भन्सार छलीको कपडासहित नगवाका राजकुमार प्रसाद पक्राउ

६ जेठ २०७८, बिहीबार पर्सा ।
 भन्सार छली गरेर ल्याएका लत्ताकपडासहित प्रहरीले पर्साको वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका –१६ नगवाका राजकुमार प्रसाद छन् ।

ना२ह ४१६३ नम्बरको अटो गाडीमा भारतबाट भन्सार छलेर ल्याइएको १ लाख भन्दा बढीको लत्ताकपडासहित अटोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालाका अनुसार करिव १ लाख बराबरको सर्ट, पाइन्टको कपडा, साडी, लेहंगालगाएत लत्ताकपडा र ४ लखा मुल्य बराबरको अटो गाडीसहित पक्राउ परेका व्यक्तिलाई भन्सार कार्यालयमा बुझाइएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प