टोरेन्ट वेबसाइटबाट लिक भयो ‘आरआरआर’ फिल्म
काठमाडौं । ५०० करोड भारतीय रुपैयाँ लगानीमा दुई वर्षभन्दा बढी समय लगाएर बनाइएको एसएस राजामौलीको पछिल्लो फिल्म ‘आरआरआर’ गत शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको छ । तर लोकप्रिय टोरेन्ट वेबसाइट तमिल रकर्सले फिल्म प्रदर्शनमा आएको अर्को दिनमै अनलाइनमा सार्वजनिक गरिदिएको छ । एसएस राजामौलीको ‘आरआरआर’ एउटा त्यस्तो बहुप्रतिक्षित फिल्म हो, जुन महिनौँदेखि पर्खाईको बनेको थियो । हिन्दी सहित तलेगु, तमिल, कन्नडा, मलायम र अन्य केही विदेशी भाषामा समेत यो फिल्म उपलब्ध छ । त्यसो त अनलाइनमा पाइरेटेड भएको यो नै पहिलो भारतीय फिल्म भने होइन । लगभग सबैजसो भारतीय फिल्म प्रदर्शनमा आएको केही दिनमै यसैगरी पाइरेटेड हुने गरेका छन् । हालै रिलिज भएको प्रभासको ‘राधेश्याम’, अजितको ‘भलिमाई’, दिपिका पादुकोणको ‘गेहेराई’ समेत विभिन्न प्रोक्सी सर्भरमार्फत पाइरेटेड भएका थिए । कोभिड महामारीको प्रोटोकलका कारण ‘आरआरआर’को प्रदर्शन मिति थुप्रै पटक स्थगित भएको थियो । फिल्ममा चर्चित दुई स्टार जेआर एनटीआर र राम चरणले एकसाथ अभिनय गरेका छन्, तेलेगु राज्यमा यी दुई अभिनेता निकै धेरै लोकप्रिय छन् । फिल्म प्रदर्शनमा आएसँगै स...