डिएसपीले स्वास्थ्यकर्मीलाई कुटेको घटनाको छानबिन गर्न समिति गठन

वीरगंज, १३ जेठ/
वीरगंजमा बुधवार डिएसपीले मेडिकल पसलका कर्मचारी कुटेको घटनाको छानविन गर्न समिति गठन भएको छ ।
प्रदेश नं. २ प्रहरी कार्यालयले घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । प्रदेश नं. २ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको कार्यालयका प्रवक्ता रहेका प्रहरी उपरीक्षक प्रसाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निषेधाज्ञा पालना गराउने सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ मा रहेको मेडिकल पसलका कर्मचारीसँग गैरव्यवसायिक व्यवहार देखाएको समाचार विभिन्न माध्यमबाट बाहिरिपछि प्रदेश नं. २ प्रहरी कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
घटना बाहिरिएपछि प्रहरीको गैर व्यवसायिक व्यवहार चौतर्फी आलोचना भइरहेको छ । चौतर्फी आलोचनाले दबाब बढेपछि प्रदेश नं. २ प्रहरी कार्यालयले घटनाको छानविन गर्न भन्दै छानविन समिति गठन गरेको हो ।
छानविन समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको र अनुसन्धान गरिरहेको छानविन समितिका संयोजक प्रहरी उपरीक्षक प्रसाईले जानकारी दिउ । अनुसन्धानको क्रममा कोही प्रहरी कर्मचारी दोषी देखिएमा प्रहरी नियमावली अनुसार कारबाई गरिने उनले बताए ।
यसअघि, बुधवार बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रह्लाद काकीले 'प्रहरीको भिडियो किन खिचेको ?' भन्दै वीरगंज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई डीएसपीले कुटेका । भिडियो फुटेजमा डिएसपी कार्कीले लात्ती र लौराले उनलाई कुटेको देखिन्छ ।
प्रहरीको भिडियो मोबाईलमा किन बनाएको भन्दै पसल भित्रै गएर अहमदमाथि लात्ती र बुट बर्साएका डिएसपी कार्कीले रिसको झोंकमा पसलमा सिसिटिभी पनि हुन सक्ने भन्ने भेउ पाएनन् । घटना पश्चात डिएसपी कार्कीको कर्तुतको भिडियो सार्वजनिक भएपछि अहिले सिंगो प्रहरी माथि नै प्रश्न उठिरहेको छ र कार्कीलाई तुरून्त कारबाई गर्नुपर्ने माग सर्वसाधारणको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प