत व्यक्ति (ह्याकर) ले तपाईंले इन्स्टाग्राममा राखेको ईमेल आईडी कम्प्रोमाइज (ह्याक गरेर नियन्त्रणमा लिने काम) गर्न सक्छ । यसरी ईमेल कम्प्रोमाइज गरिसकेपछि तपाईंको इन्स्टाग्राममा लगईन गर्ने बहानामा (रिसेट पासवर्ड) अप्सनमा गई पासवर्ड रिसेट गर्नका लागि इन्स्टाग्रामलाई लगईन लिंकको लागि रिक्स्वेट पठाउन सक्छ । यसरी पठाएको लिंक तपाईंको ईमेलमा त आउँछ,...

६ महिनामै नेपाल भित्रिए ११ सय विद्युतीय कार

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको आयात बढेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को बजेटले ब्याट्रीबाट चल्ने सवारीसाधनको आयात शुल्क ४० बाट १० प्रतिशतमा झारेसँगै विद्युतीय सवारी साधनको आयात बढेको हो । विद्युतको उपयोग विस्तार गर्ने उद्देश्यले बजेटमा सरकारले अन्तःशुल्क खारेज गर्ने र भन्सार महसुल घटाउने निर्णय गरेसँगै चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युतीय कारको आयात २० गुणाले बढेको छ । भन्सार विभागका अनुसार गत असार मसान्तदेखि पुस मसान्तसम्ममा तीन अर्ब २४ करोड रुपैयाँ बराबरका एक हजार १०३ विद्युतीय कार नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ५९ लाख रुपैयाँ बराबरको ५१ वटा कार आयात भएको थियो । नेपालमा चालू वार्षिक बजेट योजनाले देशमा विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि घोषणा गरेसँगै नेपाली बजारमा यसको मूल्यमा अझै उल्लेख्य मात्रामा गिरावट आउने अनुमान गरिएको छ । विद्युतीय सवारी साधन चलाउन सहज र यसको मूल्यमा भएको गिरावटका कारण डिजेल वा पेट्रोलजस्ता इन्धन प्रयोग गरी चलाउने सवारी प्रयोग नहुने पाइएको छ । The post ६ महिनामै नेपाल भित्रिए ११ सय विद्युतीय कार appeared...

बीएससी सीएसआईटी प्रवेश परीक्षाको नतिजा सार्वजनिक, अब कहाँ सम्पर्क गर्ने ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) को प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।  गत फागुन ७ गते सञ्चालन भएको प्रवेश परीक्षाको नतिजा मङ्गलबार प्रकाशित भएको हो । यहाँ क्लिक गरी उक्त प्रवेश परीक्षाको नतिजा हेर्न तथा स्कोर कार्ड डाउनलोड गर्न सकिनेछ । चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) पढ्न इच्छुक उत्तीर्ण परीक्षार्थीले यही फागुन १३ गते बिहान दश बजेदेखि १९ गतेसम्म प्रायोरिटी फारम (Priority Form) भर्न सक्नेछन् । त्यसका लागि त्रिभुवन विश्वविद्यालय कम्प्युटर विज्ञान तथा सूचना प्रविधि सङ्कायको वेबसाइटमा रहेको लिङ्कमा गएर फाराम भर्नुपर्ने छ । प्रायोरिटी फारम भर्दा परीक्षार्थीले आआफ्नो स्कोर शिट डाउनलोड गर्नुपर्नेछ । आफूले पढ्न खोजेको क्याम्पस तथा कलेजको नाम (दश ओटासम्म) छनौट गर्न पाउने छन् । त्यसका लागि दुई सय रुपैयाँ कम्प्युटर विज्ञान तथा सूचना प्रविधि संकायको ग्लोबल आईएमई बैंकको कीर्तिपुर शाखामा जम्मा हुने गरी बुझाउनु पर्नेछ । परीक्षार्थीले परीक्षा फारम भर्दा शुल्क...

माछा मार्ने जालबाट बनेको सामसङ ग्यालेक्सी एस २२ नेपालमा, मूल्य एक लाख ७० हजारसम्म

काठमाडौं । सामसङले वातावरण प्रति उत्तरदायी हुँदै पुनः प्रयोगलाई प्राथमिकता दिएर तयार पारेको ग्यालेक्सी एस २२ सिरिज अन्तर्गतका तीन स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएका छन् । कम्पनीले, ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ नेपाल भित्र्याएको हो । क्यामेरामा विशेष ध्यान दिएको कम्पनीले ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ मा भएको नाइटोग्राफी फिचर राखेको छ । जसले प्रयोगकर्तालाई दिनमा होस् वा रातमा जुनसुकै बेला रेकर्डिङ गर्दा पनि अगाडि पछाडि दुवै क्यामराहरुले स्पष्ट भिडियो खिच्न सकिने सुविधा दिन्छ । ग्यालेक्सी एस २२ प्लस र एस २२ दुवैमा ५० मेगापिक्सेलको मुख्य क्यामरा सहित १० मेगा पिक्सेलको टेलिफोटो लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स पनि छ । ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ तीनै स्मार्टफोनमा पोट्रेट मोड र अटो फ्रेमिङ फिचर दिइएको छ । ग्यालेक्सी एस २२ अल्ट्रामा उपलब्ध एस पेन अहिलेसम्मकै अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभ रहेको कम्पनीको भनाई छ । ग्यालेक्सी एस २२ सिरिजको बडी र एस पेनको भित्री खोल २० प्रतिशत पुनः प्रशोधित माछा मार्ने जा...

कम्पनीको नाम मेटा राखेपछि फेसबुकले चार महिनामै गुमायाे ५९८ खर्ब

काठमाडौं । फेसबुकको अभिभावक कम्पनी मेटाले केही महिनादेखि लगातार घाटा बेहोरिरहेको छ । गत अक्टाेबरमा फेसबुक इंककाे नाम परिवर्तन गरी मेटा राखिएकाे थियाे । आफ्नो स्वामित्वमा रहेका सम्पूर्ण माध्यम (फेसबुक, म्यासेन्जर, इन्टाग्राम, ह्वाट्सएप) को उद्देश्य एउटै रहेको भन्दै प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरिएकाे थियाे । तर मेटा नाम राख्नु फेसबुकका लागि अभिशाप जस्तै भएको छ । प्रयोगकर्ताको व्यक्तिगत जानकारी ट्र्याक गरेर सामान बेच्ने फेसबुकको व्यापारिक मोडललाई धरापमा पार्दै एप्पल र गुगलले गोपनीयता सम्बन्धी नीति परिवर्तन गरेका छन् । जसको माध्यमबाट एप्पल र गुगल प्रयोगकर्ताले मेटा ट्र्याकरलाई ब्लक गर्न सक्छन् । त्यसैको परिणाम स्वरूप मेटाको आम्दानीमा उच्च गिरावट आएको हो । यसबाहेक कम्पनीको व्यापार घट्नुमा विभिन्न कारण छन् । फेसबुकका प्रायः युवा प्रयाेगकर्ता छन् । टिकटकको आगमनपछि प्रयोगकर्ताले फेसबुकभन्दा टिकटकलाई प्राथमिकता दिन थालेका छन् । फेसबुकको माध्यमबाट आफन्त तथा साथीभाइसँग डिजिटल रूपमा सम्पर्कमा रहन सकिन्छ । फेसबुकको यही विशेषताले करोडौं प्रयोगकर्ता याे प्लेटफर्ममा जाेडिएका हुन् । तर अहिले ...

अनलाइनमा यसरी सुरक्षित राख्नुहोस् आफ्ना बालबालिका

काठमाडौं । हाम्रा बालबालिकाले अचेल मोबाइल, ट्याब्लेट, कम्प्युटर आदिबाट अनलाइन कक्षा लिने, इन्टरनेट चलाउने, गेम खेल्ने, गीतहरू सुन्ने, भिडिओ हर्ने लगायतका कार्यहरू गरिरहेका हुन्छन् । इन्टरनेटको प्रयोग गर्दा हाम्रा बालबालिकाहरूलाई त्यसबाट सिर्जना हुनसक्ने विभिन्न खतराबाट सुरक्षित राख्न जरुरी हुन्छ र उनीहरूलाई सुरक्षित तवरमा इन्टरनेट चलाउन सिकाउनुपर्ने हुन्छ । तसर्थ हाम्रा बालबालिकालाई इन्टरनेटबाट हुनसक्ने जोखिमबाट बचाउन निम्न उपायहरू अपनाउन नेपाल दूरसञ्चार प्राधिकरणले सुझाएको छ । के गर्ने अनि के नगर्ने ? १. बालबालिकाले अनलाइनमा गर्ने गतिविधिबारे जानकारी राख्नुहोस् र खुलेर कुरा गर्नुहोस् । यसका साथै त्यस बाे कुरा गर्न अभिप्रेरित समेत गर्नुहोस् । २. बालबालिकाले हेर्ने युट्युब, टिकटक लगायतका भिडिओ, चलाउने फेसबुक लगायतका सामाजिक र खेल्ने अनलाइन गेम आदि बारे आफूले पनि जानकारी राख्नुहोस् । ३. यदि बालबालिकाले सामाजिक सञ्जालको प्रयोग गर्छन् भने उनीहरूका साथीहरू कोको छन्, केके शेयर गर्छन्, कस्ता कुराकानी गर्छन् आदि बारे जानकारी राख्नुहोस् । ४. बालबालिकाले मोबाइल, ट्याब्लेट वा कम्प्युटर चलाउ...