Posts

टोरेन्ट वेबसाइटबाट लिक भयो ‘आरआरआर’ फिल्म

काठमाडौं । ५०० करोड भारतीय रुपैयाँ लगानीमा दुई वर्षभन्दा बढी समय लगाएर बनाइएको एसएस राजामौलीको पछिल्लो फिल्म ‘आरआरआर’ गत शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको छ । तर लोकप्रिय टोरेन्ट वेबसाइट तमिल रकर्सले फिल्म प्रदर्शनमा आएको अर्को दिनमै अनलाइनमा सार्वजनिक गरिदिएको छ । एसएस राजामौलीको ‘आरआरआर’ एउटा त्यस्तो बहुप्रतिक्षित फिल्म हो, जुन महिनौँदेखि पर्खाईको बनेको थियो । हिन्दी सहित तलेगु, तमिल, कन्नडा, मलायम र अन्य केही विदेशी भाषामा समेत यो फिल्म उपलब्ध छ । त्यसो त अनलाइनमा पाइरेटेड भएको यो नै पहिलो भारतीय फिल्म भने होइन । लगभग सबैजसो भारतीय फिल्म प्रदर्शनमा आएको केही दिनमै यसैगरी पाइरेटेड हुने गरेका छन् । हालै रिलिज भएको प्रभासको ‘राधेश्याम’, अजितको  ‘भलिमाई’, दिपिका पादुकोणको ‘गेहेराई’ समेत विभिन्न प्रोक्सी सर्भरमार्फत पाइरेटेड भएका  थिए । कोभिड महामारीको प्रोटोकलका कारण ‘आरआरआर’को प्रदर्शन मिति थुप्रै पटक स्थगित भएको थियो । फिल्ममा चर्चित दुई स्टार जेआर एनटीआर र राम चरणले एकसाथ अभिनय गरेका छन्, तेलेगु राज्यमा यी दुई अभिनेता निकै धेरै लोकप्रिय छन् । फिल्म प्रदर्शनमा आएसँगै स...

एलन मस्कभन्दा रूसी राष्ट्रपति पुटिन धनी !

काठमाडौं । तपाईं हामी सबैलाई थाहा भएको कुरो हो, संसारका धनाढ्य व्यक्ति एलन मस्क हुन् । तर हालैको एक अन्तर्वार्तामा मस्कले आफूलाई पहिलो नम्बरमा राखेनन् । उनले आफूभन्दा पनि धनी व्यक्तिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मानेका छन् । गत वर्ष अमेजन मालिक जेफ बेजोसलाई पछि पार्दै एकछत्र धनीको सूचीमा माथि रहेका मस्कले भने सर्वाधिक धनीको उपाधि पुटिनलाई दिए । ‘२६० अर्ब डलर नेट वर्थ (सम्पत्ति) का साथ पृथ्वीकै धनी हुन पाउँदा तपाईंलाई कस्तो लागेको छ ?’ इन्साइडरको मुख्य कम्पनी एक्सेल स्प्रिङरका सीईओ म्याथियास डोफनरले एलन मस्कसँग अन्तर्वार्ता को क्रममा सोधे । जवाफमा मस्कले भने, ‘मलाई लाग्छ कि पुटिन म भन्दा धेरै धनी छन् ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशाल सम्पत्ति एउटा रहस्य नै बनेको छ, किनकि उनको कति सम्पत्ति छ र कहाँ-कहाँ छ, त्यसको यकिन जानकारी कसैलाई थाहा छैन । उनको सम्पत्तिबारे बेलाबेला विभिन्न रहस्य सुन्न पाइन्छ । पुटिनलाई ‘ब्ल्याक सी’ मा रहेको १.४ अर्ब डलर मूल्यको दरबार र ४० लाख डलरको मोनाको अपार्टमेन्टसँग जोड्ने गरिन्छ । कतिपयले पुटिनले २०० अर्ब डलर बढीको सम्पत्ति अवैध रुपमै कमाए...

फोन गर्न अब डाँडो चढ्न नपर्ने

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका क्षेत्रका सर्वसाधारणले मोबाइलमा नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँपालिकाको वडा नम्बर २ खार्पा र ५ दुबेकोलमा एकैसाथ नेपाल टेलिकमको दुईवटा टावर सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणको समस्या अन्त्य भएको हो । खार्पा र दुबेकोलको डाँडामा टावर देखिएको तीन वर्ष हुन लाग्दा पनि मोबाइलमा नेटवर्क नआउँदा ‘आकाशको फल आँखा तरी मर’ भन्ने नेपाली उखानजस्तै भएको स्थानीय बताउँछन् । टेलिकमले ढिलागरी टावर सञ्चालनमा ल्याए पनि अहिले पालिकावासीको मुहारमा खुसी छाएको छ । छवटा वडा रहको गाउँपालिकाको सबै वडाको तल्लो क्षेत्रका नागरिक यसअघि मोबाइलमा नेटवर्क खोज्दै डाँडाकाँडा जाने गरेका थिए । बुधबारबाट दुईवटा टावर सञ्चालनमा आएसँगै सर्वसाधारणको सास्ती हटेको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो । गाउँमा नेटवर्क नहुँदा गाउँपालिका कार्यालयका कर्मचारीलाई पनि उत्तिकै सास्ती थियो । गाउँपालिकाको कार्यालयमा नेटवर्क नआउँदा अति आवश्यक काम पर्दा फोन गर्न कार्यालय छाडेर डाँडातिर निस्कनुपर्ने बाध्यता रहेकाले सेवा प्रवाहमा समेत समस्या र...

अनलाइन मिडियालाई पनि विज्ञापन दिने सरकारी तयारी

काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी थालेको छ । सञ्चारगृहका रूपमा व्यवस्थित तरिकाले चलाइएका अनलाइन सञ्चारमाध्यमलाई वर्गीकरण गरेर विज्ञापन उपलब्ध गराउन अध्ययन थालिएको प्रेस काउन्सिल नेपालले जनाएको छ । रूपन्देहीमा आयोजित एक कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले चाँडै नै यसबारे निर्णय हुने जनाए । यसअघि भदौ २५ मा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले संघीय संसद्‌मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक मार्फत अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा गरेका थिए । The post अनलाइन मिडियालाई पनि विज्ञापन दिने सरकारी तयारी appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/rKSQ71Y via IFTTT

अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतराको सूचीमा क्यासपरस्की

काठमाडौं । संयुक्त राज्य अमेरिकाले रुसी सुरक्षा कम्पनी क्यास्परस्की ल्याबलाई राष्ट्रिय सुरक्षाका लागि खतराको सूचीमा राखेको छ । सङ्घीय सञ्चार आयोग (एफसीसी) ले यो सूचीमा चाइना टेलिकम (अमेरिका) कर्प र चाइना मोबाइल इन्टरनेसनल यूएसए इन्कको नाम पनि थपेको छ । यसअघि नै दर्जनौं चिनियाँ कम्पनीलाई अमेरिकाले खतराको सूचीमा समावेश गरिसकेको छ । यो सूचीमा परेपछि अमेरिकामा सो कम्पनीका उपकरण वा सेवा खरिद गर्न वा प्रयोग गर्न सकिँदैन । खतराको सूचीमा पर्ने क्यासपरस्की ल्याब पहिलो रुसी कम्पनी हो । ‘यो काम राष्ट्रिय सुरक्षा खतराविरुद्ध अमेरिकाको सञ्चार सञ्जाललाई बलियो बनाउने प्रयासको एक हिस्सा हो, एफसीसीकी अधिकारी जेसिका रोजेनवर्सेलले एक समाचार विज्ञप्तिमा भनिन् । उनले युक्रेनमा रुसको आक्रमणपछि सम्भावित साइबर आक्रमणको चेतावनी दिएकी थिइन् । क्यास्परस्की विश्वकै चर्चित एन्टीभाइरस सफ्टवेयर एवं साइबर सुरक्षा अनुसन्धान कम्पनी हो । यसले ४० करोड भन्दा बढी प्रयोगकर्ताहरू र करिब अढाई लाख कम्पनीहरूलाई सुरक्षा दिएको दावी गर्छ । रुस-युक्रेन युद्ध सुरु भएसँगै क्यासपरस्की ल्याब पनि निशानामा परेको छ । यसअघि युरोपका क...

तपाईंको मोबाइलमा टेलिकमको फोरजी चल्छ कि चल्दैन ? यसरी पत्ता लगाउनुहोस्

Image
यसरी टेलिकमले दुई फरक ब्याण्डमार्फत देशभर फोरजी सेवा विस्तार गरिरहेको भएतापनि उक्त फोरजी सेवा तपाईंको मोबाइलमा चल्छ, चल्दैन भन्ने विषय तपाईंको मोबाइलमा निर्भर रहन्छ । किनभने यदि तपाईंको मोबाइलले यी दुईमध्ये कुनै पनि ब्याण्डलाई सर्पोट गर्दैन भने तपाईंको मोबाइलमा टेलिकमको फोरजी चल्दैन । तर, यदि यी दुईमध्ये कुनै एक ब्याण्ड तपाईंको मोबाइलले सपोर्ट गर्छ भने जुन ब्याण्ड सपोर्ट गर्छ, सोही ब्याण्डमा तपाईंले फोरजी चलाउन सक्नुहुनेछ । त्यसैले तपाईंको मोबाइलले कुन ब्याण्ड सपोर्ट गर्छ वा गर्दैन भन्ने विषय महत्वपूर्ण हुन्छ । यो विषयमा तपाईंले मोबाइल किन्दा नै मोबाइलका बक्सको बाहिर दिइएको जानकारीमा पनि यो विषय उल्लेख गरिएको हुन्छ । पछिल्लो सयमा बजारमा भित्रिएका धेरैजसो मोबाइल सेटले त दुवै ब्याण्ड सपोर्ट गर्छन् । तर, त्यसमा पनि कतिपय मोबाइल सेटले कुनै एकमात्र ब्याण्डमात्र पनि सपोर्ट गर्नसक्ने हुन्छ । भने, कुनैले गर्दै नगर्ने पनि हुनसक्छ । त्यसैले यहाँ हामी तपाईंलाई नेपाल टेलिकमकै साइटबाट आफ्नो मोबाइलले फोरजी सपोर्ट गर्छ, गर्दैन भन्ने विषयमा जानकारी दिँदैछौं । तर, त्यसका लागि सबैभन्दा महत्वपूर्ण वि...

कुनै समय राज चलाएका मोबाइल ब्राण्ड किन टिकेनन् ?

काठमाडौं । सामान्य दैनिकीको हिसाबले हेर्दा पुराना चिज बढी भरपर्दो हुने हाम्रो विश्वास छ । अंग्रेजी भाषामा ‘ओल्ड इज गोल्ड’ अर्थात् पुराना कुरा बहुमूल्य हुन्छ भनेझैं धेरै यस्ता व्यवसाय छन्, जुन पुनर्जीवित भएर बजारमा राम्रो व्यवसाय गरिरहेका छन् । डुब्ने अवस्थामा पुगिसकेका केही ब्राण्ड पछि नयाँ अवधारणासहित बजारमा पुनः प्रवेश गरेर सफल भएका धेरै उदाहरण छन् भने केही बजारमा नयाँ योजना सहित फर्कने प्रयासमा असफल भएका ब्राण्ड पनि छन् । यद्यपि प्रविधिको क्षेत्रमा आजसम्म डुब्न लागेका कम्पनी नयाँ अवधारणा सहित आएर बजारमा सफल भएको उदाहरण धेरै कम छ । यसको बलियो प्रमाण हो, बजारमा आएका केही मोबाइल कम्पनीहरू, जो बजारमा पुनः प्रवेश गर्ने प्रयासमा पटक-पटक असफल भएका छन् । तीमध्ये एउटा ब्राण्ड हो, ब्ल्याकबेरी । ‘अनवार्ड मोबिलिटी’ कम्पनीले २०२० मा ब्ल्याकबेरी फोनलाई पुनः बजारमा ल्याउने घोषणा गरेको थियो । आज उक्त घोषणाको दुई वर्ष बित्यो । न त फोन सार्वजनिक भयो, न त सार्वजनिक हुने कुनै संकेत छ । बजारबाट हराइसकेको फोन बजारमा पुनः फर्कने प्रयास गर्ने यो नै पहिलो प्रयास भने होइन । एक दशक अघिसम्म ब्ल्याकबेरीको ...