‘नेपालमा डिजिटल रूपान्तरणको प्रचुर सम्भावना छ’
विलियम झाङ/- आईसीटीको विकासबाट निर्देशित अर्को औद्योगिक क्रान्ति हामीमाझ आइसकेको छ । तर, यो क्रान्ति ‘ग्रीन रिभोलुसन’ अर्थात् हरित क्रान्ति हुनेछ । जहाँ कार्बनडाइअक्साइड उत्सर्जन घटाउनु हाम्रो हरेक कामको केन्द्रविन्दु हुनेछ । महामारीपछि खस्केको अर्थतन्त्रलाई डिजिटल अर्थतन्त्रले सुधार्दै लग्नेछ । २०२० मा विश्वको जीडीपी (कूल ग्राह्यस्थ उत्पादन) २.८ प्रतिशतले घटेको थियो । तर, आईसीटीको लगानी पाँच प्रतिशतले बढेको छ । सन् २०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५० प्रतिशत डिजिटल अर्थतन्त्रमा परिणत हुने अपेक्षा गरिएको छ । आईसीटी उद्योगसँग सम्बन्धित भएकाले यो हाम्रा लागि रोमाञ्चक समय हो । नेपालमा हरेक व्यक्ति, घर र संस्थामा डिजिटाइज गर्ने लक्ष्यका साथ आईसीटी पूर्वाधार र स्मार्ट डिभाइसहरूको मुख्य प्रदायकको रूपमा ह्वावे नवीनतम प्रविधिहरू नेपालमा ल्याउन प्रतिबद्ध रहेको छ । फाइभजी, एफफाइभजी, आईओटी (इन्टरनेट अफ थिङ्स), क्लाउड र एआईद्वारा सञ्चालित हुने कनेक्टिभिटी र कम्प्युटिङ, डिजिटल अर्थतन्त्रको जग हुनेछ । हामी नेपाली बजारमा यी प्रगति ल्याउन सकिने सम्भावनाले उत्साहित छौं । हामीले ब्रोडब्यान्ड कन...