Posts

‘नेपालमा डिजिटल रूपान्तरणको प्रचुर सम्भावना छ’

विलियम झाङ/- आईसीटीको विकासबाट निर्देशित अर्को औद्योगिक क्रान्ति हामीमाझ आइसकेको छ । तर, यो क्रान्ति ‘ग्रीन रिभोलुसन’ अर्थात् हरित क्रान्ति हुनेछ । जहाँ कार्बनडाइअक्साइड उत्सर्जन घटाउनु हाम्रो हरेक कामको केन्द्रविन्दु हुनेछ । महामारीपछि खस्केको अर्थतन्त्रलाई डिजिटल अर्थतन्त्रले सुधार्दै लग्नेछ । २०२० मा विश्वको जीडीपी (कूल ग्राह्यस्थ उत्पादन) २.८ प्रतिशतले घटेको थियो । तर, आईसीटीको लगानी पाँच प्रतिशतले बढेको छ । सन् २०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५० प्रतिशत डिजिटल अर्थतन्त्रमा परिणत हुने अपेक्षा गरिएको छ । आईसीटी उद्योगसँग सम्बन्धित भएकाले यो हाम्रा लागि रोमाञ्चक समय हो । नेपालमा हरेक व्यक्ति, घर र संस्थामा डिजिटाइज गर्ने लक्ष्यका साथ आईसीटी पूर्वाधार र स्मार्ट डिभाइसहरूको मुख्य प्रदायकको रूपमा ह्वावे नवीनतम प्रविधिहरू नेपालमा ल्याउन प्रतिबद्ध रहेको छ । फाइभजी, एफफाइभजी, आईओटी (इन्टरनेट अफ थिङ्स), क्लाउड र एआईद्वारा सञ्चालित हुने कनेक्टिभिटी र कम्प्युटिङ, डिजिटल अर्थतन्त्रको जग हुनेछ । हामी नेपाली बजारमा यी प्रगति ल्याउन सकिने सम्भावनाले उत्साहित छौं । हामीले ब्रोडब्यान्ड कन...

तपाईंको फेसबुक स्टोरी हेर्ने ‘अदर पिपुल’ को-को हुन् ?

Image
काठमाडाैं । सामाजिक सञ्जालमा स्टोरी निकै लोकप्रिय फिचर हो । इन्स्टाग्राम, फेसबुक, स्न्यापच्याट लगायत धेरैजसो सामाजिक सञ्जालमा स्टोरी अपलोडको फिचर उपलब्ध छ । प्रयोगकर्ताले फेसबुकमा स्टोरी अपलोड गरेपछि साथी बनेका सबैले हेर्न, इमोजीमार्फत रियाक्ट गर्न वा टेक्स्ट गर्न सक्छन् । स्टोरी अपलोड गरिसकेपछि तपाईंलाईं कति जनाले अनि क-कसले हेरे भन्ने जिज्ञासा पक्कै लाग्छ । फेसबुक फ्रेन्ड लिस्टमा भएका जो कोहीले स्टोरी हेर्दा प्रोफाइलसहित देखाउँछ । तर यदि तपाईंले स्टोरीको प्राइभेसी सेटिङ पब्लिक गर्नुभएको छ भने फ्रेन्ड एड नभएका प्रयोगकर्ताले पनि तपाईंको स्टोरी हेर्न पाउँछन् । फ्रेन्ड एड नभएका जति प्रयोगकर्ताले तपाईंको स्टोरी हेर्छन्, उनीहरुलाई ‘अदर पिपुल भ्युड योर स्टोरी’ (other viewed your story) भनेर देखाउँछ ।   अर्थात् तपाईंले फेसबुक स्टोरी प्राइभेसी सेटिङ्ग पब्लिक गरेको हुनाले साथी नभएका प्रयोगकर्ताले स्टोरी हेरेका रहेछन भन्ने बुझ्नुहोस् ।  तपाईंले ती व्यक्ति को थिए भनेर प्रोफाइल नै हेर्न भने मिल्दैन । फेसबुकले यो सुविधा उपलब्ध गराएको छैन । कुनै पनि थर्ड पार्टी एक्सेसको सहायताल...

वीउवासंघको टोलीद्वारा मन्त्री र कुलमान घिसिंगसंग भेट

Image
वीरगंज, ९ असार ।  वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसँग छुट्टाछुट्टै उहाँहरूकै कार्यकक्षमा भेटघाट गरेको छ । भेटघाटको क्रममा सङ्घका अध्यक्ष डा. गुप्ताले विद्युत उत्पादन र प्रभावकारी वितरण व्यवस्था नभएकोले मुलुकभर विद्युत आपूर्तिमा समस्या आइरहेको बताउनुभयो । बारा–पर्सा औद्योगिक कोरिडोरमा विद्युतको घोषित लोडसेडिङ्ग हटे पनि नियमित विद्युत आपूर्ति हुन नसकेको र प्राप्त विद्युतको गुणस्तर कमजोर भएकोले औद्योगिक उत्पादनमा नकारात्मक प्रभाव परिरहेको उहाँले बताउनुभयो । उहाँले बारा–पर्सा औद्योगिक कोरिडोरको विद्युत वितरण प्रणाली करिब २०–२५ वर्ष पुरानो रहेको र त्यस बेलाको तुलनामा अहिले विद्युत माग बढेको, नयाँ नयाँ ठूला उद्योग स्थापना भएको, ग्राहस्थ विद्युत खपत दर बढेको, प्राधिकरणको बढी विद्युत खपत गराउने नीति अनुसार इनडक्शन चुल्हो, विद्युतीय सवारी साधनको वृद्धिसँग विद्युत खपत बढेको भए पनि सो अनुसार आपूर्तिको लागि वितरण लाईनको क्षमता कम भएको, ट्रा...

आदिवासी महिला द्रौपदी मुर्मु भारतको राष्ट्रपतिका उम्मेदवार

Image
- यितेन्द्र शर्मा भारतको सत्ताधारी राष्ट्रिय जनतान्त्रि क गठबन्धन (एन.डी.ए.) ले आदिवासी महिला द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार घोषणा गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेतको समर्थनबाट उनलाई राष्ट्रपति पदको उम्मेदवार घोषित गरिएको छ । उहाँ झारखण्डका भुतपूर्व राजयपाल र ओडिसा प्रान्तका भुतपूर्व मन्त्री पनि हुनुहुन्छ । उनले 18 जुलाईमा हुने राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार तथा पूर्व भाजपा नेता यशवन्त सिन्हासित प्रतिस्पर्धा गर्नेछिन ।अंकगणितका हिसाबले एनडीए प्रत्याशी द्रौपदी मुर्मु राष्ट्रपतिको पदमा निर्वाचित हुने सम्भावना बढी देखिन्छ । संभवतः भारतकी उनी पहिलो आदिबासी राष्ट्रपति र देशको दोस्रो महिला राष्ट्रपति हुनेछिन । यसलाई एउटा संयोग नै मान्नुरपर्ने हुन्छ कि एकै समयमा नेपाल र भारत समेतका राष्ट्रपतिको पदमा महिला नै विराजमान रहनेछिन । द्रौपदी मुर्मु प्रमुख राजनीतिक दलका गठबन्धनबाट ओडिसाबाट पहिलो राष्ट्रपति उम्मेदवार हुन । उनले आफ्नो जीवनमा संघर्ष जारी राखिन र झारखण्डको पहिलो महिला गर्भनर बनेकी थिईन । उनले सन् 2015 देखि 2021 साल झारखण्डको गभर्नरको रुपमा काम गरिन । ...

इलेक्ट्रिक बाइक ल्याउँदै बजाज

काठमाडौं । दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे गाडीमा विश्वमै उत्कृष्ट ब्राण्डमध्ये एकमा पर्छ, बजाज । भारतमा सबैभन्दा ठूलो बजार ओगटेको बजाजले हाल विश्वका ७० देशमा आफ्नो उपस्थिति बनाएको छ । विशेषगरी पेट्रोलियम इन्धनमा आधारित बाइकमा राम्राे बजार जमाएकाे कम्पनीले अब भने विद्युतीय बाइक समेत निर्माण गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले पुणेको अकुर्डीमा हालै उत्पादन केन्द्र सहितको ‘चेटाक टक्नोलोजी’ सञ्चालनमा ल्याएको छ । बजाजले आफ्नो सब्सिडरी कम्पनीको रुपमा चेटाक सञ्चालनमा ल्याएको हाे, जहाँबाट कम्पनीले यसै वर्ष (सन् २०२२) बजारमा ल्याउने गरी विद्युतीय बाइक उत्पादन गर्नेछ । सन् २०३० सम्म भारतमा गुड्ने बाइकमध्ये ५० प्रतिशत बाइक विद्युतीय हुने आँकलनका साथ कम्पनीले यो परियोजना अघि बढाएको हो । यस्तोमा पट्रोलिय पदार्थ र विद्युत दुवैबाट चल्ने र विद्युतबाट मात्रै चल्ने फरक-फरक बाइकको तयारी भइरहेको जनाइएको छ । यसका लागि कम्पनीले ‘युलु’ सँग सहकार्य गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय कम्पनी युलुले लामो समयदेखि विद्युतीय बाइकमा काम गर्दै आएको कम्पनी हो ।  from Tech News Nepal http...

अब ड्राइभिङ लाइसेन्सबाट समेत नागरिक एपको खाता खोल्न सकिने 

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र बाटै नागरिक एप भेरिफाई गर्न सकिने भएको छ । नागरिक एपमा आएको पछिल्लो अपडेटसँगै यो सुविधा थपिएको हो । यसअघि राहदानी, नागरिकता र मतदाता परिचयपत्रबाट नागरिक एपमा खाता खोल्न सकिने अवस्था थियो । अब भने प्रयोगकर्ताले स्मार्ट लाइसेन्स राखेर नागरिक एपको खाता खोल्न तथा प्रमाणीकरण गराउन सक्नेछन् । नागरिकता, मतदाता परिचयपत्र र राहदानी प्रयोग गरी नागरिक एप प्रमाणीकरण गर्न नसकेका प्रयोगकर्ताका लागि यो सुविधाले सहजता ल्याउने अपेक्षा गरिएको छ । तर पुराना कागजी लाइसेन्सले भने यसक्रममा काम गर्ने छैन । केही साताअघि मात्र एपमा ड्राइभिङ लाइसेन्स लिङ्क गर्न सकिने फिचर आएको थियो । नागरिक एपमा प्यान नम्बर लिन, पुलिस क्लियरेन्स रिपोर्ट लिन, सवारी कर विवरण हेर्न तथा तिर्न सकिने सुविधाका साथै हेलो सरकारमा नागरिकका गुनासो टिपाउन सकिने सुविधा उपलब्ध छ । त्यस्तै एपमा नजिकै रहेको प्रहरी कार्यालयहरूको जानकारी, मालपोतमा रहेको आफ्नो जग्गाको विवरण, स्वास्थ्य बीमाको सुविधा, कोरोना भ्याक्सिनको सर्टिफिकेट प्राप्त गर्न सकिने लगायतका सुविधा समेत छन् ।  from Tech News Nepal http...

भोलिदेखि ‘सुबिसु घरघरमा’ अभियान, इन्टरनेट सेवाको जानकारीसँगै आकर्षक गिभअवे गर्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटले बिहीबारदेखि ‘सुबिसु घरघरमा’ नामक अभियान सुरु गर्ने भएको छ । कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यका साथ यस्तो अभियान सुरू गर्न लागेको हो । बिहीबार र शुक्रबार कम्पनीले बानेश्वरस्थित आईप्लेक्स मलमा आफ्नो पहिलो ‘मिटिङ प्वाइन्ट’ गर्दैछ, जसमार्फत नयाँ तथा पुराना ग्राहकले सुबिसुको सेवाको विषयमा विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् । यसपछि अन्य ठाउँमा क्रमशः याे अभियान सञ्चालन हुने कम्पनीले जानकारी दिएकाे छ । यसअन्तर्गत सहभागीले कनेक्सन सपोर्ट, नयाँ कनेक्सनबारे जानकारी र विभिन्न अफरबारे जानकारी लिनसक्ने जनाइएकाे छ । ‘मिटिङ प्वाइन्ट’मा गएर नयाँ कनेक्सन लिने १० जना ग्राहकलाई लक्की ड्रबाटै ३५ प्रतिशत छुट उपलब्ध गराइने कम्पनीले जनाएकाे छ । साथै त्यहाँ पुग्ने सेवाग्राहीलाई समावेश गरी साप्ताहिक लक्की ड्र समेत गरिने र त्यसबाट दुई जना ग्राहकलाई निःशुल्क १५० एमबीपीएस इन्टरनेट कनेक्सन उपलब्ध गराइने कम्पनीले जनाएको छ । from Tech News Nepal https://ift.tt/kAOQ9oe via IFTTT