चोरी आरोपमा तीन जना प्रहरी निलम्बन


कमलेश ठाकुर
१७ जेठ २०७८, सोमबार
जनकपुरधाम-  चोरी गरेको आरोपमा सिरहाका तीन जना प्रहरी निलम्बनमा परेको छ ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत एक प्रहरी सहायक निरीक्षक र दुईजना प्रहरी जवान निलम्बनमा परेका हुन् ।

सिरहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय निलम्बनमा परेका छन् ।

गएको जेठ ९ गते गस्तिमा खटेको बेला उनीहरूले लहान नगरपालिका २३ गढीया चौकस्थित 'पूजा मदिरा' पसलबाट मदिरा चोरी गरेको आरोप लागेको थियो ।

मदिरा चोरी गरेको भिडियो सिसिटिभीमा कैद भएपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो । प्रहरीको चौतर्फी आलोचना भएपछि उनीहरु विभागीय कारवाहीमा परेका हुन् ।

प्रहरी नायव उपरीक्षक तपन बहादुर सिंहको संयोजकत्वमा गठित चार सदस्य छानबीन समितिको सिफारिसका आधारमा उनीहरू कारबाहीमा परेका हुन् ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प