Posts

नेपाल बार एसोसिएसनको बैठकः २३ बुँदे वीरगंज घोषणापत्र जारी

Image
वीरगंज, १४ फागुन । २३ बुँदे वीरगञ्ज घोषणापत्र जारी गर्दै नेपाल वार एसोसिएसनको केन्द्रिय कार्यकारिणी परिषद्को ४८ औँ बैठक वीरगञ्जमा सम्पन्न भएको छ । फागुन १३ र १४ गते वीरगञ्जमा सम्पन्न कानून व्यवसायीहरूको सत्ता सङ्गठन वार एशोसिएशनको केन्द्रिय कार्यकारिणी परिषद्को ४८ औँ बैठकबाट २३ बुँदे घोषणापत्र जारी गरिएको नेपाल वार एशोसिएशनका केन्द्रिय उपाध्यक्ष सुधिर कर्णले जानकारी दिनुभयो । केन्द्रिय कार्यकारिणी परिषद्को बैठकले नेपाल वार एसोसिएसनलाई सङघीय संरचनामा लैजाने निर्णय गरेको छ । त्यसैगरी बैठकले संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेकोमा संसद्बाट पारित विधेयकलाई अविलम्ब पारित गर्न गराउन माग गरेको छ । त्यसैगरी बैठकले सर्वाेच्च अदालतबाट निलम्बित प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबराविरूद्ध लगाइएको महाअभियोग प्रस्ताव टुङ्गोमा पुर्रुयाउन माग गरेको छ । बैठकले कायम मुकायम प्रधानन्याधीश हरिकृष्ण कार्कीलाई तत्कालै प्रधानन्याधीशको रूपमा नियुक्त गर्न, सर्वाेच्च अदालत तथा उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको तत्काल पदपूर्ति गर्न माग गरेको नेपाल...

मृत्युदर्ता हुँदाहुँदै घूस खाएर सचिवद्वयले प्रतिलिपि बनाएको विरोधमा गाउँलेद्वारा वडा कार्यालय घेराउ

Image
वीरगंज, १४ फागुन । छिपहरमाई गाउँपालिका–२ टिहुकी वडा कार्यालयमा स्थानीयवासीले आइतवार घेराउ गरेका छन् । सोही ठाउँका फिरोज अन्सारीको मृत्यु दर्ता हुँदाहुँदै वडा सचिव केदार सहनी र मनोज सर्राफले ३० हजार रकम खाएर मृत्युदर्ताको प्रतिलिपि बनाएको विरोधमा स्थानीयले वडा कार्यालयमा विरोध गरेका हुन् । अन्सारीका आफन्तजन तथा गाउँलेहरु वडा कार्यालयमा पुगेर सचिवद्वय केदार सहनी र मनोज सर्राफले मृतक फिरोज अन्सारीकी पत्नी रोशनी अन्सारीको प्रलोभनमा परी मृत्युदर्ताको प्रतिलिपि बनाएको आरोप लगाएका थिए । फिरोजको मृत्यु भइसकेको र उनको मृत्युदर्ता प्रमाणपत्र फिरोजका पिता तथा दाजुभाइसंग रहेको भए पनि सहनी र सर्राफले रोशनीको प्रलोभनमा प्रतिलिपि बनाएको आरोप लगाइएको छ । फिरोजको मृत्युपछि उनको पत्नी रोशनी अन्सारी छुट्टै बस्दै आएको र उनको जग्गा, सम्पत्ति, बैंक खाता, कारोबारलगायत आफनो नाममा गर्न उनको पत्नीले सचिवलाई घूस खुवाएर मृत्युदर्ताको प्रतिलिपि बनाएको फिरोजका आफन्तको भनाइ छ ।  Virus-free. www.avast.com

मधेस प्रदेशको चार जिल्लामा मात्र १५ जना मात्र कानून महिला व्यवसायी

Image
वीरगंज, ९ फागुन । मधेस प्रदेशको आठ जिल्लामध्ये चार जिल्लामा एकजना पनि कानुन व्यवसायी महिला छैनन् भने चार जिल्लामा १५ जना मात्रै कानुन व्यवसायी महिला रहेका छन् । मंगलवार उच्च अदालत परिसरमा आयोजना भएको पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष एवम मधेश प्रदेशका संयोजक अधिवक्ता सुधिर कुमार कर्णले उक्त कुरा बताउनुभयो । उनले सप्तरी जिल्लामा सबैभन्दा बढी ७ जना, धनुषामा ६ जना र पर्सामा २ जना कानुन व्यवसायी महिला रहेका छन् । बारा, रौतहट, सर्लाही र महोत्तरीमा एकजना पनि कानुन व्यवसायी महिला नरहेको उनले बताए। देशभर २२ हजार कानुन व्यवसायी भए पनि महिलाको आकर्षण किन बढेन भन्नेबारे वीरगंजमा हुने सम्मेलनमा छलफल हुने उनले बताउनुभयो । 'पेशागत उत्कृष्टता हाम्रो प्रतिबद्धता' भन्ने मूल नारासहित फागुन १२, १३ र १४ गते वीरगञ्जमा नेपाल वार एशोसिएशनले कानुन व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलन  र केन्द्रीय कार्यकारिणी परिषदको ४८ औ बैठक हुने भएको छ । कर्णले मधेश प्रदेशमा कानून व्यवसायी महिलाको उपस्तिथी ज्यादै न्यून भएकोले यो सम्मेलनबाट मधेश प्रदेशमा समेत कानून व्...

ठोरीमा स्कार्पियोको ठक्करबाट बालकको मृत्यु

Image
वीरगंज, ९ फागुन/ स्कार्पियोको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । आज बिहान ८ः३० बजेको समयमा पर्साको ठोरी गाउँपालिका वडा नं.४ विजयवस्तीस्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगंजतर्फ आउँदै गरेको बाग्मती प्रदेश–०१–०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्करबाट  ठोरी गापा–४ बस्ने वर्ष १३ को विश्वास श्रेष्ठलाई ठक्कर दिएको थियो ।  कोचिङ्ग पढेर घर फर्किने क्रममा ठक्कर दिदा श्रेष्ठको टाउको र शरीरमा गम्भीर चोट लागि घाइते भएपछि प्रहरी चौकी विजयवस्तीले उपचारको लागि तराइ अस्पताल वीरगञ्जमा पु¥याएको थियो । बालकको उपचारको क्रममा १०ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएकोछ ।  प्रहरीले स्कार्पियो चालक चितवन माडी ३ बस्ने वर्ष २५ को पदम बिलास पन्तलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ । 

त्रिपन्न किलो गाँजासहित दुर्ई जना पक्राउ

Image
चितवन, ८ फागुन/ पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुर्ई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्पm जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो । पक्राउ परेका उनीहरूको थप अनुसन्धान जारी रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

वीरगंज कारागारका १० र रौतहटबाट ११ जना कैदीबन्दीको सजाय मिनाहा

Image
वीरगंज, ७ फागुन । ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज वीरगंज कारागारमा रहेका १० जना पुरूष कैदीबन्दिहरूको सजाय मिनाहा भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रजातन्त्र दिवसको अवसर पारी आज राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ५ सय १ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकोमा वीरगंज कारागारका १० जना कैदीको सजाय मिनाहा भएको वीरगंज कारागारका सूचना अधिकारी नवराज बर्ताैलाले बताउनुभयो । वीरगंज कारागारबाट बाँकी सजाय मिनाहा भएर आज रिहा भएका कैदीबन्दीहरूमा कर्तव्य ज्यान मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका ६ जना, चोरी मुद्दाका १ जना, लापरबाहीबाट मानिसको ज्यान मुद्दा १ जना, हातहतियार खरखजना मुद्दा १ जना गरी १० जनालाई सजाय माफी भई आज जेल मुक्त भएको सूचना अधिकारी बर्ताैलाले जानकारी दिनुभयो । कारागार मुक्त हुनेमा वीरगंजका गणेश साह तेली, पर्सा जगरनाथपुरका सहदेव महतो, बारा जितपुरका नागेन्द्र चौधरी, मकवानपुर हेटौडाका उत्तम ज्योति बज्राचार्य, बारा प्रसौनीका योगेन्द्र प्रसाद साह, पर्सा ठोरीका सागर पाख्रिन, बारा कोल्भीका शम्भु चौधरी, वीरगंज महानगरपालिका वडा नम्बर ३१ का ला...

भारु र दारु भारततर्फ लैजाने पाँचजना पक्राउ

Image
वीरगंज, ४ फागुन । बारा र काठमाडौंबाट प्रतिबन्धित भारु नोटसहित दुईजना पक्राउ परेका छन् भने रौतहटबाट भारतमा प्रतिबन्धित दारु लैजाने क्रममा तीनजनालाई पक्राउ भएको प्रहरीले जनाएको छ ।   बारा प्रहरीले बाराको बिश्रामपुरबाट एक लाख भारतीय रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवार रहेका छन् । भारतबाट नेपालतर्पm आउदै गरेका साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा भारतबाट नेपालतर्पm आउदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय एक लाख पाँच सय रुपियाँ फेला पारेको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा रकमको स्रोत नखुलेको र उनको साथबाट पाँच सय रुपियाँको दुर्ई सय एक थान भारतीय रुपियाँ बरामद गरेको प्रहरीको भनाई छ । यसैगरी प्रतिबन्धित भारतीय रुपियाँँ दुर्ई हजारको नोट रहेको दुई लाख ४० हजार भारुसहित एकजना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित ...