Posts

Showing posts from July, 2022

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

Image
वीरगंज, १५ साउन । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न स्थानबाट अबैध सामानहरू बरामद गरेको जनाएको छ । वीरगंज म.न.पा. वडा नं. १७ अलौमा भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल तर्पm ल्याउदै गरेको एक लाख मूल्य बराबरको मोबाईल पार्टस बरामद गरेको छ । यसैगरी विन्दाबासिनी गा.पा. वडा नं. ४ मधुवलमा भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल तर्पm ल्याउदै गरेको ३१ हजार मूल्य बराबरको सुर्ती र किराना सामानहरू विओपि अलौ तथा विओपी प्रसौनीभाठ्ठाबाट बरामद गरी वीरगंज भन्सारमा दाखिला गरेको छ ।

फ्रान्समा रहेका नेपालीले अब दूतावासबाटै ई-पासपोर्ट पाउने

काठमाडौं । फ्रान्सस्थित नेपाली दूतावासले पनि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न थालेकाे छ । दूतावासले गत बुधबारदेखि विद्युतीय राहदानीको आवेदन लिन थालेकाे हाे । राहदानीका लागि अनलाइन आवेदन फारम भर्ने समयमा नै सेवाग्राहीले दूतावासमा फारम बुझाउने मिति र समय छनौट गर्न सक्नेछन् । साथै राहदानीको लागि हुलाकमार्फत नभई अब सबै काम अनलाइन माध्यमबाट हुने दूतावासले जनाएको छ । फ्रान्समा रहेका नेपाली नागरिकले विद्युतीय राहदानी आवेदनसम्बन्धी थप प्रक्रिया बुझ्न याे वेबसाइट भिजिट गर्न सक्नेछन् ।    from Tech News Nepal https://ift.tt/mnjNU3G via IFTTT

गिटहब सम्बन्धी निःशुल्क वर्कशप हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडाैँ । आईटी स्टुडेन्ट अफ नेपाल ले गिटहबमा रुचि राख्ने व्यक्तिहरूका लागि दुई दिने वर्कशप आयाेजना गर्ने भएकाे छ । आउँदो साउन २१ र २२ गते भर्चअुल माध्यमबाट हुने कार्यशालामा जाेकाेही निःशुल्क रूपमा सहभागी हुन पाउने आयाेजकले जनाएकाे छ । ‘अ प्राक्टिकल गाइड टु गिट एन्ड गिटहब’ नाम दिइएकाे यस कार्यशालामा निशान्त श्रेष्ठ र अश्विन वस्तीले प्रशिक्षण दिनेछन् । आईटी स्टुडेन्ट अफ नेपालका संस्थापक विवेक सुवेदीले यसअघि पनि आईटीसँग सम्बन्धित विभिन्न विषयमा तालिम सञ्चालन गर्दै आएकाे जानकारी दिए । यसका साथै आईटीबारे कुनै जिज्ञासा भए त्यसबारे बुझ्न आफहूहरूले आस्क मित्र डटकम सञ्चालन गरिरहेकाे उनले बताए । गिटहब वर्कशपबारे बुझ्न यहाँ र सहभागी हुन यहाँ क्लिक गर्नुहाेस् ।   from Tech News Nepal https://ift.tt/Dx7wuCJ via IFTTT

राइड शेयरिङ नियमन गर्न कार्यविधि ल्याउँदै बागमती प्रदेश

काठमाडौं । राइड शेयरिङ सेवालाई नियमन गर्न बागमती प्रदेशले कार्यविधि ल्याउने भएकाे छ । यसका लागि प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ‘राइड शेयरिङ सञ्चालन तथा व्यवस्थापन कार्यविधि’ ल्याउने निर्णय गरेकाे छ । कार्यविधि बनाउन केही दिनअगाडि मात्र कार्यविधि मस्यौदा समिति गठन गरेको मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले बताए । समितिले कार्यविधि निर्माणका लागि आवश्यक अध्ययन गरी प्रतिवेदन तयार गर्ने उनको भनाइ छ । ‘बागमती प्रदेशमा राइड शेयरिङ सेवाको अभ्यास बढेको छ । यसलाई लिएर कानून पनि प्रष्ट नभएको र यसलाई नियमन गरिनुपर्ने आवश्यकता भएका कारण यस सम्बन्धी कार्यविधि नै तयार गरेर अगाडि बढ्ने योजना बनाएका हौं,’ उनले टेकपानासँग भने । उनका अनुसार गठित समितिले अन्य देशहरूमा भएका राइड शेयरिङ अभ्यासको अध्ययन, नेपालको विद्यमान अवस्था लगायतको अध्ययन गरिनेछ । समितिले राइड शेयरिङ सञ्चालनको प्रक्रिया, सरकारको भूमिका, दर्ता तथा कर दायरा लगायत नियमनका विषयलाई समेटेर प्रतिवेदन तयार गरी मन्त्रलायमा पेश गर्ने पोखरेलको बताए । ‘निजी नम्बरको प्लेट भएको सवारीबाट सञ्चालित यो सार्वजनिक सेवालाई नियमन र व...

म्याकबुक फास्ट बनाउन जान्नैपर्ने यी शर्टकट की

काठमाडौं । एप्पलका डिभाइसमा सपोर्ट गर्ने शर्टकट कीबारे विरलै सुन्न पाइन्छ । आज हामीले एप्पलको म्याकबुकमा काम छिटो बनाउन सघाउने केही शर्टकट कीका बारेमा जानकारी दिएका छौं । तपाईंले शर्टकटबिना काम गरिरहँदा त्यसको कीबोर्डबाट बेलाबखतमा औंला बाहिर ल्याएर टचप्याड वा माउस प्रयोग गर्नुपर्ने अवस्था आउँछ । त्यसरी हरेक पटक माउस वा टचप्याडमा औंला सारिरहँदा तपाईंको काम तुलनात्मक हिसाब सुस्त भइरहेको हुन्छ । यसरी काम गर्दा काम त सुस्त हुन्छ नै, साथै तपाईंको ध्यान पनि भङ्ग भएको हुनसक्छ । उदाहरणका लागि तपाईंलाई कुनै पनि फाइल सेभ गर्नुपर्‍यो भने सबैभन्दा पहिले माउसको क्रसर माथि रहेको फाइल अप्सनमा लिनुपर्ने हुन्छ । त्यसपछि सेभको अप्सनमा क्लिक गर्‍यो भने फाइल सेभ हुन्छ । तर, त्यसको सट्टा सोझै कमाण्ड र एस कीसँगै दबाउनुभयो भने फाइल सेभ हुन्छ । यति मात्र नभई यसरी हरेक कामलाई सहज बनाउने थुप्रै शर्टकट कीहरू रहेका छन् । जसको जानकारी हामी यसै लेख मार्फत दिँदैछौँ । एप चाँडो खोल्न सघाउने शर्टकट की (कमाण्ड+स्पेसबार) चाहे तपाईं कुनै डकुमेन्टमा काम गरिरहनु भएको होस् वा कुनै वेबसाइट हेरिरहनु भएको होस् वा तपाईंले ...

भर्चुअल संसारमा सुरक्षित रहन के गर्ने, के नगर्ने ?

काठमाडौं । आजको दिनमा हामी भर्चुअल गतिविधिमा अभ्यस्त भइरहेका छौं । विशेषगरी सामाजिक सञ्जाल हाम्राे दैनिककाे अभिन्न अंग बनेको छ । देशविदेशमा भइरहेका गतिविधिहरूको अपडेट लिन, कसैसँग सम्पर्कमा रहन, आफ्नो कुरा सार्वजनिक गर्न, विज्ञापन गर्नदेखि अध्ययन-अध्यापन र उपचारसम्म आजभोलि भर्चुअल प्रणालीबाट हुने गरेको छ । यसरी भर्चुअल माध्यम हाम्रो जीवनको दैनिकी बनिरहेको समयमा जति प्रयोग बढेको छ, त्यति नै सचेत रहन पनि आवश्यक छ । हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छ भनेझैँ भर्चुअल संसारका पनि राम्रा र नराम्रा पक्ष छन् । याे दुनियाँमा सुरक्षित रहन के गर्न हुने तथा के गर्न नहुने भन्ने विषय जान्न महत्त्वपूर्ण भइसकेकाे छ । के गर्ने ? कम्तीमा एक हप्तामा एक पटक आफ्नो डिभाइसको क्यास फाइल, स्वचालित फारम भर्ने कुकिजहरू इन्टरनेट ब्राउजहरूको हिस्ट्री हटाउनुपर्छ ।  सार्वजनिक वाई-फाई र डिभाइसहरू प्रयोग गरेर आफ्नो अकाउन्ट प्रयोग गर्दा ‘डु नट रिमेम्बर’ अप्सनमा क्लिक गर्नुपर्छ  भर्चुअल माध्यममार्फत आफूसँग को जोडिनसक्छ, कसले आफूलाई मेसेज पठाउनसक्छ र कसले पोस्टहरू हेर्नसक्छ भन्ने कुरा नियन्त...

आउँदो सेप्टेम्बरमा सार्वजनिक हुँदै ह्वावे मेट ५० सिरिज

काठमाडौं । ह्वावेले मेट सिरिज आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने भएको छ । कम्पनीले याे सिरिज अन्तर्गत ह्वावे मेट ५०, मेट ५० प्रो र मेट ५० आरएस गरी तीन माेडल ल्याउने छ । यी फोनहरूमा हार्मोनी ओएस ३.० सहित नयाँ चिपसेट प्रयोग गरिने बताइएको छ । बाहिरिएका जानकारी अनुसार यी तीनओटै फोनहरूमा किरिन ९०००एस चिपसेट प्रयोग गरिएको छ । यसको अर्थ यी फोनहरूले फोरजी मात्र सपोर्ट गर्नेछन् ।  खबर अनुसार मेट ५० मा पन्च होल क्यामेरा उपलब्ध हुनेछ भने मेट ५० प्रोमा फेस स्क्यानिङ फिचर उपलब्ध हुनेछ । ह्वावेको हार्मोनी ओएस ३.० उपलब्ध हुने मेट सिरिजका फोनहरू पहिलो फोन हुनेछ । स्मार्टफोनको बारेमा अन्य जानकारी उपलब्ध भइसकेकाे छैन । from Tech News Nepal https://ift.tt/0BtmQjO via IFTTT

कस्तो होला टिकटकमा खेल्न मिल्ने मिनी गेम ?

काठमाडौं । छोटो भिडिओहरू अपलोड गर्ने प्लेटफर्मको रुपमा चर्चित टिकटक अहिले मिनी गेम अर्थात् टिकटक एपभित्रै गेम खेल्न मिल्ने फिचरमा काम गरिरहेको छ । कम्पनीले हालै मात्र अमेरिका लगायत अन्य केही देशका प्रयोगकर्ताका लागि लिंक एड गर्ने बटन थप गरेको छ, जसमा क्लिक गरेर प्रयोगकर्ताले मिनी गेमहरू खेल्न सक्नेछन् । यसमा हाल नौ ओटा मिनी गेम राखिएको छ । कुनै प्रयोगकर्ताले बनाएको भिडिओमा जब अन्य प्रयोगकर्ताले मिनी गेमको लिंक भेट्छन्, सो लिंकमा क्लिक गरेर उक्त प्रयोगकर्ताले पनि आफूले गेम खेलेर भिडिओ बनाउन सक्नेछन् । कम्पनीले गेम डेभलपरहरूसँग सहकार्य गरेर अन्य गेमकाे परीक्षणमा काम गरिरहेको पनि जनाएको छ । यसरी उपलब्ध मिनी गेमहरूमा कुनै पनि विज्ञापन आउने छैन । साथै ईन-एप पर्चेज पनि केही हुनेछैन । कम्पनीले आफ्ना प्रयोगकर्ताले गेम र भिडिओलाई कसरी सिर्जनात्मक बनाउन सक्नेछन् भन्ने विषयमा परीक्षण गरिरहेको जनाएको छ । प्रयोगकर्ताहरूले आफ्नो गेमप्ले रेकर्ड गर्न र लाइभ भिडिओमा शेयर गर्न पनि सक्नेछन् । टिकटक आफ्नो प्लेटफर्ममा गेमिङका लागि ठूलो योजना बनाएर अगाडि बढिरहेको छ । from Tech News Nepal https://if...

सामसङको नयाँ फिचर, मोबाइल मर्मत गर्न दिँदा फोटो लुकाउन मिल्ने

काठमाडौं । मोबाइल बिग्रिएर बनाउन दिन जाँदा सबैभन्दा धेरै चिन्ता हुने विषय भनेको मोबाइलमा हुने आफ्ना व्यक्तिगत विवरणहरू हो । मोबाइल बनाउने ठाउँमा आफ्ना व्यक्तिगत तस्वीरहरू चोरी हुन्छन् कि भन्ने डर पनि हुन्छ । फोन मर्मत गर्ने व्यक्तिलाई हस्तान्तरण गर्दा तस्वीर लिक भएको वा दुरुपयोग भएको जस्ता घटना पनि भएका छन् । यही समस्यालाई सम्बोधन गर्नको लागि सामसङले आफ्ना फोनहरूमा नयाँ फिचर थप गर्दैछ । कम्पनीले आफ्नो फोनमा ‘रिपेयर मोड’ नामक नयाँ फिचर समावेश गरेको छ । यो फिचर प्रयोग गरेपछि मोबाइल बनाउने व्यक्तिहरूले फोनमा भएका केहीस सिमित कुराहरूमा मात्र पहुँच पाउनेछन् । यो फिचर पहिलो पटक दक्षिण कोरियामा ग्यालेक्सी एस२१ फोनहरूमा आउँदैछ । कम्पनीले भविष्यमा अन्य मोडेलहरूमा पनि यो फिचर उपलब्ध गराउने बताएको छ । कम्पनीका अनुसार यो फिचर मोबाइलको सेटिङ भित्र रहेको ‘ब्याट्री एन्ड डिभाइस केयर’ अप्सन भित्र उपलब्ध हुनेछ । उक्त अप्सनमा गएर प्रयोगकर्ताले ‘रिपियर मोड’ अन गर्न सक्नेछन् । यसले प्रयोगकर्ता बाहेक अन्यलाई मोबाइलको पहुँचमा सिमितता गर्नेछ । हाललाई दक्षिण कोरियामा मात्र सार्वजनिक हुन लागेको यो फिचर अन...

एन्ड्रोइड फोनमा गुगल असिस्टेन्टको भ्वाइस कसरी परवर्तन गर्ने ?

Image
काठमाडौं । गुगल असिस्टेन्सको आवाज परिवर्तन गर्नेबारे कहिल्यै सोच्नुभएको छ ? एन्ड्रोइड फोन प्रयोग गरिरहँदा तपाईंले बेलाबखत गुगल असिस्टेन्ट प्रयोग गर्नुभएको छ होला । गुगल असिस्टेन्टको एउटै रोबोटिक्स आवाजले तपाईंलाई दिक्क लागेको हुनसक्छ । जसलाई तपाईंले परिवर्तन गर्ने सोच्नुभएको हुनसक्छ । गुगल असिस्टेन्सको आवाज परिवर्तन गर्ने तरिका निकै नै सहज छ । त्यसमा पनि ब्रिटिस, यूएस, अस्ट्रेलियन आवाजका विकल्प रहेका छन् । गुगलले विभिन्न क्षेत्र अनुसार भ्वाइस पनि छुट्टाछुट्टै रहेको हुन्छ । नेपालको लोकेसनबाट हाल दुईवटा आवाज छान्न सकिन्छ । गुगल असिस्टेन्टमा यसरी आवाज परिवर्तन गर्नुहोस्; -सबैभन्दा पहिले फोनको सेटिङ एप खोल्नुहोस् । -त्यसपछि स्क्रल गर्दै तल गएपछि आउने गुगल अप्सनमा ट्याप गर्नुहोस् । -त्यसपछि स्क्रल गर्दै तल गएर सेटिङ फर गुगल एप्स (Setting for Google apps) मा ट्याप गर्नुहोस् । -त्यसपछि सर्च, असिस्टेन्स एण्ड भ्वाइस अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि गुगल असिस्टेन्टमा ट्याप गर्नुहोस् । त्यसपछि ट्याप असिस्टेन्ट भ्वाइस एण्ड साउण्ड अप्सनमा ट्याप गर्नुहोस् । -त्यसपछि ...

सरकारले जिम्मा दिए पुराना इन्जिन गाडीलाई बिजुली गाडीमा रूपान्तरण गर्न तयार छौँः नेपाली सेना

Image
काठमाडाैँ । नेपाली सेनाले फाेसिल फ्युल (जीवाश्म इन्धन) बाट सञ्चालन हुने पुराना इन्जिन गाडीहरुलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न थालेकाे  छ । वायु प्रदूषण कम गर्ने नेपाल सरकारकाे  नीतिलाई सार्थकता दिन नेपाली सेनाले यस्तो काम थालेको ‘इलेक्ट्रोनिक्स एन्ड मेकानिकल इन्जिनियरिङ’ (ईएमई) शाखाका प्राविधिक सहायक रथी गजेन्द्रनाथ कर्माचार्यले बताए । उनका अनुसार हालसम्म सेनाले पुराना तीन ओटा गाडीलाई  विद्युतीय गाडीमा  रूपान्तरण गरेकाे छ । ती सबै गाडीहरुकाे इन्जिन, गेयर बक्स, रेडियटर  सबै कुरा झिकिदिएर ब्याट्री, ब्याट्री चार्जर, कन्ट्राेलर, माेटर हालेर विद्युतीय गाडीमा रूपान्तरण गरेकाे ईएमई शाखाका प्राविधिक महासेनानी खुम बहादुर कुँवरले बताए ।  सेनाले सबै भन्दा  पहिला मारुती जिप्सी किङ ४१३ माेडेलकाे गाडीलाई विद्युतीय गाडीमा  परिवर्तन गरेकाे हाे । यसलाई निर्माण गर्न सेनाकाे आन्तरिक स्राेत सहित  कुल ३ लाख ५० हजार रुपैयाँ लगानी लागेकाे छ । एक पटककाे फुल चार्जमा ५० देखि ६० किलाेमिटर गुड्ने यस गाडीमा चाइनाबाट  ल्याइएकाे  लिथेनआयन ब्याट्री जडान गरि...

गुगल फोटोजबाहेक निःशुल्क फोटो ब्याकअपका लागि अरू के के छन् विकल्प ?

Image
काठमाडौं । गुगल अकाउन्टमा जम्मा १५ जीबी स्टाेरेज उपलब्ध गराइएकाे छ, जसमा जीमेल, गुगल ड्राइभ, गुगल फोटोजका सम्पूर्ण कुरा समावेश छन् । त्यो हुँदा तपाईंका सबै फोटाे गुगलमा अपलोड गरेर राख्न सकिने अवस्था रहँदैन । त्यस्तोमा तपाईंले कि त गुगलमा स्टोरेजका लागि पैसा तिर्नुपर्‍यो, या त भएको पुराना फोटोलाई हटाउँदै नयाँ फोटो अपलोड गर्नुपर्‍यो, त्यत्ति जुन व्यवहारिक हुँदैन । त्यस्तोमा गुगल फोटोजको विकल्प के हुन सक्छ त ? यहाँ हामी तपाईंहरुलाई केही नयाँ प्लेटफर्मको बारेमा जनकारी दिँदै छौं । जहाँ तपाईंले आफ्ना फोटाे तथा फाइलहरु अपलोड गरेर सुरक्षितरूपमा राख्न सक्नुहुन्छ । १. डेगो- १०० जीबीसम्मको निःशुल्क क्लाउड स्टोरेज  डेगो ले तपाईंलाई १०० जीबीसम्म नि:शुल्क क्लाउड स्टोरेज प्रदान गर्दछ । तर यसमा धेरै सीमितता छन् । सबैभन्दा ठूलो सीमितता भनेको यसमा तपाईंले तीनवटा डिभाइसबाट मात्र फाइल अपलोड गर्न पाउनुहुन्छ । तर फाइल डाउनलोड गर्न तथा हेर्न यसमा त्यस्तो कुनै लिमिटेसन छैन । यसमा फाइल साइज भने ५१२ एमबी सम्मको हुन्छ ।  यसमा विज्ञापन भने प्रशस्तै आउने गर्छ । अकाउन्टलाई एक्टिभ बनाउन तपाईंले ९० दि...

एनआईसी एसिया बैंकमा अब सोझै मसिनबाट रकम जम्मा गर्न सकिने

Image
काठमाडौं । एनआईसी एसिया बैंकले नगद रकम सोझै मसिनबाट जम्मा गर्न सकिने ‘क्यास डिपोजिट सेवा’ सञ्चालनमा ल्याएकाे छ । योसँगै ग्राहकले मसिनबाटै बैंकमा रहेको आफ्नो वा अरुको खातामा सोझै नगद रकम जम्मा गर्न सक्नेछन् । यसका लागि बैंकमा पुगेर कुनै भौतिक फारम भर्नुपर्नेजस्ता कुनै पनि झन्झट नहुने जनाइएको छ । यस मसिनबाट ग्राहकले एक हजार र पाँच सयका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ । यसअन्तर्गत एक जना ग्राहकले एक पटकमा अधिकतम ९९ हजार पाँच सय गरी दैनिक अधिकतम नाै लाख ९९ हजार पाँच सयसम्म नगद जम्मा गर्न जनाइएको छ ।  यो नयाँ सेवामार्फत नगद जम्मा गर्नका लागि सेवाग्राहीले मसिनमा रकम जम्मा गर्न चाहेको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नेछन् । उक्त ओटीपी कोर्ड मसिनमा राखी भेरिफाई गरेपश्चात् रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुने बैंकले जनाएको छ । उक्त मसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने उल्लेख छ । त्यसरी जम्मा गरेको रकमको जानकारी एसएमएस तथा रिसिप्टमार्फत ग्राहकलाई उपलब्ध हुनेछ । बैंकले ...

सरकार भन्छः देशका सबै वडा, स्वास्थ्य चौकी र सामुदायिक स्कुलमा इन्टरनेट पुगिसक्यो

काठमाडौं । देशभरका सम्पूर्ण स्थानीय तह, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा सरकारको निःशुल्क इन्टरनेट जडानको काम सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले देशका कूल १६ हजार १७७ स्थानमा दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट जडान गरेको हो ।  जसमा पाँच हजार २९९ माध्यमिक विद्यालय, चार हजार २३४ ओटा स्वास्थ्य संस्था, पाँच हजार ९३३ वडा कार्यालय र सात सय आठ ओटा स्थानीय निकाय रहेका छन् । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी यो परियोजना अघि बढाएको थियो । कोष अन्तर्गत सञ्चालित परियोजनाहरूको २०७९ असार मसान्तसम्मको प्रगति विवरण बिहीबारमात्रै सार्वजनिक भएको छ । प्रगति विवरण अनुसार विभिन्न चरणमा भएको सम्झौता अनुरूप देशभरका सम्पूर्ण स्थानीय निकाय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडानको काम सम्पन्न भएको हो । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत ७०२ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्नेगरी १८ ओटा परियोजना अगाडि बढाएको थियो । यसरी इन्टरनेट जडान भएका स्थानमा दुई वर्षसम्म निःशुल्क रुपमा इन्टरन...

पिटुपी लेन्डिङः अब अनलाइनबाटै ऋण लेनदेन गर्न मिल्ने, बैंक पनि नचाहिने  

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ‘पियर टु पियर लेन्डिङ’(पीटुपी) काे व्यवस्थाका लागि अध्ययन अगाडि बढाउने बताएको  छ । आखिर ‘पियर टु पियर लेन्डिङ’ कस्तो प्रकारको सेवा हो, अनि अन्य मुलुकहरूमा यसको अभ्यास कस्तो छ भन्ने लगायतका विषयमा यहाँ चर्चा गर्दै छौँ ।  के हो ‘पियर टु पियर लेन्डिङ’ ? सामान्य तवरमा ‘पियर टु पियर’(पीटुपी लेन्डिङ) कम्प्युटर नेटवर्कमा प्रयाेग हुने एक शब्दावली हाे, जसकाे काम एक कम्प्युटरबाट अर्को कम्प्युटरमा डिजिटल मिडिया फाइलहरू पठाउनु वा पाउनु भन्ने बुझिन्छ ।  व्यक्ति तथा संस्थालाई व्यवसाय सुरु गर्न, विस्तार गर्न वा अरु कुनै प्रयाेजनका लागि आवश्यक रकम अनलाइन सेवाकाे माध्यमबाट उपयुक्त सम्पर्क कायम गरी ऋण तथा सापटी लेनदेनका लागि गरिने व्यवस्था नै ‘पियर टु पियर लेन्डिङ’ हाे ।  सामान्यतया ‘पीटुपी लेन्डिङ’ एउटा यस्ताे अवधारणा हाे, जसले उपयुक्त लगानीकर्ता र लगानी खोजिरहेका व्यक्ति तथा संस्थालाई भेट गराउँछ ।  मानाैँ, तपाईं नयाँ व्यवसाय गर्ने साेचमा हुनुहुन्छ । तर तपाईंसँग पर्याप्त लगानी छैन । यस्तोमा तपाईँ कर्जाका ...

यी २८ एपमा भेटियो ‘वालेट ड्रेनिङ’ मालवेयर, कतै तपाईंको फोनमा त छैन ?

काठमाडौं । सुरक्षा अनुसन्धानकर्ताले एन्ड्रोइड लक्षित अर्को मालवेयर फेला पारेका छन् । गुगल प्ले स्टोरमा उपलब्ध दर्जनौं एपहरूमा ‘वालेट ड्रेनिङ’ नामक मालवेयर देखिएको छ । जसले प्रयोगकर्तालाई नयाँ वेब पेजमा पुर्‍याएर त्यहाँबाट महत्वपूर्ण डेटा संकलन गर्ने जनाइएको छ । त्यस्ता मालवेयर युक्त एपहरूमा वालपेपर, कीबोर्ड, फोटा एडिटर, भिडियो एडिटर, क्यास क्लिनर र सिस्टम मेन्टिनेन्स सँग सम्बन्धित छन् । यो सूचीमा कुल २८ ओटा एप समावेश रहेको डक्टर. वेब एन्टिभाइरसको समुहले बताएका छन् । अनुसन्धानकर्ताका अनुसार सबै मिलाएर १ करोड भन्दा बढी डाउनलोड भएका यी एपहरूले सामान्यतया अन्य एपहरूले जस्तै गरी प्रयोगकर्ताको डेटा संकलन गर्ने हुन् । जब यी एप मोबाइलमा इन्स्टल हुन्छन् तब एपहरूले प्रयोगकर्ताको डेटा थुत्ने काम गर्छन् । त्यसका लागि यी एपले विज्ञापनको साहयता लिने जनाइएको छ । प्रयोगकर्तालाई विज्ञापनमार्फत विभिन्न सेवाका लागि प्रिमियम अकाउन्ट खोल्न लगाएर त्यहाँबाट बैंकिङसँग सम्बन्धित जानकारीका साथै अन्य महत्वपूर्ण डेटा संकलन गर्ने गर्छन् । अनुसन्धानकर्ताका अनुसार यो विषयमा गुगललाई जानकारी गराएसँग कतिपय यस्ता एप...

स्मार्टफोनलाई यसरी पढ्न लगाउनुहोस् आफूले चाहेको लेख वा समाचार

काठमाडौं । तपाईँ यो सामग्री किन पढिरहनु भएको छ ? हामी धेरैले जस्तै तपाईँले पनि यो समाचार सामग्री आफ्नो स्मार्टफोनबाटै पढिरहेको हुनसक्ने सम्भावना धेरै छ । चाहे तपाईँसँग आईफोन होस् अथवा एन्ड्रोइड, तपाईँले आफ्नो स्मार्टफोनलाई लेखिएका अक्षरहरूलाई चर्को स्वरमा पढ्न लगाउन सक्नुहुन्छ । त्यसैले यो सामग्री तपाईँ आफैँले पुनः पढिरहने झन्झट गर्नुपर्दैन । स्मार्टफोनमा हुने यो फिचरलाई ‘टेक्स्ट टु स्पिच’ (अक्षरलाई बोलीमा उतार्ने) तथा टीटीएस (TTS) भन्ने गरिन्छ । टीटीएसले तपाईँको स्क्रिनमा भएका अक्षर तथा भागलाई हाइलाइट गर्छ र त्यस्ता भागलाई चर्को स्वरमा पढ्ने गर्दछ । यो आफैँमा महत्त्वपूर्ण ‘एक्सेसिबिलिटी’ (पहुँचयोग्य बनाउने) फिचर हो । त्यसका साथै आफ्ना लागि फोनलाई पढ्न लगाउन चाहनेहरूका लागि पनि यो फिचर उपयोगी छ । टीटीएस एउटा रमाइलो विकल्प हो र यसलाई सक्रिय तुल्याउन पनि त्यति गाह्रो छैन । यद्यपि यो फिचर तपाईँको स्मार्टफोनमा कहिँकतै हलुका तवरले लुकेको भने हुनसक्छ । एन्ड्रोइडमा टेक्स्ट टु स्पिचः   यो सामग्री तयार पार्दा हामीले चाहिँ साओमी फोन प्रयोग गरेका छौँ । यदि तपाईँ कुनै अर्को ब्रान्डक...

एसईई रिजल्ट चित्त नबुझे पुनर्योग गर्न पाइने, यसरी डाउनलोड गर्नुहोस् निवेदनको ढाँचा

Image
काठमाडौं । एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि निवेदन दिनसक्ने भएका छन् । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले विद्यार्थीले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्न निवेदन दिनसक्ने जानकारी दिएको हो । बोर्डले गत बुधबार एसईईको नतिजा सार्वजनिक गरेको थियो । साधारण तथा प्राविधिक धारतर्फ नियमित र ग्रेडवृद्धि परीक्षामा सहभागीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन पाउने बोर्डले जनाएको छ । यसका लागि शिक्षक विकास तथा समन्वय इकाई वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिने व्यवस्था ल्याइएको छ । विद्यार्थीले साउन २७ भित्र पुनर्योगका लागि निवेदन दिन पाउनेछन् । निवेदनको ढाँचा डाउनलाेड गर्न यहाँ क्लिक गर्नहाेस् । from Tech News Nepal https://ift.tt/d7ykDuR via IFTTT

साओमीको सस्ताे फोन ‘रेड्मी १०ए’ आजदेखि नेपाली बजारमा

काठमाडौं । साओमीले आज नेपाली बजारका लागि रेड्मीको फोन सार्वजनिक गर्ने भएकाे छ । कम्पनीले ‘रेड्मी १०ए’ (Redmi 10A) नामको इन्ट्री लेभफकाे स्मार्टफोन ल्याउन लागेकाे हाे । दुई ओटा सिम लाग्ने फोनमा ६.५३ इन्चको एचडी प्लस डिस्प्ले छ । त्यस्तै यसमा १० वाटको फास्ट चार्जिङ सहित ५००० एमएएच ब्याट्री दिइएकाे छ । फोनमा मुख्य क्यामेरा १३ मेगापिक्सेलको छ । त्यस्तै २ मेगापिक्सेलको डेप्थ क्यामेरा दिइएको छ । सेल्फी पारखीका लागि फोनमा ५ मेगापिक्सेलको क्यामेरा छ । एन्ड्रोइड ११ मा आधारित मियूआई १२.५ मा चल्ने फोनमा मिडियाटेक हेलियो जी२५ चिपसेट छ । कम्पनीले कुन र्‍याम/स्टाेरेज भेरियन्ट कति मूल्यमा उपलब्ध हुने भन्नेबारे मध्यान्ह १२ बजे हुने एक कार्यक्रम मार्फत जानकारी दिने भएकाे छ । from Tech News Nepal https://ift.tt/cB392ka via IFTTT

सरकारी कार्यालयको भवनमा टेलिकमको टावर राख्न दिनुपर्छः खनाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारी कार्यालयको भवनमा टेलिकमको टावर राख्न दिनुपर्ने विषय उठाएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै अध्यक्ष खनालले दूरसञ्चार सेवा विस्तारका लागि सरकारी भवनमा टावर राख्न दिनुपर्ने धारणा राखेका हुन् । विशेषगरी सहरी क्षेत्रमा टेलिकमको टावर राख्न घर नपाइएको सन्दर्भमा नयाँ सरकारी भवन टावर राख्न मिल्नेगरी बनाउनका लागि निर्देशन दिन उनले उक्त उक्त संसदीय समितिलाई आग्रह गरे । from Tech News Nepal https://ift.tt/RIjqW26 via IFTTT

फोरजीको गुणस्तर बढाउन लोकल क्यासलाई स्तरोन्नति गर्दै टेलिकम

Image
काठमाडौं । सरकारी स्वामित्वकाे दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी सेवाको गुणस्तर बढाउन लोकल क्यास स्तरोन्नति गर्न थालेको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले लोकल क्याश स्तरोन्नति गरी फोरजीको गुणस्तर सुधार्ने काम भइरहेको जानकारी दिए । ‘हामी लोकल क्यासलाई स्तरोन्नति गर्दै फोरजी डेटाको गुणस्तर बढाउन लागिपरेका छौं,’ बैठकमा पौडेलले भने । साथै उनले सहरी क्षेत्रमा टावर राख्न घर नपाइएको भन्दै हलुका र साना टावर भित्र्याएर सेवा विस्तार गर्नतर्फ अध्ययन थालिएको समेत जनाए । from Tech News Nepal https://ift.tt/tzKUbDd via IFTTT

फेसबुक र इन्स्टाग्राममा विज्ञापन कम आउँदा मेटाको आम्दानी घट्यो

काठमाडौं । फेसबुक र इन्स्टाग्राममा विज्ञापन कम हुँदा यी प्लेटफर्मकाे अभिभावक कम्पनी मेटाको आम्दानी घटेको छ । सन् २०२२ को दोस्रो त्रैमासिकमा विज्ञापन कम हुँदा अघिल्लो वर्षको साेही अवधिकाे तुलनामा कम्पनीको आम्दानी एक प्रतिशतले घटेको हो, जुन कम्पनीको इतिहासमै पहिलो पटक भएको दावी गरिएको छ । सन् २०२२ को दोस्रो त्रैमासिकमा कम्पनीले २८.८ अर्ब डलर आम्दानी गरेको छ । साथै आगामी त्रैमासिकमा पनि कम्पनीको आम्दानी थथ घटेर २६ अर्बमा पुग्ने आँकलन गरिएको छ । हाल फेसबुकले विश्वको कुल विज्ञापन बजारको २० प्रतिशत ओगट्दै आएको छ । यस्तोमा टिकटकको बढ्दो प्रयोग र त्यसमा हुने विज्ञापनको असर फेसबुकमा देखिएको हाे । सँगै महामारीका कारण ई-मर्स कम्पनीले विज्ञापनमा गर्ने लगानीमा समेत कमी आएको छ । त्यसले पनि केही रुपमा कम्पनीको आम्दानीमा असर परेको छ । योसँगै कम्पनीले कर्मचारी थप गर्ने क्रमलाई कम गर्ने बताएको छ । from Tech News Nepal https://ift.tt/6hn7SLa via IFTTT

किन प्रयोग गर्नुहुन्न क्र्याक सफ्टवेयर ?

काठमाडौं । बजारमा अझै पनि पाइरेटेड सफ्टवेयर प्रयोग गर्ने प्रवृत्ति हटेको छैन । निःशुल्क वा सस्तो पैसाको नाममा यस्ता सफ्टवेयर प्रयोग गर्नु जोखिम निम्त्याउनु सरह हो । सफ्टवेयर कम्पनी अह्नल्याबका साइबर सुरक्षा अनुसन्धानकर्ताले हालै एउटा पुरानो मालवेयर पत्ता लगाएका छन् । ‘अमाडे बट’ (Amadey Bot) का रूपमा चिनिएको यो मालवेयर विभिन्न क्र्याक सफ्टवेयरमार्फत फैलिरहेको छ । प्राय: प्रयोगकर्ता महँगा सफ्टवेयर खरिद गरेर प्रयोग गर्नुभन्दा त्यसको क्र्याक भर्जन प्रयोग गर्न रुचाउँछन् । विशेषगरी विन्डोज, एडोबी फोटोसप, एडोबी सुइट जस्ता सफ्टवेयरका क्र्याक भर्जन प्रयोग गरिरहेका हुन्छन् । प्रयोगकर्ताले यस्ता सफ्टवेयर विभिन्न टोरेन्ट साइटबाट डाउनलोड गर्ने गर्छन् । यस्ता साइटबाट सफ्टवेयर डाउनलोड गर्दा आर्थिक रूपमा सस्तो परे पनि यसले पछिका दिनमा गम्भीर अवस्था निम्ताउन सक्ने विज्ञहरूको भनाइ छ । पीडितले एन्टिभाइरस प्रोग्राम पुनः इनेबल गर्नुअघि नै त्यस्ता मालवेयरले क्र्याक सफ्टवेयरका माध्यमबाट एन्टिभाइरस सोलुसनलाई निस्क्रिय पार्ने गर्छ । अमाडे बटको विकास भएको चार वर्ष पुगिसकेको छ । जो सिस्टममा बाधा पुर्‍याउन ...

ब्रोडवे इन्फोसिसको १५ वर्ष पूरा, हरेक आईटी कोर्षमा ३० प्रतिशत छुट

काठमाडौं । ब्रोडवे इन्फोसिस आजदेखि १६ वर्षमा प्रवेश गरेको छ । सन् २००८ मा स्थापना भएको यो कम्पनी व्यावसायिक आईटी तालिम प्रदायकका रूपमा परिचित छ । शिक्षण संस्था र उद्योगबीचको अन्तरलाई घटाउने उद्देश्यका साथ कम्पनीले आईटीसम्बन्धी विभिन्न व्यावसायिक तालिम सञ्चालन गर्दै आएको छ । १५औं वार्षिकोत्सवका अवसरमा कम्पनीले ‘१५ दुना ३० अफर’ घाेषणा गरेकाे छ । यसअन्तर्गत हरेक प्रकारका कोर्षमा ३० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएकाे छ । यो अफर साउन १५ सम्म सञ्चालन हुने जनाइएको छ । ब्रोडवेमा वेब डिजाइनिङ, ग्राफिक डिजाइनिङ, यूआई/यूएक्स डिजाइन, पाइथन, जाभा, डिजिटल मार्केटिङ, फ्लटर, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विविध आईटीसँग सम्बन्धित कोर्षहरू पढ्न सकिन्छ । सीप छ भने डिग्री नभए पनि आईटीमा काम पाइन्छ from Tech News Nepal https://ift.tt/EURsKpx via IFTTT

इम्बोस्ड नम्बर प्लेटबारे अध्ययन गर्न समिति गठन

काठमाडाैं ।   इम्बोस्ड नम्बर प्लेट र सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रणालीलाई सहज बनाउन अध्ययन समितिमार्फत काम हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव चूडाराज ढकालको संयोजकत्वमा समिति बनाएर काम अघि बढाएको छ । समितिले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाबारे अध्ययन गरेर सुझाव दिने छ । मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले इम्बोस्ड नम्बर प्लेटबारे सबैको चासो बढेपछि त्यसलाई सम्बोधन गर्न समिति गठन गरिएको बताए । लाइसेन्स वितरण प्रणालीमा भएको ढिलासुस्ती र झन्झटिलो प्रक्रियालाई सहज बनाउन पनि समितिले अध्ययन गरी सुझाव दिने भएको छ । अध्ययन समितिका सदस्य एवं यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले भने, “हामी अध्ययनमै छौँ । विशेषगरी लाइसेन्स वितरणलाई कसरी सहज बनाउने र इम्बोस्ड नम्बर प्लेटका बारेमा उठेका प्रश्नको सम्बोधन कसरी हुनसक्छ त्यसको सुझाव पेस गर्ने हो ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाबारे छलफल अघि बढाएको छ । अध्ययन समितिको सुझाव आएपछि अघि बढ्न सहज ...

४३३१ विद्यार्थीलाई सीटीईभीटीको निःशुल्क छात्रवृत्ति, यसरी दिनुहोस् अनलाइन आवेदन

Image
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) ले प्रमाणपत्र तह तथा डिप्लोमा विभिन्न २९ ओटा शैक्षिक कार्यक्रमका लागि २९१३ जना र प्रि डिप्लोमा तहमा १८१४ गरी ४३३१ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिने भएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलाएको हो । शैक्षिक सत्र २०७९/०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवम् भर्ना सम्बन्धी निर्देशिका २०७० अनुसार परिषद्‌बाट सम्बन्धन प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा अध्ययन गर्न यस्तो छात्रवृत्ति उपलब्ध गराउन लागिएको छ । यसका लागि २०७९ साउन २९ गते राति १२ बजे भित्र अनलाइनबाटै प्रवेश शुल्क भुक्तानी गरी आवेदन समेत अनलाइनमै दिनुपर्ने सीटीईभीटीले जनाएको छ । प्रमाणपत्र तहमा सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी,  डेन्टल साइन्स, रेडियोग्राफी, सामान्य आयुर्वेदिक चिकित्सा, अप्थाल्मिक विज्ञान, अकुपञ्चर, फार्मेसी, फिजियोथेरापी र डिप्लोमा तहमा योग एन्ड नेचुर...

आज हार्मोनी ओएस थ्री सार्वजनिक हुँदै, कसरी हेर्ने कार्यक्रम ?

Image
काठमाडौं । ह्वावेले आज हार्मोनी ओएस थ्री सार्वजनिक गर्दैछ । नेपाली समयअनुसार अपरान्ह ५ः१५ देखि सुरू हुने एक कार्यक्रममार्फत कम्पनीले नयाँ हार्माेनी ओएसकाे संस्करण सार्वजनिक गर्ने भएकाे छ । केही वर्षअघिसम्म एन्ड्रोइड डिभाइस उत्पादनमा अग्रणी कम्पनी रहेको ह्वावे हाल आफ्नै अपरेटिङ सिस्टम विस्तारमा व्यस्त छ । ह्वावेकाे इन-हाउस डेभलपमेन्ट रहेकाे याे अपरेटिङ सिस्टम स्मार्टफाेन र स्मार्ट डिभाइसका लागि प्रयाेग गर्न सकिन्छ । नयाँ ओएस अपडेट कुन कुन डिभाइसले पाउनेछन् भन्ने विषयमा भने कम्पनीले केही खुलाएको छैन । तर ह्वावेका नयाँ स्मार्ट डिभाइस यो ओएससहित उपलब्ध हुने चर्चा छ । कार्यक्रममा ह्वावेले हार्मोनी ओएस थ्री भएको पहिलो स्मार्ट टिभी सार्वजनिक हुनेछ । साथै मेटबुक एक्स प्रो, मेटप्याड प्रो ट्याब्लेट लगायतका डिभाइस पनि नयाँ ओएससहित सार्वजनिक हुने चर्चा छ । हाल ३० करोडभन्दा बढी डिभाइसमा हार्मोनी अपरेटिङ सिस्टमबाट सञ्चालन भइरहेकाे कम्पनीले जनाएको छ । Join us live as we launch brand new, innovative products that will change the way you work and play! #SuperDeviceSuperCreativity #HUAWEISmartO...

कम्प्युटरमा हेडफोन सपोर्ट गरेन ? यसो गर्नुहोस्

काठमाडौं । हामी दैनिक कम्प्युटरमा अभ्यस्त भइरहँदा विभिन्न समस्याको सामना गरिरहेका हुन्छौं । कहिले कम्प्युटर ढिलो चलिरहेको हुन्छ भने कतिपय अवस्थामा डिभाइसहरूले काम गरेका हुँदैनन् । यी तमाम समस्यामध्ये प्रायः प्रयोगकर्ताले सामना गरिरहेको समस्या हो, विन्डोजमा हेडफोन सपोर्ट नगर्ने । हेडफोन प्रयोग गरेर अडियो सुन्न खोज्दा कतिपय अवस्थामा हेडफोनमा आवाज नआई कम्प्युटरमा बजिरहेको हुन्छ । हामीलाई हेडफोनमा समस्या भएको हो या सिस्टममको समस्या हो, छुट्टाउनै सकस परिरहेको हुन्छ । कतिपय अवस्थामा त हामी हेडफोन ज्याकमा पो समस्या भएको हो कि भन्ने द्विविधामा परिरहेका हुन्छौं । त्यसलाई मिलाउन खोज्दा एकातर्फ हाम्रो काम सफल भइरहेको हुँदैन भने अर्कोतर्फ समय बेर्थै बितिरहेको हुन्छ । आज हामी विन्डोजमा हेडफोन प्रयोग गर्दा आवाज नआउने वा भनौँ हेडफोन सपोर्ट नगर्ने समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौँ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् । सबैभन्दा पहिले विन्डोजको सर्च बारमा गएर डिभाइस मेनेजर (device manager) सर्च गर्नुहोस् । अब डिभाइस मेनेजरमा क्लिक गर्नुहोस् । त्यसपछि तलपट्टि रहे...

टेलिकम कम्पनीलाई क्लाउडमा आधारित सेवाका लागि सहयोग गर्दै ह्वावे

Image
काठमाडौं । ह्वावेको क्यारियर बीजी मार्केटिङ एण्ड सोलुसन बिक्री विभागका अध्यक्ष पेङ्ग सङ्गले कम्पनीको पछिल्लो ‘क्लाउड रूपान्तरण’ सम्बन्धी नयाँ योजनाले दूरसञ्चार सेवाप्रदायकलाई सहयोग पुर्‍याउने बताएका छन् । ‘विन विन ह्वावे इनोभेसन सप्ताह’को अवसरमा आयोजित ‘क्यारियर क्लाउड ट्रान्सफरमेसन समिट’का क्रममा उनले यस्तो बताएका हुन् । कम्पनीले सेवाप्रदायको नेटवर्कको लाभ वृद्धिका लागि सेवाको पुनः संरचनालाई गति दिन र कनेक्टिभिटीका उपलब्धी हासिल गर्न, टेलिकम कम्पनी सञ्चालनलाई प्रभावकारी बनाउन यस्तो योजना ल्याएको हो । क्लाउड औद्योगिक डिजिटल रूपान्तरणको एक महत्त्वपूर्ण हिस्सा बनिरहेको र आर्थिक संरचना र बजार परिदृश्यलाई नयाँ आकार दिनसक्ने क्षमताका कारण यसलाई एउटा प्रमुख आर्थिक कारकको रूपमा हेरिएको उनको भनाइ थियो । दूरसञ्चार उद्योग आफ्नो क्लाउड रूपान्तरणको संवेदनशील चरणमा प्रवेश गरिसकेको छ । जसको परिणामस्वरूप थुप्रै नयाँ अवसर र चुनौती देखा परेका छन् । सन् २०२३ सम्ममा १५ प्रतिशत सेवाप्रदायले बृहत् क्लाउड रणनीति विकास गरी लागू गरिसक्ने अपेक्षा राखिएको भन्दै उनले विश्वभर टेलिकमको क्लाउड बजार सयौँ अर्...

मोबाइल डेटा सस्तो दिनेमा नेपाल विश्वकै १०औं स्थानमा !

काठमाडौं । माेबाइल इन्टरनेटमा नेपाल विश्वकै १०औं सस्तो देशमा परेकाे एक अध्ययनले देखाएकाे छ । इन्टरनेट प्याकेजहरु दाँजेर हेर्न सकिने प्लेटफर्मका रुपमा १० वर्षअघि सुरु भएको केबल डट काे डट यूके ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालको मोबाइल इन्टरनेट विश्वकै १०औं सस्तो मध्येमा परेको छ । नेपालका माेबाइल सेवा प्रदायकले उपलब्ध गराउँदै आएका ३६ ओटा मोबाइल डेटा प्लानलाई लिएर अध्ययन गर्दा नेपाल १०औं सस्ताे देशमा परेको हो । अध्ययन प्रतिवेदन अनुसार नेपालमा १ जीबी मोबाइल डेटाको औसत मूल्य ०.२७ डलर अर्थात् ३४ रुपैयाँको हारहारीमा पर्नेछ । यही वर्षको मे महिनामा गरिएको साे अध्ययनले सबैभन्दा सस्तो प्याकेज ०.०७ डलर रहेको देखाएकाे छ । त्यस्तै सबैभन्दा महंगो प्याकेज १ जीबीको १.९५ डलर रहेको छ । केबलका अनुसार विश्वमै सबैभन्दा सस्तो मोबाइल डेटा इजरायलमा छ । इजरायलका प्रयोगकर्ताले १ जीबीको डेटा सरदर ०.०४ अमेरिकी डलरमा प्रयोग गर्न सक्छन् । त्यस्तै दोस्रो स्थानमा इटाली रहेको छ । इटालीमा १ जीबी मोबाइल डेटाको औसत मूल्य ०.१२ डलरमात्रै रहेको छ । त्यस्तै छिमेकी राष्ट्र भारत यो सूचीको पाँचौं स्थ...

एसईई नतिजा हेर्ने विभिन्न तरिका

Image
काठमाडौं । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको गरेको छ । हामीले यहाँ एसईईको नतिजा हेर्ने विभिन्न माध्यमका बारेमा जानकारी दिएका छौं । नतिजा सार्वजनिक भएपछि अनलाइनबाट हेर्न केही समय लाग्छ । त्यसका लागि नतिजा आउनेबित्तिकै एसएमएसबाट हेर्न सकिन्छ । मेसेज गरेर नतिजा हेर्ने तरिका एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत हेर्न उल्लेखित प्रक्रिया अपनाउनुहोस् । सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् । त्यसपछि न्यु मेसेजको अप्सन ट्याप गर्नुहोस् । त्यसपछि SEE लेखेर सिम्बोल नम्बर टाइप गरी १६०० (उदाहरणका लागि- SEE 12345678 टाइप गरी 1600)  मा पठाउनुहोस् । त्यस्तै नेपाल टेलिकमको आईभीआर मार्फत नतिजा सुन्न १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिन्छ ।   त्यस्तै स्प्याराे एसएमएसबाट नतिजा हेर्नका लागि माथिकै जस्ताे (उदाहरणका लागि- SEE 12345678) प्रक्रिया अपनाई ३५००१ मा एसएमएस पठाउनुहाेस् । त्यसैगरी इजी सर्भिस प्रा.लिमार्फत एस...

फाइभजी फ्रिक्वेन्सीका लागि भारतमा आज अक्सन हुँदै, यस्ता छन् सहभागी कम्पनी

काठमाडौं । सन् २०२३ देखि व्यावसायिक सुरुवात गर्ने योजनाका साथ भारतले फाइभजी फ्रिक्वेन्सीका लागि मंगलबार अक्सन (बोलकबोल) गर्दै छ । अक्सनमा चार कम्पनी सहभागी हुने भएका छन् । यसअन्तर्गत भारतका तीन ठूला मोबाइल सेवा प्रदायक रिलायन्स जिओ, भारती एयरटेल र भोडाफोन आईडियाका साथै अर्ब डलरपति गौतम अदानीको कम्पनी ‘अदानी डेटा नेटवर्क’ अक्सनमा भाग लिँदै छ । दूरसञ्चार क्षेत्रमा कुनै लगानी नगरेको अदानी फाइभजी अक्सनमा सहभागी हुनुले धेरैलाई आश्चर्यचकित बनाएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार कुल ७२ गिगाहर्ज फ्रिक्वेन्सी अक्सन हुनेछ । त्यसका लागि चार कम्पनीले २.७ अर्ब डलर अर्थात् तीन खर्ब ४४ अर्ब ८२ करोड भारतीय रूपैयाँ धरौटी रकम जम्मा गरेको हुनुपर्ने जनाइएको छ । धेरै धरौटी दाखिला गर्नेमा रिलायन्स जिओ अघि छ । जिओले मात्रै धरौटीका लागि १४० अर्ब भारतीय रुपैयाँ दाखिला गरेको छ । त्यस्तै भारती एयरटेलले ५५ अर्ब, भोडाफोन आईडियाले २२ अर्ब र अदानी डेटा नेटवर्कले एक अर्ब भारतीय रुपैयाँ धरौटी दाखिला गरेका छन् । from Tech News Nepal https://ift.tt/60AvIel via IFTTT

भेटियो मेटिएको सीसीटिभी फुटेज, फरेन्सिक टिमसँग परामर्श गर्दै संसदको विशेष समिति

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको जेठ १४ गतेको डिलिट भएका सीसीटिभी फुटेजहरू रिकभर गरी संसदीय विशेष समितिलाई बुझाएको छ । प्रहरीले रिकभर भएका फुटेज सोमबार नै समितिलाई बुझाएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । प्राप्त फुटेजका केही क्लिपहरू समितिले मंगलबार अध्ययन गरेको उनले बताए । यद्यपि फुटेजसम्बन्धी थप विवरण चाहिने भएकाले समितिले प्रयोगशालाका विज्ञलाई समितिमा बोलाएको उनले जनाए । ‘फुटेज सम्बन्धी थप छलफल गर्नुपर्ने भएकाले हामीले फरेन्सिक ल्याबकै विज्ञलाई बोलाएका छौं,’ उनले भने, ‘आज (मंगलबार) ४ बजे विज्ञहरूसँग छलफल गर्छाैं । यसपछि सीसीटिभी फुटेजसम्बन्धी थप अध्ययन अघि बढ्नेछ । जेठ १५ गते बजेट भाषण हुनुअगाडि अनाधिकृत व्यक्तिहरू मन्त्रालयमा आएर करकाे दायरा हेरफेर गर्न लगाएको आरोप लागेपछि संसदले जेठ १४ र १५ गतेको सीसीटिभी फुटेज हेर्न खोज्दा अर्थ मन्त्रालयले फुटेज डिलिट भएको जानकारी दिएको थियो । यसलगत्तै सरकारले संसदीय समितिलाई थप छानबिन गर्न दिएको निर्देशनअनुरुप सीसीटिभी फुटेज रिकभर गर्न नेपाल प्रहरीलाई जिम्मा दिइएको थियो । ...

गुगल प्ले स्टोरको लोगो परिवर्तन, तपाईंलाई कस्तो लाग्यो त ?

काठमाडौं । गुगल प्ले सुरु भएको औपचारिक रुपमा १० वर्ष पुगेको छ । याे अवसरमा कम्पनीले एप लोगो परिवर्तन गरेको छ । यसअघि केही प्रयोगकर्ताको मोबाइलमा प्ले स्टोरको नयाँ लोगो उपलब्ध भइसकेको थियो । अब भने सबै प्रयाेगकर्ताका लागि यो लोगो उपलब्ध भएकाे छ । झट्ट हेर्दा पुरानो र नयाँ लोगोमा खासै फरक नदेखिए पनि रङ्गमा परिवर्तन देख्न सकिन्छ । पहिलेको लाेगाेकाे रङ्ग थोरै मधुरो थियो भने नयाँ लोगोमा रङ्ग गाढा छ । साथै त्रिकोणात्मक लोगोलाई अहिले थोरै गोलो पनि बनाइएको छ । यसअघि कम्पनीले सन् २०१७ मा लोगो परिवर्तन गरेको थियो । सन् १०१२ देखि गुगल प्ले एप अन्य विभिन्न एपहरुका लागि एउटै थलो अथवा अनलाइन स्टोरको रुपमा सुरु भएको थियो । सुरुवाती समयमा प्ले स्टोरमा विभिन्न एन्ड्रोइड एपहरू, गीत संगीतका एप, ई-बुक तथा भिडिओका एपहरू उपलब्ध हुने गर्थ्यो । from Tech News Nepal https://ift.tt/l2B36NZ via IFTTT

सामसङले ल्यायो अहिलेसम्मकै शक्तिशाली ३ नानोमिटर चिप

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले अहिलेसम्मकै परिष्कृत तथा अब्बल चिपको रुपमा घोषणा गरेको ३ नानोमिटरको सेमिकन्डक्टर बजारमा उपलब्ध गराएकाे छ । कम्पनीले साेमबारदेखि बजारमा याे सेमिकन्डक्टर आपूर्ति गराउन थालेकाे हाे । यो नयाँ पुस्ताको ३ ३ एनएम चिप ‘गेट-अल-अराउन्ड’ प्रविधिमा आधारित छ । कम्पनीका अनुसार अन्य चिपको तुलनामा यसले ३५ प्रतिशत कम स्थान ओगट्छ । साथै अरूले भन्दा ३० प्रतिशत बढी राम्रो पर्फर्मेन्स दिने दाबी गरिएकाे छ । यो चिपले ५० प्रतिशत कम ब्याट्री प्रयोग गर्ने कम्पनीकाे भनाइ छ । राम्रो क्षमताको चिप आवश्यक भएका कम्पनीहरूका लागि सामसङको यो उत्पादन नयाँ आकर्षणको रुपमा रहने अनुमान गरिएको छ । यो प्रविधिका लागि कम्पनीले सन् २००० देखि २०१७ सम्म काम गरेकाे थियाे । ३ एनएम चिपको आपूर्ति सुरु भइसक्दा कम्पनीले २ एनएम चिप निर्माणमा काम पनि सुरु गरिसकेको छ । कम्पनीले सन् २०२५ सम्ममा २ एनएम चिप तयार पार्ने योजना बनाएको छ । from Tech News Nepal https://ift.tt/itkW0Bw via IFTTT

उच्च गुणस्तरको फोटो निःशुल्क पाउन उपयोगी ५ वेबसाइट

काठमाडौं । हामीलाई बनिबनाउ फोटो धेरै नै आवश्यक परिरहेको हुन्छ । कुनै पनि परियोजनामा काम गर्दा निःशुल्क उपलब्ध हुने उच्च गुणस्तरका फोटोको भूमिका धेरै हुन्छ । यस्तो फोटोका लागि गुगल वा अन्य सर्च इन्जिनमा खोज्दा खोजे अनुरूपको फोटो नभेटिन सक्छ । यसरी निःशुल्क उच्च गुणस्तरका फोटो उपलब्ध गराउने साइट थोरै भएकाले आवश्यक पर्दा पाउन सकस नै पर्छ । आज हामी त्यस्ता उच्च गुणस्तरका फोटोमा कहाँबाट निःशुल्क पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं । पिक्साबे उच्च गुणस्तरका फोटो निःशुल्क प्रयोग गर्नसकिने उपयुक्त साइटमध्येको एक हो पिक्साबे । यसमा भएका चार लाख बढी फोटोले तपाईंको आवश्यकता पूरा गर्न सक्छ । तपाईंले पिक्साबेमा उपलब्ध जुनसुकै फोटो निर्धक्कसँग प्रयोग गर्न सक्नुहुन्छ । व्यक्तिगत र व्यावसायिक प्रयोगका लागि यहाँ उपलब्ध सम्पूर्ण फोटो निःशुल्क प्रयोग गर्न सकिन्छ । अनप्लाश आफ्नो ब्लग वा भनौँ डिजिटल प्रयोजना लागि उच्च गुणस्तरका फोटो प्रयोग गर्न सकिने साइटमध्येको एक हो अनप्लाश । तपाईंले यस वेबसाइटमा गइ आफूलाई आवश्यक परेका फोटो खोज्न सक्नुहुन्छ । तपाईंले त्यहाँ भएका कन्ट्रिब्युटरलाई सब्स्क्राइब...