Posts

कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या, एक जना पक्राउ

१३ कात्तिक, धनगढी । कैलालीमा चक्कुु प्रहार गरी एक जना किशोरको हत्या भएको छ । टीकापुर नगरपालिका-८ कालीमाटीमा शुक्रबार राति सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले आपसी विवादका क्रममा भजनी नगरपालिका-३ बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गरी अनुपको हत्या गरेको जानकारी दिए । एसपी अधिकारीका अनुसार चक्कुु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो । चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज पोखरामा

१३ कात्तिक, काठमाडौं । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज पोखरामा हुँदैछ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ भएको रियालिटी शोको फिनाले पोखराको लेकसाइट बाराही घाटमा ४ः३० बजेबाट शुरु हुनेछ । फिनालेको नेपाल टेलिभिजनमा लाइभ प्रशारण हुनेछ । फिनालेमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रमुख अतिथिका रुपमा उपस्थित हुने आयोजक नेपाल टेलिभिजनले जनाएको छ । ‘दोहोरी च्याम्पियन’मा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसँग बालचन्द्र बराल र शोभा कार्कीको समूह प्रतिस्पर्धामा छ । यी दुईमध्ये एउटा समूहले आज उपाधि हात पार्नेछ भनेअर्को समूह स्वतः द्धितीय हुनेछ । त्यस्तै, तृतीय स्थानका लागि सविन आचार्य र रीता रावतको समूहसँग राजेन्द्र पाठक र मीना नेपालको समूह प्रतिस्पर्धामा छ । यी दुई समूहको प्रतिस्पर्धामा एउटा समूह तृतीय हुनेछ भने अर्को समूहले सान्त्वना स्थान प्राप्त गर्नेछ । दर्शकले गरेको भोटको आधारमा विजेता छनोट गरिनेछ । साँझ ६ बजेसम्मका लागि भोटिङ खुल्ला गरिएको छ । ‘दोहोरी च्याम्पियन’...

सुदूरपश्चिमका ५२२ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन

१३ कात्तिक, धनगढी । नेकपा (एमाले)ले शनिबारसम्म सुदूरपश्चिम प्रदेशका ८ जिल्लाका ५२२ वडामा सर्वसम्मतनयाँ नेतृत्व चयन गरेको छ । ८८ स्थानीयतहमा ७३४ वडा रहेकोमा बझाङबाहेकका ८ जिल्लाका ६४० वडामध्ये ५२२ वडामा अधिवेशन सम्पन्न भएर सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए । बझाङबाहेक प्रदेशका ६ पहाडी जिल्लाका प्राय:  वडाहरूमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ भने बाँकी रहेका वडामा पनि सर्वसम्मत रुपले अधिवेशन सम्पन्न गर्ने तयारी रहेको उनी बताउँछन् । रावलले बैतडीमा ८४ मध्ये ७८ वडामा शुक्रबार सर्वसम्मत नेतृत्व चयन भएको र बाँकी रहेका ६ मध्ये चार वडामा शनिबार र दुुई वडामा आइतबार अधिवेशन हुने जानकारी दिए । ५२ वडा रहेको डडेल्धुरामा ४६ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने बाँकी रहेका वडामा १५ गतेसम्म अधिवेशन सम्पन्न गर्ने तयारी छ । बाजुरामा सबै ६९ वडा र चार वटा पालिकाको अधिवेशन पनि सम्पन्न भइसकेको रावलले बताए । बाँकी रहेका वडा र स्थानीयतहको अधिवेशन कात्तिक १५ गते हुनेछ । ६१ वडा रहेको दार्चुलामा ५५ वडाको अधिवेशन सम्पन्न भइसकेको छ भने अ...

‘रमरम मरौटी’का सर्जकको कथा : सरकारी जागिरसँगै लोकगीत लेखन

Image
रमरम् मरौटी तिम्रो रूपै करौंती… १० महीना अगाडिको कुरा । गायक एवं मोडल खेम सेञ्चुरी, गीतकार नेत्र अर्याल लगायतको टीम सिन्धुपाल्चोकको सुकुटे पुगेको थियो । प्रसङ्ग थियो- उनीहरूकै गीत ‘धोबी बगर’को म्युजिक भिडियो छायाङ्कन । केही कलाकार छायाङ्कनमा व्यस्त थिए । खेम सेञ्चुरी, गीतकार नेत्र लगायतको समूह यत्तिकै बसिरहेका थिए । सुनकोशीको तीरमा पहेंलो फूलझैं केही देखे । ‘त्यो के हो ?’ कसैले सोधे । अर्काले जवाफ दिए, ‘मरौटी हो ।’ गीतकार नेत्र मरौटीसँग केही जानकार थिए । नजिकै रहेका खेमले उनलाई भने- मरौटी शब्द टिपिकल हुन्छ, यसमा गीत बनाऊँ । ‘मरौटी कस्तो हुन्छ ?’ कसैले सोधे । खेमले भने- ‘पर्पर् हुन्छ क्या !’ नेत्रले भने, ‘मरौटी त रमरम् पो हुन्छ ।’ ‘ल रमरम् मरौटी भयो, यसको पछाडि जोड्नुस् त’ खेमले नेत्रलाई भने । नेत्रले तुरुन्तै भने, ‘तिम्रो रूपै करौंती’ । ‘रमरम् मरौटी’ गीत सार्वजनिक हुन भने त्यसको केही समय लाग्यो । बिहीबार अनलाइनखबरको स्टुडियोमा गीतकार नेत्रले गीतबारे भने, ‘यो अकस्मात् सिर्जना भएको गीत हो । तर, लेखेपछि रेकर्ड र भिडियो तयार भएर सार्वजनिक हुन अलि धेरै समय लाग्यो ।’ ‘रमरम् मरौटी’ ग...

विश्वभर २४ करोड रेड्मी नोट फोन बिक्री

काठमाडौं । साओमीको सहायक ब्राण्ड रेड्मीले विश्वभर २४ करोडभन्दा बढी नोट सिरिजका फोन बिक्री गरेको छ । रेड्मी ब्राण्डका जनरल म्यानेजर फु वेइबिङले हालै एक कार्यक्रममा बोल्दै सात वर्षको अवधिमा कम्पनीले यो संख्यामा नोट फोन बिक्री गरेको जानकारी दिएका हुन् । उनका अनुसार पछिल्ला दुई वर्षमा रेड्मी फोनको बिक्री उल्लेख्य बढेको छ । गत मे महिनायता मात्र चार करोड नोट फोन बिक्री भएको छ । गत वर्षको नोभेम्बरसम्म १४ करोड रेड्मी नोट फोनहरु बिक्री भएका थिए । एक वर्ष नपुग्दै कम्पनीले थप १० करोड नाेट सिरिज फोन बिक्री गर्न सफल भएको छ । हालै कम्पनीले तीन मोडलमा रेड्मी नोट ११ सिरिजसमेत सार्वजनिक गरेको छ । जसले अझ फोन बिक्री संख्या बढाउने कम्पनीको विश्वास छ । विशेषगरी कम्पनीले मिडरेन्ज सेगमेन्टमा रेड्मी नोट फोन उपलब्ध गराउने गर्छ । साओमीले नेपाली बजारमा पनि आफ्ना रेड्मी फोन विस्तार गरिरहेको छ । यसैबीच साओमीले अक्टोबर महिनाको अन्त्यसम्म विश्वभर १० हजार रिटेल नेटवर्क विस्तार गरिसक्ने पनि फु वेइबिङले जनाएका छन् । The post विश्वभर २४ करोड रेड्मी नोट फोन बिक्री appeared first on Tech News Nepal . https://if...

नेपालमा फाइभजी कार्यन्वयन गर्न परामर्शदाता खोज्दै प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी कार्यन्वयन तथा प्रवर्द्धनका लागि परामर्शदाता आह्वान गरेको छ । फाइभजी विस्तार गर्ने कार्यक्रमको गुरुयोजना तयार गर्न प्राधिकरणले परामर्शदाता आह्वान गरेको हो । एक सूचना जारी गर्दै प्राधिकरणले राष्ट्रिय परामर्श सेवाप्रदायक कम्पनीहरूसँग आशयपत्रको माग गरेको छ । इच्छुक कम्पनी अथवा व्यक्तिले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । परामर्शदाताले फाइभजीको गुरुयोजना अन्तर्गत रही फाइभजी विस्तार र कार्यन्वयनमा सम्बन्धित निकाय, सरकार, सर्वसाधारण लगायत सम्पूर्ण सरोकारवालाहरूको जिम्मेवारीको पहिचान गरी कसले कुन क्षेत्रबाट के गर्नुपर्छ भन्ने अध्ययन गरी सल्लाह दिनुपर्नेछ । त्यसैगरी कार्यतालिका र अनुमानित बजेटको पनि तयारी गर्नुपर्ने सूचनामा उल्लेख छ । यसअघि पनि प्राधिकरणले आफ्नो तर्फबाट फाइभजी विस्तारको अध्ययन अगाडि बढाएको थियो । यसका लागि प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत नै यो कार्यक्रमलाई अघि बढाएको छ । जसमा यो अध्ययनका लागि ५० लाख बजेट छुट्याइएको छ । The post नेपालमा फाइभजी कार्यन्वयन गर्न परामर्शदाता खोज्दै प्राधिकरण appeared first...

एमाले पालिका अधिवेशनका ६ संकेत

Image
पार्टी विभाजनको गहिरो पीडामा छट्पटाइरहेका एमाले कार्यकर्ताहरू स्थानीय पालिकाको अधिवेशनका माध्यमबाट घाउमा मल्हमपट्टी गर्न व्यस्त छन् । अधिवेशन हुनुपर्ने मितिभन्दा तीन वर्ष ढिलो अर्थात् झण्डै आठ वर्षको अन्तरालमा आयोजना भएको यस अधिवेशनले नेकपा एमालेको संगठनात्मक पुनर्संरचना गर्ने आशा कार्यकर्ताहरूमा हुनु अस्वाभाविक होइन । नेपालका अन्य राजनीतिक दलको तुलनामा राम्रो जनसम्बन्ध भएका लोकप्ाि्रय कार्यकर्ताको उपस्थिति नै नेकपा एमालेको सबैभन्दा ठूलो सम्पत्ति हो । के यसैको आधारमा विभाजनको खाडलमा फसेको नेकपा एमालेको संगठनात्मक पुनरुत्थान सम्भव होला ? स्थानीय पालिका अधिवेशनले देखाएका संकेतहरूको विश्लेषण गरिहेरौं । १. गुणस्तरविहीन सदस्यता वृद्धि यसअघिको अधिवेशनको तुलनामा यस अधिवेशनमा नेकपा एमालेले झण्डै दोेब्बर संख्यामा सदस्यता विस्तार गरेको देखिन्छ । महाधिवेशन हुन नसकेर पार्टीको वैधानिक अस्तित्व नै संकटमा पर्ने आशंका रहँदा समेत नेपाली कांग्रेसले सदस्यता विवादका कारण पटक-पटक अधिवेशनको कार्यतालिका हेरफेर गरिरहृयो । सदस्यता विवाद निष्पक्षताका साथ निरुपण गर्न माग राख्दै कार्यकर्ताहरूले भोक हड्ताल नै गर...