Posts

विजय सरावगीले उम्मेदवारी दर्ता गराए

Image
वीरगंज, १२ वैशाख । वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनले स्थानीय तहको निर्वाचनकै अगाडि आफूले दल परिवर्तन गर्नुपर्नाको कारण प्रस्ट पार्दै आफूलाई साविकको दलले सदैव हेप्ने काममात्र गरेको आरोप लगाए । उनले आफूले मेयरका रूपमा हालसम्म गरेका कामलाई टुङ्गोमा पु¥याउन र थप नयाँ काम शुरू गर्न उम्मेदवारी दिएको बताए ।

किन जरुरी छ धितो बिना मोबाइलबाटै लिन सकिने ऋण सुविधा ?

हामी आजको दिनमा डिजिटल पेमेन्ट कहाँ पुग्यो भन्छौँ । जताततै क्यूआरबाट पैसा तिर्न मिल्छ, नगद नबोके पनि हुन्छ भनिरहेका छौँ र भइ पनि रहेको छ । तर कुनै पनि कुरा डिजिटल हुनलाई मात्रै गरेर दिगो हुँदैन । यसलाई सहज त बनायौँ, तर साँच्चिकै के आयो, मैले के फाइदा पाएँ ? नगदको ठाउँमा डिजिटल भुक्तानी गर्दा अतिरिक्त लाभ के मिल्यो ? त्यो त केही पनि छैन ।  अहिले हामीले सबैलाई सहजता मात्रै बिक्री गरिरहेका छौँ । मलाई नगद झिक्न एटीएमसम्म पुग्नुपर्ने हुन्थ्यो, तर डिजिटल भुक्तानी हुँदा सोझै पैसा तिर्न पाइरहेको छु भन्ने त भयो । पसलेलाई पनि नगद व्यवस्थापन गर्न झन्झट थियो, सोझै खातामा आइरहेको छ भन्ने छ । तर भुक्तानी डिजिटल बनाउँदाको फाइदा ‘पासआउट’ त गर्नुपर्ने हुन्छ । अब त्यो कसरी गर्ने भन्ने कुरा आउँछ । यसको सोझो अर्थ ‘एक्सेस टु डिजिटल फाइनान्स’ अर्थात डिजिटल वित्तमा पहुँचकै कुरा हो । अहिले सबैजनाले मोबाइल बैंकिङ चलाइरहेका छन् । तलब खातामा जम्मा हुन्छ । खाताबाटै पैसा तिर्ने काम पनि भइरहेको छ । तर मलाई अहिले एउटा ल्यापटप वा बाइक किन्नु पर्‍यो भने ? बाइक त अलि ठूलै लगानीको कुरा होला । ल्यापटप मात्रै किन...

स्मार्टफोनले गोली छेक्दा बच्यो युक्रेनी सेनाको ज्यान, यस्तो छ भाइरल भिडिओ

Image
काठमाडौं । विगत दुई महिनायता रुस र युक्रेनबीच युद्ध जारी छ । युद्धको क्रममा धेरैले ज्यान गुमाए भने लाखौं घरबारविहीन भएका छन् । यस्तोमा युद्धको बीचमै संवेदनशील फोटो र भिडिओ सामग्री इन्टरनेटमा छरिएका छन् । यसैबीच यतिबेला दुईजना युक्रेनी सिपाहीबीच भइरहेको कुराकानीको भिडिओ चर्चामा रहेको छ । उक्त भिडिओमा एकजना युक्रेनी सिपाहीले आफ्नो ज्यान स्मार्टफोनले बचाएको भन्दै देखाइरहेका छन् । ७.६२ एमएमको बुलेट आएर स्मार्टफोनमा लाग्दा आफ्नो ज्यान जोगिएको उनले उल्लेख गरिएका छन् । यो भिडिओ पहिलो पटक ‘रेडईट’ मा सार्वजनिक भएको थियो । पछि युट्युवमा समेत उपलब्ध भइसकेका छ । सार्वजनिक भएको भिडिओमा दुईजना युक्रेनी सिपाहीहरु सुरुमा कुरा गरिरहेको देखिन्छ । यस्तैमा एक सिपाहीले आफ्नो खल्तीबाट स्मार्टफोन निकाल्छन् । उक्त स्मार्टफोनमा ७.६२ एमएमको बुलेट अड्किएर बसेको देखिन्छ । बुलेटले स्मार्टफोनलाई फोडेर झन्डै अर्कोतर्फ निस्किने अवस्थामा रहेको देखिन्छ । जसरी स्मार्टफोनमा बुलेट देखिन्छ, त्यो हिसाबले भाग्यले सिपाही बच्न फल भएका हुन् । यसरी ७.६२ एमएमको बुलेटलाई रोक्न सक्ने उक्त स्मार्टफोन कुन ब्राण्डको कुन मोडल...

भायानेटको इन्टरनेटमा १७ प्रतिशत छुट, भाग्यशाली एक जनालाई ५५ इन्चको स्मार्ट टिभी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटले छुट अफर ल्याएको छ । क्यान इन्फाेटेक २०२२ काे अवसर पारी कम्पनीले इन्टरनेट प्याकेज खरिदमा छुट याेजना ल्याएकाे हाे । यसअन्तर्गत ग्राहकले वार्षिक १८ हजार रूपैयाँ पर्ने २५० एमबीपीएस इन्टरनेट र तीनवटा भायाटिभी सहितकाे प्याकेज अब १५ हजार रूपैयाँमा पाउन सक्नेछन् । त्यस्तै वार्षिक २१ हजार ६०० रूपैयाँ पर्ने ३०० एमबीपीएस इन्टरनेट र तीनवटा भाया टिभी अब १८ हजार रूपैयाँमा पाइने कम्पनीले जनाएकाे छ । यी सेवामध्ये कुनै एउटा सेवा लिएमा प्रयोगकर्ताले निःशुल्क डुअल ब्याण्ड फाइबर वाई-फाई राउटर पाउन सक्नेछन् । यसैमध्ये भाग्यशाली १२ ग्राहकले १० हजार बराबरको फोरके एन्ड्रोइड टिभी बक्स पाउने पनि कम्पनीले जनाएकाे छ । त्यस्तै वार्षिक ग्राहकले निःशुल्क इन्टरनेट जडानकाे सुविधा पाउनेछन् । क्यान अफर २०२२ अन्तर्गत प्रयोगकर्ताको भायाटिभी जडान खर्च पनि निःशुल्क हुने जनाइएकाे छ । यसैबीच क्यान इन्फाेटेक मेला अवधिभर भायानेटकाे स्टलमा ब्राण्ड एम्बेस्डर स्वस्तिमा खड्का र निश्चल बस्नेत लगायत विभिन्न सेलिब्रेटी कलाकारकाे विशेष उपस्थिति रहेकाे छ । मेलाकाे पाँचाैं दिन कलाकार सागर...

यसरी टुटेको  थियो विश्वकै पहिलो इलेक्ट्रिक कारको सपना 

काठमाडौं । सन् १९९६ मा इलेक्ट्रिक कारको बारेमा परिकल्पना गरिएको थियो, त्यो बन्यो र सडकमा उत्रियो, तर उक्त सपना टुट्यो । प्रियस र टेस्ला भन्दा पहिले सन् १९९६ मा कार निर्माता कम्पनी जनरल मोटर्सले पहिलो पटक भारी मात्रामा इलेक्ट्रिक कार निर्माण गरेको थियो । त्यसका लागि दशकौँ समय र अर्बौँ डलर खर्च भएको थियो । यो विश्वकै ठूलो स्तरमा निर्मित इलेक्ट्रिक कार थियो । यो कार मानिसहरूले धेरै मन पनि पराए । भारी मात्रामा उत्पादन भयो र बिक्री पनि, तर पनि ती कार नष्ट गर्नुपर्‍यो । आज हामी तपाईँलाई एउटा इलेक्ट्रिक कारको सपना कसरी टुट्यो भन्ने विषयमा चर्चा गर्दै छौँ । रिसर्च इन्जिनियर भेलि रिपर भन्छन्, ‘६० को दशकमा म क्यालटेकमा एक विद्यार्थी थिएँ । त्यसताका प्रदुषणका कारण अँधेरो यति धेरै हुने गर्दथ्यो कि खुशी हुँदा पनि मान्छेहरूको आँखाबाट आँशु बग्ने गर्थ्यो । यसको कुनै प्राविधिक समाधान हुनसक्छ कि भनेर म सोच्ने गर्थेँ ।’ त्यस दौरान प्रदुषण कम गर्ने उपायको विषयमा चर्चा समेत चलिरहेको थियो । त्यसमा एउटा उपायको रुपमा गाडीबाट निस्किने प्रदुषण कम गर्नुपर्ने कुरा पनि थियो । इलेक्ट्रिक कार पेट्रोलबाट चल्ने गा...

एमालेकी वडा सदस्य कांग्रेसमा प्रवेश

Image
वीरगंज, १२ वैशाख ।  पर्साको छिपहरमाई गाउँपालिका वडा नं. २ सम्भौताका वडा सदस्य दुखनी देवी नेपाली कांग्रेसमा प्रवेश गरेका छिन् ।  नेपाली कांग्रेस छिपहरमाई गा.पा. कमिटीले आइतवार भेडिहरवामा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमाले पार्टीबाट वडा सदस्यमा निर्वाचित दुखनी देवी कांग्रेसमा प्रवेश गरेकी हुन् ।   नेपाली कांग्रेसका जिल्ला सह–सचिव एवम् गा.पा.प्रमुख उम्मेदवार नविन सिंहले वडा सदस्य दुखनी देवीलाई पार्टीमा प्रवेश गराएका थिए । वडा सदस्य दुखनी देवीसंगै धनीलाल प्रसाद गुप्ता लगायत १२५ जनाले पनि नेपाली कांग्रेस पार्टी प्रबेश गरेको जनाइएको छ । कार्यक्रममा नेपाली कांग्रेस पूर्व जिल्ला सचिव किशोरी साह कानु, बालिस्टर साह कानु, अशोक गुप्तालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
Image
वीरगंज, १२ वैशाख ।  पर्साको छिपहरमाई गाउँपालिका वडा नं. २ सम्भौताका वडा सदस्य दुखनी देवी नेपाली कांग्रेसमा प्रवेश गरेका छिन् ।  नेपाली कांग्रेस छिपहरमाई गा.पा. कमिटीले आइतवार भेडिहरवामा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमाले पार्टीबाट वडा सदस्यमा निर्वाचित दुखनी देवी कांग्रेसमा प्रवेश गरेकी हुन् ।   नेपाली कांग्रेसका जिल्ला सह–सचिव एवम् गा.पा.प्रमुख उम्मेदवार नविन सिंहले वडा सदस्य दुखनी देवीलाई पार्टीमा प्रवेश गराएका थिए । वडा सदस्य दुखनी देवीसंगै धनीलाल प्रसाद गुप्ता लगायत १२५ जनाले पनि नेपाली कांग्रेस पार्टी प्रबेश गरेको जनाइएको छ । कार्यक्रममा नेपाली कांग्रेस पूर्व जिल्ला सचिव किशोरी साह कानु, बालिस्टर साह कानु, अशोक गुप्तालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।